Tag: माओवादी

  • चुनावी समीक्षा गर्न माओवादी पूर्वस्थायी समितिको बैठक बस्दै

    चुनावी समीक्षा गर्न माओवादी पूर्वस्थायी समितिको बैठक बस्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दैछ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ ।

    पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताए ।

    स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।

    निर्वाचनमा तालमेल महानगर र उपमहानगरमा सन्तोषजनक भए पनि धेरै नगर र गाउँपालिका तहमा भने गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा भएको अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् ।

  • माओवादीको गण्डकी अध्यक्षमा गायत्री गुरुङ, सचिवमा खनाल निर्वाचित

    माओवादीको गण्डकी अध्यक्षमा गायत्री गुरुङ, सचिवमा खनाल निर्वाचित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् ।

    त्यस्तै प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष चयन गरेको छ । जसमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्र शरण शर्मा रहेका छन् ।

    त्यस्तै सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् ।

    अधिवेशनले कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाल निर्वाचित भएका छन् ।

  • रुपन्देहीमा माओवादीका जिल्ला नेता नै लोसपामा प्रवेश

    रुपन्देहीमा माओवादीका जिल्ला नेता नै लोसपामा प्रवेश

    रुपन्देही । पछिल्लाे समय स्थानीय निर्वाचनकाे मिति नजिकिँदै गर्दा हरेक जिल्लामा पार्टी प्रबेशकाे  लहर चलीरहँदा रूपन्देहीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  जिल्ला सदस्य नै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा प्रवेश गरेका छन् ।

    गैडहवा गाउँपालिका उपाध्यक्ष कड्क बहादुर यादव (रामदयाल यादव)  माओवादी केन्द्र परित्याग गरी मंगलबार लोसपामा प्रवेश गरेका हुन् ।

    उनलाई लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्मा लगायतले पार्टीमा स्वागत गरेका लोसपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले बताए ।

  • प्रचण्डको दावी- देश माओवादीकै इसारामा चलिरहेको छ, चुनावमा पनि गठबन्धन कायमै हुन्छ

    प्रचण्डको दावी- देश माओवादीकै इसारामा चलिरहेको छ, चुनावमा पनि गठबन्धन कायमै हुन्छ

    सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश अहिले पनि माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दावी गरेका छन् ।

    पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णयक भूमिकामा आफू नै नरहेको बताए ।

    अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावपछिसम्म कायमै राख्ने प्रयास आफूले गरिरहेको भन्दै कम्तिमा स्थानीय चुनावमा गठबन्धन भएरै चुनाव लड्ने सुनिश्चितता रहेको समेत दावी गरे ।

    तीनै तहका चुनावमा गठबन्धन गरेर त्यसपछिका सरकारमा पनि माओवादी नै निर्णायक हुने उनको भनाइ थियो ।

  • माओवादीको केन्द्रीय समिति बैठक सर्‍याे

    माओवादीको केन्द्रीय समिति बैठक सर्‍याे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक केही समयलाई सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेसम्मलाई सरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।

    कार्यालय सचिव श्रीराम ढकालले गृहकार्य नसकिएको र प्रतिनिधिसभाको बैठक १ बजे भएकाले सारिएको जानकारी दिए ।

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु भएको थियो । पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थानीय चुनाव केन्द्रित अभियानको घोषणालगायतका एजेन्डामा बैठकले निर्णय लिनेछ ।

    पदाधिकारी र अन्यमा गृहकार्य गर्ने भन्दै शनिबार बैठक राखिएको थिएन । सहमति जुटेमात्रै पदाधिकारी घोषणा गर्ने नत्र त्यसबिनै अघि बढ्ने तयारी छ ।

    मुख्यगरी महासचिवमा धेरै दाबेदार भएपछि सहमतिमा पुग्न गाह्रो भइरहेको नेताहरुले बताएका छन्।

  • माओवादीको केन्द्रीय समिति बैठक आज पनि, पार्टीबाट एमसीसी अनुमोदन गराउने

    माओवादीको केन्द्रीय समिति बैठक आज पनि, पार्टीबाट एमसीसी अनुमोदन गराउने

    काठमाडौं । शुक्रबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीबाट एमसीसी अनुमोदन गराउनेलगायत एजेण्डामा छलफलका लागि बैठक राखिएको छ ।

    संसदबाट एमसीसी पारित भएकोप्रति नेता नारायणकाजी श्रेष्ठ समूहले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्म टिप्पणीका नाममा अध्यक्ष प्रचण्ड ‘दलालसँग झुकेको’ श्रेष्ठ पक्षको आरोप छ ।

    शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदनका लागि प्रचण्डले प्रस्ताव पेस गरेका छन् ।

    प्रचण्डले श्रेष्ठ पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिएका छन् ।

  • माओवादी महाधिवेशन : प्रज्ञामा बन्दसत्रको चहलपहल (तस्बिर/भिडिओ)

    माओवादी महाधिवेशन : प्रज्ञामा बन्दसत्रको चहलपहल (तस्बिर/भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत केहीबेरमा बन्दसत्र सुरू हुँदैछ । माओवादीको महाधिवेशन आइतबारदेखि जारी छ ।

    बिहान ११ बजेदेखि तय गरिएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । प्रतिनिधिहरू हलमा जम्मा हुन थालिसकेका छन् ।

    स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् ।  देशभरबाट छानिएर आएका १६ सय बढी महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।

    महाधिवेशनले १५ पदाधिकारीसहित माओवादीको २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।

  • माओवादी महाधिवेशन : संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीलाई मात्रै प्रवेश

    माओवादी महाधिवेशन : संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीलाई मात्रै प्रवेश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाविशेनस्थलमा प्रज्ञा भवनमा संघीय मन्त्री र स्थायी समिति सदस्यका गाडीले मात्रै प्रवेश पाउने भएका छन् । त्यसका लागि छुट्टै पासको व्यवस्था गरिएको छ ।

    महाधिवेशन व्यवस्थापन समितिका सदस्य एवम् वाईसीएल संयोजक सुमन देवकोटाले ट्राफिक व्यवस्थावपनका लागि सवारी पास भएकालाई मात्रै प्रवेश दिने बताए । अन्य प्रतिनिधिका सवारी भने अन्यत्रै पार्किङ गरिने छ ।

  • माओवादीको प्रदेश सम्मेलन आज, नयाँ नेतृत्व चयन हुने

    माओवादीको प्रदेश सम्मेलन आज, नयाँ नेतृत्व चयन हुने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज सातै प्रदेशमा एकसाथ प्रदेश सम्मेलन गर्दैछ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।

    प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ।

    सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।

  • माओवादीको प्रदेश २ अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ गते बन्दसत्र

    माओवादीको प्रदेश २ अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ गते बन्दसत्र

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को अधिवेशन जनकपुरधाममा गर्ने भएको छ । पार्टीका प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनबारे जानकारी गराएका हुन् ।

    अधिकांश पालिकामा माओवादी केन्द्रको अधिवेशन सकिएको छैन । तर भोलि नै प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको छ । प्रदेश संयोजक बुढाथोकीले भोलि प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गते बन्दसत्र गर्ने बताए ।

    उनका अनुसार प्रदेशका १३६ स्थानीय तहमध्ये ३० पालिकाको अधिवेशन बाँकी छ । बाँकी रहेका पालिकामा भोलिसम्म अधिवेशन सम्पन्न हुनेछ । प्रदेश अधिवेशनमा १३६ पालिकाबाट ६ सय तथा आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि सहभागी हुनेछन् ।

    अधिवेशनबाट चयन गरिने २७१ सदस्यीय प्रदेश २ को कमिटीमा ९ जना पदाधिकारी हुनेछन् । सकभर सहमतिमै नेतृत्व चयन गरिने प्रदेश संयोजक बुढाथोकीको भनाइ छ ।

    उनका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंबाटै भर्चुअल माध्यमबाट प्रदेश २ सहित सातवटै प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन् ।

    यस्तै पार्टीका स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव र गणेश साहलगायतले पनि अधिवेशनको सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

  • माओवादीमा खर्च घटाउने नयाँ जुक्ति, पिपलको पातलाई अतिथिको ब्याच

    माओवादीमा खर्च घटाउने नयाँ जुक्ति, पिपलको पातलाई अतिथिको ब्याच

    हेटौंडा । राजनीतिक पार्टीहरुले अचेल गर्ने कार्यक्रमहरु निकै भड्किला हुन्छन्। यस्ता कार्यक्रममा खर्च जुटाउन पार्टीहरुलाई हम्मे–हम्मे हुन्छ। नेकपा (माओवादी केन्द्र) मकवानपुरको एउटा वडामा भने यसमा खर्च कटौती गर्न नयाँ जुक्ति निकालेको छ।

