Tag: पक्राउ

  • भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ

    भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ

    दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

    भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ ।

    घटनाको अनुसन्धान पछि सामाजिक सञ्जालमार्फत नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको प्रहरीको वरिष्ट अधिकारी प्रेम नाथले बताए ।

  • बर्दियामा चरेससहित ३ जना पक्राउ

    बर्दियामा चरेससहित ३ जना पक्राउ

    काठमाडौं । बर्दियामा लागुऔषध चरेससहित ३ जना पक्राउ परेका छन् ।

    पक्राउमा पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका-८ शितलाकारका ४८ वर्षीय बलबहादुर कामी, बाँके खजुरा गाउँपालिका-८ का २६ वर्षीय कमल विश्वकर्मा र ३२ वर्षीय कालीबहादुर चदारा छन् ।

    शंकास्पद हाउभाउ देखाएपछि इलाका प्रहरी मैनापोखरको टोलीले खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाएर राखेको ६९४ ग्राम चरेस फेला परेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

    पक्राउ परेकाहरूमाथि लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • प्रेस ज्याकेट लगाएर लागुऔषध ओसार्ने एकजना पक्राउ

    प्रेस ज्याकेट लगाएर लागुऔषध ओसार्ने एकजना पक्राउ

    कैलाली । कञ्चनपुरमा प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक युवा पक्राउ परेका छन् ।

    बेलडाँडी गाउँपालिका- ३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका-४ का २५ वर्षीय नरेश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

    जोशीको साथबाट ७०० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए ।

    प्रहरीका अनुसार उनीसँग सुदूर खबरको परिचय-पत्र समेत फेला परेको छ ।

  • निषेधाज्ञामा भोज गर्ने दुई बेहुला पक्राउ

  • गाई काटेको अभियोगमा २ जना पक्राउ

    सिरहा । सिरहाको लहान प्रहरीले गाई काटेको अभियोगमा दुईजना पक्राउ गरेको छ ।

    लहान नगरपालिका-२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    अन्य व्यक्तिहरुको समेत संलग्नता भएकाले पक्राउ परेका दुवै जनाको नाम गोप्य राखिएको छ ।  मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि पक्राउ गरिएको प्रहरीले बतायो ।

    घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु गरिएको छ ।

  • लागुऔषध हेरोइनसहित दुई युवा पक्राउ

  • ज्यान मुद्दाका फरार अभियुक्त १५ बर्षपछि पक्राउ

    ज्यान मुद्दाका फरार अभियुक्त १५ बर्षपछि पक्राउ

    बझाङ । कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्ति १५ बर्षपछि पक्राउ परेका छन ।

    जिल्लाको मष्टा गाउँपालिका-५ का ज्ञान बहादुर बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला अदालत बझाङको २०६३ माघ १९ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका थिए ।

    बोहोरालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले आफ्नै घरबाट पक्राउ गरि जिल्ला अदालत बझाङ पेश गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

  • मोटरसाइकल चोर्ने दुई जना पक्राउ

    सुनसरी । मोटरसाइकल चोरी गरेको आरोपमा धरानबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

    पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-८ बुद्दमार्गका रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका-८ तातोपानी बस्ने रवि राई रहेका छन ।

    उनीहरुलाई धरान उपमहानगरपालिका-१९ स्थित सडकबाट पार्किङ गरी राखेको को.१८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    धरान उपमहानगरपालिका-२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा बुधबार उनीहरुलाई धरानबाट बिष्णुपादुका हुदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

    चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

  • गोली हानेर छिमेकीको हत्या

    गोली हानेर छिमेकीको हत्या

    ताप्लेजुङ । भरुवा बन्दुक प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-२ जिदिमाका एक युवा पक्राउ परेका छन् ।

    छिमेकी खडकबहादुर लिम्बुको हत्या अभियोगमा २८ वर्षीय प्रताप लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रतापले भरुवा बन्दुक प्रहार गर्दा खडकबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रतापलाई भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भरुवा बन्दुक प्रहार गर्नुको कारण भने खुलिनसकेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

