Tag: सार्वजनिक विदा

  • मिथिला परिक्रमाकाे लस्कर कञ्चन वन पुग्यो, भंगहामा सार्वजनिक विदा

    मिथिला परिक्रमाकाे लस्कर कञ्चन वन पुग्यो, भंगहामा सार्वजनिक विदा

    जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको लस्कर आज महोत्तरी भंगहा नगरपालिकामा पर्ने कञ्चन वन पुगेको छ ।
    कञ्चन वनमा भगवान राम र सीताले त्रेतायुगमा आपसमा रंग अविर दलेर होली खेलेको मानिन्छ ।

    आज परिक्रमामा सहभागी साधुसन्त र श्रद्धालुले आपसमा होली खेल्नेछन् । त्यहाँ रंग अविर आज खेलेपछि मिथिलामा होलीको औपचारिक शुभारम्भ हुनेछ ।

    परिक्रमा यात्रीलाई स्वागत गर्न आज भंगहा नगरपालिकाले सार्वजनिक विदा समेत दिएको छ । कञ्चन वनमा होली मिलन समारोह आयोजना गरेको मेयर सञ्जिव साहले जानकारी दिए ।

    फागुन शुक्ल प्रतिपदाबाट शुरु भएको परिक्रमा आज सातौं दिन कञ्चन वन पुगेको छ । १५ दिवसीय परिक्रममा हजारौं साधु सन्त र सर्वसधारण सहभागी छन् ।

    भगवान र जानकीको डोलासँगै यात्रीहरु १३३ किलोमिटरको यात्रा पश्चात जनकपुर पुगेपछि परिक्रममा विधिवत रुपमा समापन हुनेछ ।

  • विवादपछि प्रचण्ड आउने कार्यक्रमका लागि दिइएको सार्वजनिक विदा सच्चियो

    विवादपछि प्रचण्ड आउने कार्यक्रमका लागि दिइएको सार्वजनिक विदा सच्चियो

    जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरु उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक विदा दिने निर्णय सच्याएको छ ।

    प्रचण्ड आउन लागेकै कारण सार्वजनिक विदा दिएको भन्दै व्यापक आलोचना भएपछि नगरप्रमुख अशोक कुमार मण्डलले सूचना सच्याएका हुन् । उनले कात्तिक ३० कै मिति उल्लेख गर्दै प्रकाशित सूचनामा भुलबस सार्वजनिक विदा लेखिन गएको उल्लेख गरेका छन् ।

    सार्वजनिक विदा फिर्ता लिएका उनले सामा चकेवा पर्वको अवसरमा मंसिर १ र २ गते सबै शैक्षिक संस्थाहरु मात्र बन्द रहने बताएका छन् ।

  • कर्णाली सरकारले प्रदेश स्थापना दिवसमा सार्वजनिक विदा दिने

    कर्णाली सरकारले प्रदेश स्थापना दिवसमा सार्वजनिक विदा दिने

    सुर्खेत । कर्णाली सरकारले प्रदेश स्थापना दिवस भन्दै भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनाअनुसार त्यस दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् ।

    मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवस समेत भनिएको छ । कर्णाली प्रदेश प्राप्तिका आन्दोलनमा ४ जनाको ज्यान गएको थियो । उनीरुको सम्झनामा प्रदेश स्थापना तथा सहिद दिवस मनाउने गरिएको हो ।

    कर्णाली सरकारले यस वर्ष कृष्ण अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ ।

  • गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

    गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

    काठमाडौं । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा सार्वजनिक विदा दिएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज(शुक्रबार) सार्वजनिक विदा दिएको हो । उनको ससुराको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको थियो ।

    गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गर्दै गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेक सबै कार्यालय बन्द हुने जनाएका छन् ।

    गाउँपालिका अध्यक्ष यादव खापुङले गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेर सार्वजनिक विदा दिएको बताए ।