Tag: बन्दुक

  • घरमै भरुवा बन्दुक बनाउने कारखाना खोलेका थिए, परे पक्राउ

    घरमै भरुवा बन्दुक बनाउने कारखाना खोलेका थिए, परे पक्राउ

    मोरङ । आफ्नो घरमा कारखाना संचालन गरी भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् ।

    उनलाई  प्रहरीले आइतबार बेलुका ६ बजे बिशेष सुचनाको आधारमा  बेलबारीबाट  पक्राउ  गरेकाे  थियाे ।

    ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद१ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजारसहित पक्राउ गरेको हो ।

    पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

  • गोली हानेर छिमेकीको हत्या

    गोली हानेर छिमेकीको हत्या

    ताप्लेजुङ । भरुवा बन्दुक प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-२ जिदिमाका एक युवा पक्राउ परेका छन् ।

    छिमेकी खडकबहादुर लिम्बुको हत्या अभियोगमा २८ वर्षीय प्रताप लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रतापले भरुवा बन्दुक प्रहार गर्दा खडकबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रतापलाई भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भरुवा बन्दुक प्रहार गर्नुको कारण भने खुलिनसकेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

  • झुक्किएर बन्दुक पड्किँदा…

    झुक्किएर बन्दुक पड्किँदा…

    कैलाली । शिकार खेल्ने क्रममा झुक्किएर बन्दुक पड्किँदा कैलालीमा एक जना प्रहरीको फन्दामा परेका छन् ।

    आफूले बोकेको बन्दुकको गोली लागेर साथी घाइते भएपछि गौरीगङ्गा नगरपालिका ७ इन्द्रपुरका वीरबहादुर थापामगर पक्राउ परेका हुन् ।
    जिल्लाको गौरीगङ्गा नगरपालिका-९ स्थित शिबशकंर सामुदायिक वनमा शिकार खेल्ने क्रममा थापा मगरले बोकेको बन्दुक पड्किदा इन्द्र बहादुर बिक घाइते भएका थिए ।

    सिकार खेल्न गएका थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । थापामगरको साथबाट २ थान भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको जनाएको छ । सामुदायिक वनमा चोरी सिकारी गर्न गएको बेला बन्दुक पड्किएर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    थापामगरले बोकेको बन्दुक पड्किएर बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए ।
    झुक्किएर बन्दुक पड्किँदा उनी घाइते भएको डिएसपी चौधरीले बताए । घाइतेको खुट्टामा गोली लागेको छ ।

    घाइतेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र दुबै जनालाई अबैध हातहतियार र बन्यजन्तु चोरी तस्करी सम्बन्धी मुद्दामा अनुसन्धान गरिने प्रहरीले बताएको छ ।