  • युरोप पठाइदिन्छु भन्दै १९ लाख लिएर  भागेपछि…

    युरोप पठाइदिन्छु भन्दै १९ लाख लिएर भागेपछि…

    काठमाडौं । युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले काठमाडौं महानगरपालिका १६ नयाँ बजार बस्ने चितवनका ३६ वर्षीय भरत प्रसाद राईलाई बुधबार पक्राउ गरेको हो ।

    ग्राण्डी ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेका थिए ।

    उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

  • हतकडीसहित भागेका भारतीय ७ महिनापछि पक्राउ

    हतकडीसहित भागेका भारतीय ७ महिनापछि पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट सात महिनाअघि हतकडीसहित फरार रहेका एक भारतीय पुन: पक्राउ परेका छन ।

    भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो । २०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट भागेका थिए ।

    काठमाडौं कालीमाटी सुकुम्बासी टोल बस्ने युवकलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको विशेष टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

  • युवतीद्वारा बलात्कारको उजुरीपछि दाङमा एकजना पक्राउ

    युवतीद्वारा बलात्कारको उजुरीपछि दाङमा एकजना पक्राउ

    घोराही । जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्ती करणीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही-५ धारपानीका ४० वर्षीय सिताराम चौधरी छन् ।

    घोराहीको एक होटलमा आफूलाई लगेर इच्छाविपरीत बलात्कार गर्न खोजेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

    प्रहरीले चौधरीमाथि जबरजस्तीकरणीको मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालेको छ । यौनसम्पर्क गर्दा प्रयोग गरेको वीर्यसहितको कण्डम बरामद गरिएको प्रहरीले जनाएको छ ।

    अस्पतालमा युवतीको स्वास्थ्य परीक्षण भइरहेको र आवश्यक परे डीएनए परीक्षणको तयारी भएको प्रहरीको भनाइ छ ।

    चौधरीले भने सहमतिमा यौन सम्पर्क गरेको भन्दै बलात्कार आरोप अस्वीकार गरेका छन् ।

  • कम्मर र जुत्तामा लुकाएको झण्डै चार लाख भारुसहित एकजना पक्राउ

    कम्मर र जुत्तामा लुकाएको झण्डै चार लाख भारुसहित एकजना पक्राउ

    दाङ । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैँयासहित एकजनालाई पक्राउ गरेको छ ।

    घोराही बजारबाट अवैध तीन लाख ९५ हजार भारतीय रूयैँयासहित भालुबाङका लौकसु गुप्ता पक्राउ परेका हुन् । गुप्ताले कम्मर र जुत्तामा पैसा लुकाएको प्रहरी जनाएको छ ।

    दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले बरामद गरिएका नोट १० देखि १ हजारसम्मको रहेको बताए । प्रहरीले बरामद गरिएको नोटबारे अनुसन्धान गरिरहेको छ ।

  • डाका मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

    डाका मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

    कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार ६ वर्ष कैद र ६२ हजार ४१५ रूपैयाँ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

    पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

    नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनार विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न रहेका थिए ।

    सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रूपमा रहेका थिए ।

    रासस

  • नागढुङ्गाबाट ४३ लाख नगद र तिलहरीसहित पक्राउ

    नागढुङ्गाबाट ४३ लाख नगद र तिलहरीसहित पक्राउ

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले ४३ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

    दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ ।

    सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए ।

  • मालपोतमा बम विस्फोट गराउने दुई जना पेस्तोलसहित पक्राउ

    मालपोतमा बम विस्फोट गराउने दुई जना पेस्तोलसहित पक्राउ

    जनकपुरधाम । सिराहाको लहान नगरपालिका आठस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने दुइ जना पक्राउ परेका छन् । घटनामा संलग्न सिराहाको सुखीपुर नगरपालिका पाँचका २५ वर्षका रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका तीनका २६ वर्षका अभिमन्यू गिरीलाई प्रहरीले हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पक्राउ परेका यादव र गिरीको साथबाट एक–एक थान कटुवा पेस्तोल र २–२ राउण्ड गोली बरामद भएको छ । दुवै जनालाई चैत १६ गते सिरहाकै सुखिपुर नगरपालिका पाँचबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

    जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा बम विस्फोट गराएको भनेर दुवैजनाले स्वीकारेका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए । उनका अनुसार उनिहरु दुवैजना यस अघि पनि बम विस्फोट गराएको घटनामा पक्राउ परेपछि अदालतबाट धरौटीमा छुटेका थिए ।

    पक्राउ परेका दुवैजनाले मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरीरहेको र पटक–पटक चेतावनी दिँदा पनि सुधार नआएको वयान दिएको पनि डीएसपी पौडेलको भनाइ छ । ‘विगत पाँच वर्षदेखि मोर्चामा संलग्न रही बलपूर्वक चन्दा असुली काम गर्दै आएका थिए ।’ डिएसपी पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    मालपोत कार्यालयमा गत चैत एक गते बम विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी आठ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी मोर्चाले लिएको अध्यक्ष गोइतले विज्ञप्तीमार्फत जानकारी गराएका थिए ।

  • बुटवलबाट पाल्पा जाँदै गरेका युवा लागुऔषधसहित पक्राउ

    बुटवलबाट पाल्पा जाँदै गरेका युवा लागुऔषधसहित पक्राउ

    रुपन्देही । पाल्पामा एक युवा लागुऔषधसहित पक्राउ परेका छन् । बुटवलबाट पाल्पा जाँदै गरेका स्याङ्जा वालिङ नगरपालिका-९ राउतडाँडाका २५ वर्षीय सुमन गाहा तिनाउ गाउँपालिका-३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा पक्राउ परेका हुन् ।

    उनको साथबाट फेनेरागन ७० वटा, नुफिन ३३ वटा (दुई दशमलव पाँच एमएलको सिसी) र सिरिन्ज दुई थान नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको पाल्पा प्रहरीका डीएसपी रामेश्वर त्वातीले जानकारी दिएका छन् ।

    त्यसैगरी तानसेन नगरपालिका-१ चिलाङ्दीबाट तानसेन जाँदै गरेको लु. २ त ८६१६ नम्बरको ट्याक्टर जाँचका क्रममा ३५ दशमलव १० क्युफिट सालको अवैध काठसहित चारजनालाई नियन्त्रणमा लिइएको छ ।

  • दोहरो नागरिकता लिएका ठाकुर पक्राउ

    दोहरो नागरिकता लिएका ठाकुर पक्राउ

    जनकपुरधाम । दोहोरो नागरिकता लिएको कसुरमा अदालतले सजायँ सुनाएपछि फरार भएका एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका ८ सप्तरीका ३२ वर्षीय जिबछ ठाकुर रहेका छन् । उनलाई ०७२ वैशाख १४ गते जिल्ला अदालत सप्तरीले एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजायँ सुनाएको थियो । त्यसपछि ठाकुर फरार थिए ।

    ठाकुरलाई सप्तरी प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

    घरबाटै पक्राउ परेका ठाकुरलाई अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीको भनाइ छ ।

  • बुहारीलाई आगो लगाएर फरार रहेका व्यक्ति सात वर्षपछि पक्राउ

    बुहारीलाई आगो लगाएर फरार रहेका व्यक्ति सात वर्षपछि पक्राउ

    काठमाडौं । आफ्नै २३ वर्षका बुहारीलाई मट्टीतेल छर्केर आगो लगाई फरार रहेका नरैनापुर गाउँपालिका दुइका ७५ वर्षका हनिफ शेष ढपाली ७ वर्षपछि पक्राउ परेका छन् । दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्की आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

    नरैनापुर गाउँपालिका १ कै सुईयामा लुकिछिपी बसेको अवस्थामा उनी फक्राउ परेका हुन् । हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।

