काठमाडौं । कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ । १२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो ।
केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।

काठमाडौं । कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ । १२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो ।
केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ ।
आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले गिरावट आएको छ । सोमबार कारोबारको सुरूआतको उतरचढावका बीच ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ६.१९ अंक घटेको छ ।
सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता सेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २२८ कम्पनीमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको भने बाँकी कम्पनीको सेयर मूल्य गिरावट आएको छ ।
सोमबार नेप्से कारोबारका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् ।
सोमबार सेयर बजार उच्च अंकले घट्दा दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, ज्योति लाइफ, सानिमा जनरल इन्स्योरेन्सको मूल्य सामान्य बढेको छ । तर, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको सेयरमूल्य सबैभन्दा बढी घटेको छ ।
आज कारोबारको आधारमा ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

काठमाडौं । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ ।
आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ । आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ ।
त्यस्तै, यता घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ । कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से १९.४३ अंकले वृद्धि भएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८४.९५ अंकमा पुगेको छ ।
२ सय ३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्रीमा आज ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ कारोबार भयो ।
आज भोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको कारोबार भएको छ । गोर्खाज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७.६० रूपैयाँको सेयर कारोबार भएको हो ।

काठमाडौैं । आज सेयर बजार ६३.०१ अंकले बढेको छ । नेप्से परिसूचक २.४१ प्रतिशतले वृद्धि हुँदा कारोबार बिन्दु २६७९.९५ मा पुगेको हो ।
४ अर्ब ३२ करोड २ लाख कारोबार हुँदा आज ९१ लाख १० हजार ७५८ कित्ता सेयर किनबेच भएको छ । २ सय ३४ वटा कम्पनीको आज सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको कारोबार भयो । सो बैंकको १४ करोड ७७ लाखको कारोबार भएको हो । नेपाल बंगलादेश बैंक र नविल बैंकसँग मर्ज हुने हल्ला चलेपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको हो ।

काठमाडौं । साताको पहिलो दिन सेयर बजार ६०.४१ अंकले बढेको छ । आज ठूला कम्पनीको सेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ ।
२४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर किनबेच हुँदा आज ४ अर्ब १२ करोड ६९ लाख ८० हजार कारोबार भयो । गत बुधबार ३ अर्ब ६२ करोडको कारोबार भएको थियो । आज कारोबार रकममा पनि सुधार आएको हो ।
आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत, विकास बैंकको ३.४२ प्रतिशत लगानी २.१७ प्रतिशत, जीवन बीमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.३ प्रतिशत, बैंकिङ १.९९ प्रतिशत, होटल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.७ प्रतिशतले बढेको छ ।
आइतबार हिमालयन डिष्टिलरीको सेयरमूल्य सबै भन्दा धेरै ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, मध्य भोटेकोशीको सेयरमूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ । तर, गोर्खाज फाइनान्सको सेयरमूल्य भने सर्वाधिक ५.१२ प्रतिशत घटेको छ ।
आज कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरीको ४४ करोड ९४ लाखको सेयर कारोबार भएर पहिलो शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा २९ करोड ७० लाखको कारोबार गरेर नबिल बैंक रहेको छ ।

काठमाडौँ । साताको अन्तिम दिन आज सेयर बजार घटेको छ । कारोबारमा पनि गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा आएको छ । २ सय २४ कम्पनीको सेयर ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर किनबेच भएको छ । सो सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँको कारोबार भएको हो ।
साताको अन्तिम दिन नेपाल बंगलादेश बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ३ सय ५४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, आज ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य घटेको छ । ७.५९ प्रतिशतले घटेर ३ सय ६५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ९ करोड ४३ लाख १९ हजार ४६ रूपैयाँ बराबरको कारोबार भयो ।

काठमाडौं । सेयर बजार आज सामान्य अंकले ओरालो लागेको छ । सेयर बजार ४.२३ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २४१४.६२ अंकमा झरेको थियो ।
हिजो भने नेप्से ६ अंकले वृद्धि हुँदा सकारात्क सर्किट ब्रेक लागेको थियो । २ सय २८ कम्पनीका ९८ लाख ७९ हजार १ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सामलिङ पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामलिङ पावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । आज सारथी लघुवित्तका सेयरधनीले ५.३४ प्रतिशतले घाटा ब्यहोरेका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयरबजारबारे प्रचण्डले गरेको टिप्पणीको खण्डन गरेका छन् । कुन सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले पुँजीबजारविरुद्ध बोलेको उनको आरोप छ ।
‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि सेयरबजारमा जान्छ भनेछन्,’ पार्टीद्वारा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’
लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिएको ओलीको भनाइ छ ।
‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए’, ओलीले भने ।

काठमाडौं । दुई दिनमै १६८ अंकले घटेको सेयर बजार नेप्सेमा आज भने उत्साह देखिएको छ । आज सेयर कारोबार भएको पहिलो डेढ घण्टामै पहिलो सकारात्मक सर्किटब्रेक लागेको छ ।
नेप्से ५ प्रतिशतले बढ्दा वा घट्दा पहिलो सर्किटब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द गर्ने व्यवस्था रहेको छ । कारोबार पुन: सुरू भएपछि थप १ प्रतिशतले नेप्से बढेमा आजको दिनको कारोबार बन्द हुनेछ ।
पहिलो सर्किटब्रेक हुँदासम्म बजार ११४.२५ अंकले बढेर २३९५.९३ अंकमा पुगेको छ । यसअवधिमा ३२ लाख ६४ हजार ३५८ कित्ता सेयर किनबेचबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । ओरालो यात्रामा रहेको नेपालको सेयर बजार पछिल्लो दुई दिनमा थप धराशयी बनेको छ । सेयर बजार परिसूचक नेप्से दुई दिनमै १६८.२७ अंकले घटेपछि साना लगानीकर्ता आतंकित बनेका छन् ।
आइतबार ८८.७० अंकले घटेको बजार आज ७९.२३ अंकले घटेर २२८२ अंकको विन्दुमा झरेको हो । साना लगानीकर्ता ‘पेनिक’ हुँदा आज बजारबाट ठूला लगानीकर्ताले मौकामा चौका हान्न खोजेका छन् । पेनिक सेल्सका कारण हिजोको तुलनामा आज सेयर संख्या र कारोबार रकम दुवै बढेको छ । भविष्यमा बढ्ने आशामा ठूला लगानीकर्ताले सेयर ओगटेका छन् ।
आज २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिद-बिक्रीबाट ३ अर्ब ९९ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको यो । आइतबार २२८ कम्पनीको ७२ लाख २३ हजार २४० कित्ता सेयर खरिदबिक्रीबाट ३ अर्ब १९ करोड ९१ लाख रूपैयाँबराबरको मात्रै कारोबार भएको थियो ।
आज सबै समूहगत उपसूचकहरु घटेका छन् । बैंकिङ समूह ३४.११ अंक, व्यापार समूह ९९.११ अंक, होटल तथा पर्यटन समूह ५४.९२ अंक, विकास बैंक समूह २११.७६ अंक, जलविद्युत समूह १०५.८२ अंक, वित्तीय समूह १३३.९१ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा समूह ५४५.९८ अंक, उत्पादन तथा प्रशोधन समूह १७१.७२ अंक, अन्य समूह ६३.०४ अंक, लघुवित्त समूह १८७.३३ अंक, जीवन बीमा समूह ४२५.३३ अंकले घटेको छ ।
आजको घटेको बजारमा पनि १२ कम्पनीको सेयर कारोबार बढेको छ । जसमा गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.४७ प्रतिशत, बोटलर्स नेपाल (तराई) ले ५.४० प्रतिशत, माउन्टेन इनर्जी नेपालले ३.९२ प्रतिशतले कमाएका छन् । आज स्वभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतले गुमाएका छन् । १८ करोड सेयर कारोबार गर्दै नविल बैंक कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेको छ ।
सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दुई दिनअघि सेयर बजारबारे नकारात्मक टिप्पणी गरेका थिए । त्यसको असर बजारमा देखिएको लगानीकर्ता बताउँछन् । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले वक्तव्य जारी गर्दै साना लगानीकर्ताको हित संरक्षणका लागि प्रचण्ड प्रतिबद्ध रहेको बताए पनि बजार घट्ने क्रम रोकिएको छैन ।
अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको भवन उद्घाटन कार्यक्रममा सेयर बजारका लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । सेयर बजार घटाउन/बढाउन मन्त्रीले भूमिका खेल्न नसक्ने भन्दै उनले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने धारणा राखे ।
नेता तथा नीति निर्माताबाट वेलावखतमा सेयर बजारप्रति गर्ने अनावश्यक टिप्पणीले साना लगानीकर्ता भन्दा पनि ठूलालाई फाइदा पुग्ने सेयर विश्लेषकहरु बताउँछन् । ठुला लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गरेर प्राप्त भएको नाफा सेयर बजारमा लगानी गर्ने गर्छन् । बजार घटेर पेनिक सेल्स भएका बखत सेयर किनेर थुपार्ने अनि बजार बढेपछि बेच्ने उनीहरुको प्रवृत्ति हुन्छ । अहिले ठूला लगानीकर्ता यही होडमा छन् ।

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।
बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचल फण्ड समूहका सूचक मात्र हरियो देखिएका छन् ।
बाँकी सबै समूहका सूचक शून्य दशमलव एक प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्मको ओरालो लागेको छ ।
नेप्सेका अनुसार बिहीबार सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ । यस्तै सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य घटेको छ ।

काठमाडौं । सेयर बजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ । आज नेप्से पछिल्लो ६ महिनाकै न्यूनतम बिन्दु २४५५ मा पुगेको छ । यसअघि कात्तिक २ गते २५११ अंक न्यूनतम विन्दु कायम भएकाे थियो । बुधबार नेप्से ५३.१० अंकले घट्दै २४५५.८१ अंकको बिन्दुमा झरेको छ ।
२२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर खरिदबिक्रीबाट २ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकममा भएको गिरावटले बजार बढ्न सक्ने संकेत भने गरेको छ । यो हिजोको तुलनामा करिब १ अर्ब कम हो ।
यसैगरी ठूला कम्पनीको इन्डेक्स सेन्सेटिभ परिसूचक ९.३४ अंकले घटेर ४६४.७९ अंकको बिन्दुमा पुगेको छ । सबै समूहगत परिसूचक राताम्मै बनेका छन् । बैंकिङ समूह २६.१३ अंक, व्यापार समूह ९९.१८ अंक, होटल तथा पर्यटन समूह ७५.२१ अंक, विकास बैंक समूह १५१.२१ अंक, जलविद्युत समूह ८९.४८ अंक, वित्तीय समूह ७४.१० अंक, नीर्जीवन बीमा समूह २३५.६९ अंक, उत्पादन तथा प्रशोधन समूह १७०.५६ अंक, अन्य समूहको २२.१८ अंक, माइक्रोफाइनान्स १२५.६२ अंक, जीवन बीमा समूह २९४.४४ अंक, सामूहिक लगानीकोष समूह ०.११ र लगानी समूह १.९४ अंकले घटेका छन् ।
आज सबैभन्दा धेरै स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले १.९४ प्रतिशतले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ८.५४ अंकले घटेको छ । ११ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेशनल हाइड्रोपावर कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।
राष्ट्र बैंकले गरेको सेयर कर्जामा कडाइ, बजारमा तरलताको अभाव र ब्याजदर वृद्धिका कारण बजार घटिरहेको छ । कात्तिक १ गते बैंकहरूको जथाभावी ब्याजदर वृद्धिमा हस्तक्षेप गर्दै मापदण्ड तोकिएपछि सेयर बजारमा गिरावट रोकिएको थियो । लगानीकर्ता उत्साहित हुँदा नेप्से २८५८ अंकसम्म पुग्यो । मौद्रिक नीतिको पहिलो समीक्षामार्फत एकाघर परिवारले लिन पाउने सेयर कर्जाको सीमा (एक बैंक वित्तीय संस्थाबाट ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड) हटाउने वा बढाउन सक्ने भन्दै प्रचार गराएर बजार बढाइयो ।
गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि स्वार्थ समूहले चाहँदैमा राष्ट्र बैंकले नीतिगत परिवर्तन नगर्ने भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत सेयर कर्जासम्बन्धी नीतिमा कुनै पनि फेरबदल गरेनन् । जसको नतिजास्वरूप मौद्रिक नीतिको समीक्षापश्चात सेयर बजार करिब ४०२ अंकले घटिसकेको छ ।
त्यसयता कारोबार रकममा भने निरन्तररुपमा गिरावट आएको छ । केही ठूला लगानीकर्ताको स्वार्थमा बजार घटाउने काम तीब्ररूपमा अगाडि बढिरहेको चर्चा हुने गरेको छ । यो साताको ४ दिनको कारोबारले बजारमा उच्चरूपमा चलखेल तथा साना लगानीकर्ताको सम्पत्ति जोखिममा पार्ने काम भएको विश्लेषण हुन थालेको छ ।
साेमबार ठुला लगानीकर्ताले बजारमा चलखेल गर्दै काराेबार सुरु भएकाे पहिलो एक घण्टामा नै बजार ७२ अंकले घटाएर कारोबार बन्द हुँदासम्म ३२ अंकले बढाएका थिए । मंगलबार कारोबार भएको पहिलो ४ घण्टामा बजार ४० अंकले बजार बढाएर कारोबार बन्द हुँदा ३६ अंकले बजार घटाइयाे ।
सोमबार नेप्से ३२ अंकले बढ्दा बजार माथि जाने मनाेविज्ञान लगानीकर्तामा देखिएपनि मंगलबार र आजको गिरावटले लगानीकर्तामा निराशा छाएकाे छ ।

