Tag: नेकपा एमाले

  • एमाले बैठकमा ओलीको ब्रिफिङ- हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ

    एमाले बैठकमा ओलीको ब्रिफिङ- हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    ओलीले भने, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

    ओलीले सर्वोच्च अदालतका पछिल्ला अदेशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको बताए ।

    उनले भने, ‘हिजो आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो । दलका सदस्यलाई अनुशासनको कारवाही गर्न पाइँदैन भनियो । के हुँदैछ बुझ्नुपर्छ ।’

  • यी दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो एमाले बैठक बहिष्कार

    यी दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो एमाले बैठक बहिष्कार

    काठमाडौं । एक दिनको परिभाषा नमिल्दा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको छ ।

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी क्रियाशील गराइए पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नभएको तर्क नेपाल पक्षको छ ।

    माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बीहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको बैठकले गरेका दुई बुँदे निर्णय सार्वजनिक भएको छ । जसमा सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्‍याएको उल्लेख छ ।

    बैठकको निर्णयमा भनिएको छ, ‘पार्टी विधानविपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

    माधव पक्षको बैठकले गरेको दोस्रो निर्णयमा एमालेलाई एकताबद्ध रूपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता र सहमतिको प्रक्रिया अवलम्वन गरिनुपर्ने उल्लेख छ ।

    आवश्यक तहको सहमति तथा स्थायी कमिटी बैठकमा आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने नेपाल पक्षको लिखित निर्णयमा उल्लेख छ ।

    आवश्यक तहको सहमति भन्नाले केपी ओली र माधव नेपालबीच वार्ता भएर त्यस आधारमा मात्र बैठक बोलाउनुपर्छ भन्न खोजिएको नेपाल पक्षका एक नेताले बताए ।

    नेपाल पक्षले २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा बसेको केन्द्रीय कमिटी बैठकपछि मात्र समावेश गरिनुपर्ने सर्त राखेको छ ।

    त्यस्तै रामबहादुर थापा बादलसहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका नेताहरूलाई पनि एमालेको जेठ २ को बैठकपछि मात्र कमिटीमा सामेल गर्न सकिने नेपाल पक्षको भनाइ छ ।

  • पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह, केन्द्रीय कमिटी बैठक रोक्न माधव पक्षको अडान

    पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह, केन्द्रीय कमिटी बैठक रोक्न माधव पक्षको अडान

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा विहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको छ ।

    अध्यक्ष ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान नेता नेपाललाई आग्रह गरेको स्रोतले बताएको छ । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच बुधबारदेखि नै निरन्तर छलफल भएको थियो । यसबीचमा हिजो बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

    माधव पक्षको बैठकपछि पनि दुवै पक्षका नेताहरू छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । दोस्रो तहका तहका नेताहरूकै आग्रहमा ओली र नेपालबीच संवाद भएको हो ।

    माधव पक्ष पूर्वमाओवादीबिनाको २०७५ जेठ २ को बैठक नबोलाइएको र अझै पनि राजनीतिक विषयमा सहमति भइनसकेकोले आफूहरूको सहमतिबिना एकतर्फी बैठक बोलाइएको भन्दै सहभागी नहुने अडानमा छ । संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका आफ्ना कार्यदलका सदस्यमार्फत नेता नेपालले बैठक पर सार्न आग्रह गरेका छन् । बैठकको मिति सारेर निकास खोज्न नेपाल पक्षधरका नेताहरूले अन्य नेतामार्फत पनि केपी ओलीलाई सन्देश पठाएका छन् ।

    यसैबीच केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाएका छन् ।

    आज बिहान ११ बजे बालुवाटारमा तय गरिएको बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उनीहरूको पद तोकेर पत्र पठाइएको कार्यालय सचिव तामाङले नेपाल प्रेसलाई बताए ।

    यो बैठक माधव नेपाल पक्षको माग र सर्वोच्चको आदेशपछि महाधिवेशन आयोजक कमिटी भंग गरेर बोलाइएको हो । बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम भने सकारात्मक रहेको बताइएको छ ।

    एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटी बैठक डाकेको हो ।

  • शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

    शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ ।

    बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

    जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो ।

    संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ को बैठकनै डेडलाइन हुने बताएको छ । नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ ।

    माधव पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए ।

  • माधव नेपाललाई कर्ण थापाको सुझाव- बलियो एमाले बनाउन अब अलमल नगरौं

    माधव नेपाललाई कर्ण थापाको सुझाव- बलियो एमाले बनाउन अब अलमल नगरौं

    कैलाली । नेकपा एमाले सुदूरपश्चिमका नेता कर्ण थापाले माधव समूहलाई पार्टीमै रहन आग्रह गर्दै यसैमा हितकर हुने सुझाव दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले बुधबारको बैठकले पार्टीभित्रको सबै तिक्तता हटाएको बताएका छन् ।

    ‘नेकपा एमालेको एकताको बारेमा धेरै चर्चापरिचर्चा भए, छलफल र बहसहरू भए । थुप्रै सर्तहरू राखिए र आधारहरू पनि तयार पारिए ’उनले लेखेका छन् ‘हिजोको बैठकले अहिलेसम्मका सबै छलफल र प्रयासहरूको निचोड निकालेको छ ।’

    बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।

    अब अलमल गर्न नहुने थापाको तर्क छ । उनले भनेका छन् , ‘नियतमा खोट छैन भने अब अलमल गर्नु वुद्धिमत्तापूर्ण हुँदैन । एमालेमा रहने, एमालेभित्रै स्वस्थ्यताका साथ सही मूल्य र मान्यताका लागि सङ्घर्ष गर्ने बाटो नै सुगम, सहज, देश, जनता र पार्टीको लागि हितकर हुनेछ । प्रतिशोध र पूर्वाग्रहलाई त्यागौँ । देश र जनताको लागि अझै बलियो नेकपा एमाले बनाउन अग्रसरता लिऔँ ।’

  • असार १८ एमाले एकताको डेडलाइन, बैठकमा आउनेलाई समेटेर अघि बढ्ने तयारी

    असार १८ एमाले एकताको डेडलाइन, बैठकमा आउनेलाई समेटेर अघि बढ्ने तयारी

    काठमाडौं । नेकपा एमालेको पुनर्मिलनका लागि असार १८ गते ‘अन्तिम डेडलाइन’ हुने भएको छ । २०७५ जेठ ३ अघिकै पदीय हैसियतमा माधव नेपाल पक्षलाई बोलाइएको बैठकमा सहभागी नभएमा त्यहि दिनबाट एकताका औपचारिक प्रयासलाई विश्राम दिइने अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेका छन् ।

    बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग हुनुअघि बसेको बैठकमा अध्यक्ष ओलीले एकताका लागि हदैसम्म लचिलो र अपमानित भएर आफूले पहल गरेको भन्दै अब पनि बैठकमा नआए पर्खेर नबस्ने बताएका थिए ।

    माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुसँगका चरणबद्ध अनौपचारिक छलफलपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कमिटीहरु ब्युँताएर बोलाइएको बैठकमा नेपाल पक्ष सहभागी नभए एमाले एकता नामको हालसम्मको प्रक्रियालाई च्याप्टर क्लोज गरिने नेताहरुले बताएका छन् ।

    बैठकमा सहभागी एक नेताले भने- जेठ १८ गतेको बैठक नै एमाले सग्लै मिल्ने कि नमिल्ने भन्ने कट अफ डेट हुने देखियो । अध्यक्षको आशय पनि त्यो बैठकमा पनि माधव नेपाल आएनन् भने एकताका नाममा थप समय खेर नफाल्ने भन्ने नै रह्यो । पार्टीलाई गतिहीन बनाएर एकताका नाममा बन्धक राख्नु हुन्न भन्ने नै बैठकको स्पिरिट हो । त्यो बैठकमा नआएमा एमाले अघि बढ्छ ।

    सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई कारवाही गर्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको निर्णयमाथि प्रश्न उठाएपछि अदालतको आदेशको समेत सम्मान गर्दै एमालेले केन्द्रीय कमिटी ब्युँताएको छ । माधव पक्षको माग पनि सम्बोधन हुने र अदालतको आदेशको पनि पालना हुने अर्थमा यो निर्णयलाई लिइएको छ ।

    यद्यपी एमालेभित्र माधव नेपाल कुनै पनि हालतमा अब फर्किदैनन् भन्ने निष्कर्ष नेताहरुले निकालिसकेका छन् । नेपालसँग जोडिएका नेताहरुलाई फर्किनका लागि सहज वातावरण बनाइदिन २०७५ जेठ २ अघिकै हैसियतमा बैठक आह्वान गरिएको हो ।

    यद्यपी माधव पक्षले जेठ २ अघिको बैठक बसेर त्यस बैठकले एकता प्रक्रियामा समेटिएका माओवादी नेताहरुलाई समेत थप्न सकिने भनिरहेका छन् । अहिले दुवै पक्षका नेताहरुबीच चलिरहेको वार्ता पनि कुन प्रक्रियाबाट बैठक बस्ने र कसरी सम्बोधन गर्ने भन्नेमै केन्द्रित रहेको छ ।

    त्यसो त वार्तामा बसेका माधव पक्षका दोस्रो तहका नेताहरुको भूमिकामाथि समेत नेपाल समूहमै संशय व्यक्त गरिएको छ । माधव नेपालसँग लामो समयदेखि निकट रहेका नेताहरुले वार्ताले आफूहरुको भावना प्रतिनिधित्व नगर्ने बताइरहेका छन् ।

    रघुजी पन्त, बेदुराम भुसाल, भीम रावल, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, राजेन्द्रकुमार राई, विजय पौडेल लगायतका नेताहरुले जेठ २ मा फर्किदैमा एमाले मिल्न नसक्ने भनिरहेका छन् । त्यसमाथि पनि ओलीले बोलाएको बैठकमा जेठ ३ गते थपिएका एमाले र माओवादीबाट एमाले भएकाहरुलाई समेत बोलाइएकाले जान नहुने मत राखेका छन् ।

    एमाले उपमहासचिव तथा वार्तामा निरन्तर रहेका नेता बिष्णु पौडेलले भने अब पनि बैठकमा नआउने हो भने माधव नेला पक्षको अर्घेलो बाहेक केही पनि नदेखिने बताएका छन् । उनले अब सबैको हैसियत जेठ २ अघिको एमालेको फर्किएको भन्दै यो मौकालाई एकताको पक्षमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

    माधव नेपाल पक्ष बैठकमा सहभागी हुने वा नहुनेबारे दुबिधा छ । यसबारे छलफल गरेर निर्णय लिन बिहीबार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । बुधबार राति अबेरसम्म दुवै पक्षका नेताहरु एकता वार्तामा समेत सहभागी रहे ।

