Tag: बार्सिलोना

  • बार्सिलोना युरोपा लिगबाट बाहिरियो, घरेलु मैदानमै हार्यो

    बार्सिलोना युरोपा लिगबाट बाहिरियो, घरेलु मैदानमै हार्यो

    काठमाडौं । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३–२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

    नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।

    जर्मन प्रतिद्वन्द्वी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४–३ अन्तरले पराजित भयो । पहिलो लेगमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

    खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे ।

    बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

  • घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

    घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

    काठमाडौं । युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएको खेलमा दुबै टिम गोलरहीत बराबरी रहे ।

    स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ ।

    राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २(० अन्तरले पराजित गरेको छ ।

     

  • स्पेनिस ला लिगः बार्सिलोना तेस्रो स्थानमा उक्लियो

    स्पेनिस ला लिगः बार्सिलोना तेस्रो स्थानमा उक्लियो

    काठमाडौं । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगमा इल्चेविरुद्ध २–१ अन्तरको पुनरागमन जित निकालेको छ ।

    आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो ।

    तर, टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औँ मिनेटमा खेल बराबरीमा ल्याए । डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेटअघि विजयी गोल गरे ।

    जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ ।

    आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३–१ अन्तरले पराजित गरेको छ ।

  • सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा

    सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा

    काठमाडौं । इटालीयन नेपोलीलाई दोस्रो लिगमा ४–२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । नेपोलेको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५–३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

    बार्सिलोनामा भएको पहिलो लिग १–१ गोलको बराबरीमा सकिएको थियो ।

    बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे ।

    खेलको आठौं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

    ४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को अग्रता बनायो । ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले चौथो गोल गरे । उनको पछिल्लो दुई खेलमा ४ गोल गरिसकेका छन् । ८७औं मिनेटमा माटियो पोलिटानोले गोलपनि टोलीको हार टार्न सकेनन् ।

  • ला लिगामा बार्सिलोनाको छैठौं जित

    ला लिगामा बार्सिलोनाको छैठौं जित

    काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा सिजनको छैठौं जित निकालेको छ । शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३-१ को सहज जित हात पारेको हो ।

    बार्सिलोनाको सहज जितमा फ्रान्की डी जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान १/१ गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए ।

    प्रशिक्षक जाभि होर्नाण्डेजको नेतृत्वमा बार्सिलोनाको स्पेनिस ला लिगामा दोस्रो जित हो । शनिबार राति भएको अन्य खेलमा मालोर्काले गटाफेसँग गोलरहित बराबर खेल्यो । यस्तै भ्यालेन्सिया र रायो भालेकोनोले १-१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन् ।

    सेल्टा भिगोले भने डिपोर्टिभो अलाभेसलाई २-१ ले पराजित गर्यो । जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौं स्थानमा छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको ३० अंक रहेकेा छ ।

  • ड्यानी एल्भेस बार्सिलोना फर्किने निश्चित

    ड्यानी एल्भेस बार्सिलोना फर्किने निश्चित

    काठमाडौं । पाँच वर्षअघि युभेन्टस जान क्याम्प नोउ छाडेका ब्राजिलियन डिफेन्डर ड्यानी एल्भेसलाई बार्सिलोनाले पुनः अनुबन्ध गर्ने निश्चित भएको छ । व्यावसायिक फुटबलका सर्वाधिक सफलमध्ये एक खेलाडी ३८ वर्षीय एल्भेस बार्सा छाडेर सन् २०१७ मा युभेन्टस गएका थिए ।

    उनले बार्सिलोना, पेरिस सेन्ट जर्मन (पीएसजी) र युभेन्टसबाट गरी ९ पटक शीर्ष डिभिजनको लिग जितेका छन् । बार्सा छाडेको पाँच वर्षपछि फ्रि एजेन्टमा उनी फेरि क्याम्प नोउ फर्किने भएका हुन् ।

    एल्भेसले तीन च्याम्पियन्स लिग र चार कोपा डेल रे चार पटक बार्सिलोनामा रहँदा जितेका थिए । बार्सिलोनाले उनको पुनरागमनको घोषणा गर्दै एल्भेसलाई क्लबको इतिहासकै सर्वोत्कृष्ट राइट ब्याकको रूपमा ब्याख्या गरेको छ ।

    ‘ब्राजिलियन एल्भेस अर्को हप्ताबाट क्लबमा आउने छन्,’ बार्साले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर, उनी जनवरीभन्दा अगाडि खेल्न पाउने छैनन् ।’

