Tag: नेकपा एस

  • विरोध खतिवडा : जसलाई मन्त्री बन्न ३० वर्ष पर्खनुपर्‍यो

    विरोध खतिवडा : जसलाई मन्त्री बन्न ३० वर्ष पर्खनुपर्‍यो

    काठमाडौं । कानून व्यवसायीको पुरानो पृष्ठभूमि भएका विरोध खतिवडा पुराना विधायक पनि हुन् ।

    २०३५ मा अनेरास्ववियूको काठमाडौं जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका खतिवडा मकवानपुरमा २०४८, २०५१ र २०५६ मा निर्वाचित भएका थिए।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ बाट निर्वाचित खतिवडा लामै समय विधायक भए पनि हाल आएर मात्रै स्वाथ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्महाले मौका पाएका छन् ।

    नेपाल बारको सदस्य रहेका उनी एमाले लेखा आयोगको सदस्य समेत भएका थिए।

    २०१७ सालमा मकवानपुरमा जन्मिएका उनी पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा १२ पटक जेल र हिरासतमा पुगेका थिए ।

  • जनआन्दोलनकी ‘पोस्टर गर्ल’ पहिलोपटक मन्त्री पदमा

    जनआन्दोलनकी ‘पोस्टर गर्ल’ पहिलोपटक मन्त्री पदमा

    काठमाडौं । रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् ।

    झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन् । दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । त्यसले नै उनलाई राजनीतिक उदयका लागि समेत सहयोग गरेको छ ।

    उक्त घटनाबाट चर्चामा आएकी झाँक्री विद्रोही नेतृको रूपमा परिचित छिन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्बिरका कारण चर्चामा आएकी थिइन् । उनलाई कतिपयले एमाले ‘विद्रोहकी विम्ब’को समेत संज्ञा दिएका थिए ।

    २०३५ मा गुल्मीमा जन्मेकी उनले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् । पारिजातका कृतिबाट प्रभावित उनलाई पारिजात संघर्षशील नारी पुरस्कार पनि दिइएको थियो । इतिहास, दर्शन र साहित्यमा उनको रुचि छ।

    विकास नीतिमा समेत रुचि भएकी उनले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छिन् ।

  • जिम्मेवारी हेरफेरसहित नेकपा एसका मन्त्रीको नाम बालुवाटार पठाइयो, खापुङ स्वास्थ्य राज्यमन्त्री

    जिम्मेवारी हेरफेरसहित नेकपा एसका मन्त्रीको नाम बालुवाटार पठाइयो, खापुङ स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ ।

    अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ ।

    त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र प्रेम आलेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको एक नेताले बताए । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

  • मन्त्री बन्नेको सूचीमा नअटाएपछि मेटमणिले भने – पार्टी बनिनसक्दै गुनासो गर्नुको अर्थ छैन

    मन्त्री बन्नेको सूचीमा नअटाएपछि मेटमणिले भने – पार्टी बनिनसक्दै गुनासो गर्नुको अर्थ छैन

    काठमाडौं । पार्टीबाट मन्त्री बन्नेको सूचीमा नअटाएपछि नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले आफ्नो गुनासो नरहेको बताएका छन् ।

    नेकपा एसबाट मन्त्री बन्नेको सूचीमा चौधरीको नाम पनि अन्तिम समयसम्म चर्चामा थियो । तर, शुक्रबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीले पाउने चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको थियो ।

    मन्त्री बन्ने कुरा गौण भएको र मुख्यकुरा संविधान र प्रणाली जोगिएको चौधरीको भनाइ छ । ‘को मन्त्री बन्नु भयो, को मन्त्री हुनु भएन भन्ने मुख्य विषय होइन,’ उनले फेसबुकमा लेखेका छन्, ‘मुख्य विषय प्रणाली जोगिएको छ। संवैधानिक सर्वोच्चता कायम भएको छ र कानूनी राज्यको स्थापना भएको छ ।’

    दीर्घकालीन चेत राखेर राजनीति गर्नेका लागि मन्त्री गौण विषय भएको भन्दै चौधरीले पार्टी नै नबनिसकेका बेला गुनासो गर्नुको अर्थ नहुने उनको भनाइ छ ।

    ‘हामी कठिन मोडमा छौं, यो घडीमा सबैमा धैर्यधारणको जरूरी छ,’ चौधरीको भनाइ छ, ‘यसैले निर्णय गर्नुहुने नेतृत्वलाई अनावश्यक दबाब दिनु जरूरी छैन । पार्टीलाई अझ सशक्त र समृद्ध बनाउँनु जरूरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेस दिनु जरूरी देखिन्नँ ।’

    पार्टीबाट मन्त्रीको सिफारिसमा परेका सबैलाई उनले शुभकामना दिएका छन् ।

  • नेकपा एसको हाइकमाण्ड गठन, अध्यक्षको नेतृत्वमा ११ जनाको सचिवालय (सूचीसहित)

    नेकपा एसको हाइकमाण्ड गठन, अध्यक्षको नेतृत्वमा ११ जनाको सचिवालय (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र स्थायी कमिटीको संख्या धेरै भएकाले उपल्लो संरचनाका रूपमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

    नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू रहेको सचिवालय संरचना रहने विधान पारित गरेलगत्तै नेकपा एसले पनि सोही संरचनाको अभ्यास थालेको छ ।

    स्थायी कमिटीको विहीबार रातिसम्म बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय र महासचिव बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

    नेकपा एसको तर्फबाट तत्काल कुनै निर्णय लिने जिम्मेवारी अब सचिवालयले पाएको छ । सचिवालयले नै मन्त्री छनौट गरेको छ । विगतमा नेकपाले गरेको सचिवालयको अभ्यास नेकपा एसले पनि गरेको हो ।

    सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मुकुन्द न्यौपाने छन् । त्यस्तै उपाध्यक्षमध्ये राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई सचिवालयमा समेटिएका छन् ।

    यीबाहेक महासचिव बेदुराम भुसाल र उपमहासचिवहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर केन्द्रीय सचिवालयमा रहेका छन् ।

  • नेकपा एसका चार मन्त्री फिक्स, राज्यमन्त्रीमा भवानी कि कृष्णलाल ?

