Tag: माधव नेपाल

  • एमाले एकताको लागि  माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

    एमाले एकताको लागि माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् ।

    ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’

    १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो ।

    उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’

    पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रिय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।

    ‘ढुक्क हुनुस् कामरेडहरु, त्यसो हुन दिइने छैन,’ उनले भने ।

  • भीम रावललाई भेट्न टोखा पुगे माधव नेपाल

    भीम रावललाई भेट्न टोखा पुगे माधव नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् ।

    आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न पुगेका हुन् ।

    सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावल असन्तुष्ट भएर राजीनामा दिइसकेका छन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

  • एमालेको कारवाही सामनाबारे छलफल गर्न २२ सांसदसहित माधव नेपालको बैठक

    एमालेको कारवाही सामनाबारे छलफल गर्न २२ सांसदसहित माधव नेपालको बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा (एमाले) का २२ सांसदसहित वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।

    आजै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    नेपाल पक्षका एक सांसदका अनुसार डल्लुमा उनीहरूबीच आन्तरिक छलफल जारी छ । पार्टीको कारवाहीको कसरी सामना गर्ने र सरकारमा सहभागी हुने/नहुने बारे छलफल भइरहेको बताइएको छ।

  • माधवसहितका नेतालाई ‘लाल गद्दार’ भन्दै एमाले बैठकस्थल बाहिर प्रदर्शन (भिडियोसहित)

    माधवसहितका नेतालाई ‘लाल गद्दार’ भन्दै एमाले बैठकस्थल बाहिर प्रदर्शन (भिडियोसहित)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठानबाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपालसहितका नेतालाई कारवाहीको लागि दबाब दिएका छन् ।

    ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कार्यकर्ता र अखिलको समूहले जनताले सूर्यमा भोट हालेर जिताएकाले संसदमा कांग्रेसलाई भोट दिएको भन्दै त्यस्ता नेतालाई कारवाही गर्न माग गरेका छन् ।

    माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ‘लाल-गद्दार’ को संज्ञा दिँदै उनीहरूले ‘माकुने चोर मुर्दावाद’, ‘व्यापारी र तस्करलाई टिकट दिन बन्द गर’, ‘भ्रष्टाचारीहरूलाई एमाले पार्टी बहिष्कार गर’ जस्ता नारा लगाएका छन् ।

    एमाले १०औं केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

     

  • माधव नेपालले भने : निरंकुशतामा अंकुश लाग्यो, जनताको जित भयो

    माधव नेपालले भने : निरंकुशतामा अंकुश लाग्यो, जनताको जित भयो

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि जनताको जित भएको प्रतिक्रिया दिएका छन् । उनले आजको मत परिणामबाट संविधान जोगिएको समेत बताए ।

    पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘संविधान जोगियो, संविधान निर्माताको भावनाको सम्मान भयो । निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो । सर्वोच्चको ऐतिहासिक फैसलाको हामीले उचित कदर गरेका छौं ।’

    उनले थपे, ‘यो जनताको जित हो, लोकतन्त्रको जित हो र संविधानको जित हो ।’

  • माधव नेपाल देउवाकै पक्षमा, प्रत्यक्ष निर्वाचित सांसदसँग कार्यदलका नेताहरुको छलफल

    माधव नेपाल देउवाकै पक्षमा, प्रत्यक्ष निर्वाचित सांसदसँग कार्यदलका नेताहरुको छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा माधव नेपाल समूहमा विवाद भएपछि विघटित कार्यदलका सदस्यहरुले प्रत्यक्ष निर्वाचित सांसदहरुसँग छलफल गरिरहेका छन् ।

    वरिष्ठ नेता नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गरेका १५ जना प्रत्यक्ष निर्वाचित सांसदहरुबीच संसद भवनमै छलफल चलिरहेको छ । जसपाको महन्थ पक्षले मतदान गरेपछि संसद जोगिने भए पनि आफूहरु के गर्ने भन्नेबारे नेताहरुसँग छलफलमा रहेको सांसद यज्ञराज सुनुवारले बताए ।

    कार्यदलमा रहेका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र कार्यदल बाहिर रहेका योगेश भट्टराईलगायतले जसपाले एकजुट भएर विश्वासको मत दिएको अवस्थामा एमालेको एकता जोगाउन पार्टीको पक्षमा उभिनुपर्ने र प्रतिपक्षमा रहनुपर्ने धारणा राखेका छन् ।

    तर देउवाको पक्षमा राष्ट्रपति भवन र अदालत पुगेका सांसदहरु अदालतको आदेश र नैतिक मूल्यका आधारमा पनि विश्वासको मत दिनुपर्ने पक्षमा छन् । उनीहरुलाई माधव नेपाल स्वयंले साथ दिएका छन् ।

    नेपालले निष्ठाको राजनीति गरेको भन्दै आफू संविधान जोगाउने अभियानको सफलताबाट पछि हटेर शीर निहुराउने पक्षमा नरहेको बताएका छन् । नेपाल पक्षका सांसदहरुले अन्तिमसम्ममा एउटै निर्णय लिने बताइएको छ ।

     

  • माधव नेपाल र विप्लवको छलफलमा कसरी भयो प्रचण्डको ‘इन्ट्री’ ?

    माधव नेपाल र विप्लवको छलफलमा कसरी भयो प्रचण्डको ‘इन्ट्री’ ?

    काठमाडौं । मोहन वैद्य, रामबहादुर थापा ‘बादल’ हरूलाई साथमा लिएर अलग भएको धेरै वर्षसम्म नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेनन् ।

    केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरेर पछिल्लो भूमिगत राजनीतिक तोडेपछि पनि उनले प्रचण्डलाई भेटेनन् ।

    तर, बुधबार प्रचण्ड निवास खुमलटारमै गएर विप्लवले ‘सरप्राइज भेट’ गरे । पछिल्लो कालमा आफूले कटु आलोचना गर्ने प्रचण्डसँग घनिष्ट दोस्ती झैं उनले मुस्कुराएको फोटो खिचे ।

    यो सिलसिला विहीबार पनि चल्यो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा प्रचण्ड र विप्लव एकसाथ उभिएर खिचेको फोटो सार्वजनिक भयो । तस्बिरमा हिजो प्रचण्डलाई भेट्दा साथमा रहेका माधव नेपालसहितको तस्बिरमा सबै (प्रचण्ड, माधव नेपाल, विप्लव र धर्मेन्द्र वास्तोला) खुब मुस्कुराएको देखिन्छ ।

    अचानक किन सक्रिय ?

    ओली नेतृत्वको सरकारसँग सम्झौता गरेपछि हिरासतमा रहेका आफ्ना पार्टीका नेताहरूलाई उनले भेटेका थिए । त्यस्तै आफ्ना पूर्वसहकर्मीहरू मोहन वैद्य, कृष्णबहादुर महरा, आहुतीलगायतसँग मात्रै विप्लवले राजनीतिक भेटघाट गरेका थिए ।

    तर, ओली सरकारबाट बाहिरिएलगत्तै उनले राजनीतिक भेटघाटलाई बढाए । यसबाट धेरैलाई आश्चर्य लागेको छ । यो भेटघाट तीन बुँदे राजनीतिक सहमति कार्यान्वयन लागि भएको विप्लव नेतृत्वको नेताहरू बताउँछन् ।

    हिजो भएको प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल गरेको र तीन बुँदे सहमति कार्यान्वयनबारे चासो राखेको बताइएको थियो । प्रचण्डसँगको भेटपछि बसेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरूसँग सम्वाद र छलफललाई तीव्रता दिने निर्णय गरेको थियो । त्यस्तै अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति वर्तमान सरकारले स्वामित्व लिनु पर्ने र कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

    उक्त बैठकको निर्णय अनुसारै विप्लव राजनीतिक भेटघाटमा सक्रिय रहेको भेटघाटहरूमासँगै रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र वास्तोला बताउँछन् । नेता नेपालसँगको भेटमा पनि यही विषयमा कुराकानी भएको उनले नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्‍यो भन्ने कुरा हामीले राख्यौं,’ उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति के छ, कस्तो छ ? यसबारेको बुझाइ के छ भन्नेबारेमा पनि कुराकानी भयो ।’

    विप्लवसँगको छलफलमा नेता नेपालले चाहिँ सहमति कार्यान्वयन हुनुपर्छ र कार्यान्वयन गर्ने कुरामा आफूहरू सहमत भएको बताएका थिए ।

    प्रचण्ड कसरी मिसिए ?

