Tag: प्रधानमन्त्री

  • बारका पदाधिकारीसँग प्रधानमन्त्रीले भने- समस्या बुझेको छु, छिट्टै निष्कर्षमा पुग्नुपर्छ

    बारका पदाधिकारीसँग प्रधानमन्त्रीले भने- समस्या बुझेको छु, छिट्टै निष्कर्षमा पुग्नुपर्छ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको समस्या समाधानका लागि सबै पक्षसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् ।

    नेपाल बार एशोसिएसनका पदाधिकारीहरूसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले न्यायालयबारे सत्तारुढ गठबन्धनभित्र छलफल गरेर चाँडै निष्कर्ष दिने बताए ।

    बैठकको सुरूमा बारका पदाधिकारीले न्यायालयभित्रको अवस्था, जारी आन्दोलन र प्रधान्यायाधीशको बहिर्गमनको आवश्यकताबारे जानकारी गराएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले न्यायालयबारे जारी आन्दोलनबारे आफू अपडेट रहेको भन्दै छिट्टै निकास खोज्ने बताए ।

    ‘मैले न्यायालयमा देखिएको समस्यालाई बुझेको छु । सबैसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्नुपर्छ । गठबन्धनमा छ्टि्टै छलफल गर्छु’, देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक कानून व्यवसायीले भने ।

    छलफलको क्रममा बारका पदाधिकारीहरूले राजीनामा दिन अस्वीकार गरेका प्रधान्यायाधीश राणालाई महाभियोग लगाउनुपर्ने सुझाव दिएका थिए ।

    बार पदाधिकारीसँगको छलफललगत्तै प्रधानमन्त्री देउवा नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन प्रस्थान गरेका छन् ।

  • छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- विविधतामा एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यास

    छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- विविधतामा एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यास

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

    छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् ।

    साथै उनले यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । ।

    विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ । हाम्रा संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको प्रधानमन्त्री देउवाको शुभकामना वक्तव्यमा उल्लेख छ ।

    कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरेका नीतिहरू प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

  • प्रधानमन्त्रीको फेसबुक पेजमा पीएसओले आफ्नो फोटो पोष्ट गरेपछि..

    प्रधानमन्त्रीको फेसबुक पेजमा पीएसओले आफ्नो फोटो पोष्ट गरेपछि..

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालय गठन नै गरिसकेका छैनन् । प्रमुख स्वकीय सचिवमा भतिज भानु देउवाबाहेक प्रधानमन्त्रीको सल्लाहकार समूह र सचिवालयले पूर्णता पाएको छैन ।

    यहीकारण प्रधानमन्त्री देउवाको नियमित कामकारवाही प्रभावित हुने गरेको छ । सचिवालय गठन नगरेपनि प्रधानमन्त्री देउवाले आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई नै नियमित काम लगाउने गरेको पाइएको छ ।

    लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुक दुरुपयोग गरेका छन् । ‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्बिर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुकसमेत प्रहरीले चलाउने गरेको खुलेको छ ।

    प्रधानमन्त्री देउवाको फेसबुकबाट प्रहरी नायब निरीक्षक धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाएका थिए । पोष्ट हटेपनि मुलुकको कार्यकारी प्रधानमन्त्रीको आधिकारीक फेसबुक पेज एक प्रहरी अधिकृतले सञ्चालन गर्नु असामान्य विषय बनेको छ ।

    ‘जुनसुकै प्रयोजनका लागि भए पनि प्रधानमन्त्रीको फेसबुक प्रहरीले चलाउन मिल्दैन । यसमा प्रधानमन्त्री स्वयं, सचिवालय र प्रहरी प्रशासन दोषी देखिन्छ’, प्रधानमन्त्रीको फेसबुक दुरुपयोगबारे एक उच्च सरकारी अधिकारीले भने ।

    बालुवाटार स्रोतका अनुसार सई धिताल एक दशकदेखि देउवाको सुरक्षा टोलीमा छन् । देउवा प्रधानमन्त्री हुनुपूर्व पनि उनी देउवाकै टिममा थिए । विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको थियो । ‘यो मानवीय त्रुटी हो । उहाँलाई प्रधानमन्त्रीका कार्यक्रमको फोटो हाल्न एक्सेस दिएकोमा भूलवश आफ्नो फोटो पोष्ट भएछ’, बालुवाटार स्रोतले भन्यो ।

    सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । प्रहरीलाई नै प्रधानमन्त्रीको फेसबुक चलाउन दिँदा दुरुपयोगसँगै गोपनीयतामाथि पनि गम्भीर प्रश्न उठ्नसक्छ ।

  • विमानस्थलमा देउवा- गठबन्धन चुनावसम्म जान्छ, फ्रेण्ड्ली प्रश्न गरेकोमा पत्रकारलाई धन्यवाद

    विमानस्थलमा देउवा- गठबन्धन चुनावसम्म जान्छ, फ्रेण्ड्ली प्रश्न गरेकोमा पत्रकारलाई धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता गठबन्धन चुनावसम्मै जाने भन्दै आफूहरुबीचमा कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।

    त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले गठबन्धनको बचाउ गरेका हुन् ।

    कोप २६ सँग सम्बन्धित विषय बाहेक अरु प्रश्न नगर्न शुरुमै आग्रह गरेका देउवाले प्रधानन्यायाधीश प्रकरणमा भने केही बोल्न चाहेनन् । उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताए ।

    संक्षिप्त पत्रकार सम्मेलनमा देउवाले आफूले विश्वका नेताहरुबाट सद्भाव पाएको दावी गरे । अन्तिममा आफूमैत्री प्रश्न गरेकोमा उनले पत्रकारहरुलाई धन्यवाद दिएका थिए ।

  • जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

    जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६)मा भाग लिन आज बेलायत जाँदैछन् । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन् ।

    कोप–२६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।

    टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन् ।

    प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत(नेपाल व्यापार तथा लगानी फोरमले आायोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ ।

    देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग लिनेछन् । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्ररसरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कनेछन् ।

  • कर्णालीमा राहत सहयोग गर्न प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहीको माग

    कर्णालीमा राहत सहयोग गर्न प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहीको माग