  • परीक्षामा चिट बनाइदिने पाँचजना पक्राउ

    परीक्षामा चिट बनाइदिने पाँचजना पक्राउ

    जनकपुरधाम । परीक्षामा चिट बनाइदिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको रामचोक नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अफसेट प्रेस र फोटोकाँपी पसलका संचालकहरु हुन् ।

    पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ । परीक्षा हलमा लैजान र चोरी गर्न सजिलो बनाउनका लागि मोटो पुस्तकलाई सानो साइजको बनाएर उनीहरुले बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

    धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले अनुगमनको क्रममा चिट तयार पार्नेहरु पक्राउ परेको र आवश्यक अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘चिट तयार पार्नु र पुस्तकको फोटोकपी गरी बिक्री गर्न पाइँदैन ।’

    जनकपुरका व्यवसायीले भने पक्राउ परेकालाई छाड्न दवाव दिन थालेका छन् । उद्योग वाणिज्य संघका पदाधिकारीले जिल्ला प्रहरी कार्यालय पुगेर पक्राउ परेकालाई छाड्न प्रहरी अधिकारीलाई दवाव दिएका हुन् ।

     

  • सफ्टवेयरको सोर्स कोड नक्कल गरी बिक्री गर्ने ३ जना पक्राउ

    सफ्टवेयरको सोर्स कोड नक्कल गरी बिक्री गर्ने ३ जना पक्राउ

    काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरी अनुचित कार्य गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा दाङको लमही नगरपालिका-५ का बिमल केसी, रुपन्देही मायादेवी गाउँपालिका-५ का श्यामबहादुर चौधरी र नवलपरासीपूर्वको कावासोती नगरपालिका-७ का शंकर ज्ञवाली छन् ।

    उनीहरूले नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन प्रालि नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसको नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई सफ्टवेयर बिक्री गरेको पाइएको ब्यूरोले जनाएको छ । पक्राउ परेका तीनैजना प्रिफेस टेक्नोलोजीका सञ्चालकहरू हुन् । फरार अन्य सञ्‍चालकहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    पक्राउ गरिएकालाई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी विद्युतीय कारोबार ऐन अनुसार कारबाही अघि बढाइएको छ ।

  • पेस्तोलसहित तीन युवा प्रहरीको नियन्त्रणमा

    पेस्तोलसहित तीन युवा प्रहरीको नियन्त्रणमा

    रुपन्देही । पेस्तोलसहितका तीन युवालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकसहित उनीहरुलाई मर्चवारी–७ कन्चनापुरबाट पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई–७ बेतकुईयाका सुरज हरिजन, तौलन हरिजन र सम्मरीमाई–७ भुन्डिहवाका सकिल मुसलमान छन् ।

    मर्चवारी–७ कन्चनापुरस्थित प्रहरी चौकी पाण्डेपिप्रहवा र सशस्त्र बीओपी पुर्नीकोटबाट खटेका सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई खानतलासी गर्दा गोली नभएको कटुवा पेस्तोल फेला परेको हो । पेस्तोल र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका उनीहरुलाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

     

  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    दाङ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

    अमर उच्च माध्यमिक विद्यालय उरहरीका प्रावि शिक्षक पदम वली ६ कक्षमा अध्यनरत दुई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार गत आइतबार वलीले छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि शिक्षक वलीलाई पक्राउ गरिएको हो ।

  • जनकपुरमा कर अधिकृत डेढ लाख घुससहित पक्राउ

    जनकपुरमा कर अधिकृत डेढ लाख घुससहित पक्राउ

    जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक विचौलियालाई अख्तियारको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

    जनकपुरस्थित अन्नपूर्ण होटलबाट कर अधिकृत रमेश ढकाल र विचौलिया नविन कर्ण घुस रकमसहित पक्राउ परेका हुन् । डेढ लाख रुपैया घुस रकमसहित उनी दुबै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई कानूनी प्रक्रिया पुरा गरी बर्दिबास कार्यालय लगिने बताइएको छ ।

