Tag: संक्रमित

  • थप २५४ जना संक्रमित थपिए

    थप २५४ जना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का २५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर गर्दा २४२ र २ हजार ४१४ जनको एन्टीजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै थप २३४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।आज देशभरी ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् ।

  • शुक्रबार १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    शुक्रबार १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १७ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३३४ वटा नमूना (पीसीआर ९,७७३ र एन्टीजेन ४,५६१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २३ जनाको मृत्यु भएको छ भने २२ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा १ लाख ६४ हजार ३०२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ८०९ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५४० जना, भेन्टिलेटरमा १५६ जना, होम आइसोलेशनमा ३०,६६२ जना, संस्थागत आइसोलेशनमा २,३४४ र क्वारेन्टाइनमा २७४ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • काठमाडौं उपत्यकामा सोमबार ९०६ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा सोमबार ९०६ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ९०६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ६६५ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा १३८ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ९,१४६ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५,५८३ जना, भक्तपुरमा १,३५३ जना र ललितपुरमा २,२१० जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • काठमाडौं उपत्यकामा शनिबार थपिए ५४९ संक्रमित

    काठमाडौं उपत्यकामा शनिबार थपिए ५४९ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार काठमाडौं उपत्यकामा ५४९ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३७० जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ११२ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ९,२७८ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५,५८३ जना, भक्तपुरमा १,४४० जना र ललितपुरमा २,२५५ जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा,सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • मंगलबार ३२ सय संक्रमित थपिए, २७ जनाको मृत्यु

    मंगलबार ३२ सय संक्रमित थपिए, २७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३२ सय ७४ जना  कारोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६८९ जनाको नमूना (पीसीआर ११५६५ र एन्टीजेन ६१२४) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा २७ जनाको मृत्यु भएको छ भने १९ सय २९ जना संक्रमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाविरुद्धको खोप १ लाख ४४ हजार ५२८ जनाले लगाएका छन् ।

    अहिलेसम्म कूल ७ लाख ३७ हजार २९४ जना कोरोना संक्रमित रहेका छन् भने १० हजार ३५४ जनाले ज्यान गुमाइसकेका छन् ।
    हालसम्म ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्ल्लेख छ ।

     

  • आइतबार काठमाडौं उपत्यकामा थपिए ७३९ संक्रमित

    आइतबार काठमाडौं उपत्यकामा थपिए ७३९ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३९ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काडमाडौंमा ५२२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १५४ जना थपिएका छन् ।

    हालसम्म उपत्यकामा ११,७८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ८,४३० जना, भक्तपुरमा १,३८६ जना र ललितपुरमा १९७० जना छन् ।

    हालसम २१ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने १६ वटा जिल्लामा २०० भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् ।

  • शनिबार काठमाडौं उपत्यकामा थपिए ७९५ संक्रमित

    शनिबार काठमाडौं उपत्यकामा थपिए ७९५ संक्रमित

    काठमाडौं । काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ७९५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना छन् ।

    उपत्यकामा ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ८५७९, भक्तपुरमा १३९१ र ललितपुरमा १९१८ जना छन् ।

    नेपालभरी २२ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने १५ वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेका छन् ।

  • मंगलबार ३३ सय कोभिड संक्रमित थपिए, २४ जनाको मृत्यु

    मंगलबार ३३ सय कोभिड संक्रमित थपिए, २४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३८३ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ नमुना (६०८० पीसीआर र १० हजार ६३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    मंगलबार थप २४ जनाको मृत्यु भएको छ । १९९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३२ हजार ५९ छ ।

    काठमाडौं उपत्यकामा ९०४ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख २ हजार ९७, कूल मृत्यु ९९२२ र कूल निको हुने संख्या ६ लाख ६० हजार छ ।

  • सोमबार ३१ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    सोमबार ३१ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१ सय २५ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ८११ नमुना (३१९८ एन्टिजेन र १०६१३ पीसीआर)परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोमबार थप २३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् भने १९ सय २५ जना डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ जना रहेको छ ।

    गत २४ घण्टामा कोरोनाभाइरस विरुद्धको खोप १ लाख ८१ हजार २५ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

  • काठमाडौंमा ५ सय ५१ संक्रमित थपिए, ८ हजार सक्रिय सक्रमित

    काठमाडौंमा ५ सय ५१ संक्रमित थपिए, ८ हजार सक्रिय सक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा ८५१ जना कोरोना संक्रमित थपिएका छन् ।

    जसमध्ये काठमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना थपिएका हुन् ।

    हाल उपत्यकामा ८ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन् भने १३ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • बिहीबार काठमाडौं उपत्यकामा ८६० जना थपिए कोरोना संक्रमित

    बिहीबार काठमाडौं उपत्यकामा ८६० जना थपिए कोरोना संक्रमित

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८६० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना थपिएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ४४१ रहेको छ । देशभर हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

    नेपालमा ३६ लाख ५० हजार ७३३ जनो पहिलो डोज खोप लगाईसकेका छन् भने १५ लाख ४८ हजार ८०३ जनाले दुवै मात्राको खोप लगाईसकेका छन् ।