    माधव नेपाल विपक्षी गठबन्धन छाडेर एमालेमा फर्किन नसक्ने अवस्थामा पुगेकाले अब नेपाल समूहमा रहेका को-को नेता बैठकमा आउछन् भन्ने मात्र बाँकी रहेको एमाले नेताहरु बताउछन् । माधव नेपालसहितको टिम बैठकमा आए तल्ला संरचना र जनवर्गीय संगठनहरुलाई पनि जेठ २ मै फर्काउन सकिने र त्यसका लागि कार्यदल गठन हुनेछ ।

    यदि नेपाल पक्ष नआएमा एमाले अहिलेकै संरचनाबाट अघि बढ्नेछ । मात्र एमालेको कमिटीगत संरचना महाधिवेशन आयोजक कमिटीबाट केन्द्रीय कमिटीका रुपमा सन्चालन हुनेछ । त्यसले एकातिर अदालतको आदेश पालना हुनेछ भने अर्कोतिर अब अनुशासन उल्लंघनमा भएको कारवाहीले वैधानिकता पाउनेछ ।

  • केन्द्रीय कमिटी बैठकमा आउन अप्ठ्यारो मान्नु पर्ने कारण छैन, हामी पूर्व हैसियतमा फर्केका छौं: विष्णु पौडेल

    केन्द्रीय कमिटी बैठकमा आउन अप्ठ्यारो मान्नु पर्ने कारण छैन, हामी पूर्व हैसियतमा फर्केका छौं: विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

    पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी व्युँताएको अवस्थामा सबै नेताहरू तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताएका हुन् । माधव नेकपालहरू बैठकमा आउने विश्वास जनाउँदै पौडेलले भने, ‘केन्द्रीय कमिटीको बैठकमा आउनका लागि उहाँहरुले अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । आजका मितिदेखि कारबाहीका प्रसंग पनि सकियो । र स्वभाविक रूपमा पूर्व हैसियत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा अगाडिको अवस्थाबाट, अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । त्यसकारणले म आशा गर्छु उहाँहरू आउनुहुनेछ ।’

    अर्थमन्त्री पौडेलले दायराभन्दा बाहिर पुगिसकेको अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताए । पौडेलले भने, ‘‘पार्टीलाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठुलो पीडा सहेरपनि सम्वादको निम्ति, सहकार्यको निम्ति, एकताको निम्ति प्रयास गरिरहनुभएको छ । त्यही एकताको प्रयासको शिलशिला हो की हामी अहिले सबै जटिलताको बिचमा पनि समस्याहरुलाई समाधान गरौं, पार्टीको दायराभन्दा बाहिर पुगेको अन्र्तविरोधलाई पार्टीको दायरामा फर्काऔँ । पार्टी भित्रै बसेर समस्या समाधान गरौँ र पार्टीलाई एकतावद्ध गरेर लिएर जाऊँ । पार्टी अब पार्टी निर्णयको आधारमा चल्छ । व्यक्ति स्वेच्छाचारी ढंगले चल्दैन । पार्टीको निर्णयको आधारमा, पार्टीको निर्देशनको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गरौँ भन्ने सोचका साथमा अब हामी नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठक बस्छौँ ।’

    कुनै खास कालखण्डमा दलको सदस्य निर्दलीय हुन्छ भनेर संविधानको गलत व्याख्या गर्न खोजिएको पौडेलको टिप्पणी छ । ‘संविधानको गलत व्याख्या पनि गर्न खोजिएको छ । हाम्रो संविधानले निर्दलीयतालाई सम्पूर्णरूपले अस्वीकार गर्छ । यो बहुदलीय लोकतान्त्रिक प्रणालीमा आधारित संविधान हो । यहाँ दलको सदस्य स्वतन्त्र हुन्छ, कुनै खास कालखण्डमा स्वतन्त्र हुन्छ भन्ने हिसाबले गलत व्याख्या गर्न खोजिएको छ, नेता पौडेलले भने, ‘ दलको सदस्य निर्दलीय हुन्छ भन्न खोजिएको छ । त्यो गलत कुरा हो । दलको सदस्य कहिल्यै पनि निर्दलीय हुँदैन । कहिले पनि स्वतन्त्र हुँदैन । दलको अनुशासनमा हुन्छ । यो संवैधानिक व्यवस्था अन्र्तगत निर्दलीय अभ्यास गर्ने कुरा कुनैपनि हालतमा उचित हुन सक्दैन ।’

  • माधव नेपालको गुनासो- म के हुँ भनेर भन्न पनि बडा गाह्रो छ अहिले (भिडियो)

    माधव नेपालको गुनासो- म के हुँ भनेर भन्न पनि बडा गाह्रो छ अहिले (भिडियो)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुनै पनि अवस्थामा आफूले मूल्य-मान्यताको राजनीति नछाड्ने प्रतिबद्धता जनाएका छन् । संसारमा कुनै पनि प्रणाली सहज नहुने अनुभव सुनाउँदै उनले एक हदसम्म मात्र ‘एडजस्टमेन्ट’गर्न सकिने बताए ।

    विपक्षी गठवन्धनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले भने, ‘सौभाग्यवस मैले ३ वटा संविधान निर्माणमा जोडिने अवसर पाएँ । मेरो अनुभव के छ भने सजिलो केही पनि छैन । घर-व्यवहार सजिलो छैन । पार्टी चलाउन सजिलो छैन । गाह्रो छ । त्यसैले जहिले पनि एड्जस्टमेन्ट गर्नुपर्ने हुन्छ । एड्जस्टमेन्ट गर्ने तहसम्म गर्ने हो । सीमा नाघेपछि विद्रोह हुन्छ ।’

    उनले थपे, ‘अहिले (अन्य नेताहरुलाई ईंगित गर्दै) उहाँहरूको भन्दा मेरो स्थिति अलि फरक छ । म के हुँ भनेर भन्न पनि बडा गाह्रो छ । गाह्रो छ नि । मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले होइन… होइन… होइन… अदालतको फैसलासम्म केही नगरौं भन्नु हुन्छ । कुरा ठीक पनि हो । त्यसैले हामी भनिरहेका छौं, जेसुकै भए पनि मूल्यको राजनीति गरौं ।’

  • महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा

    महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराएर पार्टी एकता कायम गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

    यसअघि पनि एकता वार्ताको लागि निरन्तर छलफलमा रहेका नेताहरू दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएर असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाइएपछि पुनः वार्तामा बसेका हुन् ।

    ललितपुरस्थित समिट होटलमा संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेल वार्तामा सहभागी छन् । माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।

    माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको भन्दै वार्तामा सहभागी नेता नेम्वाङले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूकै हैसियतमा सबैले आ-आफ्नो ठाउँबाट पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए ।

    यसअघि आयोजक कमिटी बैठक बस्नुभन्दा पहिले पनि पौडेल र भुसालबीच छलफल भएको थियो । नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।

    तर, नेपाल पक्षकै कतिपय नेताले भने फेरि पनि जालझेल गर्न खोजिएको र जेठ २ अघिको बैठक बसेर अरुलाई थप्नुपर्नेमा ओलीले झुक्याउन सक्ने आशंका गरेका छन् । नेपाल पक्ष पनि बैठकमा सहभागिता जनाउने वा नजनाउनेबारे आन्तरिक छलफलमा छ ।

  • एमाले केन्द्रीय कमिटी बैठकमा सहभागिताबारे माधव नेपाल पक्ष आन्तरिक छलफलमा

    एमाले केन्द्रीय कमिटी बैठकमा सहभागिताबारे माधव नेपाल पक्ष आन्तरिक छलफलमा

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग गरी अध्यक्ष केपी शर्मा ओलीले विहीबार डाकेको केन्द्रीय कमिटीको बैठकमा भाग लिने कि नलिने भन्ने सन्दर्भमा सामूहिक धारणा तय गर्न माधव नेपाल पक्षका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

    बुधवार सम्पन्न महाधिवेशन आयोजक कमिटीले सर्वोच्च अदालतको आदेश र माधव समूहको माग बमोजिम २०७५ जेठ २ कै केन्द्रीय कमिटी र त्यसपछि एकतामा समाहित भएका नेताहरूसहितको बैठक बोलाउने निर्णय गरेको छ ।

    अबको बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीकै हैसियतमा माधव नेपाल पक्षका नेताहरुलाई सहभागी हुन आह्वान गरिएको छ । महाधिवेशन आयोजक कमिटी भंग भएसँगै नेपालसहित ११ जना विघटित प्रतिनिधिसभा सदस्यहरुमाथि गरिएको कारवाही पनि निष्क्रिय भएको छ ।

    माधव नेपाल पक्ष भने असार १८ गते बोलाइएको केन्द्रीय कमिटीमा सहभागिताको सन्दर्भमा धारणा बनाउन आन्तरिक छलफलमा जुटेको एक नेताले बताए । नेपाल निकट नेता गोकर्ण विष्टले आफूहरू बैठकमा रहेको भन्दै थप प्रतिक्रिया दिन चाहेनन् ।

    नेपाल पक्षका केही नेता संस्थापन पक्षसँग निरन्तर संवादमा छन् । नेपालसहितका नेताहरुको कारवाही फुकुवा र २०७५ जेठ २ को अवस्थामा फर्किए पार्टी एकता हुने बताइरहेका बेला बुधवारको बैठकले पूर्ववत कमिटीमा फर्किने निर्णय गरेको छ ।

    तर, नेपाल पक्षले भने जस्तो जेठ २ अघिको कमिटी नभई एमालेबाट नेकपा एकताको बेला थपिएका ४१ जना र नेकपा एकतापछि एमालेमा समाहित भएका पूर्व माओवादीका २३ जना केन्द्रीय सदस्यसहितको बैठक बोलाइएकाले नेपाल पक्षले त्यो बैठकमा सहभागिताबारे निर्णय गर्न बाँकी छ ।

  • ओलीको आरोप- विरोधीसँग साँठगाँठ गरेर एमालेमा अस्थिरता ल्याउन खोजे (भिडियाे)

    ओलीको आरोप- विरोधीसँग साँठगाँठ गरेर एमालेमा अस्थिरता ल्याउन खोजे (भिडियाे)

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरू भएको बताएका छन् ।

    आज बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको टिप्पणी गरेका छन् । अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको उनको आरोप छ ।

    ‘सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरू भयो । पदीय आकांक्षाका लागि । अस्वस्थ्य पदीय आकांक्षाका लागि । जालझेल, षडयन्त्र, तिकडमबाट ,पार्टीभित्रको अस्वस्थ्य गुठबन्दीबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशिल भए’, बैठकमा ओलीले भने, ‘त्यसले पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । २ बर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरू भयो । त्यो खेल अब विरोधीहरूसँगको साँठगाठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुदै आए ।’

    पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको ओलीले स्मरण गरे ।

    बैठकमा ओलीले पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद विघटन गरेको उल्लेख गरे । प्रतिनिधिभा पुन:स्थापनापछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि उनले चर्चा गरे ।

    ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण सरकार जनतामा लोकप्रिय हुँदै गएको ओलीको दावी छ ।

    ‘योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन बढी लोकप्रिय हुदै अगाडि बढिरहेको छ ‘, उनको भनाइ थियो ।

  • केन्द्रीय समितिमा नरहेका पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता पनि अटाए

    केन्द्रीय समितिमा नरहेका पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता पनि अटाए

    काठमाडौं । नेकपा एमालेले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो ।

    आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको स्थायी मिति सदस्य बनेका छन् । उनीहरू केन्द्रीय सदस्य भने रहने छैनन् ।

    यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।

  • झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने

    झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने भएको छ ।

    राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने जानकारी गराएका हुन् ।

    मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

  • एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय

    एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

    बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

    महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो जानकारी दिएका हुन् ।

    नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

    यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

  • एमाले बैठकमा गण्डकी प्रदेश अध्यक्ष विश्वकर्माले मागे शिक्षामन्त्री श्रेष्ठको राजीनामा

    एमाले बैठकमा गण्डकी प्रदेश अध्यक्ष विश्वकर्माले मागे शिक्षामन्त्री श्रेष्ठको राजीनामा

    काठमाडौं । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले जातीय विभेद गर्ने सरस्वती प्रधानलाई लिफ्ट दिएको आरोप लागेका शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको जारी बैठकमा उनले एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई आफ्नो गाडीमा राखेर छुटाउन जानु अशोभनीय भन्दै राजीनामा माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    एमाले बैठकमा मन्त्री श्रेष्ठको आलोचना भएको छ । यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि श्रेष्ठले क्षमायाचना गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई सचेत गराए पनि बैठकमा यो विषय प्रवेश गरेको हो ।

  • जेठ २ मा फर्किने एमालेको औपचारिक निर्णय, केन्द्रीय कमिटी बैठक बिहीबार

    जेठ २ मा फर्किने एमालेको औपचारिक निर्णय, केन्द्रीय कमिटी बैठक बिहीबार

    काठमाडौं । नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

    माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो । यद्यपि, भोलीका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले जनाएका छन् ।

    १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ ।

  • माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ

    माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ

    काठमाडौं । एमालेको एकताका लागि वार्तालापहरू चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही दिन मौन बसे । छिन्नभिन्न बन्न लागेको एमालेलाई एकीकृत बनाउने अन्तिम प्रयासस्वरूप उनले आफूलाई ‘कुलिङ पिरियड’ मा राखेको अनुमान पनि गरियो ।

    तर, आज मदन भण्डारीको जन्मजयन्तीमा डेढ घण्टा लामो सम्वोधन गर्दा ओली जुनरूपमा प्रस्तुत भए, त्यसले एकताको सम्भावना निकै पर धेकेलिएको प्रतीत हुन्छ । कम्तीमा माधव नेपाल र केपी ओली एउटै पार्टीमा अटाउँदैनन् भन्ने प्रष्ट आभास ओलीको अभिव्यक्तिबाट भएको छ ।

    त्यसो त ओली र नेपालबीच पार्टीमा विवाद बढेसँगै तल्लो स्तरको आरोप-प्रत्यारोप चल्दै आएको हो । र पनि नेपाली राजनीतिमा नेताहरूबीच आज बाझाबाझ गर्ने र भोलि गम्लङ्ग अंगालो मार्ने आम प्रवृत्ति छ । त्यसैले माधव नेपाल अन्ततः एमालेमा फर्किन्छन् भनेर नेता-कार्यकर्ताको ठूलो पंति अझसम्म आशावादी थियो । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको समाचारले पनि उनीहरूमा थप आशाको सञ्चार गरेको थियो । तर, आजको आक्रमक भाषणले ओलीको बेग्लै मनस्थिति देखाएको छ । ओली र नेपाल दुवै पक्षले आदर्श मान्ने पार्टीका भूतपूर्व महासचिव मदनकुमार भण्डारीकै जन्मजयन्तीका दिन एकता पक्षधर पार्टी पंतिमा चिन्ता थपिएको छ ।

    त्यसो त वरिष्ठ नेता नेपालले आफू ओलीसँग मिल्न नसक्ने स्पष्ट संकेत बारम्बार गर्दै आएका हुन् । दुई दिनअघि मात्रै पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्री पदकै लागि अफर आएको तर आफूले विपक्षी गठवन्धनलाई धोका नदिने बताएका थिए ।

    ओलीबाट प्रधानमन्त्री पदको अफर आएको’ नेपालको अभिव्यक्तिले एमालेको संस्थापन पक्ष तरंगित बनेको थियो । प्रधानमन्त्री पद जोगाउनकै लागि साम दाम दण्ड भेद सबै उपाय लगाइरहेका ओलीले नेपाललाई यस्तो अफर गरेको कुरा पत्यारिलो त थिएन । तर, पनि पार्टी एकताका लागि हदैसम्म लचिलो भएर प्रस्ताव राखी पो हाले कि भन्ने संशय संस्थापनका नेता-कार्यकर्तामा व्याप्त थियो । आजको भाषणबाट ओलीले त्यसलाई चिरिदिएका छन्, त्यो पनि अत्यन्त कठोर भाषामा ।

    ओलीले भने, ‘माधव नेपालजस्तो मान्छेलाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

    उनी यतिमा मात्रै रोकिएनन् । उनले नेपाललाई ‘लाजसरम पचेको मान्छे’ को संज्ञासमेत दिए ।

    ‘उनले भने, ‘मान्छे यतिसम्म पनि पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, पार्टी सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने अनि आफूलाई एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजसरम पचेको मान्छे,’ ओलीले भने ।

    मदन भण्डारीको चर्चा गर्ने क्रममा पनि ओलीले नेपालमाथि विभिन्न आरोप लगाए । माधव नेपाल मदन भण्डारीको ‘विरोधी’ भएको उनको परोक्ष दावी थियो । मदन भण्डारीका लेखहरूको संग्रह प्रकाशित गर्दा वाचश्पति देवकोटालाई कारवाही गरेकोदेखि दासढुंगामा दुर्घटना भएको गाडीलाई संग्रहालयमा राख्न नदिएकोसम्म आरोप उनले नेपालमाथि लगाए ।

    ‘अहिले मदनको जन्मजयन्तीमा विज्ञप्ति निकालेर राजनीतिक फाइदा लिन मात्र खोजेका हुन्,’ ओलीले भने ।

    नेपाललाई प्रचण्डको पुच्छरको संज्ञा दिए । नेपाल भविष्यमा प्रचण्डको पार्टीमा मिसिनुको विकल्प नरहेको उनले दावी गरे ।

    निसानामा कांग्रेसदेखि सर्वोच्चसम्म

    ओलीले आजको सम्बोधनमा कसैलाई बाँकी राखेनन् । कांग्रेसलाई उनले प्रचण्डपथमा हिँडेको आरोप लगाए । कांग्रेसका एक प्रदेश सांसदले आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई ईंगित गर्दै उनले सो आरोप लगाएका थिए ।

    ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको ओलीले बताए । प्रचण्डको लहैलहैमा लागेर देउवाले पनि सरकारको कदमलाई ‘कु’ र प्रतिगमन भनेको उनले गुनासो गरे ।

    देउवालाई उनले प्रश्न गरे, ‘यदि जनतामा जानु कु हो भने १७ सालको लोकतान्त्रिक अभ्यास थियो ? माघ १९ के थियो ? उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

    केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोजेको आरोप ओलीले देउवामाथि लगाए ।

    विपक्षी गठवन्धनका अर्का नेता एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि ओलीले कठोर प्रहार गरे । जनयुद्धकालका जघन्य अपराधहरूलाई खोतल्दै उनले प्रचण्डलाई छेपारोको संज्ञा दिए । गणतन्त्रका लागि जनयुद्ध लडेर बैंक लुटेको, बच्चादेखि वृद्धसम्मको हत्या गरेको र अहिले आएर राष्ट्रपतिभन्दा राजा ठीक भन्न थालेको ओलीको आरोप थियो ।

    ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्ने, कहिले हाम्रा लोकतान्त्रिक छिमेकी देशहरू के हेरेर बसेका छन् किन हस्तक्षेप गर्दैनन् भन्ने, कहिले गणतन्त्र ल्याउने मै हुँ भन्ने र अहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्ने । छेपारोले रंग फेर्छ त ।’

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई पनि आलोचनामा ताने । सर्वोच्चमा समेत प्रचण्डपथ प्रवेश गरेको आरोप उनले लगाए ।

    सर्वोच्चमा हालै बहसका क्रममा एक अधिवक्ताले बोलेको विषयलाई उप्काएर प्रधानमन्त्रीले न्यायाधीसहरूमाथि प्रश्न उठाएका थिए ।

    अधिवक्ता रमण श्रेष्ठलाई ईंगित गर्दै उनले भने, ‘प्रचण्डको एउटा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने कुरा गर्दा न्यायमूर्तिहरूले किन रोक्न सक्नुभएन ? हिंसालाई प्रोत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्ना मुख सम्हाल्नुस भनेर न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नुहुन्न ? आश्चर्य लाग्छ ।’

    सर्वोच्चले गरेका फैसलाहरूको पनि ओलीले खुलेर आलोचना गरे । कानून एकातर्फ र सर्वोच्चको फैसला अर्कोतर्फ हुन थालेको उनको टिप्पणी थियो ।

    महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी नमान्ने अदालतको आदेशबारे उनले भने, ‘केन्द्रीय समितिका विभिन्न नाम हुन सक्छन् । जसलाई कार्यकारी अधिकार दिइएको छ, त्यही नै केन्द्रीय समिति हो । यति कुरा पनि बुझिँदैन ?’

    ओलीले फैसला जे आए पनि त्यसलाई स्वीकार्नुको विकल्प नरहेको बताए ।

  • ओलीको प्रश्न- सर्वोच्चमा राष्ट्रपति र प्रधानमन्त्री काट्ने कुरा हुँदा न्यायमूर्ति किन मौन बसे ?

