Tag: संसद पुन:स्थापना

  • पाकिस्तानमा सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना, इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन आदेश

    पाकिस्तानमा सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना, इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन आदेश

    काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई अवैध ठहराउँदै प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन आदेश दिएको छ । अदालतले भोलि शनिबारका दिन संसद बैठक संचालन गरि विपक्षी गठबन्धनले इमरान खान विरुद्ध अघि सारेको प्रस्तावमा मतदान प्रकृया अघि बढाउन आदेश दिएको हो ।

    गत अप्रिल ३ मा पाकिस्तानका विपक्षी गठबन्धनले प्रधानमन्त्री इमरान खान विरुद्ध अघिसारेको अविश्वासको प्रस्तावमा मतदान गर्ने बताइएको थियो यद्यपी पाकिस्तानका तल्लो सभाका उपसभामुखले उक्त प्रस्ताव संविधानको विरुद्धमा रहेको भन्दै मतदान प्रकृया नै सुरु नगरि खारेज गरिदिएका थिए ।

    उक्त प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्रीले राष्ट्रपति समक्ष संसद भगं गर्ने सिफारिस पेस गरी निर्वाचनको माग गरेका थिए । इमरान खान को सिफारिस अनुरुप राष्ट्रपति डा. आरिफ अल्वीले संसद् विघटन गरेका थिए। यद्यपी विपक्षी गठबन्धन उक्त निर्णयको विरुद्ध सर्वोच्च अदालत पुगेको थियो ।

    विपक्षी गठबन्धनको उक्त निवेदन माथि सुनुवाई गर्दै प्रधानन्यायाधीशसहित पाँच जनाको इजलासले एकमतले सो कदमलाई अवैध ठहर्याएको छ। प्रधानमन्त्री खानविरुद्धको प्रस्ताव टुंगो नलगाई संसद् अधिवेशन अन्त्य गर्न नसकिने सर्वोच्चको भनाई छ ।

  • संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिन्छ : अरगरिया

    संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिन्छ : अरगरिया

    जनकपुरधाम । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले संसद पुन:स्थापना भए मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिने बताएका छन् ।

    बुधबार सांझ विमानस्थलबाट जनकपुरधाम आएका उनले संचारकर्मीसंग भने, ‘पहिलो पटक संसद पुन:स्थापना हुंदा दलहरुले के गर्‍यो सबैलाई थाहा छ । आफैमा गालीगलोज गरे । त्यसैले अब ताजा जनादेश लिनुको विकल्प छैन ।’

    सर्वोच्च अदालतले संसद पुन:स्थापना गरिदिए पनि प्रधानमन्त्री केपीशर्मा ओली नै रहने उनले बताए । संचारकर्मीको जिज्ञासामा उनले आफूहरुलाई पुन: मन्त्री बनाउने विषयमा प्रधानमन्त्री ज्यूले केहि आश्वासन नदिएको स्पष्ट पारे ।

    निवर्तमान मन्त्री अरगरियालाई जसपाका महन्थ ठाकुर पक्ष र एमालेका राष्ट्रिय यूवा संघका नेता कार्यकर्ताहरुले स्वागत गरे ।