  • आइतबार २२ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    आइतबार २२ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार २३७ कोरोना संक्रमित थपिएका छन् । १३ हजार ९३४ नमुना (१०,५६९ पीसीआर र ३,२६५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन् भने २०५० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    मुलुकभर अहिले सम्म मृत्यु हुनेको संख्या ९,७१३ रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ रहेको छ भने ६ लाख ४२ हजार ६१५ जना निको भएका छन् ।

    नेपालमा कोभिड-१९ विरुद्धको पहिलो मात्राको खोप ३३ लाख ८३ हजार ०३ जनाले लगाइसकेका छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या १३ लाख ९८ हजार १७८ जनाले लगाएको तथ्यांकमा उल्लेख छ ।

     

  • शुक्रबार २९ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    शुक्रबार २९ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,९७७ जना कोभिड बिरामी थपिएका छन् । १७ हजार ३०८ नमुना (१३ हजार ६९८ पीसीआर र ३,६१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शुक्रबार कोभिडको कारण थप १८ जनाको मृत्यु भएको छ । १,६७८ जना निको भएका छन् । कूल परीक्षणको झन्डै १७ प्रतिशतमा आज संक्रमण पुष्टि भएको छ ।

    नेपालमा कुल संक्रमित संख्या ७ लाख ३० हजार नाघेको छ भने मृतक संख्या ९,६७९ पुगेको छ ।

    आजसम्म सक्रिय संक्रमित संख्या २७ हजार ६ सय पुगेको छ । शुक्रबार काठमाडौंमा ४१० जना, ३०१ जना झापामा र १८६ जना चितवनमा संक्रमित फेला परेका छन् ।

  • हुम्लामा भेटिन थाले लक्षण विनाका कोरोना संक्रमित

    हुम्लामा भेटिन थाले लक्षण विनाका कोरोना संक्रमित

    काठमाडौं । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका संक्रमितहरू देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।

    एन्टीजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आइसोलेसनमा बस्दा संक्रमितहरू लक्षण विनाका देखिएका छन् ।संक्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरू लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए ।

    कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौदेखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए ।

    जिल्लाका सात वटै गाउँपालिकामा एन्टीजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए ।

    कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए ।

  • काठमाडौं उपत्यकामा शुक्रबार १,३८४ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा शुक्रबार १,३८४ संक्रमित थपिए

    काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ८१७ जना, ललितपुरमा २९९ जना र भक्तपुरमा १८८ जना नयाँ संक्रमित थपिएका छन् ।

    पछिल्लो समयमा काठमाडौंमा दैनिक संक्रमित हुनेको संख्या ओरालो लाग्दै आएको छ । यद्यपि संक्रिय संक्रमितको संख्या भने कम हुन सकेको छैन ।

    हाल काठमाडौं जिल्लामा १३ हजार ९६७, ललितपुरमा ५ हजार ६०७ र भक्तपुरमा ४ हजार ४८ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने २४ घण्टामा देशभर १०१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा ७ हजार ७३१ जनाले ज्यान गुमाइसकेका छन् ।

  • काठमाडौंमा संक्रमित घटे पनि अस्पतालमा भर्ना हुनेको संख्या घटेन

    काठमाडौंमा संक्रमित घटे पनि अस्पतालमा भर्ना हुनेको संख्या घटेन

    काठमाडौं । देशभरमा कोभिड-१९ का नयाँ संक्रमितको संख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसीयू चाहिएर भर्ना भएका संक्रमितको संख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै संक्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको संख्या कम नभएको हो ।

    एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका शययामा २२५ र अरू शययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा. रबि शाक्यले बताए । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उनले भने, ‘बच्चाको एनआइसीयूबाहेक अरू आइसीयू सधैं भरिभराउ रहेका छन् ।’

    अस्पतालमा पनि पीसीआर परीक्षणका लागि आउनेको संख्या केही कम भए पनि भर्ना हुनेको संख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पताल भित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद संक्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका संख्यामा केही कम भइरहेको अस्पतालका निर्देशक डा. शाक्यले बताए । उनले भने, ‘एक सातायता पीसीआर परीक्षणका लागि अस्पताल आउनेको संख्या पनि घटिरहेको छ ।’

    अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ ।आवश्यकताअनुसार कोभिडका लागि शयया बढाउँदै लगिएको निर्देशक डा. शाक्यले बताए । अहिले नयाँ भेरियन्टसहित संक्रमण देखिन थालेसँगै अरू शययालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय शयया र अरूका लागि ३५० शयया छ । उनले भने, ‘सबै शययामा नै बिरामी झण्डै भरिएका छन् ।’

    अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन् । उनले भने, ‘अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।’

    अस्पतालले कोभिडका लागि ३० आइसीयू र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आइसीयू र बालबालिका लागि एआइसीयू गरी २० आइसीयू रहेका छन् । संक्रमण बढिरहँदा आवश्यकताअनुसार नै शयया बढाउँदै लगिएको निर्देशक शाक्यले बताए । उनले भने, ‘संक्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।’

    अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताए । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय शययामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो । अहिले अक्सिजनको अस्थायी समाधान भएको उनले बताए । अस्पतालमा आइसीयूमा क्षताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उनले जानकारी दिए ।

    संक्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले यस वर्ष सजग भएर पहिले नै आवश्यक संख्यामा पीपीई, पञ्जा र औषधि राखेको थियो । तीन महिनालाई पुग्ने गरी पहिले नै राखिएकाले समस्या नभएको उनले बताए । अस्पताल आफैँले अक्सिजनको व्यवस्थापन गर्न खोजेको छ । अबको दुई सातामा ठूलो अक्सिजन प्लान्ट बनाइने र त्यसका लागि आवश्यक सामान बाटोमा नै रहेको उनले बताए । उनले भने, ‘दुई सातापछि अक्सिजनमा आत्ममनिर्भर बन्न सकिनेछ ।’

    अस्पतालमा आएका बिरामीका आधारमा गत वर्षभन्दा यस वर्ष संक्रमितमध्ये गम्भीर समस्या हुनेको अनुपात बढी छ । पहिले बढी उमेर समूह, दीर्घ रोग भएका व्यक्तिमा मात्रै गम्भीर समस्या भएको थियो । अहिले सबै उमेर समूहमा अक्सिजन वा आइसीयू चाहिने देखिन्छ । गत आर्थिक वर्षमा थोरै संख्यामा मात्रै संक्रमित भएकाले सरकारले समस्या नभएका संक्रमितलाई समेत भर्ना गरेको थियो । उनले भने, ‘अहिले गम्भीर भएका मात्रै आइरहेका छन् ।’

    अस्पतालले गत वर्ष बनाएको योजनाअनुसार नै कोभिडका लागि लक्षित शयया छुट्याइरहेको छ । अहिलेसम्म झण्डै आधा शयया छुट्याइएकामा आवश्यक पर्दा पूरै अस्पतालका ६५० शयया नै कोभिडका लागि छुट्याएर ‘कोभिड अस्पताल’ बनाउन सकिनेछ । अस्पतालले आवश्यक पर्दा परिसरमा टेन्ट राखेर उपचार गर्न सकिने जनाएको छ ।
    -रासस

  • ४ हजार ३६९ संक्रमित थपिँदा निको भए ६ हजार २०५

    ४ हजार ३६९ संक्रमित थपिँदा निको भए ६ हजार २०५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ ।

    देशभरको प्रयोगशालामा १० हजार ९८६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०२ र एन्टीजेनबाट ६सय ६७ जनामा पोजेटिभ देखिएको हो ।

    पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

  • कोरोना संक्रमितलाई टोल-टोलमै पुगेर औषधी वितरण गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष

    कोरोना संक्रमितलाई टोल-टोलमै पुगेर औषधी वितरण गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष

    पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधी वितरण शुरु गरिएको छ ।

    गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास , सेतिदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

    गाउँपालिका अध्यक्ष आफै बिरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेद कार्यालयका स्याङ्जाका कर्मचारी सहितको टोलीले होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण गरेको हो ।

    टोलीले संक्रमितहरूलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिन युक्त औषधि वितरण गर्दा उनीहरूमा रोगलाई जित्ने आत्मबल बढ्ने पौडेलको भनाइ थियो ।

    गाउँपालिकाबासीको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । कोरोनालाई नै लक्षित गरेर कोभिड-१९ अस्थायी अस्पताल सेतिदोभानमा २० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माणको तयारी गरिरहेको र आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष पौडेलले बताए ।

    यसअघि पनि सङ्क्रमितहरूको घरमै गएर उनीहरूको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको गाउँपालिकाले बताएको छ । आँधीखोला वडा नं १ पंचमुलमा ३६ जना, वडा नं २ चिलाउनेबासमा मा २१ जना , वडा नं ५ सेतिदोभानमा ४५ जना र वडा नं ६ फापरथुम १० जना कोरोना संक्रमित रहेका छन् ।

    कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधिको रूपमा चिकित्सकसँगको सल्लाह बमोजिम मात्रै आयुर्वेदिक औषधि वितरण गरिएको हो । औषधि वितरण सँगै बिरामीको अवस्था बुझ्ने, उनीहरूको खानपानमा परिवारलाई सचेत गराउँदै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको आयुर्वेद कार्यालयका स्याङ्जाले बताएको छ ।

    बुधवार ८० जना कोरोना संक्रमितलाई अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्चीको मिश्रण गरी दुई किसिमको आयुर्वेदिक औषधि वितरण गरिएको हो ।

  • कैलालीमा ३ संक्रमितको मृत्यु, ४१६ जना संक्रमित थपिए

    कैलालीमा ३ संक्रमितको मृत्यु, ४१६ जना संक्रमित थपिए

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा धनगढीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी २,५ र ६ का तिन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

    पछिल्लो २४ घण्टामा जिल्लामा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७४७ जनाको परिक्षण गर्दा कैलालीका ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढी उपमहानगरपालिका भित्रका १३८ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका अन्य स्थानीय तहमा २७८ जना संक्रमित भएका छन् ।
    कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

    अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा १०८ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये १ जना भेन्टिलेटरमा र १५ जना आइसियुमा छन् । पछिल्लो २४ घण्टामा १ जना निको भएका छन् भने ४ जना अस्पताल भर्ना भएका छन् ।

  • बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु

    बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु

    पोखरा । बागलुङको ग्रामिण भेग बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते एउटा बिहे भोज थियो । बिहेमा उक्त वडाका सहित वरिपरि गाउँका धेरैको जमघट चल्यो । बिहे भोज पछि सबै गाउँले खुसी थिए ।

    नातीको बिहे भएकाले ८७ वर्षीय पुरुष पनि जमेरै भोज मनाए । तर, त्यो खुसी लामो समयसम्म टिक्न पाएन । सासै फेर्न गाह्रो हुन थालेपछि बैशाख १७ गते धौलागिरि अस्पतालमा उपचारका लागि ल्याइयो र स्वाब परीक्षण गरियो ।

    १८ गते ती पुरुषमा कोरोना पोजेटिभ देखियो । अस्पतालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृत्यु भयो । मृत्यु भएका ती पुरुषको ५१ र ४० वर्षको छोरा र ५३ वर्षीयसहित २ छोरी छन् ।

    बाबुको स्वास्थ्यमा खराबी आएको अर्को दिनमा ४० वर्षीय छोराको स्वास्थ्यमा पनि समस्या देखियो । परीक्षण गर्दा उनमा पनि कोरोना देखियो । ती पुरुषलाई पनि धौलागिरि अस्पतालमै उपचार गरिँदै थियो ।

    घरका जेठा छोरा ५१ वर्षीय पुरुष कामको सिलसिलामा भैरहवा थिए । यता, कान्छो भाइलाई कोरोना पुष्टि हुँदै गर्दा भैरहवामा दाजुको पनि स्वास्थ्यावस्था बिग्रिसकेको थियो । उपचारका लागि भैरहवाका सबै अस्पताल धाउँदा पनि कतै बेड पाएनन् ।

    ती पुरुषलाई थप उपचारका लागि पोखरा ल्याइयो । कोरोना परीक्षण पोजेटिभ आयो । तर, उनी पनि धेरै समय भने व्यतित गर्न पाएनन् । बैशाख ३० गते कान्छाको धौलागिरि अस्पताल र जेठा छोराको पोखरामा उपचारकै क्रममा मृत्यु भयो ।

    बडिगाड गाउँपालिका ४ जलजलाका वडाध्यक्ष प्रेम गलामीका अनुसार २ भाइको २ फरक ठाउँमा एक घन्टाको फरकमा मृत्यु भएको हो । ‘दाजुलाई भैरहवामा बेड नपाएपछि पोखरा उपचार गर्न ल्याइएको थियो । तर, पोखरा आउँदा पनि बाँच्न पाएनन्, दाजुभाइलाई नै एक घन्टाको फरकमा कोरोनाले लग्यो,’ उनी भन्छन् ।

    कोरोनाबाट एकै परिवारको ३ जनाको मृत्यु भइसकेपछि पनि अझै परिवारमा बज्रपात पर्न छाडेको छैन । आइतबारमात्रै परिवारकी जेठी छोरी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनी पनि धौलागिरि अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

    गाउँले नै बिरामी, गाउँ ‘सिल’ !

    बिहे भोजबाट फर्किएपछि अहिले गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । गाउँमा बिरामीको संख्या बढेपछि गाउँपालिकाले १९ र २२ गते पहिलो पटक परीक्षण गरेको थियो । परीक्षणका क्रममा एकैचोटी ४९ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष प्रेम गलामी बताउँछन् ।

    बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा कोरोना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बिरामी परेका छन् । हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’

    गाउँपालिकाको १० बेडको आइसोलेसन वार्ड छ । तर, त्यसले गाउँभरिको बिरामी धान्न नसक्ने वडाध्यक्ष गलामी सुनाउँछन् । उनकाअनुसार गाउँबाट हाइवे पुग्न पनि एक घन्टा लामो कच्ची सडकको यात्रा गर्नुपर्छ ।

    ‘हिजो र आजै २ जना शंकास्पदको मृत्यु भयो । उहाँहरुको स्वाब परीक्षण नै गरेका छैनौं,’ वडाध्यक्ष गलामी भन्छन्, ‘गाडीबाट जान पनि टाढै छ । गाउँले बिरामी भएर सबैको अवस्था गम्भीर छ । हात उठाउनेबेला भइसक्यो ।’ उनका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयअनुसार बागलुङमा आइतबारसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै ८ सय ४ जना सक्रिय संक्रमित छन् ।

     

  • कैलालीमा थपिए २५० संक्रमित

    कैलालीमा थपिए २५० संक्रमित

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ जनाको परीक्षण गर्दा कैलालीका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    धनगढीमा मात्रै ४४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
    धनगढी बाहेकका कैलालीका अन्य स्थानीय तहमा २०६ जनामा संक्रमण पुष्टि भएको छ । कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा २३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    अस्थायी कोरोना अस्पतालमा अहिले ४७ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये ५ जना भेन्टिलेटरमा र २० जना आइसियुमा रहेका छन् ।