    ओलीको प्रश्न- सर्वोच्चमा राष्ट्रपति र प्रधानमन्त्री काट्ने कुरा हुँदा न्यायमूर्ति किन मौन बसे ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायधिसहरु मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि विपक्षी गठवन्धनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठले गरेको बहसलाई ईंगित गर्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

    बालुवाटारमा आयाजित कार्यक्रममा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा गएको र सर्वोच्चमा पनि प्रचण्डपथ पसेको बताए । केही दिनअघि कांग्रेसका प्रदेश सांसदले नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएको प्रसंग उनले निकालेका थिए ।

    ओलीले भने, ‘प्रचण्डपथ यति व्याप्त भइसक्यो कि कांग्रेसले यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त नै बनाइसकेको छ । प्रधानमन्त्रीलाई मार्न नाथुराम गोड्से बन्न तयार छु भनेको प्रचण्डपथ नै हो ।’

    ओलीले थपे, ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्डपथको चर्चा हुन्छ । फ्रान्स र बेलायतमा किन काटिँदा रहेछन् त भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले जस्तो गर्दा रहेछन् र पो काटिँदो रहेछन् त भनेर प्रचण्डका एक कार्यकर्ताले बहस गरे । भनेको मतलब अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।’

    ‘आश्चर्य लाग्छ, सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । अदालतमा यस्तो कुरा गर्नुहुन्न विद्वान अधिवक्ताज्यू । आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर न्यायमूर्तिले त्यो सुझाव पनि राख्न सक्नुहुन र ?’ ओलीले प्रश्न गरे ।

  • ‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

    ‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।

    बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ओलीले यसो भने- ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’

    ओलीले अगाडि थपे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’

    प्रधानमन्त्री ओलीले  नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए ।

    उनले भने, ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।

  • ओलीले माधव नेपाललाई भने- लाजशरम पचेको मान्छे

    ओलीले माधव नेपाललाई भने- लाजशरम पचेको मान्छे

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसको पछि कुदेको आरोप लगाएका छन् । आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेपाललाई उनले ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए ।

    बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।

  • संसद सचिवालयलाई एमाले नेता भुसालको पत्र- मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस्

    संसद सचिवालयलाई एमाले नेता भुसालको पत्र- मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस्

    काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता गराएका छन् ।

    तत्काली नेकपाबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका भुसाल नेकपा विघटनपछि एमालेको माधव नेपाल पक्षमा क्रियाशील छन् । उनी स्थायी कमिटी सदस्य हैसियतमा नेपाल समूहको बैठकमा भाग लिइरहेका छन् ।

    सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि आफूहरु दलविहीन भएको भन्दै भुसालले आफू एमाले संसदीय दलमा नभई स्वतन्त्र हैसियतमा क्रियाशील रहने बताएका छन् ।

    भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न र आफूले पाउने तलब तथा सेवा सुबिधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोध गरेका छन् ।

    एमालेका सांसदको तलबबाट सचिवालयले लेवी कटाएर सिधै दलको खातामा पठाउने गरेको छ । आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को टिकटबाट निर्वाचित भएको र हाल सो दल नै नरहेकोले स्वतन्त्र हैसियत कायम राख्न भुसालले सचिवालयलाई पत्राचार गरेका छन् ।

    राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल लगायतका सांसद तत्काली नेकपाको टिकटबाट जितेका थिए ।

    यसैबीच संसद सचिवालयका एक अधिकारीले भने नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिको हकमा अदालतबाट अहिलेसम्म थप कुनै आदेश र फैसला नभएको तथा यसअघि सांसदहरुले आ आफ्नो दल रोजेका कारण के भुसालको निवेदनमा के गर्ने भन्ने टुंगो नलागेको बताएका छन् ।

  • माधवपक्षीय अनेरास्ववियूका अध्यक्षको आरोप- एमाले स्थायी कमिटी बैठक अवैधानिक

    माधवपक्षीय अनेरास्ववियूका अध्यक्षको आरोप- एमाले स्थायी कमिटी बैठक अवैधानिक

    काठमाडौं । माधव नेपाल पक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एमालेको आइतबार बसेको स्थायी कमिटी बैठक अवैधानिक भन्दै अदालतको आदेशको ठाडो उल्लंघन भएको आरोप लगाएका छन् ।

    स्थायी कमिटी बैठकले एमाले एकताको लागि थप निर्णय गर्नेका लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाएको छ ।

    विद्रोही एमालेको विद्यार्थी संगठनका अध्यक्ष पराजुलीले भने अदालतले नै महाधिवेशन आयोजक कमिटीलाई अवैध भएको दावी गर्दै ओलीले जनताको बहुदलीय जनवादवको सिद्धान्तलाई समेत अवमूल्यन गरेको आरोप लगाए ।

    पराजुलीले लेखेका छन्, ‘सर्वोच्च अदालतले नेकपा एमालेको जेठ २ गतेअघिको पार्टी संरचनालाई वैधानिकता दिईसकेपछि त्यसलाई ठाडो उल्लंघन र त्यो निर्णयलाई चुनौती दिँदै आज नेकपा एमाले स्थायी कमिटीको बैठक बसेको भन्ने कुरा अवैधानिक साथै लज्जास्पद र हास्यास्पद कुराको कुनै माने राख्दैन । आफैं भ्याकेटमा जाने आफैं न्यायलयको निर्णयलाई अस्वीकार गर्ने ?’

  • माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिँदै, जेठ २ मा फर्किएको घोषणा असार १६ मा हुने

    माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिँदै, जेठ २ मा फर्किएको घोषणा असार १६ मा हुने

    काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने भएको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ ।

    माधव नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी अध्यक्ष केपी शर्मा अ‍ोलीको छ ।

    सोही प्रयोजनका लागि आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकबाट एकताको लागि अन्तिम प्रयत्न गरिने स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपाल प्रेसलाई बताए ।

    रिमालले भने, ‘माधव कमरेडको कुरा त तपाईंहरूले भिडिओसहित सबैलाई जानकारी गराइहाल्नुभयो । तर, पनि पार्टीले उहाँहरूलाई एमालेमै रहनका लागि हदैसम्म लचिलो भएर सम्बोधन गर्छ । जेठ २ मा जाने भनेर अध्यक्षले आह्वान गरिसक्नु भएकै छ, महाधिवेशन आयोजक कमिटीको बैठकले थप निर्णय गर्छ ।’

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले थप निर्णय गर्न फराकिलो र उच्च तहबाट छलफल गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

    एमाले स्रोतका अनुसार आइतबारको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने निष्कर्ष सुनाएको एक नेताले बताए ।

    नेपाल आफैंले शनिबार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारिसकेका छन् । नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको ती नेताले बताए ।

    ती नेताले भने, ‘माधव नेपाललगायत उनीसँग रहेको एउटा टिम कुनै हालतमा एमालेमा फर्किदैन भन्ने निष्कर्ष रह्यो । तर, जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आह्वान गर्न लागिएको हो ।’

    बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । ओलीले सबै प्रयास गर्दा पनि माधव नेपाल विपक्षी गठबन्धनबाट फर्किने ठाउँमा नरहेको बताएका थिए ।

    बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले एमाले विभाजन गर्ने, आफ्नै पार्टीको सरकार विस्थापित गर्न प्रतिपक्षलाई काँधमा बाकेर आफ्नो पार्टी सिध्याउने कर्ममा माधव नेपाल लागिरहे पनि पार्टी एकताको आश अझै आफूहरूले नमारेको बताए ।

    उनले भने, ‘प्रतिपक्षलाई श्रेष्ठ बनाउने र एमाले विभाजन गर्ने सिमित नेताको चाहना होला, तर देभरका कार्यकर्ता र जनताको चाहना होइन त्यसैल हामीले अन्तिमसम्म एकताको पहल गर्छौं । अनुशासन उल्लंघनको हद पार गर्दा पनि पार्टीले सहेको छ,यो भनेको एकता नटुटोस् भनेरै हो ।’

  • एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाइयो

    एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाइयो

    काठमाडौं । नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

    स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको विषयमा समेत छलफल भएको बताइएको छ ।

    सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताए ।

    यसबारेमा थप केही निर्णय गर्नुपरे अब महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने उनले जानकारी दिए । माधव नेपाल लगायतका नेताहरुमाथिको कारवाहीको विषयमा समेत अब सोही बैठकले थप निर्णय गर्ने भएको छ ।

  • एमाले स्थायी कमिटी सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

    एमाले स्थायी कमिटी सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्थाबारे स्थायी कमिटी सदस्यहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

    स्थायी कमिटी बैठक नभनी नेताहरूसँग अनौपचारिक छलफल चलेको बालुवाटार स्रोतले जनाएको छ । छलफल जारी छ । स्थायी कमिटी सदस्यहरूसँगको छलफलपछि प्रधानमन्त्रीले सर्वोच्चको आदेशबाट पदमुक्त भएका एमालेका मन्त्रीहरूसहित छलफल गर्दैछन् ।

    पार्टीभित्र पछिल्लो विवाद र एकताको प्रयासका बारेमा पनि नेताहरूले जानकारी गराएका छन् । माधव नेपाल कुनै पनि हालतमा एमालेमा बस्न नचाहेको निष्कर्ष नेताहरूले सुनाएको स्रोतले जनाएको छ ।

  • ट्वीस्टमाथि ट्वीस्ट : सर्वोच्चको फैसलाका यी हुन् सम्भावित ‘साइड इफेक्ट्स’

    ट्वीस्टमाथि ट्वीस्ट : सर्वोच्चको फैसलाका यी हुन् सम्भावित ‘साइड इफेक्ट्स’

    काठमाडौं । पछिल्लो समय नेपालको राज्य सञ्चालनमा सर्वोच्च अदालत अभूतपूर्वरुपमा हावी भइरहेको छ । सर्वोच्चका आदेशहरुले राष्ट्रिय राजनीतिमा एकपछि अर्को ट्विस्ट ल्याइरहेका छन् ।

    आज सर्वोच्चले अर्को एउटा अहम् आदेश सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा दुईपटक गरेका पुनर्गठनलाई बदर गरिदियो । यससँगै २१ जना मन्त्रीहरु एकसाथ बहिगर्मनमा परेका छन् । ओलीसँग अब ५ सदस्यिय सानो मन्त्रीमण्डल छ ।

    सर्वोच्च अदालतको आदेश कति ठिक या वेठिक भन्ने बहसहरु जारी नै छन् । सरकार पक्षधरहरु सर्वोच्चसँग रुष्ट देखिएका छन् भने विपक्षीहरु खुशी मनाइरहेका छन् । जे भए पनि सर्वोच्चले नेपाली राजनीतिलाई निर्देशित गर्ने अवस्था आफैंमा सुरुचीकर होइन ।

    सतहीरुपमा सर्वोच्चको आदेशले मन्त्रिपरिषद्को साइज घटाएको छ । ५ जनाको सानो मन्त्रिपरिषद् कायम भएको छ । यद्यति, राजनीतिक हिसाबले यो आदेशका बहुआयामिक प्रभाव छन् ।

