Tag: सेयर बजार

  • नेप्से ४१ अंकले बढ्यो, चार कम्पनीमा सकारात्मक सर्किट

    नेप्से ४१ अंकले बढ्यो, चार कम्पनीमा सकारात्मक सर्किट

    काठमडौं । नेप्से परिसूचक आज ४१.८४ अंकले बढ्दै २६१२.६५ विन्दुमा पुगेको छ ।

    आज कारोबार भने खासै बढेन । ५८ लाख ४२ हजार १३५ कित्ता सेयर किनबेचमा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रूपैयाँ कारोबार भएको छ ।

    मल्टीप्रपोज फाइनान्स कम्पनीलगायत अन्य चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विकास बैंकको ३ प्रतिशत र फाइनान्स कम्पनीको उपसूचक ४ प्रतिशतले बढेको छ ।

    शिखर इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार सबैभन्दा धेरै १३ करोड बराबरको भएको छ ।

  • सेयर बजार सुधारका लागि चेम्बरको १० सुझाव

    सेयर बजार सुधारका लागि चेम्बरको १० सुझाव

    काठमाडौं । पुँजीबजारमा देखिएको अस्वाभाविक गिरावटप्रति नेपाल चेम्वर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको भन्दै १० वटा सुझाव दिएको छ ।

    लगानीकर्तामा निराशा र हतोत्साहित मनस्थितिमा पुगेको भन्दै गहनरूपमा विश्लेषण गरेर मात्र नीति नियम ल्याउनुपर्ने चेम्बरले बताएको छ ।

    सेयर बजार सुधारका लागि यस्ता छन् चेम्बरका सुझाव :

    १. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत नै कायम गर्नु पर्ने ।

    २. नेपाल स्टक एक्सचेञ्ज लि., तथा नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बजारमा अनेक किसिमका विकृतिहरू देखा परेको र नीतिगत रूपमा सम्बोधन हुनु पर्ने एजेन्डाहरू सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भब उल्लेखित निकायहरुको विवाद समाधान गरि नयाँ नेतृत्व ल्याइनु पर्ने ।

    ३. नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसँग पनि समन्वय गरी गरिनु पर्ने ।

    ४. हाल संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पूँजी बजारमा लगानी गर्न खुला गरिनु पर्ने ।

    ५. अन्तर्राष्ट्रियरूपमा अभ्यासमा रहेको स्टक ब्रोकरमार्फत सेयर खरिदका लागि ब्रोकर कम्पनीमार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्यरूपमा लागू गरिनु पर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज सेयर खरिद कर्जा प्राप्त गर्न सक्ने ।

    ७. संस्थागत स्टक डिलर, मार्केट मेकरजस्ता संस्थाहरूलाई बजारमा ल्याइनु पर्ने ।

    ८. हाल बजारमा जो कोहीले पनि बजारको बारेमा अध्ययन अनुसन्धानका नाममा बजारलाई प्रभावित पार्ने नियमन गर्न ।

    ९. हाल धेरै भन्दा धेरै अनलाइन सञ्चालनमा आएको र सेयर बजारका बारेमा आफू अनुकूल वा विभिन्न व्यक्ति वा समूहको हितमा सेयर बजारसम्बन्धी समाचारहरू सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको र जसले गर्दा बजारमा साना तथा नयाँ लगानीकर्ताहरूमा थप अन्यौलता पर्ने हुँदा पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा आचरसहिता बनाइ लागु गरिनु पर्ने ।

    १०. सेयर कारोबार गर्दा हुने रकम भुक्तानी तथा प्राप्ती गर्दा कायम रहेको विधुतिय माध्यमबाट हुने भुक्तानीको सिमा खुल्ला गरिनु पर्ने ।

  • २५ सयको विन्दुमा झर्‍यो नेप्से, बियरिस भने नभएको विज्ञको भनाइ

    २५ सयको विन्दुमा झर्‍यो नेप्से, बियरिस भने नभएको विज्ञको भनाइ

    काठमाडौं । नेप्से परिसूचक आज करिब ५६ अंकले घटेपछि लगानीकर्ता थप मर्माहित भएका छन् । ३२९८ विन्दु पुगेको नेप्से करिब ४५ दिनयता घटेर २५ सय विन्दुमा ओर्लिएको छ ।

    अहिले बजार कारोबार मात्र घटेको छैन, सरकारले लिँदै आएको राजश्व गुमेको छ भने २५ सयमाथि लगानी गरेका लगानीकर्ताले सावाँभन्दा धेरै गुमाइसकेका छन् भने पुराना लगानीकर्ताले पनि अर्बौं रूपैयाँ गुमाउन पुगेका छन् । २५ सयको विन्दुमा सेयरबजार ओर्लिएपछि अहिले लगानीकर्ता नेप्से बियरिसतर्फ धकेलिएको पो हो कि भनेर झनै पेनिक बन्न थालेका छन् । र, केही लगानीकर्ताले ‘पेनिक सेल’ लाई जारी राखेका छन् । तर, अहिले नेप्से बियरिसमा गइनसकेको बताउँछन् सेयर विश्लेषक प्रकाश तिवारी ।

    ‘बुलिस र बेयरिसको ट्रेन्ड तीन/तीन वर्षको हुन्छ । बुलिस ट्रेन्ड सकिन अझै डेढ बर्ष बाँकी नै छ । यसैले अहिले नेप्से बियरिस मै गएको भन्न मिल्दैन् । तर, बजारमा ठूलै करेक्सन भने आएको पक्कै हो’, तिवारीले भने ।

    बजारमा करेक्सन आएपछि फर्कनेमा कुनै दुईमत नभएको भन्दै लगानीकर्ताले धैर्यता नगुमाउनु आग्रह गरे । विगतका दिनमा पनि ठूलो अंकले नेप्से बढेपछि पुनः बियरिस नटुंगिदै ठूला-ठूला करेक्सन आउने हुनाले लगानीकर्ताको धैर्यता नै सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ ।

    गत वर्ष ११ सयको हाराहारीमा रहेको नेप्से करिब ३३ सयको विन्दुमा पुगेको थियो । आज नेप्से परिसूचक ५५.९३ अंकले घटेको छ । आज ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर किनबेचमा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    विकास बैंक, हाइड्रोपावर, फाइनान्स, लगानी समूहमा कम्पनीको सेयर मूल्यमा उच्च अंकले गिरावट आएको छ । आज अपि हाइड्रोपावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै १५ करोड बराबरको भएको छ ।

  • नेप्सेको पहिरो थामियो, तीन दिनपछि बजार हरियाली

    नेप्सेको पहिरो थामियो, तीन दिनपछि बजार हरियाली

    काठमाडौं । लगातार तीन दिनदेखि तीव्र गतिमा ओरालो लागेको सेयर बजारमा आज एकाएक हरियाली छाएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै आज २६६५.९४ विन्दुमा पुग्यो ।

    बजार खुलेदेखि उतारचढाव बेहोरेको नेप्से बजार बन्द हुँदा परिसूचक बढेको हो । आज ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेचमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    ग्रीन विकास बैंक, अपी हाइड्रोपावर र मनकामना लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लाग्यो । सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

    आज सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर कम्पनी तथा विकास बैंकको सेयर करिब ४ प्रतिशतका दरले बढेको छ ।

    गत विहीबार २ अंकले बढेको बजार त्यसपछि भारी अंकले गिरावट आएको थियो । गएको तनि दिनमा मात्र नेप्से परिसूचक २०४ अंकले बजार घटेको थियो ।

  • ७३ अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा खुम्चियो

    ७३ अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा खुम्चियो

    काठमाडौं । नेप्से परिसूचक आज पनि भारी अंकले घटेको छ । आज ७३.०५ अंकले घट्दै नेप्से २६८५.४२ अंकमा ओर्लिएको हो ।

    कारोबार रकम पनि ५ अर्बमा सीमित भएको छ । आज १ करोड ४७ लाख ८ हजार ६८ कित्ता सेयर किनबेचमा ५ अर्ब १२ करोड ९७ लाख ३ हजार ९६ रूपैयाँ कारोबार भयो ।

    मनकामना लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै उपसमूहको सूचक रातो भयो । आज सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले ३.८१ अंकले गुमाउन पुगेका छन् ।

    अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै १५ करोड बराबरको भएको छ ।

  • ६१ अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेकका उपसूचकमा रातो

    ६१ अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेकका उपसूचकमा रातो

    काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । आज नेप्से २७५८.४८ विन्दुमा रोकिएको छ ।

    आज अधिकांश कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । म्युचुअल फण्डबाहेक अन्य सबैको उपसूचकमा रातो लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य ५.८९ प्रतिशतले घट्यो ।

    मनकामना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेचमा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू)

    सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तोकेको शेयर धितो कर्जाको सीमा हटाउन माग गर्दै लगानीकर्ता केही दिनयता आन्दोलनमा उत्रिरहेका छन् ।

    लगानीकर्ताले आज पनि नेपाल धितोपत्र बोर्डअघि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गैरजिम्मेवार पदाधिकारी चाहिँदैन, लगानीमाथि खेलबाड गर्न पाइँदैन, पुँजीबजारमा स्थायी नीति कायम गर, गभर्नरको पाराले दु:ख पाए साराले जस्ता नारा लगाएका छन् ।

    गभर्नर महाप्रसाद अधिकारीको राजीनामासहित ११ बुँदे माग राखेर पुँजी बजार सुधार समितिको आव्हानमा आन्दोलन जारी छ । उनीहरूले धितोपत्र बोर्डको प्रांगणमा धर्ना दिएका छन् ।

    शेयर धितोकर्जाको सीमासम्बन्धी नयाँ नीतिपश्चात ३२ सय अंकमा पुगेको नेप्से २७ सयमा झरेको छ । गत आइतबार ११४ अंकले घटेको बजार मंगलबार १४ अंकले बढेको थियो भने आज १०४ अंकले बढ्न पुगेको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • नेप्सेले हान्यो सेन्चुरी, विकास बैंकको सूचांकमा तीव्र उछाल

    नेप्सेले हान्यो सेन्चुरी, विकास बैंकको सूचांकमा तीव्र उछाल

    काठमाडौं । बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ ।

    २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर किनबेचबाट ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचक समेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ विकास बैंक समूहको सुचांक ३८१.४२ अंकले बढेको छ ।

    समूहगत परिसूचकतर्फ विकास बैंक समूहको सूचांक ३८१.४२ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५५१.७५ अंक, यसैगरी नीर्जीवन बीमा ४४१.८७ अंक, वित्त कम्पनी २०७.९३ अंक, व्यापार समूह १३२ अंक, जलविद्युत १६९.४४ अंक, माइक्रोफाइनान्स कम्पनीको १७०.७३ अंक र बैंकिङ समूह करिब ६१ अंकले बढेको छ ।

    आज १४ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । जसमा अधिकांस विका बैंक , फाइनान्स कम्पनी, लघुवित्त र जलविद्युत समूहका कम्पनी छन् । यसैगरी १ दर्जनभन्दा बढी कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

    गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, बेस्ट फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स कम्पनीलगायतकाको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।

    बैंकहरूको व्याजदर वृद्धिका कारण पेनिक सेल्स भइरहेको सेयर बजार परिसूचक नेप्से हिजो करिब १४ अंकले बढेर भारी अंकको गिरावटमा रोकिएको थियो । हाल वृद्धि भएको ब्याजदर कार्तिकबाट फेरि घट्ने चर्चाका कारण पनि सेयर बजार गिरावट रोकिएको देखिन्छ । हिजो नेपाल राष्ट्र बैंकले बैंकर्सलाई बोलाएर असोज महिना शुरू भएपछि व्याजदर बढ्नुको कारणबारे स्पष्टीकरण सोधेको थियो ।

    आगामी महिनाको व्याजदर अघिल्लो महिनाको मसान्तभित्र नै घोषणा गर्नुपर्ने भए पनि केही बैंक बिकास बैंकले बीचमा आएर ब्याजदर बढाएका थिए । असोजको शुरूदेखि बढाइएको व्याजदर तुरुन्त घटाउन निर्देशन दिँदै नेपाल राष्ट्र बैंकले अटेर गरेर हस्तक्षेप गर्ने चेतावनी दिएको थियो ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम ढुंगाना, अर्का डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायत सुरपरिवेक्षण विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो भने बैंकर्स संघका अध्यक्ष , डेभलपर बैंकर्स संघका अध्यक्षलगायतको उपस्थिति थियो ।

    नेपाल राष्ट्र बैंकको दबाबपछि असोज महिनामा मुक्तिनाथ बैंकलगायतका बैंकले व्याजदर घटाएका छन् । सोही अनुसार बुधबारको सेयर बजार परिसूचक नेप्सेमा परेको छ ।

  • ११४ अंकले घट्यो नेप्से, ८ अर्ब ४९ करोड कारोबार

    ११४ अंकले घट्यो नेप्से, ८ अर्ब ४९ करोड कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज ११४.०२ अंकले घट्दै २६९८.२५ विन्दुमा रोकिएको छ ।

    विहीबार २८ सयको विन्दुमा रहेको नेप्से घटेर २६ सयको हाराहारीमा आएको हो । आज १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर किनबेचमा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँको कारोबार भएको छ । दर्जन बढी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    आज सबै समूहको उपसूचक रातम्मे भएका छन् भने सबैभन्दा धेरै फाइनान्स कम्पनी, हाइड्रोपावर तथा विकास बैंकका गुमाएका छन् ।

  • साढे दुई घण्टाको व्यापारमा ११० अंकले घट्यो नेप्से

    साढे दुई घण्टाको व्यापारमा ११० अंकले घट्यो नेप्से

    काठमाडौं । नेप्से परिसूचक आज साढे दुई घण्टामा ११० अंकले घटेको छ ।

    केही समयदेखि लगातार घटेको बजारमा आज ठूलै अंकको गिरावट आएको हो । राष्ट बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोकर्जामा १२ करोडको सीमा लगाएपछि सेयर बजारमा त्यसको असर परिरहेको छ । यसैगरी, राष्ट्र बैंकले ब्याज कर्जामा बढोत्तरी गरेपछि नेप्से अझ प्रभावित बनेको जानकारहरू बताउँछन् ।

    गत शुक्रबारदेखि लगानीकर्ता सेयर धितो कर्जाको सीमा तत्काल खारेज गर्नु पर्नेलगायतका माग राखेर नेप्से अगाडि आमरण अनसनमा बसेका छन् । आज साढे दुई घण्टाको व्यापारमा १ करोड ५७ हजार ४७२ कित्ता सेयर किनबेचमा ५ अर्ब १४ करोड ८० लाख ९५ हजार ३८२ रुपैयाँको कारोबार भएको छ । अहिले नेप्से २,७०१ विन्दुमा ओर्लिको छ ।

  • नेप्से : २ महिनायता दुई दिनमै आधाले घट्यो कारोबार

    नेप्से : २ महिनायता दुई दिनमै आधाले घट्यो कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज ४० अंकले घटेको छ । आज १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर किनबेचमा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ बराबर कारोबार भयो ।

    १० अर्बमाथि कारोबार भइरहेको सेयर बजार दुई महिनायता हिजो र आज कारोबार आधाले घटेको छ । दुई महिनाअघि ५ अर्ब हाराहारीमा कारोबार भएको थियो ।

    त्यसयता कारोबार रकम उच्चहुँदै आएको थियो । आज अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार सबैभन्दा बढी २२ करोडको कारोबार भयो । यसैगरी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोडको कारोबार भयो ।

    आज सबैभन्दा बढी होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर कम्पनी, फाइनान्स तथा ननलाईफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढीले गुमाएका छन् ।

  • १८ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित

    १८ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित

    काठमाडौं । नेप्से परिसूचक आज १८.५४ अंकले घट्दै २,९२९.२९ विन्दुमा रोकिएको छ । १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर किनबेचमा आज ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँ कारोबार भएको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २७ करोडको कारोबार भयो । आज सबै उपसमूहको सूचक रातो भयो । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सेयर मूल्य २.४ प्रतिशतले घटेको छ ।

  • झिनो अंकले बढेको नेप्सेमा ९ अर्बको कारोबार

    झिनो अंकले बढेको नेप्सेमा ९ अर्बको कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । आज ०.२७ अंकले बढ्दै २,९४७.७० विन्दुमा पुगेको छ । आज नेप्सेले ४५ अंकको उतारचढाव बेहोरेको छ ।

    १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर किनबेचमा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ बराबर कारोबार भएको छ । आज बैंकिङ, व्यापार, होटल तथा टुरिजम, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र जीवन बीमा कम्पनीबाहेकका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

    सबैभन्दा धेरै अरुण हाइड्रोपावरको ४७ करोड कारोबार भएको छ भने अजोड इन्स्योरेन्सको कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढ्यो ।

  • ७१ अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीमा सकारात्मक सर्किट

    ७१ अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीमा सकारात्मक सर्किट

    काठमाडौं । नेप्सेपरिसूचक ७१.४३ अंकले बढ्दै २९४७.४२ विन्दुमा रोकिएको छ ।

    आज १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेचमा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रूपैयाँ कारोबार भयो । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ७३ करोड र युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड कारोबार भएको छ ।

    आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य पनि उच्च प्रतिशतले बढेको छ ।

  • नेप्से ४४ अंकले घट्यो, कारोबार हिजोभन्दा करिब २ अर्ब कम

    नेप्से ४४ अंकले घट्यो, कारोबार हिजोभन्दा करिब २ अर्ब कम

    काठमाडौं । नेप्से परिसूचक आज ४४.१८ अंकले घट्दै २९३६.६० विन्दुमा रोकिएको छ । हिजो १६१.३१ अंकले बढेको थियो ।

    आज १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेचमा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रूपैयाँ कारोबार भयो । यो हिजोको तुलनामा २ अर्बले कम हो ।

    आज अन्य तथा म्यूचलबाहेकका समूहमा रातो लागेको छ । सबैभन्दा धेरै होटल तथा टुरिजम, विकास बैंक, माइक्रोफाइनान्स, ननलाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्सलगायत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

    सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ६१ करोडको कारोबार भएको छ ।

  • सेयर कर्जामा मुठीभरका ऋणीको हालीमुहाली, १२ करोडभन्दा बढी लिने जम्मा ११२ जना

    सेयर कर्जामा मुठीभरका ऋणीको हालीमुहाली, १२ करोडभन्दा बढी लिने जम्मा ११२ जना

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा राखेर दिने मार्जिन प्रकृतिको कर्जामा नियामक नेपाल राष्ट्र बैंकले लगाम कसेपछि सेयर बजारमा उथलपुथल भइरहेको छ । यससँगै राष्ट्र बैंकको कदमलाई लिएर विभिन्न खाले प्रतिक्रियाहरू व्यक्त भइरहेका छन् ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गरिदिएको थियो । ठूला लगानीकर्ताहरूको सानो समूहले यस्तो कर्जाको अत्यधिक हिस्सा ओगटेर सेयर बजारमा हालीमुहाली गरेपछि नीति परिमार्जन गर्नुपरेको राष्ट्र बैंकको तर्क छ । मौद्रिक नीतिले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंकिङ प्रणालीभित्रबाट १२ करोड रूपैयाँमात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ ।

    केन्द्रीय बैंकले भदौ ९ गते ‘एकीकृत निर्देशन २०७७’ लाई परिमार्जन गर्दै एकाघरका परिवारले उक्त सिमाभित्र रहेर कर्जा लिन पाउने व्यवस्था गरेको हो । उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीले आगामी आर्थिक वर्ष वा कर्जा परिपक्व हुने अविधिमध्ये जुन पहिले आउँछ सोही आधारमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख गरिएको छ । विगतमा लगानीकर्ताले आफ्ना परिवारका सबै सदस्यहरूको नाममा मार्जिन कर्जा लिन पाउथे । कर्जाको सीमा नै थिएन ।

    मार्जिन प्रकृतिको कर्जामा लगाइएको थ्रेसहोल्डप्रति लगानीकर्ताहरूले तीव्र असन्तुष्टी व्यक्त गर्दै आएका छन् । लगानीकर्ता रामकृष्ण ढकालको नेतृत्वमा गठन भएको पुँजी बजार संघर्ष समितिले गभर्नरको आलोचना गर्दै उक्त नीति फिर्ता नलिए आमरण असन्नसम्मको घोषणा गरेका छन् । समितिले गभर्नरको राजीनामासमेत माग गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई यो नीति फिर्ता लिन निर्देशन दिएका छन् । तर, लामो गृहकार्य गरेर कर्जाको थ्रेसहोल्ड बनाएको भन्दै यसबाट पछि हट्न राष्ट्र बैंक तयार छैन । मार्जिन कर्जाका कारण अर्थमन्त्री, गभर्नर र लगानीकर्ताबीच आगामी दिनमा थप टकराव बढ्ने देखिएको छ ।

    ८ हजार ६ ऋणीले मात्रै लिएका छन् सेयर कर्जा

    नेपालको बैंकिङ प्रणालीबाट मार्जिन प्रकृतिको कर्जा कुल ८ हजार ५६४ जनाले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिको, ५० लाखदेखि १ करोडसम्म, २५ लाखदेखि ५० लाखसम्म र ५० लाखभन्दा कम गरी चार भागमा विभाजन गरी मार्जिन कर्जा दिने गरेका छन् ।

    गत आर्थिक वर्षको तथ्यांकअनुसार १२ करोडभन्दा माथिको मार्जिन कर्जा लिनेको ऋणीको ११२ जना, ४ देखि १२ करोडसम्म लिने ५२४ जना छन् । बाँकी ७ हजार ९२८ जना ऋणीले ४ करोडभन्दा कम कर्जा लिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

    गत असार मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ६ अर्ब सेयर धितोका आधारमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ५० अर्ब ४० करोड रूपैयाँ बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ५५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७६/७६ मा ४५ अर्ब ४१ करोड रूपैयाँमात्रै यस्तो कर्जा प्रवाह भएको थियो ।

    नेपालको बैंकिङ प्रणालीबाट मार्जिन प्रकृतिको कर्जा कुल ८ हजार ५६४ जनाले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिको, ५० लाखदेखि १ करोडसम्म, २५ लाखदेखि ५० लाखसम्म र ५० लाखभन्दा कम गरी चार भागमा विभाजन गरी मार्जिन कर्जा दिने गरेका छन् ।

    १ करोडभन्दा माथिको मार्जिन कर्जा अघिल्लो वर्षको तुलनामा १३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३१ अर्ब ५३ करोड रूपैयाँ १ करोडभन्दा माथिको कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्ष ७३ अर्ब ५३ करोड रुपैयाँ प्रवाह भएको छ । यसैगरी ५० लाखदेखि १ करोडसम्मको कर्जा १२ अर्ब, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १३ अर्ब ३५ करोड र २५ लाखभन्दा साना कर्जा ७ अर्ब २७ करोड रुपैयाँ प्रवाह भएको छ ।

    सानो समूहका ऋणीहरुले ठूलो परिमाणको कर्जा ओगटेकाले सेयर बजारमा पनि उनीहरुकै हालीमुहाली हुने गरेको यथार्थ हो । उनीहरूले आफ्नो स्वार्थअनुकूल बजारमा अवाञ्छित चलखेल गर्ने गरेको आरोप साना लगानीकर्ताहरुको छ । राष्ट्रबैंकले ल्याएको नयाँ नीतिको यस्तो चलखेल रोक्ने विश्वास साना लगानीकर्ताहरूले लिएका छन् ।

    साथै, बैंक तथा वित्तीय संस्थाहरूको जोखिम कम गर्नका लागि पनि यस्तो थ्रेसहोल्ड अत्यावश्यक रहेको राष्ट्रबैंकको तर्क छ ।

    के भन्छन् विज्ञ ?

    नेपाल राष्ट्र बैंकले कर्जामा भएको जोखिमलाई कम गर्न चाहेको कुरालाई सकारात्मक रुपमा लिन सकिने तर, यसका लागि पर्याप्त समय दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । केन्द्रीय बैंकले नीति निर्माण गर्दा उक्त नीति पूर्वानुमानयोग्य हुनुपर्ने र बजारबाट आफ्नो सम्पत्ति नगुमाइकन लगानीकर्तालाई सम्मानजनक बहिर्गमनको मौका दिनुपर्ने वित्तशास्त्री अनलराज भट्टराई बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले कर्जाको जोखिमलाई हेरर मार्जिन कर्जासम्वन्धी नीति परिवर्तन गरेकाले यसलाई सकारात्मक नै लिनुपर्छ,’ उनले भने, ‘नियामकले नीति परिवर्तन गर्दा लगानीकर्तालाई असर नगर्ने गरी गर्नुपर्छ ।’

    भट्टराई नेपालको सेयर बजारमा ‘बवल्स’ सृजना भएको हो कि भन्ने आशंकामा समेत असहमति राख्छन् । नेपालको सेयर बजार बैंक तथा वित्तीय संस्थाको कर्जाले मात्रै भई करिब ३० लाख लगानीकर्ताको आफ्नो पूँजिबाट सञ्चालन भइरहेको उनको भनाइ छ ।

    ‘पछिल्लो समय सेयर बजारमा ८ गुणा बढी लगानीकर्ता थपिएका छन् भने करिब २.५ गुणाको हाहारीमा सेयर बजार बढेको छ, तपाई कसरी सम्पत्तीमा ववल्स निर्माण भयो भन्नुहुन्छ ?’ उनले प्रश्न गरे ।

    सेयर बजारमा साना-ठूला र संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको ऐनको अधिनमा रही संस्थागत लगानीकर्ताहरु (बैंक तथा वित्तीय संस्था, सामूहिक लगानी कोष, इन्भेष्टमेन्ट कम्पनी) लगायतले समेत सेयरमा लगानी गर्ने गरेका छन् ।

    नेपालको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल पुँजीको १० प्रतिशतको हाराहारीमा करिब ३ खर्बको रूपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यसरी मार्जिन कर्जामार्फत १ खर्ब ६ अर्ब र संस्थागत लगानीकर्ताको ३ खर्ब गरी बैंक प्रणालीमार्फत ४ खर्बको हाराहारीमा मात्रै कर्जा भएको छ । नेपालको पछिल्लो समय नेप्सेको कुल पुँजीकरण ४१ खर्ब ७१ अर्ब पुगेको छ । भने दैनिक १० अर्बभन्दा बढी कारोबार भइरहेको छ ।

    लगानीकर्ताको आक्रोश

    राष्ट्र बैंकले ल्याएको नीतिले बजारमा गिरावट आएको भन्दै लगानीकर्ता भने आक्राशित छन् । गभर्नरको अपरिपक्वता र अव्यवहारिक पाटो पछिल्लो निर्णयमा झल्किएको लगानीकर्ता ताराप्रसाद फुलेलले बताए ।

    फ्रन्टलाइन रेगुलेटरहरूले पछिल्लो समयमा धितोपत्र बोर्डको स्वायत्तता खोसेको उनको बुझाइ छ ।

    ‘नेपाल राष्ट्र बैंकका गभर्नर र केही पदाधिकारीहरूको सनकका भरमा अव्यवाहारिक निर्णय गरिएको छ । धितोपत्र बोर्डको स्वयत्तामाथि नै प्रश्न उठ्ने गरी नेपाल राष्ट्र बैंकले मुद्रा आपूर्तिमार्फत बजार नियमनको प्रयास गर्नु गलत छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकले पुर्वानुमान गर्नै नसकिने खालको नीति ल्याएर बजारमा अनावश्यक हस्तक्षेप गरिरहेको उनी बताउँछन् ।

    सेयर बजारमा विकृतिका चाङ भए पनि त्यसको नियमन गर्ने जिम्मेवारी धितोपत्र बोर्डको नै भएकाले यसको नियमन बोर्डमार्फत हुनेपर्नेमा उनको जोड छ ।

    राष्ट्र बैंक भन्छ- साना लगानीकर्ताको पक्षमा निर्णय

    केन्द्रीय बैंक भने आफ्नो नीतिको बचाउ गर्दै कर्जाको प्रवाहको अवस्था र जोखिमलाई मूल्यांकन गरेर उक्त नीति ल्याइएको बताउँछ । साना लगानीकर्तालाई समेत कर्जाको पहुँचमा पुर्‍याउन उक्त नीति ल्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालल बताए ।

    ‘कर्जाको प्रवाहको अवस्था र जोखिमलाई मूल्यांकन गरिकन नै हामीले मौद्रिक नीतिमार्फत उक्त व्यवस्था गरेका हौं । सेयर कर्जामा साना लगानीकर्ताको पहूँचमा वृद्धि होस् भन्ने हाम्रो ध्येय हो’, उनको दावी छ ।

    तर, ढकालले भने अनुसार नेपाल साना लगानीकर्ताले सहजरूपमा कर्जा पाउने अवस्था भने छैन । कर्जा लिनका लागि पूरा गर्नुपर्ने प्रकृयागत झन्झटका कारण सामान्य व्यक्तिले सहजरूपमा कर्जा प्राप्त गर्न सकिरहेका छैनन् ।

    याे पनि पढ्नुस्

    अर्थमन्त्रीको दबाबमा सेयर कर्जासम्बन्धी निर्णय राष्ट्र बैंकले फिर्ता नलिने

     

  • अर्थमन्त्रीको दबाबमा सेयर कर्जासम्बन्धी निर्णय राष्ट्र बैंकले फिर्ता नलिने

    अर्थमन्त्रीको दबाबमा सेयर कर्जासम्बन्धी निर्णय राष्ट्र बैंकले फिर्ता नलिने

    काठमाडौं । पछिल्ला केही दिनमा नेपालको सेयर बजारमा निकै ठूलो पहिरो आयो । सेयर लगानीकर्ताका नेताहरूले यसका लागि राष्ट्रबैंकलाई जिम्मेवार ठहर्‍याउँदै गभर्नरको राजीनामासमेत माग्न भ्याए । यही लहैलहैमा अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई फोन गरे ।

    राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिमार्फत सेयर धितोकर्जासम्वन्धी नीतिमा केही फेरबदल गरिएको थियो । त्यसैको नकारात्मक प्रभाव सेयरबजारमा परेको ठूला लगानीकर्ताले दावी गरेका छन् । उनीहरूले राष्ट्रबैंकलाई सो नीति सच्याउन दबाब दिइरहेका छन् । यही मेसोमा गर्भनरलाई अर्थमन्त्रीले फोन गरेर सेयर बजारलाई प्रभावित तुल्याउने निर्णय नलिन निर्देशन दिएका थिए ।

    तर, अर्थमन्त्रीले विषय नबुझी हचुवामा दिएको निर्देशन कार्यान्वयन नहुने राष्ट्र बैंक उच्च स्रोत बताउँछ ।

    ‘अर्थमन्त्रीले दबाब दिँदैमा निर्णय फिर्ता हुँदैन,’उच्च स्रोतले भन्यो, ‘न त केही लगानीकर्ताले हो-हल्ला गरेको भरमा हामी ब्याक हुन्छौं । पर्याप्त गृहकार्य गरेर नै हामीले सेयर कर्जासम्बन्धी नीतिमा परिमार्जन गरेका हौं ।’

    लामो गृहकार्यपश्चात लिएको यो निर्णयले दीर्घकालमा आम सेयर लगानीकर्ताको हित हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । साथै, बैंक तथा वित्तीय संस्थाको पक्षबाट हेर्दा पनि यो निर्णय सही रहेको उनको जिकिर छ ।

    हिजो १०८ अंकले बजार घट्दा आज लगानीकर्ता अन्योलमा थिए । तर, बजारमा कारोबार हुनसाथ उच्च अंकले बढ्यो र पुनः ओरालो लाग्न पुग्यो । अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएको समाचार बाहिरिनासाथ आज पुनः बजार उच्च अंकले बढेको छ । हिजो १४७ अंकसम्मको गिरावट आएर पुनः सम्हालिदैं १०८ अंकको गिरावटमा बन्द भएको बजार आज १६१.९४ अंकले बढेको छ ।