    कोरोना संक्रमित ११ जना निको भएका छन् भने ५ जना अस्पताल भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

  • चिकित्सक भन्छन् -दोस्रो पटक संक्रमित भएकाहरुकाे स्वास्थ्य झन जटिल

    चिकित्सक भन्छन् -दोस्रो पटक संक्रमित भएकाहरुकाे स्वास्थ्य झन जटिल

    रुपन्देही । एकपटक कोरोना संक्रमण परेर निको भएका र कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई पनि अहिलेको संक्रमणले निकै च्यापेको छ ।पहिलो चरणको संक्रमणभन्दा यो पटकको संक्रमणले निकै दुःख दिएको उनीहरुको भोगाई छ ।

    विशेषगरी खोप लगाएका र पहिलोपटक संक्रमणमा परेकाहरुले स्वास्थ्य सुरक्षा सर्तकतामा ध्यान नदिएका कारण पनि यस्तो भएकोे स्वास्थ्यकर्मीको भनाइ छ ।

    एकपटक कोरोना जितेपछि अब केही हुँदैन र कोरोनाविरुद्ध खोप लगाएकालाई केही हुँदैन भन्ने दम्भका कारण यस्तो समस्या आएको चिकित्सक संघ लुम्बिनीका सचिव डा. सागर न्यौपानेको भनाइ छ ।

    ‘एकपटक संक्रमण भएकालाई तीन महिना नहुनसक्छ भन्ने हो तर भाइरसका प्रकृति फरक फरक आइरहेकाले ठ्याक्कै यस्तो भन्ने पुष्टि हुन सकेको छैन, पहिलो पटक भएकाले तयार गरेको एन्टिबडीले तीन महिनासम्म रोगप्रतिरोधी क्षमता बढाउन सक्टछ तर अब कोरोनाले छुनसक्दैन भन्ने भ्रम धेरैमा छ त्यो सचेतनामा कमी आएकै कारण हो,’ उनले भने ।

    कोरोनाविरुद्ध दोस्रो खोप लगाएकाहरु प्नि संक्रमणको जोखिममा परेका छन् । डा. न्यौपानेका अनुसार अहिलेसम्म यसको शतप्रतिशत रोकथाम कतै हुन सकेको छैन, कोरोनाविरुद्ध खोप लगाएकाहरुमा ७० प्रतिशतसम्म रोकथाम हुन्छ भन्ने अनुमान मात्र हो ।

    तर पछिल्लो समयमा खोप लगाएका धेरैजनामा संक्रमण देखिएको छ केहीले ज्यान पनि गुमाएका छन् । कोरोनाविरुद्ध खोप लगाएको भएपनि आफ्नो आमाको संक्रमणबाट मृत्यु भएको बताउँछन् बुटवल १३ का ऋषि आजाद ।

    ‘मेरो आमामा कुनै पनि दीर्घ रोग थिएन, नियमित औषधि खानुपरेको थिएन, कोरोनाविरुद्धको खोप पनि लगाउनुभएको थियो तर मलाई संक्रमण भएपछि होमआइसोलेसनमा बसें, आमालाई पनि संक्रमण सर्यो, १५ दिन अस्पतालमा राखियो तर बचाउन सकिएन’ उनले भने ।

    पहिलो चरणको संक्रमणमा पनि आफ्नो परिवारका सदस्यहरु धेरैजना परेको तर अहिलेको जस्तो जटिल अवस्था नआएको उनको अनुभव छ । ६५ वर्षका आजादले कोरोना संक्रमण जित्न उच्च आत्मबसहित नियमित खानपान र औषधि उपचारमै गम्भीर बन्न सुझाव दिन्छन् ।

    बुटवल उपमहानगरपालिका सेमलारका तुल्सी पौडेल पनि गत कार्तिक महिनामा कोरोना संक्रमणमा परेका थिए । उनको परिवारमै त्यतिबेला संक्रमण देखिएको थियो, तर अहिलेजस्तो जटिल थिएन । उनका अनुभवमा पनि पहिलेभन्दा अहिले निकै समस्या जटिल रहेको छ ।

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य ०७७ कार्तिक ५ गते संक्रमणमा परेकी थिइन् । त्यतिबेला दुई साता घरमै बसेर कोरोना परास्त गरेकी आचार्यलाई अहिले पनि संक्रमणले भेटाएको छ । तर पहिलेभन्दा अहिलेको संक्रमणले निकै च्यापेको छ ।

    अहिले त राम्रोसँग बोल्न पनि सकेको छैन, निकै च्यापेको छ, खोकी पनि निकै धेरै छ, म्यासेनजरमा आफ्नो प्रतिक्रिया दिँदै उनल भनिन्– बोल्न निकै समस्या परेको छ ।