    सुर्खेत । बाढीपहिरोबाट भएको क्षतिबारे अवलोकनको क्रममा सुर्खेत आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राहतका लागि सहयोग मागेका छन् ।

    उनले विपद्बाट खर्बौं जनधनको क्षति भएकोले संघीय सरकारसँग सहयोगका लागि आग्रह गरेका हुन् । ‘आठजनाको निधन भएको छ । धेरै घाइते बनेका छन । सयौं चौपाया बेपत्ता छन । हजारौं कृषकको खेतमा लगाइएको धानबाली नष्ट भएको छ’, मुख्यमन्त्री शाहीले देउवासँग भने, ‘विकासका पूर्वाधार पनि क्षतविक्षत भयो । हामीसँगको रकमले समस्या समाधान गर्न सकिँदैन यसमा केन्द्र सरकारको साथ चाहियो ।’

    मुख्यमन्त्री शाहीले क्षतिको आधारमा स्थानीय तहलाई रकम पठाए पनि हुने माग गरेका छन् । प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले सहयोगको आश्वासन दिएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।

    बाढीपहिरोबाट बालीनाली क्षतिको अवस्था हेरेर प्रतिरोपनी तीनदेखि चार हजार क्षतिपूर्ति दिने प्रदेश सरकारको तयारी छ । भोलि प्रदेश विपद् केन्द्रको बैठक बसेर क्षति आँकलनसँगै राहत तथा क्षतिपूर्तिको आवश्यक निर्णय गर्ने बताइएको छ ।

  • देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    अविरल वर्षाका कारणले सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न समस्या समाधानबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ ।

    सरकारको १ सय दिन आज पूरा भएकोले अन्य थप निर्णय पनि हुनसक्ने बालुवाटार स्रोतले जानकारी दिए ।

  • प्रधानमन्त्रीलाई गगनको सुझाव- विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउनुस्

    प्रधानमन्त्रीलाई गगनको सुझाव- विपद्‍मा परेका जनताको अभिभावक बनेर देखाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।

    सामाजिक सञ्जालमार्फत नेता थापाले लगातारको वर्षाका कारण देशका कयौं ठाउँमा समस्यामा परेका जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउने बेला आएको बताएका हुन् ।

    ‘यो बेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने । प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्’, थापाले भनेका छन् ।

  • तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्न प्रधानमन्त्री देउवाको अपील

    तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्न प्रधानमन्त्री देउवाको अपील

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

    उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् ।

    भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ ।

    कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गरेका छन् ।

  • राष्ट्रपति भेटेर फर्किए देउवा

    राष्ट्रपति भेटेर फर्किए देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवासबाट बालुवाटार फर्किएका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय लगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका थिए ।

    भेटमा देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्दा संसद र सरकारले व्यहोर्नुपरेको असहजताबारे जानकारी गराएको बताइएको छ ।

  • देउवा सरकारको १ महिना, खुट्टी हेर्दै चाल पाइयो

    देउवा सरकारको १ महिना, खुट्टी हेर्दै चाल पाइयो

    काठमाडौं । गत असार २९ गते पाँचौं पटकको कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिँदै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा ‘संविधान र लोकतन्त्र जोगाएको’ सन्तुष्टी देखिन्थ्यो । देउवासँगै गठबन्धनमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायत एमालेको माधव नेपाल पक्ष ‘प्रतिगमन’ परास्त गर्यौं भनेर उत्साहित थिए ।

    आज साउन २९, अर्थात देउवाको नेतृत्वमा संयुक्त सरकार गठन भएको एक महिना पूरा भएको दिन । सत्तारुढ गठबन्धनका नेताहरुमा अहिले न उत्साह छ न ‘अग्रगमन’ को रोडम्याप । मन्त्रिपरिषद विस्तार होइन भागबण्डासमेत गर्न नसकेर गठबन्धन अल्मलिएको छ । जसको असर शासनमा प्रत्यक्ष रुपमा देखिएको छ ।

    एक महिनामा ५ मन्त्री

    प्रधानमन्त्री देउवाबाहेक उनी नेतृत्वको सरकारमा ४ मन्त्री र एक राज्यमन्त्री छन् । असार २९ मै देउवासँगै गृहमन्त्रीका रुपमा बालकृष्ण खाँण, अर्थमन्त्रीका रुपमा जनार्दन शर्मा, कानूनमन्त्रीका रुपमा ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्रीमा पम्फा भूसालले शपथ लिए । त्यसयता उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिनुबाहेक देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

    संविधानतः बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुनसक्छ । मन्त्रिपरिषदले पूर्णता पाउन अझै १९ जना सदस्य थप गर्नुपर्छ । एकातिर गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेको छैन भने अर्कोतिर सबै दलभित्र आन्तरिक किचलो उत्कर्षमा छ । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नेबाहेक यो अवधिमा सरकारले कामको गति बढाउन समेत सकेको छैन । यसो हुनुमा मन्त्रिपरिषदले पूर्णता नपाउनु नै मुख्य कारण रहेको मान्न सकिन्छ ।

    मन्त्री छान्न सकस

    ‘संविधानको धारा ७६(५) अनुसार सांसदले सरकार निर्माणमा स्वविवेक प्रयोग गर्न सक्छन्’ भन्ने मान्यताको जगमा बनेको देउवा सरकार यहीकारण तनावमा छ । किनकि गठबन्धनका सबै सांसदले मन्त्रीको आश गरेका छन् ।

    मन्त्री बन्न नपाए विद्रोह गर्ने चेतावनी सत्तारुढ दलका आन्तरिक बैठकमा सुनिन थालेका छन् । गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त सार्वजनिक रुपमै सबैले मन्त्री माग्दै घुक्र्याउदै गरेका कारण आफू तनावमा रहेको बताइसकेका छन् ।

    गठबन्धनको अर्को दल जसपामा सरकारमा को को जाने भन्नेमा मारामार छ । जसपा अध्यक्ष यादवले मन्त्रिपरिष विस्तार हुन अझै हप्ता दसदिन लाग्ने बताइसकेका छन् । यसबाट सत्तारुढ गठबन्धन ठूलो तनावमा रहेको प्रष्ट हुन्छ । अर्कोतिर सरकार निर्माणमा निर्णायक बनेको एमालेको नेपाल पक्षको सरकारमा सहभागिता निश्चित नहुँदा सत्ता गठबन्धनको तनाव अझ बढ्दो छ ।

    कामविहीन संसद

    दोस्रो पटक पुनःस्थापना भएको १ महिना पूरा भए पनि प्रतिनिधिसभाले ठोस काम पाउन सकेको छैन । अघिल्लो सरकारले ल्याएका अध्यादेशहरु संसदमा पेश त भएका छन् तर त्यसलाई पारित गराउने विषय सत्तारुढ गठबन्धनको प्राथमिकतामा पर्न पाएकै छैन ।

    अध्यादेशबाट ल्याइएको बजेट पारित नगरे मुलुकको आर्थिक व्यवस्थापन नै अन्यौलमा पर्ने निश्चित छ । संघीय संसदको दुवै सदनका बैठकहरु शून्य समय र विशेष समयमै सकिएका छन् । सांसदहरुमा एक अर्काप्रति घोचपेच बाहेक गहन र संसदीय सरोकारका मुख्य विषय संसदमा प्रवेश भएका छैनन् ।

    पुनःस्थापनाको एक महिनामा संसदको कार्यप्रगतिबाट पनि राजनीतिक अस्थिरता अझै साम्य नभएको र संसदको सामना गर्न सरकार अझै परिपक्व भइनसकेको देखिन्छ । संसदबाट निर्णय लिनुपर्ने विषयमा बहुमत जुटाउन सरकारलाई गम्भीर चुनौती छ । एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षले तत्कालै सरकारका प्रस्तावको पक्षमा मत दिइहाल्ने अवस्था बन्न सकेको छैन ।

    देउवाका दुःख

    प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति निवासदेखि सर्वाेच्च अदालतसम्म धाएर प्रधानमन्त्री बने पनि देउवाका दुःख सकिएका छैनन् । महिना दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेको, नीति तथा कार्यक्रममा खास मुद्धाहरु समेट्न चुकेको, मुलुकको कार्यकारी प्रमुख भएर संविधानतः आफ्नै पार्टीको महाधिवेशन गर्न नसकेको लगायतका आरोप देउवामाथि लागिरहेको छ ।

    अर्कोतिर व्यापारिक पृष्ठभूमिका सांसदलाई राज्य मन्त्री बनाएको, भूमि सम्बन्धी आयोग बिना तयारी खारेज गरेको, महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीबारे भारतीय पक्षसँग निर्णायक संवाद गर्न नसकेको जस्ता विषयमा संसददेखि सामाजिक सञ्जालसम्म देउवाको आलोचना भइरहेको छ ।

    आफ्नै सचिवालयले गरेको प्रचार र महिमागानबाहेक यो एक महिना देउवाका लागि खास सुखद हुनसकेन । पुनःस्थापित संसदको भूमिका प्रभावकारी बनाउने, कोभिड उत्पन्न संकट समाधान गरी हरेक नागरिकलाई खोप उपलब्ध गराउने, संवैधानिक प्रबन्ध अनुसार तीनै तहका सरकारको निर्वाचन सम्पन्न गर्ने लगायतका दायित्व देउवा सरकारमाथि रहेका छन् । तर खुट्टी हेर्दै चाल पाइयो भनेझै महिनादिनमा देउवा सरकारको ‘पर्फमेन्स’ भरलाग्दो देखिन छाडेको छ ।

  • ७२ प्रतिशतलाई खोप लगाउन सके कोरोना नियन्त्रण गर्न सहज हुन्छ: स्वास्थ्य मन्त्रालय

    ७२ प्रतिशतलाई खोप लगाउन सके कोरोना नियन्त्रण गर्न सहज हुन्छ: स्वास्थ्य मन्त्रालय

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्‍यो ।

    अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गत असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ ।

    अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप प्राप्त भएको थियो । सरकारले आफैं खरीद गरी, विभिन्न मुलुकले अनुदानमा र कोभ्याक्स कार्यक्रममार्फत खोप ल्याएको छ । सरकारले कूल जनसंख्या ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने गर्दछ ।

    मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कूल जनसंख्या ७२ प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने धारणा राखे । मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।

    कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरीद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ ।

    आउन बाँकी

    यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।

    यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

    परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

    उनले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिए । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

    खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

    चालू आर्थिक वर्षमा सरकारले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि  ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्धको खोपका लागि  २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । रासस

  • विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

    विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।

    कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

    विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

    कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

    राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।

    माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

  • पुनःस्थापित संसदको पहिलो बैठकमा आजै विश्वासको मत लिने देउवाको तयारी

    पुनःस्थापित संसदको पहिलो बैठकमा आजै विश्वासको मत लिने देउवाको तयारी

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका छन् । देउवा निकट स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ ।

    ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागिएको स्रोतले जनाएको छ ।

    देउवा निकट स्रोतले भन्यो, ‘रात रहे अग्राख पलाउँछ, एमालेका माधव नेपाल समूहका केही नेता पार्टी एकता भन्दै विश्वासको मत नदिने पक्षमा उभिन लागेका छन् । अहिले माधवजी विश्वासको मत दिएर संसद जोगाउन दृढ भएकै बेला विश्वासको मत लिइहाल्ने कुरा भएको छ ।’

    सभामुख अग्नि सापकोटाले अहिले केहीबेरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमाले सचेतक शान्ता चौधरीले विश्वासको मत आजै लिने भन्ने जानकारी आफूहरुलाई पनि प्राप्त भएको बताइन् ।

  • प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

    प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

    काठमाडौ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। आज बिहान ९ बजेर ५७ मिनेटकाे साइतमा देउवा बालुवाटार सर्न लागेका हुन् ।

    मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार उनी शुक्रबार बिहान सरकारी निवास सर्न लागेका हुन्।

  • सिंहदरबारबाट ओलीको अन्तिम सम्बोधन : सर्वोच्चमाथि आक्रोश, पार्टी पंक्तिलाई हौसला

    सिंहदरबारबाट ओलीको अन्तिम सम्बोधन : सर्वोच्चमाथि आक्रोश, पार्टी पंक्तिलाई हौसला

    काठमाडौं । सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गरेका छन् । उनको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो ।