    राजनीतिक घटनाक्रम तरल रहेको अवस्थामा प्रचण्ड, नेता नेपाल र विप्लव एकसाथ भेटेको तस्बिर सार्वजनिक भएपछि धेरैले अब उनीहरूबीच एकता हुन लागेको रूपमा बुझेका छन् ।

    कतिपय अब पूर्वमाओवादी घटकहरूबीच एकता हुने भन्दै आशावादी पनि भएका छन् । नेता नेपालले पनि पूर्वमाओवादीहरू मिल्नुहोस् भन्ने सुझाव दिएको खबर थाहा पाएर धेरै उत्साहित भएका छन् ।

    तर, अवस्था सोचिए जस्तै हो त ? सबैभन्दा पहिले तीन नेता एकसाथ देखिएको तस्बिर कसरी खिचियो भन्ने वास्तविकता बुझौं ।

    नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपाल र विप्लवबीच करिब डेढ घण्टा छलफल चलेको थियो । नेपाल र विप्लवबीच वार्ता चलिरहेकै बेला प्रचण्ड नेपाल निवास छिरेका थिए। अनि माधव नेपालकै आग्रहमा तीनजनाबीच फोटो सेसन चलेको थियो।

    यसलाई पुष्टी गर्दै नेता वास्तोला भन्छन्, ‘नेपालजीलाई भेट्न सँगै गएको होइन, संयोग परेको । हामी गएर कुरा गर्दै थियौं, प्रचण्डजी पछि आउनुभयो । उहाँहरूको पनि बैठक रहेछ । उहाँ पुगेपछि माधवजीले बसौं न त, कमसेकम फोटो चाहिँ सँगै खिचाउँ भन्नुभयो । अनि तस्बिर खिचाइयो ।’

    अब पूर्वमाओवादीहरू मिल्नुहोस् भन्ने नेता नेपालवको सुझावलाई पछ्याउँदै अब तपाईंहरू मिल्नुहुन्छ त भन्ने प्रश्नमा बास्तोला भन्छन्, ‘पूर्वमाओवादीहरूबीच एकीकरणबारे खास कुरा भएको छैन् र हामीले अहिले नै त्यसरी सोचेका पनि छैनौं,’ उनी भन्छन्, ‘अहिले चाहिँ तीन बुँदे सहमति कार्यान्वयन गरौं र अहिलेको राजनीतिक विषयमा छलफल गरौं भन्ने हिसाबले भेटघाट बढाइरहेका छौं ।’

    माओवादी घटकहरूबीचको एकताबारे मात्रै हाललाई नसोचिएको भए पनि कम्युनिष्टहरूबीच एककताका लागि भने आफूहरू खुला रहेको बास्तोला बताउँछन् । तथापि आफूहरूको अहिलेको मुख्य जोड तीन बुँदे सहमति कार्यान्वन गराउनु नै भएको उनको भनाइ छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाटको प्रयास भइरहेको बास्तोलाले बताए।

  • माधव नेपालले देउवालाई भने : हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस्

    माधव नेपालले देउवालाई भने : हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस्

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठवन्धनबाट आफू अलग भएको संकेत गरेका छन् । आज बसेको गठवन्धनको बैठकमा उनले आफ्नो पार्टी एमाले एकतातर्फ अघि बढेको भन्दै यस्तो संकेत गरेका हुन् ।

    स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालकै घरमा बस्ने भनिएको बैठकमा धेरै नेताहरु उपस्थित भएपछि अन्यत्र सारिएको थियो । बैठकमा नेपालले परिस्थितिमा बदलाव आएको तर, आफू संविधानको रक्षा एवं जनताका हक अधिकारको पक्षमा सँधै प्रतिवद्ध रहने बताएका थिए ।

    बैठकपछि नेता रघुजी पन्तले दिएको जानकारी अनुसार नेता नेपालको भनाइ यस्तो थियो :

    ‘हामीले संविधान र लोकतन्त्रको रक्षाका लागि लडाईं लडेका हौं । जनताका हक अधिकारका पक्षमा लडेका हौं । अब बन्ने सरकार त्यस दिशामा काम गर्न सफल हुनुपर्छ । अहिले नयाँ परिस्थिति बनेको छ । हिजो हामी विभाजित अवस्थामा थियौं । अहिले पार्टीलाई एकतावद्ध बनाउने प्रयास अघि बढेको छ । हामी चाँडै यसलाई टुंग्याउन चाहन्छौं । परिवर्तित अवस्थालाई तपाईंहरुले बुझिदिनुहोला । शेरबहादुरजीले सबैलाई समेटेर देशमा विद्यमान समस्या समाधानको अगूवाइ गर्नुहोस् । एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमालेलगायत सबै राजनीतिक दलहरुसँग सरसल्लाह गरेर काम गर्नुस् । ’

    नेता पन्तलाई पत्रकारले ‘तपाईंहरु देउवा सरकारमा सहभागी हुनुहुन्छ कि ? भनेर सोधेका थिए । पन्तले यसबारेमा आफ्नो पार्टीका बैठकले निर्णय गर्ने बताए ।

    उनले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीका बैठक बस्छ । अध्यक्ष कमरेड कपी ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालहरुबीच छलफल हुन्छ । त्यसपछि प्रतिपक्षमा जाने कि सरकारमा बस्ने निर्णय हून्छ ।’

    पन्तले आफूहरु सँधै विपक्षी गठवन्धनमा बस्न नसक्ने बताए । बीचमा समस्या आए पनि एमाले एउटै रहेको उनको भनाइ थियो । पार्टीभित्र भएको १० बुँदे सहमतिलाई पूर्ण बनाउँदै लैजाने भन्दै उनले थपे, ‘हामी एमालेलाई एकतावद्ध बनाएर राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका स्थापित गर्छौं ।’

  • प्रचण्डको प्रश्न-ओलीसँग मिल्न लागेको हो ? माधवले भने- फैसला प्रभावित हुनेगरि कुनै सम्झौता हुन्न

    प्रचण्डको प्रश्न-ओलीसँग मिल्न लागेको हो ? माधवले भने- फैसला प्रभावित हुनेगरि कुनै सम्झौता हुन्न

    काठमाडौं । नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग भेट गरेका छन् । बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका हुन् ।

    एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गरिने तय भएको छ । त्यसअघि अध्यक्ष केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ । तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।

    अध्यक्ष प्रचण्डले नेता नेपालसँग अ‍ोलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछिमात्र बस्ने भनेर रोकिएको छ ।

    बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन ।

    स्रोतका अनुसार प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् ।

  • माधव नेपालले के भनेर फर्काए ओली पक्षका नेताहरूलाई ? (भिडियाेसहित)

    माधव नेपालले के भनेर फर्काए ओली पक्षका नेताहरूलाई ? (भिडियाेसहित)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।

    संस्थापनपक्षबाट पौडेलसहितको टोलीले विपक्षी गठबन्धन छाडेर एमालेमा फर्किन आग्रह गर्दै नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेको थियो । भेटमा प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले बताए ।

    ‘माधव कमरेडको म, सुवासजी र शंकर जी भएर गएका थियौं । उहाँसँग एकछिन कुराकानी भयो । पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक-आपसमा बस्नुहोस्’,पौडेलले संचारकर्मीसँग भने, ‘ हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस् हामी त्यो चाहन्छौँ । भनेर हामीले प्रस्ताव राख्यौँ । खासगरी प्रधानमन्त्रीसँग भेट्नका लागि उहाँले अरुची प्रकट गर्नुभयो । ठीकै छ छलफल गर्दे जाउँ भनेर हामी उठ्यौँ ।’

  • देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदसँग माधव नेपालको छलफल, समर्थन फिर्ता नलिने अडान (भिडियो)

    देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदसँग माधव नेपालको छलफल, समर्थन फिर्ता नलिने अडान (भिडियो)

    काठमाडौं । नेकपा एमालेको एकताका लागि सोमबार साँझभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओलीले निर्देशन दिएपछि माधव नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरेका छन् ।

    शनिबार दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा रहेका बेला नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका हुन् ।

    माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये जुम बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने बताएको विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले जानकारी दिए ।

    उनले भने– पार्टी एकता र हस्ताक्षरको कुनै सम्बन्ध छैन । जुन संसद र सांसद नै उहाँलाई चाहिएन, अहिले उनीहरुको हस्ताक्षर फिर्ता किन चाहियो ? एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन कसले रोक्यो ? फेरि पनि झुक्याउने खेल हो यो सबै ।

    सांसदहरुले हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिन नहुने अडान राखेपछि माधव नेपालले पार्टी एकतामा आफू बाधक भएको भनेर सुनियोजित हल्ला चलाइएको बताएका थिए । नेपालले आफू हिजो सम्पर्कविहीन भएको भनेर हल्ला चलाइएको भन्दै आपत्ति जनाएका थिए ।