    एल्भेसले पहिलो क्याम्प नोउ बसाइमा २३ उपाधि जितेका थिए । तीन पटक फिफा क्लब विश्व कप, तीन स्पेनिस सुपर कप र चार युरोपियन सुपर कपसमेत जिेतका थिए । उनले युभेन्टसबाट २०१६÷१७ मा सिरी ‘ए’ र २०१७÷१८ मा लिगवान्समेत जितेका थिए ।

    उनले ब्राजिलियन क्लब साओ पाउलोसँग गरेको सम्झौता गत सेप्टेम्बरमा आन्तरिक विवादका कारण रद्द भएको थियो ।

  • ३-० को अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो, रियाल विजयी

    ३-० को अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो, रियाल विजयी

    काठडमाडौं । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियाल मड्रिडले जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो । तर, दोस्रो हाफमा सम्हालिन नसकेको बार्सिलोनाले ३ गोल खाँदै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

    सेल्टा भिगोको मैदानमा पहिलो हाफमा आक्रमक देखिएको बार्सिलोनाले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा तीन अंक लिने राम्रो अवसर खेर फाल्यो ।

    बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक/एक गोल गरे । सेल्टा भिगोको लागि इएगो आसपासले दुई तथा नोलिटोले एक गोल गरे ।

    जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

    दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍याे । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५औं स्थानमा छ ।

    शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियालले रायो भालेकानोलाई २-१ गोलको नतिजामा पराजित गरेकाे छ ।

    घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रुस र करिम बेन्जिमाले एक-एक गोल गरे । भालेकानोको लागि राडामेल फाल्काओले एक गोल फर्काएका थिए ।

    जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ भने १३ खेलबाट २० अंक जोडेको भालेकानो छैठौं स्थानमा छ।

  • मेसीले भने- म बार्सिलोना फर्किन चाहन्छु

    मेसीले भने- म बार्सिलोना फर्किन चाहन्छु

    काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार फर्वाड लियोनेल मेसीले प्राविधिक सचिवको भूमिकामा बार्सिलोना फर्किन चाहेको बताएका छन् ।

    मेसीले सर्वकालीन प्रमुख गोलकर्ताको रूपमा बार्सिलोनामा दुई दशक बिताएका थिए । ला लिगाको आर्थिक नियमका कारण पुनः अनुबन्ध गर्न नमिलेपछि बार्सिलोनासँग आफ्नो दुई दशकको करियर बिट मार्दै उनी पीएसजी गएका थिए ।

    मेसीले १० ला लिगा, चार च्याम्पियन्स लिग ट्रफीसहित ३५ उपाधि जितेको क्लब बार्सिलोनाप्रतिको आफ्नो प्यासन व्यक्त गरे ।‘मैले सधैँ भनेको छु म जुनसुकै भूमिकामा पनि बार्सिलोना फर्किन तयार छु । म प्राविधिक सचिव बन्न चाहन्छु । तर, थाहा छैन त्यो बार्सिलोनामा हुन्छ या हुँदैन ।’

    मेसीले स्पोर्टसँग भने ।‘म क्लबमा फर्केर आफूले सक्ने योगदान गर्न चाहन्छु किनभने म बार्सिलोनालाई माया गर्छु ।’

  • बार्सिलोनाको कार्यबाहक प्रशिक्षकमा सर्जी

    बार्सिलोनाको कार्यबाहक प्रशिक्षकमा सर्जी

    काठमाडौं । बार्सिलोनाले सर्जी बार्जुवानलाई कार्यबाहक प्रशिक्षकमा नियुक्त गरेको छ । बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० गोलको नतिजामा पराजित भएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो र

    यद्यपि, बार्सिलोनाको मुख्य प्रशिक्षकमा भने जाभी हर्नान्डेजलाई बनाउने चर्चा अहिले शिखरमा छ । उनीसँगको कुराकानी जारी भए पनि तत्कालका लागि कार्यबाहक प्रशिक्षकमा सर्जीलाई नियुक्त गरिएको इटालियन पत्रकार फ्याब्रिजियो रोमानोले पुष्टि गरेका छन् ।

    जाभीले प्रशिक्षक बन्न बार्सिलोनाको प्रस्ताव स्वीकारी सकेको पनि रोमानोले दाबी गरेका छन् ।

  • कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो हो: एन्सेलोटी

    कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो हो: एन्सेलोटी

    काठमाडौं । बार्सिलोनाबाट प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त हुनु कामकै एउटा पाटो भएको रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बताएका छन् । खराब लयबाट गुज्रिरहेको बार्सिलोना बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० गोलको नतिजामा पराजित भएसँगै कोम्यान बर्खास्त भएका थिए ।

