Tag: प्रतिव्यक्ति आय

  • नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो

    नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो

    काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ ।  केन्द्रीय तथ्यांक विभागका निकालेको तथ्यांक अनुसार प्रतिव्यक्ति आय १३७२ डलर पुगेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १३३ डलरआय वृद्धि भएको हो ।

    गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो । भने सो आर्थिक वर्षमा १३७२ पुगेको छ ।

    आर्थिक वर्ष ०७५/७६ मा ११९४ पुगेको थियो । आर्थिक वर्ष ०७६/७७ मा घटेर ११५६ मा सीमित भएको आय आर्थिक वर्ष ०७७/७८ मा बढेर १२३९ पुगेको थियो ।

    विभागले अन्तर्राष्ट्रिय पद्धतिअनुसार सन् २०१०/११ अनुसार राष्ट्रिय लेखा अनुमान तयार पारेको बताएको छ ।

  • प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान

    प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान

    काठमाडौं । कूल राष्ट्रिय उत्पादनका आधारमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ अर्थात ११९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

    अर्थमन्त्रालयमा आयोजित भिडियो कन्फरेन्समार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालीको प्रतिव्यक्ति आय ११९६ पुग्ने अनुमान रहेको जानकारी दिए ।

    आर्थिक सर्वेक्षणका अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादनका आधारमा प्रतिव्यक्ति आय ५ प्रतिशतले वृद्धि भई १ लाख ४० हजार ८१९ अर्थात १९९१ डलर पुग्ने अनुमान गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए ।

    प्रतिव्यक्ती खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले बढ्दै १४८६ डलर पुग्ने अनुमान गरिएको उनले बताए ।