Tag: नेकपा एमाले

  • डिनर बैठकबारे गौतमको प्रष्टोक्ति- कुरा मिलेन, नमस्कार गरेर विदा भएँ

    डिनर बैठकबारे गौतमको प्रष्टोक्ति- कुरा मिलेन, नमस्कार गरेर विदा भएँ

    काठमाडौं । नेकपा एमोका नेता वामदेव गौतमले अध्यक्ष केपी ओलीसँगको डिनर बैठक सकारात्मक नभएको प्रष्ट पारेका छन् । विहीवार साँझको डिनर बैठकको बैठक मुख्य सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका थिए ।

    गौतमले शुक्रवार विहान आफ्ना प्रेस संयोजक विश्वमणी सुवेदीमार्फत फागुन २८ गतेको निर्णय फिर्ता लिन आफूले गरेको आग्रह अध्यक्ष ओलीले अश्वीकार गरेपछि नमस्कार गरेर बालुवाटारबाट हिडेको बताएका छन् ।

    गौतमको वक्तव्यमा भनिएको छ, ‘उहाँले पार्टी काममा फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईसँग आउन सक्दिन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो, नमस्कार गरेर म विदा भएँ ।’

    गौतम नेकपा विभाजन कालदेखिनै ओली र प्रचण्ड-माधव दुवै पक्षमा नलागी अलग अभियान चलाइरहेका छन् । पछिल्लो समय एमाले पुनःस्थापनापछि पनि गौतम कुनै पक्षमा छैनन् ।

  • एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?

    एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?

    काठमाडौं । आन्तरिक विवादले पार्टी बिभाजनसम्मको जोखिम बढिरहेको समयमा सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

    विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो ।

    अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    रसम्म सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।

    यसबीचमा आन्तरिक विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार गरी दुईपल्ट वर्ता भएको थियो । वार्ताबाट सकारात्मक परिणाम नआएको माधव पक्षको भनाई छ ।

    आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ । केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।

  • स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो)

    स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो)

    काठमाडौं । नेकपा एमालेले सांसदले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरी थप कारवाही अघि बढ्ने बताएको छ । कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएको आरोपमा एमालेले संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

    नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले स्पष्टीकरणको जवाफ आउन थालेको भन्दै त्यसलाई विश्लेषण गरी कारवाही प्रक्रिया बढाउने बताएका छन् । केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टीकरण पत्र पठाएको भट्टराईले जानकारी दिए ।

    उनले भने, ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरू भएका छन् । कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहने केही व्यक्तिहरूसँग पटक-पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरू हुने, अँध्यारा कोठाहरूमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिँड्ने ? स्पष्टीकरण बुझाउने क्रम जारी नै छ । त्यसको विश्लेषण गरेर हामी थप कारवाही अघि बढाउँछौँ ।’

    कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उल्लंघन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै प्रमुख सचेतक भट्टराईले बताए । ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पार्टीले निष्कासन गर्ने पनि उनले जानकारी दिए ।

    ‘कर्णाली प्रदेशका पाँच जना विधायकले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टीकरण सोधेको छ । उहाँहरूमाथि पार्टीले कारवाही गर्छ । पार्टीले निष्कासन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ ।’

  • मेरियट वार्तामा ओलीको आशय-संकटमा पार्टी जोगाउने जिल्ला नेतृत्व फेरिन्न, बादलहरूबिनाको बैठक बस्दैन

    मेरियट वार्तामा ओलीको आशय-संकटमा पार्टी जोगाउने जिल्ला नेतृत्व फेरिन्न, बादलहरूबिनाको बैठक बस्दैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बिनासर्त पार्टीमा फर्किन आग्रह गरेका छन् । समूहगत बार्गेनिङ आफूले स्वीकार नगर्ने बताउँदै आएका ओलीले बिहीबार दोस्रो दिनको वार्तामा पनि बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।

    नेपालले राखेका सर्तमा ओली सहमत नभएपछि वार्ता सकारात्मक हुन नसकेको स्रोतले जनाएको छ । यद्यपि एकले अर्कोलाई कारवाही गरेर हटाउने तहको सम्बन्धमा पुगिसकेका नेताहरूबीच एक-दुई भेटमै सहमतिको अपेक्षा गर्न पनि नसकिने मिलाउन अग्रसर भएका नेताहरु बताउँछन् ।

    माधव नेपालले शुक्रबार आयोजित दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक रोक्न र २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन राखेको सर्त ओलीले अश्वीकार गरेका छन् । त्यस्तै २०७७ चैत २८ गते र त्यसयताका सबै निर्णय खारेज हुनुपर्ने सर्त पनि ओलीले अश्वीकार गरेपछि नेपाल जनकपुर जानुछ भन्दै मेरियट होटलबाट बाहिरिएका थिए ।

    नेपालले वार्तामा एमालेका २०७५ जेठ २ अघिका जिल्ला अध्यक्षहरूलाई नै पुनर्वहाली गर्नुपर्ने अर्को सर्त राखेका छन् । तर, ओलीले पुस ७ गते आफूलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइसकेपछि बनेका जिल्ला नेतृत्वहरू नै अहिलेको एमालेका शक्ति भएकाले तीनिहरुलाई तलमाथि नगर्ने जवाफ दिएका छन् ।

    ओलीले हिजो एमालेकालका अध्यक्षहरूलाई माथिल्ला कमिटीमा व्यवस्थापन गर्न सकिने तर अहिले चलिरहेका नेतृत्वलाई हटाएर पुरानालाई पुनःस्थापित नगर्ने बताएका छन् । त्यस्तै नेकपा एकीकरणका क्रममा समेटिएका एमाले र माओवादी दुवैतर्फका केन्द्रीय सदस्य यथावत रहने ओलीले प्रष्ट पारेका छन् ।

    माधव नेपालको सर्त अनुसार फर्किँदा रामबहादुर थापा बादलसहित माओवादीमा नफर्की आफूसँग रहेका नेताहरू पार्टीविहीन हुने भन्दै ओलीले कुनै पनि हालतमा त्यो शर्त नमान्ने प्रष्ट पारेका छन् । त्यस्तै २०७५ जेठ ३ गते नेकपा एकीकरणपूर्व एमालेबाट थपिएका ४२ केन्द्रीय सदस्य नचलाउने बताइसकेका छन् ।

    ओली निकट एक नेताले भने, ‘हिजो केपी ओलीलाई साधारण सदस्यबाट समेत हटाएर नांगै खुट्टा बालकोट पठाउँछौं भन्नेहरूका सर्त मानेर खुरुक्क उनीहरुले भने जस्तो गरिदिनुपर्ने र संकटमा साथ दिएर सांसद पद समेत त्याग्न तयार भएका बादलहरुलाई तपाईहरु अहिले बाटोमै पर्खिनुस्, हामी माधव नेपालहरुसँग बैठक बस्छौं भन्न ओलीलाई नैतिकरूपमा पनि मिल्दैन ।’

