Tag: बालक

  • कपिलवस्तुबाट हराएका बालकको ७ महिनापछि मुम्बईबाट उद्धार

    कपिलवस्तुबाट हराएका बालकको ७ महिनापछि मुम्बईबाट उद्धार

    रुपन्देही । गत फागुन २९ गतेदेखि घरदेखि हराएका कपिलवस्तुका १४ बर्षीय बालकलाई प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ । कपिलवस्तु नगरपालिका–३ का रामविक्रम तेलीको छोरा वर्ष १४ को काशीराम तेली गत फागुन २९ गतेदेखि हराएका थिए ।

    उनलाई प्रहरीले भारतको मुम्बईबाट उद्धार गरि आफन्तको जिम्मा लगाएको हो । बुवा रामबिक्रमले छोरा हराएको भन्दै हुलिया सहितको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएपछि प्रहरीले बालकको खोजी शुरु गरेको थियो ।

    खोजी गर्दै जाँदा ती बालक भारतको मुम्बई डोगरीस्थित बालगृहमा रहेको पत्ता लागेपछि सुंयक्त नेपाली महासंघ मुम्बई संस्थाको सहयोगमा उनलाई नेपाल ल्याइएको हो ।

    उक्त संस्थाका महासचिब पुरन कँुवरले बालकलाई मुम्बईदेखि ल्याई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाएका थिए । प्रहरीले बालकलाई कपिलबस्तु नगरपालिका–३ का वडाअध्यक्ष प्रकाश गैरे र साथी संस्थाका संयोजक विमला घिमिरेको रोहवरमा बुबा विक्रम तेली र आमा जोखनी तेलीलाई जिम्मा लगाई पठाइएको जनाएको छ ।

    बालकलाई मुम्बईबाट ल्याउने संयुक्त नेपाली महासंघ मुम्बई संस्थाजा महासचिप पुरन कँुवरलाई कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले प्रशंसा पत्र प्रदान गरेका थिए ।

  • मुम्बईबाट उद्दार गरी स्वदेश फर्काइएका १२ बालकको परिवारमा पुनर्मिलन

    मुम्बईबाट उद्दार गरी स्वदेश फर्काइएका १२ बालकको परिवारमा पुनर्मिलन

    काठमाडौं । भारतको मुम्बईबाट उद्दार गरी स्वदेश फिर्ति भएका १२ जना बालकहरुलाई परिवारसँग पुनर्मिलन गराइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ को महामारी सँगै बिद्यालय बन्द र घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी खोज्ने सिलसिलामा उनीहरु विभिन्न माध्यमबाट मुम्बइ पुर्याइएका थिए ।

    १३ देखि १७ वर्ष उमेर समुहका १२ जना नेपाली बालकहरु भारतको मुम्बईमा बाल कल्याण समिति मुम्बइ, राष्ट्रिय बाल अधिकार परिषद, शक्ति समुह, जेसीवाईसीएन, सीबीसीको समन्वय, सहकार्य र संयुक्त पहलमा उद्दार गरिएका थिए ।

    उनीहरुलाई स्वदेश फिर्ति गरी शुक्रवार राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा पारिवारिक पुर्नमिलन गरिएको हो । स्वदेश फिर्ति गरी पुर्नमिलन गराएका १२ जना बालकहरु मध्ये १० जना रौतहट जिल्ला, १ जना सर्लाही र १ जना महोतरी जिल्लाका छन् ।

    बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बाल अधिकार परिषदकी बाल संरक्षण अधिकृत नमूना भुषालले बालबालिकाहरूको विषेश हेरचाह गर्ने मुख्य जिम्मेवारी परिवारको रहेको बताइन् ।

    बालबालिका खोजतलास केन्द्रमा कार्यरत प्रहरी निरीक्षक रुद्र बहादुर गिरीले बिभिन्न बहानामा हराएका र भेटिएका बालबालिका धेरैजसो रौतहट जिल्लाका रहेका समेत बताए ।

    कोभिड १९ को बेला बिद्यालय बन्द हुनु , बालबालिको विशेष हेरचाह नहुनु जस्ता कारणले हाल धेरै बालबालिकाहरु बालश्रम, मानब बेचबिखन तथा अन्य उत्पिडनका जोखिममा परेका कुरा शक्ति समुहको कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले जानकारी दिए ।

     

  • गुल्मीमा सात वर्षीय बालकले ५ दिनमै कोरोना जिते

    गुल्मीमा सात वर्षीय बालकले ५ दिनमै कोरोना जिते

    गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका एक ७ बर्षिय बालकले कोरोना जितेका छन ।

    गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका हुन ।

    मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतलाइृ श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

    सोही दिन नै उनलाई गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरी गाउँपालिकाले खरिद गरेको अक्सिजन दिइएको थियो ।

    अन्य भिटामिनको सहायताले कोरोना निको भई पाँचौँ दिनमा उनलाई शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीले बताए ।

    कोरोना सङ्क्रमितको उपचारका लागि म्यालपोखरीमा १० शय्याको अस्थायी कोभिड–१९ विशेष अस्पताल बनाइएको छ । अस्पतालमा तीन अक्सिजन प्लान्ट र छ अक्सिजन सिलिण्डर छन् । पालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाटै कोरोना जितेको जिल्लामा पहिलोपटक हो ।

    रासस

  • भारतीय कारमा मृत भेटिएका बालकका शव बुझ्न अश्वीकार

    भारतीय कारमा मृत भेटिएका बालकका शव बुझ्न अश्वीकार

    दाँङ । पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका-६ को स्याउली बजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् ।

    उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् ।

    नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताए । घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने जनाए ।

    त्यसैगरी उनले पीडित परिवारलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले उपमहानगरपालिकाले सहयोगस्वरुप किरीया खर्च उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा दलित मुक्ति मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्या नै भएको बताए ।

    त्यस्तै मृतक बालकका हजुरबुबा कृष्ण गन्धर्वले घटना हत्या नै भएको जिकिर गर्दै हत्यमा संलग्नलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग राखे । सो घटनाको अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहित विशेषज्ञको टोली आएको थियो । शव परीक्षणका लागि बुटवलबाट विशेषज्ञ चिकित्सक बोलाइएको थियो । परीक्षण रिपोर्टमा चिकित्सकले शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य यस्तै कारणले मृत्यु भएको हो या होइन भनी अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइसकेको तुलसीपुर इलाका प्रहरी कार्यालय प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

    तुलसीपुरको स्याउली बजारमा यहि वैशाख १९ गते आरजेओआईसीसी ०८८५ भारतीय नं को कारमा बरुवागाउँ निवासी भीमबहादुर परियारका ९ वर्षका छोरा सन्दीप, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण र कृष्ण परियारका ६ वर्षका छोरा करण मृतावस्थामा भेटिएपछि उक्त परिवार न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेको छ । कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई प्रहरीले पत्राउ गरी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

  • बालकको जलेर मृत्यु

    बालकको जलेर मृत्यु

    महोत्तरी । आज बिहान एक बालकको आगोमा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

    गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछ्यान नजीकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए ।

    घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • ढुंगामा च्यापिएर बालकको मृत्यु

    ढुंगामा च्यापिएर बालकको मृत्यु

    सुर्खेत । दैलेखमा ढुंगाले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

    नौमुले गाँउपालिका- ३ बालुवाटाका ११ वर्षीय प्रकाश दर्लामी मगरको ढुंगाले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । शनिबार बिहान द्वारी खोला क्षेत्रमा काफल खान गएका ती बालकको फर्कने क्रममा खेल्दै गर्दा खोलाको ढुंगा पल्टिएर मृत्यु भएको हो ।

    बालकको शव परीक्षणको लागि दैलेख अस्पतालमा राखिएको छ ।