Tag: सुनकोशी गाउँपालिका

  • एमालेका तिमल्सिना बने सिन्धुपाल्चोक सुनकोशीको अध्यक्ष

    एमालेका तिमल्सिना बने सिन्धुपाल्चोक सुनकोशीको अध्यक्ष

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई पराजित गर्दै तिमल्सिना निर्वाचित भएका हुन् ।

    तिमल्सिनाले ५, ९३२ मत पाए भने जिसीको ५, ७९१ मत आयो ।

    उपाध्यक्षमा भने नेपाली कांग्रसकी उम्मेदवार कान्छी लामा ५, ९०४ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले ४, ९७४ मत पाइन् ।

    यहाँ एमाले र माओवादीबीच चुनावी तालमेल भएको थियो ।

  • कांग्रेससँग वामगठबन्धन भिडेको सुनकोशीको कसले मार्ला बाजी ? यस्तो छ हिसाब

    कांग्रेससँग वामगठबन्धन भिडेको सुनकोशीको कसले मार्ला बाजी ? यस्तो छ हिसाब

    सिन्धुपाल्चोक । नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा भइरहेको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा एमालेले टपिन्द्र तिमिल्सिनालाई साझा उम्मेदवार बनाएको छ भने कांग्रेसले निर्वतमान अध्यक्ष श्रवणकुमार जिसी(विनोद)लाई पुन अध्यक्षमा अघि सारेको छ । उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी दुर्गा थापा र कांग्रेसबाट कान्छीमाया लामाबीच प्रतिस्पर्धा हुँदैछ ।

    स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसका उमेदवार जिसी ४ हजार ३६० मत ल्याउँदै विवयी भएका थिए भने एमालेका उम्मेदवारले ३ हजार ९४४ मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रका उमेदवारले १ हजार ६३० मत ल्याएका थिए ।

    अहिले गाउँपालिकामा कुल १७ हजार ३९३ मतदाता रहेका छन् । सबैभन्दा बढी मत वडा नम्बर ६ मा छ । त्यो वडामा ३ हजार ९११ मत रहेको छ । दुई पार्टीबीच गठबन्धन हुँदा सहजै जित निकाल्ने गठबन्धनको दाबी छ । तर गठबन्धनमा चित्त नबुझेको भन्दै माओवादीका केही नेताहरुले पार्टी छाडेपछि माओवादीको मत केही घटे पनि एमालेको मत बढेको र अघिल्लोपटक उल्लेख्नीय केही पनि काम नगरेकाले आफूहरुको जित निश्चित रहेको दाबी गठबन्धनका साझा उमेदवार टपिन्द्रप्रसाद तिमिल्सिनाका दाबी छ ।

    नेपाली कांग्रेसका उम्मेदवार श्रवणकुमार जिसीले भने अघिल्लो पाँच वर्षमा सुनकोशीमा धेरै विकासका कामहरु भएको र आफूहरुको पक्षमा धेरै मतदाता आकर्षित भएकाले पनि गठबन्धन हुँदा पनि जित्ने दाबी गर्छन् ।

    नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् वाग्मती प्रदेशका पूर्व मन्त्री अरुण नेपाल र केन्द्रीय सदस्य एवम पूर्वमन्त्री सरेश नेपालको गृहगाउँपालिका सुनकोशीमा यो पटक जसरी पनि जित्नुपर्ने दबाबमा छन् । अघिल्लो पटक १२ स्थानीय तह मध्ये तीनवटामा कांग्रेसले जित्दा सुनकोशीमा पनि जितेको थियो । सुनकोशी अहिले पनि जित्नुपर्ने दबाब नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पनि छ ।

    सात वडामध्ये १, २ र ५ मा एमाले र माओवादी केन्द्रले वडामा नै गठबन्धन बनाएका छन् भने वडा नम्बर १ मा समाजवादीसमेत मिसीएको छ । वडा नम्बर ६ र ७ मा भने माओवादी केन्द्रका उम्मेदवारहरुले एमालेका उमेदवारलाई समर्थन गरेका छन् । ३ र ५ मा भने दुवै पार्टीबाट आआफ्नो उम्मेदवार रहेका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार जिसीले आफ्नो गृहवडा ठोकर्पाबाट सबैभन्दा बढी मत ल्याउने दाबी गरेका छन् भने गठबन्धनका उम्मेदवार तिमिल्सिनाले वडा नम्बर ७ पांग्रेटराबाट बढी मत पाउने दाबी छ । बाँकी वडाहरुमा भने मिश्रित मत आउने आँकलन दुवै उम्मेदवारहरुको रहेको छ ।

    नेपाली कांग्रेसले ५ सय बढीको मतान्तरमा चुनाव जित्ने आँकलन गरेको छ भने गठबन्धनका उम्मेदवारहरुले ७ सय बढी मतान्तरमा चुनाव जित्ने दाबी गरेको छ ।