    सिजनको सुरुआतदेखि नै खराब लयमा रहेको बार्सिलोनाले ला लिगाको नवौं खेलमा बुधबार राति हार बेहोरेसँगै तीव्र आलोचनाका शिकार भएका कोम्यानलाई बर्खास्त गरेको हो । उनको बर्खास्तप्रति प्रतिक्रिया दिँदै एन्सेलोटेले प्रशिक्षकको कामको प्रवृत्ति नै यस्तै रहने प्रतिक्रिया दिएका हुन् ।

    ‘म धेरै पटक बर्खास्त भएँ, र अहिले यहाँ छु, अझै खुशी र जिवित छु,’ ओसासुनाविरुद्धको गोलरहित बराबरीपछि उनले भने, ‘बर्खास्त हुनु पेसाकै एक पाटो हो । बर्खास्त नहुन्जेल आफ्नो सतप्रतिशत दिनुपर्छ ।’

    ओसासुनाविरुद्धको बराबरीसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, रियालले पछिल्ला चार खेलमा चार अंक मात्रै जोडेको छ । एन्सेलोटीको रियाल मड्डि पछिल्ला तीन खेलमा जितविहीन छ । यस्तै च्याम्पियन्स लिगमा पनि पहिलो पटक खेल्न लागेको शेरिफसँग घरेलु मैदानमा २–१ गोलको नतिजामा पराजित भएको थियो ।

  • सिजनको पहिलो एल क्लासिको आज

    सिजनको पहिलो एल क्लासिको आज

    काठमाडौं । युरोपेली फुटबलका दुई महारथी क्लब– रियाल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको आइतबार राति हुँदैछ । घरेलु मैदानमा हुने सिजनको पहिलो एल क्लासिकोमा जित हासिल गर्दै मड्रिडभन्दा दुईले पछाडि रहेको बार्सिलोना ‘ओभरटेक’ गर्ने योजनामा छ ।

    नेपाली समयअनुसार राति ८ बजे सुरु हुने खेलमा विश्व फुटबलका दुई चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी एकै पटक अनुपस्थित रहने छन् । रोनाल्डोले २०१९ मै स्पेन छाडेका थिए भने बार्सिलोनाका कप्तान पनि यसै सिजन फ्रान्स सरुवा भएसँगै यो वर्षको एल क्लासिकोको ‘चार्म’ घटेको छ ।

    विगतको तुलनामा इनिएस्टा, जाभी, मेसी, रोनाल्डो, रामोस, लगायतका खेलाडी नहुँदा चर्चा कम भए पनि दुई क्लबको ‘राइभरी’ले विश्व फुटबलमा छुट्टै तरङ्ग पैदा गर्छ नै ।

    स्पेनिस ला लिगाको अंक तालिकामा ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ भने समान खेलबाट १७ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।

  • च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

    च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

    २०१९/२० मा बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको थियो ।

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको आगामी संस्करणको समूह चरणमै जर्मन हेभिवेट बायर्न म्युनिख र स्पेनिस जायन्ट बार्सिलोना भिड्ने भएका छन् ।

    बिहीबार राति टर्कीको इस्तानबुलमा जारी च्याम्पियन्स लिगको समूह चरणको तालिका सार्वजनिक हुँदै गर्दा यी दुई टोली एउटै समूह ‘ई’मा परेका हुन् ।

    यसअघि यी दुई टोलीको २०१९/२० सिजनमा भेट भएको थियो । त्यो सिजनको क्वार्टरफाइनलमा बार्सिलोना बायर्नसँग ८–२ गोलको नतिजामा पराजित भएको थियो ।

    आगामी सिजन १४ सेप्टेम्बरदेखि सुरु हुनेछ । बार्यन र बार्सिलोनासँगै पोर्चुगिज क्लब बेन्फिका पनि समूह ‘ई’मा परेको छ ।

    बार्सिलोना १७ वर्षपछि लियोनेल मेसी बिना च्याम्पियन्स लिगको तयारीमा छ ।

     

  • ज्लाटान, नेइमार, आल्भेसपछि बार्साबाट पीएसजी जाने नवौं खेलाडी बने मेसी

    ज्लाटान, नेइमार, आल्भेसपछि बार्साबाट पीएसजी जाने नवौं खेलाडी बने मेसी

    काठमाडौं । क्बल फुटबलमा स्पेनिस महारथी बार्सिलोनापछि फ्रेन्च हेभिवेट- पेरिस सेन्ट जर्मन (पीएसजी)मा व्यावसायिक फुटबल खेल्ने नवौं खेलाडी बनेका छन्, लियोनल मेसी ।

