Tag: सैनामैना

  • सैनामैनामा तीन मतले एमालेको अग्रता

    सैनामैनामा तीन मतले एमालेको अग्रता

    रूपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेको अग्रता कायमै छ । यहाँको ५ सय मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले २१९ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका फणिन्द्रप्रसाद शर्माले २१६ मतसहित पछ्याइरहेका छन् ।

    यस्तै उपप्रमुखमा एमालेकी बिना रानाले २३३ मतसहित अग्रता लिएकी छन् । माओवादी केन्द्रका मानबहादुर महतले २२४ मतसहित पछ्याएका छन् ।

  • सैनामैनामा एक मतले एमाले अगाडि

    सैनामैनामा एक मतले एमाले अगाडि

    रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले अग्रता लिएको छ । वार्ड नं १ को मतगणना जारी रहँदा २०० मत गणना गर्दा एमालेका प्रमुख उम्मेदवार चित्रबहादुर कार्कीले ८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका फणिन्द्र शर्माले ८२ मत प्राप्त गरेका छन् ।

    सुरुवातदेखि नै कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् भने एमालेकी बिना रानाले ८९ मतसहित प्छ्याएकी छन्।

    यो पालिकामा कांग्रेस माओवादीको गठबन्धन रहेको छ भने जसपा र नेकपा एसको गठबन्धन रहेको छ भने एमाले एकल प्रतिस्पर्धामा रहेको छ ।

  • सैनामैनाका नागरिकको घरमै कोरोना परीक्षण सुरु, कहिले–कुन वडामा ?

    सैनामैनाका नागरिकको घरमै कोरोना परीक्षण सुरु, कहिले–कुन वडामा ?

    रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोनाका सम्भावित बिरामीको पहिचान गर्न घरघरमै पुगेर परीक्षण सुरु गरेको छ । अहिले कोरोना भाइरस र तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेकोले समुदायस्तरमा संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन र संक्रमित व्यक्तिलाई छुट्टाएर आइसोलेसनमा राखी उपचार गर्ने प्रयोजनका लागि एन्टिजेन परीक्षण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आजदेखि समुदायस्तरमा एन्टिजेन परीक्षण सुरु भएको हो ।

    कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुलाई तोकिएका स्थानमा आइ परीक्षण गर्न प्रमुख कार्कीले आग्रह गरे । आज बुधबार वडा नं. १ को कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म, वडा नं. २ को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण गरिने भएको छ ।

    त्यस्तै माघ ६ गते पर्रोहा स्वास्थ्य चौकी वडा नं. ३ का लागि बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ, भने वडा नं. ४ का लागि दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा समय तोकिएको हो ।

    माघ ७ गते वडा नं.५ को बुद्ध स्टार क्लब भवनमा बिहान १० देखि १२ बजेसम्म र वडा नं. ६ को दुधराक्ष स्वास्थ्य चौकीमा २ देखि ४ बजेसम्म एन्टिजेन परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

    त्यस्तै पालिकाका अनुसार माघ ९ गते वडा नं. ७ को वडा कार्यालय देउवापार र वडा नं. ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसगढीमा परीक्षण गरिने छ । माघ १० गते वडा नं.९ को वडा कार्यालयमा बिहान १० देखि १२ सम्म र वडा नं. १० को वडा कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण हुने भएको छ । त्यस्तै माघ ११ गते वडा नं. ११ को कोटियादेवी मावि तालिमा बिहान १० देखि १२ बजेसम्म एन्टिजेन परीक्षण हुनेछ ।

    नगरपालिकामा हालसम्म ५७ हजार बढीले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको खोप लगाएका छन् । नगरका ११ वटै वडाका गरी कुल ५७ हजार ६ सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

    नगरप्रमुख कार्कीका अनुसार पहिलो खोप लगाउनेमा ४७ हजार ६ सय ४० जना रहेका छन् । जसमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका पनि छन् । त्यस्तै पहिलो खोप लगाउनेको विद्यार्थीको संख्या ९ हजार ९ सय ९९ रहेको छ ।

    नगरमा पूर्णखोप अर्थात् दुवै खोप लगाउनेको संख्या ४२ हजार ३ सय १२ जना रहेको पालिकाले जनाएको छ ।