    पहिले संक्रमणमा परेकाहरु पनि अहिले संक्रमित भएको भएपनि कति जना परेका छन् भन्ने तथ्यांक जिल्ला तथा प्रदेश स्वास्थ्य कार्यालयमा छैन तर समस्या आइरहेको उनीहरु बताउछन् । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले दोस्रो पटक पनि संक्रमित बनेको र खोप लागेकालाई पनि संक्रमण देखिएपनि यसको आधिकारिक तथ्यांक निकाल्न नसकिएको बताए ।

    ‘स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतमा दोस्रोपटक पनि संक्रमण परेको अवस्था छ, सर्तकता बढाउन जरुरी छ उनले भने ।
    ‘पहिलो र दोस्रो डोज लगाएर दुई साता पुगेकालाई संक्रमण दर र संक्रमण भएपनि मृत्युदर अत्यन्तै कम रहेको छ, यो अहिले रुपन्देहीमा देखिएको तथ्यांकले पुष्टि हुन्छ, ६५ वर्षमाथिका संक्रमित कम छ र मृत्युदर पनि कम छ, ५० वर्षभन्दा कमीमा धेरै संक्रमण देखिएको छ,’ डा. गिरीले भने ।

     

     

  • रुपन्देहीमा शुक्रबार थपिए ७८२ संक्रमित

    रुपन्देहीमा शुक्रबार थपिए ७८२ संक्रमित

    रुपन्देही । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी प्रभावित बनेको रुपन्देहीमा आज पनि ७८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२२१ नमुना परीक्षण गर्दा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    यो अवधिमा ११ जनाको मृत्यु हुँदा संक्रमणबाट अहिलेसम्म २४३ जनाले ज्यान गुमाएका छन् । आज २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै जिल्लामा ६००० जना सक्रिय संक्रमितमध्ये २६९ जनामा लक्षण देखिएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३७१ जनामा संक्रमिण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १३४ जना, सिद्धार्थनगरमा ८३ जना, सैनामैनामा ५८ जना र देवदहमा ५० जना नयाँ संक्रमित थपिएका छन् ।

    त्यस्तै सुद्धोधनमा १८ जना, मायादेबीमा १५ जना, सियारीमा १४ जना, कञ्चनमा ११ जना, लुम्बिनी साँस्कृतिक नगरमा ८ जना, ओमसतियामा ५ जना, कोटहिमाईमा ६ जना, रोहिणीमा ४ जना र मर्चवारी र सम्मरीमाईमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • बुटवलमा अक्सिजनसहित आइसोलेसनमै पठाउन थालियो स्वास्थ्यकर्मी

    बुटवलमा अक्सिजनसहित आइसोलेसनमै पठाउन थालियो स्वास्थ्यकर्मी

    रुपन्देही । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि निःशुल्क अक्सिजन सेवा सुरुवात गरेको छ ।

    उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ ।

    उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरि नयाँ व्यवस्था गरिएको छ ।

    एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
    बुटवलका अस्पतालमा आइसियु बेड अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले यस्तो कामको थालनी गरेको जनाएको छ ।

    कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसियु बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ ।

    अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको सुरुआत गरेको छ ।

    होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी घरमै पुर्‍याइरहेको छ ।

    होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ ।

    आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइने छ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

    सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

    संघसंस्थाको समन्वय

    उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत छन् ।

    अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको संयोजक एवम् उपप्रमुख आचार्यले बताइन् ।

    जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको उनले बताइन् ।

     

    आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा

    कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख,उपप्रमुखसहितको टोली यस वर्ष पनि घरदैलोमा पुगेका छन् ।

    होम आइसोलेसनमा बसेकाहरुका लागि भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु यस वर्षपनि संक्रमितको घरघरमा पुगेका छन् ।

    उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् ।

    आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले बताइन् ।

    बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो । महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काम मध्येको यो पनि एउटा हो ।

    बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ ।

    होम आइसोलेसनमा मापदण्ड पूरा गर्न आग्रह

    कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ ।

    होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ ।

    संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

    कन्ट्रयाक ट्रेसिङ र लक्षण देखिए निःशुल्क परीक्षण

    उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ ।

    १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने छ ।

    संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेसनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पुर्‍याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । यी सबै कामका लागि फोलक पर्सन तोकिएको छ ।

  • गम्भीर प्रकृतिका संक्रमित बढेको बढ्यै, अस्पतालमा अक्सिजन र बेड अभाव

    गम्भीर प्रकृतिका संक्रमित बढेको बढ्यै, अस्पतालमा अक्सिजन र बेड अभाव

    रुपन्देही । कोरोनाको हटस्पट बनेको बाँकेको स्थिति झन्पछि झन् भयाबह बन्दैछ । सोमबार बिहानसम्म बाँकेमा सक्रिय संक्रमितको सङ्ख्या २४०८ पुगेको छ । संक्रमितमध्ये अधिकांशको स्थिति गम्भीर प्रकारको छ ।