    सांसदहरुको बैठकपछि नेपाललाई भेट्न वार्तामा सहभागी भइरहेका नेता घनश्याम भुसाल पुगेका थिए । उनकै उपस्थितिमा ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको छ ।

     

  • माधव नेपालको व्यंग्य : ओलीका अभिव्यक्ति मननीय छन्, रेकर्ड गरेर राख्नुहोला (भिडियो)

    माधव नेपालको व्यंग्य : ओलीका अभिव्यक्ति मननीय छन्, रेकर्ड गरेर राख्नुहोला (भिडियो)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति ‘सबैले सिक्न लायक’ रहेको भन्दै व्यंग्य गरेका छन् । आफूहरु जनताको अदालतमा उभिन तयार रहेको उनले बताए ।

    विपक्षी गठवन्धनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपालले ओलीले आजै दिएको अभिव्यक्तिका विषयमा टिप्पणी गरेका हुन् ।

    नेपालले भने, ‘हामी आफैं संस्कृति र संस्कारको कुरा गर्छौं अरुको मान सम्मानको कुरा गर्छौं, तर त्यसभन्दा फरक व्यवहार गर्छौं । यसमा नम्बर वान को छ भने सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । उहाँको हिजोआजको अभिव्यक्ति रेकर्ड गरेर राख्नुहोला । कति राम्रा-राम्रा कुरा छन्, हिजोको पनि आजको पनि । ध्यान दिन लायक छ, मननीय छ । सबैले सिक्नै पर्छ । सकारात्मक वा नकारात्मक रुपले सिकौं । किनभने बानी र पानी माथिबाट तल सर्छ ।’ कतिपय भ्रम प्रधानमन्त्री स्वयम्ले निवारण गरेको नेपालले बताए ।

    ‘मलाई बहुला कुकुरले टोकेको छ र भन्नुभएको छ । विगतको सन्दर्भ पनि अघि सार्नुभएको छ । नामै काढेर पनि भन्नुभएको छ । म धेरै कुरा भन्न चाहन्न । हामी त जनताको अदालतमा उभिन तयार छौं ।’

  • मदन जयन्तीमा माधव नेपालको अपिल- एमाले र कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट एकीकृत गरौं

    मदन जयन्तीमा माधव नेपालको अपिल- एमाले र कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट एकीकृत गरौं

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।

    नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा सन्देश जारी गर्दै नेता नेपालले कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वास पार्टी सिद्धान्त विपरीत संविधान र लाेकतन्त्रकाे विरुद्धमा प्रयाेग हुनु दुःखद रहेकाे बताएका छन् ।

    ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दु:खद अवस्था हो ।’

    ‘अत: विद्यमान वैचारिक-राजनैतिक-सांस्कृतिक -आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुन: जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु’, नेता नेपालले भनेका छन् ।

  • माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिँदै, जेठ २ मा फर्किएको घोषणा असार १६ मा हुने

    माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिँदै, जेठ २ मा फर्किएको घोषणा असार १६ मा हुने

    काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने भएको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ ।

    माधव नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी अध्यक्ष केपी शर्मा अ‍ोलीको छ ।

    सोही प्रयोजनका लागि आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकबाट एकताको लागि अन्तिम प्रयत्न गरिने स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपाल प्रेसलाई बताए ।

    रिमालले भने, ‘माधव कमरेडको कुरा त तपाईंहरूले भिडिओसहित सबैलाई जानकारी गराइहाल्नुभयो । तर, पनि पार्टीले उहाँहरूलाई एमालेमै रहनका लागि हदैसम्म लचिलो भएर सम्बोधन गर्छ । जेठ २ मा जाने भनेर अध्यक्षले आह्वान गरिसक्नु भएकै छ, महाधिवेशन आयोजक कमिटीको बैठकले थप निर्णय गर्छ ।’

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले थप निर्णय गर्न फराकिलो र उच्च तहबाट छलफल गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

    एमाले स्रोतका अनुसार आइतबारको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने निष्कर्ष सुनाएको एक नेताले बताए ।

    नेपाल आफैंले शनिबार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारिसकेका छन् । नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको ती नेताले बताए ।

    ती नेताले भने, ‘माधव नेपाललगायत उनीसँग रहेको एउटा टिम कुनै हालतमा एमालेमा फर्किदैन भन्ने निष्कर्ष रह्यो । तर, जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आह्वान गर्न लागिएको हो ।’

    बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । ओलीले सबै प्रयास गर्दा पनि माधव नेपाल विपक्षी गठबन्धनबाट फर्किने ठाउँमा नरहेको बताएका थिए ।

    बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले एमाले विभाजन गर्ने, आफ्नै पार्टीको सरकार विस्थापित गर्न प्रतिपक्षलाई काँधमा बाकेर आफ्नो पार्टी सिध्याउने कर्ममा माधव नेपाल लागिरहे पनि पार्टी एकताको आश अझै आफूहरूले नमारेको बताए ।

    उनले भने, ‘प्रतिपक्षलाई श्रेष्ठ बनाउने र एमाले विभाजन गर्ने सिमित नेताको चाहना होला, तर देभरका कार्यकर्ता र जनताको चाहना होइन त्यसैल हामीले अन्तिमसम्म एकताको पहल गर्छौं । अनुशासन उल्लंघनको हद पार गर्दा पनि पार्टीले सहेको छ,यो भनेको एकता नटुटोस् भनेरै हो ।’

  • कोटेश्वर वार्ता : संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति

    कोटेश्वर वार्ता : संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति

    काठमाडौं । विपक्षी गठवन्धनका प्रमुख तीन नेताले संविधान र लोकतन्त्रको रक्षार्थ भएको सहकार्यमा आपसी अविश्वास उत्पन्न हुन नदिने निर्णय लिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठकले प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने निश्चय गरेको छ ।

    बैठकमा नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित थिए ।

    ‘यो गठबन्धन संविधान, लोकतन्त्र र जनताको सवाल सम्बोधन गर्न बनेको हो । गठबन्धनलाई अझ दह्रो बनाउने, आपसमा अविश्वास बढाउन हुनसक्ने चलखेलप्रति सचेत रहने र ओली सरकारको असंवैधानिक कदमको विरुद्ध दृढ रहने निर्णय भयो,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेससँग भने ।

    महामन्त्री खड्काले सबै प्रदेशमा विपक्षी गठबन्धनको कार्यगत एकता कायम रहने भन्दै त्यसलाई भत्काउन हुनसक्ने प्रयत्नप्रति सचेत रहनेबारे छलफल भएको बताए ।

    गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन रहेका विषयलाई सरकारले विभिन्न माध्यमबाट प्रभावित गर्न खोजेको भन्दै आपत्तिसमेत जनाएको छ । निर्वाचन आयोग लगायतका संवैधानिक निकायको कामबारे प्रश्न गर्दै गठबन्धनले संवैधानिक निकायले सरकारको स्वार्थअनुसार काम गरेको ठहर समेत गरेको छ ।

    ‘संवैधानिक अंगहरुलाई प्रभावमा पार्न सत्ताको दुरुपयोग भइरहेको छ, त्यसलाई दृढतापूर्व प्रतिवाद गर्नेछौं । स्वतन्त्र न्यायापालिकाको भूमिकामाथि विभिन्न ढंगले प्रहार गर्न खोजिएकोप्रति हाम्रो ध्यानाकर्ष भएको छ’, खड्काले भने ।
    बैठकले जनतालाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार असफल भइसकेको र निषेधाज्ञाले मारमा परेको विपन्न वर्गप्रति सरकार उदासीन भएको ठहर समेत गरेको छ ।

  • जेठ २ मा फर्किँदा एमाले केन्द्रीय कमिटीमा कसको बहुमत ? (सूचीसहित)

    जेठ २ मा फर्किँदा एमाले केन्द्रीय कमिटीमा कसको बहुमत ? (सूचीसहित)

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट निष्कासनपछि प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चारजना नेतालाई पुनर्वहालीको अन्तरिम आदेश दिएपछि एमालेलाई २०७५ जेठ २ मा फर्काइदिएको व्याख्या समेत भइरहेका छन् ।

    यद्यपी अदालतले दिएको अन्तरिम आदेशमा एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीमाथि प्रश्न उठाइएको छ । एमालेलाई जेठ २ मा फर्काउने सन्दर्भमा केपी ओलीले हालैमात्र ६ बुँदे वक्तव्य दिइसकेकाले जेठ २ को विषय ठूलो विवादमा छैन ।

    जेठ २ मा फर्किने ओलीको वक्तव्यलाई माधव नेपाल पक्षकै मध्यमार्गी नेताहरूले समर्थन गरेकाले पनि एमालेमा एकपटक फेरि जेठ २ मा फर्किएका अवस्थामा के हुने भन्ने बहस चाहिँ चलेको छ ।