    ओलीले माधव नेपालहरु बिनासर्त एमालेमा समाहित हुने हो भने हिजोका पदहरू यथावत रहने र तत्कालीन एमालेको जिल्ला अध्यक्ष लगायतका जिम्मेवारीमा रहेका तर यसबीचमा प्रचण्ड माधव पक्षमा लागेपछि नयाँ अध्यक्ष चयन भएकाले ती व्यक्तिलाई अरु कमिटीमा बढुवा गर्ने अनौपचारिक प्रस्तावमा सहमति जनाएका छन् ।

    माधव नेपाल पक्षले अहिले पनि प्रचण्डको एजेण्डा बोकेर एमालेभित्र स्पेस खोजिरहेको निष्कर्ष ओलीको छ । त्यसैले नेपालका कुनै पनि शर्त मान्न ओली तयार छैनन् । नेपाल भने बिनासर्त एमालेमा फर्किन सकिरहेका छैनन् ।

    स्रोतले भन्यो, ‘जसरी पुस ४ गते प्रचण्डको निवास खुमलटारमै पुगेर ओलीले १९ बुँदे अभियोगपत्र फिर्ता लिन र पार्टी एकता जोगाउन आग्रह गरेका थिए त्यसरी नै माधव नेपालसँग मेरियटमा वार्ता गरेका हुन् । एकताका लागि अधिकतम पहल गरेको सन्देश दिनलाई यो वार्ता भएको हो तर माधव नेपालका कुनै पनि शर्त मान्ने पक्षमा ओली छैनन् ।’

    नेपाल पक्षले बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नरहेको ओलीनिकट स्रोतले जनाएको छ । माधव र प्रचण्ड मिलेर आफूमाथि गर्नेजत्ति सबै अत्याचार गरिसकेको र पुर्याउन सक्नेजति क्षति पुर्‍याइसकेकाले अब फ्लोर क्रस गरेर सरकार ढाल्नेबाहेक अन्य सामथ्र्य माधव पक्षसँग नरहेको ओलीको निष्कर्ष छ ।

    ओलीले माधव नेपालसँग आफूलाई पार्टीको साधारण सदस्यसमेतबाट हटाएर पार्टीविहीन बनाउन खोजेको चोट भुल्न नसके पनि एकताका लागि सकेसम्म लचिलो बन्न तयार रहेको बताएका थिए । नेपालले भने नेकपाको बेलाको कुरा नकोट्याउन आग्रह गरेका थिए ।

  • माधव नेपालको प्रतिक्रिया- कुरा झन् बिग्रियो

    माधव नेपालको प्रतिक्रिया- कुरा झन् बिग्रियो

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षसँगको दोस्रो भेटपछि नेता माधवकुमार नेपाल निराश देखिएका छन् ।

    ओलीसँगको भेटलगत्तै नेता नेपालले बैठकबारे जिज्ञासा राख्ने निकटस्थहरूलाई ‘कुरा झन् बिग्रियो’ भन्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग चिया पिउने क्रममा नेता नेपालले बैठक सकारात्मक नभएको बताएका हुन् ।

    ‘उहाँले आज झन् बिग्रियो भन्नुभयो’, नेता नेपालसँग मेरियटमै संवाद गरेका एक व्यक्तिले नेपाल प्रेससँग भने ।

    मेरियटबाट बाहिरिनेक्रममा टाढैबाट हात हल्लाएर नेपालले बोल्नुपर्ने गरी केही प्रगति नभएको बताएका थिए ।

  • ‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’

    ‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दोस्रो दिन पनि वार्ता भएको छ ।

    नागपोखरीस्थित मेरियट होटलमा बिहीबारको वार्ता करिब डेढ घण्टा चलेको थियो । वार्ता सकिएलगत्तै ओली होटलबाट बाहिरिएका थिए भने माधव नेपाल प्रधानमन्त्रीका आर्थिक सल्लाकार मोतिलाल दुगडसँग छलफलमा जुटेका थिए । दुगड जसले नेताद्वयबीचको वार्ताको व्यवस्थापन मिलाएका हुन् ।

    संचारकर्मीसँग प्रतिक्रिया दिँदै दुगडले भने, ‘तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ । यो घाउ एक दुई ओटा वार्तामा टुंगिदैन । यो वार्ता हिजोभन्दा आज सकारात्मक भयो । आजभन्दा भोलि सकारात्मक हुने छ । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । पार्टीलाई टुट्न दिनु हुन्न यही विषयमा छलफल भएको छ ।’

    वार्ता सकिएपछि माधव नेपालले मसँग चिया खाउँ भनेकोले केही क्षण चिया पिएर बसेको दुगडले जानकारी दिए । उनले भने, ‘उहाँले चियामा अलिकति चिनी कम भयो भनेर थप्नुभयो । अरु कुरा भएन । तर, उहाँको स्पष्ट धारणा के छ भने म यो पार्टीलाई टुटाउने पक्षमा छैन । यो पार्टीलाई जोडेरै जान्छु भन्नुभएको छ ।’

  • ओली र नेपालबीच वार्ता सकियो

    ओली र नेपालबीच वार्ता सकियो

    काठमाडौं । नेकपा एमालेलाई एकतावद्ध राख्न ‘निर्णायक’ वार्तामा जुटेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता सकिएको छ ।

    नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । मेरियटबाट केपी ओली बाहिरिसकेका छन् । माधवकुमार नेपाल भने होटलमै छन् ।

    बुधबार र आज भएको ओली-नेपालबीचको भेटले लामो संवादहिनता तोडेको छ ।

  • सर्वोच्चमा एमालेका ४ नेताको रिट दर्ता, सांसदबाट नहटाउन अन्तरिम आदेश माग (पूर्णपाठ)

    सर्वोच्चमा एमालेका ४ नेताको रिट दर्ता, सांसदबाट नहटाउन अन्तरिम आदेश माग (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । बुधबारै पेस भएको रिट सर्वोच्च प्रशासनले आज दर्ता प्रक्रियामा लगेको हो ।

    रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्तरूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।

    त्यस्तै आफूहरूले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

    रिट निवेदनमा वैशाख १० गते नै एमालेको अर्को बैठक राखिएकोले सो बैठकबाट थप कारवाही गर्ने र त्यही आधारमा निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको किनारा नलागेसम्म सबै कारवाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

    एमालेले यी पाँच नेतासहित २७ जना सांसदलाई स्पष्टीकरण माग गरेको छ । ‘फ्लोर क्रस’ गरेर सरकार ढाल्ने सहमति शेरबहादुर देउवा र प्रचण्डसँग गरेको जानकारी पाएपछि अध्यक्ष तथा संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने व्यहोरोका स्पष्टीकरण मागेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले माधव नेपाल पक्षले अदालत गुहारेको हो ।

     

     

  • ओली-नेपाल वार्ताको यो दृष्यः उघ्रेला नयाँ सम्भावनाको क्षितिज ?

    ओली-नेपाल वार्ताको यो दृष्यः उघ्रेला नयाँ सम्भावनाको क्षितिज ?

