Tag: विशाल भट्टराई

  • ओलीको रोजाइका विशाल भट्टराई र पदम गिरी केन्द्रीय कमिटीमा किन अटेनन् ?

    ओलीको रोजाइका विशाल भट्टराई र पदम गिरी केन्द्रीय कमिटीमा किन अटेनन् ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातमा महाधिवेशनको बन्दसत्र हलमा केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्दा विशाल भट्टराई र पदम गिरीको नाम नआएपछि धेरै महाधिवेशन प्रतिनिधि अचम्मित भए ।

    संसदीय दलको प्रमुख सचेतक र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भट्टराई अध्यक्ष ओलीको रोजाइका नेता हुन् । तर, उनी किन छुटे ? धेरैले ठम्याउनै सकेनन् ।

    भट्टराईजस्तै संसदीय भूमिकामा अब्बल साबित भएका र सबैभन्दा कान्छो प्रत्यक्ष निर्वाचित सांसद पदम गिरी केन्द्रीय सदस्यको प्रबल दाबेदार थिए । युवा पुस्ताबाट उनी केन्द्रीय सदस्यको रुपमा इन्ट्री हुने निश्चित हुँदा हुँदै कसरी छुटे ?

    गिरी आफैं पनि छक्क परे । स्रोतका अनुसार उनी केही सहयोगीसहित सोमबार अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए । गिरीको नाम केन्द्रीय सदस्यको सूचीमा नदेख्दा आफू पनि दुःखित भएको भन्दै ओलीले ‘यसपटक मिस भएछ’ भन्दै मनोनयनलगायतका अन्य प्रक्रियाबाट समेट्ने संकेत गरेका छन् ।

    पर्वतबाट पदम गिरी केन्द्रीय सदस्य नपरेपछि जिल्ला नै खाली भएको छ । जिल्ला कमिटीको निर्वाचित अध्यक्ष रहेका युवा नेता गिरी पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका प्रभावशाली नेता हुन् ।

    विशाल भट्टराई भने एमालेको प्रदेश १ को अध्यक्ष बन्ने लगभग निश्चित भएको छ । एमालेको विधानमा केन्द्रीय कमिटीपछि प्रदेश कमिटीलाई कार्यकारी मानिन्छ । प्रदेश कमिटीको अध्यक्ष केन्द्रीय कमिटीको पदेन सदस्य हुने भएकाले उनी केन्द्रीय कमिटी सदस्य नपरे पनि असन्तुष्ट छैनन् ।

  • सूचीमा नपरेका विशाल भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन

    सूचीमा नपरेका विशाल भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन

    काठमाडौं । एमाले महाधिवेशनमा सहमतिका लागि केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ जनाको केन्द्रीय सदस्य सूचीमा विशाल भट्टराई परेका छैनन् ।

    प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएको बताइएको छ ।

    पदाधिकारीमा आकांक्षा देखाएका भट्टराईले उम्मेदवारी पनि दिएका छैनन् । नेताहरूसँगको कुराकानीपछि उनी प्रदेश अध्यक्ष बस्न तयार भएको एक नेताले बताए ।

  • एमालेको ठहर- संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ

    एमालेको ठहर- संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले एकतर्फीरूपमा बजेट पारित गरेको भन्दै असन्तुष्टी जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन खोजिएका आरोप लगाएको हो ।

    पत्रकारहरूसँग कुराकानी गर्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली अलोकतान्त्रिक र संसदीय मर्यादाविपरीत रहेको बताए । ‘संसदमा प्रस्तुत भएका विषयभन्दा पनि सभामुखको कार्यशैली र उहाँले एमालेप्रति गरेको विभेदका कारण हामी आन्दोलनमा छौं । उहाँले प्रवृत्ति नसच्याएसम्म र एमालेमाथि भएको अन्याय नहटेसम्म अवरोध जारी रहन्छ’, भट्टराईले भने ।

    उनले संसदको आठौं अधिवेशनमा विजनेश दिन नसक्ने सत्ता पक्षले अहिले एमालेले जनताको आवाज कुण्ठित गर्यो भनी आरोप लगाउनु हास्यास्पद रहेको बताए । ‘संसदको आठौं अधिवेशन सम्झना दिलाउन चाहन्छु । साउन ३ देखि ३२ गतेसम्म २९ दिन उहाँहरुले संसदलाई बिजनेश दिनुभएन । त्यतिबेला सोध्नुपर्‍थ्यो जनताको आवाज बन्द किन गरियो भनेर अहिले एमालेले ५ पटक संसदमा अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ?’, भट्टराईले प्रश्न गरे ।

    उनले सभामुखले एमाले सांसदमाथि कारवाहीको सूचना टाँस्ने वा मार्गप्रशस्त गर्नेमध्ये एक बाटो रोज्नुपर्ने बताए । संसदमा जबर्जस्ती गर्न खोजिएको भन्दै भट्टराईले निकास दिने जिम्मेवारी प्रतिपक्षको नभए सत्तापक्ष र सभामुखको हुने बताए ।

    विनियोजन विधेयक पारित भएलगत्तै एमाले नेताहरू संसद भवनमै छलफल जुटेका थिए । संसद भवनबाट बाहिरिने क्रममा ‘सत्तापक्षले पेल्यो नि ?’ भन्ने पत्रकारको प्रश्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘पेल्न दिनु’ भन्ने जवाफ फर्काएका थिए ।

  • संसदमा एमालेको प्रश्न- केपी ओली सत्तापक्ष हुन् ? सत्तापक्षबाट प्रतिपक्षलाई गालिगलौज किन ? (भिडियो)

    संसदमा एमालेको प्रश्न- केपी ओली सत्तापक्ष हुन् ? सत्तापक्षबाट प्रतिपक्षलाई गालिगलौज किन ? (भिडियो)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सत्तापक्षका सांसदहरुको अभिव्यक्तिले संसदीय मर्यादा र पद्धति उल्लंघन भएको भन्दै औपचारिक रुपमा आफ्नो आपत्ति दर्ज गरेको छ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठक शुरु हुनासाथ नियमित प्रक्रियामा जान नदिइ एमालेले आपत्ति जनाएको थियो । सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएपछि उनले सत्तापक्षका अभिव्यक्तिहरुप्रति आपत्ति जनाएका हुन् ।

    भट्टराईले सर्वोच्च अदालतको परमादेशबाट विपक्षी बेञ्चमा पुगेका केपी ओलीलाई गाली गलौज गरेर ओली अहिले पनि सरकारकै नेतृत्वमा रहेको जस्तो व्यवहार सत्तापक्षले गरेको बताए । उनले सरकारमा बस्नेहरु प्रतिपक्षी जस्ता भएको टिप्पणी गरे ।

    उनले भने– यो सरकार जनादेशले होइन, परमादेशले बदलिएको छ । आज पनि परमादेशबाट हटेका केपी ओलीलाई सबैभन्दा ठूलो सत्तापक्ष जसरी गालीगलौजको केन्द्रबिन्दु बनाइएको छ । सरकारमा बस्नेतहरु प्रतिपक्ष जस्ता भएका छन् ।

    बिहीबारको बैठकमा कांग्रेस सांसद गगन थापा र माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष ओलीले पछिल्लो पटक प्रतिनिधिसभामा बोलेका कुरालाई लिएर टिप्पणी गरेका थिए । एमालेले विपक्षी दलका नेतामाथि सत्तापक्षबाट भएका अमर्यादित अभिव्यक्ति सैह्य नहुने चेतावनी समेत दिएको छ ।

  • ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

    ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप-प्रत्यारोप भएको छ ।

    नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको बिहीबारको बैठकमा विवाद भएको हो ।

    यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिवाद गरे । प्रतिनिधिसभको विशेष समयमा यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरे ।

    भट्टराईले ती शब्द अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरू गम्भीर र आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

    यादवले भने आफूले सो कुरा एउटै पार्टी नेकपा भएका बेला पनि भनेको जिकिर गरे ।

  • एमाले मुख्य सचेतक भट्टराईले बुझाए संसद सचिवालयको गाडी

    एमाले मुख्य सचेतक भट्टराईले बुझाए संसद सचिवालयको गाडी

    काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले संसद सचिवालयलाई आफूले लिइरहेको सुविधा फिर्ता गरेका छन् । संसद विघटन भएसँगै उनले मुख्य सचेतकले पाउने गाडी फिर्ता गरेका हुन्।

    ‘नेकपा (एमाले ) को मुख्य सचेतकको जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु,’ भट्टराईले फेसवुकमा लेखेका छन्, ‘ आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु । मेरो सचिवालयमा रहेर काम गर्नुभएका साथीहरुलाइ पनि सधन्यबाद बिदा गरेको छु।’

    यसअघि एमालेकी सचेतक शान्ता चौधरीले पनि सेवासुविधा बाफत पाएको गाडी फिर्ता गरेकी छिन्।

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप (भिडियो)

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप (भिडियो)

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

    कोभिड-१९ का कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईद्वारा सांसदहरूलाई प्रेषित पत्रमा उल्लेख छ ।

  • स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो)

    स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो)

    काठमाडौं । नेकपा एमालेले सांसदले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरी थप कारवाही अघि बढ्ने बताएको छ । कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएको आरोपमा एमालेले संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

    नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले स्पष्टीकरणको जवाफ आउन थालेको भन्दै त्यसलाई विश्लेषण गरी कारवाही प्रक्रिया बढाउने बताएका छन् । केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टीकरण पत्र पठाएको भट्टराईले जानकारी दिए ।

