Tag: वागमती प्रदेश

  • माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

    माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पारजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

    गौतम लाई ७६ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६  मत ल्याए ।

    अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो । प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मदतदान गरेका थिए ।

    उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । सचिवका  उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

    सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् ।

  • वागमतीमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए, आजै सपथ

    वागमतीमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए, आजै सपथ

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।

    सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो ।

    श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् ।

    योसँगै वागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

    यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन् ।

    यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । वागमतीमा १५ मंसिरको मन्त्रीपरिषद्को निर्णयअनुसार आठवटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ ।

  • वागमती प्रदेशमा नेकपा एसका दुई मन्त्री थपिँदै

    वागमती प्रदेशमा नेकपा एसका दुई मन्त्री थपिँदै

    काठमाडौं । वागमती प्रदेशमा आज हुन लागेको मन्त्रिपरिषद् विस्तारमा नेकपा एकीकृत समाजवादीले दुईजना मन्त्रीको नाम टुंगो लगाएको छ । प्रमुख सचेतक मुनु सिग्देलका अनुसार काभ्रेका बसुन्धरा हुमागाई र काठमाडौंका वसन्त मानन्धर मन्त्री बन्दैछन् ।

    नवनियुक्त मन्त्रीहरूको आजै सपथग्रहण हुँदैछ ।

    सत्ताघटक माओवादी केन्द्रले पनि दुई युवा नेतासहित तीनजनालाई मन्त्री सिफारिस गरेको छ। मन्त्रीका लागि दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल छन् ।

  • वागमतीको मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो

    वागमतीको मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो

    काठमाडौ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथग्रहण हुँदैछ ।

    सत्ताघटक माओवादी केन्द्रले दुई युवा नेतासहित तीनजनालाई मन्त्री सिफारिस गरेको छ। मन्त्रीका लागि दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल छन् ।

    खड्का माओवादीको वागमती प्रदेश कमिटीको अध्यक्षका प्रमुख दाबेदार समेत हुन् । पदाधिकारी चयन नहुँदै खड्कालाई मन्त्री बनाइएको छ ।

  • केन्द्रकाे सिकाे गर्दै बागमती प्रदेशमा पनि सरकार सञ्चालन कार्यदल : संयोजकमा माओवादीका दुलाल

    केन्द्रकाे सिकाे गर्दै बागमती प्रदेशमा पनि सरकार सञ्चालन कार्यदल : संयोजकमा माओवादीका दुलाल

    काठमाडौं । संघमा जस्तै सरकार संचालनका लागि वागमती प्रदेशमा पनि कार्यदल गठन भएको छ । माओवादी नेता युवराज दुलालको नेतृत्वमा ‘वागमती प्रदेश सरकार संचालन समन्वय कार्यदल’ गठन भएको हो ।

    ५ सदस्यीय कार्यदलमा माओवादीबाट दुलालसहित बुद्धिमान माझी छन् । त्यस्तै ​कांग्रेसबाट प्रभात तामाङ र राधा घले तथा एकीकृत समाजवादीबाट मीना ज्ञवाली र माधव पौडेल रहेका छन् ।

    दुलालले कार्यदलले सरकार संचालनमा सघाउने र गठबन्धनको संस्कृति निर्माण गर्ने कार्यक्षेत्र रहेको बताए । ‘साझा न्यूनतम कार्यक्रम बनाउन सघाउने, बजेटका लागि सरकारलाई सुझाव दिने, गठबन्धन सरकारकार मन्त्री र पदाधिकारीका लागि आचार संहिता बनाउने, गठबन्धनको संस्कृति, समझदारी र एकतालाई बलियो बनाउने काम यसले गर्छ,’ दुलालले कार्यदलबारे नेपाल प्रेससँग भने ।

    संघमा सञ्चालन सहजिकरणका लागि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति बनाइएको छ ।

  • वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, पक्षमा ५९ विपक्षमा ४३

    वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, पक्षमा ५९ विपक्षमा ४३

    हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत हासिल गरेका छन् ।

    वागमती प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा कुल उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ । त्यस्तै २ जना प्रदेशसभा सदस्यले मत दिन्न अर्थात तटस्थमा मतदान गरेका छन् । मतदान प्रक्रियामा ५ जना अनुपस्थित भए ।

    प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा गत कात्तिक ११ गते पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • वागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

    वागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

    ‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ । त्यसैले यसबारे म धेरै कुरा गर्न चाहन्नँ । सबै माननीय सदस्यहरूसँग विश्वासको मत माग्दछु’, पाण्डेले भने ।

    पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि प्रदेशसभामा अहिले दलीय आधारमा धारणा राख्ने क्रम सुरू भएको छ ।

  • पाण्डेले लिए मुख्यमन्त्रीको सपथ, गठबन्धनबाट बने तीन मन्त्री

    पाण्डेले लिए मुख्यमन्त्रीको सपथ, गठबन्धनबाट बने तीन मन्त्री

    हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रमुख यादवचन्द्र शर्मा समक्ष दिउँसो ३ः३० मा सपथ लिएका हुन्।

    पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल गरी तीन मन्त्रीले पनि सपथ लिएका छन् ।

  • वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

    वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

    मकवानपुर । वागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।

    एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि हिजो मार्गप्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो ।

    प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

    वागमती एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरिए पनि औपचारिकरूपमा नेताहरूले बोलेका छैनन् ।

  • वागमती प्रदेश : विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

    वागमती प्रदेश : विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

    हेटौंडा । वागमती प्रदेको मुख्यमन्त्रीमा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ ।

    अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दावी पेस गरेको हो ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार विहीबार दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान गरेका छन् ।

  • मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन् प्रदेश प्रमुखसमक्ष राजीनामा

    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन् प्रदेश प्रमुखसमक्ष राजीनामा

    हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी छिन् । प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उनले राजीनामा बुझाएकी हुन् ।

    एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्यको राजीनामापछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् ।

    शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएर १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन् । अहिले प्रदेशमा एमालेका ४३ जनामात्रै सांसद छन् ।

    वागमती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ ।

    यहाँ नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) को एकजना प्रदेशसभा सदस्य छन् । अब वागमती गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ ।

  • वागमती प्रदेश : मुख्यमन्त्री शाक्यको छिनोफानो कात्तिक १० गते

    वागमती प्रदेश : मुख्यमन्त्री शाक्यको छिनोफानो कात्तिक १० गते

    काठमाडौं । वागमती प्रदेशसभाको बैठक कात्तिक १० गते बस्ने भएको छ ।

    दलीय धारणापछि सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया १० कात्तिक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिए ।

    आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलका नेताहरूले धारणा राखेका छन् ।

    दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

    विश्वासको मतदानमाथि आजै मतदान हुने भनिए पनि पार्टीको वार्ड तथा पालिका अधिवेशनका कारण एमालेले बैठक स्थगित गर्न अनुरोध गरेको थियो । तर, आज १ बजेका लागि तोकिएको बैठक ३ बजे सारेर एमालेसहितको सहभागितामा अर्को दिन प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

     

  • राजेन्द्र पाण्डेको कटाक्ष- अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं (भिडि‌ओ)

    राजेन्द्र पाण्डेको कटाक्ष- अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं (भिडि‌ओ)

    हेटौडा । नेकपा समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहविरुद्ध बनेको गठबन्धनले संविधान र लोकतन्त्र जोगाउने गरी काम गर्ने बताएका छन् ।

    वागमती प्रदेशसभामा बोल्दै पाण्डेले प्रतिगमनकारी कित्तामा उभिएका कारण वर्तमान प्रदेश सरकार फेर्नुको विकल्प नरहेको बताए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफैं प्रतिगमनविरुद्ध लडेको भए पनि अन्तिममा सोही कित्तामा उभिएकोले साथ दिन नसकेको बताए ।

    ‘हिजो अष्टलक्ष्मीजीलाई मुख्यमन्त्री प्रस्ताव गरेर डोरमणिजीविरुद्ध उभ्याउने हामी नै हौं । आज उनै डोरमणिले गरेका कामको फेहरिस्त सुनाएर अष्टलक्ष्मीजीले निवेदन गरेजस्तै लाग्यो’, पाण्डेले भने ।

    उनले अल्पमतमा परेको ३९ दिनसम्म मुख्यमन्त्रीको कुर्सीमा टाँस्सिएर बस्नु अशोभनीय भएको भन्दै पाण्डेले शाक्यलाई राजीनामा दिन सुझाव दिए । पाण्डेले गठबन्धनका तर्फबाट आफूलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएकोमा धन्यवाद दिए ।

  • ईन्द्र बानियाँ भन्छन्- वागमतीमा गठबन्धन सरकार बन्छ, जनताको काम गर्छ (भिडिओ)

    ईन्द्र बानियाँ भन्छन्- वागमतीमा गठबन्धन सरकार बन्छ, जनताको काम गर्छ (भिडिओ)

    हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्र बानियाँले नयाँ बन्ने गठबन्धन सरकारले जनभावना अनुसार काम गर्ने बताएका छन् ।

    प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावउपर धारणा राख्दै बानियाँले एमाले सरकारले कागजमा नारा लेखेपनि व्यवहारमा उतार्न नसकेको आरोप लगाए ।

    ‘मुख्यमन्त्रीजीले यो गर्‍यौं , त्यो गर्‍यौं भन्नुभयो तर ती सबै कागजमै सीमित छन् । अब हामी सरकार बनाउँछौ जनताका काम यथार्थमै गर्छौ’, बानियाँले भने । उनले मुख्यमन्त्री शाक्यले प्रक्रिया लम्ब्याउनुभन्दा राजीनामा दिनु उपयुक्त हुने बताए ।

    ‘गठबन्धनको पक्षमा स्पष्ट बहुमत छ । अब यो प्रक्रिया २-५ दिन लम्ब्याएर केही हुँदैन । मार्गप्रशस्त गरेको भए राम्रो हुन्थ्यो’, बानियाँले भने ।

    संघदेखि प्रदेशसम्म गठबन्धनमा कांग्रेस इमान्दार रहेको भन्दै बानियाँले संविधान जोगाउन बनेको गठबन्धनले नै अब वागमतीमा सरकार चलाउने बताए ।

  • जमरकट्टेलले भने- मुख्यमन्त्रीज्यू मूठभेड होइन मार्गप्रशस्त गर्नुस्

    जमरकट्टेलले भने- मुख्यमन्त्रीज्यू मूठभेड होइन मार्गप्रशस्त गर्नुस्

    काठमाडौं । वागमती प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं माओवादी सांसद शालिकराम जमरकट्टेलले राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सुझाव दिएका छन् ।

    सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभालाई आफूखुसी चलाउन खोजेको भन्दै जमरकट्टेलले ढिलाइ गर्नुभन्दा मार्गप्रशस्त गर्नु नै मुख्यमन्त्रीको हितमा हुने चेतावनी दिएका हुन् ।

    ‘प्रदेशसभाबारे एउटा सहमति गरे पनि मुख्यमन्त्रीजीको पार्टीले अनेक बहाना गरेर मुठभेड निम्त्याउन खोजेको छ । मुख्यमन्त्रीले आफ्नो कुरा राखिसक्नुभयो अब राजीनामा दिनु नै उपयुक्त हुन्छ । विश्वासको मत लिन ढिलो भइसकेको छ । अझै निहुँ खोज्ने हो भने बहुमत लिएर प्रदेश प्रमुखकहाँ जान बाध्य हुनेछौ’, जमरकट्टेलले प्रदेशसभा बैठकमा भने ।

    संविधान र लोकतन्त्र जोगाउन केन्द्रदेखि नै गठबन्धन बनेको भन्दै जमरकट्टेलले वागमतीमा नयाँ सरकार गठन गरेर राजनीतिक कोर्स सच्याइने बताए ।

  • विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले भनिन्- दल विभाजनले लोकतन्त्र बलियो हुँदैन

    विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले भनिन्- दल विभाजनले लोकतन्त्र बलियो हुँदैन

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन् । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै शाक्यले संवैधानिक व्यवस्थाअनुसार नै आफू विश्वासको मत माग्न उपस्थित भएको बताइन् ।

    राजनीतिक दलहरु कमजोर र विभाजित हुँदा लोकतन्त्र नै संकटमा पर्ने आफ्नो बुझाइ रहेको भन्दै शाक्यले संविधानको भावनाविपरीत अध्यादेश ल्याएर नेकपा एमाले विभाजन गरिएको बताइन् ।

    ‘राजनीतिक दलको विभाजनले लोकतन्त्र बलियो हुँदैन भन्ने मेरो मान्यता छ । संविधानले परिकल्पना नै नगरेको अध्यादेश ल्याउने निन्दनीय काम गरियो । तर पनि संविधानको मर्मको सम्मान गर्दै मैले विश्वासको मत लिन प्रस्ताव पेश गरेको छु’, शाक्यले भनिन् ।