    ओलीले सर्वोच्चको फैसलाको खुलेरै आलोचना गरे, तर फैसलाको पालनामा भने आफू प्रतिबद्ध रहेको बताए । विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै व्यंग्य कसेका ओलीले सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए । रेफ्रीले नै गोल गर्न खोजेको उनको आरोप थियो ।

    सम्वोधनको शुरूआतमै उनले अदालतको फैसलाबाट गरेका थिए । ओलीले भने, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’

    सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी उनले गरे । यो फैसलालाई इतिहासले अग्‍निपरीक्षा लिने चेतावनी पनि उनले दिए । शक्ति पृथकीकरणको सिद्धान्तलाई फैसलाले नकारेको तथा राज्यका अंगहरूको सन्तुलन खल्बल्याएको टिप्पणी उनको थियो ।

    ओलीले संसदीय दलको ह्वीप उल्लंघन गर्दा कारवाही नहुने अदालतको फैसलाप्रति आपत्ति जनाए । राजनीतिक दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिले आफूखुशी भोट हाल्न पाउने व्यवस्था दलीय प्रणालीको मूल्य र मान्यताविपरीत रहेको उनको टिप्पणी थियो ।

    एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्ने गरी विचित्र अवस्थाको सिर्जना गरिदिएको ओलीले बताए । अदालतले रेफ्रीको भूमिकामा सही न्याय दिन नसकेको उनको भनाइ छ ।

    ओलीले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर, रेफ्री स्वयम्मा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ । अझ सन्दर्भमै नउठेका वा माग नै नभएका विषयमा समेत फैसला दिँदै जटिलता मात्रै बढाउँछ ।’

    अदालतले आफ्नो अधिकारक्षेत्र बाहिर गएर राजनीतिक विषयमा हात हालेको आरोप ओलीले लगाए । यसबाट भविष्यमा उत्पन्न हुन सक्ने दुष्परिणामप्रति चिन्ता व्यक्त गरे ।

    ‘खोपको तमासा शुरू हुन्छ’

    अपेक्षितभन्दा छोटो सम्बोधन गरेका ओलीले सरकारका उपलब्धीहरूको संक्षिप्त चर्चा गरेका थिए । सरकारले कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ गरेका कामहरूको विवरण सुनाएका ओलीले अब आउने सरकारले खोप लगाएको फोटो हालेर त्यसलाई आफ्नो उपलब्धीका रूपमा देखाउने भविष्यवाणी गरे ।

    सरकारले १ करोड ३१ लाख मात्र खोप आपूर्ति सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले भने ‘अब भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो राखेर हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरू हुनेछ । मानौं चट गरेर आजै ल्याएका हुन् कि जस्तो । तर, मलाई यस्तो प्रचारमा प्रतिस्पर्धा गर्नु छैन ।’

    संसद र सरकारको भविष्यमा आशंका

    शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकार र संसदको भविष्यलाई लिएर ओलीले सन्देह व्यक्त गरे । सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको उनले बताए ।

    ओलीले भने, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् शुभकामना छ । तर, मलाई यसमा शंका छ । जे जस्ता घटनाक्रम विकास हुँदैछन्, त्यसले संसद पनि सही सलामत अगाडि जाला र अब बन्ने सरकार सही सलामत ढंगले अगाडि बढ्ला भन्नेमा शंका छ ।’

    पार्टी पंक्तिलाई सन्देश

    ओलीले जाँदाजाँदै आफ्नो पार्टी पंतिको हौसला बढाउन खोजे । साथै, हालै पार्टी एकताको सहमति गरेका असन्तुष्ट समुहलाई आरोपित गर्न चुकेनन् ।

    कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने, ‘फेरि बादल हटेर सूर्य उदाउनेछ । हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला । जनताबाट रोक्न कसले सक्छ ?’

    विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्नो पार्टीका नेताहरूप्रति ओलीले फेरि एकपटक आक्रोश व्यक्त गरे । यस्तो गतिविधिलाई अनुशासनहीनता र अपराधको संज्ञा उनले दिए ।

    ओलीले भने, ‘हाम्रा पार्टीका साथीहरूबाट विपक्षी खेलाडीलाई बल पास दिने काम भयो । आफ्नो पोष्ट खाली राख्ने र गोलकिपर बस्नै नदिने प्रयाससमेत भयो । यो अत्यन्तै चिन्ताजनक छ ।’

  • प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

    प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् ।

    सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनले केपी ओलीलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताए ।

    प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सम्बोधनको तयारी भए पनि कति बजे भन्ने तय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले बताए ।
    आज बस्ने स्थायी कमिटी बैठक पनि सर्न सक्ने एमाले स्रोतले जनाएको छ ।

  • सर्वोच्चको परमादेश शीतल निवासमा,देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

    सर्वोच्चको परमादेश शीतल निवासमा,देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सर्वोच्च अदालतको परमादेश बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिले सर्वोच्चले दिएको समय आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    सपथग्रहणका बारेमा देउवासँग समेत कुरा गरेपछि समय निश्चित हुने बताइएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला र परमादेश प्राप्त भएको बताए ।

    सर्वोच्चले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । देउवाले आजै सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठनको तयारी थालेका छन् ।

  • सप्तरी अब उप्रान्त पछाडि परेको जिल्लाका रुपमा रहँदैन: प्रधानमन्त्री

    सप्तरी अब उप्रान्त पछाडि परेको जिल्लाका रुपमा रहँदैन: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थुपै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडी परेको जिल्लाका रुपमा नरहने बताएका छन् ।

    सप्तरीको राजविराजमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यास पछि कार्र्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना बन्न जाने बताए ।

    प्रतिष्ठानको स्थापना सँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तिव्र हुने धारणा पनि प्रधानमन्त्रीको थियो ।आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पुर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने भनाई प्रधानमन्त्रीको थियो ।

    प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आआफ्ना हुने भए पनि एक अर्का प्रति सहिष्णुहुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताए । सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोसी मारिन डाइभर्सनले सिंचाइको सुविधा पुर्याउने पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

    सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह गरे । हामी विचमा रहेका विविधता सम्पत्ती भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उनले बताए ।

    ‘सबै थरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तब्य भएको बताउँदै उनले भने,‘अब देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छु ।’

    सप्तरीको राजविराजमा बन्न लागेको प्रतिष्ठानबाट सप्तरी सहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

  • घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढेको छ: प्रधानमन्त्री

    घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढेको छ: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युतको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्‍घाटन गर्दै प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धिमार्फत् आयात प्रतिस्थापन, उत्पादित विद्युतको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढङ्गले अघि बढाएकोसमेत बताए ।

    ‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सव लाइनहरू नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं,’ प्रधानमन्त्रीले भने ।

    नेपालले करिब एक सय १० वर्षअघि उर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गरे । पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरूमा जलाशय युक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उनले बताए ।

    ‘हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाई हो । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा हो,’ उनले भने ।

    अर्को प्रसंगमा प्रधानमन्त्रीले कोभिड विरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट बञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताए । ‘कोभिडसँग लड्नुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’, उनको भनाई थियो ।

    यद्यपि, सबैलाई एकै पटक खोप सम्भव नहुने भन्दै उनले समूहगत रूपमा क्रमश: सबै जनतालाई खोप लगाइने बताए । यति बेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्थापनामा सरकारले ध्यान दिइरहेको बताए

    समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन दुप्चेश्वर गाउँपालिकामा रहेको समुन्द्रटार सवस्टेसनदेखि किस्पाङ गाउँपालिकामा रहेको त्रिशुली ३ बी हब सवस्टेसन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ ।

    कुल २६ कि.मि. लामो १३२ के.भी. डबल सर्किटको यो प्रसारण लाईनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाडौं उपत्यकाको मातातीर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसँग समेत जोड्ने योजना नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

    उनका अनुसार प्रसारण लाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बी हब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगा वाट. भन्दा बढी विद्युतलाई सिधै काठमाडौं ल्याउन ठूलो मद्दत पुग्ने छ ।

  • देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ?

    देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाएका छन् । लोकतान्त्रिक आन्दोलनमा योगदानको इतिहास भएको कांग्रेस पार्टी अहिले ‘प्रचण्डपन्थी’ बनेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘शेरबहादुरजीले प्रधानमन्त्री हुने उत्कट इच्छाले लोकतान्त्रिक मार्ग छोड्नुभो । केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोज्नुभो । संसदबाट बनेको भए हुन्थ्यो । जनतामा गएर बनेको भए हुन्थ्यो । जनतामा जाने बाटोलाई अवरोध गरेर अन्तैबाट प्रधानमन्त्री बन्न खोज्ने ?’

    ओलीले थपे, ‘जनतामा जाने कुरालाई ‘कु’ भन्यो कांग्रेसले । जनतामा जाने प्रस्ताव ‘कु’ हो भने १७ सालको लोकतान्त्रिक अभ्यास के थियो ? कांग्रसले कु भनेको के हो बिर्सिसकेछ । शेरबहादुरलाई सोध्न चाहन्छु ? माघ १९ के थियो । उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

    ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि पनि निसाना साँधे ।

    ‘निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर ‘अदक्ष’ कि के अरे ? ‘अ दक्ष’ भएको हुनाले हटाइयो । ‘अक्षम’ हुनाले हटाइदिएँ । जननिर्वाचित प्रधानमन्त्री सक्षम छ कि छैन भनेर निर्णय गर्ने आर्टिफिसियल्ली बनेको तथाकथित गद्दीमा बस्ने व्यक्तिको काम होइन । त्यो जनताको काम हो । त्यतिबेला देउवाले किन ‘कु’ भन्न सक्नुभएन ? अहिले जनताका बीचमा जाने कुरा गर्दा कु भन्या छ । प्रतिगमन भन्या छ । प्रचण्डको भाषासमेत सापटी लिएर । भाषा सापटी मात्रै होइन आफ्नै बनाइसक्नुभो । दया लाग्छ । लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको पार्टी यस ढंगले प्रचण्डपन्थी भएको देख्दा अचम्म लाग्छ ।’

  • ओलीको प्रश्न- सर्वोच्चमा राष्ट्रपति र प्रधानमन्त्री काट्ने कुरा हुँदा न्यायमूर्ति किन मौन बसे ?

    ओलीको प्रश्न- सर्वोच्चमा राष्ट्रपति र प्रधानमन्त्री काट्ने कुरा हुँदा न्यायमूर्ति किन मौन बसे ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायधिसहरु मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि विपक्षी गठवन्धनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठले गरेको बहसलाई ईंगित गर्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

    बालुवाटारमा आयाजित कार्यक्रममा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा गएको र सर्वोच्चमा पनि प्रचण्डपथ पसेको बताए । केही दिनअघि कांग्रेसका प्रदेश सांसदले नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएको प्रसंग उनले निकालेका थिए ।

    ओलीले भने, ‘प्रचण्डपथ यति व्याप्त भइसक्यो कि कांग्रेसले यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त नै बनाइसकेको छ । प्रधानमन्त्रीलाई मार्न नाथुराम गोड्से बन्न तयार छु भनेको प्रचण्डपथ नै हो ।’

    ओलीले थपे, ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्डपथको चर्चा हुन्छ । फ्रान्स र बेलायतमा किन काटिँदा रहेछन् त भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले जस्तो गर्दा रहेछन् र पो काटिँदो रहेछन् त भनेर प्रचण्डका एक कार्यकर्ताले बहस गरे । भनेको मतलब अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।’

    ‘आश्चर्य लाग्छ, सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । अदालतमा यस्तो कुरा गर्नुहुन्न विद्वान अधिवक्ताज्यू । आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर न्यायमूर्तिले त्यो सुझाव पनि राख्न सक्नुहुन र ?’ ओलीले प्रश्न गरे ।

  • प्रधानमन्त्रीको आशंका- धादिङमा स्याल कराउने र भोलिपल्ट कुखुरा हराउने कसरी भयो ? (भिडियो)

