Tag: रोपाइँ

  • फोटो भाइरल भएपछि रेसलर जुरेली भन्छिन्- छत्र शाहीसँग हिलोमा रोमान्स गरेको होइन (भिडियाे)

    फोटो भाइरल भएपछि रेसलर जुरेली भन्छिन्- छत्र शाहीसँग हिलोमा रोमान्स गरेको होइन (भिडियाे)

    काठमाडौं । नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् । तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् ।

    हिजोको धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो र अन्य व्यक्तिले उनीहरूलाई अलग गर्न खोजेजस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र त्यो दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन ।

    तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन गरिएको छ) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् ।

    तस्वीरमा देखिएका पुरुष हुन् दोहोरी गायक छत्र शाही । उनी इन्द्रेणी साँझमा काम गर्छन् । हिजो भक्तपुरमा युवा संघ नेपालले पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजना गरेको रोपाईं कार्यक्रममा आ-आफ्नै हिसाबले उनीहरू सहभागी भएका थिए । र, उनीहरूले योजनावद्ध रूपले हिलोमा डुबुल्की मारेका थिएनन् । भएको के थियो त ?

    खासमा रोपाइँ कार्यक्रमकै बीचमा कृष्ण कँडेलले इन्द्रेणीका कलाकारहरुलाई दोहोरी खेलाउन थाले । पुरुषतर्फ छत्र शाही र महिलातर्फ कल्पना दाहालबीच दोहोरी भिडन्त चलिरहँदा जुरेलीले कल्पनालाई साथ दिइरहेकी थिइन् । बीच-बीचमा अरुले पनि घान हाल्दै थिए ।

    एक पुरुषले दोहोरी गाए-

    जितेउ भने राम्रै हुन्छ, बेइज्जत हुन्छ नत्र

    अस्मिताको साथमा रेस्लिङ खेल्ने हो त छत्र ?’

    छत्र शाहीले जवाफ फर्काए-

    मान्छे मात्रै सानो हुँ म पाएँ भने पेल्छु

    रेस्लिङ मात्र होइन हजुर अरु पनि खेल्छु ।

    कृष्ण कँडेलले जुरेलीलाई जोस्याउँदै गाए-

    यस्तो भन्दा सहेर बस्ने तिमी आफू उस्ती

    अरु खेलमा यसले जित्छ खेल तिमीले कुस्ती ।

    छत्रले जवाफ दिए-

    सानो मान्छे देखी मलाई नगर लछार्ने

    मलाई मन छ जुरेलीलाई यसरी पछार्ने ।

    यति भन्नासाथ होचो कदका छत्रले जुरीलाई कम्मरमा च्याप्पै समाते अनि हिलोमा बङ्लङ्ग पछारे । एक्कासी पछारिएपछि प्रतिकार गर्ने क्रममा जुरेलीले प्रतिकार गर्दा त्यो दृष्य फोटोग्राफरले कैद गरेका थिए । तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि जुरेली अचम्मित भएकी छन् ।

    उनी भन्छिन्, ‘हामी रेसलरका लागि यस्तो कुरा सामान्य नै हो । पोहोरको रोपाइँ दिवसमा पनि हिमालयन टाइगरले हिलोमा रेसलिङ गराउनुभएको थियो । पुरुषसँग रेस्लिङ खेल्न पनि मलाई नौलो लाग्दैन ।’

    उनले थपिन्, ‘खेतमा निकै रमाइलो भएको थियो, तर एकाएक सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको देख्दा चाहिँ नरमाइलो लाग्यो । धेरैले गलत तरिकाले सोच्नुभयो । हिलोले छोपिएको हुँदा सुरुमा त कसैले पनि त्यो म हो भनेर चिनेका पनि थिएनन् । तर, कमेन्टमा धेरैले मलाई मेन्सन गरेपछि फोन आउन थाल्यो । कस्तो नराम्रो भयो क्या । म त आज घरबाहिर पनि ननिस्की चुपचाप रूममा बसिरहेको छु ।’

    छत्र शाही आफ्नो भाइजस्तो भएको उनले बताइन् ।

    ‘छत्रसँग मेरो राम्रो सम्बन्ध छ, तर अहिले धेरैले सोचेजस्तो हामी गर्लफ्रेन्ड-व्वाइफ्रेन्ड होइनौं,’ उनले भनिन् ।

    आफूलाई गलत तरिकाले भाइरल हुने मोह नरहेको जुरेलीको भनाइ छ ।

    उनले भनिन्, ‘मेरो आफ्नो एउटा स्टेटस छ । यसरी एउटा तस्वीरका कारण एक/दुई दिन भाइरल हुने र त्यसपछि हराउने मलाई मन पनि पर्दैन । आफ्नो कामबाट चर्चित हुने हो । मैले भाइरल हुन्छु भन्ने सोचेर त्यो गरेको पनि होइन । एक्कासी भएको घटना हो ।’

    @tiktoknepal4u#asar15 #deudasong #tiktoknepal4u #tiktoknepal #nepal♬ original sound – Bed shrestha

  • देशभर २७ प्रतिशत धान रोपाइँ सकियो

    देशभर २७ प्रतिशत धान रोपाइँ सकियो

    काठमाडौं । धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो ।

    सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिए ।

    प्रमुख श्रेष्ठका अनुसार प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ । वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

    यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

    गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।
    रासस

  • रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर

    रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर

    काठमाडौं । धान दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भक्तपुरमा रोपाइँ गरेको छ । रोपाइँमा एमाले नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेता, कार्यकर्ता सहभागी थिए ।

    रोपाइँमा सहभागीले आपसमा हिलो छ्याछ्यापसँगै नाचगान गरी रमाइलोसमेत गरेका छन् ।

    हेर्नुहोस्, रोपाइँका केही रमाइला तस्बिर

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • लुम्बिनीमा रोपाइँः रोल्पामा ९० प्रतिशत सकियो, कपिलवस्तुमा २५ प्रतिशत मात्रै

    लुम्बिनीमा रोपाइँः रोल्पामा ९० प्रतिशत सकियो, कपिलवस्तुमा २५ प्रतिशत मात्रै

    रुपन्देही । नेपालमै धान उत्पादनमा पहिलो प्रदेशका रुपमा रहेको लुम्बिनी प्रदेशमा यो वर्ष करिब ४६ प्रतिशत रोपाई सकिएको छ । ६ पहाडी र ६ तराईका जिल्ला रहेको यो प्रदेशका पहाडी जिल्लाहरुमा धेरै प्रतिशत रोपाइँ सकिएको छ ।

    लुम्बिनी प्रदेशमा कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म १ लाख ५३ हजार ३ दशमल ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

    कृषि मन्त्रालयका अनुसार गतवर्ष यो समयमा ४८ प्रतिशत रोपाइँ सकिएको थियो । प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार ११ गतेसम्म प्रदेशमा ४५ दशमलव ७ प्रतिशत रोपाइँ सकिएको तथ्यांक राखेको छ ।

    प्रदेशको पहाडी जिल्ला रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने ४ हजार ८९० हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४०१ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

    त्यसैगरी प्युठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने ६ हजार २ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । तराईको बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाइा सकिएको छ । तर पहाडी जिल्ला गुल्मीमा सबैभन्दा कम ७ प्रतिशत मात्रै रोपाइँ भएको छ । धान खेती हुने कुल १० हजार २४६ हेक्टर क्षेत्रफल मध्ये ८३९ हेक्टरमा मात्रै रोपाइँ सकिएको हो ।

    प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यो वर्ष २४ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । त्यसैगरी दोस्रो धेरै धान खेती हुने रुपन्देहीमा ५५ प्रतिशत रोपाइँ भएको छ ।

    कपिलवस्तुमा गतवर्ष यही अवधिमा २७ दशमलव ७ प्रतिशत रोपाइँ सकिएको थियो । जिल्लामा कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफलमध्ये ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गतवर्ष भने ६४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो अवधिमा यस वर्ष १७ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

    रुपन्देहीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको थियो । जिल्लामा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिनमध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यो वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

    यसैगरी पश्चिम नवलपरासीमा यो वर्ष ६० प्रतिशत रोपाइँ सकिएको छ । कुल १३ हजार ९०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । जिल्लामा २३ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ ।

    धान खेती हुने मुख्य जिल्लामध्येकै तराईको जिल्ला दाङमा ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा हालसम्म २३ हजार २२६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । जिल्लामा कुल ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिनमध्ये ३८ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष भने ३७ हजार ९३६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

    यसैगरी खर्घाखाँचीमा ५७ दशमलव ८ प्रतिशत, बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा ३० दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । धान खेती हुने कुल ९१०० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७९७ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।

    लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ बाली विकास अधिकृत शालिग्राम गौतमले मौसमले साथ दिए साउनको पहिलो हप्तासम्ममा रोपाइँ सकिने बताए । उनका अनुसार यो हप्ताको अन्यसम्ममा प्रदेशमा ६० देखि ६५ प्रतिशतसम्म रोपाइँ सकिने अनुमान छ ।

  • रोपाइँको रौनक ! हेर्नुस् तस्वीर

    रोपाइँको रौनक ! हेर्नुस् तस्वीर

    काठमाडौं । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । २०६१ सालमा सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

    आज मुलुकभर नै रोपाइँ उत्सव गरेर यो दिवस मनाइँदैछ । दही-चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखि नै छ । मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ ।

    नेपालमा खेती हुने कुल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । त्यसमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, जन्मनुअघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी हाइब्रिड धानको विकास जरुरी रहेको बताउँछन् ।

    कोरोनाको जोखिमका कारण सरकारी तबरबाट हुने राष्ट्रिय धान दिवस समारोह भने आज औपचारिकतामा सीमित भएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • बुङ्‍मतीका व्यस्त किसान

    बुङ्‍मतीका व्यस्त किसान

    काठमाडौं । मनसुन भित्रिएसँगै खेतबारीमा किसानको व्यस्तता पनि बढेको छ ।

    मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ । केहीदिन लगातार पानी परेपछि उपत्यका आसपासका क्षेत्रमा कृषकहरूको खटाइको दृष्यले मन्त्रमुग्ध बनाउँछ ।

    ललितपुर बुङ्‍मतीका किसानहरू झरीमा रुझ्दै बीउ गोड्ने, काढ्ने, हिलोआली र रोपाइँमा व्यस्त देखिएका छन् ।