    एमाले नेतृत्वको प्रदेश सरकारले गरेका कामहरूको लामो फेहरिस्त पेस गर्दै मुख्यमन्त्री शाक्यले आफ्नो कार्यकाल छोटो भएपनि राम्रो काम गर्न अधिकतम प्रयास गरेको बताइन् ।

    प्रदेश सरकार समृद्धि र जनताका चाहनाप्रति जिम्मेवार रहेको भन्दै शाक्यले पूर्ववर्ती सरकार र आफ्नो नेतृत्वको सरकारका सबै मन्त्रीलगायतलाई धन्यवाद ज्ञापनसमेत गरिन् ।

  • वागमती प्रदेशसभा बैठकमा एमाले नजाने, बैठक रोकिए बहुमत सांसदको हस्ताक्षरको तयारीमा गठबन्धन

    वागमती प्रदेशसभा बैठकमा एमाले नजाने, बैठक रोकिए बहुमत सांसदको हस्ताक्षरको तयारीमा गठबन्धन

    मकवानपुर । वागमती प्रदेश सरकार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भनिए पनि प्रदेशसभाको बैठकको एजेण्डा अन्योल बनेको छ ।

    आजका लागि आह्वान गरिएको बैठक सार्न एमाले वागमती प्रदेश कमिटीले सभामुखलाई पत्र पठाएर आग्रह गरेको छ । अन्तिम समयमा आएर बैठक स्थगित गर्न खोज्नु अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यको सरकारको आयु बढाउन खोजिएको भन्दै टिप्पणीसमेत बढेको छ ।

    अपरान्ह ३ बजेका लागि आह्वान गरिएको बैठक सारेर यही ११ कात्तिकका लागि संसद बोलाउन सत्तारुढ एमालेका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभा सचिवालयमा प्रस्ताव पठाएका छन् ।

    पार्टीको वडा र पालिका अधिवेशनका कारण व्यस्तताले बैठकमा उपस्थित हुन नसक्ने भएकाले समय सार्न एमालेले आग्रह गरेको हो । आजको बैठक सभामुखले राखे पनि एमालेका सांसदहरू उपस्थित नहुने निरौलाले बताए ।

    उनले भने, ‘हामीले प्रदेशसमा विहीबारका लागि बोलाइएको बैठक सार्नका लागि भनेका छौं । सभामुखले बैठक सार्नुभएन भने पनि आजको बैठकमा हामी उपस्थित हुन सक्दैनौं ।’

    विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) भने विहीबारका लागि आह्वान गरिएको बैठक नसर्नेमा ढुक्क छन् । सभामुखले यदि बैठक सार्ने प्रयत्न गरेको खन्डमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा जाने उनीहरूको भनाइ छ ।

    नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी एमालेले सरकारको आयु लम्ब्याउन खोजे पनि अल्पमतमा परिसकेको सरकार अब टिक्न नसक्ने बताउँछन् ।

    एकीकृत समाजवादी बाग्मती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देल केन्द्रीय सहमतिअनुसार वागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने सहमति भएकाले एमालेले बैठक सार्न माग राखे पनि उसको योजना सफल नहुने बताउँछिन् ।

  • वागमती प्रदेश : मुख्यमन्त्रीमाथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

    वागमती प्रदेश : मुख्यमन्त्रीमाथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि विश्वासको मतमा मतदान गर्ने समय केही दिन पर सार्न नेकपा (एमाले) ले आग्रह गर्ने भएको छ ।

    एमाले वागमती प्रदेश संसदीय दलले पार्टीको वडा अधिवेशनका कारण नेता, कार्यकर्ता व्यस्त हुने भएकाले भोलि लिने भनिएको विश्वासको मतदानलाई केही दिन सार्न प्रदेश संसद सचिवालयलाई पत्रसमेत लेख्ने निर्णय गरेको छ।

    उक्त पत्र लिएर एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौला सभामुख सानुकुमार श्रेष्ठलाई भेट्न गएका छन् । पत्रमा ११ गते मतदानको समय तोक्न आग्रह गरिएको छ ।

    मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया दसैँअघि नै सुरू भएको भए पनि मतदान भने दसैँपछि गर्ने निर्णय भएको थियो । उक्त सहमतिअनुसार विश्वासको मतका लागि भोलि मतदान गर्ने समय निर्धारण गरिएको थियो ।

    एमाले विभाजन भइ नेकपा एस बनेपछि शाक्य अल्पमतमा परेकी छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । यस्तो अवस्थामा शाक्यले विश्वासको मत पाउन कठिन हुने देखिएको छ।

  • अष्टलक्ष्मीको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि मात्र

    अष्टलक्ष्मीको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि मात्र

    हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी छिन् । सो प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।

    मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित गरे ।

  • वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

    वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको भनिएपनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

    कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले प्रमुख प्रतिपक्षी दल भएकोले नयाँ सरकारको नेतृत्वमा कांग्रेसको स्वभाविक दाबी रहने बताए ।

    ‘प्रतिपक्षमा रहेकामध्ये कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । हाम्रो सम्भावना रहुन्जेल मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ । यसबारे समाजवादी र माओवादीसंग पनि छलफल गर्छौ’, ती सांसदले भने ।

    कांग्रेसको वागमती प्रदेशसभा दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्रीको दाबेदार हुन् । तर, संघीय सत्ता गठबन्धनभित्र वागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भइसकेको छ । सोही अनुसार समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ । समाजवादीलाई प्रदेश १ मा पनि मुख्यमन्त्री दिने सहमति कांग्रेस र माओवादीले गरिसकेका छन् ।

    वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । शाक्यले विश्वासको मत नपाउने समीकरण स्पष्ट भइसकेकोले विपक्षी दलहरू भावी सरकारको नेतृत्वका लागि अग्रसर भएका हुन् । कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरेसँगै संघीय सत्ता गठबन्धनमा थप छलफल आवश्यक देखिएको छ ।

  • वागमतीमा नेकपा एसका संसदीय पदाधिकारी चयन, अष्टलक्ष्मी शाक्यलाई हटाउन गठबन्धन बनाउने

    वागमतीमा नेकपा एसका संसदीय पदाधिकारी चयन, अष्टलक्ष्मी शाक्यलाई हटाउन गठबन्धन बनाउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल नियुक्त भएकी छन् । दलका नेता राजेन्द्र पाण्डेले उपनेतामा कृष्ण खनाल र सचेतक बसुन्धरा हुुमागाईलाई प्रस्ताव गरेका हुन् ।