काठमाडौं । यो साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसुचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ अंकको बिन्दुमा पुगेको छ । कारोबार सुरू भएको एक घण्टासम्म निरन्तररूपमा बढेको नेप्से कारोबार बन्द हुँदासम्ममा दोहोरो अंकले घटेको छ ।
२५४९.३६ अंकको बिन्दुबाट बढ्न सुरू गरेको नेप्से १२.०३ सम्ममा करिब ४० अंकले बढेर २५८९.८२ अंकको बिन्दुमा पुगेको थियो । २५८९ अंकको बिन्दुबाट निरन्तररुपमा घट्दो दरमा बढिरहेको नेप्से २५३२ अंकमा पुगेको थियो । करिब २ बजेको आसपासमा उक्त बिन्दुबाट २५५४.७५ अंकको बिन्दुलाई छोएर पुन घट्न थालेको थियो । कारोबारको अन्तिम १ घण्टामा बजार निरन्तररुपमा घटेर ३७.१८ अंकले बजार ऋणात्मक बनेको हो । सोमबार सेयर बजारमा परिसूचक नेप्सेमा नाटकीय ढंगको चलखेल देखिएको थियो । सुरूमा ७२ अंकले घटेको बजार कारोबार बन्द हुँदा ३२ अंकले बढेको थियो ।
नेप्सेमा आएको गिरावटसँगै हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ । आज २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्रीबाट ३ अर्ब १२ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । हिजो ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज कारोबार भएका १३ समूहगत परिसूचक मध्ये व्यापार समूह र सामूहिक लगानी समूहबाहेक अन्य समूहको सेयर कारोबारमा घटेका छन । बैंकिङ समूहको १२.५५ अंक, होटल तथा पर्यटन समूहको ४९.४१ अंक, विकास बैंक समूहको १४०.९५ अंक, जलविद्युत समूहको ७४.६९ अंक, वित्तीय समूहको ९०.०८ अंक, नीर्जीवन बीमा समूहको १६०.९८ अंक, उत्पादन तथा प्रसोधन समूहको ९२.०३ अंक, अन्य समूहको ५६.४४ अंक, लघुवित्त समूहको ७२.५६ अंक, जीवन बीमा समूहको ७३.९४ अंक र लगानी समूहको ०.७५ अंकले कारोबार घटेको छ ।
सिटिजन्स सामूहिक लगानी कोष २ ले सबैभन्दा धेरै ४.६५ प्रतिशत र लक्ष्मी इक्विटी फण्डले ४.४९ प्रतिशतले कमाएका छन् । आईसीएफसी फाइनान्स कम्पनीको कारोबार सबैभन्दा धेरै ७.६५ प्रतिशतले घटेको छ ।
१२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै प्राइम कमर्सियल बैंक कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा परिवर्तन नगरेपछि मौद्रिक समीक्षापश्चात सेयर बजार परिसूचक ‘नेप्से’ निरन्तर ओरालो यात्रामा छ ।
मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गर्दै एक वित्तीय संस्थाबाट ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो । सो सीमा नाघेका लगानीकर्ताबाट कर्जा उठाउन बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको थियो । सोहि नीतिका कारण ‘अल टाइम हाई’ ३१९७ अंकको बिन्दुमा पुगेको नेप्से कात्तिक २ गते करिब ७ सय अंकले घट्दै यस अवधिको न्युनतम २५११ अंकको बिन्दुमा झर्न पुग्यो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत सेयर कर्जाको सीमा हटाउने भन्दै बजार भ्रम फैलाएर बजारलाई २८५८ अंकसम्म पुर्याइयो । नेपाल राष्ट्र बैंकले आयोजना गरेको अर्थमन्त्री सहितको एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि स्वार्थ समूहको चाहनामा राष्ट्र बैंकको नीति परिवर्तन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिए । उनको अभिव्यक्ति मौद्रिक नीति समीक्षामा देखियो । राष्ट्र बैंक आफ्नो नीतिगतमा अडिग रहँदै मार्जिन कर्जामा कुनै पनि नीतिगत परिवर्तन गरेन । त्यसयता सेयर बजार परिसूचक नेप्से निरन्तर करिब ३५० अंकले घटिसकेको छ ।
सेयर बजारमा आज नाटकीय उतारचढाव देखियो । कारोबार भएको पहिलो १ घण्टामा नेप्से ७२ अंकले घटेर २४४१.६८ अंकको बिन्दुमा पुग्यो । त्यसको २० मिनेटमा घट्ने दरमा ह्रास आउँदै ओरालो यात्रामा नाटकीय सुधार हुँदै नेप्से १६ अंकले घटेर २४९८ अंकको बिन्दुमा पुग्यो ।
बजार बढ्ने आशामा लगानीकर्ता जागे पनि पुन बजार थप ३० अंकले घटेर २४६१ अंकको बिन्दुमा पुग्यो । २४६१ अंकको बिन्दुबाट नेप्से बढेर आइतबार कारोबार बन्द भएको बिन्दु करिब २५१३ अंकलाई पार गर्दै ३६ अंकले बढ्दै २५४९ अंकको बिन्दुमा पुग्यो । ३६ अंकले बढेको बजार घटेर ३ अंकमा सीमित भएपश्चात पुन: बजार १५ अंकले बढेको छ ।
करिब ७२ अंकले नेप्से घट्दा कारोबार रकम १ अर्ब ३४ करोडमा रहेकोमा नेप्से बढेर ३६ अंकको वृद्धिबाट ३ अंक हुँदै १५ अंकमा कारोबार हुँदा ३ अर्ब ५५ करोडको कारोबार भएको छ । नेप्सेको पहिलो दुईवटा ठूला उतारचढावमा साना लगानीकर्ताले पेनिक सेल्स गर्दा त्यसको फाइदा ठूला लगानीकर्ताले उठाएका छन् । बजार २२ सयसम्म झार्ने भ्रम फैलाएर बजार घटाएर फाइदा लिने मनसाय बोकेका लगानीकर्ताको चेपुवामा साना लगानीकर्ता पर्दा उनीहरूले आफ्नो सम्पत्ति गुमाएका छन् ।