    ‘केही व्यक्तिले मात्र करोडौ र अर्बौंको सेयर धितोकर्जा ओगट्ने प्रवृत्ति छ । त्यो पनि एकपटक नभएर पटक-पटक गरेर लिने भएकाले यस्तो कर्जा सीमित व्यक्तिको कब्जामा गयो । अनि, उनीहरूले नै ठूलो परिमाणमा सेयर लगानी गरेर बजारमा आफ्नो नियन्त्रण कायम गरिरहेका छन्,’ ती अधिकारीले भने ।

    सेयरबजारमा हालीमुहाली गर्न नपाएर केही लगानीकर्ता राष्ट्रबैंकको विरोधमा उत्रेको उनी बताउँछन् । साना लगानीकर्ताहरू भने यो नीतिबाट खुसी भएको उनको दावी छ ।

    सीमित व्यक्तिले बैंकबाट ठूलो रकम सेयर धितो कर्जा लिएर बजारमा लगानी गर्ने गरेका छन् । राष्ट्रबैंकले यसमा अंकुश लगाउन खोजेको हो । स्रोतका अनुसार अहिले उक्त प्रावधानलाई कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले एकीकृत निर्देशन तयार पारिरहेको छ ।

    ‘एकीकृत निर्देशन तयार पारिरहेको बुझेर केही लगानीकर्ता नियोजितरूपमा नै त्यसलाई रोक्न सकिन्छ कि भन्ने आशयले आन्दोलनमा उत्रिएका हुन् । तर, कुनै हालतमा पनि राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि हट्दैन,’ स्रोतले भन्यो ।

    राष्ट्र बैंकले कुनै लगाम नलगाइकन स्वतन्त्रपूर्वक छोड्ने हो भने कुनै दिन सेयर बजार उठ्नै नसक्ने गरी पछारिने राष्ट्र बैंकका अर्का अधिकारी बताउँछन् ।

    अहिले राष्ट्र बैंकले लगाएको सेयर धितोकर्जाको सीमाभन्दा बढी कारोबार गर्नेको संख्या एक सयभन्दा केही बढी छ । तर, सेयर बजारमा ५/६ लाख लगानीकर्ताले प्रत्यक्ष दोस्रो बजारमा लगानी गरेका छन् । तिनै १०० को हाराहारी लगानीकर्ताले समग्र सेयर बजारलाई चाहेको दिशामा हिँडाउने क्षमता राख्छन् ।

    ‘साना लगानीकर्ताले आत्महत्या गर्ने दिन आउँन सक्छ, त्यसलाई रोक्नका लागि कर्जामा सीमा लगाएका हौं,’ उनले भने ।

    अहिले राष्ट्र बैंकले लगाएको सेयर धितोकर्जाको सीमाभन्दा बढी कारोबार गर्नेको संख्या एक सयभन्दा केही बढी छ । तर, सेयर बजारमा ५/६ लाख लगानीकर्ताले प्रत्यक्ष दोस्रो बजारमा लगानी गरेका छन् । तिनै १०० को हाराहारी लगानीकर्ताले समग्र सेयर बजारलाई चाहेको दिशामा हिँडाउने क्षमता राख्छन् ।

    हिजो १०८ अंकले बजार घट्दा आज लगानीकर्ता अन्योलमा थिए । तर, बजारमा कारोबार हुनसाथ उच्च अंकले बढ्यो र पुनः ओरालो लाग्न पुग्यो । अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएको समाचार बाहिरिनासाथ आज पुनः बजार उच्च अंकले बढेको छ । हिजो १४७ अंकसम्मको गिरावट आएर पुनः सम्हालिदैं १०८ अंकको गिरावटमा बन्द भएको बजार आज १६१.९४ अंकले बढेको छ । यो अंक अहिलेसम्मकै उच्च वृद्धि हो ।

    गत आर्थिक वर्षमा सेयर धितोकर्जा दोब्बरले बढेपछि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोकर्जामा सीमा तोक्दै कडाइ गरेको हो । अहिलेको व्यवस्थाअनुसार सेयर धितोकर्जा प्रतिऋणी कुल १२ करोड र वित्तीय संस्थाबाट ४ करोड रूपैयाँसम्म मात्र लिने व्यवस्था छ ।

    गभर्नरले लाखौंको लगानीलाई जोखिम पारेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । आजमात्रै पूँजीबजार विकास संघर्ष समितिलगायत अन्य लगानीकर्ताले गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंकअघि प्रदर्शन गरे ।

    सेयर विश्लेषक मुक्ति अर्यालले ५० प्रतिशत मार्जिन कर्जा हुनुपर्नेमा जोड दिए । ‘अर्बौंको लगानी गरेका लगानीकर्तालाई १२ करोडसम्म मात्र ऋण लिन पाउने भनिएपछि बजारमा ठूलो उतारचढाव आएको छ,’ उनले भने ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग पसिंघलगायतले सेयर कर्जाको कडाइलाई लिएर विरोध जनाएका छन् । तर, गभर्नर महाप्रसाद अधिकारी सेयर धितोकर्जाले उद्योग तथा व्यवसायका लागि लिने कर्जालाई कुनै असर नपार्ने बताउँछन् ।

    अहिले सेयर धितोकर्जामा १८० दिनको औसत मूल्यका आधारमा ऋण दिनुपर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत अर्थिक वर्षको जेठसम्ममा मार्जिन प्रकृतिका कर्जा ८७.६ प्रतिशतले वृद्धि भएको छ ।

  • सेयरबजारमा असामान्य उछाल, १६२ अंकले बढ्यो नेप्से

    सेयरबजारमा असामान्य उछाल, १६२ अंकले बढ्यो नेप्से

    काठमाडौं । हिजो किर्तिमानी अंकले घटेको सेयर बजारले आज फेरि नाटकीयरुपमा असामान्य उछाल लिएको छ । एकै दिन नेप्से १६१.९४ अंकले बढ्दा बजारमा सकारात्मक सर्किटब्रेक नै लगाउनुपर्यो । यो अहिलेसम्मकै सबैभन्दा ठूलो अंकको वृद्धि भएको लगानीकर्ताले बताएका छन् ।

    हिजो एक सय ८ अंकले सेयर बजारमा गिरावट आएको थियो । आज बजार खुल्दा नेप्से २८१८ बिन्दूमा थियो भने बन्द हुँदा २९८०।७८ विन्दुमा पुगेको छ । यो ५।७४ प्रतिशतको वृद्धि हो । अहिलेसम्म एकै दिन यति ठूलो अंकको वृद्धि भएको थिएन ।

    आज कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ । ५० भन्दा बढी कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश फाइनान्स कम्पनी र हाइड्रोपावर छन् ।

    आज सबै समूह उप-सूचक उच्च अंकले बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ९.९२ प्रतिशतले बढेको छ । यसैगरी हाइड्रोपावरको ९.११, फाइनान्स समूहको ९.११ प्रतिशत, अन्य समूहको ८.३८ प्रतिशत, लगानी समूहको ६.८३ प्रतिशतले बढेको छ । आज ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.२ प्रतिशतले बढ्न पुगेको छ ।

    राष्ट्र बैंकले सेयर धितोकर्जाको सिमा परिवर्तन गरेपछि सेयरबजारमा उथलपुथल आएको विश्वास गरिएको छ । आज अर्थमन्त्री जनार्दशन शर्माले राष्ट्रबैंकका गभर्नरलाई बजारलाई प्रभावित तुल्याउने गरी ल्याइएको नीति फिर्ता गर्न निर्देशन दिएका छन् । त्यसको प्रभाव बजारमा परेको हुन सक्ने अनुमान छ ।

  • सेयर धितोकर्जाको सीमा हटाउन लगानीकर्ताको दबाब, आमरण अनसनको चेतावनी

    सेयर धितोकर्जाको सीमा हटाउन लगानीकर्ताको दबाब, आमरण अनसनको चेतावनी

    काठमाडौं । सेयर कर्जाको सीमाले लगानीकर्ता मारमा परेको भन्दै पुँजीबजार सुधार संघर्ष समितिले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्त माग गरेको छ ।

    नेपाल राष्ट्र बैंकअगाडि उनीहरूले प्रदर्शन गरेका छन् । लगानीकर्ताले गभर्नर र अर्थमन्त्रीका आलोचना गरेका छन् । ४० लाख भन्दा बढी लगानीकर्तालाई असर गर्ने गरी नेपाल राष्ट्र बैंकको नीति आएको भन्दै गभर्नर अधिकारीको राजीनामा मागिएको छ ।