    नेकपा एसका चार मन्त्री फिक्स, राज्यमन्त्रीमा भवानी कि कृष्णलाल ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने भएको छ ।

    केन्द्रीय सचिवालयको बैठकले राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय गरे पनि उनले फुल मन्त्री नपाए सरकारमा नजाने बताएका छन् ।

    नेकपा एसका एक पदाधिकारीका अनुसार विरोध खतिवडालाई सहरी विकास, प्रेम आलेलाई पर्यटन, रामकुमारी झाँक्रीलाई स्वास्थ्य र किसान श्रेष्ठलाई श्रम मन्त्री बनाउने तयारी छ ।

    भवानी खापुङले राज्यमन्त्री अश्वीकार गरे कृष्णलाल महर्जनलाई पठाइने सम्भावना रहेको एक नेताले बताए ।

  • मन्त्रालय बाँडफाँटबारे नेकपा एसमा असन्तुष्टी, गठबन्धनमा पुनः छलफल गर्ने (भिडिओ)

    मन्त्रालय बाँडफाँटबारे नेकपा एसमा असन्तुष्टी, गठबन्धनमा पुनः छलफल गर्ने (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडबारे सत्तारुढ गठबन्धनमा पुनः छलफल गर्ने भएको छ । यसअघि भएको सहमतिमा पार्टीभित्रै असन्तुष्टी देखिएपछि मन्त्रालयको संख्या र भागबण्डाका बारेमा गठबन्धनमै पुनः छलफल गर्न निष्कर्षमा नेकपा एस पुगेको हो ।

    आज बसेको नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रालय संख्या, बाँडफाँट र मन्त्रीको नामबारे निर्णय लिने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

    सोही जिम्मेवारी लिएर अध्यक्ष नेपाल बालुवाटार पुगेका छन् । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

    ‘मन्त्रालय बाँडफाँटबारे यसअघि भएको सहमतिले अन्तिम रूप पाइसकेको छैन । त्यसबारे थप निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएका छौं । सरकारमा सम्मानजनक सहभागि हुनुपर्छ भन्ने त हामी सबैको समान धारणा छदैछ’, नेकपा एसका नेता विरोध खतिवडाले पत्रकारहरूसँग भने । उनले सरकारमा सहभागी नहुने भन्ने विषय पार्टीमा प्रवेशै नगरेको बताए ।

     

  • भानुभक्तलाई स्वागत गर्दै नेपालले भने- अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ (भिडिओ)

    भानुभक्तलाई स्वागत गर्दै नेपालले भने- अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको टिप्पणी गरेका छन् । विहीबार एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएर आएका भानुभक्त जोशीलाई पार्टीमा स्वागत गर्दै उनले ओली सुध्रिदैनन् भन्ने निष्कर्ष आफूहरूले पहिले नै निकालेको बताए।

    ‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनुपर्ने छ। अब उनी सम्पूर्णरूपमा च्युत भइसकेको दिन हेर्नमात्रै बाँकी छ । हामी पहिलेदेखि ने यो निष्कर्षमा पुगिरहेकै थियौं- केपी ओलीलाई सुधार्न सकिँदैन ।’

    ओलीमा चरम व्यक्तिवाद विद्यमान रहेको आरोप लगाउँदै वैचारिक विचलन पनि आएको टिप्पणी गरे । ‘उनमा निरंकुश शैली विद्यमान रहेको र सबै हिसाबले वैचारिक विचलनको दिसामा अगाडि बढीसकेका छन्,’ नेपालले भने, ‘राष्ट्रियताको मामिलामा आत्मसर्मपणको नीति अख्यितार गरेको र समाजवादको ध्येय र उदेश्यलाई बिर्सेर यथास्थितिमा रहन थालेका छन् ।’

    यही कारणले आफूहरूले अन्तरसंघर्ष गरेको र त्यो सामना गर्ने आँट ओलीले नदेखाएको आरोप नेपालको छ । उनले भने, ‘अन्तरसंघर्षको सामाना गर्ने आँट केपी ओलीमा भएन । केन्द्रीय कमिटी नै विघटन गर्न पुगे । अनि आफूसँग असहमत भएकाहरूसँग पार्टीबाटै निस्कासन गर्ने तहमा पुगे । र, सिंगो पार्टी नै आफ्नो कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता, छलफल र परामर्श नामको कुनै चिज छैन ।’

  • एमाले नेता जोशी नेकपा एसमा प्रवेश, १० बुँदे कार्यान्वयन नगरेको आरोप

    एमाले नेता जोशी नेकपा एसमा प्रवेश, १० बुँदे कार्यान्वयन नगरेको आरोप

    काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । जोशीलाई नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरे। आफू एकताका लागि लचिलो भएर एमालेमै बसे पनि १० बुँदेको कार्यान्वयन नभएको भन्दै उनले त्यहाँ बस्ने सक्ने वातावरण नबनेको बताए ।