    जेठ २ अघिका कमिटीहरू पुनर्वहाली गर्न केपी ओली तयार भए भने माधव नेपाल के गर्छन् ? नेपाल पक्षकै केही नेता अब त्यतिले मात्र नपुग्ने बताइरहेका छन् । नेपाल पक्षकै नेताहरू जो ओली पक्षसँग वार्तामा छन् उनीहरूले भने जेठ २ मा फर्केपछि पार्टी एकजुट हुने बताइरहेका छन् ।

    विशेषगरी सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता यस अभियानमा छन् । अदालतको पछिल्लो अस्पष्ट आदेश र ओलीको अस्पष्ट आह्वानका बीचबाट अब पार्टीलाई जेठ २ बाट अघि बढाउन सकिने मत उनीहरूको छ ।

    जेठ २ मा फर्किँदाको अवस्थामा आजका एमालेभित्रका गुटहरू यथावत नरहन सक्छन् । तर, पनि नवौं महाधिवेशनबाट निर्वाचित २०७५ जेठ २ अघि मनोनयन प्रक्रियाबाट थपिएका २०१ सदस्यीय एमाले केन्द्रीय कमिटी ब्युँताएरै अघि बढ्दा पनि ओली सुविधाजनक बहुमतमा देखिन्छन् ।

    तर, एमालेको केन्द्रीय कमिटीमा माधव नेपालसँग बलियो हिस्सा छ । पदाधिकारी र स्थायी कमिटीमा बराबर शक्ति छ । जेठ २ मा फर्किँदा अहिले एकता प्रक्रियामा रहेका एकाध पदाधिकारी ओलीसँग हुनसक्छन् ।

    जेठ २ अघिका कमिटीहरू पुनर्वहाली गर्न केपी ओली तयार भए भने माधव नेपाल के गर्छन् ? नेपाल पक्षकै केही नेता अब त्यतिले मात्र नपुग्ने बताइरहेका छन् । नेपाल पक्षकै नेताहरू जो ओली पक्षसँग वार्तामा छन् उनीहरूले भने जेठ २ मा फर्केपछि पार्टी एकजुट हुने बताइरहेका छन् ।

    माओवादीसँग एकता गर्नुअघिको २०१ सदस्यीय केन्द्रीय कमिटीका केन्द्रीय सदस्यमध्ये कतिपयको निधन र केही संवैधानिक पदमा गएकाले रिक्त छन् ।

    एमालेको उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सीता पौडेल प्रदेश प्रमुख , धर्मनाथ यादव प्रदेश प्रमुख र सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएपछि केन्द्रीय सदस्य रहेनन् ।

    त्यस्तै रविन्द्र अधिकारी, पशुपति चौलागाई, योगनारायण यादव, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेको छ भने राधाकृष्ण मैनाली, प्रल्हाद गिरी जेठ २ अघि नै कारवाहीमा परेर निष्कासन भएका थिए ।

    बाँकी रहेका केन्द्रीय सदस्यमध्ये वामदेव गौतम र हरि पराजुली एकता अभियान चलाइरहेका छन् । प्रदिप नेपाल निष्क्रिय छन् भने राजबहादुर बुढा माधव नेपाल पक्ष छाडेर बीचमा बसेका छन् ।

    सोमनाथ अधिकारी प्यासी पनि प्रदेश प्रमुख भएका छन् । त्यस्तै वंशीधर मिश्र र महेन्द्रबहादुर पाण्डे राजदूत भएका छन् ।

    यसबीचमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, सोम मिश्र र गणेश पहाडी ओली पक्षमा लागेका छन् । तामाङ र पहाडी ओली पक्षमा लागेर मन्त्री समेत भइसकेका छन् ।

    यी बाहेकका केन्द्रीय सदस्यहरूमध्ये केपी ओलीको पक्षमा १०४ जना देखिन्छन् भने माधव नेपालको पक्षमा ८४ जना देखिएका छन् । वामदेव गौतम र हरि पराजुली अन्तिममा माधव पक्षमा उभिदा यो संख्या ८६ हुनेछ ।

    पदाधिकारीमध्ये अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिवव विष्णु पौडेल र सचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा छन् । उपाध्यक्ष वामदेव माधव पक्षमा लाग्दा अन्य पदाधिकारीहरू उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट माधव पक्षमा छन् ।

    २०७५ जेठ २ अघि फर्किँदा एमाले केन्द्रीय कमिटीको समीकरण कस्तो हुनेछ ? तल दिइएको सूचीमा पदेन सदस्यहरूको समेत नाम रहेको छ । यद्यपि केन्द्रीय कमिटीमा अल्पमत र बहुमत हुँदा उनीहरूको मतदान अधिकार हुँदैन ।

    हेर्नुस् यो सूची:-

  • माधव पक्षको बैठक : एमाले एकताका लागि यी हुन् ६ बुँदे बटमलाइन

    माधव पक्षको बैठक : एमाले एकताका लागि यी हुन् ६ बुँदे बटमलाइन

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग ६ बुँदे शर्त अघि सारेको छ । शनिबार बसेको माधव पक्षको स्थायी कमिटी बैठकले कारवाही फिर्ता नभई संस्थापन पक्षसँग वार्तामा नबस्ने निर्णय गरेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरुको बैठकमा भएको छलफलको निचोड अनुसार ओलीसँग एकताका लागि आफ्नो बटमलाइन तयार पारिएको छ । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले ओलीसँग संघर्ष-एकता-रुपान्तपरण र निषेधको नीति लिने निर्णय गरेको नेपालले शनिवार जिल्ला पदाधिकारीहरुसँगको छलफलमा बताएका थिए ।

    अहिले ओलीसँग संघर्ष चलिरहेको र त्यसले एकतामा बदलेमा र केपी ओली रुपान्तरण हुन चाहेमा एकता हुने नत्र निषेधको नीति लिएर विद्रोह गर्नुपर्ने नेपाल पक्षको निष्कर्ष छ ।

    नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकताका लागि ओली समक्ष ६ बुँदे प्रस्ताव पारित गरेको ती सदस्यले बताए । उनका अनुसार पहिलो शर्त पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने हुनेछ ।

    ओली त्यसमा सहमत भएमा त्यसै दिन जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने र त्यस बैठकले तल्ला कमिटीहरुको समायोजनका लागि कार्यदल गठन गर्नुपर्ने दुई प्रस्ताव हुनेछन् । त्यस्तै ओलीले नवौं महाधिवेशनको निर्णय र नीति मान्ने र सामुहिक निर्णयका आधारमा चल्ने प्रतिबद्धता जनाउनु पर्ने र प्रतिनिसभा विघटन गलत कदम भनेर स्वीकार गर्नु पर्ने शर्त समेत नेपाल पक्षले अघि सारेको छ । यी शर्तलाई प्रस्तावका रुपमा बैठकले तयार पारेपछि सार्वजनिक गर्ने तयारी छ ।

  • मन्त्रिमण्डल पुनर्गठनप्रति माधव नेपालको टिप्पणी- ओली र भारतबीचको साँठगाँठ प्रष्ट देखियो

    मन्त्रिमण्डल पुनर्गठनप्रति माधव नेपालको टिप्पणी- ओली र भारतबीचको साँठगाँठ प्रष्ट देखियो

    काठमाडौं । एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गरेका छन् ।

    हिजो पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाए ।

    ‘केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्छ । हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ’, आफुनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा उनले भने ।

    नेपालले सम्बोधनको क्रममा भने, ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’

    नागरिकता विधेयक, गिट्टी बालुवा निकासीजस्ता विषयतर्फ इंगित गर्दै नेता नेपालले भने, ‘चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फसेको देखिएको छ ।’

    कामचलाउ सरकारले यसरी मन्त्रिमण्डल पुनर्गठन गर्न नपाउने नेता नेपालले जिकिर गरेका छन् ।

  • एमाले विवाद : समानान्तर जिल्ला कमिटीका पदाधिकारीसँग छलफल गर्दै माधव

    एमाले विवाद : समानान्तर जिल्ला कमिटीका पदाधिकारीसँग छलफल गर्दै माधव

    काठमाडौं । नेकपा एमालेबाट निष्कासित माधवकुमार नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग आज छलफल गर्दैछन् । नेपालले यसअघि आफूनिकटका भ्रातृ संगठनका प्रमुख, केन्द्रीय सदस्यलगायतसँग छलफल गरिसकेका छन् ।

    यसैक्रममा आज बिहान ११ बजेदेखि समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल रूपमा छलफल गर्न लागिएको हो ।

