Tag: शुभावति कुर्मी

  • कपिलवस्तु महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको मृत्यु

    कपिलवस्तु महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको मृत्यु

    रुपन्देही । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको मृत्यु भएको छ ।

    निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । कुर्मी महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुन् ।

    उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने उनले बताए ।

    यसभन्दा अगाडि कपिलवस्तुमा बुद्धभूमि नगरपालिका– ८ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो ।