काठमाडौं । स्थानीय तहलाई प्रदेश मातहत ल्याउने सरकारको न्युनतम साझा कार्यक्रमप्रति एमालेले आपत्ति जनाएको छ ।
संविधानविपरीत र संघीयताको मर्मविपरीत स्थानीय तहको अधिकार खोस्ने सरकारको प्रयास स्वीकार्य नहुने समेत एमालेले प्रष्ट पारेको छ ।
एमाले निर्वाचन विभागका प्रमुखसमेत रहेका पूर्वमहामन्यायाधिवक्ता अग्नि खरेलले स्थानीय तहलाई प्रदेश मातहत ल्याउन पहल गर्ने भन्ने सरकारको साझा कार्यक्रम असंवैधानिक रहेको बताए । उनले यसको एमालेले विरोध गर्ने भन्दै कांग्रेस आफ्नो सिद्धान्तबाट पछि हटेको आरोपसमेत लगाए ।
खरेलले नेपाल प्रेससँग भने, ‘संविधान बनाउने बेला मधेशवादी दलले स्थानीय तहलाई प्रदेश मातहत राख्ने भन्दा एमाले र कांग्रेसले एकम मत भएर सबै स्थानीय तह समान हैसियतका हुन्छन् भन्ने व्यवस्था गरेको हो । आज आएर स्थानीय तहलाई प्रदेश मातहत लैजाने कुरा असंवैधानिक त छँदैछ, कांग्रेसको वैचारिक पतन पनि भएको छ ।’
संविधानको धारा ५६ मा निकै ठूलो मेहनतपछि तीन तहका सरकारको व्यवस्था गरिएको भन्दै खरेलले सरकारको न्यूनतम साझा कार्यक्रममा यस्तो विषय प्रवेश हुनु गम्भीर कुरा भएको बताए ।
काठमाडौं । माधव नेपालपक्षीय एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार दोस्रो दिन पनि बुद्धनगरस्थित क्वालिटी वैंक्वेटको हलमा जारी छ ।
बिहीबार शुरू भएको बैठकको दोस्रो दिन आज बाँकी केन्द्रीय सदस्यहरूले पार्टी एकता वा विभाजनको सन्दर्भमा आ-आफ्ना धारणा राख्ने छन् ।
बैठकमा ७० जनाभन्दा बढी सदस्य सहभागी रहेको नेता गंगालाल तुलाधरले बताए । बैठक कक्षमा फोटो पत्रकारहरुलाई तस्बिर खिच्न दिइएको छैन । हेर्नुस् बैठकहल प्रवेश गर्नुअघि नेताहरूका पोज ।
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाल पक्षको माग बमोजिम पार्टी सदस्यता नवीकरण र विधान महाधिवेशनलगायतका कमिटीका अधिवेशनहरू नरोकिने प्रष्ट पारेका छन् ।
काठमाडौंमा जारी माधवपक्षीय बैठकले विधानलगायतका अधिवेशन र सदस्यता नवीकरणको काम रोक्नुपर्ने बताएलगत्तै अध्यक्ष केपी ओलीनिकट नेता बास्कोटाले पार्टी नै भाँड्न खोज्नका माग सुन्न नपर्ने बताएका हुन् ।
बास्कोटाले नेपाल पक्षलाई भनेका छन्, ‘न नवीकरण प्रक्रिया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भांड्न खोज्नेका माग सुन्न पर्दैन । आए गल खेत छदैछ गए झोडा फाँडेर खुइ काड्लान । त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने ।’
एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तोकेको छ भने असोज ९ भित्र स्थानीय तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाल पक्षले यी सबै प्रक्रिया रोक्नुपर्ने बताएको छ ।
काठमाडौं । नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग आज छलफल गर्दैछन् ।
२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको एमालेले जनाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा विधानबारे छलफल हुँदैछ ।
एमालेको हालको विधान संघीय ढाँचा अनुसार छैन । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ । यीलगायत विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गरिने भएको छ ।
एमाले केन्द्रीय कमिटीको बैठक शनिबार बस्दैछ । विधान महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू समेत बनिसकेका छन् ।
काठमाडौं । सत्तारुढ गठबन्धनका निर्णायक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बन्न प्रस्ताव गरिएको छ ।
सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा गर्न गठित सात सदस्यीय कार्यदलले समेत सरकार सन्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सुझाव दिएको बेला त्यसको प्रमुखमा माधव नेपालको नाम प्रस्ताव भएको हो ।
प्रधानमन्त्री शेरवहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाललाई आफ्ना सांसद सरकारमा पठाउन र उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्न आग्रह गरेका हुन् ।
माधव पक्षीय केन्द्रीय कमिटी बैठक जारी रहेका बेला उनले आफू निकट नेताहरुलाई पनि यसबारे जानकारी गराएका छन् । तर पार्टी एकताको प्रयास वारपार नहुन्जेल सरकारमा सहभागी हुने र संयन्त्रको नेतृत्व गर्नेबारे निर्णय लिन नसक्ने नेपालले जवाफ दिएका छन् ।
प्रचण्ड र माधव नेपालबीचका पटक पटकका छलफलमा पनि यीनै विषयमा कुराकानी भएकाले उनलाई पर्खेरै मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । शनिवार वा आइतवारसम्म माधव नेपालले निर्णय दिने बताइएको छ ।
विहीवार आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा वरिष्ठ नेता नेपालले केपी ओलीले एमालेमा स्पेस नदिने बताएका थिए । उनले आफूहरुले लडेर जोगाएको संसद बचाउनुपर्ने र सत्तारुढ गठबन्धन कायमै राख्ने दायित्व समेत रहेको भन्दै उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्ने संकेत दिएका थिए ।
नेपाललाई स्थायी कमिटी सदस्यहरुले सत्ता गठबन्धन छाडेर एमाले एकतामा उभिन दबाब दिएकाले उनले केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । केन्द्रीय सदस्य र सांसदहरुको ठूलो पंक्ति सरकारमा जानुपर्ने र केपी ओलीलाई अध्यक्ष मानेर एकता गर्न नसकिने पक्षमा छ ।
तर नेपाल निकट केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने सरकारमा जाने सम्भावना नरहेको बताए । उनले एमाले एकताको विकल्प नरहेकाले नेतादेखि तलसम्मका कार्यकर्ताको राजनीतिक जीवनको सुरक्षा हुने गरी पार्टी एकताबद्ध गर्नुपर्ने लाइनमै माधव नेपाल रहेको दावी गरे ।
त्यो भनेको बराबरी अधिकारसहितको अध्यक्ष माधव नेपाललाई बनाउनुपर्ने बटमलाइन हो । विधानमा दुई अध्यक्ष नभए पनि विधान महाधिवेशनबाट अन्तरिम व्यस्था गर्न सकिने र पहिलो दोस्रो भन्न नहुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।
माधव नेपाल समूहका देशभरका नेता कार्यकर्ताको राजनीतिक सुरक्षाका लागि बराबरी अधिकारसहितको अध्यक्ष मागिएको उनले बताए । तर अध्यक्ष ओलीले नेपाललाई आफू बराबरको अधिकारसहित अध्यक्ष मानेर एकता गर्ने सम्भावना नरहेको विश्लेषण नेपाल पक्षको छ ।
ओलीले अघिल्लो केन्द्रीय कमिटी बैठकमा पार्टी एक हुन्छ भने माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका थिए । यसबीचमा विघटित कार्यदलका नेताहरुले पनि दोस्रो अध्यक्ष बनाएर एमाले एकता जोगाउने प्रयास गरिरहे पनि सफल भएको छैन ।
अध्यक्ष ओली र माधव नेपाललाई भेटाएर पावर शेयरिङमा दुई नेताबीच सहमति जुटाउने प्रयास समेत सफल नभएको बैठकमा भीम रावलले बताएका थिए ।
काठमाडौं । नेकपा एमालेभित्र समानान्तर पार्टी अभ्यास गरिरहेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।
विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने माधव नेपालको सचिवालयले जनाएको छ ।
विहीवार शुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले सुझाव दिएका थिए । अधिकांशले कार्यदलले माधव नेपाललाई धोका दिएको भन्दै अहिलेको अवस्थामा केपी ओलीसँग एकता हुन नसक्ने सुझाव दिएका थिए ।
केन्द्रीय सदस्यहरुको सुझाव लिइसकेपछि नेपालले जिल्ला पदाधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् ।
काठमाडौं । एमाले एकता वा विभाजनको निर्णय लिने अपेक्षा गरिएको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरु माधव पक्षीय वार्ता टोलीका नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
माधव नेपालको तर्फबाट वार्ता गर्न गएका नेताहरु केपी ओलीका जस्ता देखिएको र आफ्नो समूहमाथि घात गरेको भन्दै उनीहरु आक्रामक बनेपछि वार्ता टोली संयोजक भीम रावल प्रतिवादमा उत्रिएका थिए ।
जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि रावल जुरुक्क उठेका थिए । उनले आफूहरुले पार्टी एकताका लागि मेहनत गरेको भन्दै बाहिर मिडियामा मनपरी बोलेर वातावरण बिगार्न खोजेको आरोप समेत लगाए ।
माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक केहीबेर तनावग्रस्त बनेको थियो । कार्यदलका तर्फबाट भीम रावलले जवाफ दिएका थिए । केहीबेर केन्द्रीय सदस्य र रावलबीच भनाभन परेको थियो । रावलले केपी ओलीको आलोचना गर्दा फ्लोरबाट झाँक्री लगायतले ‘यहाँ भनेको कुरा ओलीको सामुन्ने बोल्न सक्नुहुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।
बैठकमा जगन्नाथ खतिवडाले भने- कार्यदलमा रहेका नेताहरूले अध्यक्ष ओलीकहाँ पुगेर ओलीलाई खुसी पार्ने कुरा गरिरहनुभएको छ । त्यो काम बन्द हुनुपर्यो । हाम्रै समूह एकताबद्ध छैनौँ भने पार्टी एकता कसरी हुन सक्छ ? यस्ता व्यवहार बन्द हुनुपर्छ ? माधव नेपालको तर्फबाट वार्तामा जानेहरुले ओलीको बोली बोल्ने होइन ।
बैठकमा नेता नेपालले सुरुवाती सम्बोधन गरेपछि कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।
रावलले कार्यदलले गरेका उपलब्धी सुनाउँदै गर्दा ‘फ्लोर’बाट उनीमाथि नै प्रश्न उठेको थियो । आफ्नो आलोचना भएपछि रावल पनि आफ्नो स्वभाव अनुसार त्यसको प्रतिवादमा उत्रिदा बैठकमा भनाभन समेत परेको थियो।
बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बिजय गुरुङ, बिजय पौडेल, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा र चुँडामणी जंगलीले माधव नेपालको प्रतिनिधि बनेर माधव नेपाललाई नै असहयोग गरेको भन्दै रावलमाथि आक्रोस पोखेका थिए ।
आफ्नो विस्तृत भनाइ नराखेको भए पनि केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बीचमै हात उठाएर कार्यदलबारे प्रश्न उठाएका थिए । उनले कार्यदल र भीम रावलप्रति लक्षित गर्दै माधव नेपालको नाम लिएर कार्यदलका नाममा माधव नेपाललाई नै धोखा दिने काम भएको आरोप लगाएका थिए।
अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले पनि भीम रावलसँग भनाभन गरेका थिए । ‘माधव नेपालको मान्छे भएर कार्यदलमा जाने तर माधव नेपाललाई साथ नदिने ?,’ उनको आक्रोस थियो, ‘आफुखसी गर्ने ?’
रावलसँग रामकुमारी झाँक्रीको पनि भनाभन परेको थियो । आफ्नो आलोचना भएपछि रावलले केही शब्द ओलीको आलोचनामा पनि खर्चिएका थिए । ओली तानाशाह भएको उनको भनाइ थियो। झाँक्री यही कुरामा रावलसँग जंगिएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।
‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ?’, रावललाई रामकुमारीको प्रश्न थियो, ‘यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ ? मिडियामा गएर बोल्न सक्नुहुन्छ ?’
झाँक्रीले रावलमाथि आक्रोस पोखिरहँदा नेता नेपाल भने खुसी नै देखिएको ती केन्दीय सदस्यले बताए । कार्यदलमा रहेका अन्य सदस्यहरुले रावलमाथि प्रश्न उठाइरहँदा उनको खासै प्रतिरक्षा गरेनन् । आफूमाथि उठ्ने प्रश्नमा रावल जंगिन खोज्दा उल्टै उनीहरुले प्रश्नहरु उठ्न दिन आग्रह गरेका थिए। झपट रावलले भने १० बुँदे ठीक भएको भन्दै त्यसकै जगमा टेकेर अगाडि बढ्नु पर्ने धारणा रोखका थिए ।
अर्का केन्द्रीय सदस्य निरज आचार्यले माधव नेपालसँग प्रचण्डको पटक-पटकको भेटवार्ताले आफूहरुलाई असहज लागेको बताएका थिए ।
बैठकको शुरुमै सम्बोधन गरेका नेता नेपालले भने केपी ओलीलाई जति भने पनि उनी नसुध्रिने भन्दै उनी राजनीतिक मान्छै नै नभएको टिप्पणी गरेका थिए।
ओलीले एमालेमा आफूहरुलाई स्पेस दिँदैनन् कि भन्नेमा नेपालले आशंका व्यक्त गरेका थिए। नेपालको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने,‘ एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने, अर्कातिर हामीले लडेर जोगाएका संसदको पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौं भन्ने कुरा उहाँले राख्नु भयो ।’
अर्का केन्द्रीय मेटमिण चौधरीका अनुसार नेता नेपालले ओली पार्टी एकतामा गम्भीर नभएको आरोप लगाएका थिए। ‘जब पार्टी एकताका विषयमा छलफल हुनथाल्छ अनेक कुरा गरेर स्टेप चाल्छन् या केही बोलेर भाड्छन्,’ नेपालको भनाइबारे चौधरीले भने।
तर, २४ गतेसम्म एकताको प्रयास जारी राख्ने र यदी २४ गतेसम्म एकताका लागि प्रयासहरु भएन भने कुनै न कुनै गरेर अगाडि बढ्ने धारणा नेपालले राखेको चौधरीले बताए।
आजको बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।
केन्द्रीय सदस्यहरुले ओलीसँग मिल्न नसकिने धारणा राखेका थिए। केन्द्रीय सदस्य चुँडामणि जंगलीले ओलीसँग मिल्नै नसकिने धारणा राखेका थिए ।
‘म केपी ओलीसँग मिल्दैन,’ उनको भनाइ थियो, ‘केपी ओली राजनीतिक मान्छे नै होइन । उसँग मिल्ने हो भने म हलो जोतेर खान्छु । ओलीको टाङमुनी को-को छिर्ने हो छिरे हुन्छ ।’
बैठकमा बलराम बास्कोटको धारणा सबै कम्युनिष्टहरुबीच एकता गरे विशाल बाम पार्टी बनाउनुपर्ने थियो । ठाकुर गैरे, निरज आचार्य र अरुण नेपालले भने पार्टी भित्रै लड्नुपर्ने तर फुटको दिशातिर जान नहुने धारणा राखेका थिए ।
प्रेम आले पहिलो पटक माधव पक्षको बैठकमा
नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट केन्द्रीय सदस्य जिते पनि ४ वर्षदेखि केपी ओली पक्षमा रहेका प्रेम आले बिहीबार पहिलोपटक माधव नेपाल पक्षको बैठकमा सहभागी भएका थिए ।
आले शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला ७ सांसदसहित माधव नेपाल पक्षमा लागेका थिए । बैठकमा आलेसँगै केपी ओली छाडेका सांसदहरु किसान श्रेष्ठ र हिराचन्द्र केसीपनि पुगेका थिए । तर उनीहरु केन्द्रीय सदस्य नभएकाले बैठक शुरु भएपछि बाहिरिएका थिए ।
माधव नेपाल पक्षको बैठकमा २०७५ जेठ २ पछिका केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको भन्दै आफू एकताबद्ध एमालेको पक्षमा रहेको बताएका छन् ।
आफूनिकट केन्द्रीय सस्यहरुको भेलालाई सम्बोधन गर्दै नेपालले केही विषयमा सहमति भए पनि केहीमा वार्ता जारी रहेको बताएका हुन् । नेपालको भनाइ उदृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने आशा व्यक्त गरे ।
बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताएका थिए । नेपालले बोलेपछि वार्ता कार्यदलमा माधव नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।
रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका थिए । केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै उनले यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए ।
उनले जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछिमात्र सदस्यता नवीकरणलगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी दिएका थिए ।
बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएको पन्तले बताए ।
माधव नेपालपक्षीय बैठक बिहीबार पनि चल्ने भएको छ । बैठकमा ७० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको नेपाल पक्षले जनाएको छ ।
काठमाडौं । माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी रहेको छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।
बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण झण्डै ४ घण्टा ढिला शुरू भएको हो । आजको बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि उपस्थित छैनन् । बैठकमा भर्खर माधव नेपालले सम्बोधन शुरू गरेका छन् ।
दुवै नेता कन्ट्र्याक ट्रेसिङमा परेका कारण उपस्थित हुन नसकेको जानकारी दिइएको छ । बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेका दावी नेपाल पक्षले गरेको छ ।
काठमाडौं । नेकपा एमालेको एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू क्रियाशील रहेका बेला बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूले भने केपी ओलीलाई अध्यक्ष मानेर एकता गर्न नहुने आवाज बलियो बनाएका छन् ।
स्थायी कमिटी बैठक चलिरहेका बेला केन्द्रीय सदस्यहरूबीच ओलीलाई अध्यक्ष मानेर एकता नगर्न शीर्ष नेतृत्वलाई दबाब दिनेबारे लबिङ भइरहेको छ । बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय सदस्यहरू समूह बनाएर अनौपचारिक छलफलमा छन् ।
केन्द्रीय सदस्यहरू स्पष्ट दुई भागमा विभाजित भएका छन् । पोलिटब्यूरो सदस्यसमेत रहेका नेता अरुण नेपालले एमाले एकताको विकल्प नरहेको बताए । उनले पार्टी एकता नचाहने प्रवृत्ति दुवैतिर रहेको भन्दै एमाले विभाजित भएमा मुलुक संकटमा पर्ने बताए ।
नेपालले भने, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई मान्दिन भनेर एकता हुँदैन । १० बुँदे सहमतिको आधारमा मुख्य नेताहरूबीच छलफल भएर सम्मानजनक रुपमा पार्टी एकताबद्ध हुनुपर्छ ।’
तर, अर्का केन्द्रीय सदस्य तथा सांसद मेटमणी चौधरीले भने ओलीलाई एमालेको अध्यक्ष मान्न नसकिने बताए । उनले केन्द्रीय सदस्यहरूको बहुमत हिस्सा ओलीबिनाको एमालेको पक्षमा रहेको भन्दै ओली अध्यक्ष हुन्जेल आफूहरू उनको पार्टीमा रहन नसक्ने बताए ।
चौधरीले भने, ‘केपी ओली रहुन्जेल पार्टी एकता हुँदैन । उनको पार्टीलाई त सर्वोच्च अदालतले अवैधानिक घोषणा गरिसकेको छ । अब उनी बयलगाढा चुनाव चिन्ह लिएर नेकपा (ओली) पार्टी बनाउछन् । हामी केपी ओलीलाई अध्यक्ष मानेर एमालेमा एकता गर्दैनौं । ‘
विशेषगरी शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदसहित जगन्नाथ खतिवडा, राजेन्द्र राईसहितका केन्द्रीय सदस्यहरूको ठूलै समूह कतिपय राजनीतिक विषयमा समेत ओली बेठिक कि माधव पक्ष ? भन्ने टुंगो नलागी एकताको नाममा प्राविधिक कुरामात्र गर्न नहुने पक्षमा छ ।
माधव नेपालले केन्द्रीय सदस्यहरूको राय बुझ्नका लागि बैठक बोलाएका हुन् । स्थायी कमिटीमा एकताको लागि जति दबाब माधव नेपालमाथि छ, केन्द्रीय कमिटीमा नेपाललाई साथ दिनेहरूको संख्या धेरै छ ।
संघ र प्रदेश सांसद समेत रहेका केन्द्रीय सदस्यहरूको ठूलो हिस्सा शेरबहादुर देउवा नतृत्वको सरकारमा जानुपर्ने पक्षमा छ । नेपालको निर्णय पर्खेरै सरकार विस्तार समेत हुन सकेको छैन ।
काठमाडौं । केन्द्रीय कमिटी बैठक शुरू हुनुअघि एमाले माधव समूहका स्थायी कमिटी सदस्यहरूको बैठक बसेको छ ।
बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा नेताहरूबीच अहिले छलफल जारी छ । केन्द्रीय कमिटीका एजेन्डा तय गर्न स्थायी कमिटी सदस्यहरूबीच छलफल भएको बताइएको छ ।
नेता नेपाल आज पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरूको राय लिने योजनामा छन् ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई साथ दिएका माधव समूहमा सरकारमा जाने र पार्टी एकता गर्नुपर्ने विषयमा सबैको एकमत नभएपछि नेता नेपाल दोहोरो दबाबमा छन् ।
काठमाडौं । नेकपा एमाले विभाजन वा एकताको बारेमा निर्णय गर्न वरिष्ठ नेता माधवकुमार नेपालले आह्वान गरेको नेपालपक्षीय केन्द्रीय कमिटी बैठक शुरू हुँदैछ ।
बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाइएको बैठकमा सहभागी हुन नेपालसहितका नेताहरू पुगिसकेका छन् । पार्टी एकताको सन्दर्भमा केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।
नेपालले बोलाएको बैठक अनधिकृत भन्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् ।
रुपन्देही । लुम्बिनी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद विमला वली चर्चामा आउँछिन् । तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा उनले पनि तेस्रो पटक दल फेरेकी छन् ।
नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सांसद बनेकी विमला वली अहिले फेरि चर्चामा छिन् । श्रीमान उत्तम कुमार वली दुर्घटनामा गुमाएपछि दाङकी विमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनलाई कसैले खोजेन र चर्चामा पनि आइनन् । उनका पति एमालेबाट निर्वाचित थिए । तर उनले उपचुनाव जित्ने बेलासम्म नेकपा बनिसकेको थियो ।
शुरुमा नेकपाबाट चुनाव जितेपनि वली फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेमै रहिन् । सत्तारुढ एमालेलाई दिएको समर्थन माओवादीले फिर्ता लिएसँगै गत बैशाख ६ गते विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि संसदको जोडघटाउ शुरु भयो ।
अनि उनको भूमिकालाई लिएर एमाले र माओवादी केन्द्रबीच तानातान सुरु भयो । तत्कालीन नेकपाबाट निर्वाचित भएपनि ंसर्वोच्च अदालतले गरेको फैसलाका आधारमा नेकपा विभाजित भयो । त्यसपछि उनलाई आफू कुन दलमा आबद्ध हुने प्रष्ट्याउनु पर्ने भयो ।
नेकपाबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकाले एमालेमै रहनुपर्ने जिकिर सत्ता पक्षले गर्याे । शुरुमा एमालेका संसदीय दलको बैठकमा सामेल भइन् र पार्टीको दाङ जिल्ला पार्टीको बैठकमा पनि सहभागी भइन् ।
तर, मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि हटाउने योजना बनाएका विपक्षी गठबन्धनले उनलाई माओवादी केन्द्रमा सामेल गराएर बहुमत पुराउने तयारी गरे । यसैलाई टेकेर वलीले माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक दिइन् ।
माओवादीमा गएको सार्वजनिक कार्यक्रममा खुलासा गरे पनि त्यसपछि मौन जस्तै बसिन् । कानूनी हिसाबले एमालेले उनलाई आफ्नो दलको सांसद गन्दै आयो र माओवादीले पनि । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा विपक्षी गठबन्धनमा बसेको भन्दै एमालेले स्पष्टिकरण लियो उनले एमालेसँग कुनै साइनो नभएको र आफू माओवादी नै भएको उत्तर दिइन् ।
तर केही दिनअघि दाङ पुगेकी उनी एकाएक सम्पर्कबिहीन भएको माओवादी केन्द्रले सूचना बाहिर ल्यायो र सरकारले अपहरण गरेको आरोप लगायो । तर उनी एमालेमा रहेको विज्ञप्ती बाहिर आयो उनी सम्पर्कमा आइनन् । बुधबार पुनः उनी माओवादी केन्द्रमै आएको सो पार्टीका नेताहरुले सावैजनिक गरे तर फेरी पनि उनी सम्पर्कमा आएकी छैनन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएपछि उनी फेरी चर्चामा आएकी हुन् । पछिल्लो पटक नयाँ प्रदेश प्रमुखमा अमिक शेरचन आएपछि आफ्नो कुरा लागू नहुने बुझेको एमालेले पक्षमा बहुमत पुर्याउन विभिन्न रणनीति अपनाइरहेको छ ।
विपक्षी गठबन्धन आफ्नो बहुमत कायम राख्ने प्रयासमा देखिन्छ । यस्तो रस्साकस्सी सुरु भएको केही दिनमा फेरि सांसद वली सम्पर्कबिहीन भएको खबर सार्वजनिक भयो । लगत्तै उनी एमालेमै फर्किएको प्रचार सुरु भयो । तर बुधबार पुन उनी माओवादीमा गएको विषय बाहिर आयो ।
काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध प्रमुख विपक्षी दल नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । आयोग खारेजी गरेर सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै एमालेले विरोध गरेको छ ।
आयोग विघटनविरुद्ध आज एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । अपरान्ह ३ बजे विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीहरुमार्फत ज्ञापनपत्र बुझाउने कार्यंक्रम रहेको महासंघका अध्यक्ष प्रेम दंगालले बताए ।
त्यस्तै एमाले सम्बद्ध युवा संघले पनि आजै विरोध प्रदर्शन गर्दैछ । भक्तपुरको मनहरा फाँटको सुकुम्बासी बस्तीबाट आयोग खारेजविरुद्ध आन्दोलनको शुरुआत हुने युवा संघका इन्चार्ज तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले जानकारी दिएका छन् ।
सुकुम्बासीहरुसहितको आन्दोलन अब देशब्यापी अघि बढाइने उनले बताएका छन् । यसअघि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले आयोग खारेजीको निर्णय सच्याउन सरकारलाई आग्रह गरेका थिए ।
काठमाडाैं । पार्टीको आन्तरिक एकता वा विभाजनबारे ठोष निर्णयका लागि छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ ।
विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो । यसअघि हिजोका लागि बैठक बोलाइए पनि सबै नेताहरु काठमाडौंमा उपलब्ध नभएका कारण आजका लागि सारिएको हो ।
आजको बैठकमा पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरुको राय लिने योजनामा नेता नेपाल छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा सहयोग गरेका एमाले माधव समूहमा सरकारमा जाने वा पार्टीको विवाद मिलाउने भन्नेबारे सबैको एकमत नभएपछि नेता नेपाल अप्ठेरोमा परेको बताइन्छ ।
सिन्धुपाल्चोक । नेकपा (एमाले) को केन्द्रमा पार्टी लामो समयदेखि रस्साकस्सी चलिरहे पनि सिन्धुपाल्चोकको एमाले सुनकोशी गाउँपालिकामा भने पार्टी एक बनाएर लैजाने सहमति दुवै पक्षबीच भएको छ ।
पार्टीलाई २०७५ जेठ २ को पुर्ववत अवस्थामा पार्टीका सबै संरचनाहरु फर्काउन एमाले सुनकोशीका दुवै पक्षका नेताहरु सहमत भएका हुन् ।
एमाले र सुर्य चिन्हको पक्षमा आफूहरु उभिने उनीहरुको निर्णय छ । ‘केन्द्रमा विवाद नै छ तर हामी सुनकोशीमा भने जता एमाले र सूर्य चिन्ह रहन्छ हामी त्यही हुने निर्णय गरेका छौ’ यस अघि माधव नेपाल पक्षमा रहेका एमाले सुनकोशीका नेता टपिन्द्र तिमिल्सिनाले भने ।
साउन ३० गते भित्र २०७५ जेठ २ अघिकै कमिटीको बैठक बोलाउने र त्यस अघि दुवै पक्षबीचमा सहजीकरणका लागि आठ सदस्यी सहजीकरण कमिटी समेत गठन गरिएको तिमिल्सिनाले जानकारी दिए ।
एमालेमा केन्द्रमा संस्थापन र नेपाल पक्षबिच विवाद भएपछि त्यसको असर गाउँ तहसम्म पुगेको थियो । सुनकोशी गाउँ कमिटीमा समेत यसअघि दुवै पक्षको छुट्टा छुट्टै कमिटिहरु क्रियाशिल रहेका थिए ।
सुनकोशी गाउँपालिकाका स्थानीय समेत रहेका एमाले नेताहरु अरुण नेपाल र सरेश नेपाल क्रमशः माधव नेपाल र ओली पक्षमा छन् ।
केन्द्रीय नेताहरुलाई समेत सन्देश दिने गरेर एमाले र सूर्य चिन्ह जता रहन्छ सबै त्यही रहने निर्णय गरेको यसअघि ओली पक्षमा रहेका पुरुषोतम प्याकुरेलले बताए ।
पालिका स्तरीय भेलामा दुवै नेताहरुलाई बेलाउने नेताहरु बीचमा सहमति भएको अर्का स्थानीय नेता इश्वर तिमिल्सिनाले जानकारी दिए ।
जिल्ला कमिटीमा अझै एकता नभएकाले पार्टी केन्द्रले सुरु गरेको संगगिठत सदस्य नवीकरण पालिका तहमा गर्ने र जिल्ला कमिटी आधिकारीक भएपछि पालिकामा नवीकरण गरेको संगठीत सदस्य जिल्ला कमिटीमा लैजाने अर्का स्थानीय एमाले नेता शिवप्रसाद न्यौपानेले जानकारी दिए ।
‘हामी हिजो जुन जुन पक्षमा भएपनि अब एमाले संस्थापन भएका छौ,त्यही सन्देश लिएर अब वडा तहसम्म जाने छौ र एमालेलाई एक ढिक्का बनाएर लैजाने छौ,’ एमाले नेता प्रेमलाल लामाले भने ।
अब एमाले नेताहलाई पार्टी एकजुट बनाएर लैजानका लागि तल्लो तहबाट नै दबाब दिनुपर्नेमा एमाले सुनकोशीका नेताहरुले जोड दिएका छन् ।
काठमाडौं। नेकपा (एमाले) माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक भोलिसम्मलाई स्थगित भएको छ। बैठक आज विहान ११ बजेका लागि आह्वान गरिएको थियो ।
केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको जानकारी दिइन् ।
पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । स्थायी कमिटीमा पटक–पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि नेपालले केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच बनाएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने या नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमै मतभेद छ । विशेष गरी कार्यदलमा रहेर १० बुँदे सहमति गरेका नेपाल पक्षका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।
