Tag: मृत

  • रुपन्देहीमा एक युवती मृत भेटिइन्

    रुपन्देहीमा एक युवती मृत भेटिइन्

    रूपन्देही । रुपन्देहीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । मायादेवी गाउँपालिका-३ हर्नामपुरकी २३ वर्षीया सविता धोवी मृत भेटिएकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    घरबाट करिब १ सय मिटर पर खडवा नालाको किनारामा उनको शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    लुम्बिनीमा मृत भेटिएकी युवतीको सनाखत भएन

    मायादेवी मन्दिरनजिकै युवतीको शव भेटिएको ६ दिनसम्म सनाखत भएको छैन । झाडीमा भेटिएकी अन्दाजी २० वर्षीया युवतीको पहिचानका लागि मातहतको प्रहरी युनिट र काउण्टर पार्ट युनिट भारतमा सूचना प्रवाह गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए ।

    मधेशी मूलकी युवतीको शव सिमापारी भारतीय नागरिकको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • दोलखामा एकै परिवारका तीनजना मृतावस्थामा फेला

    दोलखा । तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् ।

    मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु दाहालले जानकारी दिए ।

    झ्यालबाट नियाल्दा तीनैजना मृत अवस्थामा देखिएकाले घटनास्थललाई सुरक्षित राखिएको उनले बताए। घटनाको बारेमा आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीचौकी छौंडेबाट घटनास्थलमा पुगेका प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

    मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले कोइला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

  • झिझिया हेर्न गएका युवक इनारमा मृत भेटिए

    झिझिया हेर्न गएका युवक इनारमा मृत भेटिए

    सिरहा । सिरहाको नरहा गाउँपालिका -३ नया चोहर्वास्थित इनारमा आज बिहान एक युवकको शव फेला परेको छ ।

    गोलबजार नगरपालिका -८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षीय छोरा शत्रुधन महतोको शव इनारमा फेला परेको हो । अहिले प्रहरी शव निकालेर पोष्टमार्टमका लागि सिरहा अस्पताल लग्ने तयारी गरिएको छ।

    शुक्रबार राति दशैंको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका उनको शव इनारमा फेला परेको स्थानीयले बताएका छन् । उनी स्थानीय जनता नमुना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत थिए ।

    महतो मृत फेला परेको इनार नजिकै दुर्गा मेला लागेको थियो । त्यहाँ झिझिया हेर्न गएका यूवाहरुबीच राति झडप समेत भएको थियो ।

    झडपका क्रममा भागाभाग भएको बेला उनी इनारमा खसेको हुनसक्ने वा कुटपिट गरी इनारमा फालेपछि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • हिजोदेखि हराएकी बालिका मृत भेटिइन्

    रूपन्देही । गुल्मीमा शनिबार हराएकी तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । मदाने गाउँपालिका– २ बाझकटेरी सिरा टोला निवासी विष्णु पोखरेलकी छोरी आयुशा आइतबार बिहान घर नजिकैको खोल्सामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    प्रहरी कार्यालयका सूचना अधिकारी पुरूषोत्तमप्रसाद पाण्डेका अनुसार उनी शनिबार बिहान हजुरआमासँग पञ्चमी पुजामा गएकी थिइन् । उनी खेल्दाखेल्दै हराएकी थिइन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

  • बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृत भेटिए

    बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृत भेटिए

    न्यूयोर्क । गत जनवरीबाट सम्पर्कविहिन एक नेपाली विद्यार्थीको शव न्यूयोर्कको ब्रुकलिनमा भेटिएको छ ।

    अमेरिकी अखबार डेलीभ्वाइसका अनुसार जनवरी १९ मा अन्तिमपटक ब्रुकलिन पुलमा देखिएका नेपालका २२ वर्षे सन्तोष शाहको शव ब्रुकलिनको एंकरेज नहरको पानीमा भेटिएको हो ।

    शव मार्च ९ मै फेला परेपनि शनाखत हुन नसकेपछि प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो ।

    उनी न्यूजर्सी राज्यस्थित ड्रीउ विश्वविद्यालयका विद्यार्थी रहेको जनाइएको छ । उनको उद्दार र खोजीका लागि क्राउड फन्डिङ गोफन्डमीमा २५ हजार अमेरिकी डलरभन्दा बढी जुटेको थियो ।

    मेडिसन प्रहरी विभागले घटनाको छानविन गरिरहेको जनाएको छ । प्रहरी अधिकृत रोबर्ट जे क्यारलले उनी बेपत्ता भएपछिको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

    अजयको कोठामा गएर हेर्दा टेबुलमा आइ लभ यू ममी लेखेको नोट भेटिएको थियो । तर, उक्त नोटमा अन्य केही नलेखिएको र रद्दीको टोकरीमा फ्याँकिएको अर्को नोटमा अब केही गर्ने बेला आएको उल्लेख गरिएको थियो ।

    उनले शोकसन्तप्त शाहको परिवारप्रति समवेदना व्यक्त गरे । शाहको परिवारले मृतकको सर्टिफिकेट भने प्राप्त गरिसकेको छैन ।

    पुख्र्यौली घर सिराहमा रहेको र हाल उनको परिवार काठमाडौं कीर्तिपुरमा बस्दै आइरहेको जनाइएको छ । उनी साढे २ वर्ष ड्रीउ युनिभर्सिटीमा अध्ययन गर्दै आइरहेका थिए ।

  • पेन्सन लिन हिँडेका वृद्ध मृत भेटिए

    ओखलढुङ्गा । ओखलढुङ्गा, मोलुङ गाउँपालिका- ५का एक वृद्ध मृत फेला परेका छन् ।

    ६६ वर्षीय शंकर तामाङ सोही ठाउँस्थित पाखाबारी गोरेटो बाटो नजिक शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

    उनी फागुन १६ गते घरबाट पेन्सन लिन हिँडेका थिए । तर घर नफर्केपछि खोजी गर्ने क्रममा उक्त बाटोबाट करिब ३० मिटर तल लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।