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५.२८ अंकले बढ्दै २६३३.७५ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । आज २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिदबिक्रीबाट २ खर्ब ७४ करोडको सेयर कारोबार भएको छ ।
यसैगरी सेन्सेटिभ परिसूचकमा समेत ०.८९ अंकले बढेर ४९६.७४ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । समूहगत उपसूचकतर्फ होटल तथा पर्यटन, नीर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूह र जीवन बीमा समूहको सेयर कारोबार घटेको छ ।
यसैगरी बैंकिङ समूह, व्यपार समूह, विकास बैंक समूह, वित्तीय समूह, उत्पादन तथ प्रसोधन समूह, अन्य समूह, सामूहिक लगानीकोष समूह र उत्पादन समूहको सेयर कारोबारमा भने सामान्य अंकले बढेको छ । आज पनि सालिङ्ग जलविद्युत कम्पनी र न्याग्दी जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।
१४ करोड ५३ लाख को कारोबार गर्दै नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा घट्नेक्रम जारी नै रहेको छ । आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घटेर २६२९.९७ बिन्दुमा कारोबार बन्द भएको छ । २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेमा करिब ४ अर्ब रुपैयाँ बाराबरको सेयर कारोबार भएको छ ।
यसैगरी १३ वटा समूहगत उपसूचकमध्ये जलविद्युत समूह र सामूहिक लगानी समूहबाहेक अन्य सबै समूहगत सूचांक घटेका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको ११७ अंकले घटेको छ । यसैगरी नीर्जीवन बीमा समूहको ७६.६८ अंक, होटल तथा पर्यटन समूहको ७३.३ अंक, विकास बैंक समूहको ६७.४४ अंक, उत्पादन तथा प्रसोधनमुलक समूहको ६१.९५ अंक, अन्य समूहको ४१.१३ अंक, लघुवित्त वित्तीय समूहको ४०.८३ अंक, वित्तीय समूहको ३२.६७ अंक र बैंकिङ समूहको १०.८९ अंकले सेयर कारोबारमा गिरावट आएको छ । नेप्सेमा गिरावट आएपनि न्यादी जलविद्युत कम्पनी र सामलिङ जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
आज करिब २१ प्रतिशत लाभांश घोषणा गरेको महालक्ष्मी विकास बैंकले ६१ करोड ४ लाख रुपैयाँको सेयर कारोबार गर्दै कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८०.२९ अंकले घट्दै २६५१.४९ अंकमा कारोबार बन्द भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत सेयर कर्जा सीमा यथावत राखेपछि त्यसको प्रभाव बजारमा परेको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । कारोबार रकममा भएको वृद्धिले घटेको बजार बाउन्स व्याक हुने लगानीकर्ताको आशा कायमै छ । आज २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर खरिदबिक्रीबाट ५ अर्ब ८३ करोडबराबरको सेयर कारोबार भएको छ ।
१३ समूहगत उपसूचकहरूमध्ये ८ वटा समूहगत उपसूचकको सूचांक १३२ अंक भन्दा बढी ५३८ अंकसम्म घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको ५३८ र नीर्जीवन बीमा समूहको ३८६ अंकले कारोबारमा घटेको छ । यसैगरी विकास बैंक समूहको २६७ अंक, उत्पादन तथा प्रसोधन समूहको १९२.४१ अंक, व्यापार समूहको १५९.१७ अंक, होटल तथा पर्यटन समूहको १४७.०९ अंक र जलविद्युत समूहको १३२ र लघुवित्त वित्तीय संस्था समूहको १३९ अंकले कारोबारमा गिरावट आएको छ ।
यसैगरी वित्तीय समूहको सुचाङ्क ६८ अंक र बैंकिङ समूहको करिब ३५ अंकले घटेको छ । आईसीएफसी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.७८ अंकले कमाएका छन् ।
२८ करोड ८१ लाख बराबरको कारोबार गरेको महालक्ष्मी विकास बैंक सबैभन्दा धेरै सेयर कारोबार गर्ने कम्पनी बनेको छ ।

काठमाडौं । तिहारदेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज २६.४४ अंकले बढेर २७१५.३५ अंकको बिन्दुमा पुगेको छ । २२८ कम्पनीको ८६ दाख ३६ हजार ६३६ कित्ता सेयर खरिदबिक्रीबाट ४ अर्ब ७३ करोड बराबरको कारोबार भएको छ ।
यसैगरी सेन्सेटिभ इन्डेक्स ४.१० अंकले बढेर ५०६.५४ अंकको बिन्दुमा पुगेको छ । आज १३ वटै समूहगत उपसूचकहरू बढेका छन् ।
सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सुचाङ्क २१२ अंकले बढेको छ । यसैगरी विकास बैंक समूहको १४१.४७ अंक, वित्त कम्पनीको ५८ अंक, होटल तथा पर्यटन समूहको ५८.५४ अंक, जलविद्युत समूहको ५०.०५ अ्क, उत्पादन तथा प्रशोधन समूहको १०९.४९ अंक, लघुवित्त वित्तीय संस्थाको ६३.३८ अंकले बढेको छ ।
आज बोटलर्स नेपाल (तराई), महालक्ष्मी विकास बैंक र तेह्रथुम पावर कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । ३५ करोड ४६ लाख रुपैयाँ बाराबरको सेयर कारोबार गर्दै महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।
नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नीतिमा भएको परिवर्तनका कारण ब्याजदरमा खासै ठूलो परिवर्तन नहुने भएपछि सेयर बजारमा घट्नेक्रम रोकिएको हो । नेपाल राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरबाट अधिकतम १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने नीति परिवर्तन गर्दै अघिल्लो महिनाको अधिकतम औषत ब्याजदर र न्युनतम ब्याजदरका आधारमा मात्रै ब्याजदर बढाउन पाउने व्यवस्था गरेको छ ।
यसैगरी नेपाल राष्ट्र बैंकले कल निक्षेप र सस्थागत निक्षेपबाहेक अन्य निक्षेपको ब्याजदरमा प्रकाशित गर्दा ०.५ प्रतिशत बढी ब्याजदर प्रकाशित गर्नुपर्ने ब्यवस्था खारेज गरेको छ । बोलकबोलका आधारमा दिने ब्याजदर प्रकाशित मुद्द्तीको निक्षेप भन्दा बढी दिन नपाउने ब्यवस्था गरेको छ । तर, बैंकमा रहेको निक्षेप पुनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा ०.१० प्रतिशतसम्म बढाउन सक्ने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
नेपाल बैंकर्स संघका सबै सदस्य बैंकहरूले ब्याजदर नबढाउने सहमतिको प्रयास भइरहेको बताइएको छ । तत्काल निक्षेप बढ्ने सम्भावना कम रहेकाले एउटा निश्चित ब्याजदरमा सहमति गरेर अगाडी बढ्ने कुरामा सबै बैंकर्स एक ठाउँमा उभिएका छन् ।
सदस्य बैंकमध्ये कुनै एकले ब्याजदर बढाएमा अन्य बैंकले पनि बढाउनुपर्ने बाध्यता आउने भएकाले सबैसँग सहमति गरेर अगाडि बढ्ने काम भइरहेको एक बैंकरले बताए । ब्याजदर बढाउँदैमा निक्षेप बढ्ने नभइ एउटा बैंकको निक्षेप अर्को बैंकमा जाने भएकाले सबैको सहमतिको आवश्यक रहेको उनले बताए ।