    एमालेमा आन्तरिक विवाद चुलिरहँदा नयाँ पार्टी खोल्ने या संस्थापन पक्षसँगको संघर्षलाई जारी राख्नेबारे नेपाल पक्षमा दुई धार छ । केही नेताले एमालेमै रहेर प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँगको संघर्षलाई जारी राख्नुपर्ने बताउँदै आएका छन् भने केहीले नयाँ पार्टी खोलेर आफ्नो ढंगले अगाडि बढ्नुपर्ने दबाब दिइरहेका छन् ।

    नेतृत्वसँग समन्वय नै नगरी एकताको नाममा व्यक्तिगत डिल गरिरहेको भन्दै योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूको पनि तीव्र आलोचना भइरहेको छ ।

    केही दिनयता चरणवद्ध रूपमा गरिँदै आएको छलफलपछि प्राप्त सुझावको आधारमा अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने नेपालको तयारी रहेको उनीनिकट एक नेताले बताए ।

  • माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन

    माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन

    काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

    बुधबारको बैठकपछि बीहीबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको बताएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै उनीहरूले ती सबै खारेजयोग्य रहेको दावी गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।

    उनीहरूले माग पूरा नभए नयाँ शीराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा,महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही,प्रेस चौतारीका विश्वमणी सुवेदी लगायतले हस्ताक्षर गरेका छन् ।

  • माधव नेपालको आरोप–प्रतिनिधि सभा विघटन गणतन्त्र समाप्त पार्ने कोशिस

    माधव नेपालको आरोप–प्रतिनिधि सभा विघटन गणतन्त्र समाप्त पार्ने कोशिस

    काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गलत मनशायबाट पटक पटक प्रतिनिधि सभा विघटन गरिनुले गणतन्त्र समाप्त पार्ने कोशिस भइरहेको आशंका उत्पन्न भएको बताएका छन् ।

    १४ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नेपालले वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छारी र पतिगामी कदम भनेका छन् ।

  • नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग

    नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला सो समूहनिकट कार्यकर्ताले निर्वाचन आयोगमा वैकल्पिक नामसहित दल दर्ताको निवेदन दिने क्रम चलेको छ ।

    नेपालनिकट नेता जीवन राईले नेकपा (एकीकृत) दर्ता गरेलगत्तै सोही समूहका कार्यकर्ताले निर्वाचन आयोगमा नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका छन् ।

    सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ ।

    विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् ।

    चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

    महासचिवमा प्रस्तावित बराल भने भर्खरै एलएलबीको पढाइ सकेकी नवोदित कानून व्यवसायी हुन् । उनी भने कुनै भ्रातृ संगठनमा संलग्न नरहेको बताइएको छ ।

    प्रस्ताविक कार्य समितिको पदाधिकारीमा उपाध्यक्ष धिरेन्द्र शाही, सचिव बासुदेव भट्टराई, कोषाध्यक्ष निर्मला कोइराला छन् ।

    त्यस्तै सदस्यहरुमा हिरासिंह धामी, विपिन वनेम, सुशीला कर्माचार्य, सम्झना कार्की, धनबहादुर लामा, अजयकुमार पटेल, पूजा राई, दिनेशमान श्रेष्ठ, दानबहादुर थापा मगर, सुमित्रा शाह, भागिरथी पन्त सेढाई, ईश्वरी बुढाथोकीलगायत छन् ।

    माधव नेपाल समूहका मुख्य नेताहरूको सहमतिमै संस्थागत ढंगले विधान मस्यौदा गरेर दल दर्ताका लागि निवेदन गरिएको एक सदस्यले बताए । उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन् ।

    नेकपा एमाले फुटेर २०५४ सालमा नेकपा माले बन्दा पनि सो पार्टीले तारा चिन्हबाट चुनाव लडेको थियो। जीवन राईको पार्टी नेकपा एकीकृतले भने चुनाव चिन्ह कलम माग गरेको छ ।

  • एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी

    एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी

    काठमाडौं । विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ ।

    नेकपा एमालेबाट फुटेर अलग पार्टी गठन गर्नेबारे माधव नेपाल समूहमा छलफल चलिरहेको छ । नेपाल समूहका नेता झलनाथ खनालले आन्तरिक छलफलपछि नयाँ पार्टी घोषणा हुने बताएका छन् ।

    एमाले एकताका लागि वार्ता टोली गठन भएर छलफल चलिरहेकै बेला माधव नेपाल र झलनाथ खनालसहित २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर शीतल निवास गएपछि पार्टी विभाजन भइसकेको थियो ।

    यसबीचमा सर्वोच्च अदालतमा देउवाका पक्षमा परमादेश माग्ने रिटमा हस्ताक्षर गर्नुअघि पनि दुवै वार्ता टोलीका नेताहरुबीच आइतबार राति वार्ता भएको थियो । तर सोमबार बिहानै हस्ताक्षर शुरु भएपछि वार्ता टोली पनि स्वतः भंग भएको छ ।

    यसबीचमा भएका वार्ता प्रयासहरुको प्रगति भइरहेकै बेला आफ्नै पार्टीको सरकार ढाल्न एमालेका सांसदको हस्ताक्षर प्रयोग भएपछि एकताको औचित्य सकिएको नेताहरुले बताएका छन् ।

    योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी लगायतका माधव नेपाल पक्षधर नेताहरु अझै पनि एकताको प्रयास गर्ने भन्दै हस्ताक्षर नगरी बसेका थिए । अब उनीहरुको भूमिका के हुन्छ भन्ने प्रष्ट भइसकेको छैन ।

    माधव नेपालले भने पार्टी दर्ताका लागि एक महिनाअघिनै आफू निकट कार्यकर्ताहरुलाई लगाइसकेका थिए । जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको छ ।

    झलनाथ खनाल निकट कार्यकर्ताहरुले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागि निवेदन दिएका छन् भने नेकपा समाजवादी पार्टी पनि दर्ताको लागि निवेदन परेको छ ।

    आन्तरिक छलफलपछि पार्टीको नयाँ नाम तय हुने खनालले बताए । नयाँ पार्टीको अध्यक्ष माधवकमुार नेपाल नै हुनेछन् भने महासचिवमा भीम रावल वा सुरेन्द्र पाण्डेमध्ये एक हुने बताइएको छ ।

    एमालेले खनाल नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य, जनप्रतिनिधित्व लगायत पार्टी आबद्ध सबै संघ संस्थाको जिम्मेवारी समेत मुक्त हुने गरि कारवाही गरेको छ ।

    अब स्पष्टीकरण सोधिएका १२ जनाले पनि चित्तबुझ्दो जवाफ नदिए निष्कासन गरिने एमालेले जनाएको छ । यो विभाजन प्रक्रियासँगै यसको असर प्रदेश सरकारहरुमा समेत पर्नेछ ।

  • ‘ब्याकफुट’मा विपक्षी गठबन्धन: चार विकल्प, सबै प्रतिकूल

    ‘ब्याकफुट’मा विपक्षी गठबन्धन: चार विकल्प, सबै प्रतिकूल

    काठमाडौं । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र नयाँ संसदको चुनाव घोषणा गरेपछि सरकार विरोधि गठवन्धन अन्यमण्यस्क अवस्थामा पुगेको छ । उनीहरुले सरकारको कदमको एकजुट भएर विरोध गर्ने तयारी गरेका छन्, तर यसपाली प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक र संवैधानिकरुपमा बलिया देखिन्छन् ।

    प्रधानमन्त्री र राष्ट्रपतिको आन्तरिक समझदारीमा पाँच महिनाभित्र दोस्रोपटक संसद विघटन र मध्यावधि चुनावको घोषणा भएको हो । यसअघि गत पुस ५ मा पनि सरकारले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेको थियो । तर, त्यसबेलाको सरकारको निर्णयमा संवैधानिक धरातल बलियो थिएन । संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गराएका थिए, जुन अदालतले उल्टाउने निश्चितप्रायः थियो, र उल्टायो पनि ।

    अहिले भने संवैधानिकरुपमै देश चुनावमा जाने परिस्थिति निर्माण भएको छ । अथवा, ओलीले भाँति पुर्‍याएर त्यस्तो परिस्थितितर्फ देशलाई धकेलेका छन् । राष्ट्रपतिले दिएको समयसीमा भित्र वैकल्पिक सरकारका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावी विवादित बन्यो । हस्ताक्षरकर्ताहरुले नै आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएपछि त्यसले मान्यता पाउने अवस्था थिएन ।

    अर्कोतर्फ ओली स्वयम्ले गरेको दावी पनि वस्तुनिष्ठ नदेखिएपछि वैकल्पिक सरकारको सम्भावना अन्त्य भएको मान्नैपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संविधानले निर्दिष्ट गरेबमोजिम नै सरकारले निर्णय लिएको छ ।