    मार्जिन प्रकृतिको कर्जाको सीमा तत्काल फिर्ता नलिए ३० गतेभन्दा संघर्षलाई जारी राख्ने र भदौ ३० बाट आमरण अनसन बस्ने चेतावनी संघर्ष समितिले दिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिफल दिने समयमा प्रोजिभिनिङको सीमा बढाउने , मार्जिन प्रकृतिको कर्जामा क्याप लगाउनेजस्ता हस्तक्षेपकारी निजी लिएको भन्दै लगानीकर्ताले आक्रोश जनाएका छन् ।

    ठूला लगानीकर्ताको अहित गरेर साना लगानीकर्ताको हित नहुने भन्दै उनीहरूले नियामक निकायहरू सच्चिनुपर्ने दबाब दिएका छन् । धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची प्रकाशन गर्नेदेखि वुक विल्डिङमार्फत आईपीओ जारी गर्ने जस्ता नीतिगत तयारीले लगानीकर्तालाई हतोत्साहित गर्ने काम गरेको लगानीकर्ताको गुनासो छ ।

  • दुई घण्टामा ११५ अंकले बढ्यो नेप्से

    दुई घण्टामा ११५ अंकले बढ्यो नेप्से

    काठमाडौं । नेप्से परिसूचक २ घण्टामा १ सय अंकमाथिले बढ्न पुगेको छ । हिजो १०८ अंकले घटेको बजार आज लयमा फर्कन थालेको हो । दुई घण्टाको कारोबारमा अहिले नेप्से ११५ अंकले बढ्न पुगेको छ ।

    राष्ट्र बैंकले ल्याएको सीमा कर्जा नीतिका कारण सेयर बजार उच्च अंकले घट्ने र बढ्ने गरिरहेको छ । अहिले लगानीकर्ताले राष्ट्र बैंक घेराउ गरिरहेका छन् । अर्थमन्त्रालयले गभर्नरलाई सेयर धितोकर्जा फिर्ता लिन दबाब दिइरहेको सार्वजनिक भइसकेको छ ।

    गभर्नर भने आफ्नो निर्णयमा अडिग छन् । परिसूचक केही घण्टामै बढेपनि बजार केही घण्टामा उच्च अंकले बढेपनि कारोबार रकम भने धेरै बढ्न सकेको छैन ।

  • सेयर बजारलाई प्रभाव पार्ने नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

    सेयर बजारलाई प्रभाव पार्ने नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्रालय बोलाएर सेयर लगानीकर्ताको असन्तुष्टीबारे चासो व्यक्त गरेका छन् ।

    उनले लगानीकर्ताको मनोवल गिर्ने गरी कुनै पनि काम नगर्न गभर्नर अधिकारीलाई भनेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जाको सीमा ४ करोड देखि १२ करोडसम्मको निर्धारण गरेको थियो । यसैगरी केन्द्रीय बैंकले एकीकृत निर्देशिका २०७७ लाई परिमार्जन गर्दै एकाघर परिवारले १ बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

    उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीले चालु आर्थिक वर्षको अन्त्यसम्म वा कर्जा अवधिमध्ये जुन पहिले हुन्छ सोही आधारमा कर्जा भुक्तानी गरिसक्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

    केन्द्रीय बैंकको उक्त नीतिका कारण लगानीकर्ता गभर्नरसँग चिडिएका छन् । उनीहरूले उक्त व्यवस्था तुरुन्त फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् । ठूला लगानीकर्तालाई बजारमा अप्ठ्यारो पार्ने हिसावले नीति ल्याइएको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नरको राजीनामा मागेका छन् । पुँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंक पछाडी नहटेमा केन्द्रीय बैंक समेत घेराउ गर्ने चेतावनीसमेत दिएको छ ।

    अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई जानकारी नदिइ यस किसिमको निर्णय किन गरियो भनी प्रश्न गरेको अर्थमन्त्रालय स्रोतले बतायो । शर्माले अधिकारीसँगको भेटमा लगानीकर्ताको मनोवलमा गिरावट आउने खालका कुनै पनि हस्तक्षेपकारी काम नगर्न निर्देशन दिएका छन् । लगानीकर्ताले माग गरिरहेको मार्जिन कर्जासम्बन्धी पुरानै व्यवस्थालाई निरन्तरता दिन गभर्नर अधिकारीलाई अर्थमन्त्री शर्माले भनेका छन् ।

    सेयर बजारमा जाने कर्जालाई कडाइ गर्ने यसअघिकै गभर्नरको प्रयास तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा हस्तक्षेप गर्न अनुचित रहेको भन्दै रोकेका थिए ।

    आफुलाई जानकारी नदिइ मार्जिन प्रकृतिको कर्जामा गरेको कडाइप्रति शर्मा असन्तुष्ट बनेको स्रोतको भनाइ छ । यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोष ‘आइएमएफ’ को आग्रहमा सीसीडी अनुपातलाई हटाएर सीडी अनुपात कार्यान्वयन ल्याइएको छ । मौद्रिक नीतिमार्फत सीडी अनुपात ९० प्रतिशत कायम गरिएको छ । २७ बाणिज्य बैंक मध्ये १६ वटा भन्दा बढी बाणिज्य बैंकले सीडी अनुपातभन्दा बढी कर्जा प्रावह गरिसकेका छन् । जसका कारण बजारमा तरलताको समस्या देखिएको छ ।

    यही नीतिका कारण केही बैंकहरूले यही महिनादेखि व्याजदर बढाउन थालेका छन भने आगामी दुई महिनामा अधिकांस बैंकहरूले २ प्रतिशतले ब्याजदर बढाउने तयारीमा रहेका छन् । यसले अर्थतन्त्र प्रभावित हुने भन्दै अर्थमन्त्री शर्माको ध्यानाकर्षण भएको बताएका छन् ।

    कोभिड १९ को पुनरूत्थानको समयमा कर्जाको व्याजदर बढाउनु अनुचित हुने तर्क भइरहेको समयमा नेपाल राष्ट्र बैंकले सोही नीतिलाई प्रोत्साहन दिनुलाई समेत अर्थमन्त्रीले आफूलाई राष्ट्र बैंकले असहयोग गरिरहेको रूपमा बुझेका छन् ।

  • नेप्सेमा डरलाग्दो पहिरो, ठूला लगानीकर्ताको निसानामा राष्ट्रबैंक

    नेप्सेमा डरलाग्दो पहिरो, ठूला लगानीकर्ताको निसानामा राष्ट्रबैंक

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कारोबार शुरू भएको दुई घण्टामै १४७.३१ अंकको पहिरो आयो र नेगेटिभ सर्किट ब्रेक लाग्यो । इतिहासमै सर्वाधिक अंकले गिरावट आउँदा नेप्से ५.३ प्रतिशतले घट्न पुगेको थियो ।

    ४० मिनेटको सर्किट ब्रेकपछि खुलेको बजार केही सम्हालियो । तर, दिनभर उतारचढाब कायमै रह्यो । आजको कारोबारमा ६० वटाभन्दा बढी कम्पनीले नकारात्मक सर्किट झेलेका छन् ।

    नेप्सेमा यति ठूलो पहिरो आउनुमा मुख्य कारण राष्ट्र बैंकले तोकेको सेयर धितोकर्जा सीमा भएको ठूला लगानीकर्ताको दावी छ । उनीहरूले गभर्नरको राजीनामासमेत मागेका छन् । साना लगानीकर्ता भने राष्ट्र बैंकले ठीक नीति ल्याएको भन्दै सामाजिक सञ्जालमा गभर्नरको पक्षमा उत्रिरहेका छन् ।

    राष्ट्र बैंकले सेयर धितोकर्जामा ४ देखि १२ करोडको सीमा लगाउँदा बजारमा अझ ठूलो उथलपुथल आउने बताउँछन् सेयरविज्ञ मुक्ति अर्याल । राष्ट्र बैंकले यतिसम्म ऋण लेऊ भनेर सीमा तोक्न नमिल्ने उनको तर्क छ ।