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा दिएको पत्र उनले पढेर सुनाएका थिए । १० बुँदे कार्यान्वयन गर्न अपानी जारी गरे पनि त्यसको कार्यन्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको उनको टिप्पणी थिए ।

    हालसालै सकिएको विधान महाधिवेनमा बोल्न समेत नदिएको उनले आरोप लगाए ।

    नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए । उनलाई स्थायी कमिटीमा जिम्मेवारी दिने अध्यक्ष नेपालको घोषणा थियो ।

  • मन्त्री छान्न नेकपा एसको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

    मन्त्री छान्न नेकपा एसको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा केही बेरमा बस्ने लागेको बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे निर्णय हुनेछ ।

    आफूले पाउने मन्त्रालय थोरै भएको भन्दै नेकपा एसभित्र असन्तुष्ट देखिएको छ ।

    ४ मन्त्रालय मात्रै पाउने भएपछि आकांक्षी व्यवस्थापन गर्न गाह्रो हुने भन्दै सरकारमै नजाने कि भन्ने कोणबाट पनि यो पार्टीमा बहस भइरहेको छ ।

    तस्बिरहरु : उमेश कार्की । 

  • नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, २१ गते सपथ (सूचीसहित)

    नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, २१ गते सपथ (सूचीसहित)

    काठमाडौं । सत्ता साझेदार नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ ।

    नेकपा एसका एक केन्द्रीय सदस्यले एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

    नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ । किसान श्रेष्ठको नाम पनि चर्चामा छ ।

    यसैबीच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने र सबैले एकैपटक सपथ लिने बताए ।

  • भोजपुर क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन गठन (सूचीसहित)

    भोजपुर क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन गठन (सूचीसहित)

    भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको कमिटी गठन गरिएको छ ।

    सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी बनाइएको विद्यार्थी नेता प्रताप तामाङले बताए । युवासंघ नेपालका स्थायी कमिटी सदस्य सन्दिप राईको प्रमुख आतिथ्यमा भएको नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रमबाट समिति बनाइएको हो ।

    अनेरास्ववियू क्याम्पस कमिटीको पदाधिकारीको नामावली यस प्रकार छ :

    अध्यक्ष – सुमी राई

    उपाध्यक्ष – शशीकला गुरुङ

    उपाध्यक्ष – ममता राई

    सचीव – दुर्जमान तामाङ

    सहसचिव- निङमा शेर्पा

    सहसचिव- रविना पाण्डे

    कोषाध्यक्ष- कृष्ण गिरी

  • झलनाथको आरोप- दश भाइले ओलीको दासत्व स्वीकारे

    झलनाथको आरोप- दश भाइले ओलीको दासत्व स्वीकारे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेमै बसेका ‘दश भाइ’ लाई केपी ओलीको दास बनेको आरोप लगाएका छन् ।

    अनेरास्ववियू स्थायी कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै खनालले आफूहरूको साथ छाडेर गएका भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरा, भीम आचार्य र युवराज ज्ञवालीले ‘ओलीको दासत्व स्वीकार’ गरेको बताएका हुन् ।

    टेलिफोनमार्फत सम्बोधन गरेका खनालले ओली दक्षिणपन्थी अवसरवाद, व्यक्तिवाद, अहंकारी र विदेशीको इसारामा चलेको टिप्पणी गरे ।

  • नेकपा एसका मन्त्रीको नाम तय, माधवले देउवालाई बुझाए लिष्ट (सूचीसहित)

    नेकपा एसका मन्त्रीको नाम तय, माधवले देउवालाई बुझाए लिष्ट (सूचीसहित)

    काठमाडौं । अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

    स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।

    नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

    आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।

    माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो ।

  • पेशागत महासंघ पनि विभाजित, नेकपा एसनिकट यी हुन् पदाधिकारी (सूचीसहित)

    पेशागत महासंघ पनि विभाजित, नेकपा एसनिकट यी हुन् पदाधिकारी (सूचीसहित)

    काठमाडौं । नेकपा एमाले विभाजनसँगै पेशागत महासंघ पनि विभाजित फुटेको छ । नेकपा एकीकृत समाजवादीले प्रेमकुमार खनालको संयोजकत्वमा पेशागत महासंघ नेपाल पुनर्गठन गरेको छ ।

    बुधबार बसेको बैठकले खनाल संयोजक र रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

    महासंघको ३१ सदस्यीय सचिवालयसमेत गठन गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यसअघि नै एमालेले बाबुराम थापाको अध्यक्षतामा महासंघको नेतृत्व चयन गरिसकेको छ । महासंघको ३१ सदस्यीय सचिवालय यस प्रकार छ ।

  • नेकपा एसको पदाधिकारीमा तीनजना थपिए, युवा पुस्तालाई पनि अघि सारियो (सूचीसहित)

    नेकपा एसको पदाधिकारीमा तीनजना थपिए, युवा पुस्तालाई पनि अघि सारियो (सूचीसहित)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको छ । तीनदिन सम्म चलेर बिहीवार सकिएको बैठकले पदाधिकारीसमेत चयन गरेको छ ।

    अध्यक्ष, वरिष्ठ नेता, नेतासहित १८ जनाको पदाधिकारी बनाइएको छ। पदाधिकारीमा केही नयाँ अनुहार पनि समेटिएका छन् भने आधिकांश पुरानै छन् । उपमहासचिवमा रहेका प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल नयाँ अनुहार हुन् ।