    प्रधानमन्त्रीको आशंका- धादिङमा स्याल कराउने र भोलिपल्ट कुखुरा हराउने कसरी भयो ? (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको न्याय सम्पादन र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । हालै आफूले विस्तार गरेको मन्त्रीपरिषदलाई बदर गर्ने अदालतको आदेशका सन्दर्भमा उनले शंका व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको भनिएको अभिव्यक्ति र सर्वोच्चको आदेशबीचको तालमेललाई लिएर शंका व्यक्त गरेका हुन् ।

    प्रधानमन्त्रीको निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा उनले प्रचण्डको नाम नलिइकन भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’

    ‘एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ । नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

    गत असार ८ गते सर्वोच्च अदालतले जेठ २१ र २७ गतेको मन्त्रीपरिषद विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले २१ जना मन्त्रीहरुलाई पदमुक्त गर्दैछ भन्ने अभिव्यक्ति दिएको एकाध मिडियामा समाचार आएका थिए । ओलीले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने बताए । त्यसअघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको उनको टिप्पणी थियो ।

    एक पूर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्तिमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाए । खुल्लमखुल्ला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरूले नै आफूलाई आडम्बरी देशभक्त भनी टिप्पणी गर्ने गरेको उनको भनाइ थियो । ओलीले भने, ‘एकजना पूर्वप्रधानमन्त्रीले एउटा विदेशी टेलिभिजनको संवाद कार्यक्रममा भाग लिएको मैले देखेँ । यो माईक्रो म्यानेजमेन्टमा लाग्न हुँदैन, तपाईंहरू माईक्रोम्यानेजमेन्टमा नलाग्नुहोस् । ठूला कुरामा हात हाल्नुहोस् न । पोलिसी म्याटरमा हात हाल्नुहोस् न । जथाभावी किन हुन दिईरहनुभएको छ तपाईंहरु ? उहाँको भनाई थियो । मलाई आश्चर्य लाग्यो । तैपनि आफूलाई देशभक्त नै हुँ भनेर हिँडिरहेका छन् ।’

    ‘अर्को पूर्वप्रधानमन्त्रीजी खुलेआम भन्छन्- ‘के हेरेका होलान् हाम्रा लोकतान्त्रिक मित्रहरु, छिमेकीहरुले ? यस्तो हुँदा पनि के हेरेका होलान् भनेको के ? के चाहीँ गरिदिनुपर्ने ? फेरि उहाँहरू फलानाको देशभक्ति भनेको चाहीँ नक्कली देशभक्ती हो । आडम्बरी देशभक्ति हो भन्छन् ।’ ओलीले प्रजातन्त्र र संविधानविरुद्ध अराजकता ल्याउन खोज्नेविरुद्ध एकजुट हुन महन्त ठाकुरलाई साथमा लिएको बताए ।

    उनले भने, ‘उहाँहरूले महन्त ठाकुरजीलाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैले महन्तजीलाई साथ लिएँ, मैले उहाँलाई लिड गरिदिनोस् हामीलाई भनेको छैन । म तपाईंका पोलिसीका पछाडि जान्छु भनेको छैन । अर्को कुरा उहाँहरूसँग कुनै एग्रिमेन्ट पनि गरेको छैन । मैले प्रजातन्त्रका विरुद्ध, संविधानका विरुद्ध नेपालमा जस्तो अराजकता ल्याउन खोजिएको छ त्यसको विरुद्ध उहाँहरुको साथ लिएँ । त्यो चाहीँ हुनुहुनामी के-के भईहाल्यो ? महन्तजीलाई प्रधानमन्त्री हुनुहोस् भनेर डबलीमा बुद्धिजीवीहरु साक्षी राखेर भनेको होइन ? टेलिभिजनमा खिचाएको होइन ?’

  • मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनुस् (भिडियो)

    मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनुस् (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरू आक्रमक ढंगले प्रस्तुत भएकोले सरकारको कामबाट त्यसको खण्डन गर्न आग्रह गरे । प्रधानमन्त्रीले भने, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ।’

    सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भएपनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको उनको टिप्पणी थियो ।

    प्रधानमन्त्रीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबानमा नपर्ने बताएका छन् । ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो’, ओलीले भने, ‘सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’

    सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको बताउँदै प्रधानमन्त्रीले भने, ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने, खानी पत्ता लगाउने त्यो खानी उपयुक्त छ कि छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकूल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने । अब बढी भयो भनेदेखि त हामीले विक्रि पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि परेका छौं । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लागेका छौँ ।’

  • विपक्षी विद्यार्थी सँगठद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

    विपक्षी विद्यार्थी सँगठद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

    काठमाडौं । विपक्षी विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले कोटेश्वर चोक नजिकै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

    क्याम्पसमा नेतृत्व गर्ने नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी सगठनले पुत्ला दहन गरेको जनाइएको छ । उनिहरुले सरकारविरुद्ध नारा जुलस समेत गरेका थिए ।

  • विपक्षीप्रति ओलीको कटाक्ष- आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने रे

    विपक्षीप्रति ओलीको कटाक्ष- आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने रे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् ।

    एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए ।

    ओलीले भने, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

    प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाएका छन् । देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने उनले बताए ।

    प्रधानमन्त्रीले भने, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

    पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने ओलीले बताए ।

  • प्रधानमन्त्रीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे के भने ?

    प्रधानमन्त्रीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे के भने ?

    काठमाडौं । आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । सो अवसरमा उनले मुलुकको अन्तर्राष्ट्रिय नीति र विदेश सम्बन्धबारे पनि चर्चा गरे ।

    प्रधानमन्त्रीको असन्तुष्टिको तारो यसपटक ठूला औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन र जी-ट्वान्टीप्रति लक्षित थियो । कोभिड-१९ विरुद्धको खोपको असमान वितरणप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीले ती मुलुकहरुलाई अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्न सुझाए ।

    दिगो विकास लक्ष्य हासिल गर्ने विकासशिल मुलुकहरुको प्रयासमा महामारीले चुनौति खडा गरेको बताउँदै प्रधानमन्त्रीले महामारीविरुद्धको विश्वव्यापी सहकार्यमा जोड दिए । सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने कुरा मनन गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

    प्रधानमन्त्रीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे आफ्नो सम्बन्धमा के-कस्ता कुरा भने त ?