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से १.३८ अंकले घट्दै २६८८.९२ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेमा आज ४ अर्ब ९ करोड कारोबार भएको छ ।
नेप्सेको सूचांक घटे पनि सेन्सेटिभ परिसूचक भने ०.२५ अंकले बढेको थियो ।
यसैगरी समूहगत परिसूचकतर्फ विकास बैंक समूह, वित्त कम्पनी, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, नीर्जीवन बीमा समूह र अन्य समूहको सूचांक बढेको छ ।
आज सबैभन्दा धेरै विकास बैंक समूहको सूचांक करिब १६५ अंकले बढेको छ ।
आजको समूहगत उपसूचांकतर्फ बैंकिङ समूह, जलविद्युत समूह, लगानी समूह, बीमा समूह ब्यापार समूह र म्युचल फण्ड समूहको कारोबार घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको कारोबार करिब ६८ अंकले घटेको छ ।
आजको कारोबारमा बोटर्स नेपाल तराई, मानुसी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र महालक्ष्मी विकास बैंकको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा नकारात्मक सर्किटब्रेक लागेको छ ।
२७ करोड ४९ लाख रुपैयाँ बराबर सेयर कारोबार गरेको महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५९.५७ अंकले घटेको छ । २२५ कम्पनीको सेयर ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर किनबेचबाट करिब ५ अर्ब ११ करोड कारोबार भयो ।
सेन्सेटिभ परिसूचक समेत १०.६२ अंकले घटेर ५०२.२० अंकको बिन्दुमा पुगेको छ ।
आज १३ वटै समूहगत परिसूचकहरू घटेका छन । सबैभन्दा धेरै जीवन बीमा समूह ३१६.४ अंकले घटेको छ । यसैगरी नीर्जीवन बीमा समूहको सूचांक करिब २९४ अंक, विकास बैंक समूहको १९४.२८ अंक, माइक्रोफाइनान्स समूहको ११४ अंक, वित्तीय समूहको १०९ अंक, जलविद्युत समूहको ७०.४५ अक, उत्पादन तथा प्रसोधन समूहको ६३.३६ अंक र व्यपार समूहको ५९.२३ अंकले घटेको छ ।
नेप्सेमा भएको गिरावटका बाबजुद माहूली लघुवित्त वित्तीय संस्था र तेह्रथुम जलविद्युत कम्पनीको सेयर कारोबारमा भने सकारात्मक सर्किटब्रेक लागेको छ ।
आईसीएफसी फाइनान्स कम्पनी र महालक्ष्मी बैंकको सेयर कारोबार घट्नेक्रम आज पनि जारी रह्यो । समाजिक सञ्जालमा हल्ला चलाएर केही कारोबारीहरुले यि कम्पनीको मूल्य बढाएर सेयर बिक्री गरेका थिए । पछिल्लो समय उनीहरूले नै उक्त दुई कम्पनीको सेयर कारोबार घटाइरहेका छन् ।
४७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको महालक्ष्मी विकास बैंक कारोबरा रकमका आधारमा पहिलो स्थानमा रहन सफल भएको छ । यसैगरी वाणिज्य बैंकहरूमध्ये सर्वाधिक लाभांश घोषणा गरेको नविल बैंक कारोबार रकमका आधारमा दोस्रो स्थानमा छ ।
लगानीकर्ताले सेयर कर्जाको ४-१२ सीमा बढाउन वा हटाउनसमेत माग गरिरहेका छन । अहिले देखिएको तरलताको व्यवस्थानका लागि केन्द्रीय बैंकले केहि नीतिगत व्यवस्था गरिदिएमा ब्याजदरमा स्थायित्व कायम हुने भएकाले लगानीकर्ता लगानीका लागि प्रोत्साहित हुने देखिन्छ ।

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७९.७९ अंकले घटेर २७४९.८५ अंकको बिन्दुमा पुगेको छ । २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ ।
यसैगरी सेन्सेटिभ परिसूचक १६.०२ अंकले घट्दै ५१२.८२ अंकको बिन्दुमा पुगेको छ । १३ वटै समूहगत परिसूचकहरु घटेका छन् । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचाङ्क करिब ४६५ अंकले घटेको छ ।
यसैगरी जीवन बीमा समूहको ३८० अंक, वित्तीय समूहको १४५ अंक , उत्पादन तथा प्रसोधन समूहको १८७ अंक, जलविद्युत समूहको १०२ अंक, अन्य समूहको ८१ अंक र व्यपार समूहको करिब ३६ अंकले कारोबारमा गिरावट आएको छ ।
तेह्रथुम जलविद्युत कम्पनी, साहस ऊर्जा र मानुसी लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ ।
२९ करोड ८२ लाख बराबरको सेयर कारोबार गरेको नविल बैंक लिमिटेड कारोबार रकमका आधारमा पहिलो स्थानमा रहेको छ । साहस ऊर्जाले करिब २५ करोड ७९ लाख कारोबार गर्दै सबैभन्दा धेरै कारोबार गर्ने दोस्रो कम्पनी बनेको छ ।

काठमाडौं । कारोबार सुरू भएको २ घण्टामै नेप्से परिसूचक ६१.७२ अंकले घटेको छ । १ बजेसम्मको कारोबारमा २२२ कम्पनीको ५५ लाख १९ हजार १९३ कित्ता सेयर किनबेचबाट ३ अर्ब २३ करोड बराबरको कारोबर भएको छ । समूहगत परिसूचकतर्फ अधिकांश सुचाङ्कहरू घटेका छन् ।
नेपाल राष्ट्र बैंकले कातिक ३ गतेको नियमनुसार बैंक वित्तीय संस्थाले एक पटकमा मुद्दतीको ब्याजदर १० प्रतिशतसम्म बढाउन पाउँछन् । सोही नीतिनुसार बैंकहरूले मंसिर महिनाको ब्याजदर बढाउने तयारी गरेका छन् । कात्तिकमा ९.३७ प्रतिशत ब्याजदरमा भद्र सहमत गरेका बैंकहरुको ब्याजदर मंसिर महिनामा १०.३१ प्रतिशत ब्याजदर कायम गर्ने निश्चित जस्तै रहेको छ । बैंकिङ प्रणालीमा तरलताको चरम अभाव रहेकाले निक्षेप आकर्षित गराउनका लागि पनि बैंकहरुले ब्याजदर बढाउने तयारीमा रहेका छन । यसैगरी मंसिर महिनामा कर्जाको ब्याजदर समेत बढ्ने सम्भावना उच्च रहेकाले लगानीकर्ता हच्किएका छन् ।
यसैगरी तरलता अभावका कारण सेयर बजारमा जाने कर्जामा नेपाल राष्ट्र बैंकको कडाइका कारण लगानीकर्ताहरुमा सेयर बिक्री गर्दा विक्री चापका कारण बजारमा गिरावट आएको हो । बैंक वित्तीय संस्थहरुले सेयर कर्जा दिन बन्द गरेपछि लगानीकर्ताहरुले सेयर बेच्नेक्रम बढेको छ । त्यसैको प्रभाव सेयर बजारमा परेको छ ।
ब्याजदर र सेयर बजार बीच नकारात्मक सम्वन्ध हुने गर्दछ । ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने हुन्छ । तरलता अभावले ब्याजदर वृद्धिलाई प्रोत्साहित गर्छ भने अधिक तरलताले ब्याजदर घटाउन सहयोग गर्छ ।