  • हत्या आरोपमा एमाले नेता बास्कोटा पक्राउ

    हत्या आरोपमा एमाले नेता बास्कोटा पक्राउ

    विराटनगर । व्यक्ति हत्या आरोपमा एमाले नेता युवराज बास्कोटा पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका सन्दिप भण्डारीको शंकास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बास्कोटालाई पक्राउ गरेको हो ।

    मृतक परिवारले पुस २६ गते ‘कर्तब्य ज्यान’ मुद्दामा नेता बास्कोटाविरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।

    जाहेरीको आधारमा अनुसन्धानको लागि बास्कोटालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’

    बास्कोटाको घरमा मृत फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा चोट देखिएको मृतकका परिवारजनले दावी गर्दै आएका छन् ।

    भण्डारीको परिवारले बास्कोटालाई पक्राउ गरी निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न माग राख्दै आएका छन् ।

    गत पुस १४ गते भण्डारीको पथरीशनिश्चरे नगरपालिका– २ मंगलबारेस्थित युवराज बास्कोटाको घरमा मृत भेटिएका शव भेटिएको थियो ।

    बास्कोटा एमाले–माओवादी मिलेर बनेको नेकपाका प्रदेश सदस्य थिए । उनी अहिले एमालेतिर छन् ।

  • बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ

    बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ

    पोखरा । बालिकामाथि बलात्कार गरेको आरोपमा करिब ६ महिनादेखि फरार रहेका एक प्रतिवादी ५ दिनअगडि पक्राउ परे । प्रहरीका अनुसार ती आरोपीमाथि अदालतबाट ५ दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

    आरोप पुष्टि नहुँदै परिवारलाई खबर आयो, ‘अदालतदेखि प्रहरीसम्म चिनेका मान्छे छन् । १ करोड दिने भए मिलाइदिन्छौं । नत्र १५ वर्ष जेल जान्छन् ।’

    परिवारको सदस्य बलात्कारजस्तो संगीन आरोपमा पक्राउ परेपछि आफन्तहरु पनि धर्मर थिए । उनीहरुले ती व्यक्तिलाई सुरुमा १ लाख ५० हजार रुपैयाँ बुझाए । त्यसपछि बुधबार फेरि उनीहरुले ६/६ लाखका दुई वटा चेक बुझाउँदै थिए । तर, उनीहरु पक्राउ परे ।

    ‘बलात्कार केस मिलाइदिन्छु’ भन्दै आरोपीका आफन्तसँग पैसा असुल्न खोज्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ५ का ५८ वर्षीय सूर्यलाल खड्का, धाडिङ जिल्ला घर भई हाल पोखरा २५ बस्ने कमन भनिने ३९ वर्षीय कमानबहादुर तामाङ छन् ।

    ‘रनिङ केसलाई मिलाइदिन्छौं । नत्र जेल पठाउँछौं भन्दै पैसा असुल्ने रहेछन् । त्यसबारे जानकारी हुन आएपछि तत्काल पक्राउ गर्न सफल भयौं’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले भने, ‘उनीहरुलाई राष्ट्र बैंकको चोकसहित एक होटलबाट पक्राउ गरेका हौं ।’ उनले घटनामा अर्का थप एकजनाको पनि संलग्नता खुल्न आएको जानकारी दिए ।

    प्रहरीले उनीहरुबाट कामना सेवा विकास बैंकको ६/६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको छ ।

    प्रहरीले उनीहरुलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ । ‘यस्ता घटनामा नयाँ नीति अनुसार थप कारबाही हुनसक्ने व्यवस्था छ । हामी अनुसन्धान गरिरहेका छौं’, डीएसपी हमालले भने ।