    सोमबार बसेको दलको बैठकले वागमतीमा एमालेको सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय समेत गरेको छ ।
    गठबन्धनमा सामेल भएका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्नका लागि बैठकले पाण्डेलाई जिम्मा दिएको छ । पाण्डे मुख्यमन्त्रीका दाबेदार हुन् ।

    नेकपा एसले ३ दलीय गठबन्धन सरकारको तर्फबाट गर्ने साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल,बसन्त मानन्धर,मीना ज्ञवाली र बसुन्धरा हुमागाईलाई जिम्मा दिएको छ ।

    नेकपा एसले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसिकेकोले नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । सो पाार्टीले बहुमत गुमाइसकेको सरकारलाई विकास निर्माणका कार्यक्रम स्वीकृत गर्न,निश्चित सर्तका आधारमा वितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकास नगर्न समेत चेतावनी दिएको छ ।

  • अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

    अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीसहित सरकार विस्तार गरेकी छन् । अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

    माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्काले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएकी छन् भने आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी अजय क्रान्ति शाक्यले पाएका छन् । यसअघि आन्तरिक मामिला मन्त्री रहेका केशव पाण्डे भौतिक पूर्वाधार मन्त्री भएका छन् ।

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ :-

  • वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै, आजै सपथग्रहण (सूचीसहित)

    वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै, आजै सपथग्रहण (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् । एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजे हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद फेस गर्ने प्रमुख सचेतक दीपक निरौलाले बताए । थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।

    आज मन्त्री र राज्यमन्त्रीमा थपिनेहरू यस प्रकार छन् :-

    १. अजय क्रान्ति शाक्य, काठमाडौं

    २. चन्द्र लामा, काभ्रेपलान्चोक

    ३. रचना खड्का, दोलखा

    ४. शान्तिप्रसाद पौडेल, रामेछाप

    ५. प्रदीप कटुवाल, सिन्धुली

    ६. विजय सुवेदी, चितवन

    ७. सरस्वती बाटी, भक्तपुर

    ८. बद्री मैनाली, नुवाकोट

    ९. जुनेली श्रेष्ठ, मकवानपुर

    १०. जीवन खड्का, ललितपुर

     

  • वागमतीका सामाजिक विकासमन्त्री खनाल पनि एकीकृत समाजवादीमा

    वागमतीका सामाजिक विकासमन्त्री खनाल पनि एकीकृत समाजवादीमा

    काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

    अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् । तर, उनले आज निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

    योसँगै एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने एमाले सांसदहरूको संख्या १२ पुगेको छ।

  • वागमती प्रदेशका १२ सांसदले एमाले छाडे, नेकपा एसको पक्षमा सनाखत (सूचीसहित)

    वागमती प्रदेशका १२ सांसदले एमाले छाडे, नेकपा एसको पक्षमा सनाखत (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् ।

    उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

    सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।

    एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

    नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :-

    १. राजेन्द्र पाण्डे

    २. मुनु सिग्देल

    ३. वसुन्धरा हुमागाईं

    ४. लक्ष्मण लम्साल

    ५. राजेन्द्रमान श्रेष्ठ

    ६. पार्वती सिलवाल

    ७. ईन्द्रमाया गुरुङ

    ८. माधव पौडेल

    ९. वसन्त मानन्धर

    १०. रमा आले मगर

    ११. कुसुमकुमार कार्की

    १२. कृष्ण खनाल

  • एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

    एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

    काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्न नदिन ठूलो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेको छ । प्रदेशसभा सदस्यहरुले विभाजित दल रोज्न पाउने अन्तिम दिन २२ गतेपछि मन्त्रिपरिषदले पूर्णता पाउने एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

    उनले संविधानले दिएको सिमाभित्र रहेर २२ सदस्यीयसम्मको मन्त्रिपरिषद बनाउन सकिने बताए । अहिले नै कति मन्त्रलाय बनाउने भन्ने टुंगो नलागे पनि २२ जनासम्मलाई मन्त्री बनाउन सकिने र त्यसकै सेरोफेरोमा हुने निरौलाले बताए ।

    उनले भने, ‘हामी अहिले छलफलमै छौं, हाम्रो पार्टी विभाजित भएकाले अब संयुक्त सरकार बनाउनुपर्ने हुन्छ । प्रदेशसभाका हाम्रा सांसदहरुलाई पार्टीमै राख्ने प्रयास भइरहेको छ । अरु साना दलसँग पनि सहमति गरेर चाँडै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ र २२ जनासम्म मन्त्री बनाएर भने पनि सरकार पूरै अवधि टिकाउँछौं ।’

    विगतमा माधव नेपाल समूहमा एमालेका प्रदेशसभा सदस्यहरु धेरैले दुवैति मन्त्रीको बार्गेनिङ गरिरहेका छन् । राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसन्त मानन्धर, बसुन्धरा हुमागाईं लगायत केही सांसदलेमात्र अहिलेसम्म नेकपा एस रोजेका छन् । अरु दुवैतिर छलफलमा छन् ।

    निरौलाले भने केपी ओली र माधव नेपाल दुवैको समर्थनमा अष्टलक्ष्मी मुख्यमन्त्री बनेकाले नेकपा एसले उनलाई नै निरन्तरता दिने दावी गरे । शाक्यलाई मुख्मन्त्री बनाउने सहमति राजेन्द्र पाण्डे, अरुण नेपाल, केशव पाण्डे र आफूसहितको कार्यदलले गरेको हुनाले पाण्डे पनि सहमतिबाट पछि हट्न नमिल्ने उनले बताए ।

    निरौलाले नेपाल प्रेससँग भने, ‘राजेन्द्र कमरेडलाई मुख्यमन्त्रीपछिको बरिष्ठतम मन्त्री बनाउने समझदारी छ । उहाँसहितको कार्यदलले सहमति गरेर अहिलेको मुख्यमन्त्री र तत्कालीन मुख्यमन्त्रीले हुन्छ भनेपछि हामीले शीर्ष नेतालाई मनाएका हौं । त्यसैले यो सरकार उहाँहरुको पनि हो ।’

    राप्रपा, नेपाल मजदूर किसान पार्टी र विवेकशील साझा पार्टीसँग पनि सरकारलाई निरन्तरता दिनेबारेमा छलफल भइरहेको उनले बताए । वागमती प्रदेशसभामा एमालेका ५६, माओवादीका २३, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका एक सांसद छन् ।