तर, शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छ । आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन्।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । बुधबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बस्ने सूचना नेपालको सचिवालयले केन्द्रीय सदस्यहरूलाई पठाएको छ ।
स्थायी कमिटीका सदस्यहरूसँग लगातार छलफल गरिरहेका नेपालले केन्द्रीय कमिटीबाट पार्टी एकता वा विभाजनको टुंगो लगाउन खोजेका हुन् । माओवादी अध्यक्ष प्रचण्डसँग लामो छलफल भएलगत्तै नेपालले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा लिइएको छ ।
नेपालनिकट अधिकांश केन्द्रीय सदस्य बराबरी हैसियतबिना एकता गर्नु हुन्न पक्षमा छन् । तर, स्थायी कमिटी सदस्यहरूले एकताको लागि नेपालमाथि दबाब बढाएका छन् ।
काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा अोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन खोजेका छन् ।
भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेबीच १० बुँदे सहमतिका आधारमा ‘पावर शेयरिङ’का लागि दुई नेताबीच वार्ता गराउने सहमति भएको हो । आज पनि चार नेता वार्ताको वातावरण बनाउन छलफलमा छन् ।
चार नेताबीचको छलफलपछि आजै दिउँसो वा साँझसम्म ओली र नेपालबीच भेट गराउने तयारी भइरहेको नेम्वाङले बताए । ओलीसँग भेट्न अनिच्छुक रहेका नेता नेपाल पछिल्लो समय भेटेर संवाद गर्न सहमत भएका छन् ।
नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सोमवारको बैठकमा बरिष्ठ नेता नेपाललाई पावर शेयरिङको सन्दर्भमा ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए । उनीहरुको आग्रह मानेर नेपाल वार्तामा बस्न तयार भएका हुन् ।
एमालेको न एकता,न विभाजनको अवस्थालाई धेरै दिन लम्ब्याउन नहुने कुरामा दुवै पक्ष सहमत रहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउछन् । एकतामा असर पर्ने खालका अभिव्यक्ति कुनै पक्षबाट पनि दिन नहुने उनले बताए ।
काठमाडौ । नेकपा एमालेले नौ ओटा केन्द्रीय विभाग गठन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभाग प्रमुख र सदस्यको नाम अनुमोदन गरेको हो ।
स्कुल विभाग, संगठन विभाग, आर्थिक विभाग, विदेश बिभाग, प्रचार विभाग, पर्यटन विभाग, निर्वाचन विभागले पूर्णता पाएका छन् । माधव नेपाल पक्षलाई एक तिहाइ सदस्य छाडिएको छ ।
यी नामहरु स्थायी कमिटीमा प्रस्ताव भए पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुन बाँकी रहेको एमालेले जनाएको छ । प्रस्तावित केही नाम थपघट भएका छन् ।
काठमाडौं । नेकपा एमाले एकता र विभाजनको प्रयास जारी रहेका बेला कर्णाली प्रदेशका चारजना सांसद गएको छ ।
संसदीय दलको निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार टिकाउने प्रकाश ज्वाला,अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरेको छ ।
यसअघि पार्टीले गरेको कारवाहीका आधारमा पदमुक्त भएका चारैजनालाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । सो अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओली अदालत गएका थिए ।
ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रकाश ढुंगानाको इजलासले राउतको अन्तरिम आदेश खारेज गरेको छ । ओलीले चार सांसदमाथि गरेको कारवाहीलाई वैधानिक ठहर गरेको छ ।
अदालतको यो आदेशसँगै अब एमालेका चार सांसद पदमुक्त भएका छन् । चारमध्ये प्रकाश ज्वालाबाहेक अन्य तीनजना कर्णाली सरकारमा मन्त्री छन् ।
सर्वोच्च अदालतको पछिल्लो आदेशले यसअघि प्रकाशमानसिंह राउतको अन्तरिम आदेशमा भएको व्याख्यालाई समेत सच्याएको छ । राउतको इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही वैधानिक नरहेको भन्दै केन्द्रीय कमिटीले कारवाही नगरेको आधार देखाएर अन्तरिम आदेश दिएको थियो ।
तर, राणासहितको संयुक्त इजलासले राजनीतिक दल सम्बन्धी ऐनमा केन्द्रीय समिति भन्नाले दलको विधान बमोजिम गठन हुने दलको केन्द्रीय कार्यकारिणी समिति सम्झनुपर्छ र सो शब्दले जुनसुकै नामाकरण गरिएको भए तापनि दलको तर्फबाट निर्णय गर्न सक्ने अत्यिढारी पाएको केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिलाई समेत जनाउने उल्लेख छ ।
एमालेले दशौं राष्ट्रिय महाधिवेशन समिति भंग गरे पनि अदालतले पछिल्लो आदेशले त्यसलाई वैधता दिएको छ ।
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय संसदहरुको बैठकले पार्टी एकताको वातावरण बिगार्ने गरी दुवै पक्षबाट सार्वजनिक अभिव्यक्तिहरु आउन नहुने निचोड निकालेको छ । दुवै पक्ष संयमित र संवेदनशील भएर एकतामा अघि बढ्नुपर्ने बैठकमा नेताहरुले बताएका छन् ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले कार्यदल र वार्तामा संलग्न स्थायी समिति सदस्यहरुले एकता प्रक्रियाबारे जानकारी गराएको बताए । कुनै पनि पक्षबाट सार्वजनिक अभिव्यक्ति दिँदा शब्दचयनमा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने विषय उठेको उनले बताए ।
‘पार्टी एकतालाई कमजोर पार्ने कार्यमा दुवै पक्षका नेताहरु सामेल हुनुहुँदैन भन्नेमा विचार विमर्श भयो,’ उनले भने, ‘संयमित र जिम्मेवार भएर गम्भीरतापूर्वक अघि बढ्नुपर्नेमा सबैको सहमति रह्यो ।’
शिर्ष नेताहरुको निर्देशन र सल्लाहअनुसार एकता अघि बढिरहेको हुँदा बाहिर कसले के बोल्यो भन्ने महत्वपूर्ण नहुने पन्तको भनाइ छ । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटघाट र कुराकानी हुने आशा व्यक्त गरे ।
‘उहाँहरुको भेटघाट छिट्टै हुन्छ, तर मिति नसोध्नुस् । भेटघाट हुँदैछ भन्ने बुझेको छु ।’
आफूहरुले छुट्टिने कुरा कहिले पनि नगरेको भन्दै पन्तले पार्टीलाई बलियो र एकतावद्ध बनाउने प्रयास जारी राख्ने बताए ।
काठमाडौं । नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीले बताए ।
विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।
यसअघि एमालेले विभिन्न विभागहरुमा प्रमु र उपप्रमुख चयन गरिसकेको छ । ती विभागमा केही सदस्य मनोनित भएका छन् भने माधव पक्ष फर्केर आउँदा समेट्ने गरि केही सदस्य खोली राखिएको छ । एमालेको स्कूल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली स्वयं छन् भने संगठन विभाग प्रमुख बिष्णु पौडेल छन् ।
काठमाडौं । नेकपा एमालेको एकताका लागि ‘ट्र्याक वान’ बाट कार्यदल हुँदै माधव नेपालसँग डिल गरिरहेका अध्यक्ष केपी शर्मा ओलीले ‘ट्र्याक टु’ को उपाय पनि खोज्न थालेका छन् । माधव नेपाल एकताप्रति कठोर बन्दै गएको निष्कर्ष वार्तामा रहेका नेताहरूले सुनाएपछि ओलीले दोस्रो बाटो लिएका हुन् ।
पछिल्ला केही महिना लगातार माधव नेपालनिकट स्थायी कमिटी सदस्यहरूसँग एक्ला-एक्लै र संयुक्त छलफल गरिरहेका ओलीले संघीय सरकार नेपाल पक्षका कारण ढले पनि प्रदेश सरकार र पार्टी जोगाउन ‘ट्रयाक टु’ समातेका हुन् ।
ओलीले प्रदेश १ को मुख्यमन्त्री बन्न सचिव भीम आचार्यलाई सिग्नल दिइसकेका छन् भने वागमती प्रदेशको मुख्यमन्त्री बनेर सरकार र पार्टी जोगाउन अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव राखेका छन् । त्यस्तै भीम रावललाई सुदूरपश्चिममा एमालेको सरकार बनाउने पहल थाल्न भनेका छन् ।
दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । शेरधन राई र डोरमणि पौडेलले पार्टी जोगाउने मूल्यमा जुनसुकै बेला मुख्यमन्त्री छाड्न तयार रहेको स्रोतको दावी छ । वागमतीका मुख्यमन्त्री पौडेलले त आफू पद छाडेर पार्टी जोगाउन तयार रहेको अष्टलक्ष्मी शाक्यसहितको बैठकमा बताइसकेका छन् ।
एमाले स्रोतका अनुसार भीम आचार्य गत वैशाखदेखि नै केपी ओलीसँग नियमित संवादमा छन् । उनले आफूनिकट कतिपय जिल्ला अध्यक्ष र प्रदेशसभा सदस्यहरूलाई माधव नेपालले पार्टी विभाजन नगरी नछाड्ने संकेत देखिएको भन्दै त्यस्तो अवस्थामा एमालेमै बस्ने बताएका छन् ।
प्रदेश १ र वागमतीमा एमालेको बहुमतको सरकार छ । तर, माधव नेपाल पक्ष विभाजित हुँदा दुवै सरकार ढल्छन् । त्यसैले ओलीले माधव नेपाल पक्षकै नेताहरूलाई मुख्यमन्त्री बनाएर भने पनि पार्टी र सरकार जोगाउने रणनीति अख्तियार गरेको स्रोतले जनाएको छ ।
दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । शेरधन राई र डोरमणि पौडेलले पार्टी जोगाउने मूल्यमा जुनसुकै बेला मुख्यमन्त्री छाड्न तयार रहेको स्रोतको दावी छ । वागमतीका मुख्यमन्त्री पौडेलले त आफू पद छाडेर पार्टी जोगाउन तयार रहेको अष्टलक्ष्मी शाक्यसहितको बैठकमा बताइसकेका छन् ।
ओलीको कठोर आलोचक रहेकी एमाले उपाध्यक्ष शाक्य गत साता बालकोट पुगेर २ घण्टा छलफलल गरेकी छन् । ओलीले शाक्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको तर उनले आफू अब मुख्यमन्त्री नबन्ने जवाफ दिएको बताइन्छ । शाक्यले केही दिनअघि नेपाल प्रेसमार्फत आफू मुख्यमन्त्रीको दाबेदार अब नरहने खुलासा गरेकी थिइन् ।
ओली र ओलीनिकट नेताहरूले भने शाक्यलाई निर्णय पुनर्विचार गर्न भन्दै मुख्यमन्त्रीको अफर गरेका छन् । शाक्यले अरुण नेपाललाई मुख्यमन्त्री बनाउन सकिने अनौपचारिक प्रस्ताव राखेको तर राजेन्द्र पाण्डे पनि दाबेदार भएकाले माधव नेपाल समूहमा विवाद आउन नदिन मुख खोली सकेकी छैनन् ।
भीम आचार्य र अष्टलक्ष्मी शाक्य दुवैजना संसदीय दलको चुनावमा पराजित भएपछि मुख्यमन्त्रीको दौडबाट बाहिरिएका थिए । तर, यदि माधव नेपालले पार्टी विभाजन गरे भने एमालेकै सरकार कायम राख्न भीम आचार्य र अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउँने ‘ट्रयाक टु’ ओलीले समातेका हुन् ।
अष्टलक्ष्मी र भीम आचार्य दुवैले माधव नेपाललाई समेत समेटेर पार्टी एकताबद्ध बनाउन ओलीलाई सुझाव दिएका छन् । उता अर्का उपाध्यक्ष भीम रावललाई पनि ओलीले सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार बनाउन आग्रह गरेका छन् । रावलले अघि सारेका व्यक्तिलाई मुख्यमन्त्री बनाएर एमालेको सरकार बनाउने र जसपाको महन्थ पक्षका २ सांसदको साथ भएपछि बहुमत पुग्ने ओलीको विश्लेषण छ ।
सुदूरपश्चिममा एमाले अहिले पनि सरकारमै छ । संसदीय दलमा भीम रावलको वहुमत रहेकाले माधव नेपाल पक्ष सरकारमा छ भने केपी ओली पक्ष विपक्षमा रहेको छ ।
नेकपा विभाजनपूर्व एमालेले ४ वटा प्रदेशमा सरकारको नेतृत्व गरेको थियो । यसबीचमा गण्डकी सरकार ढलेको छ भने लुम्बिनीमा सरकार जोगाउन असम्भव बन्दै गएको छ । बाँकी रहेका बहुमतका दुई सरकार जोगाउने र सुदूरपश्चिममा पनि आफ्नो सरकार बनाउने प्रयासमा ओली लागेको बताइन्छ ।
काठमाडौं । नेकपा (एमाले)ले भदौं २७ र २८ गते गर्न लागेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन गरेको छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विभिन्न नेताहरुको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
त्यस्तै विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । त्यससम्बन्धी प्रस्तावहरूलाई अन्तिम रूप दिन र अन्य आवश्यक निर्णय गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने निर्णय गरेको छ।
काठमाडौं । नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुन: स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् ।
महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको आरोप लगाएका छन् ।
तुल्सीलाल स्मृति दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भनेर एमाले नेताकै हैसियतमा सहभागी माधव नेपाललाई बेसरमको संज्ञा दिए ।
ओलीले भने, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’
अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने बताए ।
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक भोलि पुन: बस्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा आज बसेको बैठकले भोलि अपरान्ह ३ बजे पुन: बैठक तय गरेको हो ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । माधव नेपाल पक्षका नेताहरू भने बैठकमा उपस्थित भएनन् । हिजोको बैठक माधव पक्षकै आग्रहमा आजका लागि सारिएको थियो ।
विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरणमा बैठक केन्द्रित भए पनि आज यो विषयमा ठोस निर्णय भएको छैन ।
नेकपा एमालेको माधव नेपाल समूहभित्रका ‘हार्ड लाइनर’ नेताका रूपमा चिनिन्छन् मेटमणी चौधरी । वार्ता कार्यदलमा रहेका नेताहरूलाई माधव नेपालले विश्वास गर्न छाडेपछि चौधरी सो समूहको आधिकारिक व्यक्तिका रूपमा हाइलाइटमा आएका छन् ।
केही समयअघि नेपाली कांग्रेसका एक प्रदेश सांसदले तत्कालीन प्रधानन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्ने कुरा गर्दा चौधरीले उनको खुला समर्थन गरेका थिए । अहिले पनि उनी ओलीको उग्र विरोध गर्दै आइरहेका छन् । हामीसँगको कुराकानीमा चौधरीले ओलीमुक्त एमाले बनाउने दावी गरे ।
आफ्नो समूहका वार्ताकारहरूलाई विभिन्न आरोप लगाउँदै चौधरीले उनीहरू विदेशी शक्तिराष्ट्रको प्रभावमा आएको समेत आशंका गरेका छन् । पार्टी एकताका लागि गरिएको सहमति तुहिएको भन्दै उनले एमाले नेतृत्वमा केपी ओली हुँदासम्म एकता नहुने बताए ।
प्रस्तुत छ, एमाले केन्द्रीय सदस्य तथा सांसद चौधरीसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :-
– एमालेजनहरू पार्टी जुट्छ कि फुट्छ भनेर व्यग्र प्रतीक्षामा छन् । तपाईंहरू न मिल्न सकिरहनुभएको छ, न फुट्न । एमालेको यो संक्रमणकालीन अवस्थालाई कहिलेसम्म टुंग्याउनुहुन्छ ?
केपी ओलीको अपराधकै कारण एमाले यहाँसम्म आइपुगेको हो । त्यसकारण एमालेलाई ठीक ठाउँमा ल्याउने भूमिका पनि उनले नै निभाउनुपर्छ । अहिले पनि ओली आफूले गरेको अपराध चाहिँ पुनरावलोकन गर्न चाहँदैनन् । अहिले पनि आफूले गरेको कामलाई ठीक हो भनेर ‘जस्टिफाइ’ गर्न कोसिस गरिरहेका छन् ।
ओली आफूलाई जति चाँडै ‘करेक्सन’ गर्छन्, त्यति चाँडै यो संक्रमणकालीन अवधि छोटो हुन्छ । तर, गलत काम गर्ने, अपराधिक काम गर्ने, अनि त्यो विषयमा सच्चिन नखोज्ने, नचाहने । उल्टो अरुलाई आममाफी दिएँ भन्ने । मानौं उनी श्री ५ महाराजधिराज हुन् । उनी त्यो तरिकाले प्रस्तुत हुँदा अझैं नेकपा (एमाले) को संक्रमणकालीन अवधि लम्बिन्छ जस्तो म देख्छु ।
– तर, पछिल्लो समय त ओलीले लचकता देखाएकै होइन र ?
छैनन् । उनी अरुलाई आममाफी दिने, कारवाही हुँदैन भन्ने तहसम्म त पुगेका छन् । तर, यीनले राष्ट्रविरुद्ध, संविधानविरुद्धको अपराध गरेका छन् । समग्र नेपाली जनता जो कम्युनिष्ट आन्दोलनलाई सकारात्मक कोणबाट हेर्छ, त्यो जनताप्रति र सर्वोच्च अदालतविरुद्ध अपराध गरेका छन् । यस विषयमा उनी ‘एक्सक्यूज’ हुनै पर्छ । आफूले गल्ती स्वीकार नगर्ने अनि अरुलाई आममाफी भनेर हुँदैन । उनी आफैंले देश, संविधान, कानूनका विपक्षमा जे जति काम गरेका थिए, त्यो सबै जान-अन्जानमा भएको थियो । यदि अन्जानमा भए मलाई माफी गर्नुहोस्, म क्षमायाचना गर्न चाहन्छु, सबै जनतासँग माफी माग्न चाहन्छु भन्ने पोजिसनमा उनी पुगे भने नेकपा (एमाले) मिल्छ ।
एउटा गन्तव्य प्राप्तिका लागि हिँडियो भने त्यो ठाउँसम्म पुग्नुपर्छ । बीचमै हराउने, बीचमै तुहाउने जत्तिको राजनीतिक अपराधी अरु कोही हुन सक्दैन । सर्वोच्चमा गएर देउवालाई प्रधानमन्त्री बनाउन सिग्नेचर गर्ने, अनि विश्वासको मत दिने बेला भाग्ने कुरा हुन्छ ? यो भगुवा, राजनीतिक अपराधीबाहेक केही हुन सक्दैन ।
– माफी कोसँग माग्ने ? पार्टी कमिटीभित्र कि आम जनतासँग ?
उनले पार्टी प्रणाली वा नेकपा (एमाले) को कमिटीभित्र पनि माग्न परेन । नेपाली जनताको अगाडि सार्वजनिक रूपमा मागे पुग्छ । तर, उनी त्यो गर्न तयार छैनन् । आफूले जे अपराध गरेका थिए, त्यसलाई इतिहासमा दर्ज गराउन चाहँदैनन् । उनी माफी माग्दैनन् । माफी नमाग्दासम्म एमाले मिल्ने ठाउँमा पुग्दैन ।
– तपाईंकै समूहबाट कार्यदलमा बसेका नेताहरू त अब पार्टी मिल्नै आँट्यो, विवाद गर्नुपर्ने विषय नै छैनन् भन्नुहुन्छ । तपाईंहरू बीचमै तालमेल नमिलिरहेको हो ?
एउटा पार्टीमा दर्शन र विचारको छलफल त हुन्छ । आफ्नो समूहभित्र, आफै भित्र पनि ठीक, बेठीक भन्ने कुरा आउन सक्छ । उहाँहरूलाई कुनै तरिकाले विश्वास लाग्न सक्छ, आत्मविश्वास बढ्न सक्छ । र, कुनै कारणले नेकपा (एमाले) मिलाउनुपर्छ भन्ने ठाउँमा पुग्नुभएको होला । तर, सरसर्ती हेर्दा एमाले मिल्ने पोजिसनमा, मिल्ने ठाउँमा छैन । १० बुँदेभित्र पनि एमालेलाई सग्लो राख्नेगरी सहमति, सम्झौता त भएको छैन । फेरि १० बुँदे एउटा मस्यौदा न थियो ।
मुख्य नेता भनेको कि त केपी ओली हुन्, कि त माधवकुमार नेपाल हुन् । अरु त होइनन् । त्यो नभएपछि त्यो ‘ड्राफ्ट’ लाई दुवैजनाले हेर्ने र फाइनल हुन त सकेको छैन । उहाँहरूले प्रारम्भिक सस्यौदा चाहिँ तयार पार्नुभयो । त्यसमा सुधार गर्नुपर्ने देखियो । र, त्यो अन्तिम चरणमा नजाँदै बीचमै तुहिएको छ । उहाँहरू (कार्यदलमा रहेका सदस्यहरू) ले आफ्ना तर्क त राख्न सक्नुहुन्छ, तर यो फाइनल भएको थिएन ।
केपी ओली नेकपा (एमाले) मा रहँदासम्म मिल्ने कुरा हुँदैन । अब हामीले दुईटा काम गर्छौं- कि केपी ओलीलाई १५/२० दिनभित्र संसदीय दलबाट हटाउँछौं, कि केन्द्रीय कमिटीबाट अध्यक्षबाट हटाउँछौं ।
हामीले नेकपा (एमाले) भनिरहेका छौं । मलाई के लाग्छ भने नेकपा (एमाले) भन्ने पार्टी यो दुनियाँमा अथवा मुलुकमा छैन । कि केपी ओलीको एउटा समूह छ । कि माधव नेपालको समूह छ । नेकपा (एमाले) हुनका लागि २०७५ जेठ २ मा फर्किनुपर्छ । त्यस बेलाको कमिटी २०३ जनाको हो । त्यो कमिटीमा आइसकेपछि मात्रै नेकपा (एमाले) मा फर्किने कुरा हुन्छ ।
तर, १० बुँदामा के छ भने जेठ ३ गते थपिएका ४४ जना, फागुन २८ गते थपिएका, एमालेसँग कुनै पनि प्रकारको साइनो नभएका २३ जना सबै एमाले हुन् । सबैलाई समावेश गरेर २ सय ६४ जनाको कमिटी बनाउनुपर्छ भन्ने छ । एकातिर सर्वोच्चले जेठ २ गतेतिर फर्क भनेको छ, त्यतिबेलाको कमिटीतर्फ फर्क भनेको छ । अनि १० जना कमरेडहरूले एमाले नै मास्नेगरी अर्को सहमति गर्ने हैसियत राख्नुहुन्न । सबथोक उहाँहरू त होइन नि त ।
त्यसैले हामी संविधान मान्ने, कानून मान्ने, जनताको बहुदलीय जनवाद मान्नेहरूका लागि सबैभन्दा ठूलो भनेको सर्वोच्च अदालत हो । सर्वोच्चले जे फैसला गरेको छ, त्यसैलाई मध्यनजर गरेर, त्यसैलाई केन्द्रविन्दु बनाएर एमालेको शुरूआत गर्नुपर्छ ।
– त्यसोभए तपाईंहरूको समूहबाट कार्यदलमा जानुभएका नेताहरूले माधव नेपाललाई धोका दिएर सहमति गर्नु भएको हो ?