    ‘यदि राष्ट्र बैंकलाई केही लगानीकर्ताले मात्र सेयर धितोमा दोहोर्‍याइ/तेहर्‍याइ कर्जा लिएको छ भन्ने लाग्छ भने त्यस्तो कर्जालाई रोक्ने हो तर, समग्रमा कर्जामा नै सिलिङ लगाउन मिल्छ र ?’ उनले प्रश्न गरे । कर्जा पाउने अधिकार सबैको हुने भएकाले यसमा राष्ट्र बैंकले लगाएको सीमा तुरुन्त हटाउनु पर्ने उनले बताए ।

    ‘सेयर बजारमा ठूला र अर्बौं ऋण लिने मात्र छैनन् । साना लगानीकर्ताले पनि ऋण लिएर पुँजीबजारमा लगानी गरेका छन् । उनीहरूको लगानी चाहिँ अहिले डुब्दा राष्ट्र बैंक खुसी भएको होला ?’ अर्यालले भने ।

    राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भने सेयर घट्नुमा राष्ट्रबैंक जिम्मेवार नरहेको बताउँछन् ।

    ‘नेप्सेको कुरा त धितोपत्र बोर्डलाई सोध्नुपर्छ, राष्ट्र बैंकलाई सोधेर हुन्छ ?’ उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रको विकासका लागि राष्ट्र बैंकले विभिन्न नीति ल्याइरहन्छ, अहिले सेयर बजारका लागि पनि त्यही गरेको हो ।’

    राष्ट्र बैंकले सेयर धितो कर्जा कार्यान्वयन गर्छ कि ब्याक हट्छ भन्नेमा आफूलाई पनि थाहा नभएको प्रवक्ता ढकालले बताए ।

    राष्ट्र बैंकले ल्याएको नीतिका कारण नै बजार ओरालो लागेको बताउँछिन् लगानीकर्ता राधा पोखरेल । उनकाअनुसार राष्ट्र बैंकले ल्याएको नीतिले ठूला लगानीकर्ता सेयर बजारबाट बाहिरिएमा सेयर बजारको विकासमा ठूलो धक्का पुग्नेछ । अहिले अर्बौंको लगानी रहेको सेयर बजारलाई राष्ट्र बैंकले जानी-बुझिकन लगाम लगाउन खोजेको उनको आरोप छ ।

    ‘राष्ट्र बैंकले ल्याएको १२ करोड सेयर कर्जालाई तुरुन्त ‘रिभ्यू’ नगर्ने हो भने बजार धेरै तल झर्ने छ,’ उनले भनिन् ।

    १२ करोडको नीतिले सेयर बजारमा उथलपुथल ल्याएको भन्दै अर्थमन्त्री पनि गभर्नर महाप्रसाद अधिकारीसँग रुष्ट रहेको बताइएको छ । मौद्रिक नीतिका कारण बजारमा लगानीयोग्य रकमको अभाव भएको भन्दै गभर्नर र अर्थमन्त्रीबीचमा दूरी बढ्न थालेको अर्थमन्त्रालय श्रोत बताउँछ ।

    स्रोतका अनुसार गभर्नरले ठूला लगानीकर्तालाई पाखा लगाउने किसिमले नीति ल्याएकाले त्यसको असर सेयर बजारमा परेको हो । ठूला तथा साना लगानीकर्तालाई मिलाएर लैजानु पर्नेमा गभर्नरले साना लगानीकर्ताको मात्रै संरक्षण गर्न खोजेको स्रोतको भनाइ छ ।

    गभर्नर अधिकारी भने आफूले सोचविचार गरिकन सेयर धितोकर्जाको सीमा तोकेको बताउँछन् । उनले आर्थिक पत्रकारलाई केही समयअघि भर्चुअल मिटिङमा सेयर धितोकर्जा १२ करोड हुनु थोरै नभएको बताएका थिए । उनले ‘५ करोड ऋण लिनका लागि कति कागजात चाहिन्छ हेर्नु भएको छ ?’ भन्दै पत्रकारलाई प्रश्न गरेका थिए ।

    सेयर बजारमा २/४ जनाले अर्बौं रूपैयाँ पटक-पटक ऋण लिएकाले त्यस्तो ऋणले बैंकसमेत जोखिममा पर्ने देखिएकाले यो नीति ल्याएको उनको जिकिर छ । सेयर धितोकर्जा मार्जिनले औद्योगिक र व्यवसायिक कर्जालाई प्रभावित नबनाउने उनले बताएका छन् । राष्ट्र बैंक यो कर्जा कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको उनले संकेत गरे ।

    गभर्नरले सेयर धितोकर्जा सीमालाई कार्यान्वयन गर्ने भनिरहँदा लगानीकर्ताले भने गभर्नरको राजीनामा मागेका छन् । गभर्नरले आफूखुसी सेयर बजारलाई लगाम लगाउन नपाउने भन्दै नेपाल इन्भेष्टर फोरम, पूँजीबजार सुधार संघर्ष समितिलगायतका संघसंस्थाले अर्थमन्त्रालयको यसअघि नै ध्यानआकर्षण गरिसकेका छन् भने आज पुँजीबजार संघर्ष समितिले गभर्नर अधिकारीको राजीनामा माग गरेको हो ।

    तत्काल यो निणर्य फिर्ता नभए भोलीबाट देशव्यापी रुपमा लगानीकर्ता बोलाएर राष्ट्र बैंक घेराउ गर्ने समितिले चेतावनी दिईएको छ । यता राष्ट्र बैंक र अर्थमन्त्रालयमा यस विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

  • १०८ अंकले घट्यो नेप्से, कारोबार रकम ११ अर्ब

    १०८ अंकले घट्यो नेप्से, कारोबार रकम ११ अर्ब

    काठमाडौं । नेप्से परिसूचक आज १०८.२६ अंकले घट्दै २८१८.७३ विन्दुमा पुगेको छ । आज २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर किनबेचमा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रूपैयाँको कारोबार भयो ।

    आज अधिकांस कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज विकास बैंक समूह ७.२१ र फाइनान्स समूह ८.०१ प्रतिशतले घट्न पुगेको छ ।

    बजार खुलेदेखि नै उच्च अंकले गिरावट आउँदै १४७.३१ अंकसम्म घटेर ४० मिनेट कारोबार रोकिएको थियो । सेयर कर्जामा राष्ट्र बैंकको सीमा निर्धारणको असर सेयर बजारमा परेको हो ।

  • नकारात्मक सर्किटपछि ४० मिनेटका लागि सेयर कारोबार रोक

    नकारात्मक सर्किटपछि ४० मिनेटका लागि सेयर कारोबार रोक

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको नकारात्मक सर्किटब्रेक लागेको छ । नेप्से ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

    २ घण्टाको कारोबारमा नेप्से १४७.३१ अंकले घट्दै २७७९ अंकको विन्दुमा पुगेको छ । कारोबार बन्द हुँदासम्म ७ अर्बको कारोबार भएको छ । यो नेपालको सेयर बजारमा सबैभन्दा धेरै अंकको गिरावट हो । यसअघि १२३ अंकको सर्वाधिक गिरावट आएको थियो ।

    गत आर्थिक वर्षको पुस ५ गते ९७ अंकले बजार घटेको थियो । विगत १ वर्षमा २ पटक नकारात्मक सर्किटब्रेक लागेको छ ।

  • एक घण्टामै ११०.९९ अंकले घट्यो नेप्से

    एक घण्टामै ११०.९९ अंकले घट्यो नेप्से

    काठमाडौं । नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घटेको छ ।

    कारोबारको पहिलो दिन आज १२ बजेर १२ मिनेट जाँदा ११०.९९ अंकले घटेर २८१६.०१ विन्दुमा आएको छ । राष्ट्र बैंकले सेयर धितोकर्जामा कडाइ गर्दै १२ करोड ऋणको सीमा तोकेपछि त्यसको असर सेयर बजारमा परिरहेको छ ।

    आज ठूला लगानीकर्ताले राष्ट्र बैंकको निर्णय फिर्ता लिन दबाब दिँदै घेराउ समेत गरेका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्बभन्दा कम

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्बभन्दा कम

    काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । आज १.१८ अंकले बढेको नेप्से २९७७.०२ विन्दुमा रोकिएको छ ।