    युवा पुस्ताबाट जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । प्रदेश १ को संसदीय दलको नेतासमेत रहेका राजेन्द्र यसअघि भने सचिवमा समेटिएका थिएनन् ।

    उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल प्रेसलाई उपलब्ध गरेको विवरणमा सचिवहरूमा झाँक्री, खतिवडा, चौधरी, केशवलाल श्रेष्ठको थियो । उपाध्यक्ष पनि चारजना मात्रै प्रस्तावित गरिएको थियो ।

    तर, अन्तिम समयमा आएर प्रस्तावित नामहरूमा परिवर्तन गरिएको हो । नेताहरूको व्यवस्थापनका लागि पदाधिकारीहरू पनि थपिएको हो ।

    अहिले ७ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । उपाध्यक्षमा केदार न्यौपाने, घनेन्द्र बस्नेत थपिएका छन् । त्यस्तै सचिवमा रहेका केशवलाल श्रेष्ठलाई पनि उपाध्यक्ष बनाइएको छ ।

    श्रेष्ठको ठाउँमा राजेन्द्र राईलाई ल्याइएको हो । रामकुमारी झाँक्री सचिवमा हुँदा उनीभन्दा सिनियर र दुई-दुई पटक अनेरास्ववियू अध्यक्ष भएका राईलाई छुटाइएको भन्दै असन्तुष्टी बढेको थियो ।

    नेकपा एसको पदाधिकारीमा मुकुन्द न्यौपानेलाई नेता राखिएको छ । वरीयतामा उनलाई तेस्रो नम्बरमा राखिएको छ । पदाधिकारीमा नेता राख्ने प्रचलन नेपालका राजनीतिक पार्टीहरूमा खासै अभ्यासमा छैन ।

    यी हुन नेकपा एसका पदाधिकारी :

    अध्यक्ष- माधवकुमार नेपाल

    वरिष्ठ नेता- झलनाथ खनाल

    नेता- मुकुन्द न्यौपाने

    उपाध्यक्ष- राजेन्द्र पाण्डे

    उपाध्यक्ष- प्रमेश हमाल

    उपाध्यक्ष- घनेन्द्र बस्नेत

    उपाध्यक्ष- केदार न्यौपाने

    उपाध्यक्ष-केशवलाल श्रेष्ठ

    उपाध्यक्ष-धर्मनाथप्रसाद साह

    उपाध्यक्ष- जयन्ती राई

    महासचिव- डा. बेदुराम भुसाल

    उपमहासचिव- प्रकाश ज्वाला

    उपमहासचिव- डा. गंगालाल तुलाधर

    उपमहासचिव- डा. विजय पौडेल

    सचिव- नागेन्द्रप्रसाद चौधरी

    सचिव- जगन्नाथ खतिवडा

    सचिव- राजेन्द्रकुमार राई

    सचिव- रामकुमारी झाँक्री

  • नेकपा एसमा ३०१ सदस्यीय केन्द्रीय समिति, यस्तो छ सांगठनिक संरचना

    नेकपा एसमा ३०१ सदस्यीय केन्द्रीय समिति, यस्तो छ सांगठनिक संरचना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पहिलो केन्द्रीय कमिटी बैठकमार्फत पार्टीको सांगठनिक संरचनालाई मुर्तरूप दिएको छ । बैठकले आगामी तीन महिनाको कार्ययोजनासमेत तय गरेको सचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

    पार्टीले केन्द्रीय समितिबाहेक सबै तल्ला कमिटीहरूमा दुई उपाध्यक्षको प्रावधान तय गरेको छ । पार्टीमा पूर्ण र वैकल्पिकसमेत गरी ३०१ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । यस्तै, पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ । पार्टीले ७०१ सदस्यीय केन्द्रीय परिषद्समेत निर्माण गर्ने भएको छ ।

    पार्टीका विभागहरू २५ सदस्यीय हुने र १५१ सदस्यीय सल्लाहकार समिति गठन हुने पनि सचिव खतिवडाले जानकारी दिए ।
    पार्टीले हरेक कमिटीमा महिलाहरूका लागि एक तिहाई र युवाहरूलाई ४० प्रतिशतको सेरोफेरोमा व्यवस्थापन गर्ने खतिवडाले बताए ।

    नकपा एसले ३ महिनाको तत्कालीक कार्ययोजनासमेत बनाएको छ । यसमा दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको भण्डाफोर गर्नेदखि वडासम्म संगठन विस्तार गर्नेसम्मका योजना रहेका छन् ।

  • नेकपा एसको निर्णयः एमसीसी यथास्थितिमा पारित गर्न सकिँदैन

    नेकपा एसको निर्णयः एमसीसी यथास्थितिमा पारित गर्न सकिँदैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) आजकै अवस्थामा पारित गर्न नसकिने निर्णय लिएको छ । पार्टीको आज सम्पन्न पहिलो केन्द्रीय समिति वैठकले सो निर्णय लिएको हो ।

    एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने सचिव जगन्नाथ खतिवडाले बताए ।

    ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ,’ निर्णय सुनाउँदै उनले भने, ‘अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।’

    सचिव खतिवडाले केन्द्रीय समिति वैठकपछि अब सरकारमा जाने कुरालाई पार्टीले प्राथमिकतामा राख्ने बताए ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

    नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को हिजोदेखि जारी पहिलो केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । भोलि बिहान ११ बजेदेखि पुन: बस्ने गरी बैठक स्थगित गरिएको हो ।