    मकवानपुरको बकैया गाउँपालिको वडा नम्बर वडा नम्बर ५ को प्रथम सम्मेलनका अतिथिहरुलाई लगाउने ब्याच पिपलको पातबाट बनाइएको छ। पिपलको पातमा प्रमुख अतिथि र विशेष अतिथि लेखर ब्याच टाँसिएको हो।

    शनिबार भएको सम्मेनबाट अध्यक्षमा जमबहादुर मोक्तान, उपाध्यक्षमा भक्तबहादुर थिङ, जयराम पुडासैनी सचीव,चेङ दोङ कोषाध्यक्ष र राजमान भोलन सह–सचिव बनेका थिए। सम्मेलनले २९ जनाको वडा समिति बनाएको थियो।

     

     

  • प्रधानन्यायाधीश प्रकरणमा माओवादी नबोल्ने, गठबन्धनको सदस्यमा नारायणकाजी थप (भिडिओ)

    प्रधानन्यायाधीश प्रकरणमा माओवादी नबोल्ने, गठबन्धनको सदस्यमा नारायणकाजी थप (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्तारुढ पाँच दलीय गठबन्धनमा पार्टीको तर्फबाट नारायणकाजी श्रेष्ठलाई थप गरेको छ । यसअघि अध्यक्ष प्रचण्डको मात्र नाम दिइएको थियो ।

    मंगलकबार बसेको स्थायी कमिटी बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता कृष्णवहादुर महराले बताए । बैठकले अदालतमा भइरहेको गतिबिधिबारे भने कुनै निर्णय लिएन ।

    माओवादी केन्द्र न्यायालय भित्रको विवाद न्यायालय आफैँले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाई छ । महराले भने – ‘न्यायालयभित्र जुन अहिले धेरै तिव्र विवाद उठिराखेको छ, न्यायालय एउटा स्वतन्त्र संस्था हो । त्यस विषयमा अहिले हामी केही बोल्दैनौँ । न्यायालय आफैले टुंग्याओस् भन्नेमा छौँ ।’

    यसैबीच माओवादीको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो ।

    त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरुको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

  • माओवादीका तल्ला तहका सम्मेलनको कार्यतालिका हेरफेर

    माओवादीका तल्ला तहका सम्मेलनको कार्यतालिका हेरफेर

    काठमाडौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिकामा हेरफेर गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले सदस्यता नवीकरण र सम्मेलनहरुको तालिकामा हेरफेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ भने टोल सम्मेलनहरु कात्तिक २७ गतेसम्म हुनेछन् । त्यस्तै वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरु मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

    प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराले बताए ।

  • माओवादीमा पौडेललाई शिक्षा, श्रेष्ठलाई भूमि व्यवस्था र गहतराजलाई खेलकुद मन्त्रालय

    माओवादीमा पौडेललाई शिक्षा, श्रेष्ठलाई भूमि व्यवस्था र गहतराजलाई खेलकुद मन्त्रालय

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)मा मन्त्रीका पठाउने नाम र पाउने मन्त्रालय टुंगिएको छ। यसअघि नै मन्त्रीको नाम टुंग्याइसेको माओवादीले शिक्षा, भूमि व्यवस्था र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ।

    देवेन्द्र पौडेलले विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालय, शशी श्रेष्ठले भूमि व्यवस्था तथा महेश गहतराजले युवा तथा खेलकुद मन्त्रालय पाउने भएका छन्।

    राज्यमन्त्री सिफारिस भएकी बोधमाया यादवको भने मन्त्रालय अझै टुंगिएको छैन्। आजै मन्त्रीहरुको सपथ ग्रहण गराउने भनिए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र जसपाले अझैं मन्त्रीको नाम टुंग्याउन सकेको छैन ।

    नेकपा एसले भने मन्त्रीको नाम टुंग्याएको छ ।

  • यी हुन् माओवादीले पाउने बाँकी तीन मन्त्रालय, को बन्लान् मन्त्री ?

    यी हुन् माओवादीले पाउने बाँकी तीन मन्त्रालय, को बन्लान् मन्त्री ?

