Tag: रुवी खान

  • रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

    रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।

    प्रहरीले बहुविवाहको आरोपित भन्दै खानलाई गत शुक्रबार पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न आदेश दिएको हो । इजलासले रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको हो ।

    २ महिला हत्याको विषयमा न्याय खोज्न बाँकेबाट काठमाडौं पैदल आएका आफन्त र अधिकारकर्मीहरुको प्रदर्शनस्थल माइतीघर मण्डलाबाट प्रहरीले खानलाई पक्राउ गरेको थियो ।

  • अधिकारकर्मी खानलाई असोज २८ मा उपस्थित गराउन सर्वोच्चको आदेश

    अधिकारकर्मी खानलाई असोज २८ मा उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    बाँकेका २ जना महिलाको मृत्युको घटना छानबिनको माग गर्दै खानको नेतृत्वमा आफन्तहरु काठमाडौं आएका थिए । प्रहरीले खानविरुद्ध बहुविवाहको मुद्दा रहेको भन्दै शुक्रबार माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो ।

    पक्राउ विरुद्ध अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले असोज २८ गते सर्वोच्चमा उपस्थित गराउन आदेश गरेको हो ।

    यसअघि सर्वोच्चले नै २४ घण्टाभित्र खानलाई उपस्थित गराउन दिएको निर्देशन प्रहरीले कार्यान्वयन गरेको थिए ।