  • ५२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ

    ५२ थान चोरीका मोबाइलसहित चार जना पक्राउ

    काठमाडौं । ५२ थान चोरीका मोबाइल सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ५२ थान मोबाईल सेटसहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षका जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका–६ बौद्ध ठेगाना भएका २७ वर्षका दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने चितवन भरतपुर महानगरपालिका–११ घर भएका २९ वर्षका अमित राना मगर र काठमाडौं महानगरपालिका–३० असन बस्ने ३३ वर्षका बिक्रम शाही रहेका छन् ।

    कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको रेड्मी नोट–९ मोबाईल सेट फागुन २ गते दिउँसो डल्लुबाट कालीमाटी हुँदै काठमाडौं परोपकार जाने क्रममा परोपकारस्थित सडकमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिले कार्टुन भित्र रहेको उक्त मोबाईल सेट चोरी गरेका थिए ।

    उक्त मोबाइल काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने जहिर अन्सारीलाई भेटाई ५ लाख ५० हजार रुपैयाँ नगदमा बिक्री गरेको सूचना प्रहरीले पाएको थियो ।

    उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

  • २२ तोला सुनको सिक्रीसहित पक्राउ

    २२ तोला सुनको सिक्रीसहित पक्राउ

    काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना पक्राउ परेका छन् ।
    भारत नकुबार जानादारा जोयपुर हाउराह घर भएका ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई  नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्री सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

  • बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

    बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

    मोरङ । २३ वर्षका एक जना पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१८ खोक्सा का पुरुषलाई फिरौती माग्ने महानगरपालिकाकै वडा नम्बर १६ का २० वर्षका रोहित पण्डित, २१ वर्षका अजय यादव र वडा नम्बर ६ का २८ वर्षका सन्ध्या शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

    बन्धक बनाएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–६ रामपुरबाट पीडितलाई २ घण्टाभित्रै सकुशल उद्दार गरेको थियो । साथै प्रहरीले रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान महानगरपालिकाकै वडा नम्बर १२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान महानगरपालिकाकै वडा नम्बर १ पोखरियाबाट पक्राउ गरेको हो ।

    उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको र उनीहरुमाथी अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • युवक बन्धक बनाई फिरौती रकम माग्ने तीन पक्राउ

    युवक बन्धक बनाई फिरौती रकम माग्ने तीन पक्राउ

    विराटनगर । मोरङको विराटनगर महानगरपालिका – १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौती रकम माग गर्ने ३ जनालाई प्रहरी पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बिराटनगर महानगरपालिका २० का २० बर्षीय रोहित मण्डल, बिराटनगर १६ का अजय यादव र बिराटनगर ६ की २८ वर्षीया सन्ध्या शर्मा रहेका पक्राउ गरेका हुन् ।

    प्रहरीका अनुसार शनिबार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई विराटनगर ६ बाट सकुशल उद्धार गरेको थियो।

    उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ जना पक्राउ

    उपहार पर्‍यो भन्दै ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौं । उपहार परेको प्रलोभन देखाएर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    फरक-फरक व्यक्तिलाई उपहार पर्‍यो भनेर प्रलोभनमा पारी आईएमईमार्फत पैसा पठाउन लगाएर ठगी गरेको पीडितहरूको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत छन् ।

    महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले काठमाडौं-६ याङरिमा हिलसिटीबाट उनीहरूलाई ५३ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

  • साढे ३५ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

    साढे ३५ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

    जनकपुरधाम । स्रोत नखुलेको ३५ लाख ५० हजार रूपैयाँसहित सप्तरी र धनुषाबाट चारजना पक्राउ परेका छन् ।

    धनुषाको सीमावर्ती नगराईनबाट २५ लाख ५० हजार रूपैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका संजय साह र भारत पिपरौन गाउँका सुमित यादव छन् ।

    भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ती दुवैजनालाई शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको धनुषा प्रहरी अपराध शाखाका सई सन्तोष झालेले जानकारी दिए ।

    यस्तै सप्तरीको तिलाठीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् ।

    सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार सीमा सुरक्षा बल तिलाठीको गस्ती टोलीले दुई महिलालाई पक्राउ गरेको हो ।