    काठमाडौं । यतिबेला देशभरका एमाले नेता-कार्यकता तथा शुभचिन्तकको ध्यान नागपोखरीस्थित म्यारियट होटलमा छ, जहाँ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल एक्लाएक्लै वार्तारत छन् । एमालेलाई एकतावद्ध राख्न यो वार्ता निर्णायक हुने मानिएको छ ।

    वार्ता जारी रहँदा सार्वजनिक भएको एउटा तस्बिरले धेरै एमालेजनको मनमा आशा जगाउन सक्छ । तस्बिरमा दुवै नेताहरु कोठाको झ्यालबाट काठमाडौंको क्षितिज नियालिरहेका देखिएका छन् । यही तस्बिरबाट पनि उनीहरुबीचको वार्ता शान्त र सौहार्दपूर्ण रहेको संकेत मिल्छ ।

    तस्बिरको पृष्ठभूमिमा खुलेको आकाश र उज्यालो घाम देखिएको छ । तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले मेरियट होटलको भेटघाट कक्षबाट झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको दृष्यावलोकन गरिरहेको उल्लेख गरेका छन् ।

    के यो दृष्यझैं एमालेमा फेरि एकताको नयाँ क्षितिज उघ्रेला ? के पुननिर्मित धरहरा झैं एमाले भत्किन आँटेको एमालेको पुननिर्माण होला ? देशभरका समर्थक-शुभचिन्तकको चासो र अपेक्षा अहिले यही हो ।

  • माधव नेपालसहित १५ नेताको अपिल- हामीलाई एमालेमा बस्न नदिन दाउपेच भयो (पूर्णपाठ)

    माधव नेपालसहित १५ नेताको अपिल- हामीलाई एमालेमा बस्न नदिन दाउपेच भयो (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित १५ जना नेताले पार्टी स्थापना दिवसको अवसरमाा संयुक्त अपिल जारी गर्दै आफूहरूलाई एमालेमा रहन नदिन दाउपेच गरिएको आरोप लगाएका छन् ।

    बिहीबार जारी गरिएको अपिलमा आफूहरूले पार्टी एकता जोगाउन चाहे पनि फागुन २८ यता भएका बैठक र निर्णयहरू अवैध रहेकाले ती सबै रद्द गर्नुपर्ने माग गरेका छन् ।

    अपिलमा भनिएको छ, ‘२०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्छ । यदि त्यसो भयो भने नेकपा एमालेको एकता जोगिन्छ ।’

    अपिलमा माधव नेपाल पक्षका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको आरोप लगाएका छन् । उनीहरूले ओलीका कारण एमालेमात्र नभएर कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशामा गएको बताएका छन् ।

    यस्तो छ अपिलको पूर्णपाठ :

  • नेपाल पक्षका सांसदले बुझाउन थाले स्पष्टीकरण

    नेपाल पक्षका सांसदले बुझाउन थाले स्पष्टीकरण

    काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षका सांसदहरूले आफूलाई सोधिएको स्पष्टीकरण बुझाउन थालेका छन् ।

    नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधेको थियो ।

    ६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको थियो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरण एकै व्यहोराको छ ।

    तोकिएकै समयमा सबै सांसदले एक्लाएक्लै स्ष्टीकरण बुझाउन थालेका हुन् । सांसद जीवनराम श्रेष्ठले बेग्ला बेग्लै गरेर आजै सबैले स्पष्टीकरण बुझाइसक्ने बताएका छन् ।

    स्पष्टीकरण बुझाउनुअघि नेपाल पक्षका सांसदहरूले वुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानमा सामूहिक छलफल गरेका थिए। छलफलमा स्पष्टीकरण बुझाउने विषयमा छलफल भएको श्रेष्ठले बाए।

    यसैबीच नेता सुरेन्द्र पाण्डले पनि स्पष्टीकरण बुझाएका छन् । पाण्डेले बुझाएको स्पष्टीकरणमा प्रधानमन्त्रीले चालेको कदम विधानविपरीत भएको जिकिर गरेका छन् ।

  • एमाले विभाजन रोक्न ओलीको निर्णायक पहल, आज पनि माधव नेपालसँग वार्ता

    एमाले विभाजन रोक्न ओलीको निर्णायक पहल, आज पनि माधव नेपालसँग वार्ता

    काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि अर्का नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएका छन् ।

    बुधवार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच दुई घण्टा संवाद भएको थियो । आज पनि सोही स्थानमा दिउँसो २ बजे भेटेर सहमतिको लागि अन्तिम प्रयास गर्ने स्रोतले जनाएको छ ।

    ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय हुने स्रोतले जनाएको छ । नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि बुधवार वार्ता निष्कर्षमा पुगेका थिएन ।

    ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् । नेपालमाथि उनी समूहकै नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्ने वातावरण बनाउन दबाब दिएका छन् ।

    पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल दबाबमा छन् । भीम रावल लगायतका नेताहरु भने अहिलेकै अवस्थामा ओलीसँग मिल्न नसकिने अडानमा छन् ।

    अध्यक्ष ओलीले शुक्रवारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाललाई आग्रह गरेका छन् । नेपाल पक्षका नेताहरुलाई पनि ओली र ओलीनिकट नेताहरूले बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सुझाव दिदै व्यक्तिगत रुपमा सबैलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

  • एमाले मुख्यालय आजदेखि थापाथलीमा

    एमाले मुख्यालय आजदेखि थापाथलीमा

    काठमाडौं। नेकपा (एमाले) को मुख्यालय धुम्बाराहीबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान कार्यालय उद्घाटन गरेका छन् ।

    व्यवसायी सञ्जय अग्रवालको घरलाई भाडामा लिएर एमालले नयाँ पार्टी कार्यालय बनाएको हो । गत चैत ११ मा ओली नयाँ कार्यालयको अनुगमन गर्न गएका थिए ।

    एमालेले पार्टी कार्यालय बनाएका नयाँ भवनमा १८ वटा कोठा छन् । यो एमालेको अस्थायी पार्टी कार्यालय हो ।

    आजै ओलीले बल्खुस्थित आफ्नै पुरानो कार्यालय रहेको जग्गामा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास गरेका छन् ।

  • माधव नेपाल आन्तरिक छलफलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ

    माधव नेपाल आन्तरिक छलफलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार साँझ दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफूनिकट नेताहरूसँग परामर्श गर्दैछन् ।

    बुधबारको वार्तामा ओलीले नेपाललाई गुटगत र समूहगत रूपमा वार्ता नहुने बताएका थिए । उनले शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका छन् ।

    नेता नेपालले भने आफ्नो टिममा छलफल गरेपछिमात्र थप कुराकानी गर्ने बताएका थिए । आज आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्दैछन् । नेपाल र ओलीबीच आज पनि छलफल हुने बताइएको छ ।

    नेपाल पक्षधर नेताहरूसँग ओलीले व्यक्तिगत सम्पर्क गरिरहेका छन् । ओलीनिकट नेताहरूले पनि भोलिको बैठकमा आउन आग्रह गरिरहेको एक नेताले बताए । नेपाल पक्षधर नेताहरूबीचमै पनि बैठकमै गएर कुरा राख्ने कि समानान्तर गतिविधि अघि बढाउने भन्ने मतान्तर छ ।

  • त्यो एमाले र यो एमाले, तस्बिरमा हेर्नुस् को थपिए को छुटे ?

    त्यो एमाले र यो एमाले, तस्बिरमा हेर्नुस् को थपिए को छुटे ?

    काठमाडौं । ठाउँ त्यही, पार्टी त्यही तर दृष्य भने फरक देखियो मदननगर बल्खुस्थित एमाले केन्द्रीय कार्यालय शिलान्यास समारोहमा । २७ वर्षअघि त्यही ठाउँमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास हुँदा पार्टीको हर्ताकर्ता थिए तत्कालीन महासचिव माधवकुमार नेपाल ।

    यसपटक त्यही ठाउँमा अत्याधुनिक कार्यालय शिलान्यास समारोह नेपालले बहिष्कार नै गरे । उनलाई बुधबार साँझ भेट्दा ओलीले पार्टी कार्यालय भवन शिलान्यास समारोहमा उपस्थित हुन आग्रहसमेत गरेका थिए । तर, बिहीबार विहान माधव नेपालमात्र होइन उनी पक्षधर नेता कार्यकर्ता बल्खु गएनन् ।

    तत्कालीन एमाले केन्द्रीय कार्यालय भवन शिलान्यास हुँदाका अध्यक्ष मनमोहन अधिकारीको निधन भइसकेको छ । तर, कार्यालय बनाउने अभियानको अगुवाक्ष गर्न तत्कालीन उपमहासचिव वामदेव गौतम पनि शिलान्यास समारोहमा देखिएनन् ।

    ‘एमाले नै हौं भनेर बसेका नेताहरू कम्तीमा स्थापना दिवस र कार्यालय शिलान्यास कार्यक्रममा उपस्थित भइदिएको भए एकता चाहेको सन्देश जाने थियो’ केन्द्रीय सदस्य कर्ण थापाले भने ‘बल्खुको पार्टी कार्यालय त साझा हो नि, बालुवाटार आउँदिन भन्ने नेताले बल्खु पनि नआएर पेरिसडाँडा नै आफ्नो मुकाम हो भन्ने पुष्टि गर्नुभयो’ ।

    २०५१ मा एमाले कार्यालय शिलान्यास हुँदा खुला राजनीतिको सिनमै नदेखिएका माओवादी नेता रामवहादुर थापा ‘बादल’ आजको शिलान्यास समारोहमा मञ्चको पहिलो लहरमै थिए ।

    त्यसैले त्यो एमाले र यो एमालेको केन्द्रीय कार्यालय भवनमात्र फरक डिजाइनमा बन्दै छैन, पार्टी पनि फरक ढंगले बन्दैछ भन्ने सन्देश पनि हो शिलान्यास समारोह । अध्यक्ष केपी ओली स्वयंले आफ्नो राजनीतिक प्रतिवेदनमा अहिलेको एमाले २०७५ जेठ ३ अघिको जस्ताको त्यस्तै नभई, माओवादी आन्दोलनका असल मान्छेहरूसहितको नयाँ पार्टी भनेका छन् ।

    पार्टी कार्यालय शिलान्यास समारोह जननेता मदन भण्डारीको शालिक अघिल्तिर आयोजना भएको थियो । कोभिडका कारण सीमित नेता कार्यकर्ताको बीच आयोजित कार्यक्रममा अध्यक्ष ओली, प्रथम महिला राधिका शाक्य, महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, बादल, सुवास नेम्वाङ लगायत थिए ।

    प्रवक्ता प्रदीप ज्ञवालीले संक्षिप्त जानकारी दिएपछि अध्यक्ष ओलीमात्र सम्बोधन गरेका थिए । यसअघि सो भवन शिलान्यास गर्दै दुई वर्षभित्र नयाँ अत्याधुनिक भवनमा कार्यालय संचालन हुने अध्यक्ष ओलीले बताए ।

     
    
    
    
      
     
     
    
  • संवादको आफ्नो पहललाई कमजोरी नठान्न माधव नेपाललाई ओलीको चेतावनी (भिडियो)

    संवादको आफ्नो पहललाई कमजोरी नठान्न माधव नेपाललाई ओलीको चेतावनी (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका छन् । तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पारे ।

    ओलीले बुधवार साँझमात्र माधव नेपालसँग एक्लै वार्ता गरेका थिए । उनले सो वार्तामा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताएका थिए । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ ।

    ओलीले भने- उनीहरुले सडकबाट हामीलाई बिभिन्न ढंगले कारवाही गरेको भनेर नगरा पिटाएका हुन् । केपी ओलीलाई सिध्यायौं भनेका हुन् ।

    यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ । भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने,उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न ।

    ओलीले प्रचण्ड-माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको आरोप लगाए । आफूहरुलाई पार्टीविहीन बनाउने उनीहरुको प्रयास असफल भएको भन्दै ओलीले एमालेमा फर्केर पनि फेरि फ्लोर क्रस जस्ता अपराध जारी राखेकोमा कुनै सम्झौता नहुने प्रष्ट पारे ।

  • मदननगरमा यस्तो बन्नेछ एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय

    मदननगरमा यस्तो बन्नेछ एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुस्थित आफ्नै पूरानो कार्यालय रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।

    १३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिए । नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो ।

    रिमालका अनुसार २ महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण शुरु गरिनेछ । सामान्यतः दुई वर्षभित्र भवन निर्माण सकिने उनले बताए । अहिले करीव १३ रोपनी जग्गाको डिजाइन तयार पारिएको छ भने एमालेले कार्यालयको क्षेत्र विस्तार गर्ने योजना पनि बनाइरहेको छ ।

    २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो । आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सन्चालन हुने गरी उद्घाटन हुँदैछ ।

    आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवश पनि हो । स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो । भवनको डिजाइन अन्तिम चरणमा पुगेको र पार्टीले आफ्नै कार्यकर्ताको लेबी र सहयोगमा भवन निर्माण गर्ने केन्द्रीय सदस्य सूर्य थापाले बताए ।

    एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ ।

    मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ ।

    निर्माण लागत र निर्माण अवधिबारे भने अझै टुंगो लागिसकेको छैन । जतिसक्दो चाँडो भवन निर्माण गरि पार्टी कार्यालय सन्चालन हुने केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए । ढिलो दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको एमाले स्रोतले जनाएको छ ।

    संयोग नै मान्नुपर्छ एमालेले आफ्नो पहिलो केन्द्रीय कार्यालय भवन तत्कालीन मनमोहन अधिकारी प्रधानमत्री रहेको पहिलो नौ महिने सरकारको पालामा निर्माण थालेको थियो । मनमोहन सरकारमा गृहमन्त्री रहेका ओली अध्यक्ष तथा प्रधानमन्त्री रहेकै बेला नयाँ कार्यालय भवन निर्माणको आरम्भ गरेको छ ।

  • अदालत पुगेको माधव पक्षको रिट आज दर्ता भएन, सांसदबाट नहटाउन अन्तरिम आदेश माग

    अदालत पुगेको माधव पक्षको रिट आज दर्ता भएन, सांसदबाट नहटाउन अन्तरिम आदेश माग

    काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेता आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर गएका छन् ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    रिट निवेदन लिएर नेपालपक्षका वकिलहरू सर्वोच्च अदालत पुगे पनि अदालत प्रशासनले समय नभ्याउने भन्दै बुधबार रिट दर्ता गरेन । अध्ययनका लागि समय लाग्ने भएकाले दर्ता नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेको छ ।

    त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

    रिट निवेदनमा वैशाख १० गते नै एमालेको अर्को बैठक राखिएकोले सो बैठकबाट थप कारवाही गर्ने र त्यही आधारमा निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको किनारा नलागेसम्म सबै कारवाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

    एमालेले यी पाँच नेतासहित २७ जना सांसदलाई स्पष्टीकरण माग गरेको छ । फ्लोर क्रस गरेर सरकार ढाल्ने सहमति शेरबहादुर देउवा र प्रचण्डसँग गरेको जानकारी पाएपछि अध्यक्ष तथा संसदीय दलका नेता अ‍ोलीले सांसद पदबाट किन कारवाही नगर्ने ? भन्ने व्यहोरोका स्पष्टीकरण मागेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले माधव नेपाल पक्षले अदालत गुहारेको हो ।

  • योगेश भट्टराई बालुवाटारमा, उदार मनका साथ संवाद गर्दै पार्टी जोगाउन आग्रह

    योगेश भट्टराई बालुवाटारमा, उदार मनका साथ संवाद गर्दै पार्टी जोगाउन आग्रह

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न सुझाव दिएका हुन् ।

    भेटपछि नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने- ‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु । एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा राखेको छु ।’

    भट्टराईले नेताहरूसँग संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला गरेको ठाउँबाट अघि बढ्न आग्रह गरेका छन् । उनले पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन् ।

    भट्टराईले भने, ‘हिजो दुवै पक्षबाट हुन नहुने खालका तीतामीठा काम भएका छन् । तर आज तपाईंसँग जुन जिम्मेवारी छ त्यसमा तपाईंले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्, संवाद गर्नुस् भनेको छु । उहाँले मेरो तर्फबाट भूमिका खेल्छु, सबैलाई पार्टीमा स्वागत छ । आउनुस् काम गरौं भन्नुभएको छ ।’

    भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेका थिए । भट्टराई पछिल्लो समय निरन्तर पार्टी विभाजन हुन नदिन सक्रिय छन् ।

  • कारवाही रोक्न माग गर्दै माधव नेपाल पक्ष ओलीविरुद्ध सर्वोच्च अदालतमा

    कारवाही रोक्न माग गर्दै माधव नेपाल पक्ष ओलीविरुद्ध सर्वोच्च अदालतमा

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले सांसद पदबाट कारवाही गर्नेगरी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको छ ।

    एमालेले नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो । कानून व्यवसायीहरूसँगको छलफलपछि कारवाही प्रक्रिया रोकी पाउँ भन्दै सर्वोच्च अदालत जान लागिएको नेता बेदुराम भुसालले बताए ।

    ‘साथीहरूले यसको तयारी गरिरहनुभएको छ,’ उनले भने, ‘ सबै तयारी पूरा भएपछि आजै सर्वोच्च जान्छौं ।

    नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले उत्प्रेषणको आदेशबाट ओलीको कारवाही प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिने तयारी भइरहेको नेपाल प्रेसलाई बताए ।

    एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत गएको हो ।

  • माधव नेपाललाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्काशन गनुपर्छ : कर्ण थापा (भिडियाे)

    माधव नेपाललाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्काशन गनुपर्छ : कर्ण थापा (भिडियाे)

    काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले ६ महिनाको निष्काशनले मात्रै नपुग्ने भन्दै पार्टीबाटै निस्काशन गर्नुपर्ने जिकिर गरेका हुन् ।

    ‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन, उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ,’ थापाको भनाइ छ, ‘भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ । यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ ।’

    नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत थापाले लगाए ।

  • माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने

    माधव पक्षको बैठक : स्पष्टीकरणको कानूनी र राजनीतिक प्रतिवाद गर्ने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका सांसदहरूलाई सोधिएका स्पष्टीकरणको राजनीतिक र कानूनी प्रतिवाद गर्ने भएको छ ।

    अर्याल होटल बानेश्वरमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले सांसदहरुले व्यक्तिगत रूपमा स्पष्टीकरण बुझाउने तर राजनीतिक संघर्ष जारी राख्ने निर्णय गरेको हो । नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई हठात् रुपमा स्पष्टीकरण सोधिनु अराजनीतिक कदम भएको बताइन् ।

    ‘पार्टीको विभाजनको पक्षमा स्वयं पार्टी अध्यक्ष नै हुनुहुन्छ । निरन्तर उहाँ कम्युनिष्ट आन्दोलन र पार्टी एकता धराशयी बनाउन लाग्नुभएको छ । सांसदहरूलाई सोधिएको स्पष्टीकरण त्यसैको निरन्तरता हो’, झाँक्रीले पत्रकारहरूसँग भनिन् ।

    नेपाल पक्षले एमाले एकताको पक्षमा उभिएपनि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गरेका निर्णयहरू विधानविपरीत रहेकोले प्रतिवाद जारी रहने जनाएको छ ।

    ‘हामी हाम्रो स्पष्टीकरण दिन्छौं, कानूनी प्रतिवाद पनि गर्छौ र राजनीतिक रूपमा पनि नेतृत्वका गलत कदमविरुद्ध उभिन्छौं’, झाँक्रीले भनिन् ।

    अध्यक्ष ओलीले व्यक्तिगत रुपमा पत्र काटेर सोधेको पत्र स्पष्टीकरण दिन लायक नभएपनि स्पष्टीकरण नदिँदा प्रतिरक्षा नगरेको अर्थ जाने भएकोले पत्रको जवाफ बुझाइने झाँक्रीले जनाइन् ।

    सांसदलाई स्ष्टीकरण एमाले विभाजनको अर्को कदम

    सांसद र वरिष्ठ नेताहरुबीच भएको सामूहिक छलफलमा २८ गते यता पार्टी विभाजनका लागि ओलीले थुप्रै निर्णय गरिसकेको र सांसदलाई स्पष्टीकरण सोधेर विभाजनलाई थप कार्यान्वयन गरेको निष्कर्ष निकालेको सांसदहरुले बताएका छन्।

    ‘फागुन २८ गतेको निर्णयबाट नै ओलीले एमाले विभाजनको निर्णय गरिसक्नु भएको थियो,’ छलफलमा सहभागि सांसद वेदुराम भुसालले भने, ‘सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय विभाजनको कार्यान्वयन हो।’

    सांसद झपट रावलले स्पष्टीकरणका बारेमा छलफल भएको र तोकिएको समयभित्रै यथोचित जवाफ दिने निर्णय भएको बताए । ‘जुन स्पष्टीरकरणका नाममा हामीलाई सोधिएको छ,त्यसमा हामीले सामूहिक ढंगले छलफल गर्‍यौं,’ राववले भने, ‘त्यो पूर्व तयारीका साथ र रेडिमेट रहेछ । यसबारे कसरी जाने भन्ने ढंगले छलफल गर्‍यौं । र, तोकिएको समयभित्रै यसको यथोचित जवाफ दिने गरि हामी उठ्यौं ।’

    स्पष्टीकरणमा नेपाल पक्षले अलग पार्टी खोलेको आरोप लगाइएको छ। त्यसको पनि नेपाल पक्षले खण्डन गरेको छ। ‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष कमरेड केपी शर्मा ओली हो,’ रावलको भनाइ छ, ‘म केन्द्रीय कमिटीको सदस्य हो र त्यही पार्टीबाट निर्वाचित सांसद म पनि । हामीले नेकपा एमालेको घोषित लक्ष्य उदेश्य भन्दा बाहिर र नबौं महाधिवेशनले पारित गरेको विधि र विधान भन्दा कही पनि बाहिर गएका छैनौं ।’

  • माधव नेपाललाई ५ बुँदे पत्र: दुई दिनभित्र एमालेमा फर्किन अन्तिम मौका (पूर्णपाठ)

    माधव नेपाललाई ५ बुँदे पत्र: दुई दिनभित्र एमालेमा फर्किन अन्तिम मौका (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका चार नेतालाई एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको स-प्रमाण जवाफ आएमा सांसद पदबाट कारवाही नगरिने भन्दै दुई दिनभित्र जवाफ मागेका छन् ।

    यसअघि निलम्वनमा परिसकेका नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई पठाइएको ५ बुँदे स्पष्टीकरणमा एमालेको नाम,झण्डा र चिन्ह दुरुपयोग गरी अर्को दल सन्चालन गरेको आरोप लगाइएको छ ।

    कर्णाली प्रदेशसभा सदस्यलाई उचाल्दै फ्लोर क्रसजस्तो अनुशासनहीन र आपराधिक कार्य गराएकोले पार्टी र संसदीय दल परित्याग गरेको हुनाले ‘सांसद सदस्य पदबाट मुक्त किन नगर्ने ?’ भनी प्रश्न सोधिएको छ ।

    पत्रमा भनिएको छ, तपाईंलाई यसअघि पनि तपाईंका यस्तै क्रियाकलापहरूलाई लिएर स्पष्टीकरण सोधिएकोमा तपाईंले गल्ती महसुस गर्नुको सट्टा उल्टै मर्यादाहीन, झुठ्ठा र नसच्चिने उद्घोषसहितको उद्दण्ड जवाफ प्रस्तुत गर्नुभएको पृष्ठभूमिसमेत तपाईंलाई स्मरण गराउँदै यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’

    ओलीले नेपालमाथि नयाँ राजनीतिक दल खोलेको आरोपसमेत लगाएका छन् । दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारवाही हुने भनिएको छ ।

     
     
     
  • संवादहीनता र कारवाहीले एमालेको एकता जोगिदैन: गोकर्ण विष्ट

    संवादहीनता र कारवाहीले एमालेको एकता जोगिदैन: गोकर्ण विष्ट

    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले बिनाकारण सांसदहरूमाथि कारवाहीका घटना अघि बढाइएको भन्दै यस्ता कुराले पार्टी एकतामा गम्भीर संकट पैदा भएको बताएका छन् ।

    विष्टले मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै संवादहीनता र कारवाहीको बाटो कुनै पनि हालतमा समाधान हुन नसक्ने भनेका छन् । विष्टले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकतापूर्वका कमिटीहरू ब्युँताउनुपर्ने माग गरेका छन् ।

    विष्टले भनेका छन्, ‘एउटा इमानदार कार्यकर्ताको लागि पदीइ हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथि हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरू ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु ।

    विष्टलाई भने स्पष्टीकरण सोधिएको छैन ।

  • गोकर्ण विष्टसहित माधव पक्षधर ८ सांसदलाई किन सोधिएन स्पष्टीकरण ?

    गोकर्ण विष्टसहित माधव पक्षधर ८ सांसदलाई किन सोधिएन स्पष्टीकरण ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार मध्यराति २ बजेसम्म पनि बालुवाटारमा आफूनिकट नेताहरुसँग बसेर ‘फ्लोर क्रस’ गर्ने तयारीमा रहेका माधव नेपाल पक्षधर सांसदहरूको सूची बनाउँदै थिए ।

    उनले केही दिनयता लगातार माधव नपाल पक्षका धेरैजसो सांसदसँग टेलिफोन र भेटेरै कुराकानी गरेका थिए । स्पष्टीकरण माग्ने सूची बनाउने बेलासम्म पनि उनी कतिपय सांसदहरुलाई कित्ता प्रष्ट पार्न टेलिफोनमै आग्रह गरिरहेका थिए ।

    ‘अब माधव नेपालले अलग्गै पार्टी बनाइसक्नुभयो, एमालेबाट जितेको हुनाले तपाईंलाई अन्तिम मौका छ कित्ता प्रष्ट पार्नुस् । पार्टीको पक्षमा उभिने हो भने आउनुस् होइन भने बाटो लाग्ने त छँदैछ । अब पार्टीले यो अवस्था धेरै समय सहँदैन । ’ ओलीको भनाइ उदृत गर्दै माधव नेपाल पक्षका एक सांसदले भने ।

    प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३५ जना थिए । कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवालीसहित ३८ जना सांसद एमाले ब्युँतिदासम्म माधव नेपाल पक्षमा थिए । नेपाल पक्षकै लालबाबु पण्डित र शेरवहादुर तामाङ त्यसअघि नै संस्थापन पक्षमा लागेका थिए ।

    मंगलवार स्पष्टीकरण सोधिने सांसदहरुको सूचीमा नेपाल पक्षका ८ जना सांसदको नाम नदेखिएपछि सो समूहमै खैलाबैला मच्चिएको छ । त्यसमा प्रभावशाली नेता गोकर्ण विष्टको समेत नाम छैन ।

    नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढालाई स्पष्टीकरण माग्न आवश्यक नदेखिएको ओलीनिकट एक नेताले बताए । उनीहरूसँग प्रधानमन्त्रीले कुराकानी गरेपछि स्पष्टीकरण नमागिएको ती नेताको भनाइ छ ।

    नेपाल पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा ५ जना स्पष्टीकरणबाट जोगिएका छन् । बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोध्न आवश्यक नदेखिएको एमाले स्रोतले जनाएको छ ।

    पार्टीको पक्षमा उभिने अवस्थामा उनीहरूलाई उचित जिम्मेवारी दिइने ती नेताको भनाइ छ । स्पष्टीकरण सोधिएका अन्य सांसदले पनि एमालेको आधिकारिक निर्णयका पक्षमा उभिन आए उनीहरूलाई कारवाही नहुने मुख्य सचेतक विशाल भट्टराईले बताए ।

    स्पष्टिकरण नसोधिएका सांसदले यसबीचमा माधव नेपाल पक्षका समानान्तर गतिबिधिमा सहभागिता जनाएको खण्डमा कारवाही प्रक्रिया कुनै पनि बेला अघि बढाउन सकिने एमाले स्रोतले जनाएको छ ।

  • नेपालपक्षीय सांसदलाई प्रश्न- नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी किन खोलेको ? (पत्रसहित)

    नेपालपक्षीय सांसदलाई प्रश्न- नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी किन खोलेको ? (पत्रसहित)

    काठमाडौं । नेकपा (एमाले) ले नेता माधवकुमार नेपालपक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको छ ।

    संघीय सांसदलाई पठाइएको तीन पाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारवाही किन नगर्ने भनेर सोधिएको छ।

    पत्रमा भनिएको छ, ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

    कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

    पत्रमा सच्चिन अन्तिम मौका भएको भन्दै एमालेको पक्षमा आउने प्रमाण पेस गरेमा त्यसमा पुनर्विचार गर्न सकिने उल्लेख छ ।

    हेर्नुहोस् स्पष्टीकरण पत्र:

     

  • तपाईंलाई संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनासँग माग्यो स्पष्टीकरण (सूचीसहित)

    तपाईंलाई संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनासँग माग्यो स्पष्टीकरण (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले कांग्रेस-माओवादीबाट प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर साथ दिने जानकारीपछि माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

    सोमवारको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा विभिन्न आरोप लगाउँदै तपाईंलाई किन कारवाही नगर्ने ? भनी प्रश्न गरिएको छ ।

    प्रमुख सचेतक विशाल भट्टराई र एमाले कार्यालय सचिव ईश्वरी रिजालले स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेलमा पठाएका छन् । कतिपयलाई संसदको पिजन होलमार्फत दिइएको छ ।

    एमाले सांसद झपट रावलले चार बुँदे आरोपसहितको स्पष्टीकरण आफूले इमेलबाट प्राप्त गरेको नेपाल प्रेसलाई बताए ।

    १) माधवकुमार नेपाल

    २) भीम रावल

    ३) सुरेन्द्र पाण्डे

    ४) घनश्याम भुसाल

    ५) पवित्रा निरौला

    ६) झपट रावल

    ७) मेटमणि चौधरी

    ८) यज्ञराज सुनुवार

    ९) जीवनराम श्रेष्ठ

    १०) झलनाथ खनाल

    ११) विरोध खतिवडा

    १२) सोमप्रसाद पाण्डे

    १३) भवानी खापुङ

    १४) नारायण खतिवडा

    १५) जयकुमार राई

    १६) गणेश पहाडी

    १७) दिपकप्रकाश भट्ट

    १८) योगेशकुमार भट्टराई

    १९) हिराचन्द्र केसी

    २०) पुष्पाकुमारी कर्ण कायस्थ

    २१) कल्याणी खड्का

    २२) लक्ष्मीकुमारी चौधरी

    २३) सरलाकुमारी यादव

    २४) कृष्णलाल महर्जन

    २५) नीरादेवी जैरु

    २६) मुकुन्द नेउपाने

    २७) रामकुमारी झाक्री

    कर्णाली प्रदेशका सांसदः

    १) प्रकाश ज्वाला

    २) नन्दसिंह बुढा

    ३) कुर्मराज शाही

    ४) अम्बरबहादुर थापा

    ५) देवी ओली

  • एमालेले माधव नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई आजै स्पष्टीकरण पत्र पठाउने

    एमालेले माधव नेपाल पक्षका २७ संघीय सांसदसहित ३२ जनालाई आजै स्पष्टीकरण पत्र पठाउने

    काठमाडौं । पार्टी अनुशासन उल्लंघनको आरोपमा नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना प्रतिनिधिसभा सांसदसहित २७ जनालाई स्पष्टीकरण सोध्न लागेको छ । आजै उनीहरूलाई स्पष्टीकरण पत्र पठाइन तयारी रहेको पार्टी स्रोतले जानकारी दियो ।

    कर्णालीमा ‘फ्लोर क्रस’ गरेर एमालेका सांसदहरूले सरकारको पक्षमा मतदान गरेपछि अध्यक्ष केपी ओली माधव समूहप्रति आक्रामक बनेका छन् । कर्णालीको घटनामा केन्द्रकै नेताहरूलाई समेत जिम्मेवार ठहर्‍याएर उनीहरूलाई ‘अन्तिम स्पष्टीकरण’ सोध्न लागिएको हो ।

    माधव नेपाल पक्षका ३५ संघीय संसदमध्ये २७ जनालाई स्पष्टीकरण पत्र पठाउन लागिएको छ । स्पष्टीकरण सोधिने अन्य नेताहरू कर्णालीका छन् ।

    माधव नेपालसहित चार प्रमुख नेताहरूलाई यसअघि नै ६ महिने निलम्बनमा छन् । अब उनीहरुलाई त्योभन्दा कडा कारवाही हुने प्रधानमन्त्री केपी ओलीले हिजोको बैठकमा जानकारी दिएका थिए ।

    माधव नेपाल पक्षबाट कर्णालीमा अक्षम्य अपराध भएको उनको आरोप छ । अबको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए नेताहरुलाई पार्टीबाट निष्कासनसम्म हुन सक्ने बताइएको छ ।

  • माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइने

    माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइने

    काठमाडौं । नेकपा एमालेले गत पुसमा नेकपा विभाजनपछि बनेका कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रुपमा यथावत राख्ने भएको छ ।

    महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा पेस गरेको संगठनात्मक प्रस्तावमा ती कमिटीहरुलाई आम रुपमा यथावत राखिने उल्लेख छ ।

    नेकपाको विवादका बेला प्रचण्ड-माधव पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

    प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जानेक्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आम रुपमा यथावत राख्ने । ती कमिटीका अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।’

    सोमवारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहदै आएका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भएका छन् । यसअघि नै नेपाल पक्षधर नेताहरु लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत संस्थापन पक्षमा लागिसकेका छन् ।

    एमाले बैठकमा असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने कार्ययोजना महासचिव पोखरेलले पेस गरेका छन् । नेकपाबाट माओवादी नभई एमाले बनेका तत्कालीन माओवादी सदस्यहरू पनि अब एमालेको सदस्य स्वतः हुने भएका छन् ।

    जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीहरुको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने र जनवर्गीय संगठनहरूको पनि पुनर्गठन गर्ने योजना पेस भएको छ ।

  • प्रवासी नेपाली एकता मञ्च साउदीको कमिटी पुनर्गठन, अध्यक्षमा अमर श्रेष्ठ चयन

    प्रवासी नेपाली एकता मञ्च साउदीको कमिटी पुनर्गठन, अध्यक्षमा अमर श्रेष्ठ चयन

    रियाद । नेकपा एमाले निकट प्रवासी नेपाली एकता मञ्च साउदी अरेबियाको केन्द्रीय कमिटी पुनगर्ठन भएको छ । वैशाख ३ गते भर्चुअल माध्यममार्फत भएको भेलाको अध्यक्षमा अमर श्रेष्ठ सहित ४३ सदस्यीय कमिटी गठन भएको छ ।

    अमर श्रेष्ठको अध्यक्षता र बलराम गिरीको प्रमुख आतिथ्यतामा भएको उक्त भर्चुअल भेलामा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकहरु बिच परिचयात्मक कार्यक्रमको साथै नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको थियो ।

    श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त कमिटिमा ३ महिला सदस्य सहितको ४३ सदस्यीय कमिटि सर्वसम्मत चयन भएको हो । नव गठित कमिटीमा याम लामा सचिव, वरिष्ठ सल्लाहकार तथा राजदूतावास समन्वय प्रमुखमा बलराम गिरी, सल्लाहकारमा रमेश भण्डारी, प्रवक्तामा कृष्ण कार्की, श्रमिक समस्या तथा राजदूतावास समन्वय प्रमुखमा कमल प्रसाद खरेल, अनुशासन विभाग प्रमुखमा किशोर राई छन् ।