    अहिले ५ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक डाकिएकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल गठबन्धन बैठकतिर लागेका छन् ।

    हिजो अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलमा उठेको जवाफमा नेता नेपालले आज जवाफ दिएका थिए । यहि बैठकले महासचिव पनि टुंगो लगाउने नेकपा एसका नेता राजेन्द्र राईले नेपाल प्रेसलाई बताए ।

    नेकपा एसको मूख्य एजेण्डा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार, कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक विषयलगायत थिए । त्यस्तै तीन अहिने संगठन विस्तार अभियानलाई पनि प्राथमिकतामा राखिएको छ ।

  • माधवको प्रतिवेदनमा समूहगत छलफल शुरू, संगठन विस्तार अभियान चलाइने

    माधवको प्रतिवेदनमा समूहगत छलफल शुरू, संगठन विस्तार अभियान चलाइने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल शुरू भएको छ ।

    भोलिसम्म चल्ने बैठकबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पाँच समूह बनाएर छलफल शुरु भएको बताए । भोलि समूहगत छलफलका निष्कर्ष बैठकमा सुनाइनेछ।

    त्यस्तै बैठकले निर्वाचन आयोगमा सनाखतका बेला पठाएका ११६ जना बाहेक थपिएका केन्द्रीय सदस्यहरूको सपथ पनि भएको खतिवडाले जानकारी दिए ।

    राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार, कार्यविभाजन, आगामी कार्ययोजना, समसामयिक विषयलगायतका एजेन्डा तयार गरेर पारित गरेको पनि उनले जानकारी दिए।

    खतिवडाले तीन महिने संगठन अभियान विस्तारको पनि प्रस्ताव गरिएको जानकारी दिए। उनका अनुसार तीन महिने अभियानमा देशका सबै जिल्ला, पालिका र वडाहरूमा कमिटी निर्माण गरिने छ ।

  • नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक जारी, १०९ जनाले गरे पार्टी प्रवेश (सूचीसहित)

    नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक जारी, १०९ जनाले गरे पार्टी प्रवेश (सूचीसहित)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी छ ।

    दुई दिनसम्म चल्ने बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

    बैठकमा पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष माधव नेपालले स्वागत गरे। बैठकमा १०९ जना नेकपा एसमा प्रवेश गरेको जानकारी दिइयो । उनीहरूलाई स्वागतसहित सपथ गराइएको छ ।

     

  • बैठक हलमा छिर्नुअघि माधवले भने- एमालेबाट मुक्त भएर बैठकमा उपस्थित हुन पाउँदा खुसी छु(भिडिओ)

    बैठक हलमा छिर्नुअघि माधवले भने- एमालेबाट मुक्त भएर बैठकमा उपस्थित हुन पाउँदा खुसी छु(भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टीको केन्द्रीय कमिटी बैठमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

    ‘खुसी नै लागेको छ,’ पहिलो पटक बस्न लागेको बैठकअघि नेपालले भने, ‘किनभने विद्रोह गरेर एउटा दक्षिणपन्थी भासमा भासिएको, कम्युनिष्ट, क्रान्तिकारी चरित्र गुमाएको, जबजको मान्यतालाई कुठराघात गरेको ठाउँबाट मुक्त भएर क्रान्तिकारी धार बोकेको नयाँ पार्टीको केन्द्रीय कमिटीमा उपस्थित हुन पाउँदा खुसी लागेको छ ।’

    उनले देशभरी नयाँ पार्टीको पक्षमा तरंग पैदा गरेको र युवाहरू आकर्षित भएको बताए । दुई दिनसम्म चल्ने नेकपा (एस) को केन्द्रीय कमिटी बैठकले संगठनात्मक कार्यविभाजन सम्बन्धमा महत्वूर्ण निर्णय लिने बताइएको छ ।

  • नेकपा एसको पहिलो बैठकका लागि अघि बढेका पाइला (तस्बिरहरू)

    नेकपा एसको पहिलो बैठकका लागि अघि बढेका पाइला (तस्बिरहरू)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक शुरू हुन लागेको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा डाकिएको बैठकका लागि अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पुगिसकेका छन् ।

    आजको बैठकमा केन्द्रीय कमिटी विस्तारको एजेण्डा राखिएको छ । एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । अब त्यसमा थप हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    आजको बैठकका लागि केन्द्रीय सदस्यहरूलाई ७ वटा एजेण्डा बाँडिएको छ ।

    वरिष्ठ नेता झलनाथ खनालको राजनीतिक प्रस्तावमाथि बैठकमा सामूहिक छलफल हुनेछ । आवधिक कार्ययोजना, समसामयिक प्रस्तावहरूमाथि छलफल गरेर बैठक टुंगिने खतिवडाले बताए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
     
     
    
    
  • नेकपा एस पक्षधर कर्मचारीले सत्ताको आडमा मुठभेड गर्न खोजेको अध्यक्ष देवकोटाको आरोप

    नेकपा एस पक्षधर कर्मचारीले सत्ताको आडमा मुठभेड गर्न खोजेको अध्यक्ष देवकोटाको आरोप

    काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले सत्ताको आडमा कार्यालय कब्जा गर्न खोजिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी दिएको छ । संगठनका अध्यक्ष केदार देवकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै सत्ताको आडमा अर्को पक्षले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