    काठमाडौं । सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले तीन मन्त्रालय पाउने भएको छ ।

    स्रोतका अनुसार माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपन्छी गरी तीन मन्त्रालय पाउने भएको छ ।

    माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ । बाँकी तीन मन्त्रालयका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ ।

  • दाबेदारलाई खुमलटार बोलाएर प्रचण्डले भने- अध्यक्षमा पञ्चा सिंह, बाँकीलाई पार्टीको जिम्मा

    दाबेदारलाई खुमलटार बोलाएर प्रचण्डले भने- अध्यक्षमा पञ्चा सिंह, बाँकीलाई पार्टीको जिम्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा सहमति नजुटेपछि पार्टी अध्यक्ष प्रचण्डले मिलाउनुपरेको छ ।

    अध्यक्षका ६ जना प्रतिस्पर्धीहरू सुरेन्द्र बस्नेत, पञ्चा सिंह, विजय गौतम, उत्तम अधिकारी, दिपेश पुन र तिलकराम भण्डारीलगायतलाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले महिलालाई अघि बढाउँ भन्दै पञ्चाको नाममा सहमति खोजेको स्रोतले जनाएको छ ।

    एमालेनिकट अनेरास्ववियूले अहिलेसम्म तीनजना महिला अध्यक्ष बनाएर उदाहरण देखाएको र अहिले पनि महिला नै अध्यक्ष बनाएको भन्दै पञ्चाको नाममा अरु प्रत्याशीको समर्थन मागेको बताइएको छ ।

    यसअघि अध्यक्षका दाबेदारहरूबीच सहमति नभएपछि अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो ।

    पञ्चा अध्यक्ष र दिपेश पुनलाई महासचिव बनाएर अन्य अध्यक्षका प्रत्याशीलाई पार्टीमा २० प्रतिशत ४० वर्षमुनिका युवालाई समेट्ने नीतिअनुसार केन्द्रीय सदस्य बनाइने आश्वासन दिइएको छ ।

  • प्रचण्डको प्रस्ताव- फुटेका माओवादी मिलेर नयाँ जनयुद्ध गरौं, चुनाव प्रणाली र शासकीय स्वरूप फाल्न सकिन्छ

    प्रचण्डको प्रस्ताव- फुटेका माओवादी मिलेर नयाँ जनयुद्ध गरौं, चुनाव प्रणाली र शासकीय स्वरूप फाल्न सकिन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न चिरामा बाँडिएका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको बताए ।

    प्रचण्डले आफूहरू फुटेपछि प्रतिक्रियावादीहरुले हेप्ने र घेरा हाल्ने काम गरिरहेको भन्दै मोहन वैद्य, विप्लब, बाबुरामलगायत सबै माओवादी धारा एक ठाउँमा आउने हो भने नयाँ जनयुद्ध जित्न सकिने बताए ।

    प्रचण्डले भने, ‘मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु । त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ।’

    अध्यक्ष प्रचण्डले आफूलाई पहिलोपटक प्रधानमन्त्रीबाट हटाउन पार्टीभित्रैबाट षड्यन्त्र भए पनि आफू अहिले त्यसो भन्ने पक्षमा नरहेको बताए । आफूविरुद्ध कहाँ कहाँ बैठक बसेर कसले के गर्‍यो भन्ने जानकारी आफूलाई रहेको प्रचण्डले बताए ।

  • गोकुल बास्कोटाको क्यारिकेचर गर्दै प्रचण्डले भने- हामीलाई हेप्न पाइँदैन, उसलाई नै हेप्ने हो (भिडिओ)

    गोकुल बास्कोटाको क्यारिकेचर गर्दै प्रचण्डले भने- हामीलाई हेप्न पाइँदैन, उसलाई नै हेप्ने हो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको नक्कल गर्दै आफूहरूलाई हेप्न नपाइने बताएको छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब गाउँ-गाउँबाट जाली फटाहालाई वाईसीएल र अखिल क्रान्तिकारीले लखेट्नुपर्ने बताए ।

    गोकुल बास्कोटाको नक्कल गर्दै प्रचण्डले भने, ‘एकजना मन्त्री थिए नि,हेप्नी ? भन्ने । हेप्ने त हेप्ने नै हो तर उसलाई हेप्ने हो । हामीलाई हेप्न पाइदैन, क्रान्तिकारीलाई हेप्न पाइदैन । जनतालाई हेप्न पाइँदैन ।’

    आफूले संसदमा आगोसँग नखेल भनेको भाषण सम्झाउँदै प्रचण्डले त्यसपछि केपी ओली बालुवाटारबाट बालकोट पुगेको बताए । गण्डकी र लुम्बिनी सरकार गुमेको भन्दै अब प्रदेश १ र वागमतीबाट निकाल्ने प्रचण्डले बताए ।’

