Tag: भरतपुर महानगरपालिका

  • रेनुको पहिलो निर्णय- अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क (भिडिओ)

    रेनुको पहिलो निर्णय- अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क (भिडिओ)

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेनुले तीनवटा महत्वपूर्ण निर्णय गरेकी छन् ।

    भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।

    त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।

    यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन् ।

  • भरतपुर अपडेट: रेनु तीन हजार मतले अगाडि, वडामा एमालेको अग्रता

    भरतपुर अपडेट: रेनु तीन हजार मतले अगाडि, वडामा एमालेको अग्रता

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले तीन हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छन् । नेकपा (एमाले)का तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार दाहालले तीन हजार ५७ मतले अग्रता कायम गर्दै १५ हजार एक सय ३४ मत प्राप्त गरेकी छ्न ।

    अहिले महानगरपालिकाको वडा नम्बर ९ र १० को मतगणना भइरहेको छ । वडा नम्बर ९ का दुई हजार नौ सय ४१ र वडा नम्बर १० का ७ सय मत गन्दा यस्तो मतान्तर देखिएको हो ।

    प्रमुखमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २ सय ५३ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार पाँच सय ४५ र राप्रपाकी हिमला गुरुङले ९ हजार ७ सय ३२ मत ल्याएकी छिन् ।

    ९ नम्बर वडा र १० नम्बर वडा गरेर दुवै वडामा नेकपा (एमाले)ले अग्रता लिएका छन् । अहिलेसम्म अहिलेसम्म ३९ हजार ९ सय ४१ मत गणना भइसकेको छ । जसमा वडा नम्बर एक, दुई तीन, चार, पाँच, छ, सात, आठ नम्बर वडाको मतगणना सकिसकिएको छ ।

  • भरतपुरमा रेनुको अग्रता कायमै, ७० मतले अगाडि

    भरतपुरमा रेनुको अग्रता कायमै, ७० मतले अगाडि

    काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

    पछिल्लो परिणामअनुसार दाहालले १६११ मत ल्याउँदा एमालेका विजय सुवेदीले  १५४१ मत ल्याएका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

    (असावधानीवस यसअघि मतपरिणाम गलत पर्न गएकोमा क्षमायाचनासहित सच्च्याइएको छ ।)

  • भरतपुर अपडेट: सय भोट गन्दा विजय चार भोटले अगाडि

    भरतपुर अपडेट: सय भोट गन्दा विजय चार भोटले अगाडि

    चितवन । बढो चासोपूर्वक हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।

    त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ भोट पाएका छन् । यहाँ पौडेल र दाहालबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

  • भरतपुर र माडीमा एमाले नगर कमिटीको नेतृत्व चयन

    भरतपुर र माडीमा एमाले नगर कमिटीको नेतृत्व चयन

    चितवन । नेकपा एमालेले चितवनका भरतपुर महानगर र माडी नगर कमिटीको नेतृत्व चयन गरेको छ । १५ गते अधिवेशन उद्घाटन भए पनि ९ दिन ढिलो गरी महानगर कमिटीलाई पूर्णता दिइएको छ ।

    भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया चयन भएका छन् । उनी तत्कालीन सचिव थिए । यस्तै सचिवमा टिकाराम सुवेदी चयन भएका छन् । उनी पूर्वमाओवादी नेता हुन् । पछि मनोनित गर्ने गरी उपाध्यक्ष पद खाली राखिएको छ ।

    उपसचिवमा निशा अधिकारी चयन भएकी छन् । एक उपसचिव पद खाली राखिएको छ । महानगर कमिटी ११७ सदस्यीय चयन गरिएको हो । बिहीबार केन्द्रीय नेताहरुको उपस्थितिमा महानगर कमिटीका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सपथ गराउने तयारी एमाले चितवनले गरेको छ ।

    कात्तिक ९ गते नै नगर अधिवेशन भएको माडी कमिटीले १५ दिन पछि बल्ल पूर्णता पाएको छ । माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् । ७१ सदस्यीय कमिटी ९ गतेनै सर्वसम्मत भए पनि पदाधिकारीमै २२ जना आकांक्षी बनेपछि सहमति गराउन सकस परेको थियो ।

    अध्यक्षमा ४ जना आकांक्षी थिए । उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा श्रीप्रसाद दवाडी, उपसचिवमा पूर्णकला सुनार र मोहदत्त काफ्ले चयन भएका छन् ।

    माडी कमिटीलाई २६ गते सपथ गराउने तयारी छ । ९ गते नै नगर अधिवेशन भएका कालिका र राप्ती नगरपालिका कमिटिलाई पनि २५ गते नै सर्वसम्मत गराउने प्रयास भैरहेको छ ।

    रत्ननगर नगर कमिटीमा ईश्वरीप्रसाद अर्याल, खैरहनी नगर कमिटीमा पूर्णप्रसाद डल्लाकोटी, इच्छाकामना गाउँ कमिटीमा कृष्णप्रसाद सिलवालको नेतृत्वमा कमिटीहरु बनिसकेका छन् ।

