Tag: युट्युब

  • युट्युबको ‘डिस्लाइक’ संख्या अब नदेखिने

    युट्युबको ‘डिस्लाइक’ संख्या अब नदेखिने

    काठमाडौं । भिडिओ सेयरिङ प्लेटफर्म- युट्युबले भिडिओको ‘डिस्लाइक’ संख्यालाई प्राइभेट बनाउने भएको छ । हाल युट्युबमा अपलोड गरेका सबै भिडिओको लाइक र डिस्लाइक सबै संख्या सार्वजनिक रूपमा नै देखिने गरेको छ ।

    तर, गुगलको स्वामित्वमा रहेको युट्युबले डिस्लाइकको अप्सन नै नहटाउने तर संख्या भने प्राइभेट गर्ने घोषणा गरेको हो । प्रयोकर्ताले डिस्लाइक गर्दा गुगलको रिकम्मेन्डेसन एल्गोरिदमलाई जानकारी हुन्छ । त्यसैले डिस्लाइक नै गर्ने विकल्प भने नहटाउने भएको हो ।

    युट्युबका अनुसार यो एक अध्ययनको नतिजापछि लिइएको निर्णय हो । त्यो अध्ययन गत वर्ष भएको थियो । डिस्लाइकको संख्या नदेखाएपछि कसैले नियोजित रूपमा लाइकभन्दा डिस्लाइक धेरै बनाउका लागि नियोजित रूपमा क्याम्पेनिङ गर्न पाउने छैनन् ।

    युट्युबले गरेको अध्ययनबाट भिडिओमा भएको डिस्लाइकको संख्या नदेखाइएको भिडिओमा तुलनात्मकरूपमा अन्य भिडिओमा भन्दा कम डिस्लाइक आएको थियो । यसबाट नियोजित रूपमा हुने डिस्लाइक कम हुने युट्युबको विश्वास छ ।

    यद्यपि, युट्युब स्टुडियोको ड्यासबोर्डमा गएर भने कन्टेन्ट क्रिएटरले डिस्लाइक संख्या हेर्न सक्नेछन् ।

  • युट्युबबाट विकृति फैलाउनेलाई कारवाही गर्न माग

    युट्युबबाट विकृति फैलाउनेलाई कारवाही गर्न माग

    काठमाडौं । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकारिताको मर्म विपरित युट्युबमा माध्यममा गलत प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ । सङ्घको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारवाही गर्न माग गरेका छन् ।

    युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्म विपरीत गरेकाले गलत गर्नेलाई कारवाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ । अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकाेमा पछिल्ला दिनमा ‘प्र्यान्क’का नाममा थप विकृति देखिन थालेको भन्दै सङ्घले काउन्सिलको ध्यानकर्षण गराएको हो ।

    केही युट्युब च्यानलबाट अति उच्छ्रिङ्कल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्त विपरीतका सामग्री प्रसारण भइरहेको सङ्घले जनाएको छ । सङ्घले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी कानून र त्यसभन्दा बाहिरकालाई अन्य कानून अनुसार कारवाही गर्न/गराउन काउन्सिललाई आग्रह गरेको छ ।

    सङ्घको ज्ञापनपत्र बुझेपछि काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारवाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाए । उनले पत्रकार आचारसंहिता मान्नुपर्ने आफूहरुको पहिलो शर्त हुने र नमान्नेप्रति कुनै सहानुभूति हुनै नसक्ने स्पष्ट पारे ।

    अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको पनि बुढाथोकीले जानकारी दिए । सूचीकृत हुन नआउनेलाई काउन्सिलले नचिन्ने पनि बताए । उनले अनलाइन टिभीको क्षेत्रमा शुद्धीकरण र सुदृढीकरणका लागि सङ्घसँग सबै प्रकारका सहयोग, सहकार्य र समन्वय गर्न काउन्सिलले चाहेको जानकारी दिए ।

    नेपालमा इन्टरनेटको माध्यमबाट प्रसारण भइरहेका अनलाइन टिभीमा देखिएका समस्या र विकृति न्यूनीकरण गर्न पहल गर्ने, यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरण गर्नेलगायतका उद्देश्यले सङ्घ गत वर्ष दर्ता भएको हो ।