    बार्सिलोनासँगको सम्झौता सकिएपछि अजेन्टिनी सुपरस्टारको २१ वर्ष लामो बार्सिलोना बसाईमा पूर्णविराम लागेको थियो । ३४ वर्षीय अर्जेन्टाइन कप्तान मेसीले क्याटलान क्लबमै बस्ने इच्छा राखे पनि क्लबको आर्थिक समस्यका कारण त्यो सफल हुन सकेन ।

    पीएसजीमा अनुबन्धित भएसँगै मेसी पनि बार्सिलोनापछि फ्रेन्च क्लबमा खेल्ने खेलाडीको समूहमा सामेल भए । नेइमार, जाल्टान इभ्राहिमोभिक र ड्यानी आल्भेस लगायतका खेलाडीसँगै बार्साबाट पीएसजी जाने मेसी नवौं खेलाडी हुन् ।

    बार्सिलोनापछि पीएसजीमा व्यावसायिक फुटबल खेल्ने ९ खेलाडी:

    ज्वान पाब्लो सोरिन

    अर्जेन्टिनी डिफेन्डर सोरिनले सन् २००२/०३ सिजन जारी रहँदा लोनमा बार्सिलोनासँग आबद्ध भएका थिए । त्यसको अर्को सिजन उनी पुनः अर्जेन्टाइन क्लब क्रुजेइरोबाट लोनमै पीएसजी गएका थिए । र, २००३/०४ सिजनको समाप्तिसँगै उनी होम क्लब क्रुजेइरो फर्किएका थिए ।

    लुडोभिक ग्युली

    बार्सिलोनामा सन् २००४ देखि २००७ सम्म खेलेका फ्रेन्च खेलाडी ग्युलीले तीन सिजनमा दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए । उनले बार्सिलोनापछि एक सिजन रोमाबाट खेले र त्यसपछिका तीन सिजन पीएसजीमा बिताएका थिए ।

    थिएगो मोट्टा

    इटालियन पूर्व खेलाडी मोट्टा सन् २००१ मा बार्सिलोनामा आबद्ध भएर ६ सिजन खेलेका थिए । उनले २०१२ मा पीएसजीमा सामेल हुनुभन्दा अगाडि एथ्लेटिको मड्रिड, गेनेआ र इन्टर मिलानबाट खेलेका थिए । उनले आफ्नो व्यावसायिक करियरको ६ सिजन पीएसजीमा बिताएपछि २०१८ मा अवकास लिएका थिए ।

    म्याक्सवेल

    ब्राजिलियन फुलब्याक म्याक्सवेल सन् २००९ मा बार्सिलोनामा अनुबन्ध भएर तीन वर्ष स्पेनमा खेले । र, २०१२ मा ३५ लाख युरोमा अनुबन्ध भई, पाँच वर्ष पेरिसमा बिताएर सन् २०१७ मा अवकास लिएका थिए ।

    राफिन्हा

    बार्सिलोनाको एकेडेमीका उत्पादन हुन् राफिन्हा । उनी सिनियर टोलीमा सन् २०११ मा बढुवा भएका थिए । बार्सिलोनामा नौ सिजन खेलेपछि उनलाई दुई पटक सेल्टा भिगो र एक पटक इन्टर मिलान लोनमा पठाइएको थियो । सन् २०२० को समरमा राफिना फ्री-ट्रान्सफरमा पीएसजीमा अनुबन्ध भएका थिए ।

    ड्यानी आल्भेस

    फुटबलको इतिहासमा सबैभन्दा प्रतिष्ठितमध्ये एक खेलाडी हुन्, ड्यानी आएल्भेस । क्लब फुटबलका सर्वाधिक सफल खेलाडी एल्भेसले ४२ वटा मेजर ट्रफी जितेका छन् । भर्खरै ब्राजिलियन राष्ट्रिय टोलीबाट ओलम्पिक गोल्डमेडलिस्टसमेत बनेका आल्भेस सेभियाबाट सन् २००८मा बार्सिलोनासँग अनुबन्धित भएका थिए । ब्राजिलियन खेलाडी आल्भेसले क्याटलान क्लबमा आठ सिजन खेलेका थिए । त्यसपछि २०१६ मा युभेन्टसमा आबद्ध भएर एक सिजन बिताएपछि पीएसजीबाट दुई वर्ष खेलेका थिए ।

    ज्लाटन इब्राहिमोविच

    स्विडिस स्ट्राइकर जाल्टान सन् २००९ मा बार्सिलोनामा अनुबन्ध भएका थिए । र, तीन सिजन क्लाटलान जायन्ट्समा खेलेर उनी सन् २०१० मा लोनमा एसी मिलान गएका थिए । त्यसपछि २०१२ मा पीएसजीमा अनुबन्धित भएर चार सिजन फ्रेन्च क्लबबाट खेलेका थिए ।