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १९.२० अंकले घट्दै २८२९.६४ अंकको बिन्दुमा रोकिएको छ । आज २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
सेन्सेटिभ परिसूचक २.७१ अंकले घट्दै ५२८.३७ अंकको विन्दुमा कारोबार रोकिएको छ । समूहगत परिसूचकतर्फ वित्तीय समूह , सामूहिक लगानी कोष र लगानी समूहमा भएको सामान्य वृद्धिबाहेक अन्य सबै समूहको कारोबारमा गिरावट आएको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचाङ्क १३७.३७ अंकले घटेको छ । यसैगरी जीवन बीमा समूहको १०० अंक, लघुवित्त समूहको ५५ अंक र विकास बैंक समूहको ७० अंकले घटेको छ ।
साहस उर्जा, आईसीएफसी फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । ५२ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थान रहेको छ । यसैगरी ३० करोड ३ लाख ३३ लाख बराबरको सेयर कारोबार गरेको नविल बैंक कारोबार रकमका आधारमा दोस्रो स्थानमा छ ।
बैकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभावको असर सेयर बजारमा परेको छ । प्रणालीमा १३ अर्बमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी बैंक वित्तीय संस्थाको औषत कर्जा-निक्षेप अनुपात ‘सीडी’ ८९.६६ प्रतिशत पुगेको छ । कर्जाको मागअनुसार बैंक वित्तीय संस्थामा निक्षेप बढ्न नसक्दा बैंक प्रणालीले तरलताको मार झेलिरहेको छ । बैंक वित्तीय संस्थाले तरलता सहज भएको अवस्थामा भविष्यलाई ख्याल नगरी जथाभावी कर्जा लगानी गर्दा पछिल्लो समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंक थप कर्जा विस्तार हुन नदिने नीतिमा रहेको छ । तरलता पनि सहज नबाउने र कर्जाको ब्याजदर पनि धेरै बढ्न नदिने नीति नेपाल राष्ट्र बैंक रहेको छ ।
नेपालको परम्परागत बैंकिङ प्रणालीका कारण तरलता सृजना गर्न सक्ने उपकरणहरुको विकास हुन सकेको छैन । आयातमा आधारित अर्थतन्त्रले पनि तरलतामा ठूलो दबाब पार्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकले करिब ६ अर्ब ५० करोड रुपैयाँ ट्रेजरी विल मार्फत आन्तरिक ऋण उठाएपछि बैंकिङ प्रणालीमा तरलतामा थप दबाब परेको छ । यिनैकारणले तिहारपछिको पहिलो सेयर कारोबार घटेको छ । लगानीकर्ताहरु मंसिर हुने ब्याजदरका कारण दुविधामा परेका छन् ।
एकातर्फ मंसिर महिनाका लागि प्रकाशित हुने नयाँ ब्याजदरमा कर्जाको ब्याजदर समेत बढ्ने संभावना रहेकाले लगानीकर्तामा ब्याजदर बृद्धिको चिन्ता रहेको छ । अर्कोतर्फ सेयर बजारबाट प्राप्त हुने लाभांशभन्दा बैंकको मुद्दती खातामा रकम जम्मा गर्दा प्राप्त हुने ब्याज आम्दानी धेरै र जोखिम कम हुने देखेका लगानीकर्ता निक्षेप तर्फ आकर्षित हुने संभावना पनि बढेको छ ।
केही लगानीकर्ताहरू नेपाल राष्ट्र बैंकले गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो क्वाटर समीक्षाको प्रतीक्षामा छन् । मौद्रिक नीतिमार्फत सेयर कर्जामा गरिएको कडाइ खुकुलो हुने आशा पालेर लगानीकर्ताहरू बसेका छन् । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत सेयर कर्जाको ४-१२ को सीमा बढाउने अथवा यसलाई हटाउन सक्ने विश्लेषण भइरहेका छन् । यसैगरी नेपाल राष्ट्र बैंकले तरलता सहज बनाउनका लागि सीडी अुनपातमा परिवर्तन गरिदिएमा बजारले गति लिन सक्ने सम्भावना रहेको जानकारहरूको भनाइ छ ।

काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेन्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ बिन्दुमा कारोबार रोकिएको छ ।
२२६ कम्पनीको १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्रीमा आज सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भयो । सोमबार सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रूपैयाँ १० पैसाको कारोबार भएको छ ।
बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको सेयरमा १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, साहस ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज सबैभन्दा धेरै गुमाउनेमा कामना सेवा विकास बैंकका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ ।

काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से १३.०४ अंकले बढ्दै २७८२.१६ को बिन्दुमा पुगेको छ । आज २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर किनबेचबाट ५ अर्ब ३९ करोडबराबरको कारोबार भयो । यसैगरी सेन्सेटिभ परिसूचकसमेत ४.४२ अंकले बढ्दै करिब ५२१ अंकको बिन्दुमा पुगेको छ ।
आज बैंकिङ समूह, व्यपार समूह, होटल तथा पर्यटन समूह , जीवन बीमा समूह र सामूहिक लगानी कोष समूहको कारोबारमा गिरावट आएको छ ।
आज सबैभन्दा धेरै लघुवित्त संस्थाको सुचाङ्क १३० अंकले बढेको छ । यसैगरी जलविद्युत समूहको ६५ अंक, विकास बैंक समूहको ५०.५७ अंक र अन्य समूहको करिब ४८ प्रतिशतले बढेको छ ।
आज रिडी जलविद्युत कम्पनीको सेयरलगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् । यसैगरी नेशनल हाइड्रोपावर कम्पनीले २९ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार गर्दै कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।
यसैगरी २२ करोड ७५ लाख बराबरको सेयर कारोबार गर्दै अधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १८.०६ अंकले बढ्दै २७६९.१३ अंकको बिन्दुमा पुगेको छ । २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिदबिक्रीबाट ६ अर्ब ६१ करोडको कारोबार भएको छ । यस्तै ,सेन्सेटिभ परिसूचक ०.४९ अंकले बढेर ५१६.५६ अंकको बिन्दुमा पुगेको छ ।
बुधबारको सेयर कारोबारमा होटल तथा पर्यटन , विकास बैंक ,जलविद्युत र उत्पादनमुलक समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण घटेको छ । बुधबार उत्पादनमुलक समूहको सुचाङ्क सबैभन्दा धेरै ४४ अंकले घटेको छ । यसैगरी होटल समूहको सुचाङ्क १०.२४ अंक, विकास बैंक समूहको १.५५ अंक र जलविद्युत समूहको २०.३८ अंकले समूहगत सुचाङ्क घटेको छ ।
आज पनि जीवन बीमा समूहमा लगानीकर्ता आकर्षण कायम रहेको देखिएको छ । दोस्रोमा नीर्जीवन बीमा समूहको सुचाङ्क सबैभन्दा धेरैले बढेको छ ।
जीवन बीमा समूहको सुचाङ्क ३१७ अंक, नीर्जीवन बीमा समूहको १७८ अंक, लघुवित्त समूहको करिब ५९ अंक , वित्तीय समूहको ९.६६ अंक, बैंकिङ समूहको १३.२६ अंक र व्यापार समूहको २३.४६ अंकले बढेको छ । आज पनि वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ८.८६ प्रतिशतले कमाएका छन् ।
नबिल बैंक आज पनि सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बनेको छ । ४३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नबिल बैंकको सेयर मूल्य १६०६ रुपैयाँ कायम भएको छ ।