    बाँकेमा कोरोना संक्रमणबाट जिल्लाभित्रका ८६ र बाहिरका १०४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ । जसमध्ये सबैभन्दा धेरै नेपालगन्जमा १४३१ सक्रिय संक्रमित छन् भने ४५ जनाको मृत्यु भइसकेको छ ।

    स्थिति झन्पछि झन् जटिल भएपछि स्वास्थ्यकर्मी पनि आत्तिन थालेका छन् । उनीहरुले जिल्लामा अक्सिजनसहित अस्पतालमा बेड थप्न सरकारसँग माग गरेका छन् ।

    उपचार गराइरहेका भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज संक्रमितले भरिएका छन् । संक्रमित बढ्दै जाँदा अक्सिजन र बेडको अभाव हु्न थालेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । ‘अस्पताल भरिएको छ, बिरामी कहाँ राखौं भनेर फोन आइरहेका छन्, हामीलाई तत्काल अक्सिजनसहितको बेड व्यवस्थान आवश्यक छ,’ उनले भने ।
    वलीले सबै पालिकास्तरमा गम्भीर खालका बिरामी बढ्दै गएकाले अक्सिजनसहितको बेड आवश्यक भएको बताए ।

    ‘प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको छ तर आश्वासन मात्र भएर पुगेन जतिसक्दो छिटो व्यवस्थान गर्नुपर्यो’, वलीले भने ।

    अहिले बाँकेमा तत्कालको अवस्थामा ५ सयदेखि १ हजार बेडको अक्सिनसहितको अस्थायी अस्पताल आवश्यक रहेको वलीले बताए ।

    भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले अस्पतालमा सबै बेड भरिएर बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपरेको बताए ।

    ‘जनशक्तिको पनि अभाव भयो, हामीले यो अवस्थाको जानकारी पहिले नै संकेत गरेका थियौं तर समयमै सम्बोधन हुन सकेन, अहिले भयावह आयो’, उनले भने, ‘दुई सय बेड भएको अस्पतालमा दोब्बर संख्यामा बिरामीको उपचार गर्नुपरेको छ, कसरी बिरामीलाई हेर्न सकिन्छ ? जनशक्तिको उस्तै अभाव छ, जतिसक्यो छिटो अक्सिजनसहितको बेड र जनशक्ति थप गर्नुपर्यो, हाम्रो अनुरोध हो हामीले सकेजति त गरेकै छौं तर अवस्था धेरै भयावह भएको छ’, डा थापाले भने ।

    आवश्यक बजेट पठायौं, जनशक्तिको पहल भएको छ: प्रदेश सरकार

    लुम्बिनी प्रदेशकास्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीले बाँकेको भयावह स्थितिलाई ध्यान दिँदै आवश्यक बजेट विनियोजन गरी पठाएको बताए । उनले आवश्यक जनशक्तिको व्यवस्थापनका लागि केन्द्रसँग समन्यव गरिसकेको बताए ।
    ‘कोभिड विशेष अस्पतालले मात्र धान्नसक्ने अवस्था आएन, सबै मेडिकल कलेजलाई व्यवस्थापनका लागि आग्रह गरिसकेका छौं, निजी मेडिकल कलेजले कति प्रतिशत बिरामी राख्नसक्ने भनेर सोधेका छौं छिटै नै यसको व्यस्थापनका लागि अगाडि बढ्छौं’, मन्त्री गिरीले भने । उनले सीमा क्षेत्रमा होल्डिङ सेन्टर राखेर भारतबाट आउने सबै नेपालीलाई सम्बन्धित पालिकामा लैजाने व्यवस्था मिलाएको जानकारी दिए ।

    ९० प्रतिशत चिकित्सक संक्रमित भएपछि अस्पताल बन्द 

    बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको उपचार सेवा बन्द एक हप्ताको लागि बन्द गरिएको छ ।
    अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गर्दा ९० प्रतिशतमा संक्रमण पुष्टि भएसंगै उपचार सेवा बन्द गरिएको हो ।

    कर्मचारी तथा चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

    अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुनेछन् । कोरोना संक्रमित बढेसँगै बाँकेलगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको नेपालगन्ज उपमहानरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले बताए ।

    उनले जनशक्ति र बेड अभाव भएको जानकारी प्रदेश र केन्द्रलाई दिए पनि सम्बोधन नभएको बताए । उनले बाँकेको आवाज छिटो सम्बोधन गर्न आग्रह गरे ।

    कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

    उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ । कोहलपुर नगरपालिकाले आइतबार राति १२ बजेदेखि वैशाख १९ गते मध्यरातिसम्म लकडाउन गरिएकोछ ।

    यसैबीच, एकैदिन बाँकेमा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४० जनाको जाँच गर्दा ९३ जना र भारतबाट आएका ६९ जनालाई नाकामा जाँच गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो ।