    नेपालको अन्तर्राष्‍ट्रिय सम्बन्धमा उल्लेख्य विस्तार भएको छ। अभूतपूर्व राष्‍ट्रिय सहमतिका साथ लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिएको छ। हालसम्म १ सय ७० मुलुकसँग कुटनीतिक सम्बन्ध विस्तार भएको छ । भर्चुअल माध्यमबाट उच्चस्तरीय वार्ता तथा सम्वाद भएका छन्। प्रतिभा प्राप्‍ति केन्द्र (ब्रेन गेन सेन्टर) सञ्‍चालनमा आएको छ।

    नेपालको अन्तर्राष्‍ट्रिय सम्बन्ध राष्‍ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्‍ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुनेछ। नेपालको राष्‍ट्रिय हितलाई केन्द्रमा राखी सार्वभौम समानता, विश्‍वास, समझदारी र सहकार्यका आधारमा छिमेकी तथा मित्रराष्‍ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाइनेछ।

    ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्‍ट्र भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयहरूलाई समाधान गरिनेछ।

    नेपालको कनेक्टिभिटी र व्यापार विस्तारलाई सघाउ पुग्ने गरी सार्क, बिमस्टेक, बिबिआइएन जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका खेलिनेछ। विश्‍व शान्ति स्थापनामा योगदान पुर्‍याउन, समान चासो र हितका विषयमा सहकार्य गर्न, विश्‍वव्यापी महत्वका विषयहरूमा राष्‍ट्रिय हित अनुकूल हुने गरी भूमिका निर्वाह गर्न एवं आर्थिक-सामाजिक विकासमा सहयोग परिचालन गर्न संयुक्त राष्‍ट्र सङ्‍घलगायत अन्य बहुपक्षीय मञ्च र सङ्‍घसंस्थाहरूमा नेपालको उपस्थितिलाई अझ प्रभावकारी र सशक्त बनाइनेछ।

    द्वन्द्व व्यवस्थापन र मौलिक शान्ति प्रक्रिया, महिला सशक्तीकरण, नागरिक हक प्रत्याभूतिको बृहत् खाका लगायत समानता र न्यायका क्षेत्रमा नेपालले हासिल गरेका विशिष्‍ट उपलब्धिहरू तथा विश्‍वशान्ति स्थापना र पर्यावरणीय सन्तुलन कायम राख्‍न पुर्‍याएको अतुलनीय योगदान विश्‍वसामु स्थापित गर्न एवं समसामयिक चासो र साझा हितका विषयमा विचार विमर्श र छलफल गर्न अन्तर्राष्‍ट्रियस्तरको सगरमाथा सम्वादलाई उपयोग गरिनेछ। सम्वादको पहिलो शृङ्खलाको रूपमा आगामी आर्थिक वर्ष जलवायु परिवर्तनसम्बन्धी विषयमा सम्वादको आयोजना गरिनेछ।

  • ओलीलाई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, सबै रिट भोलिमात्र दर्ता हुने

    ओलीलाई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, सबै रिट भोलिमात्र दर्ता हुने

    काठमाडौं । सर्वोच्च अदालतमा संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिले केपी ओली र शेरबहादुर देउवा दुवैको प्रधानमन्त्री दावी अश्वीकार गरेको निर्णयविरुद्ध दुईथरी रिट सर्वोच्चमा पुगेका छन् ।

    विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने मागसहित रिट निवेदन लिएर जान नभ्याए पनि आइतबार जेठ ७ गतेको राष्ट्रपतिको निर्णयविरुद्ध २५ वटा रिट सर्वोच्चमा पुगेका छन् ।

    अध्ययनकै क्रममा रहेकाले कुनै पनि रिट दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ । अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्नेमात्र होइन ओलीको पक्षमा समेत रिट परेको छ ।

    उच्च अदालत बार पाटनका सचिव समेत रहेका अधिवक्ता कृष्ण भण्डारीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानको धारा ७६ (५)विपरित रहेको भन्दै रिट पेश गरेका हुन् ।

    बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपनि त्यो नै आधिकारिक हुने भएकाले राष्ट्रपतिले एमालेका १२१ र जसपाका ३२ सांसदको दावी दुवै दलका अध्यक्ष तथा संसदीय दलका नेताबाट पेस भएकाले त्यसलाई मान्नुपर्ने जिकिर रिटमा छ ।

    भण्डारीले भने, ‘केपी ओलीको दावी आधिकारिक छ र उहाँले स्पष्ट बहुमतको आधार पेस गर्नुभएको छ । तर, त्यो आधारको विपरीत शेरबहादुर देउवाले पनि एमालेका सांसदको नाम राखेकोमा दाँजेर दोहोरो नाम परेको भनेर अश्वीकृत गर्नु संविधानविपरीत भएकाले ओलीलाई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै मैले रिट लगेको छु, सोमवार ११ बजे दर्ताका लागि बोलाइएको छ ।’

    सोमबारै विपक्षी गठबन्धनले पनि देउवालाई प्रधानमन्त्री घोषित गर्न माग गर्दै रिट दायर गर्दैछ । यस्तै प्रकृतिका अन्य २४ वटा रिट पनि अदालतमा पुगेका छन् ।

  • देउवालाई प्रधानमन्त्री बनाउन योगेश पनि असहमत, गरेनन् हस्ताक्षर

    देउवालाई प्रधानमन्त्री बनाउन योगेश पनि असहमत, गरेनन् हस्ताक्षर

    काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै विपक्षी दल बहुमत सदस्यको दावीसहित शीतल निवास प्रस्थान गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन लागिएको नेताहरूले बताएका छन् ।

    विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताइएको छ।

    नेपाल पक्षका सुरेन्द्र पाण्डे, जयकुमार राई लगायतले आफूहरुको हस्ताक्षर नगरेको भनिएकोमा योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्न असहमत भएका छन्। भट्टराई निकट स्रोतले उनले हस्ताक्षर नगरेको नेपाल प्रेसलाई जानकारी दियो।

  • प्रधानमन्त्री-बेलायती राजदूत भेट, नेपाललाई एस्ट्राजेनेका भ्याक्सिन दिन अनुरोध

    प्रधानमन्त्री-बेलायती राजदूत भेट, नेपाललाई एस्ट्राजेनेका भ्याक्सिन दिन अनुरोध

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

    सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ ।

    प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ओलीले अहिलेसम्ममको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।

  • प्रधानमन्त्रीलाई कांग्रेसले बुझाएको ज्ञापन पत्रमा के छ ?