    केही दिनदेखि घट्दै आएको बजारमा आज बजार खुलेदेखि नै नेप्से बढेको थियो । तर, पुन केरेक्सन आउँदै अन्त्यमा थोरै अंकले घट्यो । आज १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ताको किनबेचमा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६४५ बराबरको कारोबार भएको छ ।

    सबैभन्दा धेरै रु रु जलविद्युत कम्पनीको सेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ । यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५९ करोडबराबरको कारोबार भयो ।

    आज ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको सेयर मूल्य घट्न पुगेका छन् । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

  • नेप्से ६९ अंकले घट्यो, १३ अर्बको कारोबार

    नेप्से ६९ अंकले घट्यो, १३ अर्बको कारोबार

    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ६९.०५ अंकले घटेको छ । पछिल्लो केही दिनदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

    आज २ सय २७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय रुपैयाँ सेयर बराबरको कारोबार भएको छ । सबै समूह राताम्मे भएका छन् ।

    सबैभन्दा बढी जीवन बीमा समूह ४४७.९८ र निर्जीवन बीमा समूह ३७२.५८ अंकले घटेको छ । कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् ।

  • करिब ५० अंकले घट्यो नेप्से (भिडियो)

    करिब ५० अंकले घट्यो नेप्से (भिडियो)

    काठमाडौं । नेप्से परिसूचक आज ४९.१८ अंकले घट्दै ३,०४४.८७ विन्दुमा पुगेको छ । आज २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर किनबेचमा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ बराबरको कारोबार भएको छ ।

    खानीखोला हाइड्रोपावर र नारायणी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रुरु हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावर कम्पनीको उपसूचक २.४२ प्रतिशतले घट्न पुगेको छ । फाइनान्स समूहबाहेक सबै उपसमूहको परिसूचक हरियो छ भने अन्य सबैको परिसूचक रातो भएको छ ।

  • नेप्से १७.६ अंकले बढ्यो, विकास बैंक र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण

    नेप्से १७.६ अंकले बढ्यो, विकास बैंक र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण

    काठमाडौं । यो साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से १७.६ अंकले बढेको छ । विकास बैंक, जलविद्युत, लघुवित्त वित्तीय संस्था र चन्द्रागिरीको सेयरमा बिहीबार लगानीकर्ताको आकर्षण देखिएको छ ।

    २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद बिक्रीबाट १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर परिसूचक नेप्से ३०९४.०५ अंकको विन्दुमा पुगेको छ भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचकसमेत ३.४ अंकले बढेर ५७१.३९ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

    यसैगरी समूहगत परिसूचकतर्फ १३ कम्पनीको कारोबार भएकोमा बैंकिङ, व्यापार, नीर्जीवन बीमा, उत्पादनमुलक, अन्य, जीवन बीमा र लगानी समूहको सेयर कारोबार घटेको छ । विकास बैंक समूह कम्पनीको सुचांक सबैभन्दा धेरै २४१.६५ अंकले बढ्यो । जलविद्यूत समूहका कम्पनी १६९.३७. वित्तीय समूहको सुचाङ्क १२०.२२ अंक र लघुवित्त समूहको सुचाङ्क ३७.५७ अंकले बढेको छ ।

    यसैगरी चन्द्रागिरी हिल्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, जीवन विकास लघुवित्त वित्तीय संस्था, खानीखोला हाइड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, दिव्यश्वेरी हाइड्रापावर लगायतका कम्पनीहरु सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीले ९३ करोड ८४ लाखको सेयर कारोबार गरेको छ ।

  • जलविद्युत कम्पनीको उच्च गिरावटका कारण ५६ अंकले घट्यो नेप्से

    जलविद्युत कम्पनीको उच्च गिरावटका कारण ५६ अंकले घट्यो नेप्से

    काठमाडौं । आज जलविद्युत कम्पनीको सेयरमा उच्च गिरावट आउँदा नेप्से परिसूचक ५६.०३ अंकले घट्दै ३,१२४.८७ विन्दुमा पुगेको छ ।

    आज २० वटा जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर किनबेचमा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रूपैयाँ कारोबार भयो ।

    हाइड्रोपावर समूहको सेयर ६.२१ प्रतिशतले घटेको छ । यसैगरी, आज अरुण भ्याली हाइड्रोपावरको ७५ करोड कारोबार भएको छ ।

  • दोहोरो अंकले घटेको बजारमा २० अर्बमाथिको कारोबार

    दोहोरो अंकले घटेको बजारमा २० अर्बमाथिको कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज १८.२४ अंकले घट्दै ३,१८०.७८ विन्दुमा रोकिएको छ । आज ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर किनबेचमा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.१८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ३.२ प्रतिशतले बढेको छ । आज अरुण कावेली हाइड्रोपावर कम्पनीको १ अर्बमाथि कारोबार भयो ।

    जीवन विकास लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । खानी खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

  • नेप्से ३२ सय विन्दुनजिक, २१ अर्बमाथि कारोबार

    नेप्से ३२ सय विन्दुनजिक, २१ अर्बमाथि कारोबार

    काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज ३८.२८ अंकले बढ्दै ३,१९८.६० विन्दुमा पुगेको छ । यसअघि गत साउन २८ गते नेप्से ३,१७९ विन्दुमा पुगेको थियो ।

    आज ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर कारोबारमा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रूपैयाँको कारोबार भएको छ । यो कारोबार पनि अहिलेसम्मको उच्च कारोबारभन्दा ३३ करोडले मात्र कमी हो ।

    आज विकास बैंक समूहको सबैभन्दा धेरै ५.५५ प्रतिशतले सेयर मूल्य बढ्न पुगेको छ । आज व्यापार र म्यूचल फण्डबाहेक सबै समूहको परिसूचक हरियो भएका छन् । शिवम् सिमेन्टलगायत ७ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

    आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ७८ करोड कारोबार भयो । यसैगरी, अपी हाइड्रोपावर कम्पनी ६३ करोडबराबरको कारोबार भएको छ ।

  • करिब बराबरीमा अंकमा रोकियो नेप्से, १८ अर्बमाथि कारोबार

    करिब बराबरीमा अंकमा रोकियो नेप्से, १८ अर्बमाथि कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज करिब हिजोको विन्दु बराबरीमा अडिएको छ । आज झिनो अंक ०.२३ अंकले बढेको नेप्से ३,१६०.३२ विन्दुमा पुगेको छ ।

    आज ३ करोड ६१ लाख ३४ हजार ३९ कित्ता सेयर किनबेचमा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रूपैयाँको बराबरको कारोबार । आज सबैभन्दा धेरै विकास बैंकका सेयरधनीले ५.१७ प्रतिशतले कमाएका छन् भने व्यापार समूहका लगानीकर्ताले १.५३ प्रतिशतले गुमाएका छन् ।

    आज अपी हाइड्रोपावर कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै ८६ करोड रूपैयाँ बराबरको भएको छ ।

  • नेप्से : दोहोरो अंकले घट्यो, कारोबार भने उत्साहजनक

    नेप्से : दोहोरो अंकले घट्यो, कारोबार भने उत्साहजनक

    काठमाडौं । आज २४.८८ अंकले घट्दै नेप्से ३१५४.०३ विन्दुमा रोकिएको छ । आज ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेचमा २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रूपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गत जेठ महिनामा १९ अर्ब ५५ करोड बराबरको कारोबार भएको थियो ।

    आज हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै १ अर्ब ५ करोडको कारोबार भयो । आज खानीखोला हाइड्रोपावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

  • झिनो अंकले बढेको नेप्सेमा नयाँ रेकर्ड

    झिनो अंकले बढेको नेप्सेमा नयाँ रेकर्ड

    काठमाडौं । नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । ०.९४ अंकले बढ्दै ३,१६२.५९ विन्दुमा रोकिएको छ । झिनो अंकले बढे पनि नेप्सेको विन्दु अहिलेसम्मकै उच्च हो ।

    हिजो नेप्से ३,१६१.४४ विन्दुमा पुगेको थियो । आज २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ताको किनबेचमा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ कारोबार भएको छ । आज होटल समूह र हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले बढ्न पुगेको छ ।

    आज व्यापार समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।