Tag: सिल

  • बनेपामा लगाइएको ‘सिल’ अवधि लम्बियो

    बनेपामा लगाइएको ‘सिल’ अवधि लम्बियो

    काभ्रे । यही जेठ ४ गतेदेखि चार दिन नगर-क्षेत्र ‘सिल’गरेको बनेपा नगरपालिकाले पुनः चार दिन अवधि थप्यो । बनेपाले पछिल्ला दिन जिल्लामै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमण सदर देखिएपछि गत बुधबार सिलको अवधि दोस्रोपटक पाँच दिन लम्ब्याएको छ ।

    जेठ ७ गते पाँच दिन नगर क्षेत्र सिल गरेको धुलिखेल नगरपालिकाले एकैपटक पुनः १० दिन सिलको अवधि थप्यो । जेठ ८ गतेदेखि चार दिन सिल गरेको पनौती नगरपालिकाले पाँच दिन सिल-अवधि थपेको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिकाले दोस्रोपटक सात दिन सिलको अवधि थपेका छन् । ‘संक्रमणदर बढिरहेकाले सिल-अवधि दोस्रोपटक लम्ब्याउनुपर्‍यो, हाल संक्रमणणदर केही घटेको छ, थप सिलबारे छलफल गर्नेछौं’, बनेपाका नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए ।

    उनका अनुसार हाल नगरमा थप कडाइ गरिएको छ । नगरपालिकाले मर्निङ-वाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । बनेपामा हाल ५२१ सक्रिय संक्रमित छन् भने २१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

    नमोबुद्धले पनि थप गरेको सातदिने नगर क्षेत्रको सिल अवधि जारी छ । पाँचखालले भने जेठ ८ गतेदेखि एकैपटक १५ दिन नगर सिल गरेको छ । उसले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे ६ महिना अनुमति खारेज गरी ५० हजार रुपैयाँ जरिवानासमेत गर्ने जनाएको छ ।

    मण्डनदेउपुरले दोस्रो लहरको कोभिड-१९ नगरमा तीव्ररुपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमण, नियन्त्रण, न्यूनीकरण तथा संक्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यक सेवाबाहेक गत बुधबार एकैपटक १० दिन नगरक्षेत्र सिल गर्‍यो । बेथानचोक गाउँपालिकाको छदिने र भुम्लु गाउँपालिकाको पाँचदिने सिल अवधि जारी छ ।

    भुम्लुका अध्यक्ष गुमानध्वज कुँवरले पछिल्ला केही दिनदेखि कोरोनाभाइरस संक्रमणदर बढ्दै गएपछि गाउँपालिका क्षेत्र सिल गर्नुपरेको उल्लेख गर्दै सिल-अवधि थप्नेबारे छलफल भइरहेको बताए । कोरोनाभाइरस संक्रमणण दर बढ्दै गएपछि संक्रमणको उच्च जोखिम रहेको जनाउँदै हाल जिल्लाका आठ स्थानीय तहको सिल जारी अवस्थामा रहेको छ । सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवावाहक सबै पूर्णरुपमा बन्द गरेको जनाएका हुन् ।

    साथै सिल गरिएका स्थानीय तहले फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले पनि बुधबारदेखि दोस्रोपटक एकै पटक जिल्लामा दश दिन निषेधाज्ञा थपेको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

    यसैबीच पछिल्लो २४ घण्टामा जिल्लामा २१४ मा कोरोना संक्रमण पुष्टि भयो । जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा १९७ संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ५९९ सक्रिय संक्रमित छन् । जिल्लामा सबैभन्दा बढी बनेपामा २० प्रतिशत् अर्थात् ५२१ संक्रमित छन् । कूल संक्रमितमध्ये धुलिखेलमा ४५६, पनौतीमा ३२४, पाँचखालमा ३५०, नमोबुद्धमा १४८ र मण्डनदेउपुरमा २०९ सक्रिय संक्रमित छन् ।

    यस्तै रोशीमा १२५, चौंरीदेउरालीमा ६१, तेमालमा ९८, भुम्लुमा १२७, खानीखोलामा २१, बेथानचोकमा १२९ र महाभारत गाउँपालिका ३० सक्रिय संक्रमित रहेको केन्द्रले जनायो । कूल संक्रमितमध्ये ९५ प्रतिशत् अर्थात् दुई हजार ४७७ संक्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १२१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

    -रासस

  • चन्द्रागिरि नगरपालिका थप दुई दिन सिल गरिने

    चन्द्रागिरि नगरपालिका थप दुई दिन सिल गरिने

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका थप दुई दिन सिल गरिने भएको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन सिल गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका सिल गर्ने निर्णय गरेको जानकारी दिए । नगरपालिका सिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

    नयाँ भेरिएन्टसहितको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए।

    खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ ।

    त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बीउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।

    नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन ।

    सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

  • ओखलढुंगाको मोलुङ गाउँपालिका एक साता सिल

    ओखलढुंगाको मोलुङ गाउँपालिका एक साता सिल

    काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडाहरुमा एक साताको लागि सिल गरिएको छ ।

    सोमबार बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको १, २,३,४, ५ र ८ नम्बर वडा सिल गर्ने निर्णय  गरेकाे हाे ।

    कोभिड -१९ दोस्रो लहरको कारण संक्रमण तीव्र भएसँगै आज राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए ।

    नागरिकको दैनिक आवश्यकतालाई मध्यनजर गरि दैनिक बिहान ६ बजे देखि १० बजे सम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहरु मात्र खुल्ला रहनेछ ।

    उपभोग्य सामाग्रिको खरिद तथा विक्रि वितरण गर्दा व्याक्तिगत रुपमा अपनाउने स्वास्थ्य सम्वन्धि सतर्कता अपनाउन, माक्स तथा सेनिटाइजरको प्रयोग गरि सामाजिक दुरीको अनिवार्य पालना गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

    यस्तै गाउँ कार्यपालिको बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ ।

     

  • बनेपा नगरपालिका एक साता सिल

    बनेपा नगरपालिका एक साता सिल

    काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाले सम्पूर्ण नगरक्षेत्र एक सातालाई सिल गर्ने भएको छ ।

    कोभिड १९ दोस्रो लहरको कारण संक्रमण तीव्र भएसँगै मंगलबार राति १२ बजेदेखि १२ गते १२ बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न लागेको हो ।

    भाइरस सक्रमणको शृङ्खला तोड्न संक्रमणलाई न्यूनिकरण गर्न चाल्नको लागि सोमबार बसेको बैठकमा सरोकारवालाहरुसँग छलफल
    गरी शिल गर्न सिफारिस गरिएको नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंहावादे श्रेष्ठले बताए ।

    औषधी पसल र अस्पताल बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल र फलफूल पसल तथा व्यवसायहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदानहुने सेवा समेत पूर्ण रुपमा बन्द गरिने उनले बताए ।

    फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय संस्थाले न्युनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने निर्णय समेत भएको छ ।

    साथै सूचना विभागबाट जारी भएको प्रेस पास लिएका पत्रकार बाहेक अन्य व्यक्तिहरुका हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर बाहेक कोही पनि घर बाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ ।

    बिहान बिहान गरिने भ्रमण मर्निङवार्क समेत रोक लगाउनुको साथै अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्न नगरपालिकाले आग्रह गरेको छ ।