    एमालेका कति सांसदले नेकपा एस रोज्छन् भन्ने कुरा भदौ २२ गतेपछि मात्र प्रष्ट हुनेछ । पाण्डेले नेकपा एसमा ११ जना सांसद रहने दावी गरेका छन् । तर दुवै पक्षसँग कतिपय सांसदले मन्त्री पदको माग गरिरहेका छन् । शाक्य पहिलो महिला मुख्यमन्त्री र विगतमा प्रचण्ड–माधवको पक्षमा उभिएका कारण पनि उनलाई निरन्तरता दिन नैतिक रुपमा पनि बाध्य हुने तर्क उनको छ ।

    एमालेले नेकपा एसमा ५ जना भन्दा बढी सांसद जान नदिने गरी एकातिर पहल गरिरहेको छ भने अर्कोतिर साना दलको समर्थन लिएर सरकार टिकाउन छलफल चलाइरहेको छ ।

    यसैबीच माओवादी अध्यक्ष प्रचण्डलाई केही उनी निकटहरुले भेटेर तत्काल अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीबाट हटाउनेतर्फ नलाग्न सुझाव दिएका छन् । अमृत बोहोरासँग लामो समय नजिक रहेका एक माओवादी नेताले प्रचण्डलाई यस्तो सुझाव दिएको पुष्टि गरे ।

    अर्कोतर्फ वागमतीको सरकार ढालेर नेकपा एसले नेतृत्व गर्ने कि कांग्रेसले भन्ने विवाद पनि निस्किएको छ । कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले महाधिवेशनसम्म भने पनि आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरे पनि त्यसमा सहमति नभएकाले उनी आफैं पनि शाक्यको सरकार ढाल्न इच्छुक देखिएका छैनन् ।

    बानिया एमाले नेताहरुसँग संवादमा छन् ।

  • पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मीः अनुभवी नेतृको काँधमा वागमती प्रदेश

    पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मीः अनुभवी नेतृको काँधमा वागमती प्रदेश

    काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

    शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिन्थिन् । आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उनी विभाजन प्रक्रियाबाट बाहिर भएकी छन् । माधव नेपालको साथ छोडेसँगै उनलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दल तयार भएको हो ।

    नेपालमा संघीय प्रणालीको शुरूआत भएर बनेका सात प्रदेश सरकारमा अहिलेसम्म महिला नेतृत्व थिएनन् । वागमतीले अष्टलक्ष्मीको रूपमा अनुभवले खारिएकी नेतृलाई मुख्यमन्त्री पाएको छ । यद्यपि, उनको कार्यकाल भने धेरै लामो छैन । वर्तमान प्रदेशसभाको बाँकी करिब डेढ वर्षे कार्यकाल उनले मुख्यमन्त्रीका रूपमा चलाउने छिन् ।

    २०७४ सालको चुनावमा प्रतिनिधिसभाको उम्मेदवार नबनी वागमती प्रदेशसभाको चुनाव लड्दा उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । काठमाडौं ९ (ख) बाट प्रदेशसभा उम्मेदवार बनेकी शाक्य स्वयम् पनि मुख्यमन्त्रीकी आकांक्षी थिइन् । तर, पार्टीभित्रको गुटगत राजनीतिका कारण उनको चाहना पूरा भएन । शाक्यलाई पन्छाउँदै ओली समूहका डोरमणी पौडेलले मुख्यमन्त्री पाए । त्यसयता उनी वागमती प्रदेशमा डोरमणीकी प्रतिद्वन्द्वीका रूपमा थिइन् । तर, अहिले डोरमणीले त्यागको भावना देखाउँदै शाक्यलाई सौहार्दतापूर्वक पद हस्तान्तरण गरेका छन् ।

    लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन उत्पन्न भएपछि डोरमणीलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबनाउने प्रयास भएका थियो । माधव समूहले उनलाई संसदीय दलको नेता चयनसमेत गरेर डोरमणीविरुद्ध अविश्वास प्रस्ताव दर्तासमेत गरेको थियो । तर, २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेर एमाले र माओवादी ब्युँताइदिएपछि उक्त अविश्वासको प्रस्ताव फिर्ता भयो ।

    तर, यसका बाबजुद पनि एमाले संसदीय दल दुई चिराकै अवस्थामा थियो । संस्थापन विरोधी समूहको नेतृत्व शाक्यले गरेकी थिइन् । गत ६ जेठमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल समूहसमेतको सहयोगमा विपक्षी गठवन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले एमाले उम्मेदवार रामबहादुर थापालाई हराएका थिए । पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भनेर संस्थापन पक्षले शाक्यसहित १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको थियो । तर, पछि एकता प्रयास स्वरुप उक्त स्पष्टीकरण फिर्ता लिइयो । स्पष्टीकरण फिर्तासँगै एमालेभित्र मेलमिलापको वातावरण बनेको हो ।

    डोरमणी र अष्टलक्ष्मीबीचको कटुतापूर्ण सम्वन्धमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनुअघि एकाएक सुधार आएको थियो । उनीहरूले संयुक्तरूपमा नीति-कार्यक्रम र बजेटको पक्षमा उभिन सांसदहरूलाई ह्वीप जारी गरेका थिए । यसले केन्द्रमा समेत एकताको सन्देश दिएको थियो ।

    यो पनि पढ्नुहोस् :

    विगतमा पार्टी अध्यक्ष केपी ओलीको कटु आलोचक बनेकी शाक्य पछिल्ला दिनमा एकताको पक्षमा थिइन् । त्यसैले उनले पार्टी विभाजन प्रक्रियाबाट आफूलाई बाहिर राखिन् । फलतः एमालेले उनलाई पुरस्कारस्वरूप मुख्यमन्त्री दिन तयार भएको छ ।

    वागमतीमा ११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ सांसदमध्ये २२ जना माधव नेपाल पक्षका छन् । नेपाल पक्षकी प्रमुख नेतृ नै संस्थापनका तर्फबाट मुख्यमन्त्री बनेपछि अन्य सांसदहरु असमञ्जसमा परेका छन् । अझै पनि नेपाल पक्षका सांसदहरुले समर्थन फिर्ता लिएको खण्डमा अष्टलक्ष्मीको सरकार अल्पमतमा पर्ने देखिएको छ ।

    को हुन् अष्टलक्ष्मी ?