    एमाले विभाजनसँगै निजामति कर्मचारी संगठन पनि विभाजित भएको छ । नेकपा एस पक्षधर कर्मचारीले अध्यक्ष देवकोटालाई पदबाट हटाएको घोषणा गर्दै महासचिव रेवन्त गौतमलाई अध्यक्ष घोषित गरेका छन् ।

    सिंहदरबार गेटअगाडि बबरमहलमा रहेको संगठनको कार्यालयमा सोमबार साँझ एस पक्षधर कर्मचारी नेताहरू पुगेर कार्यालय आफूहरूले चलाउन पाउनुपर्ने भनेपछि विवाद भएको थियो ।

    नाराबाजी र तोडफोड हुन थालेपछि प्रहरीले पूर्वअध्यक्ष मोहन घिमिरे, रेवन्त गौतमलगायतका नेताहरूलाई पक्राउ गरेको थियो । त्यसलगत्तै संगठनका अध्यक्ष केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी दाहाललगायतलाई पनि प्रहरीले पक्राउ गरी कार्यालय खाली गराएको थियो ।

    दुवै पक्षले संगठनको आधिकारिकता दावी गरेका छन् । संस्थापन पक्षले संगठनको लेटरप्याड, लोगो र माइन्युट चोरी गरी किर्ते दस्तखतबाट आधिकारिक ट्रेड युनियनको केन्द्रमा प्रतिनिधित्व गराएको तथा बैठक बसेको भनी भ्रम फैलाएको आरोप लगाएको छ ।

    संगठनले देवकोटालाई आधिकारिक ट्रेड युनिनको अध्यक्षमा सिफारिस गर्दै ११ जनाको नाम पठाएको छ । अर्को पक्षले पनि मोहन घिमिरेलाई अध्यक्षमा सिफारिस गरेको छ ।

    संगठनका अध्यक्ष देवकोटाले कार्यालयको ताला तुरुन्त खोली कार्य सन्चालन गर्ने वातावरण बनउान सरकारसमक्ष माग गरेका छन् । तर, पूर्वअध्यक्ष घिमिरेले भने कार्यालयमा आफूहरूको हक लाग्ने भन्दै एमाले निकट कर्मचारीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।

  • ओलीलाई माधव नेपालको जवाफ – पिलो निचोरिएर आनन्द भयो भन्नेले किन दिनदिनै संसदमा कराएको ? (भिडिओ)

    ओलीलाई माधव नेपालको जवाफ – पिलो निचोरिएर आनन्द भयो भन्नेले किन दिनदिनै संसदमा कराएको ? (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफुहरूले विद्रोह गरेकोलाई पिलो निचोरिएर जस्तो आनन्द भएको भन्ने ओलीको भनाइको जवाफ फर्काएका छन् ।

    सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै उनले एमालेले गरिरहेको सदन अवरुद्धप्रति टिप्पणी गरेका हुन् । नेपालले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’

    नेपालले प्रदेश १ र वागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । उनले प्रदेश २, कर्णाली र सुदूरपश्चिममा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद दिए । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गर्दै नेपालले भने, ‘एक र वागमती प्रदेशमा मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् ।’

     

  • नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिने दावी

    नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिने दावी

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक भोलिदेखि शुरू हुँदैछ ।

    प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक भोलि अपराह्न २ बजेदेखि क्वालिटी बैंक्वेट, बुद्धनगरमा डाकिएको छ । पार्टी दर्ता गर्न जानुअघिको प्रक्रियाका लागि चन्द्रागिरीमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।

    अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठक दुई दिनसम्म चल्ने छ । बैठकले पार्टीको सांगठानिक व्यवस्थापनमा महत्वपूर्ण निर्णय लिने खतिवडा बताउँछन् ।

    ‘यो हाम्रो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक हो, यसबाट हामी पार्टीलाई अझ व्यवस्थित बनाउने छौं,’ उनले नेपाल प्रेससँग भने, ‘देशैभरिका केन्द्रीय सदस्यहरुको मनोनय र कार्यविभाजनजस्ता कुरामा बैठक केन्द्रित हुन्छ । संगठनात्मक व्यवस्थापनका लागि यो केन्द्रीय कमिटी बैठक सबैभन्दा महत्वपूर्ण हो ।’

    पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिइने उनको भनाइ छ।

  • माधव नेपालले भने- ५ प्रतिशत मात्र शक्ति भनेर गलत प्रचार हुँदैछ, टिकट नपाएका पीडित मिलेर बलियो हुँदैछौं

    माधव नेपालले भने- ५ प्रतिशत मात्र शक्ति भनेर गलत प्रचार हुँदैछ, टिकट नपाएका पीडित मिलेर बलियो हुँदैछौं

    पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीसँग एकता नगरी सिंगल शक्तिले आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् ।

    पोखरामा विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले माओवादीसँग मिल्ने कुरा गलत भएको प्रष्ट्याए । ‘अहिले बाहिर अरुसँग एकता हुन्छ भन्ने कुरा छ । कुनै पार्टी, माओवादीसँग एकता हुँदैन । आफ्नै शक्तिले अघि बढ्छौँ ’, उनले भने ।

    देशको पछिल्लो अवस्थाले नेकपा एमाले भन्नेबित्तिकै सबैले नाक खुम्च्याउने गरेको नेता नेपालको टिप्पणी थियो । ‘आज एमालेको हविगत किन यस्तो भयो यसको कारण तपाईंहरूले पहिल्याउन पर्ने हुन्छ, देशको अवस्था किन यस्तो भयो आज नेकपा एमालेका नाम लिनेबित्तिकै नाम खुम्च्याउने गरेका छन्, सारा जनताको नजरमा तल खसिसकेको छ ।’

    आफूहरू गण्डकीमा कमजोर रहेको स्वीकार्दै उनले पार्टीसँग ५ प्रतिशतमात्र शक्ति रहेको भनी गरिएको प्रचार गलत भएको दावी गरे । गण्डकीमा टिकट नदिएर आफ्ना पक्षधरलाई पीडित बनाएको उनको भनाइ थियो । अहिले पीडित-पीडित एक भएर बलियो बनेको उनले सुनाए ।

    नेपालले आफ्नो पार्टी एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । उनले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको सुनाए । नेपालका अनुसार प्रदेश १ र वागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको हो ।

  • पोखरा पुगेर किसान श्रेष्ठले भने- ओलीले हाम्रालाई टिकट नदिएकाले कमजोर देखियौं, आजदेखि देखाइदिन्छौं

    पोखरा पुगेर किसान श्रेष्ठले भने- ओलीले हाम्रालाई टिकट नदिएकाले कमजोर देखियौं, आजदेखि देखाइदिन्छौं

    पोखरा । नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद किसान श्रेष्ठले पार्टीलाई कमजोर नआँक्न भन्दै आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार पर्ने दावी गरेका छन् ।

    पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा ओलीले कुनै टिकट नदिएकैले अहिले आफूहरू कमजोर हुन पुगेको बताए ।

    उनले भने, ‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ ? आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?’

    केही समयअघि आफू पोखरा आएर फर्कँदा प्लेन चढिसकेपछि ओलीका कार्यकर्ताले किसान श्रेष्ठलाई लखेटेको भनेर भ्रम फिँजाएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

  • फुट्यो निजामति कर्मचारी संगठन, नेकपा एसनिकटका यी हुन् पदाधिकारी (सूचीसहित)

    फुट्यो निजामति कर्मचारी संगठन, नेकपा एसनिकटका यी हुन् पदाधिकारी (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको विभाजनसँगै सो पार्टीसँग नजिक रहेको मुलुककै सबैभन्दा ठूलो नेपाल निजामति कर्मचारी संगठन पनि फुटेको छ । नेकपा एसनिकट कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाएको घोषणा गरेको छ ।

    संगठनले आइतबार पत्रकार सम्मेलन गरी देवकाटाले पदको दुरुपयोग गर्दै संगठनको मर्यादाविपरीत महासचिवसँग सल्लाह नगरी बैठक बोलाएर एकपक्षीय घोषणा गरेको भन्दै उनलाई पदबाट हटाएको जनाएको छ ।

    शनिबार संगठनको भेलाले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलसहितका पदाधिकारी र सदस्यहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको थियो ।

    माधव नेपाल पक्षधरले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सहकोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको घोषणा गरेका छन् ।

    सो समूहले अध्यक्षमा हालका महासचिव रेवन्त गौतम र वरिष्ठ उपाध्यक्षमा मोहन गिरीलाई चयन गरेको छ । उपाध्यक्षहरूमा सीता गुरुङ, वेदप्रसाद खवितडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट र दयाराम खत्री चयन भएका छन् । महासचिवमा शरणकुमार गुरुङ चयन भएका छन् ।

    सो समूहले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा मोहनकुमार घिमिरेलाई सिफारिस गरेको छ । यसअघि संगठनको संस्थापन पक्षले अध्यक्षमा केदार देवकोटालाई सिफारिस गरेको थियो ।

    नयाँ पदाधिकारीसहितको विज्ञप्ति हेर्नुस् :

     

  • नेकपा एस गुल्मीको इन्चार्जमा थापा र अध्यक्षमा महत

    नेकपा एस गुल्मीको इन्चार्जमा थापा र अध्यक्षमा महत

    रूपन्देही । नेकपा एकीकृत समाजवादीले गुल्मीको इन्चार्जमा हिमाल थापा र अध्यक्षमा श्रीराम महतलाई जिम्मेवारी दिएको छ । अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरेका छन् ।

    उनी नेकपा एमालेमा रहँदा अनेरास्ववियूको जिल्ला अध्यक्ष थिए । गुल्मीबाट एमाले सचिवद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्ट एक ठाउँमा रहेपछि जिल्लाबाट कुनै पनि जनप्रतिनिधि समाजवादीमा लागेका छैनन् ।

    माथिल्लो तहबाट एमाले छाड्ने नेतृ रामकुमारी झाँक्रीमात्र रहेकी छन् । एमाले गुल्मीले झाँक्रीको माइतीमात्र गुल्मी रहेकोले यहाँ कुनै प्रभाव नपर्ने दाबी गरेको छ ।

    भदौ ३० गते आयोजित बृहत कार्यकर्ता भेलामा नेताहरू प्रदीप ज्ञवाली तथा गोकर्ण विष्टले जिल्लाबाट पार्टी विभाजन गरी जानेहरू शून्य रहने दाबी गरेका थिए ।

  • भोजपुरमा नेकपा एसको जिल्ला कमिटी घोषणा, शरण एमालेमै बसेपछि वीरजंगलाई ल्याइयो

    भोजपुरमा नेकपा एसको जिल्ला कमिटी घोषणा, शरण एमालेमै बसेपछि वीरजंगलाई ल्याइयो

    भोजपुर । नेकपा एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा गरिएको छ ।

