Tag: नेपाल पक्ष

  • माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

    माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    बैठक पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाएको नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

    भोलि ११ बजेलाइ बोलाइएको बैठक भर्चुअल रुपमा बस्नेछ ।

    केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्ष संग वार्तामा रहेको भनिएका बेला नेपाल पक्ष भित्र असन्तुष्टि चुलिएको छ।

    आज भएको नेपाल पक्षका जनबर्गिय संगठनका अधिकान्श नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए ।

    केन्द्रीय कमिटीबाट यसबारे औपचारिक निर्णय लिने ठानिएको छ।

  • नेपाल पक्ष एमालेमा जिम्मेवारी विहिन, खनाल भन्छन्–यो गुटको अबैधानिक क्रियाकलाप हो

    नेपाल पक्ष एमालेमा जिम्मेवारी विहिन, खनाल भन्छन्–यो गुटको अबैधानिक क्रियाकलाप हो

    काठमाडौं। दुई दिनसम्म चलेको नेकपा (एमाले)को महाधिवशेन आयोजक कमिटीको बैठक शुक्रबार सकियो । बैठकले स्थायी कमिटीको गठनदेखि नेताको जिम्मेवारी बाँडफाँटसम्मको निर्णय गर्यो । तर, बैठकमा सहभागि नभएको एमालेको नेपाल पक्षले भने कुनै जिम्मेवारी पाएन ।

    १९ सदस्यीय स्थायी कमिटीमा नेपाल पक्षका कुनै पनि नेतालाई राखिएन । त्यस्तै जिम्मेवारी हेरफर गर्दा केन्द्रदेखि जिल्लासम्म नेपाल पक्षलाई कुनै जिम्मेवारी दिइएन । यसबारे संवादाताले राखेको प्रश्नमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा फर्किए नेपाल पक्षलाई पनि जिम्मेवारी दिने कुरामा कुनै समस्या नभएको बताए।

    तर, नेपाल पक्षका नेता झलनाथ खनाल यसको कुनै अर्थ नभएको बताउँछन् । यसलाई गुटको क्रियाकलप भन्दै उनी यो अवैधानिक भएको दावी गर्छन् । ‘यो सबै एउटा गुटको अबैधानिक क्रियाकलाप हो,’ खनालले नेपाल प्रेससँग भने, ‘त्यो पार्टीको बैठक होइन ।’

    पार्टीको विधानले आयोजक कमिटी नचिन्ने उनले दावी गरे । ‘हाम्रो पार्टी विधानले आयोजक कमिटि चिन्दैन,’ खनाले भने, ‘यो गुटका बैठकले के–के गर्छन त्यसको कुनै औचित्य छैन् । उपाध्यता छैन् । कुनै महत्व पनि छैन् ।’

    जेठ २ मा फर्किदा मात्रै पार्टी एकता जोगिने खनालको भनाइ छ। ‘हामीलाई सर्वोच्च अदालतले जेठ २ गते फर्काएको हो,’ उनी भन्छन्, ‘त्यो वास्तविकतालाई स्वीकार गरेर केन्द्रीय कमिटीको पूर्ण बैठक आयोजना गर्यो भने हामी जान्छौं र पार्टीलाई एकतावद्ध गराएर अगाडि बढाउनु राम्रो हुन्छ ।’

  • प्रदेश २: नेपाल पक्षले महतोलाई बनायो संसदीय दलको नेता, मण्डल हटाइए

    प्रदेश २: नेपाल पक्षले महतोलाई बनायो संसदीय दलको नेता, मण्डल हटाइए

    जनकपुरधाम । नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

    आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका सांसदहरुको महतोलाई नेता चयन गरेका हुन्। मण्डल एमालेको संस्थापन पक्षका हुन्।

    यस्तै बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ ।

    ६ महिनापछि भोलि बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो।

    प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । जसमध्ये १३ सांसद नेपाल पक्षमा लागेका छन् ।

    सभामुखलाई पत्र

    त्यस्तै महतोलाई संसदीय दलका नेता चयन गरिएको पत्र सभामुख सरोज कुमार यादवलाई बुझाएको सांसद प्रमोद यादवले जानकारी दिए । उनका अनुसार भोलिको प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन् ।

    माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएपछि पनि संसदीय दलका नेता मण्डल नै चयन भएका थिए ।

    तर नेकपामा विवाद भएपछि माधव नेपाल र प्रचण्ड एक ठाउँमा उभिएको बेला महतोलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

  • माधव नेपाल पक्षधर विद्यार्थीद्वारा आयल निगम घेराउ (तस्बिरहरू)

    माधव नेपाल पक्षधर विद्यार्थीद्वारा आयल निगम घेराउ (तस्बिरहरू)

    काठमाडौं । पेट्रेालियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको एक समूहले आज आयल निगम घेराउ गरेको छ ।

    माधव नेपाल पक्षधर अनेरास्वियूको केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।

    प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।

    नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।