    १. पाँच जनाको काँधमा २१ मन्त्रालय

    संसद नरहेको अवस्थामा ओली नेतृत्वको सरकारलाई सर्वोच्चले ‘कामचलाउ’ मानेको छ । सर्वोच्चको आदेशअनुसार अर्को सरकार नबनेसम्म वर्तमान मन्त्रिपरिषद्मा विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहने छैन ।

    अब अर्को सरकार बन्नका लागि दुईवटा राजनीतिक कोर्स छन् । पहिलो वर्तमान सरकारले घोषणा गरेअनुसार चुनाव सम्पन्न भएर त्यसको परिणामका आधारमा नयाँ सरकार गठन हुने । दोस्रो, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय उल्टाइदिने र विपक्षी गठवन्धनले आफ्नो बहुमत सिद्ध गरेर वैकल्पिक सरकार बनाउने ।

    त्यतिञ्जेलसम्मका लागि यही पाँच सदस्यीय मन्त्रिपरिषद्ले देश चलाउनुपर्ने हुन्छ । अहिले सरकारमा २१ वटा मन्त्रालय छन् । अरु मन्त्री थप्न नपाउने भए पनि प्रधानमन्त्रीले मन्त्रीहरुको कार्यविभाजनमा हेरफेर चाहिँ गर्न सक्छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाएकोलाई अदालतले स्वीकार्नुले पनि यो पुष्टि हुन्छ ।

    अब ओलीले यी २१ वटा मन्त्रालय आफूसहित पाँच जनालाई बाँड्नुपर्ने छ । अथवा उनले हालका मन्त्रीहरुको जिम्मेवारी यथावत राखेर खाली भएका सबै मन्त्रालय आफ्नो मातहतमा राख्न पनि सक्छन् ।

    जुनसुकै अवस्थामा पनि सरकारको कार्यसञ्चालन सहज हुने छैन । मन्त्रालयमा राजनीतिक नेतृत्व अभाव हुँदा सचिवहरु हावी हुनेछन् । परराष्ट्र, सूचना तथा सञ्चार, स्वास्थ्य जस्ता मन्त्रालयहरुमा ‘डेडिकेटेड’ मन्त्री नहुँदा त्यसले सरकारको कार्यसञ्चालन नै प्रभावित हुन सक्छ ।

    २. सरकारले दुरगामी निर्णय लिन नसक्ने

    चुनाव घोषणा गरेर स्वतः कामचलाउ भएको सरकारले कुनै पनि दुरगामी निर्णय लिन नसक्ने भनेर विपक्षीहरुले सुरुदेखि आवाज उठाइरहेका छन् । सर्वोच्चको आदेशले उनीहरुको यस्तो आदेशलाई थप बल पुर्याएको छ ।

    ओलीले पूर्ण बहुमतकै सरकारसरह निर्धक्कसँग हरेक कामकारवाही र निर्णय गर्दै आएका थिए । कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने चौतर्फी दवावलाई उनले वेवास्ता गरे । संसद नरहेको अवस्थामा अध्यादेशमार्फत उनले ठूलो आकारको बजेट ल्याए । राजनीतिक नियुक्तीदेखि सरुवा-बढुवाका कामहरु पनि सरकारले नियमित तवरले गर्दै आएको छ ।

    सर्वोच्चको आजको आदेश मन्त्रिपरिषद् विस्तारमा मात्रै लक्ष्यित छ । सरकारका अन्य कामकारवाहीका विषयमा आदेशमा केही बोलिएको छैन । तथापि, यो आदेशको भित्री आशय कामचलाउ सरकारले दुरगामी निर्णय लिन सक्दैन भन्ने नै हो भनेर केही कानूनविदले अर्थ्याएका छन् । तसर्थ आगामी दिनमा राजननीतिक नियुक्त, सरुवा-बढुवा तथा अन्य महत्वपूर्ण निर्णय नलिन सरकारलाई नैतिक र संवैधानिक दवाव थपिएको छ ।

    ३. ओली-महन्थको लगनगाँठो छिन्यो, जसपाको विभाजन टर्ला ?

    जसपाको एउटा हिस्सा सरकारमा गएसँगै यो पार्टी विभाजनको संघारमा पुगेको थियो । अहिले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले एक-अर्कालाई कारवाही गरी निर्वाचन आयोगमा आधिकारिकताको लडाईं लडिरहेका छन् ।

    जसपा विभाजनतर्फ लम्किनुमा कुनै वैचारिक कारण छैन । पार्टीभित्रको एउटा समूह ओलीसँग नजिकिन थालेसँगै अर्को समूह रुष्ट बनेको थियो । अन्ततः पार्टी विभाजनको जोखिम मोलेरै महन्थ समूह ओली सरकारमा सामेल भयो । तर, एक महिना नपुग्दै सरकारबाट बाहिरिनुपर्दा यो समूहलाई गतिलै बज्रपात परेको छ ।

    सर्वोच्चको आदेश जसपालाई मेलमिलापतर्फ लैजाने प्रस्थानविन्दु पनि बन्न सक्छ । अहिले उपेन्द्र-बाबुराम ओलीविरोधि गठवन्धनमा र महन्थ-राजेन्द्र ओली सरकारमा रहेको दुईध्रुवीय अवस्था थियो । वैचारिक विवाद केही पनि नभएको कारण महन्थ समूह ओलीको छत्रछायाबाट निस्केपछि फेरि एकताको वातावरण बन्न पनि सक्छ ।

    ४. ओलीलाई एकताको थप दवाव

    सर्वोच्चले पछिल्लो समय प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को झट्का दिइरहेको छ । यो आदेश पनि उनका निम्ति अर्को एउटा ‘सेटब्याक’ हो । उनले निकै भाउ दिएर सरकारमा ल्याएको जसपालाई दुखी मनले बिदा गर्नुपर्ने भएको छ ।

    एक हिसाबले हेर्दा जसपा सरकारबाट बाहिरिँदैमा ओलीलाई प्रत्यक्ष हानी देखिँदैन । सानो मन्त्रिपरिषद्सहितको एमालेको एकल सरकार उनले चलाउन पाउने छन् । तर, जसपासँगको गठवन्धन तोडिनु भनेको ओली राजनीतिक रुपमा कमजोर हुनु हो । उनले अब एमालेभित्रै एकता खोज्न जोड गनुपर्ने हुन्छ ।

    एमालेमा माधव नेपाल पक्ष सर्वोच्चको फैसलाबाट खुशी देखिएको छ । सर्वोच्चले ओलीलाई अर्को एउटा थप्पड हानेको भनेर उनीहरु मुस्कुराइरहेका छन् । र, आगामी दिनमा ओलीसँग आफूहरुको बार्गेनिङ पावर बढ्ने यो पक्षमो प्रारम्भिक बुझाइ छ । एकपछि अर्को धक्का खाइरहेका ओलीले अब पार्टी एकताका निम्ति ठूलै त्याग गर्न सक्ने आशा पनि उनीहरुले रखेका छन् ।

    ५. फेरि एमालेको एकल सरकार

    २०७४ सालमा भएको संसदीय चुनावपछि तत्कालीन एमालेका अध्यक्ष केपी ओली माओवादीको समर्थनमा प्रधानमन्त्री बने । त्यो एमाले र माओवादीको गठवन्धन सरकारका रुपमा थियो । त्यसपछि यी दुई पार्टी एक भए र नेकपाको एकल बहुमतको सरकार बन्यो ।

    तर सर्वोच्च अदालतले नेकपाको एकता भंग गर्ने गरी फैसला सुनाएपछि फेरि एमाले र माओवादी बौरिए । अनि ओली सरकार फेरि दुई पार्टीको गठवन्धन सरकारमा परिणत भयो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फेरि एमालेको एकल सरकारका रुपमा रह्यो । फेरि जसपालाई सरकारमा भित्र्याएर ओलीले गठवन्धन सरकारको रुप दिए । अहिले जसपाका सबै मन्त्रीहरु बाहिरिएपछि एमालेको एकल सरकार कायम रहेको छ । यो सरकारमा जसपाको महन्थ ठाकुर पक्षले बाहिर बसेर समर्थन जनाउँछ जनाउँदैन आगामी दिनमा हेर्न बाँकी छ ।

    जसपा सरकारबाट बाहिरिँदा ओलीको शक्ति क्षय भएको देखिन्छ । तर, एमालेका मन्त्रीहरु मात्र हुँदा सरकार सञ्चालनमा उनलाई सहजता भने हुनेछ ।

    ६. एक महिनाको पनि तलव नखाइ २० मन्त्री बिदा

    राजनीतिमा लागेकाहरुको ठूलो मक्सद हुन्छ, मन्त्री बन्ने । त्यसैले त कामचलाउ सरकारमै भए पनि मन्त्रीको पदमा आसिन भएकाहरु प्रफुल्लित थिए । कहिले ढल्छ भन्ने टुंगो नभएको सरकारमा बसेर उनीहरु ठूला-ठूला योजना सुनाइरहेका थिए ।

    तर, उनीहरुले मन्त्रीका रुपमा एक महिनाको तलव पनि खान नपाउँदै खेदिनुपरेको छ । राजनीतिज्ञको मर्म बुझ्नेहरुकालागि यो एक कारुणिक दृष्य हो । विगतमा पटक-पटक मन्त्री खाइसकेका राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका लागि यो ठूलो कुरा नहोला । तर पहिलोपटक मन्त्रीको कुर्सीमा बसेकाहरु एक महिना नपुग्दै छोडेर हिँड्नुपर्दा पक्कै पनि ठूलो चोट परेको छ ।

    आजबाट बहिर्गमनमा परेका मन्त्रीहरुमध्ये जसपाका १० जना गत जेठ २१ गते नियुक्त भएका थिए । उनीहरु १९ दिन मन्त्री पदमा टिके । यसैगरि जेठ २७ गते नियुक्त भएका एमालेका मन्त्रीहरु १३ दिनमै बाहिरिए ।

     

  • जसपाका निवर्तमान मन्त्रीहरुलाई ओलीको ढाढस : चिन्ता नलिनुस्, म तपाईंहरुसँगै छु

    जसपाका निवर्तमान मन्त्रीहरुलाई ओलीको ढाढस : चिन्ता नलिनुस्, म तपाईंहरुसँगै छु

    काठमाडौं । सर्वोच्च अदालतको आदेशले बहिर्गमनमा परेका मन्त्रीहरु साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सर्वोच्चको आदेशबाट धेरै तरंगित नहुन र उत्तेजक प्रतिक्रिया नदिन फकाए ।

    बहिर्गमनमा परेका जसपा र एमालेका अधिकांस निवर्तमान मन्त्रीहरु उदासी मुद्रामा प्रधानमन्त्री निवासमा पुगेका थिए । बहालवाला मन्त्रीहरु र एमालेका शिर्ष नेता पनि थिए । प्रधानमन्त्री ओलीले खासगरि जसपाका निवर्तमान मन्त्रीहरुलाई ढाढस दिन खोजेको स्रोतले बतायो ।