    नेइमार

    बार्सिलोनामा चार सिजन बिताएका नेइमारको पीएसजी सरुवा विश्व फुटबलकै सर्वाधिक चर्चित र महंगो ट्रान्सफर हो । बार्सिलोनामा नेइमारले प्रशिक्षक लुइस इनरिकेको नेतृत्वमा ‘ट्रेबल’समेत जितेका थिए । त्यसपछि सन् २०१७ मा ब्राजिलियन स्टार फरवार्ड नेइमार २०१७ को समर ट्रान्सफर विन्डोमा कीर्तिमानी २२ करोड पाउन्डभन्दा बढी मुल्यमा पीएसजीमा अनुबन्ध भएका थिए ।

    लियोनेल मेसी

    बार्सिलोनामा खेलेपछि पीएसजीबाट खेल्ने नयाँ खेलाडी हुन्- अर्जेन्टिनी लिजेन्ड मेसी । बार्सिलोनासँगको सम्झौता सकिएपछि यसै साता फ्रेन्च क्लब- पीएसजीमा अनुबन्धित भएका हुन् ।

    एजेन्सीहरूको सहयोगमा
  • मेसीलाई पीएसजी जान रोक्ने बार्सिलोनाको प्रयास, युरोपियन कमिसनमा उजुरी

    मेसीलाई पीएसजी जान रोक्ने बार्सिलोनाको प्रयास, युरोपियन कमिसनमा उजुरी

    काठमाडौं । बार्सिलोना हालै अलग भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई फ्रान्सेली क्लव पेरिस सेन्ट जर्माइन (पीएसजी) जानबाट रोक्ने प्रयास शुरू भएको छ । यो प्रयास अरु कसैले नभएर बार्सिलोनाले नै गरेको हो ।

    डेलीमेलका अनुसार बार्सिलोनाले एउटा ल फर्ममार्फत युरोपियन कमिसनमा मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी गरेको छ ।

    ल फर्मले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फुटबल क्लव बार्सिलोनाका साझेदारहरूको तर्फबाट मेरो ल फर्मले युरोपियन कमिसनमा एउटा उजुरी तयार गरेको छ, र मेस्सीलाई पीएसजीसँग हस्ताक्षर गराउनबाट रोक्न फ्रान्सका नागरिक र प्रशासकीय अदालतहरुबाट अस्थायी प्रतिबन्धको माग गरेको छ ।’

    फाइनान्सियल फेयर प्लेको अनुपातमा पीएसजीको अवस्था बार्सिलोनाको भन्दा खराब भएको भन्दै यो सम्झौता हुन नसक्ने दावी गरिएको हो । बार्सिलोनाले आफ्नो फेयर प्ले अनुपात खराब रहेकै कारण मेसीलाई गुमाउनुपरेको बताएको थियो ।

    ‘सन् २०१९-२० मा पीएसजीको तलब-आम्दानी अनुपात ९९ प्रतिशत थियो भने बार्सिलानोको ५४ प्रतिशत थियो । यसबीचमा यो अन्तराल बढेको छ ।’

    बार्सिलोनाले आफ्नो युरोपेली प्रतिद्वन्द्वी पीएसजीमा मेस्सीलाई पठाउन चाहँदैन । त्यसैले उसले यो सम्झौता रोक्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।

    मेस्सी बार्सिलोनाबाट अलग भएसँगै पीएसजीले उनलाई ल्याउन प्रक्रिया अघि बढाएको थियो । मेस्सीका एजेन्ट तथा बुबासँग पीएसजीको कुराकानी भइसकेको छ । यद्यपि, यस विषयमा औपचारिक जानकारी दिइएको छैन ।

  • मेसी बिनाको बार्सिलोनासँग ३-० ले हार्‍यो युभेन्टस

    मेसी बिनाको बार्सिलोनासँग ३-० ले हार्‍यो युभेन्टस

    काठमाडौं । पूर्व कप्तान तथा क्लबका सर्वकालिन महान् खेलाडी लियोनेल मेसीले छोडेपछिको पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई ३-० गोलको नतिजामा पराजित गरेको छ । बार्सिलोनास्थित योहान क्रुयिफ स्टेडियममा भएको खेलको तेस्रो मिनेटमै घरेलु टोलीले अग्रता लिएको थियो ।

    क्लबका नयाँ फरवार्ड मेम्पिस डिपेले तेस्रो मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

    डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले ५७औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । निर्धारित ९० मिनेटसम्म गोल गर्न असफल रहेको युभेन्टसले इन्जुरी समयमा थप एक गोल खायो ।

    भ्रमणकारी टोलीमाथि हाबी बनेको बार्सिलोनाका लागि रिकार्ड पुजले तेस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरे । बार्सिलोनाले १५ अगस्टदेखि सुरु हुने स्पेनिस ला लिगाको पहिलो खेलमा रियाल सोसिडाडसँग घरेलु मैदानमा खेल्ने छ ।

  • मेसी भन्छन्- म एक दिन बार्सिलोना फर्किन्छु

    मेसी भन्छन्- म एक दिन बार्सिलोना फर्किन्छु

    काठमाडौं । लियोनेल मेसीले फेरि एक दिन बार्सिलोना फर्किने बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने अवस्थामा पुगेका मेसीले पत्रकार सम्मेलनमा आफू एक दिन बार्सिलोना फर्किनेमा आशावादी रहेको बताएका हुन् ।

    ‘एकदिन म फर्किनेमा आशावादी छु । मैले मेरा छोराछोरीलाई बचन दिएको छु । म यो क्लबलाई उत्कृष्ट बन्नका लागि मद्दत गर्छु,’ उनले भने, ‘म यो वर्ष बिदाईका लागि तयार थिइँन ।’

  • रुँदै मेसीले भने- म बार्सिलोना छाड्न तयार थिइनँ

    रुँदै मेसीले भने- म बार्सिलोना छाड्न तयार थिइनँ

    काठमाडौं । बार्सिलोनाबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् ।

    क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए ।

    ‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

    ‘आज मैले ‘गुड-बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ,’ उनले भने, ‘र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’

    म कहाँ जान्छु निश्चित भएको छैन

    अर्जेन्टिनी कप्तान तथा ६ पटकका बालोन डी’अर विजेता लियोनेल मेसीले आफ्नो आगामी गन्तब्य निश्चित भइनसकेको बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने बाध्यतामा पुगेका उनले पत्रकार सम्मेलनमा अबको यात्रा निश्चित भइनसकेको बताए ।
    ‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन’ उनले भने, ‘यो एक वर्ष कठिन रह्यो । आधा वर्ष समर्थक बिना रह्यो । म राम्रोसँग बिदाई भन्न चाहन्छु ।’
  • पत्रकार सम्मेलन शुरू नहुँदै रोए मेसी (तस्बिरहरू)

    पत्रकार सम्मेलन शुरू नहुँदै रोए मेसी (तस्बिरहरू)

    काठमाडौं । बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसी आफैँले बोलाएको पत्रकार सम्मेलन शुरू हुनुअघि नै भावुक बनेका छन् ।

    नेपाली समयअनुसार ३ः ४५ बजे बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा पत्रकार सम्मेलनको आयोजना गरेका मेसी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेका देखिए ।

    उनी रोएको देखेर हलमा रहेका पत्रकार र समर्थकको आँखाभरि आँशु देखिएको छ ।

  • बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै

    बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै

    काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी स्पेनिस क्लव बार्सिलोनाबाट मुक्त भएको खबरले विश्वव्यापी फुटबल जगतमा गतिलै तरंग ल्याएको छ । बार्सिलोनाको निर्णय मेस्सीकै लागि पनि अप्रत्याशित रहेको अर्जेन्टिनाका केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    बार्सिलोनाले हिजो एक विज्ञप्तिमार्फत मेस्सीसँग नयाँ सम्झौता हुन नसक्ने घोषणा गरेको थियो । यसअघि मेस्सी र क्लव दुवै पक्ष जुलाई १ मा सकिएको सम्झौता नवीकरण गर्न तयार रहेको समाचारहरू आएका थिए । हिजो उनीहरूबीच सम्झौता हुने भनिएकोमा एकाएक क्लवको विज्ञप्ति आएपछि विश्वभरका मेस्सीका समर्थकहरू आश्चर्यमा परेका छन् ।

    अर्जेन्टिनाबाट प्रकाशित हुने मुन्डो डिपोर्टिभोले क्लवको निर्णयबाट मेस्सी स्वयम् पनि विष्मयमा परेको उल्लेख गरेको छ । यद्यपि उनले अहिले कुनै सार्वजनिक वक्तव्य जारी नगर्ने समाचारमा जनाइएको छ । मेस्सीले बार्सिलोनाबाट अझै स्पष्टता चाहेका छन् ।

    ‘बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आज गर्ने पत्रकार सम्मेलनमा सबै विषय प्रष्ट्याउने मेस्सीको आशा छ,’ समाचारमा भनिएको छ, ‘उनी क्लवसँग संयुक्त वक्तव्य जारी गरेर आफ्ना समर्थकहरूलाई गुडबाइ भन्न चाहन्छन् ।’

    मेस्सी गत बुधबारमात्र आफ्नो भ्याकेसन सकेर बार्सिलोनामा फर्किएका थिए । उनी क्लवसँग नयाँ पाँच वर्षे करार गर्नेमा ढुक्क थिए । दुई पक्षबीच केही मसिना कुराहरूमात्र सल्टाउन बाँकी रहेको बताइएको थियो । तर, परिस्थितिमा एकाएक उलटफेर भयो ।
    समाचारमा आए अनुसार ला-लिगाको नियमले मेस्सी र बार्सिलोनाबीचको नयाँ करार रोकेको हो ।

    अब कहाँ ?

    बार्सिलोनाबाट अलग भएसँगै अन्य क्लवहरुले मेस्सीलाई आँखा लगाउन थालिसकेका छन् । हिजोसम्म उनले बार्सिलोना छोड्ने कसैको कल्पना नभएकाले क्लवहरूले कुनै पहल गरेका थिएनन् । तर, बार्सिलोनाका विज्ञप्ति आएसँगै चहलपहल शुरू भएको छ ।

    मेस्सीलाई पहिलेदेखि आँखा लगाइरहेको एउटा क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) हो । बार्सिलोनाको निर्णय सार्वजनिक भएसँगै उसले मेस्सीसँग सम्पर्क गरिसकेको ट्रान्सफर गुरु फाब्रिजीओ रोमानोले दावी गरेका छन् ।

    पीएसजीमा मेस्सीका अर्जेन्टिनी टिममेटहरू लियन्ड्रो पारेडस् र एन्जेल डिमारियाका साथै ब्राजिलका नेयमार पनि छन् ।

  • मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल!

    मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल!

    काठमाडौं । लियोनेल मेसी आधा तलब कटौती गरेर पनि सन् २०२६ सम्म बार्सिलोनामै बस्न तयार भएका छन् । ३४ वर्षीय मेसी र बार्सिलोनाबीचको सम्झौता जुन ३० मा सकिएको थियो । त्यो सम्झौताअनुसार मेसीले वर्षको १३० मिलियन युरो कमाउँथे ।

    अर्जेन्टिनाबाट कोपा अमेरिका च्याम्पियन बनेका मेसी अहिले छुट्टी मनाइरहेका छन् । मेसीलाई पुन: अनुबन्धित गर्नु बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोन लापोर्टाको प्रमुख लक्ष्य थियो ।

    अहिले बार्सिलोना तलब कटौती गर्नका लागि एन्टोनियो ग्रिजम्यान र साउल निग्वेजलाई स्वाप गर्ने तयारीमा छ ।

    मेसीले बार्सिलोनाबाट ६७२ गोल गर्दै १० ला लिगा, चार च्याम्पियन्स लिग, सात कोपा डेल रे र ६ बालोन डी’अर अवार्ड जितेका छन् ।

  • डिपे बार्सिलोना जाने निश्चित

    डिपे बार्सिलोना जाने निश्चित

    काठमाडौं । डच फरवार्ड मेम्फिस डिपे स्पेनिस हेभिवेट बार्सिलोना जाने निश्चित भएको छ । सन् २०१७ मा म्यानचेस्टर युनाइटेडबाट फ्रेन्च साइड लियोन पुगेका डिपे अहिले युरो २०२० मा नेदरल्यान्ड्सको प्रतिनिधित्व गरिरहेका छन् ।

    फ्रान्समा ४ वर्ष बिताएका डिपेको लियोनसँगको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । लियोनसँगको सम्झौता सकिएसँगै उनले बार्सिलोनासँग सम्झौता गर्नेछन् ।

    बार्सिलोनाले एक वक्तव्य जारी गर्दै ‘बार्सिलोना र डिपेबीच सम्झौता भएको छ । र, उनले लियोनसँगको सम्झौता सकिएसँगै बार्सिलोनासँग जोडिने छन् । उनले २०२२/२३ को सिजन समाप्तिसम्मका लागि सम्झौतामा हस्ताक्षर गर्ने निर्णय भएको,’ बताएको छ ।

    डिपे बार्सिलोनाले पछिल्लो समय पैसा खर्च नगरी भित्र्याएका तेस्रो खेलाडी हुन् । स्पेनिस हेभिवेटले यसअघि नै म्यानचेस्टर सिटीबाट दुई खेलाडी- सर्जियो अग्वेरो र एरिक गर्सियालाई क्लबमा भित्र्याइसकेको छ ।