    विसं २०७६ माघ २४ गते काठमाडौंमा भएको अनलाइन टिभी सञ्चालकहरुको प्रथम राष्ट्रिय भेलाले अनलाइन टिभी पत्रकार सङ्घ गठन गर्ने, प्रचलित पत्रकार आचारसंहिता पालना गर्ने, स्वनियमनमा आधारित निर्देशिका बनाएर लागू गर्नेलगायतका निर्णय गरेको थियो । भेलाको निर्णयअनुसार गठन भई दर्ता भएकोे सङ्घले पत्रकार आचारसंहिता र आफ्नै स्वनियमन निर्देशिका मान्नुपर्नेलगायतका सदस्यता मापदण्ड बनाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

    मापदण्ड मान्नेलाई मात्रै सदस्यता दिने, सदस्यहरुको हकहित र कल्याणका कार्य गर्ने, क्षमता वृद्धि गर्ने, जिम्मेवार बनाउने, अनलाइन टिभी क्षेत्रका बारेमा अध्ययन, अनुसन्धान गर्नेलगायतका काम पनि सङ्घले गर्दै आएको छ । नेपालमा अहिलेसम्म के-कति अनलाइन टिभी छन् र उनीहरुको अवस्था के छ भन्नेबारेमा कुनै विवरण छैन । अनलाइन टिभीमार्फत रचनात्मक र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएका सञ्चारकर्मीलाई राज्य र पत्रकारिताका निकायसँग समन्वय गराउने उद्देश्य पनि सङ्घले लिएको उनले बताएका छन् ।
    -रासस

  • युट्युब र अनलाइन टिभीलाई नियमन गर्न कार्यविधि तयार हुँदै

    युट्युब र अनलाइन टिभीलाई नियमन गर्न कार्यविधि तयार हुँदै

    काठमाडौं। पछिल्लो समय नेपालमा विकृतिको रूपमा बढिरहेको युट्युब र उनीहरूको कन्टेन्टलाई कानुनी दायरामा ल्याउनका लागि गृहकार्य सुरु भएको छ । सञ्चार मन्त्रालयमा केही समय अगाडि निर्णय भएर त्यसबारे अहिले नेपाल दूरसञ्चार प्राधिकरणले मापदण्ड तथा आचारसंहिता निर्माण गर्ने कार्य गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।

    सञ्चार मन्त्रालयले युट्युब र अनलाइन टिभिको नियमनका लागि दूर सञ्चार प्राधिकरणले सूचना तथा प्रशारण विभागसँग समन्य गरी कार्यविधि तयार गर्ने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सूचना अधिकारी संगिता ओझाले नेपाल प्रेससँग भनिन्- अहिले दूरसञ्चार प्राधिकरणले युट्युबर तथा अनलाइन टेलिभिजनलाई दायरामा ल्याउनका लागि आचारसंहिता निर्माण गरिरहेको छ ।

    युट्युबको बढ्दो छाडा प्रवृतिका कारण यसलाई नियमन बनाउन र कानुनी दायरामा ल्याउनका लागि आचारसंहिता ल्याउन लागिएको ओझाले बताइन् ।

    ‘युट्युबरले आफूलाई पत्रकार भनेर घरबार भाँड्ने कार्य गर्न थालेपछि आचारसंहिता एकदमै आवश्यक देखियो । त्यसैले जति सक्दो छिटो यसरबारे मापदण्ड जारी गर्ने कुरा भएको हो।’ उनले भनिन् ।

  • जि-मेल र युट्युबमा देखिएको समस्या हल

    जि-मेल र युट्युबमा देखिएको समस्या हल

    काठमाडौं । गुगलका जि-मेल, ड्राइभ, म्याप्स र युट्युब सुविधाहरू सोमबार साँझ विश्वभर डाउन भएका थिए । यो खबर तयार पार्दासम्म जि-मेल र युट्युब पुरानै अवस्थामा फर्किएका छन् अर्थात् देखिएको समस्या हल भएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

    नेपाली समयअनुसार साँझ करीब ५ बजेदेखि विश्वभर गुगलका ती सर्भिसहरू डाउन भएका थिए । समस्यामा परेका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा खनिएका थिए ।

    तर, त्यसको दुई घण्टा नबित्दै गुगलले प्रमुख दुई सुविधा जि-मेल र युट्युबको समस्या हल गरेको छ । प्रयोगकर्ताले जि-मेल खोल्दा इरर देखाएको थियो ।

    युट्युबको वेबसाइटमा भने एक बाँदरले ह्यामर बोकेको फोटो र ‘सम थिङ वेन्ट रङ’ देखिएको थियो ।