    ‘तपाईंहरुले चिन्ता नलिनुस्, अदालतको आदेश आफैंमा अन्तरविरोधपूर्ण छ,’ ओलीलाई उदृत गर्दै स्रोतल भन्यो, ‘४ मन्त्रीले २१ वटा मन्त्रालय चलाउन सक्दैन भन्ने सबैलाई थाहा छ । यो अन्तरिम आदेश मात्रै भएकाले सर्वोच्चले फैसलामा सच्याउँछ होला । नभए पनि म छु ।’

    आफूहरु एउटै डुंगामा भएको ओलीले जसपाका मन्त्रीहरुसँग बताए । प्रतिनिधिसभा विघटन संविधानसम्मत ढंगले नै भएकाले भवियमा राजनीति आफूहरुकै पकडमा आउने विश्वास उनले व्यक्त गरे ।

  • पार्टी र आन्दोलन एकतावद्ध बनाउन लागौं : माधव नेपाल

    पार्टी र आन्दोलन एकतावद्ध बनाउन लागौं : माधव नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्पूर्ण वामपन्थी लोकतान्त्रिक र परिवर्तनकारी शक्ति एक हुन आह्वान गरेका छन् । एकतावद्ध पार्टी र आन्दोलन बनाउन सबै लाग्नुपर्नेमा उनको जोड छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै नपालले भनेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् ।’

    सरकार र पार्टीको पदको दुरुपयाग गरेर पटक-पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्याउने उनको टिप्पणी छ ।

  • विपक्षी गठबन्धनको वक्तव्य : राष्ट्र गम्भीर संकटतर्फ, संयुक्त पाइला चाल्नैपर्ने अवस्था आयो (पूर्णपाठ)

    विपक्षी गठबन्धनको वक्तव्य : राष्ट्र गम्भीर संकटतर्फ, संयुक्त पाइला चाल्नैपर्ने अवस्था आयो (पूर्णपाठ)

    काठमाडौं । विपक्षी गठबन्धनले निर्वाचन आयोगको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाइएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त वक्तव्यमा राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था र स्थापित मान्यता विपरीत अभ्यास गरिएको भन्दै आपत्ति जनाइएको छ ।

    ‘आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लघंन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानुन र न्यायसंग असंगत व्यवहार प्रदर्शन गर्नु चिन्ताको विषय हो’, वक्तव्यमा भनिएको छ । आयोगका गतिविधिबाट लोकतान्त्रिक अभ्यासमा नै आँच आउने दावी वक्तव्यमा गरिएको छ ।

    प्रतिनिधिसभाको २ पटक विघटन ,अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कुटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा एवं राहत प्रदाज गर्न सरकार असफल भएको दावी गठबन्धनको छ ।

    यस्तो छ संयुक्त वक्तव्य :

  • एमालेले भन्यो- अदालतको आदेशले राजनीतिलाई थप जटिल बनाउँछ

    एमालेले भन्यो- अदालतको आदेशले राजनीतिलाई थप जटिल बनाउँछ

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने टिप्पणी गरेको छ ।

    अदालतको आदेशपछि नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने बताए ।

    अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने बताए ।

  • माधव नेपालले भने : भ्याकेटमा जाने निर्णयले एकता भंग गर्ने नियत स्पष्ट

    माधव नेपालले भने : भ्याकेटमा जाने निर्णयले एकता भंग गर्ने नियत स्पष्ट

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संस्थापन पक्षले नै एकता भंग गर्ने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको प्रष्ट हुने उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपालले भनेका छन्, ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

    सत्ता जोगाउनका लागि संविधान विरोधि र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने कुराले एकतावद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको सहजै देख्न सकिने टिप्पणी उनको छ ।

    नेपालले भनेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु ।’

  • ओलीको नेतृत्वबाटै नयाँ ध्रुवीकरण आवश्यक : मणि थापा

    ओलीको नेतृत्वबाटै नयाँ ध्रुवीकरण आवश्यक : मणि थापा

    काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले वृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि आफूहरूले केपि ओलीलाई साथ दिएको बताएका छन् ।

    ओली र प्रचण्डले शुरू गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले राजनीतिक रूपमा कुनै गल्ती नगरेको उनले बताए । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्‍यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरू गर्नुभयो । त्यो प्रक्रियालाई पूरा गर्न चाहान्छौँ’, थापाले भने, ‘त्यो प्रक्रियालाई पूरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठीक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरी नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ ।’

    नेता थापाले एमाले एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताएका छन् । उनले भने, ‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरू आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरु पनि एक ठाउँमा आउनुपर्छ भन्ने मुल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरु आउँदैमा केही फरक हुँदैन । ठूलो डिवेटबाट फेरि कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’

    माओवादीमा फर्कनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण चाहिँ जरुरी छ । त्यो ध्रविकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दाखेरी ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरी नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुवीकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’

    थापाले एमालेभित्र पूर्वमाओवादीहरूले पूर्वसमूहको रूपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए ।

  • जेठ २ मा फर्किँदा पनि नमिल्ने भयो एमाले, यसकारण भएन मस्यौदामा सहमति

    जेठ २ मा फर्किँदा पनि नमिल्ने भयो एमाले, यसकारण भएन मस्यौदामा सहमति

    काठमाडौं । एकता प्रयासमा लागेका एमालेका केही नेताले चाँडै नै पार्टी एकजुट हुने दावी गरिरहे पनि पछिल्ला संवादहरू त्यस दिशामा छैनन् । राजनीतिक र सांगठानिक रूपमा अलग पार्टीको अभ्यास भइसकेको एमालेलाई एकताबद्ध बनाउने प्रयास लगभग असफलताको विन्दुमा पुगेको छ ।

    आइतवार राति एकता प्रयासमा रहेका माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । तर, एकताका लागि ओलीको सहमति लिएर पेस भएको लिखित प्रस्तावमा माधव पक्षले सहमति नजनाएपछि सहमतिको सम्भावना कमजोर बनेको छ ।

    यसबीचमा एमालेका दोस्रो तहका नेताहरू अनौपचारिक संवादमा थिए र त्यो प्रक्रिया अहिले पनि चलिरहेको छ । तर, माधव नेपाल स्वयंले ओलीसँग एकताको सम्भावना नरहेको भन्दै वार्तामा रहेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न आग्रह गरेका छन् । यद्यपि उनीहरू नेपालकै अनुमतिमा वार्तामा थिए ।

    तर, नेपालनिकटकै नेता जगन्नाथ खतिवडा भने केपी ओली र माधव नेपालबीच प्याकेजमै सहमति नभएसम्म एकता वार्ता र प्रयासहरू सुन्नका लागि मात्र प्रिय हुने बताए । खतिवडाले अब जेठ २ मा फर्किने भन्नेमात्र कुरा पुरानो भइसकेको प्रतिक्रिया दिएका छन् ।

    मस्यौदामा नमिलेका दुई बुँदा

    जेठ ७ गते माधव नेपाल पक्षका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर बुझाएपछि एमाले एकताका लागि गठित औपचारिक कार्यदल निष्क्रिय छ ।

    तर पनि कार्यदलमा भएका केही नेता निरन्तर संवादमै छन् । यसबीचमा कार्यदलमा नभएका माधव पक्षका भीम आचार्य र योगेश भट्टराई दुवै पक्षसँग संवादमै थिए । तर, पछिल्लोपटक भएका सहमतिका लिखित प्रस्तावमा माधव पक्षकै नेताहरू विभाजित भएपछि एकता प्रक्रिया कठिन मोडमा पुगेको स्रोतले जनाएको छ ।

    एमाले स्रोतका अनुसार केही दिनअघि उपप्रधानमन्त्री विष्णु पौडेल र माधव पक्षका नेताहरू सुरेन्द्र पाण्डे तथा गोकर्ण विष्टबीच बेग्लै छलफल भयो । उनीहरूले एकताको लागि लिखित प्रस्ताव ल्याउन पौडेललाई आग्रह गरेका थिए ।

    सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताहरू संवादमै रहेकाले संस्थापन पक्षले एमालेलाई २०७५ जेठ २ कै संरचनाबाट अघि बढाउने गरी सहमतिको मस्यौदा तयार पार्‍यो ।

    ओलीलाई पनि अदालतको फैसला वा सुनुवाइअघि नै एमाले मिलाउनुछ । संसद पुनःस्थापना भए माधव नेपाल ओलीलाई सत्ताच्युत गर्न अग्रसर हुन्छन्, त्यो अवस्थामा एकताको सम्भावना झनै रहँदैन । चुनावमै मुलुक गयो भने पनि त्यो बेला ओली माधवको मागमा अहिले जस्तो लचिलो नहुन सक्छन् ।

    सो मस्यौदामा मुलतः तीन बुँदा थिए र संविधानको प्रस्तावनाजस्तै एमाले एकताको प्रस्तावनामा पार्टी विधानमा उल्लेखित जस्तै भाषा राखिएको थियो ।

    मस्यौदा गर्नुअघि संस्थापन पक्षका नेताले पार्टी जेठ २ मा फर्किएपछि एमालेका २३ जना सांसदको देउवालाई प्रधानमन्त्री बनाउने समर्थन र रिट निवेदनको हस्ताक्षर फिर्ता लिने कुरा उल्लेख गर्ने भनेका थिए ।

    तर, पाण्डे र विष्टले हस्ताक्षर फिर्ता लिने भनेर सीधै लेख्नु भन्दा पनि मध्यमार्गी शब्द प्रयोग गर्न आग्रह गरेपछि मस्यौदा तयार भयो । स्रोतका अनुसार सहमतिको तीन बुँदे मस्यौदा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पनि देखाइयो ।

    संस्थापन पक्षले गरेको मस्यौदाका मुख्य बुँदा यस्तो थियो :-

    १. नेकपा एमालेलाई एकतावद्ध बनाउन यसबीचमा सबै तिक्त विवाद र अनुभवलाई बिर्सने । विघटित प्रतिनिधिसभाका २३ जना सदस्यले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नु पार्टीभित्रको अन्तरविरोध हल नहुनको कारण थियो ।

    २. अब नेकपा एमालेका सबै कमिटी र जन संगठनहरू नेकपा एकतापूर्व २०७५ जेठ २ को अवस्थाबाट क्रियाशील हुने । नवौं महाधिवेशनको कार्यदिशा अनुसार पार्टी सञ्चालन हुने ।

    ३. पार्टी पूर्ववत क्रियाशील भएसँगै यसअघि विवादका कारण विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन र रिट निवेदन स्वतः निष्प्रभावी भएको छ । अब सिंगो पार्टीपंक्ति एमाले नेतृत्वको यो सरकारको संवैधानिक निरन्तरताको पक्षमा क्रियाशील हुनेछ ।

    ओलीले भनेजस्तै नभए पनि ठीकै छ भनेपछि सो प्रस्ताव पाण्डे र विष्टलाई देखाइयो । उनीहरूले पनि त्यसमा सहमति जनाए । तर, घनश्याम भुसालसँग पनि छलफल गरौं भनेपछि सो मस्यौदा भुसाललाई पाण्डे र विष्टकै तर्फबाट दिइयो ।

    भोलिपल्ट घनश्याम भुसालसहित दुवै पक्षका नेताहरू भेट भए । भुसालले संस्थापन पक्षबाट पेस भएको मस्यौदाका मुख्य दुई बुँदालाई उल्ट्याएर ल्याएपछि ‘वार्ताको औचित्य सकिएको’ भन्दै नेताहरू कफी खाएर छुट्न लागे ।

    भुसालले काटकुट पारेर ल्याएको मस्यौदामा संस्थापन पक्षले पेस गरेको प्रस्तावना र जेठ २ अघिका कमिटी तथा जनसंगठनहरू क्रियाशील हुने लगायत एमाले एकता सन्दर्भका सांगठानिक तथा राजनीतिक विषयमा खासै चलाइएको थिएन ।

    माधव नेपाल पक्षले प्रधानमन्त्रीको नियत संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुनुअघि नै एमालेका सांसदहरूले देउवालाई दिएको समर्थन फिर्ताको लिखित सन्देश दिएर विपक्षी गठबन्धन भत्काउने र अदालतलाई पनि प्रभाव पार्ने रहेकाले त्यसमा फस्न नहुने निष्कर्ष निकालेको छ ।

    तर, देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने र एमाले एकतासँगै समर्थन र रिट निवेदनको हस्ताक्षर निष्प्रभावी हुने बुँदा स्वीकार्य भएन ।

    भुसालले लेखेको प्रस्तावको सार यस्तो थियो:-

    १. कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन र सर्वोच्च अदालतमा रिट निवेदन संसद र लोकतन्त्र जोगाउनका लागि चालिएको उपयुक्त कदम थियो ।

    २. प्रधानमन्त्रीले संसद विघटनप्रति आत्मालोचना गरेर फिर्ता लिनुपर्छ र एमाले नेतृत्वको यो सरकारको निरन्तरता भन्ने शब्द राखिनु हुन्न । एमालेको सरकार भन्ने तर यही सरकार नभन्ने ।

    यी दुई बुँदामा संस्थापन पक्ष सहमत हुने सम्भावना थिएन । माधव नेपाल पक्षले सर्तका रूपमा अघि सारेका जेठ २ मा फर्किन तयार हुँदा र हस्ताक्षर फिर्ता लिने नभनी स्वतः निष्प्रभावी हुने शब्द राख्दा समेत नमानेपछि माधव पक्ष जे दिए पनि एमाले एकताको पक्षमा नरहेको निष्कर्ष संस्थापन पक्षले निकाल्यो ।

    यद्यपि सुरेन्द्र पाण्डे, गोकर्णलगायतका नेताले यो विषय विष्णु पौडेल र घनश्याम भुसालमात्रै बसेर मिलाउन आग्रह गरे । यसबीचमा पौडेल र भुसालबीचमै वार्ता भए पनि मीठा कुरा हुने बाहेक एमाले एक बनाउने सन्दर्भमा कुनै प्रगति नभएको भुसालनिकट स्रोतले जनाएको छ ।

    माधव नेपाल पक्षले प्रधानमन्त्रीको नियत संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुनुअघि नै एमालेका सांसदहरूले देउवालाई दिएको समर्थन फिर्ताको लिखित सन्देश दिएर विपक्षी गठबन्धन भत्काउने र अदालतलाई पनि प्रभाव पार्ने रहेकाले त्यसमा फस्न नहुने निष्कर्ष निकालेको छ ।

    त्यसैले सुरेन्द्र र गोकर्णहरू सहमत भएको प्रस्तावमा घनश्याम सहमत भएनन् । यसअघि घनश्यामप्रति सशंकित रहेका नेपालले पछिल्लो समय उनलाई विश्वास गरेका छन् । घनश्याम स्वयं पनि ओलीलाई नै निरन्तरता दिएर एमाले एकता गर्नुको औचित्य नभएको निष्कर्षमा पुगेको उनीनिकटहरू बताउँछन् ।

    संस्थापन पक्षका नेताहरूको निष्कर्ष भने माधव पक्षको भन्दा फरक छ । ओली जेठ २ बाटै अघि बढ्न तयार भएर हस्ताक्षर फिर्ता वा रिट निवेदनबाट पछि हट्ने भन्दा शब्द नराखी नरम भाषामा तयार पारिएको मस्यौदामा समेत सहमत नहुनुले माधव नेपाल अब धेरै पर पुगिसकेको निष्कर्ष वार्तामा सहभागी नेताहरूको छ ।

    संस्थापन पक्षका एक नेताले भने, ‘माधव नेपाल अध्यक्ष वा प्रधानमन्त्री एउटा पद दिन्छौं भने पनि अब एमालेमा नबस्ने निष्कर्षमा पुगिसक्नुभएको छ । अहिलेको एकता प्रयासको औचित्य सकिँदैछ । एकताको प्रयास गरिरहेका साथीहरूले माधव नेपाललाई क्रस गरेर एमालेमै बस्छन् कि विभाजनमा जान्छन् भन्नेमात्र बाँकी हो ।’

    माधवलाई कसले धोका दिए, कसले दिँदैछन् ?

    केही दिनअघि माधव नेपालले संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरूलाई आफू धेरै अघि बढिसकेको भन्दै ‘मलाई साथ दिने कि नदिने निर्णय गर्नुस्’ भनेका थिए । धेरै नेताले एकताको अन्तिमसम्म प्रयास गर्ने र निर्णायक बेलामा साथ नछाड्ने आश्वासन दिए ।

    शुरूमा माधव नेपालले निकटस्थहरूसँग भन्ने गरेका थिए- योगेश र गोकर्णले धोका दिए घनश्याम र सुरेन्द्रले धोका दिँदैछन् ।

    तर पछिल्लो समय घनश्यामबारे उनको बोली फेरिएको छ । निकट नेताले उनलाई उदृत गर्दै भने, ‘योगेश र गोकर्णले धोका दिए । सुरेन्द्र र भीम आचार्यले धोका दिन सक्छन् ।’

    भीम आचार्यले प्रदेश १ मा एमाले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सघाएकोमा समेत माधव नेपाल असन्तुष्ट छन् । माधव पक्षका प्रदेशका नेताहरूले आचार्यको भूमिकाप्रति उतिबेलै प्रश्न उठाएका थिए ।

    उनले एमाले विभाजन हुँदा आफू विभाजनको पक्षमा नलाग्ने नेपाल प्रेससँगको अन्तर्वार्तामा हालै बताएका छन् । यसबीचमा भीम रावलले माधव पक्षको नयाँ पार्टीको विधान तयार पारिरहेको र निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेर कलम चिन्ह लिने तयारी भइसकेको छ ।

    रातारात कुनै चमत्कार भएन भने सर्वोच्च अदालतको फैसलाअघि नै एमाले मिलाउने प्रयास अब असफल हुँदैछ । माधव नेपाल अदालतको फैसलापछि विकसित हुने राजनीतिक घटनाक्रमका आधारमा एमाले मिलाउने वा विपक्षी गठबन्धनमै रहेर नयाँ दल गठन गर्ने भन्नेमा दृढ देखिन्छन् ।

    माधव नेपाल विपक्षी गठबन्धनको मुख्य नेता भएकाले देउवालाई प्रधानमन्त्री बनाउने कदमबाट पछि हट्न नसक्ने निश्चित छ । ढिलोमा मंगलबारसम्म माधव नेपालको माग बमोजिम जेठ २ मा एमालेलाई फर्काउने लगायतका विषयमा ओलीले पहल गर्ने र पार्टी पंक्तिलाई सम्बोधन पनि गर्ने सम्भावना छ ।

    तर, वार्तामा सहभागी नेताहरूले भने एमाले एकताको सम्भावना देख्न छाडेका छन् । अब माधव नेपाल समूह सग्लै फुटेर अर्को दल बन्ने कि केही एमालेमै बस्ने भन्नेमात्र बाँकी देखिन्छ । ओलीले एकतर्फी रूपमा सबै कमिटीहरू २०७५ जेठ २ मा फर्केर क्रियाशील भएको घोषणा गरेमा नेपाल पक्षका तलदेखि माथिसम्मका नेता कार्यकर्तामा दबाब भने सिर्जना हुनेछ ।

    तर पनि ओली र माधव नेपालसहितको एमालेको सम्भावना भने टर्दै गएको माधवपक्षीय एक नेताले बताए । सायद यही घटनाक्रम बुझेर होला एमाले नेता गोकुल बास्कोटाले सोमवार दिउँसो ट्वीट गर्दै पार्टी एकताको प्रयास असफल भएको संकेत गरे ।

    उनले लेखेका छन्, एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू नै थाके कि के हो ? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन । अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’

    रातारात कुनै चमत्कार भएन भने सर्वोच्च अदालतको फैसलाअघि नै एमाले मिलाउने प्रयास अब असफल हुँदैछ । माधव नेपाल अदालतको फैसलापछि विकसित हुने राजनीतिक घटनाक्रमका आधारमा एमाले मिलाउने वा विपक्षी गठबन्धनमै रहेर नयाँ दल गठन गर्ने भन्नेमा दृढ देखिन्छन् ।

    ओलीलाई पनि अदालतको फैसला वा सुनुवाइअघि नै एमाले मिलाउनुछ । संसद पुनःस्थापना भए माधव नेपाल ओलीलाई सत्ताच्युत गर्न अग्रसर हुन्छन्, त्यो अवस्थामा एकताको सम्भावना झनै रहँदैन । चुनावमै मुलुक गयो भने पनि त्यो बेला ओली माधवको मागमा अहिले जस्तो लचिलो नहुन सक्छन् ।

  • एमाले एकताको प्रयास अन्तिम चरणमा, दोस्रो तहका नेताबीच आज पनि छलफल

    एमाले एकताको प्रयास अन्तिम चरणमा, दोस्रो तहका नेताबीच आज पनि छलफल

    काठमाडौं । नेकपा एमालेको एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको छ ।

    ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

    वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल थिए भने माधव नेपाल-झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेको बताइएको छ ।

    यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहेका नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने बताए ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको नेम्वाङले बताए ।

    स्रोतका अनुसार जेठ २ अघिको बैठक पहिले बसेर त्यही बैठकले नेकपामा रहेका केन्द्रीय सदस्यहरूलाई थप्ने र पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्न दुवै पक्ष सहमत भएका छन् ।