काठमाडौं । सेयर बजार परिसुचक नेप्से यो साताको ३ दिन लगातार बढेको छ । आइतबार नेप्से २७.५१ अंकले बढेको थियो भने सोमबार ८७.६७ अंकले बढेको थियो । मंगलबार पनि सेयर बजार परिसुचक नेप्सेमा ७८.८२ अंकले बढेर २७५१.०७ अंकको बिन्दुमा पुगेको छ । नेप्सेको अंकसँगै कारोबार रकम र सेयर संख्यामा समेत वृद्धि देखिएको छ ।
आज नेप्सेमा २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर किनबेचबाट ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार २ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार बढेर ४ अर्ब ३० करोडको कारोबार भएको थियो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ११.५० अंकले बढेर ५१६ अंकको बिन्दुमा पुगेको छ । समूहगत परिसुचकमा आज पनि इन्स्योरेन्स कम्पनीको सुचाङ्क सबैभन्दा धेरै बढेको छ । मंगलबार जीवन बीमा समूहको सुचाङ्क करिब ५०० अंकले बढेको छ भने नीर्जीवन बीमा समूहको सुचाङ्क करिब ३१८ अंकले बढेको छ ।
यसैगरी होटल तथा पर्यटन समूहको २३२ अंक, बिकास बैंक समूहको सुचाङ्क १८६ अंक, उत्पादनमुलक समूहको सुचाङ्क १७५ अंक, वित्तिय कम्पनीको सुचाङ्क करिब १३७ अंक, जलविद्युत समूहको सुचाङ्क करिब १२३ अंक, व्यापार समूहको ८३ अंक, लघुवित्त समूहको ६८ अंक र बैंकिङ समूहको ४५ अंकले बढेको छ ।
करिब १५ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रक लागेको छ । ४४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार गरेको कामना विकास बैंक कारोबार रकममा आग्रस्थानमा रहेको छ ।
लाभांश घोषणाको नजिक रहेको नविल बैंकको कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ । यस बैंकको आज ३४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज नविल बैंकको सेयर ४।८१ प्रतिशत अर्थात ७२ रुपैयाँले बढेको छ ।

काठमाडौं । नेप्से परिसूचक आज १४.७० अंकले घट्दै २५५६.९६ विन्दुमा पुगेको छ ।
६१ लाख ६ हजार ४५२ कित्ताको किनबेचमा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो पनि कारोबार रकम २ अर्ब ६८ करोडमा नै सीमित थियो ।
आज अन्य र म्यूचल फण्डबाहेकका उप समूहको परिसूचक राताम्मे भएको छ । आज सानिमा बैंकको सेयर सबैभन्दा बढी २७ करोडबराबरको कारोबार भयो । मेरो लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

काठमाडौं । बैंक वित्तीय संस्थाको निक्षेपमा केन्द्रीय बैंकको हस्तक्षेपले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । ब्याजदर बढेको भन्दै अघिल्ला दुई दिनको कारोबारमा उच्च अंकले घटेको थियो ।
आज नेप्से ६०.५६ अंकले बढ्दै २५७१.६६ अंकको विन्दुमा कारोबार बन्द भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.०९ अंकले बढ्दै ४८४.०५ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २१७ कम्पनीको ६१ लाख १ हजार ४१४ कित्ता सेयर किनबेच भएको नेप्सेमा करिब २ अर्ब ६७ करोड कारोबार भयो ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । २० अर्बसम्म कारोबार हुने गरेको सेयर बजार पछिल्लो समय २ देखि ३ अर्बको बीचमा खुम्चिएको छ ।
आज १३ वटै समूहगत परिसूचकमा हरीयाली छाएको छ । सबैभन्दा बढी नीर्जीवन बीमा समूहको सुचाङ्क २५८ अंकले बढ्यो । यसैगरी जीवन बीमा समूह १२३ अंकले बढेको छ ।

काठमाडौं । बुधबार सेयर बजार परिसुचक नेप्से बजार खुलेकै १० मिनेटमा नै ६६.४१ अंकले बढेको छ । यसअवधिमा १५८ कम्पनीको ३ लखा ५९ हजार ६६७ कित्ता सेयर किनबेचबाट करिब २१ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बैंक वित्तीय संस्थाले निक्षेपको ब्यादजर १२ प्रतिशतसम्म पुर्याएपछि नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ संसोधन गर्दै ब्याजदर घटाउन निर्देशन दिएको छ ।
बैंक वित्तीय संस्थाले अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशत भन्दा बढि ब्याजदर बढाउन नपाउने व्यवस्था गरेको छ । यसैगरी सर्वसाधारणलाई दिने ब्याजदरभन्दा संस्थागत मुद्दतीको ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
आजैबाट लागु हुने गरि नयाँ व्याजदर सार्वजनिक गर्न बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र निर्देशन दिएको छ । यसैको प्रभाव स्वरुप सेयर बजार परिसुचक नेप्सेमा उछाल आएको हो ।

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा उच्च अंकको गिरावटको सिलसिला कायम नै छ । केही समययता २५५० अंकभन्दा तल नझरेको नेप्से २५१० अंकमा झरेको छ ।
नेप्से करिब २ महिनाको अवधिमा करिब ७ सय अंकले घटिसकेको छ। मंगलबार सेयर बजार परिसुचक नेप्से ७७.३३ प्रतिशतले घट्दै २५१०.७३ अंकको विन्दुमा पुगेको छ । २२१ कम्पनीको सेयर कारोबारबाट करिब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार र सोमबारको तुलनामा कारोबारको रकममा भने वृद्धि देखिएको छ । यसैगरि ‘क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १३.२८ अंकले घट्दै करिब ४७२ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।
सबै समूहगत परिसुचकहरु घटेका छन् । जलविद्युत कम्पनीका सेयरहरु उच्च अंकले घटेका छन् भने केहि लघुवित्त वित्तीय संस्थाहरुको सेयर करिब ५ प्रतिशत भन्दा कमले बढेका छन् ।
नेप्सेमा सुचीकृत भएका कम्पनीले घोषणा गरेको लाभांश भन्दा बढी निक्षेपमा ब्याजदर पाउने देखिपछि लगानीकर्ता बचत गर्न प्रोत्साहित हुन सक्ने संकेत देखिन थालेको छ ।
दसैंपछि बजारमा सुधार हुने आशा भने अझैपनि कायम नै रहेको देखिन्छ । अर्थमन्त्री तथा राष्ट्र बैंकको भुमिकाप्रति सन्तुष्ट हुन नसकेका लगानीकर्ता पछिल्लो समय अन्योलमा देखिन्छन् ।
यसैगरी निमनकारी निकाय धितोपत्र बोर्ड अध्यक्ष र फ्रन्टलाइन रेगुलेटर नेप्सेमा पनि कार्यकारी अधिकृत नहुदा पनि लगानीकर्ता बजारप्रति आशावादी हुन सकेका छैनन् । ब्याजदरमा भएको वृद्धि, मार्जिन प्रकृतिको कर्जामा गरेको कडाई र अर्थमन्त्रीको सेयर बजारप्रतिको अनुदार दृष्टिका कारण बजार बढ्न नसकेको विश्लेषण भइरहेको छ ।