    उनले भने, ‘अब यसैगरि जान्छ जान्छ । छोड्ने कुरा छैन । जाग्ने हो । यी गणतन्त्रविरोधी तत्वलाई तह लगाएरमात्र चैन हुन्छ ।’

  • माओवादीले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने

    माओवादीले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ।

    सोमबार केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने बताएका थिए।

    माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न गर्दै छ।

    वडा, प्रदेश, संघीय निर्वाचन क्षेत्र, जिल्ला, र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको माओवादीमा दुई लाख ८५ हजार पदहरुमा निर्वाचन हुने छ।

  • सरकारमा आउने हो भने माधवजीहरूलाई विशेष माया हुन्छ : माओवादी (भिडियो)

    सरकारमा आउने हो भने माधवजीहरूलाई विशेष माया हुन्छ : माओवादी (भिडियो)

    काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    आज अपरान्ह् ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । त्यसैमा केन्द्रित भएर दलको बैठक बसेको र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिएको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिए ।

    उनले प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेमा ढुक्क रहेको पनि बताए। ‘हाम्रो पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘उहाँले विश्वासको मत पाउनेमा ढुक्क हुन म सञ्चारकर्मीहरुलाई आग्रह गर्दछु ।’

    बैठकमा एमालेको माधव नेपाल समूहले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरूलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ । नेता यादवले भने, ‘माधवजीहरूलाई पनि सरकारमा आउने हो भने विशेष माया गर्नुपर्ने हुन्छ ।’

    माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउँदैनन् भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै उनीहरूलाई हटाइसकेको छ । अहिले माओवादी ४८ सांसद छन् ।

  • प्रदेश २ सरकारमा माओवादी पनि सहभागी, भोली दुई मन्त्रीको शपथग्रहण

    प्रदेश २ सरकारमा माओवादी पनि सहभागी, भोली दुई मन्त्रीको शपथग्रहण

    जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने निश्चित भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो ।

    अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमती भएपछि सरकारमा जान लागेको माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए । उनका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय पनि भइसकेको छ । भोली ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर ठूला दुई मन्त्रालय मागेपछि सहमति नबन्दा माओवादी सरकारमा सहभागी भएको थिएन ।

  • माओवादीको ‘अनलाइन मिटिङ’ : वागमतीमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय

    माओवादीको ‘अनलाइन मिटिङ’ : वागमतीमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्र वागमती प्रदेशसभा दलको ‘अनलाइन मिटिङ’ सकिएको छ। मंगलबार बसेको बैठकले प्रदेश सभामा सशक्त र रचनात्मक भूमिका निभाउने निर्णय गरेको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए।

    ‘सरकारलाई पारदर्शी र जवाफदेही बनाउन, विधिमा चल्न र स्वेच्छचारिता निरूत्साहित गर्न यसअघि उठान गरेका विषयसहित सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगायतका निर्णय गरियो,’ उनले भने ।

    बैठकले दलको विधानलाई आवश्यक संशोधनसहित पारित गरेको छ । त्यस्तै कोभिड-१९ लगायत स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारलाई दबाब दिने र प्रदेशको आवश्यकतालाई सम्बोधन गर्ने नीति कार्यक्रम र बजेट बनाउन दलको भूमिकालाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।

  • माओवादीले प्रदेश २ मा कादरीलाई बनायो साँसद

    माओवादीले प्रदेश २ मा कादरीलाई बनायो साँसद

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले नेतृ पशमीना कादरीलाई प्रदेश २ को साँसद बनाएको छ । उनी वीरगञ्ज महानगरपालिका १२ की हुन् ।

    नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेश साँसदहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समिरलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।

    मोहम्मद समिर समानुपातिक साँसद थिए । सो पद खाली भएपछि कादरीलाई पार्टी निर्वाचित गराएको छ ।

    कादरीलाई वैशाख २९ मै निर्वाचन आयोगले प्रमाण-पत्र दिइसकेको छ । उनलाई आज प्रदेश २ का सभामुख सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

  • माओवादी छाडेर एमाले प्रवेश गरेकालाई लुम्बिनीमा महत्वपूर्ण जिम्मेवारी

    माओवादी छाडेर एमाले प्रवेश गरेकालाई लुम्बिनीमा महत्वपूर्ण जिम्मेवारी

    रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशबाट माओवादी केन्द्र छाडेर आएका करिब आधा दर्जन नेताहरूलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ ।

    लामो समय माओवादी पार्टीमा काम गरेका यी नेताहरूलाई लुम्बिनी प्रदेशमा एमालेले सम्मानजनक जिम्मेवारी दिएको हो ।