    प्रधानमन्त्रीलाई कांग्रेसले बुझाएको ज्ञापन पत्रमा के छ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले बुझाएको ज्ञापन पत्रमा कोरोनाविरुद्धको लडाइँमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई आग्रह गरिएको छ ।

    देशका अधिकांश स्थानमा कोरोनाका कारण जनजीवन प्रभावित भएको, नागरिकहरु उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको र सरकारको काम प्रभावकारी नदेखिएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

    यस्तो छ कांग्रेसको ज्ञापन पत्र:-

  • ओली-नेपाल वार्ता : १० सदस्यीय कार्यदल गठन

    ओली-नेपाल वार्ता : १० सदस्यीय कार्यदल गठन

    काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।

    वार्तास्थलबाट निस्किँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।

    कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

    ‘कार्यदललाई तीन दिनको समय दिने कुरा भएको छ । सो कार्यादलले नै खाका तयार गर्नेछ ।’
  • सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

    सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

    काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

    प्रधानमन्त्री ओलीले हिजोमात्र बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवाला व्यक्तिहरूबीच कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामका विषयमा परामर्श लिएका थिए ।

  • महामारी नियन्त्रणमा यस्ता छन् प्रधानमन्त्रीका नीति र निर्देशन

    महामारी नियन्त्रणमा यस्ता छन् प्रधानमन्त्रीका नीति र निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट संक्रमित नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य उपकरणको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् । विभिन्न मन्त्री, अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र र सरकारी निकायसँग शनिबार बालुवाटारमा विशेष छलफल आयोजना गर्दै उनले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न निर्देशन दिएका हुन् ।

    कोरोनाको दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नुपर्ने कामबारे पनि निर्देशन दिएका छन् ।

    तत्कालको काम अक्सिजन आपूर्ति

    प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिएका छन् । घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उनले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको पनि उनले बताए ।

    ‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको विरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो ।’

    सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारको प्रथमिकता प्रस्तुत गर्र्दै भने, ‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के–के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नुप¥यो । मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ ।’

    विरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘विरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्’ प्रधानमन्त्रीले भने, ‘तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरु सबैको सक्रियता आवश्यक छ ।’

    अफवाह फैलाएर भयाभह नबनाऔं

    प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टाचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाको मनोवल गिर्नेतर्फ सचेत रहन पनि आग्रह गरे । ‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई थप पिडा दिने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ’ प्रधानमन्त्री ओलीले भने, ‘मानवीय रक्षाको लागि गरेका प्रयासलाई विकृत रुपमा ब्याख्या गर्ने पेशा नै भएकासँग सजग रहेर महामारीबाट जनतालाई वचाउनु पर्दछ ।’

    प्रधानमन्त्री ओलीले विज्ञलाई आफूले प्रयोग गर्ने धारणा परिवर्तन गर्न सुझाव दिएका छन् । ‘हाम्रो स्वास्थ्य प्रणाली नै समाप्त भयो भन्नेजस्ता शब्व प्रयोग नगरौं, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, समाप्त भएको होइन’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हामीसँग यसअघि नभएका प्रणालीलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं, त्यसैले प्रणाली समाप्त भएको होइन् ।’

    महामारीलाई राजनीति लाभको विषय नबनाऔं
    विश्वब्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको वताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नुपर्ने बताए । उनले राजनीतिक विपक्षीले सरकारले कामै गरेन भनेर महामारीबाट लाभ लिने प्रयास गरेको पनि बताए । ‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन । त्यस्तै भएको हो ।’

    छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयका तर्फबाट अहिले भएका कामबारे प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । उपत्यकाका विभिन्न अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक र वितरकले आ–आफ्नो तर्फबाट महामारी नियन्त्रण प्रभावकारी बनाउनेबारे सुझाव समेत दिएका छन् ।

  • महामारीमा अनुचित फाइदा लिने कसैलाई पनि सरकारले छाड्दैन : प्रधानमन्त्री

    महामारीमा अनुचित फाइदा लिने कसैलाई पनि सरकारले छाड्दैन : प्रधानमन्त्री

    ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ रोकथाम तथा उपचारमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा कसैले भ्रष्टाचार गर्छ भने सरकारले कसैलाई नछाड्ने बताएका छन् ।

    तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहणपछि गोदावरी सम्मेलन केन्द्र भर्चुअल उद्घाटनको पहिलो सार्वजनिक समारोहमा सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणको लागि सरकारले निरन्तर काम गरिरहेको भएपनि ती प्रयासहरूलाई ओझेलमा पार्न खोजेको गुनासो गरे ।

    सरकारले केही गरेन भनेर विपक्षीको आरोपलाई सभाहल उद्घाटनले खण्डन गरेको उनको भनाइ छ ।

    ‘अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने, संविधान र कानून बमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने तत्वहरुले देशमा अहिले पनि प्रतिगमन भएको देख्छ ‘, प्रचण्डप्रति कटाक्ष गर्दै प्रम ओलीले भने ‘कोही-कोही सरकारलाई नक्कली क्रान्तिकारी चश्माबाट सधैँ हेर्छन् र प्रतिगमन भएको भन्छन् ।’

    प्रधानमन्त्री ओलीले सबै उल्टै सरकारलाई सेक्न खोज्ने प्रवृत्ति खोज्ने नभई महामारी नियन्त्रणमा जुट्न राजनीतिक पार्टीहरूलाई आव्हान गरे ।

    करिब ३ हजार क्षमताको सम्मेलन केन्द्र ८१ करोड ६ लाख लागतमा उदाउँदो सूर्यको आकृतिमा बनाइएको भवनभित्र २ वटा भीभीआईपी कक्ष छन् । सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय विमानस्थलबाट १५.८ किलोमिटर र चक्रपथबाट ९.५ किलोमिटर दूरीमा रहेको छ ।