    यद्यपि, सरकारको निर्णयमा राजनीतिक प्रश्नहरु उठाउन ठाउँ नभएका होइनन् । खासगरि कोरोनाको महामारीले देशलाई स्वास्थ्य संकट र आर्थिक संकटतर्फ धकेलेको वर्ष मध्यावधि चुनावको औचित्य र उपादेयतामा चौतर्फी प्रश्न उठिरहेको छ । घोषित मितिमा चुनाव हुन्छ भन्नेमा प्रतिपक्षीहरु विश्वस्त छैनन् भने सत्ता समर्थकहरु समेत चुनावलाई लिएर उत्साहित छैनन् ।

    अब यतिबेला विपक्षी गठवन्धनले लिने रणनीतितर्फ धेरैको चासो केन्द्रीत छ । कांग्रेस, माआवादी, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र समुह सरकारको निर्णयको विरुद्धमा छन् । उनीहरुले आजै वैठक बसेर सरकारको निर्णयको विरोध गर्ने तयारी गरेका छनु् । तर, यो विरोध फगत औपचारिकतामा सिमित हुन्छ वा उनीहरुले ठोस कार्ययोजना अघि सार्नेछन भन्ने चाहिँ हेर्न बाँकी छ ।

    तत्काललाई विपक्षी गठवन्धनसँग ४ विकल्प देखिएका छन् । तर, ती चारवटै विकल्प उनीहरुका लागि अनुकुल भने देखिँदैनन् ।

    विकल्प १ः अदालतको दैलो चहार्ने

    विपक्षी गठवन्धनले अख्तियार गर्ने पहिलो र सम्भवत अवश्यम्भावी विकल्प भनेको अदालतको ढोका ढक्ढक्याउने नै हो । सरकारको निर्णयलाई असंवैधानिक भनेर उनीहरुले पहिलेजस्तै यसलाई उल्टाउनका लागि रिट हाल्न सक्ने सम्भावना प्रबल छ ।

    तर, यसअघिको विघटनलाई जस्तै अहिलेको विघटनलाई ‘असंवैधानिक’ ठहर गर्नका लागि उनीहरुसँग बलिया तर्क छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा वैकल्पिक ससरकारका लागि पेश भएका दावीहरु स्वीकार्य हुन सकेनन् । देउवा र ओलीले पेश गरेका हस्ताक्षरमा संसदहरुको नाम नै ओभरल्याप भएपछि राष्ट्रपतिले दुवैलाई मान्यता नदिनु स्वभाविक थियो । यसर्थ वैकल्पिक सरकारको सम्भावना प्राविधिकरुपमा नष्ट भयो । यसैमा टेकेर सरकारले संसद विघटनको निर्णय लिएको छ ।

    यद्यपि, विपक्षीहरुले चाहिँ प्रधानमन्त्रीले राजीनामा नदिएको र विश्वासको मत पनि नमागेको अवस्था राष्ट्रपतिले वैकल्पिक सरकारका लागि आह्वान गरेकोमा नै प्रश्न उठाएका छन् । अदालतमा पनि उनीहरुको प्रमुख दलिल यही नै हुन सक्छ । तर, यो संवैधानिकभन्दा पनि प्रक्रियागत प्रश्न मात्रै हो । प्रधानमन्त्रीले नै आफू सरकार चलाउन सक्दिन भनेर हात उठाइसकेपछि राष्ट्रपतिले वैकल्पिक सरकारका लागि आहुवान गर्नु खासै आपत्तिजनक लाग्दैन । यद्यपि, यसलाई अदालतले कसरी ब्याख्या विश्लेषण गर्छ भन्ने यसै भन्न सकिदैन । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराको फैसला पूर्वानुमान गर्न पनि कठिन हुन्छ ।

    जे भए पनि फेरि अर्को दिक्दारीपूर्ण र लम्बेतान अदालती प्रक्रियाको सामना न्यायिक र राजनीतिक क्षेत्रले गर्नुपर्ने हुन सक्छ ।

    विकल्प २ : सडक-सामाजिक सञ्जालबाट दवाव

    पुस ५ मा संसद विघटन भएपछि विपक्षी गठवन्धनले सडकमार्फत पनि सरकार र अदालतलाई तीव्र दवाव दिएका थिए । प्रचण्ड–माधवले ‘हामी यहाँ छौ’ भन्दै सडक तताएका थिए भने कांग्रेस अलमलकै अवस्थामा भए पनि आन्दोलनमा लतारिएका थियो । यसपाली पनि आन्दोलनमार्फत दवाव दिने रणनीति विपक्षीले अख्तियार गर्न सक्छन्, तर त्यसका लागि पनि अनुकुल माहोल छैन ।

    देशलाई कोरोनाको महामारीले गाँजेका बेला थुप्रै स्थानमा घोषित-अघोषित लकडाउन जारी छ । जनता आफैं पनि संक्रमणको जोखिम मोलेर आन्दोलनमा उत्रिने मनस्थितिमा छैनन् । पार्टीका कार्यकर्ता नै आन्दोलनबाट थाकिसकेका छन् ।

    त्यसैले विपक्षी गठवन्धनले केही सांकेतिक आन्दोलनका कार्यक्रमहरु घोषणा गरे तापनि ठूलो लहर ल्याउने आन्दोलनको सृष्टि गर्न भने कठिन छ । यदि अहिलेको समयमा त्यस्तो ठूलो आन्दोलनको घोषणा भयो भने पनि त्यसले तीव्र जनअसन्तुष्टि पैदा गर्न सक्छ ।

    त्यसैले अबका विरोध भनेको सामाजिक सञ्जालमा मात्रै केन्द्रीत हुन सक्ने देखिन्छ । फेसबुक-ट्विटरमा स्टाटस लेखेर फत्फत्ताउने बाहेक चुनाव टार्नका लागि निर्णायक दवाव दिने खालको विरोधको चक्रवात सिर्जना हुने अपेक्षा गर्न सकिन्न ।

    विकल्प ३ः चुनावको तयारी र बहिष्कार घोषणा

    चुनाव आफैंमा एउटा लोकतान्त्रिक प्रक्रिया हो । केपी ओलीले जनताका मतबाट आफू फेरि प्रधानमन्त्री बन्न सक्ने ‘अति आत्मविश्वास’ प्रदर्शन गरिरहेका छन् । विपक्षीहरु चाहिँ केपी ओली अलोकप्रियताको रकसालमा पुगिसके भन्ने सोच्छन् ।

    ओलीले गलत तरिकाले शासन गरिरहेका छन् र अलोकप्रियताको रसातलमा छन् भने पक्कै पनि चुनावले नै उनलाई दण्डित गर्छ सक्छ । यो निश्कर्षका साथ विपक्षी गठवन्धनले चुनाव स्वीकारेर जाने एउटा विकल्प छ । फेस सेभिङका लागि उनीहरुले ‘चुनावमा जान तयार भए पनि ओलीको नेतृत्वमा नजाने’ निर्णय लिन सक्छन् । पहिले खिलराज रेग्मीको नेतृत्वमा जस्तै प्रधानन्यायाधीसकै वा अर्को कुनै पात्रलाई खडा गरेर चुनावी सरकार निर्माणतर्फ दवाव दिनेबारे उनीहरुले छलफल गर्न सक्छन् ।

    यद्यपि, उनीहरुले चुनावमा जाने विकल्पको छनोट गर्ने सम्भावना भने कमजोर छ । ओलीकै नेतृत्वमा चुनाव भएको खण्डमा उनले साँच्चै जितेरै पो देखाउने हुन् कि भन्न भय विपक्षी गठवन्धनमा देखिन्छ । अरु कसैको नेतृत्वमा चुनावी सरकार बने पनि जनतासँग मत माग्न जाने बलियो एजेन्डा उनीहरुसँग छैन ।

    यस्तो अवस्थामा विपक्षी गठवन्धनले सरकारद्वारा घोषित चुनाव बहिष्कार गर्ने अहिल्यै घोषणा गरेर सरकारलाई दवाव दिन सक्छन् । किनकी कांग्रेस–माओवादीजस्ता ठूला पार्टीले बहिष्कार गरेको चुनावले राष्ट्रिय-अन्तर्राष्ट्रिय मान्यता नपाउने अवस्था आउन सक्छ ।

    तर, यो निर्णयमा जोखिम पनि छ । पार्टीहरुले चुनाव बहिष्कारको घाषणा गरे पनि यदि जनताको उल्लेख्य हिस्साले चुनावमा भोट हाल्यो भने क गर्ने ? त्यो अवस्थामा सत्तामा केपी ओलीको एकलौटी हालिमुहाली कायम हुन सक्छ र विपक्षी दलहरु पाँच वर्षका लागि सडकमा पुग्न सक्छन् । त्यसैले बाहिर-बाहिर चुनावको विरोध र भित्रभित्र चुनावको तयारी गर्ने सम्भावना पनि उत्तिकै प्रबल छ ।

