
देशभरको मौसम सफा छ । वर्षापछि खुलेको मौसमले हिमाल झन् चम्किएका छन् । संघीय राजधानी काठमाडौँबाट नजिकै रहेको जुगल हिमश्रृङ्खला सेताम्य देखिएको छ । मनमोहक बनेर चम्किएको छ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा आसपासबाट देखिने जुगल हिमालको दृश्य अत्यन्त मनमोहक देखिन्छ । बिहानै निलो आकाश, स्वच्छ हावा र सुनौलो घाममा टल्किँदै गरेको जुगल हिमालले स्थानीय मात्र होइन, दूरदराजबाट आउने पर्यटकलाई ‘आहा ! मनमोहक जुगल’ भन्न बाध्य पारिरहेको छ ।
मौसम खुल्नासाथ हिमालको दृश्य कैद गर्न क्यामेरा र मोबाइल बोकेर आउँने युवाको भीड चौतारामै देखिन्छ । कतिपयले हिमालको पृष्ठभूमिमा टिकटक, रिल बनाइरहेका हुन्छन्, कोही भिडियो खिचिरहेका हुन्छन् र फोटो सेसन चलिरहेको हुन्छ ।
जुगल हिमश्रृङ्खला केबल दृश्यका लागि मात्र होइन, आरोहणका दृष्टिले पनि आकर्षक गन्तव्य हो । दुई वर्षअघि आरोहण अनुमति खुलेसँगै विभिन्न देशका आरोहीले जुगल क्षेत्रका चुचुरामा सफलतापूर्वक आरोहण गरिसकेका छन् । यसले सिन्धुपाल्चोकमा साहसिक पर्यटनको सम्भावना थप बलियो बनाएको छ।
हेर्नुहोस् तस्बिरहरुः



























































तस्बिरहरू : सरोज बैजु ।












