    साथै, आर्थिक विभाग प्रमुखमा अच्युत बोगटी चयन भएका छन् । सदस्यहरूमा राजेन्द्र खत्री, ॠषीराम भट्टराई, ओम घले, राम बहादुर क्षेत्री, बसन्त राई, रुद्र कुमार कार्की, रमेश गिरी, रूपक वाईवा, रमेश अधीकारी, राजिब रेग्मी, बिएस अधीकारी, नवराज थापा, बिष्णु घिमिरे, राम कार्की, नागेस तामाङ, अमृत घिसीङ, दल सुनुवार, भीम ठकुरी छन् ।

    थप सदस्यहरुमा नाथन शर्मा, तीलक पुन, खडगप्रसाद आचार्य, युवराज खड्का, दीपक अर्याल, राज खत्री, दीपक थापा, बिक्रम भण्डारी, विष्णुप्रसाद बरुवाल (सुवोध), राजेन्द्र कुमार न्यौपाने (डुबिन्द्र), खेम चन्द्र पुरी, योगेन्द्र प्रसाद कुईकेल, अर्जुन सिलवाल र मीनप्रसाद अधीकारी छन् ।

  • माधव नेपालसहित २० जनामाथि थप कारवाही हुने, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    माधव नेपालसहित २० जनामाथि थप कारवाही हुने, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    काठमाडौ । नेकपा एमालेले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता र प्रकाश ज्वाला लगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    सोमवार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिनेहरूमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित ५ जना लगायत छन् ।

    उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ । कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारवाही हुने अध्यक्ष ओलीले बताएका छन् ।

  • एमाले बैठक १० गतेसम्मलाई स्थगित, विधान सम्मेलन साउन अन्तिम साता

    एमाले बैठक १० गतेसम्मलाई स्थगित, विधान सम्मेलन साउन अन्तिम साता

    काठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्नेगरी स्थगित भएको छ ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

    सोही बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ । सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ ।

    बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजन र बिभागीय जिम्मेवारी तोक्नका लागि संगठन विभाग प्रमुख बिष्णु पौडेल,शंकर पोखरेल र टोपवहादुर रायमाझी रहेको कार्यदल गठन गरेको केन्द्रीय सदस्य बिशाल भट्टराईले जानकारी दिए ।

  • नेकपा विभाजनको बेला थपिएका केन्द्रीय सदस्य एमालेको राष्ट्रिय परिषद् सदस्यमा रुपान्तरण

    नेकपा विभाजनको बेला थपिएका केन्द्रीय सदस्य एमालेको राष्ट्रिय परिषद् सदस्यमा रुपान्तरण

    काठमाडौं । तत्कालीन नेकपा विभाजनको बेला केपी ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो ।

    पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते प्रचण्ड-माधव पक्षले कार्की वैंक्वेटमा अलग्गै बैठक राखेको थियो । सोही दिन बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।

    सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएसँगै ती केन्द्रीय सदस्यहरू के हुने भन्ने अन्योल थियो । अब उनीहरू केन्द्रीय कमिटी र महाधिवेशनको बीचको एमालेको संरचना राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बन्ने भएका हुन् ।

    यो परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ ।

  • एमाले बैठकमा ओलीले भने- माधव नेपालको अपराध अक्षम्य, कडा कारवाही हुन्छ

    एमाले बैठकमा ओलीले भने- माधव नेपालको अपराध अक्षम्य, कडा कारवाही हुन्छ

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै यो अपराधमा क्षमा नहुने प्रष्ट पारेका छन् ।

    केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल लगायतका नेताहरूलाई थप कारवाही हुने जानकारी दिएका छन् ।

    बैठकमा ओलीले भने, ‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने, कांग्रेस लगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन हामी फ्लोर क्रस गर्नेछौं । यो सरकार तुरुन्त ढाल्नु पर्‍यो भन्ने रोदन गर्दै घर दैलो गर्न थालेका छन् । यस्ता अराजक,अस्थिर,अत्यन्त घातक देशद्रोही तथा कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारवाही गर्नेछ ।’

    अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालले कम्युनिष्ट आन्दोलनकाविरुद्ध आफ्नै पार्टीको सरकारविरुद्ध अपराधिक कर्म गरेको र उनीहरूको प्रवृत्ति नै भ्रष्टाचारी रहेको बताए ।

    माधव नेपालले समानान्तर कमिटी बनाउने र कर्णालीमा फ्लोर क्रस गराउनेसम्मको अपराध गरेकाले इतिहासको कलंकको टीका प्रचण्ड र माधव नेपाललाई लगाउने ओलीले बताए ।

    ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘केपी ओलीलाई घोक्र्याउँछौं, धुलौ चटाउँछौं, भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन् ।’

    सती प्रथा अन्त्य भएपनि आज माधव नेपालहरु अर्काको पतिका लागि सति गइरहेको टिप्पणी ओलीले गरेका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरूलाई फाँसी चढाउने ऐतिहासिक अपराध माधव नेपालले गरेको आरोप लगाए ।

    ओलीले भने, ‘पत्रकार महासंघको चुनावमा प्रेस चौतारीको विरुद्ध ११ संगठन मिलेर हराएछन् अनि के पी ओलीलाई सबक सिकायौं भन्दै फेरि लड्डु बाँडे रे । महासंघ जितेर के भयो ? के उपलब्धि प्राप्त गरे बुझ्न सकिएन ।’

    एमालेसँग एक्ले लड्ने हिम्मत नभएपछि प्रचण्ड माधवहरु ४ पार्टी मिलेर एमालेलाई चौथो बनाउँछौं भन्दै हिँडेको ओलीले बताए ।

    ओलीले भने, ‘एक्लै त सक्दैनौ तिमीहरू । हामी जिते दुई तिहाई ल्याउँछौं हारे बहुमत ल्याउँछौं । प्रचण्ड र माधव नेपाल अबको चुनावमा कहाँबाट लड्ने हो ? सांसद कसरी हुने हो। चुनाव पछाडि गठबन्धन बनाउन पनि कोही आउने छैनन् । त्यही भएर चुनाव तपाईंहरूका लागि प्रतिगम नै हो ।’

  • तस्बिरमा हेर्नुस् एमाले महाधिवेशन आयोजक कमिटी बैठक

    तस्बिरमा हेर्नुस् एमाले महाधिवेशन आयोजक कमिटी बैठक

    काठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश भएको छ । बैठकमा महासचिवको सांगठानिक प्रतिवेदन पनि पेश हुने तयारीमा रहेको छ ।

    बैठकमा माधव नेपाल पक्षका सोम मिश्र, बिष्णु रिजाल लगायतका नेता पनि सहभागी भएका छन् ।

    यस्ता छन् बैठकका एजेण्डा :

    १) राजनैतिक प्रतिबेदन
    २) संगठनात्मक प्रस्ताब र केन्द्रिय सदस्यहरुको कार्य बिभाजन
    ३) अनुशासनको कार्बाही
    ४) उप निर्वाचन
    ५) प्रदेश सरकारहरुको बारेमा
    ६) केन्द्रीय कार्यालयको व्यवस्थापन
    ७) समसामयिक प्रस्ताब

    
    
     
      

    तस्बिरहरु : राजन काफ्ले, प्रधानमन्त्रीको सचिवालय।