    विकल्प ४ः माथिका सबै

    विपक्षी गठवन्धनले माथिका तीनै विकल्पलाई एकसाथ अंगिकार गर्न सक्छन् छन् । त्यो भनेको अदालतको ढोका ढक्ढकाउने, सडक–सामाजिक सञ्जालबाट दवाव दिने र भित्रभित्र चुनावको तयारी गर्ने वा वहिष्कार घोषणा गर्ने ।

  • माधव नेपालको आक्रोश-प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं

    माधव नेपालको आक्रोश-प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं

    काठमाडौं । नकपा (एमाले)का वरिष्ठ नेता माधव कुमfर नेपालले संसद विघटन गरेर फेरि प्रतिगमन दोहोरिएको टिप्पणी गरेका छन् ।

    षड्यन्त्रकारीको उक्साहटमा संसदको चीरहरण भएको भन्दै उनले यो यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसर भएको आरोप लगाएका छन्।

    ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,’ नेपाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’

    शीतल निवासले संविधानको मर्ममाथि कुठाराघात गरेको भन्दै नेता नेपालले यसको प्रतिवाद गर्न आह्वान गरेका छन्। ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ,’ उनको भनाइ छ, ‘यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।

  • एमाले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएकोबारे राष्ट्रपतिलाई लिखित जानकारी

    एमाले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएकोबारे राष्ट्रपतिलाई लिखित जानकारी

    काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै नेकपा एमालेले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

    प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

    एमाले निर्वाचन विभागका प्रमुख तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको बताए ।

    राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहेकाले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषय जानकारी गराइएको उनले बताए ।

    एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।

  • विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका २७ सांसदको हस्ताक्षर

    विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका २७ सांसदको हस्ताक्षर

    काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै विपक्षी दल बहुमत सदस्यको दावीसहित शीतल निवास प्रस्थान गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन लागिएको नेताहरूले बताएका छन् ।

    विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताए ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए ।

  • माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?

    माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?

    काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ ।

    शुक्रवार संस्थापन पक्ष र माधव नेपाल पक्षबीच सिंहदरवारमा भएको वार्तामा पूर्व माओवादीतर्फका नेता रामवहादुर थापा बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो ।

    केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास गरिरहेका बेला आफूहरुले स्वीकार गरिनसकेका बादल एमाले नेताको हैसियतमा वार्तामा बस्दा नेताहरुले किन स्वीकार गरेको ? भन्ने प्रश्न राखेको एक सदस्यले बताए ।

    शुक्रवारदेखि शुरु भएको माधव पक्षका केन्द्रीय सदस्यहरुको बैठक शनिवार पनि जारी रहेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बादलसहितको वार्तामा बसेपछि जेठ २ को बटमलाइन कमजोर भएको बताएका छन् ।

    माधव नेपालसहितका नेताहरुले भने बादल वार्तामा बस्ने आफूहरुलाई पूर्व जानकारी नभएको र वार्तामा देखेपछि एमालेमा स्वागत छ भनेको जानकारी दिएका छन् । उनीहरुले जेठ २ को बटमलाइनबाट पछि नहटेको सदस्यहरुलाई बताएका छन् ।

    अधिकांश सदस्यले संस्थापन पक्षको इमान्दारितामाथि प्रश्न उठाउँदै सहमति कार्यन्वयन नहुने आशंका व्यक्त गरेका छन् । उनीहरुले उधारोमा सहमति गर्नुको अर्थ नहुने र कार्यदलको कुरा झुक्याउने खेलमात्र हुनसक्न आशंका गरेका छन् ।

    राष्ट्रियसभाको उपनिर्वाचन र संसद विघटनको विन्दूसम्म अल्मल्याएर केपी ओलीले आफ्ना माग सम्बोधन नगर्ने चिन्ता उनीहरुबाट व्यक्त भएको छ । मूल नेतृत्व भने सहमति हुन्छ भन्नेमा विश्वस्त देखिएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बताएका छन् ।

  • बादलसहितको बैठकमा माधव पक्षले भन्यो- जेठ २ कै आसपासमा सहमति खोजौं

    बादलसहितको बैठकमा माधव पक्षले भन्यो- जेठ २ कै आसपासमा सहमति खोजौं

    काठमाडौं । एमाले विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

    माधव पक्षले जेठ २ बटमलाइन लिए पनि शुक्रबारको वार्तामा पूर्वमाओवादीका नेता गृहमन्त्री रामबहादुर ‘थापा’ बादल संस्थापन पक्षबाट सहभागी थिए । यसको अर्थ २०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेको र फेस सेभका लागि जेठ २ को आसपासबाट सहमति हुने एमाले स्रोतले जनाएको छ ।

    करिब पौने ३ घण्टा चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी गराए ।

    ‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरषद्‍को कार्यालयमा भएको वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल वार्तामा बसेका थिए ।

     

  • गोकर्ण र गोकुलले बुधबार साँझै ‘कुल’ बनाएका थिए माधव नेपाललाई

    गोकर्ण र गोकुलले बुधबार साँझै ‘कुल’ बनाएका थिए माधव नेपाललाई

    काठमाडौं । सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिएपछि पनि नेकपाकालीन अवस्थामै रहेका केपी ओली र माधव नेपाल पक्षबीच एकता गराउन करीव दुई महिनादेखिको अनेकौं प्रयास वैशाख ३० गते बिहीबारबाट परिणाम नजिक पुगेका छन् ।

    यसबीचमा माधव नेपाल र केपी ओलीबीच एक्ला एक्लै दुईपटक वार्ता भए भने समूहगत रुपमा एकपटक छलफल भएको थियो । यसबीचमा दोस्रो र तेस्रो तहका नेताहरुबीच पनि छलफलका सिलसिला चलिरहे ।

    यसअघि ८ र ९ वैशाखमा ओली नेपालबीच मेरियट होटेलमा भएको वार्ताले सुखद् परिणाम दिन नसकेपछि उनीहरुबीच पुनः भेटको वातावरण बनाउन नै निकै समय लाग्यो।

    बिहीबारको एमाले विवाद समाधानतर्फको बाटो भने बुधबार बेलुका नै तयार भएको थियो । केपी ओलीको तर्फबाट माधव नेपाललाई मनाउन गएका थिए गोकुल बास्कोटा जहाँ माधव पक्षाका गोकर्ण विष्ट पनि थिए ।

    बास्कोटाले माधव नेपाललाई तपाईं कहाँ जाँदै हुनुहुन्छ भनेर सोध्दा नेपालले आफू धेरै अघि बढिसकेको भन्दै ओलीसँग एकताको सम्भावना टरेको बताए । तर बास्कोटा आफ्नो स्वभाव अनुसार कड्किए ।

    गोकर्ण विष्ट पनि सांसदबाट राजीनामाको विपक्षमा थिए । माधव नेपाललाई सहमतिको बटमलाइन सुनाएर बास्कोटाले ओलीलाई खबर गरेका थिए । जसको नियमित ब्रिफिङमा थिए बिष्णु रिमाल । यो प्रक्रियामा सुरेन्द्र पाण्डे पनि निरन्तर संवादमा थिए ।

    माधव नेपालको घरमा ओलीले गोकुल बास्कोटालाई पनि पठाए । गोकुल बास्कोटाले ‘तपाईंले के गरेको यो ?’ भन्दै नेपालसँग कुराकानी थाले ।

    माधव नेपाले ‘म अगाडि बढीसकेँ’ भन्दै सहमतिको सम्भावना न्यून रहेको जवाफ दिए ।

    गोकुलको आग्रह थियो- ‘तपाईं राजीनामा दिएर अब जनमोर्चा जस्तै बन्ने । तपाईं आफूलाई एमालेको संस्थापक भन्नुहुन्छ, यो पार्टी सिध्याएर तपाईं हिड्ने ?’