  • कांग्रेस सभापतिलाई रेणुको जवाफ- आफ्नो पालामा सिन्को नभाँच्नेहरु हामीलाई लखेट्ने कुरा गर्दैछन्

    कांग्रेस सभापतिलाई रेणुको जवाफ- आफ्नो पालामा सिन्को नभाँच्नेहरु हामीलाई लखेट्ने कुरा गर्दैछन्

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको भरतपुरको विकास देखेर अत्तालिएकाहरुले आफूहरुलाई लखेट्ने कुरा गरेको बताएकी छन् ।

    नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले चार वर्षको अवधिमा कसैले नगरेको र गर्न नसकेका काम हुँदा केहि व्यक्ति आत्तिएकाले अनावश्यक अभिव्यक्ति दिन थालेको बताइन् ।

    ‘जनताको अमूल्य मतबाट निर्वाचित भएर आएपछि सिन्को नभाँच्ने हिजोको परिपाटी थियो,’ पार्टी अध्यक्ष प्रचण्डसमेतको उपस्थिति रहेको कार्यलक्रममा उनले भनिन्, ‘विकासका नाममा केहि नगर्ने, चुनावदेखि चुनावसम्मको स्थितिमात्र थियो । अहिले महानगरपालिकाभरि विकासको लहर आएको छ । यो सबै महानगरवासीले देखेको कुरा हो । जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुराहरु आएका छन् ।’

    नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केहि दिनघि प्रचण्ड र रेणुलाई चितवनबाट लखेट्ने अभिव्यक्ति दिएका थिए । श्रेष्ठको सोही अभिव्यक्तिलाई लक्षित गरी रेणुले काउन्टर दिएकी हुन् ।

    उनले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तै हुने तय भए पनि भरतपुरमै ल्याएर गर्नुपर्ने स्थिति बनाइएको बताएन् । ‘सबै तिरबाट घेराबन्दी र काम गर्ने मान्छेलाई लखेट्ने परिपाटी अहिले पनि हामीले देखेका छौं । म भन्न चाहन्छु । हामी हिजो पनि जनताका अधिकारका लागि मर्न तयार भएर हिडेका हौं, अहिले पनि जनताकै लागि लडिरहेका छौं । जति हामीलाई लखेट्ने कुरा गर्छन् त्यति नै धेरै जनताको सेवक भएर काम गर्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् ।

    महानगर प्रम्ख दाहाल तत्कालीन कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएकी हुन् ।

  • महिला स्वयमसेविकालाई ५० हजार पेन्सनसहित विदाई

    महिला स्वयमसेविकालाई ५० हजार पेन्सनसहित विदाई

    चितवन । भरतपुर महानगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमसेविकालाई पेन्सन सरहको सुविधासहित विदाई गरेको छ । महानगरपालिकाले आइतबार ३६ जना स्वयमसेविकालाई जनही ५० हजार रुपैयाँ पेन्सनसहित विदाई गरेको हो ।

    करिब ३५ वर्षसम्म सेवारत महिलाहरु सम्मान कार्यक्रमले खुशी भएका छन् । महानगरमा २ सय ७ जना स्वयमसेविका कार्यरत छन् । नगरप्रमुख रेनु दाहालले स्वयमसेविकालाई सामाजिक कार्यमा प्रोत्साहन गर्न सम्मानको कार्यक्रम गरिएको बताइन् ।

    उपमेयर पार्वती शाह ठकुरीले ३०–३५ वर्षको अनुभव नयाँ स्वयमसेवीलाई हस्तान्तरण गर्न समेत आग्रह गरिन । स्वास्थ्य स्वयमसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले स्वयमसेविको मनोबल बढाएकोमा खुशी व्यक्त गरिन् ।

    महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले कार्यविधि र ऐनमै रहेर स्वयमसेवीलाई नगद सहित विदाई गरिएको बताए । मातृ तथा र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण रहेको पाइन्छ ।

  • सडकबाट सेल्टरमा पुगेका वालवालिकासँग चितवनका प्रहरी प्रमुख

    सडकबाट सेल्टरमा पुगेका वालवालिकासँग चितवनका प्रहरी प्रमुख

    चितवन । नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने सन्दर्भमा पछिल्लो समय नमूना काम गरिरहेका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङ शनिवार भरतपुर महानगरपालिकास्थित आनन्दपुरमा वालवालिकाहरुको बीच भेटिए ।

     

    उनले सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर उनीहरुका चाहना र समस्याको बारेमा कुराकानी गरे । भरतपुर महानरपालिका वडा नम्बर ५ आनन्दपुरस्थित बालवालिकाका लागि नागरिक प्रहरी अभियानमा बालवालिकासँग कुराकानी गर्दै उनले प्रहरी सबैको साथी भएको बताए ।


    यो सेल्टर समुदायसँग मिलेर चितवन प्रहरीले चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सूर्य थापाले बताए । उनीहरुलाई प्रहरीले नै उद्दार गरेर सडकबाट सेल्टरमा लगेको हो ।