    आफ्नै पार्टीमा माधव नेपाल समूहले केही जिल्लामा समानान्तर कमिटी गठन गरेको र माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएका नेताहरुलाई बढी आलोचनाको विषय बनाएकाले पहिलेदेखि नै अग्रपंक्तिमा रहेर काम गरेका नेताहरुलाई यस्तो जिम्मेवारी दिइएको एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेको विश्लेषण छ ।

    यसरी जिम्मेवारी पाउनेहरू धेरै एमालेमा लागेकै कारण माओवादी केन्द्रले कारवाही गरी संघीय, राष्ट्रिय सभा तथा लुम्बिनी प्रदेशबाट पदमुक्त भएका छन् । उनीहरूले पदभन्दा पनि नेकपा एमालेलाई आफ्नो जिम्मेवारी रोजेका कारण पार्टीले विशेष जिम्मेवारी दिएको हुनसक्ने घिमिरेको अनुमान छ ।

    एमालेले अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित हाल सो पदमुक्त भएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पार्टीको महत्वपूर्ण मानिने मोर्चा संगठनको इन्चार्ज बनाइएको छ भने खानेपानी मन्त्री समेत रहेका प्युठानका पुराना नेता मणिचन्द्र थापालाई लुम्बिनी प्रदेशको सह-इन्चार्ज र खानेपानी तथा सरसफाइ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    त्यसैगरी कपिलवस्तुका पुराना नेता गिरिधारीलाल न्यौपानेलाई लुम्बिनी प्रदेशको सह-इन्चार्ज, रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भई हाल पदमुक्त भएका नेता दधिराम न्यौपानेलाई रुपन्देहीको इन्चार्ज, अर्घाखाँचीबाट राष्ट्रिय सभा सदस्य भई हाल पदमुक्त भएका नेता चन्द्रबहादुर खड्कालाई अर्घाखाँची इन्चार्ज, गुल्मीबाट लुम्बिनी प्रदेश सभा सदस्य भई हाल पदमुक्त भएका दिनेश पन्थीलाई गुल्मी इन्चार्ज र नविन रोकालाई रोल्पाको इन्चार्ज बनाइएको छ ।

    अन्य पार्टी छोडेर आउनेहरूलाई विगतमा यति महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन नभए पनि यसपटक एमालेले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गर्नेहरूलाई महत्वपूर्ण भूमिकासहितको जिम्मेवारी दिइएको एमाले केन्द्रीय विज्ञान प्रविधि विभागका सदस्य बसन्तराज खनाल बताउँछन् ।

  • चार मन्त्रीको सांसद पद रिक्त हुँदै, पुनर्नियुक्ति भए ६ महिना मन्त्री हुन पाउने

    चार मन्त्रीको सांसद पद रिक्त हुँदै, पुनर्नियुक्ति भए ६ महिना मन्त्री हुन पाउने

    काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबााही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन्।

    संसद सचिवालय स्रोतका अनुसार राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको कारबाही तथा सूचनालाई आधार मानी सो जानकारी गराउन लागिएको हो ।

    माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाइसकेको छ ।

    नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरु सर्वोच्च अदालतले एमाले–माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए ।

    यसअघि माओवादी परित्याग गरेका लुम्विनीका दुई र कर्णालीका एकजना माओवादी सांसद पद रिक्त भइसकेको छ ।

    माओवादीले गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद पनि रिक्त गराउँदैछ ।

    पुनर्नियुक्ती हुनुपर्ने

    सांसद नरहेका उनीहरुलाई मन्त्री भइराख्न पुनर्नियुक्ती गनुपर्ने हुन्छ।

    संविधानविद टीकाराम भट्टराई संविधानको व्यवस्था अनुसार पुनर्नियुक्ती गरे सांसद नुहँदा पनि ६ महिना मन्त्री हुन सकिन्छ ।

    ‘सांसद नहुँदा पनि मन्त्री हुन सक्छन् तर पुनर्नियुक्ती हुनुपर्छ,’ भट्टराईले नेपाल प्रेससँग भने, ‘किनभने प्रतिनिधिसभा सदस्य नरहेमा पद रिक्त हुने व्यवस्था संविधानमा छ।’

    संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ।

  • गण्डकीमा माओवादीका दुई मन्त्री सरकारबाट फिर्ता हुँदै

    गण्डकीमा माओवादीका दुई मन्त्री सरकारबाट फिर्ता हुँदै

    काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

    आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

    पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् ।

    उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएको माओवादी सांसद दीपक कोइरालाले नेपाल प्रेसलाई बताए ।

    संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने गरेको छैन ।

  • एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

    एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ। प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाहीको पत्र सचिवालयमा दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए।

    माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो।

    उर्जामन्त्री रहेका रायमाझी अर्घाखाँची-१, उद्योगमन्त्री रहेका भट्ट कैलाली-४, शहरी विकासमन्त्री रहेका साह रौतहट-३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली-३ बाट निर्वाचित भएका थिए।

  • प्रचण्डको माग अस्वीकार, एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुने

    प्रचण्डको माग अस्वीकार, एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुने

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

    इजलासमा न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना थिए ।

    फागुन २३ गते न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा ऋषि कट्टेलको हुने ठहर गर्दै साबिक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै एमाले र माओवादीमा फर्किन भनेको थियो ।

    सर्वोच्चको सो फैसलाबाट मर्माहत बनेका प्रचण्ड र माधवकुमार नेपालबीच सल्लाह भएरै बरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायिक पुनरावलोकनका लागि प्रचण्डलाई सहयोग गरेका थिए ।

    पुनरावलोकनमा जानुअघि कोटेश्वरका ब्यापारीको घरमा लगातार तीन दिन प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो । प्रचण्ड मंगलवार न्यायिक पुनरावलोकनको निवेदन लिएर अदालत गएका थिए ।

    उनले सोही दिन साबिक एमालेको बहुमत माधव नेपाल र झलनाथ खनालको समेत सहमतिमा आफू पुनरावलोकनमा गएको भन्दै यसलाई सर्वोच्चले ध्यान दिनुपर्ने बताएका थिए ।

    पूर्ण इजलासले पुनरावलोकन नहुने फैसला गरेसँगै अब नेपाल कम्युनिस्ट पार्टी (इतिहास) बनेको छ । अदालतले पुनः नेकपामा फर्काउँछ र केपी ओलीलाई सत्ता र पार्टीबाट सधैंका लागि हटाउछौं भन्ने प्रचण्ड–माधवको अन्तिम अभिलाशा पूरा नहुने भएको छ ।

  • एमालेमा लागेका दुई सांसदलाई कारवाही गर्ने माओवादीको तयारी, सांसदद्वय कारबाही भोग्न तयार

    एमालेमा लागेका दुई सांसदलाई कारवाही गर्ने माओवादीको तयारी, सांसदद्वय कारबाही भोग्न तयार

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र लुम्बिनी प्रदेशले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर दुवै सांसदहरुले त्यसको जवाफ दिनुपर्ने कुनै कारण नभएको विचार सार्वजनिक गरेका छन् ।

    रुपन्देहीबाट निर्वाचित सांसद दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित सांसद दिनेश पन्थीले माओवादी केन्द्रको संसदीय दललाई स्पष्टीकरण बुझउन आवश्यक नरहेको बताएका हुन् । पार्टीले स्पष्टीकरण बुझाउन दिएको समय पूरा भइसकेको छ । उनीहरु दुवैजनाले स्पष्टीकरणको पत्र प्राप्त भएको भएपनि फोनमार्फत जवाफ दिनु नपर्ने भन्दै प्रमुख सचेतकलाई जानकारी गराएको बताए ।

    तर माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्तीले भने पार्टीको निर्णयविपरीत एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका रुपन्देहीका सांसद दधिराम न्यौपाने र गुल्मीका सांसद दिनेश पन्थीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

    पार्टीको संसदीय दलको बैठकमा बोलाउँदा दुवै सांसद नगएपछि स्पष्टिकरण सोधिएको बताउँदै घर्तीले दुवै सांसद निलम्बन गरेको सूचना केही दिनमा नै प्रदेशसभा सचिवालयमा दिने र संसद सचिवालयमा सूचना पुग्नसाथ सांसदबाट हट्ने बताएका छन् ।

    रुपन्देहीका सांसद दधिराम न्यौपानेले आफ्नो धारण पहिले नै सार्वजनिक गरिसकेकाले स्पष्टीकरणको जवाफ दिन आवश्यक नै नरहेको बताए । न्यौपानेले सांसद पद गएपनि एमाले नछाड्ने भनेर यसअघि नै सार्वजनिक गरिसकेको बताए ।
    एमालेमा लागेका गुल्मीका सांसद दिनेश पन्थीले पनि स्पष्टीकरण दिनुको कुनै औचित्य नभएको बताए ।

  • एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै फर्किए

    एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै फर्किए

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।

    दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका हुन् ।

    आइतबार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात पार्टीमा फर्किएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ ले नेपाल प्रेसलाई बताए ।

    ‘हामीले उहाँसँग विभिन्न वैचारिक र सैद्धान्तिक बहस गरेका थियौं । त्यो बहसका आधारमा उहाँ नेकपा माओवादी केन्द्रमा आजै फर्किनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत पनि गर्नुभएको हो ’, शर्माले भने ।

    पदको लोभमा फर्किएको भन्ने टिप्पणीबारे शर्माले भने, ‘उहाँलाई मन्त्री बनाउने या अन्य पद दिने भन्नेबारेमा केही सहमति भएको छैन । उहाँ आफै माओवादी आन्दोलनको जिम्मेवार नेता भएका कारण आत्मालोचना गरेर फर्किनुभएको हो ।’

    विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

    मुख्यमन्त्री शाहीले एमालेमा प्रवेश गरेका सांसदहरूलाई कारबाही गर्ने भनेका थिए ।

  • सत्ता सहकार्यको प्रस्तावमा माओवादीलाई जसपाको यस्तो जवाफ

    सत्ता सहकार्यको प्रस्तावमा माओवादीलाई जसपाको यस्तो जवाफ

    काठमाडौं । भावी सत्ता सहकार्यका लागि माओवादी केन्द्र र जसपा नेताहरूबीच आज पनि छलफल भएको छ ।

    जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो छलफलका लागि माओवादी केन्द्रको कार्यालय पुगेका थिए । माओवादी पक्षबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

    राजपा नेताहरूले भने मुद्दा केन्द्रित छलफलका लागि आफूहरु तयार रहे पनि अन्तिम निर्णय भने पार्टीभित्र छलफल गरेर मात्रै दिन सक्ने बताएको माओवादीनिकट स्रोतले बताएको छ ।

    सत्ता सहकार्यका लागि राजपाले संविधान संशोधन, रेशम चौधरीको रिहाईलगायतलाई प्रमुख सर्तको रूपमा सारेको छ ।

    माओवादी स्थायी कमिटीको हिजो र आज बसेको बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

    प्रचण्डले मंगलबार कांग्रेस सभापति देउवा र जसपा नेता बाबुराम भट्टराईलाई निवासमै गएर भेट गरेका थिए ।

  • ओलीलाई बादलसहितका नेताहरूको साथप्रति नारायणकाजीको दाबी : नाफाघाटा हेरेका छैनौं

    ओलीलाई बादलसहितका नेताहरूको साथप्रति नारायणकाजीको दाबी : नाफाघाटा हेरेका छैनौं

    काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बादललगायतका नेताहरूले प्रधानमन्त्रीलाई साथ दिने कुरालाई पार्टीभित्र नाफा र घाटाको हिसाबको रूपमा नहेरेको दाबी गरेका छन् ।

    पेरिसडाँडामा भएको स्थायी कमिटीको बैठकपछि उनले भने, ‘नेकपा निर्माण गर्दा ठूलो अपेक्षा र उद्देश्यसहित एकता गर्‍यौं । सामाजिक न्यायसहितको समृद्ध नेपाल प्राप्त गर्ने अवसरलाई क्षति पुर्‍यो । सांगठानिकरूपमा नाफाघाटा भएको छैन । अविचलित रूपमा अघि बढ्न संकल्प गरेका छौं ।’

    अर्का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रधानमन्त्रीलाई दिएका साथ दिएका आफ्नातिरका मन्त्रीहरूको भविष्य उनीहरूको रोजाइले नै निर्धारण गर्ने बताएका छन् ।

  • ओली सरकार ढाल्न कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय (भिडियो)

    ओली सरकार ढाल्न कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली सरकार ढालेर नयाँ सरकार बनाउनेबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको छ ।

    पेरिसडाँडामा भर्खरै सकिएको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति गम्भिर छलफल गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    ‘संसदमा कसरि अगाडि बढ्ने भन्नेमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मुख्य जोड छलफल गरी अगाडि बढ्छौं । यसमा एमालेसँग पनि छलफल हुन्छ’, श्रेष्ठले भने ।

    साथै फागुन २९ गते केन्द्रीय कमिटी बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने पनि बैठकले निर्णय गरेको छ ।