    तपाईं पर पुगे पनि फर्किनुहोस्, केपी ओलीलाई म मिलाउँछु, तपाईं वार्ता गर्नुहोस् भन्ने आग्रह बास्कोटाले नेपाल समक्ष गरेका थिए ।

    त्यही क्रममा माधव नेपालले ओलीप्रति आफ्ना गुनासो पोखेका थिए। नेपालको सबै गुनासो सुनेपछि गोकुलको आग्रह थियो-‘तपाईं पार्टीको नेता हो । इगो ‘हर्ट’ नबनाउनुहोस्।’

    गोकुलको यो आग्रहपछि नेपाल केही सकरात्मक भए । ‘ठीक छ, म लचिलो हुन्छु । तपाईं केपी ओलीलाई पनि भन्नुहोस्,’ नेपालको आग्रह थियो ।

    गोकर्ण र गोकुलले कुल गराएका नेपाल एकपटक प्रयास गर्छु, मिल्नको लागि तयार छु भन्ने ठाउँमा पुगे । यो खबरपछि ओलीले नेपालसँग टेलिफोन सम्पर्क गरेका थिए र विहानै अर्थमन्त्री बिष्णु पौडेललाई कोटेश्वर पठाए ।

    माधव नेपाललाई फेस सेभको बाटो चाहिएको थियो । विष्णु पौडेलले पनि भेटमा नेपालाई भनेका थिए- ‘तपाईंको माग बमोजिम जेठ २ को आसपासपमा सहमति खोजौं । तपाईं यो दुर्घनाको बाटोमा नजानुहोस् ।’

    पौडेलसँगको भेटपछि नेपालले संविधानविद्हरुसँग छलफल गरेका थिए । सम्भू थापा, टिकाराम भट्टराई र गोविन्द बन्दीले संविधान अनुसार अहिले राजीनामा बुझाएको खासै अर्थ नहुने सुझाएका थिए ।

    त्यसअघिका पृष्ठभूमि

    केही दिनअघि एमालेका दोस्रो तहका नेताहरुबीच एउटा ‘लन्च मिटिङ’ भयो । त्यसमा नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई र ठाकुर गैरे सहभागि थिए ।

    ओली पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, र विनोद ढकाल थिए ।

    जेठ २ मै नपुगे पछि त्यसको सेरोफेरोमा पुग्ने, नेकपाको स्थायी कमिटीको बैठक बोलाउने, त्यो बैठकले नेकपा एमालेका पहिलेका कमिटीहरुको व्यवस्थापन गर्ने सहमति उनीहरुबीचको बैठकमा जुरेको थियो ।

    त्यो सहमितलाई मुर्तरुप दिन एउटा कार्यदल बनाउने कुरामा पनि उनीहरु एकमत थिए । कार्यदल मार्फत सहमति खोज्ने कुरामा ओली र नेपाललाई आफ्ना-आफ्नो पक्षमा ‘कन्भिन्स’ गराउने भन्दै उनीहरु उठेका थिए ।

    त्यही बीचमा शंकर पोखरेल लुम्बिनी जानुपर्ने भएकाले त्यसमा पर्यटन मन्त्री भानुभक्त ढकाल मिसिए ।

    उनीहरुबीच संवाद चल्दै जाँदा घनश्याम भुसाल त्यसबाट पछि हटे । भुसालको जोड २०७५ जेठ २ मै जानुपर्छ थियो ।

    उता ओली दोस्रो तहका नेताहरुबीच कार्यदल बनेको कार्यदल बनाउने सहमतिमा सहमत भएका थिए । ओली नेकपाकालीन स्थायी कमिटी (जहाँ नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्य छन् ) बोलाएर कार्यदल बारे निर्णय गर्ने सोचमा थिए ।

    यो विषय कुनै टुंगोमा नपुगे पनि नेपाल पक्षका नेता विष्ट ओलीसँग निरन्तर संवादमा थिए । ओलीकै आग्रहका कारण उनी माधव नेपाललाई राजीनामा नगर्न ‘कन्भिन्स’ गराउन बुधबार उनी कोटेश्वर गएका थिए । त्यही बेला भीम रावलले ओलीलाई रोक्न सांसदबाट राजीनमा दिनुपर्ने भन्दै ट्वीट गरेका थिए।

  • राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    काठमाडौं । नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका हुन् ।

    नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका छन् ।

    नेपाललाई राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न उनीहरूले सुझाव दिएको स्रोतले जनाएको छ ।

    कानुन व्यवसायीसँग माधव नेपालले आफ्नो समूहका सांसदहरुले राजीनामा दिएपछि हुने सरकार गठनका प्रक्रियाको बारेमा समेत परामर्श गरेका छन् ।

     

  • माधव पक्षमा राजीनामाको मतभेद, केही सांसद विपक्षमा उभिँदा संख्या पुग्न कठिन

    माधव पक्षमा राजीनामाको मतभेद, केही सांसद विपक्षमा उभिँदा संख्या पुग्न कठिन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न सामुहिक राजीनामा दिने विषयमा माधव नेपाल पक्षका नेताहरुबीच नै मतभेद देखिएको छ । नेपाल पक्षका नेतासहित केही सांसद राजीनामा दिन नहुनेमा पुगेका छन् ।

    कम्तिमा १६ जना सांसदले राजीनामा दिनुपर्नेमा माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदको राजनीनामा कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेका बेला केही सांसद राजीनामाबाट पछि हटेका छन् ।

    राजीनामाको विषयले नेपाल समूहमा मतभेद रहेको भीम रावलले दिउँसो अबेर दिएको ट्वीट वक्तव्यले पनि संकेत गर्छ । उनले ओलीलाई रोक्न सांसदबाट राजीनामा दिनु राजनीतिक र नैतिक विषय हुने बताएका थिए ।

    जतिबेला रावलले ट्वीट गरेर राजीनामा दिनुपर्ने बताइरहेका थिए, त्यहिबेला गोकर्ण विष्ट भने माधव नेपाललाई राजीनामाको निर्णयबाट पछि हट्न आग्रह गर्दै निवासमा पुगेका थिए । विष्ट पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग नियमित संवादमा छन् ।

    राजीनामाको विषयमा सुरेन्द्र पाण्डे पनि सन्तुष्ट देखिएका छैनन् । घरमै आराम गरेर बसेको पाण्डेले नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिदै राजीनामाबारे आफूलाई जानकारी नरहेको बताए । उनले आफू नेताहरु सम्पर्कमा रहेको जानकारी दिए ।

    स्रोतका अनुसार योगेश भट्टराई पनि राजीनामाको अप्रिय निर्णयमा पुग्न नहुने पक्षमा छन् । जयकुमार राई, विरोध खतिवडा, नारायण खतिवडा लगायतका सांसद पनि अस्पष्ट देखिएपछि ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्या जुटाउन माधव नेपाललाई समस्या परेको बताइन्छ ।

    नेपाल निकट स्रोतका अनुसार अन्तिमसम्म राजीनामा नै गर्नुपर्ने निर्णयमा पुग्दासम्म सांसदको संख्या घट्ने देखिएकाले नेताहरु छलफलमा छन् ।

  • माधव नेपालको प्रष्टीकरण- लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)

    माधव नेपालको प्रष्टीकरण- लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर आफूहरु संसदमा अनुपस्थित रहेको प्रष्टीकरण दिएका छन् ।

    नेपालले सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् ।

    नेपालले आफूहरुको यो निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो भन्दै ओलीलाई विगतका गल्ति सच्याउन तथा पार्टी एकताका लागि आफूहरुले अघि सारेका कुराको सम्बोधन गर्न आग्रह गरेका छन् ।

    नेपालले लुम्बिनी र गण्डकीमा एमालेका मुख्यमन्त्रीले लोकतन्त्र र संविधान विपरित कार्य गरेको आरोप समेत लगाएका छन् ।

  • राजीनामा दिने कि अनुपस्थित हुने ? माधव समूहका नेता छलफलमै

    राजीनामा दिने कि अनुपस्थित हुने ? माधव समूहका नेता छलफलमै

    काठमाडौं । सामूहिक राजीनामा दिने निर्णयप्रति एमालेको माधव नेपाल समूहका सांसदहरू नै विभाजित भएपछि स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन् ।

    सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

    केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएपछि माधव नेपाल अहिले स्थायी कमिटी सदस्यहरूसँग छलफलमा छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि आह्वान गरेको अवस्थामा राजीनामा दिँदा आफूहरूसँग कुनै विकल्प बाँकी नरहने सुझाव आएको एक सांसदले बताए । बैठकमा उपस्थित भएका समिना हुसेन र पार्वती विसुंखे राजीनामा नदिने भन्दै बाहिरिएका थिए ।

    आजको बैठकमा २८ जना सांसद सहभागी भएको नेता झपट रावलले बताए ।

  • प्रधानमन्त्रीले संवैधानिक परिषद बोलाएकोमा माधव नेपालको आपत्ति

    प्रधानमन्त्रीले संवैधानिक परिषद बोलाएकोमा माधव नेपालको आपत्ति

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक परिषद बैठक बोलाएकोेमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

    नेपाल सरकार कोभिड १९ महामारी नियन्त्रण गर्न केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य भनेका छन् ।

    नेपालले फेसबुक पेजमार्फत भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरु तत्काल बन्द गर्न र जनताको जीवन रक्षमा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु ।’

    प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषद बैठक बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्तसहित लोकसेवा आयोग र अन्य समावेशी आयुगमा नियुक्ति सिफाारिसका लागि बैठक बोलाइएको हो ।