Tag: पीएनजी

  • पीएनजीलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य

    पीएनजीलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य

    काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । ‘हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृंखला उचाल्ने हो’, बुधबार मलेसियालाई पराजित गरेपछि कप्तान सन्दीपले भने।

    सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

    नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।

    मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ ।

  • पीएनजीविरुद्ध जीतको लक्ष्यमा नेपाल

    पीएनजीविरुद्ध जीतको लक्ष्यमा नेपाल

    काठमाडौं । घेरेलु मैदानमा पपुवा न्यूगिनि (पीएनजी)सँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा हार बेहोरेको नेपालले आज पीएनजीसँगै टी–२० सिरिजको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछ ।

    त्रिवि क्रिकेट मैदानमा दिउँसो साँढे १२ बजे सुरु हुने खेलमा नेपालका लागि यसअघिका हारहरुको बदला लिने अवसर छ । त्यसैले नेपाली टोली जीतको लक्ष्यसहित मैदान उत्रिनेछ ।

    पहिलो एकदिवसीय खेलमा पीएनजीसँग ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा तीन विकेटले हारेको थियो ।

    नेपालले एकदिवसीय र टी–२० का लागि दुई फरक टोली बनाएको छ । एक दिवसीयमा रहेका कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिँह ऐरी, सागर ढकाल र कमलसिँह ऐरीसहित टी–२० मा परेका करण केसी, कुशल मल्ल, लोकेश बम, दीलीप नाथ, आदिल अन्सरी, विवेक यादव र अविनास बोहोरा टी–२० सिरिजमा छन् ।

    चैत्त २१ गतेसम्म आयोजना हुने त्रिदेसीय टी–२० सिरिजमा नेपाल, पीएनजीसहित मलेसियाको सहभागिता रहेको छ ।

  • पीएनजीविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    पीएनजीविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । पपुवा न्युगिनि‍(पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ । कमलसिंह ऐरीलाई बेन्चमा राख्दै गुल्सन झा टोलीमा समेटिएका छन् ।

    पहिलो खेलमा पीएनजीले दिएको २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ रनको नटकीय हार बेहोरेको थियो । आजको खेलमा नेपाली टोली जित लक्ष्यसहित मैदान उत्रिने छ

    नेपालको प्लेइङ–११
    कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र पवन सरार्फ ।