Tag: बम

  • ‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा दुई घण्टाभित्र सात वटा बम पड्किने चेतावनी दिने को थिए ? (भिडिओ)

    ‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा दुई घण्टाभित्र सात वटा बम पड्किने चेतावनी दिने को थिए ? (भिडिओ)

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ सात ठाउँमा बम राखिएको भन्दै फोन गर्ने अपरिचित व्यक्तिको मोबाइल नम्बरबारे अनसन्धान सुरु भएको छ ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान ९ बजेर ४० मिनेटमा पहिलो कल आएको थियो । दोस्रो कल ९ बजेर ५० मिनेटमा आएको थियो । दुवैपटक फोन गर्ने पुरुष व्यक्ति एउटै थिए ।

    उनले दुवैपटक ‘सालम वालेकुम’ भनेपछि नेपाली भाषामा बोलेका थिए । उनले सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विष्फोट हुँदैछ भनेपछि तत्कालै टर्मिनल खाली गरेर सर्च गर्दा केही नभेटिएको प्रवक्ता सिटौलाले बताए ।

    प्रवक्ता सिटौलाले ९ बजेर ४० मिनेटदेखि ५० मिनेटको बीचमा आएका तीनवटा अपरिचित नम्बरको अनुसन्धान भइरहेको बताए । उनका अनुसार ती सबै कल नेपाल बाहिरका थिए ।

  • ढुंगेअड्डामा भेटियो शंकास्पद वस्तु, बम भएको शंका (भिडिओसहित)

    ढुंगेअड्डामा भेटियो शंकास्पद वस्तु, बम भएको शंका (भिडिओसहित)

    काठमाडौं । काठमाडौंकाे ढुंगेअड्डास्थित एक पेट्रोलपम्प नजिकै शंकास्पद वस्तु फेला परेको छ । विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    कालिका पेट्रोलपम्प नजिकै शंकास्पद बस्तु भेटिएपछि त्यसक्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ भने स्थानीय त्रसित भएका छन् ।

    शंकास्पद वस्तु पहिचान एवं डिस्पोजको लागि नेपाली सेनाको टोली ढुंगेअड्डा पुगेको छ ।

  • अछाममा बम विस्फोट, खेतमा काम गरिरहेका युवक घाइते

    अछाममा बम विस्फोट, खेतमा काम गरिरहेका युवक घाइते

    कैलाली । अछाममा बम विस्फोट हुँदा एक युवक घाइते भएका छन् ।

    जिल्लाको रामारोशन गाउँपालिका-५ पातलमा खेतमा काम गर्ने क्रममा ग्रिनेड बम पड्किँदा ३३ वर्षीय वृष रोकाया घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

    उक्त क्षेत्रमा डिस्पोजल टोली खटाइएको प्रहरी नायव उपरीक्षक तुलसिराम अर्यालले नेपाल प्रेसलाई बताए ।

    ‘शनिबार दिउँसो बम विस्फोट भएको रहेछ, हामीलाई राति ११ बजेमात्रै खबर आयो’,अर्यालले भने, ` द्वन्द्वको बेलाको बम पनि हुन सक्छ ।

    घाइते रोकायाको अवस्था मध्यम रहेको उनले बताए घाइते बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

  • मध्यबानेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, बम भए/नभएको खुल्न बाँकी (भिडिओ)

    मध्यबानेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, बम भए/नभएको खुल्न बाँकी (भिडिओ)

    काठमाडौं । काठमाडौंको मध्यबानेश्वरनजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज पारेको छ ।

    आज बिहान करिब पौने १० बजेतिर पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलाको शौचालयभित्र भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

    डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको छ भने शंकास्पद वस्तु सुरक्षितरूपमा नेपाली सेनाले निष्क्रिय पारेको छ । तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद वस्तु वम भए/नभएको अनुसन्धानपछि मात्रै भन्न सकिने सैनिक डिस्पोजल टोलीले जनाएको छ ।

    क्याप्टेन सन्दीपले भने, ‘यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्दर्छौं, यो तर्साउनलाई मात्र राखिएको हो, सर्किट सबै कम्प्लिट भएको छ, यसमा हुनुपर्ने मेन कुरा, एक्सक्ल्यूसिभ कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन ।’

    घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • मध्यबानेश्वरमा शंकास्पद वस्तु भेटियो, बम डिस्पोजल टोली घटनास्थलमा (तस्बिरहरूसहित)

    मध्यबानेश्वरमा शंकास्पद वस्तु भेटियो, बम डिस्पोजल टोली घटनास्थलमा (तस्बिरहरूसहित)

    काठमाडौं । काठमाडौं मध्यबानेश्वरको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको छ ।

    प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर गरिसकेको र गौशाला प्रहरीको टोलीले घटनास्थल गएर अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

    भर्खरै नेपाली सेनाको बम डिस्पोजल टोली सम्बन्धित ठाउँमा पुगेको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • उधारो तिर्न नसकेपछि गेष्टहाउसमा बम राखेर तर्साउन खोज्दा…

    उधारो तिर्न नसकेपछि गेष्टहाउसमा बम राखेर तर्साउन खोज्दा…

    काठमाडौं । शनिबार साँझ साढे ६ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ थिमीमा रहेको दिब्येश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु भेटियो ।

    शिवशरण भुुजुले सञ्चालन गरेको गेष्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नाङ्गो तार जोडेर तौलियाले बाँधेको भेटिएपछि मालिकले महानगरीय प्रहरी वृत्त थिमीमा खबर गरे । डीएसपी नरहरी रेग्मीसहितको टोलीले घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो ।

    राति साढे १० बजे निस्क्रिय पारिएको उक्त शंकास्पद वस्तु कुनै विस्फोटक पदार्थ नभएको प्रहरीले बताएको छ । कुकरभित्र ब्याट्री र तार राखी बिजुलीको प्लगमा जोडेको महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरका प्रवक्ता दीपक गिरीले बताए ।

    प्रहरीले उक्त गतिविधि गरेको आरोपमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-२ डाडाँगाउँ घर भइ हाल थिमी बस्ने ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ ।

    प्रवक्ता गिरीले भने,‘साउन ३२ गतेबाट दिब्येश्वरी गेष्‍ट हाउसको ११० नम्बरको कोठामा बुद्ध चित्रको माला बेच्न बसेको तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई ‘होक्स बम’ बनाएर गेष्‍ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनलाई हामीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं । ’

    यसअघि गेष्ट हाउसमा बसेर खाएको उधारो ४० हजार साहुले माग्न थालेपछि गेष्‍टहाउस संचालकलाई तर्साउन त्यो सामान राखेको अनुसन्धानबाट खुलेको प्रवक्ता गिरीले बताए ।

    प्रवक्ता गिरीले भने,‘ उनले पैसा नतिर्नको लागि यस्तो योजना बनाएका रहेछन् । शुरुमा त बम कसले राख्यो भन्ने खुल्न सकेको थिएन । तर तामाङसँग सञ्चालक भुजुको पैसाको विषयमा विवाद भएको देखिएपछि तामाङतर्फ शंका लागेको थियो । अनुसन्धानबाट पनि पुष्टी भएपछि उनलाई पक्राउ गरिएको हो ।’

    उनका अनुसार तामाङ घटनामा आफनो संलग्नता रहेको भन्दै स्वीकार गरेका छन् ।

  • यसरी गरियो विप्लव समूहले राखेको बम डिस्पोज (तस्वीर र भिडियो)

    यसरी गरियो विप्लव समूहले राखेको बम डिस्पोज (तस्वीर र भिडियो)

    काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ ।

    नेपाली सेनाकाे बम डिस्पोजल टोलीले बम फेला पारेर डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खाेजेकाे थियो ।

    बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुन: सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । अहिले काभ्रेमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेना सुरक्षार्थ तैनाथ छ ।

         

    तस्वीर/भिडियो: राम सुन्दर आचार्य

  • सुखीपुर नगरपालिका कार्यालयमा बम भेटियो

    सुखीपुर नगरपालिका कार्यालयमा बम भेटियो

    जनकपुरधाम । सिरहाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ । आज बिहान कार्यालय खोलेर सरसफाई गर्ने क्रममा बम फेला परेको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि कालो ब्यागमा बम फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीले अहिले त्यहाँ कसैलाई जान दिएका छैन । बम डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको स्थानीयले जानकारी दिए । बम भेटेपछि कार्यालयको कामकाज ठप्प छ ।

    बम कसले राखेको विषयमा अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ ।