Tag: सन्राइज बैंक

  • १ लाख राख्दा २ लाख आउने सनराइज बैंकको सनराइज दोब्बर मुद्दती योजना

    १ लाख राख्दा २ लाख आउने सनराइज बैंकको सनराइज दोब्बर मुद्दती योजना

    काठमाडौं ।  सनराइज बैंकले सनराइज  दोब्बर मुद्दती योजना ल्याएको छ । आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम १ लाखसम्म जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने छ ।

    मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ । यस्तै विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिएको छ ।

    यसै गरी ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिदै हरेक बचत खाता स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ ।

    साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाखसम्मको घातक रोग खर्च १० हजारसम्मको प्रशुति खर्च समेत प्रदान गर्दै आएको छ ।

  • सन्‌राइज बैंक लिमिटेडका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

    सन्‌राइज बैंक लिमिटेडका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

    काठमाडौं । आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकारमा सन्‌राइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

    बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरेबापत छुट पाउनेबारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

    सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन्।

    बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकलेजनाएको छ ।

  • सनराइज बैंकले स्वास्थ्य योजना अन्तरगत थप सुविधा दिँदै

    सनराइज बैंकले स्वास्थ्य योजना अन्तरगत थप सुविधा दिँदै

    कठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्य नजर गर्दै विभिन्न सेवा सुविधामा स्वास्थ्य सुविधालाई पनि प्राथमिकता दिदै आएको छ । सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्ने बैंकले जनाएको छ ।

    २०७४ साल चैत्र १ गते देखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन लागेको बैंकले जनाएको छ । बैंकले स्वास्थ्य बीमा अन्र्तगत अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी रु.१ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएकोबैंले जनाएको छ ।

    पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा Singapore  र Thailand का अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्तरगत दाबी गर्न सकिनेछ ।

    साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । यसका साथमा महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१० हजार सम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउदा लिन सकिने छ ।

    ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।
    हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।