Tag: माधव समूह

  • माधव नेपाललाई प्रश्न- आफ्नो १५ वर्षे कार्यकाललाई फर्किएर हेर्ने कि ?

    माधव नेपाललाई प्रश्न- आफ्नो १५ वर्षे कार्यकाललाई फर्किएर हेर्ने कि ?

    नेपालमा वामपंथीको वर्चस्व छ । विश्व परिप्रेक्ष्यमा वामपंथी आन्दोलन रक्षात्मक अवस्थामा हुँदा पनि नेपालमा वामपंथीको उपस्थिति २०४७ सालयता सडक वा सदनमा उल्लेख्य छ ।

    २००६ साल वैशाख १० गते विदेशी भूमीमा पुष्पलाल श्रेष्ठसहित पाँच जनाले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले झन्डै एक दर्जन बढी पार्टीमा विभाजित छ । पार्टी स्थापनाकालको एक वर्ष नबित्दै शुरु भएको राजनीतिक, संगठनात्मक विवाद २०१७ सालपछि विभाजन र फुटको पर्याय बन्यो ।

    व्यक्तिपिच्छेका समूहमा आक्रान्त कम्युनिष्ट आन्दोलन २०४७ सालमा जब नेकपा (एमाले) गठन भयो, त्यसपछि मात्र विभिन्न समूहहरू पार्टीमा विकास हुँदै आएका देखिन्छन् । रणनीति र कार्यनीतिक हिसाबले पनि एकमत हुन नसकेको कम्युुनिष्ट आन्दोलन २०४७ सालयता मूलत स्पष्ट दुई धारमा विभाजन भएको देखिन्छ ।

    नेकपा(एमाले)ले अख्तियार गरेको शान्तिपूर्ण संघर्षको कार्यनीति र नेकपा (माओवादी)ले अख्तियार गरेको दिर्घकालीन सशस्त्र विद्रोहको कार्यनीति । जुन कार्यनीतिका कारण दुई पार्टीबीचमा एकले अर्कोलाई रुपान्तरण गर्ने प्रक्रिया लामै चल्यो ।

    पछिल्लो समयमा वामपंथी विचार बोक्नेहरुको भौतिक शरीर जहाँ र जुनसुकै पार्टीमा भएपनि वैचारिक हिसाबले सबै वामपंथी दल नेकपा (एमाले)कै विचारको नजिक रहेको यथार्थ छ ।

    २०५२ सालमा नेकपा माओवादीद्वरा संचालित एक दशक लामो सशस्त्र विद्रोहको ‘असफलता’पश्चात माओवादी पार्टी शान्ति सम्झौता गर्न वाध्य भयो । युद्ध शान्तिमा रुपान्तरण भएयता नेपालका सबै वामपन्थी दल नेकपा(एमाले)ले विकास गरेको जनताको बहुदलीय जनवाद र त्यसले अख्तियार गरेको शान्तिपूर्ण संघर्षको र सहकार्यको बाटोमा यात्रा गरिरहेका छन् ।

    पछिल्लो समयमा वामपंथी विचार बोक्नेहरुको भौतिक शरीर जहाँ र जुनसुकै पार्टीमा भएपनि वैचारिक हिसाबले सबै वामपंथी दल नेकपा (एमाले)कै विचारको नजिक रहेको यथार्थ छ ।

    आत्मकेन्द्रित सोच र माधव नेपाल

    सिद्धान्त, संगठन र नेतृत्वको उचित छनौट र व्यवस्थापनले मात्र आमजनताले पार्टीलाई देख्ने, बुझ्ने र अनुभुति हुने बनाउन सकिन्छ । जब पार्टीका कामहरु आमजनताका सरोकारका विषय बन्दछन्, अनि मात्र त्यो पार्टी लोकतान्त्रिक पार्टी बन्न सक्छ । नेपालको सन्र्दभमा नेपाली कम्युनिष्ट आन्दोलन आमरुपमा देखिने बुझिने छ । तर पार्टीको शीर्ष तहमा बसेका नेताहरुको व्यवहार, स्वभाव र शैली अलोकतान्त्रिक र जडतामा जकडिएको देखिन्छ ।

    लामो समय पार्टीको नेतृत्वमा रहिरहन अनेकन खालका प्रपञ्च गर्ने, आफू प्रमुख नेता नहुँदा कार्यकर्ता स्तरमा आफ्नै सहकर्मीविरुद्ध विषवमन गर्ने जस्ता क्रियाकलाप विगतदेखि हुँदै आएका छन् । परिणामस्वरुप नेपालको कम्युनिष्ट आन्दोलनमा थुप्रै टुटफुट र विभाजन भए, जुन जारी छ ।

    २०४७ सालअघि विचार, दृष्टिकोण, परिस्थति र परिवेशलाई हेर्ने कुराको विषयलाई बहस गर्दै एकता र विभाजन हुँदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिको कुण्ठा, महत्वकांक्षा र पदको लालसाका कारण विवाद हुने गरेको छ ।

    नेकपा(एमाले), जसले पहल कदमी, प्रतिस्पर्धा र सामूहिक लोकतान्त्रिक अभ्यासबाट नेतृत्वको छनौट गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । एमालेका तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद(जबज)लाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गर्दै आएको छ ।

    कमरेड मदन भण्डारीको रहस्यमयी दुर्घटनामा परी निधन भएपश्चात् कार्यबाहक महासचिवको जिम्मेवारी पाएका क.माधव नेपाललाई करिब पन्ध्र वर्ष प्रमुख नेताको भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुँदा पनि पार्टीले गति लिन सकेन । कमरेड मदनको नेतृत्वमा निर्माण भएको विशााल पार्टी माधव नेपाल नेतृत्वमा हुँदा विस्तारै खुम्चिन शुरु भयो ।

    फरक मत राख्ने नेता, कार्यकर्ताप्रति असहिष्णु माधव नेपाल नेतृत्वमा हुँदा कम्युनिष्ट आन्दोलनमा लामो इतिहास बोकेका धेरै नेताहरु भूमिकाविहीन बन्न पुगेका थिए ।

    २०४७ सालअघि विचार, दृष्टिकोण, परिस्थति र परिवेशलाई हेर्ने कुराको विषयलाई बहस गर्दै एकता र विभाजनहुँदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिको कुण्ठा, महत्वकांक्षा र पदको लालसाका कारण विवाद हुने गरेको छ ।

    सानो घेरा र व्यक्ति प्रशंसामा रमाउने व्यवहारका कारण माधव नेपाल पार्टी प्रमुख हुँदा धेरै नेताहरु राजनीतिबाट नै विश्राम लिन वाध्य भएका थिए । माधव नेपालको व्यवहारकै कारण २०५४ सालमा पार्टी विभाजन भयो र ठूलो कार्यकर्ता पंक्तिले पार्टी परित्याग समेत गरे, जसले माओवादी आन्दोलनलाई बल पुगेको थियो ।

    २०५९ सालमा राजा ज्ञानेन्द्र शाहले चालेका निरंकुश कदमविरुद्धको आन्दोलनमा पार्टी पंक्तिलाई सही दिशानिर्देश गर्न नसकेका कारण नेकपा एमालेले ‘न भाले न पोथी’ को आरोप खेप्नुपर्यो । परिस्थितिअनुसार दृष्टिकोण बनाउन नसक्ने र समयमा निर्णय दिन र लिन नसक्ने क्षमताको अभावका कारण क.माधव नेपाल नेतृत्वमा हुँदा एमालेले धेरै क्षति ब्यहोर्नु परेको इतिहास छ ।

    २०६४ सालको संविधानसभाको निर्वाचनमा पार्टीले लज्जास्पद परिणाममा चित्त बुझाउनु परेको थियो । नेपालको समकालीन नेताहरु बीच खेल्न सिपालु स्वभावका कारण नेता बन्न सफल भएपनि पार्टीले कहिल्यै सफलता प्राप्त गर्न सकेन । २०५२ सालमा नेकपा माओवादीले तथाकथित जनयुद्धको नाममा सशस्त्र विद्रोह शुरु गरेर देशभर नेकपा एमालेका कार्यकर्ताको विभत्स हत्या गर्‍यो । तर पार्टीले माओवादी पार्टीलाई हेर्ने दृष्टिकोण समयमा बनाउन नसक्दा धेरै एमालेका कार्यकर्ता ज्यान जोगाउनकै लागि सशस्त्र द्वन्द्वमा सामेल भए, जसकारण एमालेका व्यवस्थित संगठनहरु तहसनहस भए ।

    २०६४ सालमा माधवकुमार नेपालले महासचिवबाट राजीनामा गरेपश्चात कमरेड झलनाथ खनाल कार्यबाहक हुँदै निर्वाचित पार्टी अध्यक्षसम्म पुग्दा २०७० सालमा संविधानसभाको दोस्रो चुनाव भयो । उक्त चुनावमा पार्टीले दोस्रो स्थान हाँसिल गर्यो । माधव नेपाल नेता हँुदा अस्तव्यस्त भएका पार्टी कमिटी र कार्यकर्तामा गिरेको मनोवल २०७० को चुनावको परिणामपश्चात मात्र कलिकति बढ्यो ।

    २०७१ सालमा पार्टीको नवौं महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले कमरेड केपी ओलीलाई अध्यक्षमा विजय गरायो र कमरेड माधव नेपाललाई पराजय गरायो । तर माधव नेपालले आफूलाई कहिल्यै पराजय भएको अध्यक्ष भन्दा पनि छायाँ अध्यक्षको रुपमा पार्टीपंक्तिमा व्यवहार देखाउँदै आए ।

    उनले पार्टीले गरेका निर्णयविरुद्ध मिडियामा बोल्ने, नेतृत्वलाई चुनौती दिने र स्थानीय कमिटीहरुमा समेत आफ्ना प्रतिनिधि तयार पार्ने काम गरिरहे । २०७२ सालमा पार्टी अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा पार्टीले सरकारको नेतृत्व गरिरहँदा भारतीय नाकाबन्दीको सामना गर्नुपर्यो ।

    फरक मत राख्ने नेता, कार्यकर्ताप्रति असहिष्णु माधव नेपाल नेतृत्वमा हुँदा कम्युनिष्ट आन्दोलनमा लामो इतिहास बोकेका धेरै नेताहरु भूमिकाविहीन बन्न पुगेका थिए ।

    भारतको नाकाबन्दीविरुद्ध दृढतापूर्वक उभिँदै चिनसँग पारवहनसन्धि जस्ता महत्वपूर्ण कामले पार्टी र कमरेड केपी ओलीको लोकप्रियता बढ्यो । परिणामः २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्यो ।

    स्थानीय तहको निर्वाचनमा पार्टी पहिलो भएकोमा खुसी हुने भन्दा केपी ओलीको व्यक्तित्व लोकप्रिय भएकोमा दुखी हुने आत्मा धेरै थिए र ती आत्माहरुको नेतृत्व गर्ने काम माधव कमरेडबौ भयो ।

    नेकपा निर्माण र एमाले पुनःस्थापना पश्चात्

    स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको अपार सफलता र नेकपा माओवादी केन्द्रको पराजयपछि नेपालको राजनीति वृतमा प्रचण्ड रक्षात्मक स्थितिमा पुगेका थिए । राजनीतिक व्यपारीको उपमा पाएका प्रचण्डले समेत जित्न सक्ने निर्वाचन क्षेत्रको सुनिश्चिता थिएन ।

    संघ र प्रदेशको चुनावमा पार्टीको अस्तित्व राख्नका निम्ति प्रचण्डका निम्ति हम्मेहम्मेको परिस्थति निर्माण भएको थियो । त्यहीं परिस्थितिमा नेकपा एमालेसंग पार्टी विलय गराएर भए पनि प्रचण्ड संघको माननीय हुने दाऊमा थिए । त्यसका निम्ति नेकपा एमालेका अध्यक्ष ओलीसँग मित्रताका निम्ति भित्रभित्र वातावरण तयार पारिरहेका थिए । जुन कुरालाई उनी पहिलो भेटमै सूर्य चिह्नमा निर्वाचन लड्न तयार भएको कुराले प्रष्ट पार्छ ।

    तर पछि नेपाली कांग्रेसले एमालेको भन्दा धेरै प्रतिशत दिने कुरा गर्दा उनी सूर्य चिह्नमा चुनाव लड्ने सम्भौताबाट पछि हटेका थिए । परिणाम चुनावी तालमेल मात्र भयो र चुनाव चिह्न आ–आफ्नै पार्टीका गरी संयुक्त उम्मेदारीसहित संघ र प्रदेशको निर्वाचन सम्पन्न भयो । जसमा सूर्य चिह्नबाट लडेका उम्मेदारहरुले जिते, हँसियाहथौडाबाट लडेका उम्मेदवार अधिकांश पराजित भए । जुन परिणामले पार्टी एकताका निम्ति वातावरण तयार पारेको थियो । साथै नेपालको राजनीतिमा जनमोर्चा र नेमकिपाको अवस्थामा पुगेको नेकपा माओेवादी केन्द्रका निम्ति एमालेसँगको चुनावी तालमेलले जीवनबुटीको काम गर्यो ।

    नेकपा एमालेको संगठन र सूर्य चिह्नप्रतिको जनताको आस्था देखेर लोभिएका प्रचण्ड सजिलै पार्टी एकतामा सहमत भएका थिए । २०७५ जेष्ठ ३ गते पार्टी एकता भयो, जुन एकता माधव नेपालले हृदयदेखि स्वीकार गरेका थिएनन् र उनीमा तत्काल एकताको विरोध गर्ने सामथ्र्य पनि थिएन । पार्टी एकताको एक वर्ष नवित्दै प्रचण्डमा भएको पदको महत्वाकांक्षा र अस्थिर स्वभाव माधव नेपालका निम्ति केपी ओली ढाल्ने हतियार थिए ।

    त्यस्तै माधव नेपाल भित्र रहेको केपी ओलीप्रतिको कुण्ठा, इष्र्या र जलन प्रचण्डका निम्ति केपी ढाल्ने हतियार थिए । जुन हतियारहरु प्रयोग गरी केपी ओलिलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष समेतबाट हटाउन ठूलो र्मोचा बन्यो । आफ्नै पार्टीको सरकार र पार्टी अध्यक्ष ढाल्न सडक–सदनमा गज हँसाउने खेल भयो । तर केपी ओलीको दृढताका अगाडि उनीहरुको खेल सफल भएन ।

    २०७७ फागुन २८ गते सर्वोच्च अदालतको फैसलाले पूर्ववत् पार्टीको अस्तित्व पुनः जीवित गर्यो । एकता अघिका पार्टीहरु पुनः स्थापित हुँदा फर्किन चाहनेहरु फर्किन पनि सक्थे, नफर्किन नचाहने नफर्किन पनि सक्थे । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ–आफ्नो पार्टीको नेतृत्व गर्न साविकका पार्टी फर्किए तर एमालेका वरिष्ठ नेताद्वयमा कहाँ जाने भन्ने अन्योल देखियो ।

    एमाले हुन नसक्ने प्रचण्डलाई छाड्न नसक्ने रोगबाट ग्रस्त नेताद्वयको पहिलो काम एमालेको संगठन भताभुङ्ग गर्ने र विस्तारै प्रचण्डकरण हुने रणनीतिका साथ एमालेको किनारमा उभिएका थिए । त्यसका उदारण हुन्, वागमती प्रदेशमा भएको राष्ट्रियसभाको निर्वाचनमा गरेको घात, नेपाली कांग्रसेका सभापतिलाई प्रधानमन्त्री बनाउन २३ जनाले गरेको हस्ताक्षर प्रकरण र कर्णालीमा गरेको फ्लोरक्रस । यस्ता अपराधले माधव नेपालको नियत के हो भन्ने कुरा प्रस्ट हुन्छ । एमाले कमजोर हुँदा मात्र आफू बलियो भइन्छ भन्ने मान्यताबाट ग्रसित माधव समूह अहिले तलदेखि माथिसम्म हात धोएर लागेको छ ।

    यो सत्य नै हो कि, नेकपा(एमाले)नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रबाह हो । जुन पार्टीसंग मार्क्सवादको नयाँ संस्करणको रुपमा विकास गरेको जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त छ । इतिहासको कुनामा थन्किन वाध्य नेपालका वामपंथीहरुका निम्ति जबजले रक्षा कवचको काम गर्दै आएको छ ।

    उग्रता र जडतामा रन्थनिएको नेपाली कम्युनिष्ट आन्दोलन जबजको विकासपछि नेपालमा फूल्न र फक्रिन थालेको हो । नेपालमा भएका सबै प्रगतिशील आन्दोलनहरुको नेतृत्व गर्दै आएको पार्टी एमाले हो । यस पार्टीको नेतृत्वतहमा बसी लामो समय काम गरेका माधव नेपाल र झलनाथ खनालमा देखिएको राजनीतिक विचलन व्यक्ति कुण्ठाको पराकाष्ठाबाहेक अरु केही होइन । आफू पार्टीको प्रमुख नेता हुँदा पार्टीलाई सही मार्गमा हिडाउँन नसक्ने, अरु नेता हुँदा पार्टीले गरेको प्रगति सहन नसक्ने विकृत प्रवृति नै माधव नेपालको मुल समस्या हो ।

    नेकपा एमालेविरुद्ध अहिले गरेका कामले नेताद्वयले विगतमा गरेका सबै कामहरु मेटिएका छन् । अथवा माधव समूहमा लागेका केही व्यक्ति अहिले ‘भुइँको टिप्ने स्वार्थमा खल्तीको खसाल्दै’ छन् ।

     

  • माधव समूहमा छलफल- नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न

    माधव समूहमा छलफल- नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न

    काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको छ ।

    मंगलबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच ‘भर्चुअल माध्यम’मार्फत अनौपचारिक बैठक भएको थियो ।

    बैठकमा पछिल्लो परिस्थितिको विश्लेषण भएको र ठोस कुनै निर्णय नभएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘अहिले हामीले सामान्य परिस्थितको विश्लेषण गरेका हौं,’ उनले नेपाल प्रेससँग भने, ‘ठोस केही पनि भएन ।’

    अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नयाँ सरकार गठनप्रति आफूहरुको धेरै सरोकार नभएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसरी आफ्ना शर्त मनाउने भन्ने विषयबारे बैठकमा छलफल भएको बताए।

    ‘सरकारमा हाम्रो भूमिका केही पनि हुँदैन,’ भुसालले नेपाल प्रेससँग भने, ‘ सरकारसँग हाम्रो ममिला जोडिएको पनि छैन् । जोड्ने प्रयत्न कतिपयले गरेका होलान । बाहिरबाटै धेरै प्रयत्न भइरहेको छ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकि पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि दलहरुलाई ३० बैशाख सम्मको समय दिएकी छिन् ।

    यसै सन्दर्भमा छलफल गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने निर्णय गरेको छ।

    यसप्रति भुसालले भने, ‘हरेक राजनीतिक पार्टी भित्रका कुरामा अरु पार्टीहरुले कसरी विश्लेषण गर्ने, आफ्नो हितमा, आफ्नो नीतिको हितमा भन्ने कुरा त हुन्छ नै । त्यस्तो प्रयास हामी पनि गर्छौं । तर, हाम्रो तर्फबाट अहिलेको हाम्रो विवाद यो सरकार बन्ने र नबन्ने कुरासँग सम्बन्धित छैन ।’

    कतिपयले नेपाल समूहले राजीनामा दिएर भएपनि कांगेस नेतृत्वमा सरकार बनाउन सघाउने बताइ रहेका छन् । भुसाल यसलाई खण्डन गर्दै आफूहरुको जोड ओलीलाई आफ्ना शर्त मनाउनेमा भएको बताउँछन् ।

    उनी भन्छन्, ‘हामीले ओलीजीलाई तपाईंले गलत काम गर्नुभएको छ। के–के मा गलत गर्नु भएको छ, हामीले भनेका छौं । धेरै कुराहरुलाई जेठ २ गते लैजानुहोस् भनेका छौं ।’

    आफूहरुको थप कदम भने ओलीले लिने निर्णयमा भर पर्ने उनको भनाइ छ। ‘अब उहाँले के गर्नुहुन्छ , त्यो गरेपछि हामीले आफ्नो विचार बनाउँछौं,’ भुसालले भने।

  • माधव समूहको बैठक : सुरेन्द्र र घनश्याममाथिको कारबाहीको भर्त्सना

    माधव समूहको बैठक : सुरेन्द्र र घनश्याममाथिको कारबाहीको भर्त्सना

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको बैठकले पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाहीको भर्त्सना गरेको छ । उक्त कारबाहीले नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको नेता भीम रावलले बताए ।

    बैठकको बीचमा बाहिर निस्केर पत्रकारसँग छोटो कुरा गर्दै रावलले भने, ‘हामी सबैले कारबाहीको निन्दा गरेका छौं । यो तानाशाही, निरंकुश र स्वैच्छाचारी छ । कथित कारबाहीले पार्टीको सिद्धान्त, नीति र विधान मिचिएको छ । नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भएको छ ।’

    रावलले नेकपा एमालेको रक्षा र गतिशीलताका लागि पाइला चाल्ने विषयमा छलफल भइरहेको बताए । उनले महाधिवेसन आयोजक समिति गठन गरेर अध्यक्ष ओलीले आफैंलाई अवैध बनाएको दावी गरे ।