    खजुरामा अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा

    बाँकेको खजुरा गाउँपालिकाले अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा ल्याएको जनाएको छ । ‘अक्सिजनसहितको वेडको व्यवस्थापन गरी संचालनमा ल्याएका छौं,’ खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आइतबारदेखि नै सुविधासहितको आइसोलेसन सञ्चालनमा ल्याइएको जानकारी दिंदै भने, ‘सुरुमा ४० बेड जनक शिक्षामा र वडा नं. १ मा १० बेड संचालनमा ल्याउने र त्यसलाई आवश्यकता अनुसार बढाएर लिने लक्ष्य छ ।’

    खजुरामा रहेको जनक शिक्षा सामग्रीको भवनमा तयार गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख ओम रानालगयत सुरक्षा अधिकारीले आइतवार नै अवलोकन गरेका छन् ।

    त्यस्तै, खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको छ । आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको निगरानी रहने उक्त आइसोलेसन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार अवलोकनपछि शुभारम्भ भएको बताएका छन् ।

    ‘अक्सिजन अभाव छैन’

    अक्सिजन अभाव भैरहेको भन्ने खबर सार्वजनिक भैरहेका बेला वास्तविकता बुझ्न बाँके परसपुरमा रहेको र नेपालकै ठूलो मध्यको एक एच. ओ. अक्सिजन इन्डष्ट्रिजको अनुगमन गरिएको छ ।

    अनुगमनकर्ता अधिवक्ता बसन्त गौतमले उद्योगका म्यानेजर दिपक केसीलाई उदृत गरी दिएको जानकारीअनुसार बजारमा हल्ला भए जस्तो उद्योगमा अक्सिजनकोको कमी छैन ।

    नियमित बिद्युत् आपूर्ती भइरहे अक्सिजनको अभाव नहुने उनले बताए ।

    संक्रमितलाई बाहिरै राखेर उपचार

    अहिले बाँकेका सबै अस्पताल भरिएका छन् । गम्भीर प्रकृतिका बिरामी बढिरहेका छन् ।

    नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ छ । भेरी अस्पतालमा अहिले एउटा बेड पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

    अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारको लागि तयार गरेको कोभिड वार्डका सबै १४२ बेड भरिएको थापाले बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकोले आउँदा दिनहरु अझै भयावह हुने सम्भावना बढेकाले स्वास्थ्यकर्मी थप चिन्तित छन् ।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका विरामीले भरीभराउ भएको र अक्सिजनको मात्रा कम भएका विरामीलाई घर पठाउनुपर्ने बाध्यता आइसकेको बताए । उनले संक्रमण रोकथाम र संक्रमित गम्भीर प्रकृतिका विरामीलाई उपचार व्यवस्था मिलाउन सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

    संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा.आसिम किदवाईले अस्पतालमा बेड अभाव भएकोले विरामीलाई भर्ना गर्न नसकिने अवस्था रहेको बताए ।

    शिक्षण अस्पतालमा गम्भीर प्रकृतिका बिरामीले आइसियु पर्खेर बसेको बताउँदै संक्रमित विरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर जान लागेको बताए ।

    भेरी अस्पतालका फिजिसियन डा.खगेन्द्रजंग शाहले अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए प्राय सबैमा संक्रमण देखिएको बताए ।

    कोरोना संक्रमित बिरामीहरुको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरु स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित बन्न थालेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सबै पालिकाको समन्वयमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन समन्वय गरिरहेको बताए ।

    ‘यो महामारीको कसैले कल्पना गरेको थिएन, अब सबैको समन्वयमा लड्ने हो’, उनले भने, ‘सबै पालिकामा रहेका आइसोलेसन सेन्टरमा बिरामीको उपचार गर्ने, अक्सिजनसहितको बेड र जनशक्ति थपका लागि प्रदेश तथा केन्द्रसँग पहल गर्ने काम भइरहेको छ ।’

  • बुटवल अस्पतालको आईसीयूबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिए

    बुटवल अस्पतालको आईसीयूबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिए

    रुपन्देही । आइतबार बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिएका छन् ।

    शौचालय जान निस्केका बिरामी भागेपछि अस्पताल व्यवस्थापन तथा परिवारजनमा तनाव उत्पन्न भएको थियो ।

    बिहान अस्पतालबाट भागेको उनी दाङको भालुवाङमा रहेको आफन्तको घरमा पुगेको उनका आफन्तले बताएका छन् । अस्पतालबाट शौच गर्नका लागि जाने बहाना बनाएर फरार रहेका ५५ वर्षीय पुरुष सार्वजनिक सवारी बस चढेरै भालुवाङ पुगेका हुन् ।

    निमोनियाका रोगी बुटवलका ५५ वर्षीय पुरुष लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि गएकोमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

    गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आईसीयू कक्षमा भर्ना भएका उनी दाङ पुगेपछि आफन्तलाई खबर गरेका थिए । बुटवल स्थायी बसोबास भएका ५५ वर्षीय ती पुरुष के कति कारणले दाङ पुगे भन्ने विषय प्रष्ट भएको छैन ।

    उनी पुस ८ गते आईसीयूमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नरहेको डा. सुदर्शन थापाले जानकारी दिए ।

    आईसीयूमा भर्ना भएका कोरोना संक्रमित अस्पतालबाट भागेपछि….