    प्रहरी स्रतोका अनुसार छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका चारैजना हुण्डीको अवैध कारोबार गर्नेहरू हुन् ।

  • विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

    विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

    रुपन्देही । रुपन्देहीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेता पक्राउ परेका छन् ।

    बुटवलको ट्राफिकचोकमा भएको रणनीतिक संयुक्त मोर्चाको सभामा सहभागी भएका विप्लवका नेता भेषराज भुषाल र देवबहादुर केसी पक्राउ परेको मोर्चाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

    सो मोर्चामा विप्लव नेकपासहित वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी (माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका साना वामपन्थी पार्टी र समूहहरु रहेका छन् । मोर्चाले गिरफ्तार भुषाल र केसीको रिहाईको माग गरेको छ ।

    केही दिन पहिला गठन भएको मोर्चाले बुटवलमा पहिलो सभा गरेको हो । मोर्चाले शान्तिपूर्ण कार्यक्रममा सहभागी भएर आफ्नो विचार राखेकै आधारमा पक्राउ गर्नुले सरकार अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त न्यूनतम अधिकारसमेत हनन गर्न चाहन्छ भन्ने प्रष्ट भएको जनाएको छ । मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषि कट्टेलले शुक्रबार पत्रकारसंग भने सरकारी दमनलाई परास्त गर्ने प्रतिवद्धता जनाएका छन् ।

    मोर्चाका नेता तथा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले सरकारले नागरिकका मौलिक अधिकारहरु हनन् गरेको बताए ।

    सभासम्मेलन र लेख्नबोल्न पाउने नागरिकको मौलिक अधिकारमाथि सरकारले अवरोध गरेर फांसीबादी चरित्र देखायो– उनले भने । संयुक्त रणनैतिक मोर्चाको उद्वेश्य क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता गर्ने उद्वेश्य रहेको उनले बताए ।

    उनले भने– तत्कालका लागि केही मतभेद भएकाले आपसी मतभेदलाई हल गरेर छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टबीच एकता हुनसक्ने अवस्था छ । रणनैतिक संयुक्त मोर्चाका नेता ऋषिराम कट्टेलले आस्थाका आधारमा नेता, कार्यकर्तालाई धरपकड गरेर झुटा चलाउने सरकारको पञ्चायती शैली धेरै दिनटिक्न नसक्ने दावी गरे । उनले वर्तमान व्यवस्था विस्थापित गरी जनताको राज्यसत्ता स्थापनाको उद्देश्य पूरा गर्नका लागि रणनैतिक संयुक्त मोर्चा गठन गरिएको बताए ।

  • साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    काठमाडौं । साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका -१० धोबी खोलास्थित सिम्रिक पुल मुनी २०७१ चैत ९ गते सोही महानगरपालिका -१० थापागाउँ बस्ने दाङ तुल्सीपुर नगरपालिका-१० घर भएका द्रोण बहादुर सेन इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा मृत फेला परेका थिए ।

    घटनाको अनुसन्धानको क्रममा सेनको हत्यामा भिमे सार्की संलग्न रहेको र घटना पश्चात् फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आई लुकिछिपी बसेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

     

  • काठमाडौंमा सञ्‍जाल बनाएर लागुऔषध कारोबार गर्ने ९ जना पक्राउ

    काठमाडौंमा सञ्‍जाल बनाएर लागुऔषध कारोबार गर्ने ९ जना पक्राउ

    काठमाडौं । काठमाडौंको विभिन्‍न ठाउँबाट लागुऔषध कारोबारमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ती व्यक्ति पक्राउ गरेको हो ।

    पक्राउ परेका ९ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरूबाट एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागस औषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दिलिप चौधरीले जानकारी दिए ।

    उनीहरुको साथबाट डाईजेपाम-९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन-६८४ एम्पूल, लुपिजेसिक-७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार ५ सय रूपैयाँ बरामद गरेको चौधरीले बताए ।

    पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल बनाएर कारोबार गरिरहेको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।