    त्यसो भएपछि माधव नेपालसहितका नेताहरूमाथिको कारवाही फिर्ता लिने र संसद पुनःस्थापना भए पनि नभए पनि एमालेको नेतृत्वको सरकारका पक्षमा माधव पक्ष उभिने कुरा भएको छ ।

    यद्यपि माधव नेपाल, भीम रावल लगायतका नेताहरुले पछिल्लो वार्ताप्रति संशय व्यक्त गरेका छन् । तर, अन्य नेताहरू भने जेठ २ मा ओली फर्किन तयार भएपछि अरु सर्त राख्न नहुने पक्षमा छन् ।

  • एमालेले खाएका धक्काको सबै जिम्मेवारी ओलीजीले लिनुपर्छ : भीम रावल

    एमालेले खाएका धक्काको सबै जिम्मेवारी ओलीजीले लिनुपर्छ : भीम रावल

    दुई चिरा परेको तर छुट्टिइनसकेको सत्तारुढ दल एमालेभित्र अहिले पनि एकता प्रयास जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता आह्वान गरेपछि धेरै नेता-कार्यकर्ताहरू उत्साहीत बनेका छन् ।

    संस्थापन पक्षतर्फ एमाले एक हुनुपर्नेमा नेताहरूबीच विमति नभए पनि माधव नेपाल पक्षका केही नेताहरु भने ओलीसँग मिल्न सकिनेमा त्यति आशावादी छैनन् । पार्टीको एक समूहले एकताका लागि गरिरहेको पहलमा पनि उनीहरू असन्तुष्ट छन् ।

    माधव समूहका हार्डलाइनर नेतामध्येका एक हुन् डा. भीम रावल । पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कटु आलोचकका रूपमा देखिएका उनले राष्ट्रियता सम्वन्धी विभिन्न मुद्दाहरूलाई लिएर पनि सरकारमाथि औंला उठाइरहेका छन् ।

    नेपाल प्रेससँगको कुराकानीमा रावलले एमाले एकता कठिन रहेको संकेत गरे । ओलीले पार्टीभित्र मनपरी गरेको तथा राष्ट्रियतामा खेलवाड गरेकाले पनि दूरी झन् बढेको उनको भनाइ छ ।

    प्रस्तुत छ, नेपाल प्रेसले रावलसँग गरेको संक्षिप्त कुराकानी नेपाल टकमा:

    पार्टी अध्यक्षबाट स्थायी कमिटी बैठक डाकियो र त्यसमा तपाईंहरू पनि सहभागी हुन निम्तो आयो भने के गर्नुहुन्छ ?

    त्यो आयो र ? त्यस्तो पत्र कसैलाई आएको छ र ?

    आयो भने चाहिँ के गर्ने ?

    त्यो काल्पनिक कुरा भयो । मुख्य कुरा के भने सर्वोच्च अदालतले पहिले नेकपालाई विभाजन गर्ने निर्णय केपी ओलीजीले फागुन २८ गते विधानविपरीत केन्द्रीय कमिटी नै भंग गरेर उत्साह देखाउनुभो । अहिले त्यही सर्वोच्च अदालतले नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रीय कमिटीलाई मात्रै वैधानिकता दिन सकिने कुरा गरेको छ । तर, त्यसमा कुनै रुची नराखेर उहाँसँग निकट रहेका सुवास नेम्वाङ र प्रदीप ज्ञवालीजीले हामी पुनरावलोकनमा जान्छौं भन्नुभएको सार्वजनिक सञ्चारमाध्यममा पढेँ ।

    तर, उहाँहरूले भनेको त…

    (रोक्दै) पख्नुस् न, मलाई भन्न दिनुस् । उहाँहरू नेकपा फुटाउने कुरा चाहिँ उत्साह देखाउने, तर एमालेलाई २०७५ जेठ २ भन्दा अगाडिको अवस्थामा अर्थात नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति हुनुपर्छ भन्दा चाहिँ पुनरावलोकनमा जाने कुराले एकता गर्ने आशय देखिँदैन ।

    उहाँहरूले पुनरावेदन गर्ने भनेको त कर्णालीका ४ सांसदको पुनर्वहाली गर्ने आदेशमा होइन र ?

    त्यो कुरा मिल्दैन । यो आपसमा जोडिएको कुरा छ । १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी नै अवैध भएकाले नै त्यसले चारजनालाई कारवाही गरेको कुरा अवैध भनिएको हो । पुनरावलोकनमा जाँदा पनि यी दुई विषयलाई छुट्याउन मिल्दैन ।

    तर, अध्यक्ष ओलीले आफैंले जेठ २ मा तयार छु भनेर विज्ञप्ति निकालिसकेपछि यसमा धेरै किन सोच्न पर्‍यो ?

    त्यो कुरा प्रष्ट रूपमा आउनुपर्छ । सर्वोच्चले नवौं महाधिवेशन मात्र मान्ने भनिसकेपछि १० औं राष्ट्रिय महाधिवेशनका नाममा भएका सबै निर्णय बदर भएका छन् । अब हामी २०७५ जेठ २ गतेभन्दा अगाडि गएर नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक आयोजना गर्ने भयौं । योबीचमा गरिएका थपघट र कारवाही सबै बदर भए भनेर खोइ स्पष्टरूपमा आएको ?

    यो भाषिक विषय मात्र न रह्यो । मुख्य कुरा त उहाँले २०७५ जेठ २ मा फर्किने भनिसक्नुभएकै छ नि ?

    त्यसो भनर कहाँ हुन्छ ? स्थायी कमिटी वैठक बोलाइदियौं, अब सबै कुरा स्वतः भइहाल्छ भनेर हुँदैन । प्रष्टरूपमा के आउनुपरो भने १० औं महाधिवेशन आयोजक कमिटी बदर भएको हुनाले, अथवा त्यो नभने पनि २०७५ जेठ २ गतेभन्दा अगाडिको सम्पूर्ण संरचनाअनुसार वैठक बोलाउने भयौं भनेर भन्नुपर्‍यो । त्योभन्दा अघिका कुराहरू कुनै पनि अब रहेनन् । यसरी आयो भने बैठक बोलाएको भन्ने बुझिन्छ । स्थायी कमिटीमात्रै भन्दा त कुन स्थायी कमिटी कुन ? उहाँहरूले बनाएको स्थायी कमिटी त हामीलाई मान्य छन् ।

    यो बाहेक पार्टी एकताका लागि अरु के-के सर्त छन् तपाईंहरूका ?

    हामीले पहिल्यै स्पष्टरूपमा राखिसकेका छौं । माधवकुमार नेपालले केपी शर्मा ओलीजीलाई अस्पष्ट अर्थ नलाग्ने गरी लेखेर दिनुभएको छ । जेठ २ भन्दा अगाडिको अवस्थामा केन्द्रदेखि स्थानीय सबै संरचना क्रियाशील बनाउने कुरा विश्वसनीय ढंगले आउनुपर्छ । फागुन २३ गतेयता पार्टी विधानविपरीत गरिएका सबै निर्णय एकमुष्ट खारेज हुनुपर्छ । राष्ट्रिय महाधिवेशनका सम्वन्धमा पालिटब्यूरो, स्थायी समिति र केन्द्रीय समितका निर्णय अनुमोदन गर्नुपर्छ र सहमतिका आधारमा महाधिवेशन । हामीमाथि गरिएका कारवाहीहरू खारेज हुनुपर्छ र नेतृत्वको बीचमा समझदारीपूर्वक अगाडि बढ्नुपर्छ । त्यो भयो भने एकता गर्न खोजेको भन्ने बुझ्छौं । नत्र सार्वजनिक खपतका लागि मात्रै बोलेको ठहर्छ ।

    तपाईंहरू केन्द्रमा लडिरहँदा कतिपय प्रदेशमा एमाले एकजुट छ । तपाईंहरुको समूहले पनि संस्थापन पक्षलाई साथ दिएर सरकार जोगाइदिएको छ । केन्द्र र प्रदेशमा यो विरोधाभास किन ?

    त्यसो होइन । माथि र तलको स्थित फरक पनि छ । अहिले कुन केन्द्रीय समिति भन्ने नै अन्योलपूर्ण भएकाले प्रदेशको अवस्थाअनुसार के पाइला चाल्नु उपयुक्त हुन्छ त्यसै गरिन्छ ।

    भनेपछि प्रदेशको पार्टी पंक्तिलाई आफैं निर्णय गर्न दिनुभएको हो ?

    अहिले केन्द्रदेखि गाउँपालिकासम्म जहाँ जे स्थिति छ त्यही बमोजिम अघि बढ्नुपर्ने अवस्था छ । माथि केन्द्रमा पार्टी के हुने भन्न निश्चित छैन । विभिन्न ठाउँमा अवस्था हेरेर विभिन्न निर्णय गर्नुपर्ने हुन्छ ।

    केन्द्रको अन्तरविरोधका कारण एमालेले एकपछि अर्को धक्का खाइरहेको छ । एउटा प्रदेश सरकार नै गुमाउनुभयो । यसमा ग्लानी हुँदैन ?

    यसको सम्पूर्ण जिम्मेवारी ओलीजीले लिनुपर्छ । उहाँले दुई तिहाइको सरकारलाई अल्पमतमा झार्नु भो । केन्द्रीय समिति भंग गरेर पार्टीलाई अस्तव्यस्त बनाउनुभो । पार्टीमा अन्तरविरोध चर्काएर एकतावद्ध हुन नदिने क्रियाकलाप गर्नुभयो । त्यसले सबै समस्या उहाँका क्रियाकलापका नतिजा हुन् । यो दु:खको कुरा हो ।

    अझै पनि पार्टी एकता हुन सक्छ भन्नेमा कति आशावादी हुनुहुन्छ ?

    यो पनि सबै केपी ओलीजीमै भर पर्छ । उहाँले पार्टी विधान मान्नुहुन्छ कि मान्नुहन्न भन्ने प्रमुख कुरा हो ।

    अर्कोतिर राष्ट्रियताको विषयमा पनि उहाँ चुकिरहनुभएको छ । भर्खरै भारतीय सेनाले नेपाली महिला भर्तीका लागि सूचना निकाल्यो, जुन २०४७ सालमा भएका त्रिपक्षीय सन्धीविपरीत छ । तर, यति संवेदनशील मामलामा सरकार बोलेको छैन ।

    यसैगरी, भारतका दुई सरकारी कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विमानस्थलहरूमा सौर्य ऊर्जा बनाउन दिने तथा परामर्शदाता पनि एकलौटीरूपमा नियुक्त गर्नेजस्ता कुराहरु आइरहेका छन् । यो विषयमा पनि ओली मौन हुनुहुन्छ ।