    उनले भने, ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरू भएका छन् । कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहने केही व्यक्तिहरूसँग पटक-पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरू हुने, अँध्यारा कोठाहरूमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिँड्ने ? स्पष्टीकरण बुझाउने क्रम जारी नै छ । त्यसको विश्लेषण गरेर हामी थप कारवाही अघि बढाउँछौँ ।’

    कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उल्लंघन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै प्रमुख सचेतक भट्टराईले बताए । ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पार्टीले निष्कासन गर्ने पनि उनले जानकारी दिए ।

    ‘कर्णाली प्रदेशका पाँच जना विधायकले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टीकरण सोधेको छ । उहाँहरूमाथि पार्टीले कारवाही गर्छ । पार्टीले निष्कासन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ ।’

  • विशाल भट्टराईको वक्तव्य-प्रचण्डको पत्र गैरकानूनी र औचित्यहीन

    विशाल भट्टराईको वक्तव्य-प्रचण्डको पत्र गैरकानूनी र औचित्यहीन

    काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् ।

    भट्टराईले संसदीय दलको तर्फबाट शुक्रवार प्रेस विज्ञप्ति जारी गरी दलको विधान बमोजिम विधिवत रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी गैरकानूनी रहेको दाबी गरेका छन् ।

    प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड-माधव पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली, उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए ।

    भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानूनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानूनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’

    मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकका मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेकाे हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने बताएका छन् ।

    भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन् ।

     

  • संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक

    संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक

    काठमाडौं । संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ । प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले शुक्रबार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गरेका थिए ।

    शनिबार सार्वजनिक विदा भएकाले आइतबारदेखि भट्टराईलाई सत्तापक्षको मुख्य सचेतकले पाउने सवारी लगायतका सुविधाको प्रक्रिया अघि बढाइएको हो । ‘हामीलाई नयाँ नियुक्तिको पत्र प्राप्त भएको छ’ स‌ंघीय स‌सद सचिवालयका प्रवक्ता डा‍. रोजनाथ पाण्डेले भने, त्यसै अनुसार सचिवालयले उहाँको कार्यकक्ष निर्माण गरेको छ, र आजैदेखि सेवा सुविधा गणना हुनेछ ।’

    उनका अनुसार  भट्टराईले सवारी सुविधा बुझिसकेका छन् भने सचिवालयले पनि नेकपाको प्रमुख सचेतकका रुपमा पत्राचार गर्न शाखामा पत्राचार गरेको छ ।

    सचिवालयले नेकपा मुख्य सचेतकका रुपमा देव गुरुङले प्रयोग गरेका गाडी सुविधा फिर्ताका लागि आग्रह गर्ने भएको छ । आफैंले फिर्ता नगरेमा पत्राचार गरिने र फिर्ता नभए सचिवालयले नै गाडी फिर्ता गर्ने एक उच्च अधिकारीले बताए ।

    कानून र सम्बन्धित संसदीय दलको विधान अनुसार दलको नेताले मुख्य सचेतक र सचेतक नियुक्ति गर्न पाउने भएकाले सचिवालयले यसमा नेकपाको विवादभित्र पस्न नमिल्ने ती अधिकारीले नेपाल प्रेसलाई बताए ।

  • नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, ओलीले नियुक्त गरे विशाल भट्टराई

    नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, ओलीले नियुक्त गरे विशाल भट्टराई

    काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।

    भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भएका थिए ।

    विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ ।

    पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत रुपमा नेकपाको संसदीय दल एउटै छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।

    प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव पक्षले दलको अलग्गै बैठक बसेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेका थियो । अहिले प्रतिनिधिसभा पुनःस्थापनापछि दलको नेताबाट ओलीलाई हटाउने प्रक्रियामा जाने कि सिधै संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

    ओली पक्षले पार्टी विभाजनले कानुनी मान्यता नपाउँदासम्म दलको नेता ओली रहेको हुनाले प्रचण्ड-माधव पक्षले दलको नेता परिवर्तन गर्ने हो भने बहुमत सांसद जुटाएर दलभित्रको प्रक्रियामा आउनुपर्ने बताइरहेको छ ।

    तर प्रचण्ड–माधव पक्षका सांसद कृष्णभक्त पोखरेलले भने आफूहरुले त्यसबारे अहिले नसोचेको भन्दे संसदकै प्रक्रियामा जाने सम्भावना रहेको बताए । नेकपाका संघीय संसदका २२३ सांसदमध्ये दुवै पक्षमा हाराहारी सांसद रहेका छन् ।

    केही सांसदको ओहोरदोहोर चलिरहेको बेला ओलीलाई बुहमतबाट हटाउने संख्या नपुग्ने आशंका प्रचण्ड-माधव पक्षमा छ । त्यसैले दलको वैधानिक प्रक्रियामा जाने भन्दा अब पार्टी विभाजनलाई कानुनी प्रक्रियाबाट मान्यता दिलाउनेतर्फ सो पक्ष लाग्ने भएको छ ।