  • म अध्यक्ष हुँदा मात्रै मेसीले बार्सिलोना छाड्दैनन्: लापोर्टा

    म अध्यक्ष हुँदा मात्रै मेसीले बार्सिलोना छाड्दैनन्: लापोर्टा

    काठमाडौं । बार्सिलोना फुटबल क्लबको अध्यक्ष पदका लागि आइतबार हुने चुनाबमा आफूले जिते मात्रै लियोनेल मेसी क्लबमै रहने प्रत्याशी जोन लापोर्टाले दाबी गरेका छन् ।

    बार्सिलोनाको नेतृत्वमा एक दशकभन्दा लामो सयमपछि पुनरागमन गर्न खोजिरहेका लापोर्टा यसअघि २००३ देखि १० सम्म पनि बोर्डमा रहेका थिए । सोही समयमा क्लबले विश्व फुटबलका तत्कालिन महान् खेलाडी रोनाल्डिन्होलाई अनुबन्ध गर्न सफल भएको थियो । बार्सिलोनाले सोही समयमा पेप ग्वार्डिओलाको प्राइम टाइमको सुखद् अनुभव पनि लिएको थियो ।

    दशकदेखि सुपर स्टारको छवी बनाएका मेसी फुटबलमा उदाउँदै गर्दा लापोर्टा पनि क्लबको नेतृत्वमा रहेकाले उनीहरूको सम्बन्धले पनि मेसीको बार्सिलोना छाड्ने निर्णयमा परिवर्तन आउनसक्ने देखिन्छ ।

    जारी सिजनको सुरुआतमै क्लब छाड्न चाहे पनि क्लबले रिलिज नगरेकाले एक वर्ष क्याम्प नोउमै बिताउन बाध्य भएका मेसी सिजनको अन्त्यमा छोड्ने निर्णयमा हालसम्म अडिग छन् । बार्सिलोनासँगको सम्झौता जुनमा गुज्रिने भए पनि आगामी क्लब कुन हुन्छ भन्नेबारे उनले हालसम्म केही पनि खुलाएका छैनन् ।

    पछिल्लो समय युरोपेली फुटबलमा आफ्नो अस्तित्व स्थापित गर्न लागि परेका दुई टोली– म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) मेसीलाई भित्र्याउने दौडधुपमा लागिरहेका छन् ।

    अध्यक्ष पदका अन्य प्रत्याशी भिक्टोर फन्ट र टोनी फ्रेक्जाबीचको डिबेटमा मंगलबार लापोर्टाले आफू निर्वाचित भए मात्रै क्लबका सर्वकालिन सर्वाधिक गोलकर्ता मेसी बार्सिलोनामै रहने विश्वास व्यक्त गरे ।

    ‘मेसीले चाहेको कुरा जित हो । बार्सिलोनाले फेरि जितोस् भन्ने चाहन्छन् । मेरो मेसीसँग राम्रो सम्बन्ध छ, त्यसले मैले गर्ने प्रस्तावमा आउने उनको प्रतिक्रिया निहित हुन्छ,’ लापोर्टाले भने, ‘मेसीलाई बार्सिलोनामै राख्न सक्ने एकमात्र विकल्प म हुँ । मैले चुनाव जितिँन भने मेसी बार्सिलोनामा बस्दैनन् भन्नेमा म विश्वस्त छु ।’

  • मेसीले राखे पेलेसँग बराबरी कीर्तिमान, एउटै क्लबका लागि ६४३ गोल

    मेसीले राखे पेलेसँग बराबरी कीर्तिमान, एउटै क्लबका लागि ६४३ गोल

    लियोनल मेसीले फुटबलका महान पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गरेका छन् । गोल डटकमका अनुसार शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका मेसीले ६४३ औं गोल गर्दै कीर्तिमान बराबरी गरे ।

    तर, भ्यालेन्सिया र बार्सिलोनाबीचको खेल चाहिँ २-२ को बराबरीमा टुंगियो । मेसी र अरौजोले बार्सिलोनाको लागि एकएक गोल गरे । डाखाबे र गोमेजले भ्यालेन्सियाका लागि एकएक गोल रचे । मेसीले पेनाल्टी मिस गरेका थिए । एन्टोनी ग्रिजम्यानले पहेँलो कार्ड बेहोरे ।

    खेलको पहिलो हाफमा एक गोल गर्दै मेसीले महान पेलेसँग एउटै क्लबका लागि गरेको गोलको कीर्तिमानलाई बराबरी गरेका हुन्। पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गर्न सफल भएका थिए । पेलेले करियरमा हजारभन्दा बढी गोल गरे ।