    देशकै अग्रणी महिला नेतृको सूचीमा आउँछिन् ६८ वर्षिया अष्टलक्ष्मी । २०१० सालमा दशैंको अष्टमीका दिन जन्मेको भएर उनको नाम अष्टलक्ष्मी राखिएको हो ।

    काठमाडौंको झोँछेमा बसोबास गर्ने नेवार परिवारमा जन्मेकी अष्टलक्ष्मीले २०२९ सालमा एसएलसी पास गरेकी थिइन् । घरपरिवारले बिहेको लागि दबाब दिएपछि उनी २०३६ सालमा घर छोडेर भागिन् र पूर्णकालीन राजनीतिमा लागिन् ।

    शाक्यले पञ्चायतकालमा ११ वर्षसम्म भूमिगत जीवन बिताएकी थिइन् । उनको विवाह २०३७ सालमा पार्टीकै सहयोद्धा अमृतकुमार बोहरासँग भएको थियो । बोहरा अहिले एमालेका स्थायी समिति सदस्य हुन् । उनी माधव नेपाल समूहकै भए पनि अहिलेको विभाजनमा सहभागी छैनन् ।

    पार्टीको महिला संगठन स्थापनामा उनको ठूलो योगदान छ । उनल गौरा प्रसाइ सुशील श्रेष्ठ लगायतसँग मिलेर हेटौंडामा नेकपा मालेको गोप्य सम्मेलन आयोजना गरेकी थिइन् । सो सम्मेलनले नेपाल महिला संगठनको पुनर्गठन गरेको थियो ।

    शाक्य २०५४ सालको संसदीय चुनावमा काठमाडौंबाट सांसद निर्वाचित भएकी थिइन् । यस्तै, २०७१ सालमा भएको संविधानसभा चुनावमा पनि निर्वाचित भएकी उनी आफ्नो राजनीतिक जीवनमा दुईपटक मन्त्री बनिन् । एकपटक उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने अर्कोपटक उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

    लामो राजनीतिक संघर्ष र योगदानका कारणले सबैले सम्मान गर्ने नेतृ हुन् अष्टलक्ष्मी । उनका राजनीतिक जीवन धेरै महिलाहरुका लागि प्रेरणादायी छ । क्षमताको हिसाबले भने उनी औसत मानिन्छिन् । पार्टीको जिम्मेवारीमा छँदा होस वा मन्त्री बन्दा, उनको विशेष खुबी केही देखिएको छैन । अब मुख्यमन्त्रीका रूपमा उनले छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती आइपरेको छ ।

  • डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी दलको नेता चयन, आजै मुख्यमन्त्री परिवर्तन

    डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी दलको नेता चयन, आजै मुख्यमन्त्री परिवर्तन

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक दीपक निरौलाले बताए ।

    डोरमणी अन्तिम क्याबिनेट बैठकका लागि मुख्यमन्त्री कार्यालयमा गएका छन् र त्यसपछि प्रदेश प्रमुखसमक्ष राजीनामा दिनेछन् । आजै अष्टलक्ष्मी शाक्य वागमतीको मुख्यमन्त्री नियुक्त हुने निरौलाले बताए ।

    सपथग्रहण भने भोलि हुनेछ । एमालेले दलको नेता परिवर्तनको सूचना प्रदेश प्रमुखको कार्यालयलाई दिएको छ । एमाले दलको बैठकमा तीन चारजनाबाहेक सबै सांसद उपस्थित भएको निरौलाले बताए ।

  • वागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    वागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

    आज अपरान्ह पाँच बजे बोलाइएको बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्ने छ ।

  • राष्ट्रियसभा निर्वाचनबारे आजै सहमति गर्न ओली र नेपाललाई सुझाव

    राष्ट्रियसभा निर्वाचनबारे आजै सहमति गर्न ओली र नेपाललाई सुझाव

    काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेशका प्रदेशसभा सदस्य अरुण नेपालले वार्ता टोलीले पार्टीका विवाद समाधान गर्दै गर्दा राष्ट्रियसभा निर्वाचनका बारेमा शीर्ष तहमा आजै साँझसम्म सहमति हुनुपर्ने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै माधव नेपाल पक्षधर नेता नेपालले भोलि मतदानका बेला एमालेका मतदातालाई एकै ठाउँमा उभिने वातावरण केपी ओली र माधव नेपालले बनाइदिनुपर्ने बताए ।

    नेपालले भने, ‘वार्ता टोली बस्दै गर्छ, आजको भोलि समाधान हुँदैन । तर राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा अध्यक्ष र बरिष्ठ नेता आजै बसेर साझा निष्कर्ष निकाल्नुपर्छ र उहाँहरुले निकालेको निष्कर्ष मान्न सबै तयार हुन्छन् । विवेक प्रयोग गर भनेरमात्र हुँदैन ।’

    एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ । माधव नेपाल पक्षले कांग्रेस र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका खिमलाल देवकोटालाई समर्थन जनाएको छ ।

    नेपालको सचिवालयले मंगलवार साँझ वक्तव्य जारी गर्दै देवकोटा नै उम्मेदवार रहेको र मतदातालाई स्वविवेक प्रयोग गर्न दिने बादलको प्रस्तावमा समर्थन जनाएको बताएको थियो ।

    तर, नेपाल पक्षधर नेताहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे लगायत देवकोटालाई जिताउदन हेटौंडामा बसेका छन् । हेटौंडामा मतदाताहरु पुग्ने क्रम जारी छ ।

    यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले माधव पक्षधर नेताहरुलाई फोन गरेर पार्टीका आधिकारिक उम्मेदवार बादलको पक्षमा उभिन आग्रह गरेका छन् । केही नेताले समर्थन जनाए पनि केहीले ओली र माधव नेपालबीच सहमति गराउन आग्रह गरेका छन् ।

    महासचिव पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई पत्र लेखेरै बादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । एमालेका सबै मतदाता एक ठाउँमा उभिदा बादलको जित सहज हुनेछ ।

  • राष्ट्रियसभा उपनिर्वाचनका तीन उम्मेदवार, आफूले नै जित्ने बादल र देवकोटाको दावी (भिडियो)

    राष्ट्रियसभा उपनिर्वाचनका तीन उम्मेदवार, आफूले नै जित्ने बादल र देवकोटाको दावी (भिडियो)

    काठमाडौं । राष्ट्रियसभाको वागमती प्रदेशका लागि हुन गइरहेको उपनिर्वाचनमा तीन जनाको उम्मदेवारी परेको छ। शुक्रबार मनोनयन दर्ता गर्ने समयभित्र सत्तारुढ दल नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले उम्मेदवारी थिए ।

    हेलिकप्टर चढेर उम्मेदवारी दिन गएका बादलका प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल थिए । सर्मथक भने वागती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छन्।

    त्यस्तै नेपाली विपक्षी दलको साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । देवकोटाको उम्मेदवारीको प्रस्तावकमा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस वागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन्।

    उनलाई एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका उपेन्द्र-बाबुराम भट्टराई समूहको सर्मथन छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन् ।

