Tag: ह्वीप

  • ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई माओवादीको ह्वीप

    ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई माओवादीको ह्वीप

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले १ बजेदेखि तय संसद बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।

    बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङ्गले बताए ।

    उनले भने, ‘पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदैछ । त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोस्रो कोरोना नियन्त्रणका लागि सरकारले लापरवाही देखाएको छ । स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको अबिलम्ब छानविन गर्नुपर्छ र दोषीमाथि कारवाही गर्नुपर्छ ।’

  • जसपाको मध्यमार्गी निर्णय, सांसदले स्वविवेक प्रयोग गर्न पाउने

    जसपाको मध्यमार्गी निर्णय, सांसदले स्वविवेक प्रयोग गर्न पाउने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ ।

    जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो ।

    जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो । पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको हो ।

    ‘विश्वासको मतको पक्ष, विपक्ष वा तटस्थ बस्नेबारे पार्टीको कुनै निर्णय छैन । सांसदहरुलाई पार्टीले ह्वीप जारी गर्दैन । जे परिणाम आउँछ स्वीकाछौं’ बैठकमा सहभागी एक नेताले भने । जसपा नेताहरुले पार्टी विभाजन रोक्नका लागि यस्तो निर्णय लिइएको बताएका छन् ।

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप (भिडियो)

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप (भिडियो)

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

    कोभिड-१९ का कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईद्वारा सांसदहरूलाई प्रेषित पत्रमा उल्लेख छ ।