काठमाडौं । बैंक वित्तीय संस्थाले निक्षेपमा बढाएको ब्याजदरको असर सेयर बजार परिसुचक नेप्सेमा परेको छ । निक्षेपको ब्याजदर बढ्दैमा कर्जाको ब्याजदरमा कुनै असर नपर्ने भएपनि लगानीकर्तामा निरासा देखिएको छ ।
बैंक वित्तीय संस्थाले आधार दर नढाई ब्याजदर बढाउन नपाउने बताइएपनि लगानीकर्तामा मनोबैज्ञानिक त्रास देखिएको छ । आधारदर बढ्नका लागि निक्षेपको ब्याजदर लगातार तिन महिनासम्म बढ्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीति मार्फत ब्याजदर बढ्न नदिने नीति लिने बताइरहेको बेला सेयर बजारमा लगानीकर्ताले पेनिक सेल्स गरेका छन् ।
आज सेयर बजार परिसुचक नेप्से ६९.५१ अंकले घट्दै २५८७.४५ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर खरिद बिक्रीबाट २ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको छ । हिजो तुलनामा कारोबार रकम भने बृद्धि भएको छ । जसलाई सकारात्मकरुपमा लिनुपर्ने लगानीकर्ताहरु बताउँछन् ।
समूहगत परिसुचाङ्कतर्फ ट्रेडिङ समूह बाहेक अधिकांश कम्पनीको सेयर कारोबारमा गिरावट आएको छ । नीर्जीवन बीमा समूहको सुचाङ्क करिब ४२७ अंकले घटेको छ ।
यसैगरी जीवन बीमा समूहको सुचाङ्क ३५८ अंक, माइक्रोफाइनान्स समूहको १८५ अंक, उत्पादन मुलुक समूहको १७६ अंक, विकास बैंक समूहको १६७ अंक , जलविद्युत समूहको १०२ अंक र बैंकिङ समूहको ३८ अंकले सेयर कारोबारमा गिरावट आएको छ ।
सम्पुर्ण बैंक वित्तीय संस्था , जलविद्युत कम्पनी, माइक्रोफाइनान्स, उत्पादनमुलुक कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश वितरण गरेपनि लगानीकर्ताहरु अझैपनि बजारप्रति सकारात्मक बन्न सकेको देखिदैन् ।

काठमाडौं । नेप्से परिसूचक आज १८.५३ अंकले घट्दै २६६२.५८ विन्दुमा रोकिएको छ ।
आज ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेचमा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५१८ बराबरको कारोबार भयो । आज सर्वाधिक बिक्रीमा महिला लघुवित्त कम्पनीको १८ करोडको सेयर कारोबार भएको छ ।
आज महिला लघुवित्तको सेयर ९.३७ प्रतिशतले बढ्न पुगेको छ । फाइनान्स, जीवन बीमा र म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा आज रातो लागेको छ । आज सबैभन्दा उत्पादन समूहका लगानीकर्ताले बढी गुमाएका छन् ।

काठमाडौं । नियामकीय गतिविधिका कारण करिब २ महिनादेखि निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्तालाई आजको कारोबारले भने केही राहत प्रदान गरेको छ । मंगलबार करिब ४४ अंकले बढेको सेयर बजारले आज करिब ६८ अंकको उछाल देख्याे ।
सेयर बजार परिसुचक नेप्से ६८.४७ अंकले बढ्दै २६८१.१० अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २२७ कम्पनीको ८१ करोड ८९ लाख ८९० कित्ता सेयर खरिद बिक्री भएको नेप्सेमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको सेय कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत १२.७२ अंकले बढ्दै ५०४.७३ अंकमा कारोबार बन्द भएको छ ।
सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न थालेपछि बजारमा वृद्धि देखिएको हो ।नेपाल राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ र तरलताको अभावको मार खेपिरहेको बैंकिङ प्रणालीबाट पिल्सिएको बजारलाई लाभांश घोषणाले राहात पुर्याएको देखिन्छ ।
विशेषत लघुवित्त वित्तीय संस्था र वित्त कम्पनीहरुले उच्चदरमा आकर्षक लाभांश घोषणा गरेकाले ती समूहका सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
यसैगरी जलविद्यूत नियमन आयोगले जलविद्युत कम्पनीहरुले २०० प्रतिशतसम्म हकप्रद सेयर निस्कासन गर्न व्यवस्था गरेकाले उच्च अंकमा घटिरहेको जलविद्युत कम्पनीले गिरावट थामिएको छ । यसैगरी बैंकहरुले पनि १० प्रतिशत देखि २० प्रतिशतको बीचमा रहेर लाभांश घोषणा गरेपनि बैंकिङ समूहको सेयर भने खासै बढ्न सकेको छैन् ।
यसैगरी असोज महिनाको दोस्रो सातामा कर्जा बाराबर निक्षेप संकलन भएको र रेमिटान्स समेत बढकाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ । यसैगरी सरकारले खर्च बढाएको छ । सरकारले केही पुँजीगत खर्च गरेको छ भने दसैंका लागि कर्मचारीको तलब भत्ता तथा पेन्सन वितरणका लागि रकम निकासा दिएकाले पनि बजारमा तरलता सहजत भएको छ ।
यद्यपी बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था भने कायम रहेको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ऋणीसँग गरेको सर्तनुसार कर्जा उपव्ध गराउन नसकेको जानकारीहरु प्राप्त भएका छन् ।
बजार बढ्नुको अर्को सबैभन्दा शक्तिशाली कारण भनेको नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाको सिमालाई हेरफेर गर्न लागेको भन्ने समचार पनि हो । नेपाल राष्ट्र बैंकले मार्जिन कर्जा सम्वन्धी सिमा बढाउने तथा बजारमा तरलतालाई सहजता दिनका लागि पहिलो त्रैमासिक समिक्षा मार्फत गर्न लागेको तथा अर्थमन्त्रालयको चासोका सम्वन्धका जानकारी बजारमा लगानीकर्ताहरु उत्साहित भएको देखिन्छ ।
माथि उल्लेखित विष्लेष्णहरु आधारभुत विषयवस्तु भएपनि लगानीकर्ताको मनोबिज्ञान र सेयर माग र आपुर्तीका कारण बजार घट्ने र बढ्ने मान्यता राखिन्छ । यद्यपी नेपालमा केही सीमित लगानीकर्ताको इच्छा र चाहानानुसार बजार बढ्ने र घट्ने गरेको पनि बताउने गरेको छ ।