    उम्मेदवारी दिएपछि बादल र देवकोटा दुवैले आफ्नो-आफ्नो जित निश्चित भएको दावी गरेका छन् । मनोनयन दर्ता गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै बादलले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। एमालेका सबैको मत आफूले पाउने उनको भनाइ थियो ।

    ‘पार्टीले मलाई उम्मेदवार बनायो,’ उनको भनाइ थियो, ‘ यो प्रदेशको ९ हजार ५ सय ६४ मतदाता मध्ये पार्टीको ५ हजार १ सय ३० मत छ। यो मतले नै मेरो जित सुनिश्चित छ।’

     

    यस्तै, देवकोटाले पनि साझा गठनबन्धनबाट उम्मेदवार रहेकाले आफूले जित्ने दावी गरे । ‘अहिले मुलुकको संविधान र व्यवस्थापन कमजोर बनाइएको छ। ‘संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई हात खुट्टा बाँधेर काम गर्न दिएको छैन,’ संघीयताबारे जानकार समेत मानिने उनले भने, ‘प्राप्त उपलब्धि भताभुंग गरिएको छ। जनआन्दोलन, माओवादी आन्दोलन, जनजाति आन्दोलनबाट हामीले पाएको संविधान र व्यवस्थाको हत्या गर्ने काम प्रधानमन्त्रीबाटै भएकाले यसको रक्षाको लागि मेरो उम्मेदवारी हो।’

    गठनबन्धन उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका डा. देवकोटा स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने भएकाले उनले दलको चुनाव चिह्न भने पाउने छैनन् । उनले कलम चुनाव चिन्ह रोजेका छन् । राष्ट्रियसभा सदस्यमा प्रदेशसभाका सदस्य, प्रदेशका १३ जिल्लाका पालिकाका प्रमुख तथा उप प्रमुखले मतदान गर्नेछन् ।

    बागमती प्रदेशसभामा सदस्य ११० जना सदस्य छन्। यस्तै प्रदेशका विभिन्न १३ जिल्लाका १ सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३८, प्रदेशसभा सदस्य ११० गरी ३ सय ४८ जना मतदाता छन् । मतभार गणना गर्दा प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत मानिनेछ।

  • राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)

    राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)

    काठमाडौं । वैशाख १० गते बसेको नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए- ‘राष्ट्रियसभाको जेठ ६ गते हुने वागमतीको उपचुनावमा रामबहादुर थापा ‘बादल’ नै हाम्रो उम्मेदवार हो ।’

    दुई साता नबित्दै बिहीबार बसेको स्थायी कमिटी बैठकमा मत विश्लेषण गरेरमात्र उम्मेदवारका रूपमा बादललाई अघि बढाउने छलफल भयो । माधव नेपाल पक्षले कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र बाबुराम पक्षसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवार खडा गरेपछि एमालेले आफ्नो मत विश्लेषण गर्न लागेको हो ।

    राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन् । त्यस हिसाबले वागमतीमा एमालेको एकल बहुमत रहे पनि माधव पक्षले विपक्षी पार्टीसँग गठबन्धन गरेर अलग उम्मेदवार खडा गरेपछि अब एमालेको संस्थापन पक्षमा उभिने जनप्रतिनिधिको टाउको गन्नु पर्ने अवस्था आएको छ ।

    गोप्य मतदान भएकाले केही मत तलमाथि पनि हुनसक्छन् वागमती प्रदेशका १३ जिल्लामध्ये स्थानीय तहमा एमालेले बहुमत नै जितेको थियो । नेपाल प्रेसले केही दिन लगाएर सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको एमालेभित्रको गुट आवद्धता छुट्याउँदा रसुवा र भक्तपुरबाहेक सबै जिल्लामा माधव पक्षको उपस्थिति छ ।

    भक्तपुरमा चाँगुनारायणका मेयर सोम मिश्र समेत अघिल्लो महिनादेखि संस्थापन पक्षमा लागेपछि माधव पक्षका मेयर उपमेयर छैनन् । रसुवामा पनि केही दिनअघिमात्र उत्तरगयाकी उपाध्यक्ष चमेली गुरुङ संस्थापन पक्षको बैठकमा उपस्थित भएपछि माधव पक्ष निल भएको छ ।

    प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ । प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ ।

    ती बाहेक दोलखामा सबैभन्दा एकजना उपाध्यक्षमात्र माधव पक्षमा देखिएकी छन् भने माधव पक्षका सबैभन्दा बढी जनप्रतिनिधि सिन्धुपाल्चोकमा छन् । त्यस्तै धादिङ र मकवानपुरमा पनि माधव पक्षको उल्लेख्य संख्या छ भने चितवन लगायत केही जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधि दुवै पक्षमा खुलेका छैनन् ।

    यसबीचमा एमालेले जिल्ला कमिटीहरूलाई स्थानीय तहका जनप्रतिनिधिको भेला गर्न दिएको निर्देशन बमोजिम जनप्रतिनिधिलाई संस्थापन पक्षमा खुलाउने प्रयास भइरहेको नेताहरू बताउँछन् । काठमाडौंमा मंगलबार भएको भेलामा माधव नेपाल पक्षमा र वामदेवको एकता अभियानमा संलग्न रहेका जनप्रतिनिधि पनि संस्थापन पक्षमा खुलेका छन् ।

    एमाले नेता तथा प्रदेशभा सदस्य नारायण सिलवालले भने, ‘अब द्विविधा छैन सूर्य चिन्हधारी एमाले हुने कि, गोलाकारभित्रको हँसिया हथौडाधारी एमाले हुने भन्ने रोजाइमात्र बाँकी रहेको छ । केही साथीहरू हिजो प्रचण्ड-माधव पक्षमा लागे पनि अहिले सूर्यको पक्षमा उभिनुभएको छ, थप संख्या बढ्दैछ ।’

    एमालेका दुवै पक्षले स्थानीय तहका जनप्रतिनिधिलाई आ-आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । एकाध बाहेक अन्य एउटा एउटा गुटमा खुलिसकेका कारण एमालेको हिसाब लगभग प्रष्टै छ । प्रदेशसभाका सदस्यहरू यसअघि नै आ-आफ्नो कित्तामा उभिइसकेका छन् ।

    कतिपय स्थानीय तहका एमालेका जनप्रतिनिधि भने सूर्य चिन्ह जता हुन्छ त्यतै लाग्ने भन्दै बसेका थिए । उनीहरूले अब सूर्यचिन्हधारी उम्मेदवारलाई नै भोट हाल्नेछन् । संस्थापन पक्षले माधव नेपाल पक्षका जनप्रतिनिधिसँग संवाद सघन बनाएको महासचिव ईश्वर पोखरेलले स्वीकार गरेका छन् ।