    वीरजंग राईको अध्यक्षमा १५५ सदस्यीय जिल्ला कमिटी बनाइएको हो । यसअघि समानान्तर कमिटीका अध्यक्ष शरणकुमार राईले पार्टी फुटलाई साथ नदिइ एमालेमै बस्ने निर्णय गरेपछि वीरजंगलाई अध्यक्ष बनाइएको हो । उनी जेठ २ अघिको एमालेमा जिल्ला सचिवालय सदस्य थिए । माओवादीसँग एकतापछि बनेको नेकपामा वीरजंगलाई कार्यालय सदस्यको जिम्मेवारी दिइएको थियो ।

    नेकपा एसको नवगठित जिल्ला कमिटीको उपाध्यक्षहरूमा विष्णुबहादुर राउत, चक्र तामाङ र गीता राईले जिम्मेवारी पाएका छन् । सचिवमा ममिता राई छिन् । उनी भोजपुर नगरपालिकाकी उपमेयर हुन् । उपसचिवमा ईश्वर कार्की चयन भएका छन् ।

    अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष जयन्ती राईको उपस्थितिमा कमिटी घोषणा गरिएको हो ।

    पदाधिकारी र सदस्यको सपथ र जिल्ला भेला केही दिनमा तय गरिने युवा नेता सन्दीप राईले जानकारी दिए ।

     

  • सुदूर पश्चिममा नेकपा एसका दुई मन्त्री थपिँदै, ओली पक्ष छोड्नेलाई राज्य मन्त्री

    सुदूर पश्चिममा नेकपा एसका दुई मन्त्री थपिँदै, ओली पक्ष छोड्नेलाई राज्य मन्त्री

    धनगढी । सुदूर पश्चिम प्रदेश सरकार नेकपा एकीकृत समाजबादीका तर्फबाट दुई मन्त्री थप हुने भएका छन् । अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गर्ने तयारी भएको छ ।

    शुक्रबार साझ ६: ३० बजे सपथ ग्रहण गराउने तयारी भएको प्रदेश सरकारका एक मन्त्रीले बताए । भदौ २२ मा प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि दुई पद खाली रहेको थियो ।

    तारालामा तामाङ पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपामा विवाद हुदा ओली पक्षमा थिइन् । तामाङ प्रमुख सचेतक रहेकै वेला शाहले उनलाई उक्त जिम्मेवारी बाट हटाएका थिए । अहिले तीनै शाहको स्थानमा तामाङ मन्त्री बन्न लागेका हुन् ।

    नेकपामा विवादमा हुँदा पनि ओली पक्षमा उभिएकी समानुपातिक प्रदेश सभा सदस्य तामाङले मुख्य मन्त्रीलाई विश्वासको मत दिने बेला पनि विपक्षमा मतदान गरेकी थिइन् ।

  • एमालेविरुद्ध ५ दलीय गठबन्धन चुनावसम्मै लैजान्छौं : माधव नेपाल

    एमालेविरुद्ध ५ दलीय गठबन्धन चुनावसम्मै लैजान्छौं : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सत्तारुढ ५ दलीय गठबन्धन मिलेर एमालेविरुद्ध जाने बताएका छन् ।

    केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताए । एमाले दक्षिणपन्थी भासमा डुबेकाले त्यो पार्टीसँग भने गठबन्धन नहुने समेत नेपालले बताए । नेपालले पाँच दलीय गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताए ।

    अध्यक्ष नेपालले भने, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’

    नेपालले एमसीसीको निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोधेर पठाइएको बताए ।

  • माधव नेपालको प्रतिबद्धता- सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछौं

    माधव नेपालको प्रतिबद्धता- सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने बताएका छन् ।

    काठमाडौंको मीनभवनमा नेकपा एसको केन्द्रीय कार्यालय भवन उद्घाटनपछि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले नेकपा एस बोलेर होइन गरेर देखाउने पार्टी बन्ने बताए ।

    नेपालले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं । हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टी गर्नेछौं । हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौं ।’

    अध्यक्ष नेपालले नेपाली नमूनाको समाजवाद कस्तो हुनसक्छ भने र बौद्धिक छलफल गर्दै अघि बढ्ने बताए । केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहमा कार्यालय सचिव गंगालाल तुलाधरले स्थानीय, प्रदेश र संघ सबैतिरका कमिटी अब केन्द्रीय कार्यालयबाट सन्चालित हुने बताए ।

    अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने र आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गरिने बताए । तर, तत्काल अर्को पार्टीसँग एकीकरण नहुने समेत प्रष्ट पारे ।

  • आजदेखि नेकपा एसको पार्टी कार्यालय सञ्चालनमा, बानेश्वरस्थित पूजा थापाको घरमा नयाँ कार्यालय

    आजदेखि नेकपा एसको पार्टी कार्यालय सञ्चालनमा, बानेश्वरस्थित पूजा थापाको घरमा नयाँ कार्यालय

    काठमाडौं । नेकपा एमालेबाट छुटिएको बनेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को आजदेखि आफ्नै पार्टी कार्यालय सञ्चालन हुने भएको छ । बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा कार्यालय रहने उक्त पार्टीको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् ।

    बिहान १० बजे पार्टी कार्यालय शुभारम्भ हुने जनाइएको छ । नेकपा एमालेबाट विभिजित भएर बनेको नेकपा एसले क्रमशः सबै जिल्लामा पार्टी कार्यालय राख्न थालेको छ ।

    नेकपा एसले भौतिक संरचना निर्माणसँगै पार्टी संगठनलाई पनि पुनर्गठन गरिरहेको छ ।