    पोखरेलले भने, ‘हामी हाम्रो पार्टीबाट जितेका सबै तहका जनप्रतिनिधिहरूसँग संवाद र छलफल गर्दैछौं । पार्टीको उम्मेदवार जिताउनु सबैको कर्तव्य हो । एमालेका उम्मेदवारलाई भोट नदिएर माओवादीको चुनाव चिन्हमा भोट हाल्ने कुरा कल्पना गर्न सकिन्न । सबै जनप्रतिनिधिहरू पार्टीको पक्षमा उभिनेछन्, त्यस अनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ ।

    यो पनि पढ्नुहोस् : राष्ट्रियसभा उपचुनाव बजेटअघि नै, कुन पार्टीका कति छन् मतदाता ? (सूचीसहित)

    माधव नेपाल पक्षका नेता समेत रहेका वागमती प्रदेश सभा सदस्य समेत रहेका अरुण नेपाल भने पार्टी माथिबाटै नमिलेसम्म तलका जनप्रतिनिधिलाई कन्भिन्स गर्नुको अर्थ नहुने बताउँछन् । अध्यक्ष केपी ओलीले पहल गरेमा अझै पनि मिलनविन्दु कायमै रहेको उनको भनाइ छ ।

    नेता नेपालले नेपाल प्रेससँग भने, ‘अहिलेकै अवस्थामा केपी कमरेडले उठाएका उम्मेवार हार्छन् । पार्टीलाई माथिबाटै नमिलाएसमम तलबाट केही हुन्न । एमालेको एकता बचाउने अवसरका रूपमा पनि यो चुनावलाई प्रयोग गरौं, एउटा बैठक २०७५ जेठ २ अघिको एमालेको राखौं, त्यसपछि नयाँ कमरेडहरूलाई थपेर आयोजक कमिटी बनाए हुन्छ ।

    यस्तो छ दलगत मतभार

    राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाताका रूपमा रहने व्यवस्था छ । यद्यपि सबै मतदाताको मतभार समान भने छैन ।

    प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ । प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ ।

    वागमती प्रदेशमा नेकपा एमाले मतभारका आधारमा पहिलो पार्टीका रूपमा रहेको छ । एमालेसँग प्रदेशसभाका ५७ जनाको २ हजार ८ सय ३६ र स्थानीय तहका १ सय ३३ जनाको २ हजार ३ सय ९४ मतभार रहेको छ । दुवै जोड्दा एमालेसँग कुल ५ हजार १ सय ३० मतभार रहेको छ ।

    नेपाली कांग्रेससँग प्रदेशसभातर्फ १ हजार ५६ र स्थानीय तहतर्फ १ हजार २ सय २४ गरी कुल २ हजार २ सय ८० मतभार रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रसँग प्रदेशसभातर्फ १ हजार १ सय ४ र स्थानीय तहतर्फ ५ सय ९४ गरी कुल १ हजार ६ सय ९८ मतभार छ ।

    वागमती प्रदेशमा विवेकशील साझासँग १ सय ४४, नेपाल मजदूर किसान पार्टीसंग १ सय ३२ , राष्ट्रिय प्रजातन्त्र पाटीसँग १ सय ३२ र जनता समाजवादी पाटीसंग ६६ मतभार रहेको छ ।

    शतप्रतिशत मत खसेको र राजनीतिक दलभित्र ‘फ्लोर क्रस’ नभएको अवस्थामा नेकपा एमालेको एकल बहुमत रहेको छ । एमाले एक्लैको मतभार ५ हजार १ सय ३० हुँदा अरु सबै एकातिर हुँदा पनि विपक्षमा ४ हजार ४ सय ५२ मतभार रहेको छ ।

    एमालेको माधव नेपाल पक्षले उम्मेदवार नै अर्को उठाइसकेको अवस्थामा ती सबै मत एकै ठाउँमा नखस्ने निश्चित छ । एमाले एकजुट हुँदा सबै दलको भन्दा एमालेको मतभार ६ सय ७८ ले बढी हुन्छ । तर, अब त्यो सम्भावना टर्दै गएको छ,र माधव नेपाल पक्ष एमालेका उम्मेदवार हराउन सक्ने मतभार बोकेर बसेको छ ।

    माधव नेपाल पक्षको मतभार

    नेपाल प्रेसले विभिन्न जिल्लाबाट प्राप्त गरेको तथ्य र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँगको कुराकानीका आधारमा एमालेका १३३ जना स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये ३८ जना प्रमुख तथा उपप्रमुख माधव नेपाल पक्षमा खुलेका छन् । यो भनेका ६ सय ८४ मतभार हो ।

    त्यस्तै ५७ जना प्रदेशसभा सदस्यमध्ये २२ जना माधव नेपाल पक्षमा प्रष्ट खुलेका छन् । यो भनेको १ हजार ५६ मतभार हो । जुन मतभार एमालेका आधिकारिक उम्मेदवारलाई हराउन पर्याप्त हुन्छ ।

    माधव पक्षका यी मतदाता अर्को पक्षमा लाग्दा नेकपा एमालेको मतभार ५ हजार १ सय ३० बाट घटेर ३ हजार ३ सय ९० मा पुग्नेछ ।

    स्थानीय तहका १० जना एमालेका प्रमुख उपप्रमुख यसबीचमा दुवै पक्षसँग समदूरीमा छन् । सिन्धुपाल्चोक र चितनवका केही जनप्रतिनिधि दुवैतिर सम्पर्कमा छन् । उनीहरूको मतभार १८० छ ।

    माधव पक्षको प्रदेशसभातर्फको मतभार तथा स्थानीय तहतर्फको मतभार गरी कुल १ हजार ७ सय ४० मतभार हुन्छ ।

  • वागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीको नाम तय

    वागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीको नाम तय

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् ।

    त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी बन्ने तय भएको छ । आजै ४ बजे सपथग्रहण हुने बताइएको छ ।

  • वागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता, दलको बैठकमा माधव पक्ष पनि सहभागी हुने

    वागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता, दलको बैठकमा माधव पक्ष पनि सहभागी हुने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

    अविश्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको बताए ।

    साबिक नेकपाको प्रचण्ड-माधव पक्षका ४५ सांसदले पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तीमध्ये २३ जना माधव नेपाल पक्षका हुन् ।

    पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरि मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको थियो । यसैबीच मुख्यमन्त्री डोरमणि पौडेलले आज बोलाएको दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् ।