माधव नेपालले उहाँहरूलाई वार्ताका लागि पठाइसकेपछि उहाँहरूले प्रत्येक दिन माधव नेपालसँग समन्वय गरेर सहमति गर्ने ठाउँमा पुग्नुपर्थ्यो । तर, उहाँहरूले केपी ओलीको निर्देशनमा माधव नेपाललाई घेर्ने काम गर्नु भयो । सहमति, सम्झौता त लिने-दिने हो । तर, एकलौटी निर्णय गर्ने कुरा, एकलौटी सहमति अथवा एउटै नेताको पक्षमा सहमति गराउने र अर्कालाई घेर्ने कुरा राम्रो हुँदैन ।
कमरेडहरूले पहिले त राम्रै गर्नुभएको थियो । पछि १० बुँदामा आएर उहाँहरू धेरै चुक्नु भएको छ । १० बुँदे अन्तिम कुरा पनि थिएन । उहाँहरूले हस्ताक्षर गर्नु भएको थिएन । त्यसैले त्यो अमान्य भयो । केही करेक्सन गरेर जाउँ भन्ने कुरा थियो, त्यो बीचमै तुहियो । अहिले कार्यदलसमेत विघटन भइसकेको छ ।
– यसअघि जसलाई माधव नेपालले सबैभन्दा बढी भरोसा गर्नुहुन्थ्यो, उहाँहरूले नै माधव नेपाललाई विश्वासमा नलिई अघि बढ्नुभयो ?
उहाँहरूले विश्वासघात गर्नुभयो । कि त साथीहरूले माधव नेपालको मनोविज्ञान बुझेर अगाडि बढ्नुपर्थ्यो, कि त राजीनामा गर्नुपर्थ्यो । यतिसम्म निकृष्टता देखाइरहनुभएको छ कि विघटन भएको कार्यलको पनि बैठक बसिरहनुभएको छ ।
यसमा ‘हिडन इन्ट्रेस्ट’के छ, त्यो पछि नै थाहा होला । तर, नेकपा (एमाले) मिलाउने भनेको केपी ओली र माधव नेपालबीचको व्यक्तिगत लडाइँ होइन । यो कुरा स्पष्टसँग बुझ्नुपर्छ । यो भनेको मुलुकको प्रणालीलाई जोगाउने या ‘कोल्याप्स’ गर्ने ? मुलुकको संविधानलाई नष्ट गर्ने या त्यसलाई जोगाएर अघि बढ्ने ? यो दुईटा विचारबीचको लडाइँ हो । यो लडाइँमा १० जना कमरेडहरूले आफ्नो इन्ट्रेस्ट राखेर अथवा आफूलाई सेभ गरेर जुन सहमति गर्नु भएको छ, यो बेठिक थियो । संविधानलाई बीचमा राख्नुपर्थ्यो, कम्युनिष्ट आन्दोलनलाई बीचमा राख्नुपर्थ्यो ।
– जो नेताहरू विगतमा हार्डलाइनरका रूपमा चिनिनुहुन्थ्यो, केपी ओलीको असाध्यै विरोध गर्नुहुन्थ्यो, अहिले लचक भएर मिल्ने हतारो देखाउनुको कारण के होला ?
पहिलो, जब मान्छेको मनमा लोभ पलाउँछ, तब आफ्ना अडान सबै छोड्ने काम हुन्छ । दोस्रो कुरा, उहाँहरूलाई कुनै न कुनै शक्तिराष्ट्रले या त लोभ देखाएको हुन सक्छ या त प्रेसर गरेको हुन सक्छ । केपी ओलीको सरकार टिकाउनका लागि भारतले हदैसम्मको प्रयास गरेको छ । नेपालको कम्युनिष्ट पार्टीको सरकारलाई टिकाउन भारत किन लाग्यो ?
हो, ४० प्रतिशत पुर्याएर अर्को पार्टी बनाउँछौं । त्यसपछि हामी बृहत् एकीकरणको प्रक्रियामा छिर्छौं । एमालेमा रहेर कम्युनिष्ट आन्दोलनलाई कोल्याप्स गर्ने कि बृहत्तर कम्युनिष्ट एकीकरण गरेर फेरि मुलुकको ठूलो पार्टी बनाउने ?
एक दिनको बसाइले अथवा भारतीयहरूसँगको बसाइले उहाँहरू यति धेरै किन परिवर्तन हुनुभयो त्यो त पछि नै थाहा होला । तर, सबैथोक १० जना मात्रै होइन । उहाँहरूको कुरा नै मान्न सकिन्न । प्रणालीमा नल्याउने, आफ्नो स्वार्थका लागि काम गर्ने, अनि त्यसलाई मानिदिनुपर्ने कुरा हुँदैन ।
– तर, कार्यलदमा रहेका भीम रावल र घनश्याम भुसालहरू एमाले फुटाउन देशी-विदेशी लागे, एमाले विभाजित भए देशको सार्वभौमिकतामा समेत खतारमा पर्छ भनिरहनुभएको छ त ?
यो पूरै बेठीक कुरा हो । यात उहाँहरू स्वार्थलिप्सामा हुनुहुन्छ, यात उहाँहरूमा दृष्टिभ्रम छ । संसारको कुन कम्युनिष्ट आन्दोलन विभाजन भएर सकिएको छ ? एउटा पनि त्यस्तो उदारण छैन । बरु के देखिएको छ भने नेताहरूको कारणले, बेठिक नेतृत्वको कारणले कम्युनिष्ट आन्दोलन सकिएको छ ।
भारतकै पश्चिमबंगाल, केरलालगायत धेरै प्रान्तमा कम्युनिष्टकै सरकार थियो । तर, त्यो पार्टी आज एउटा पनि क्षेत्र जित्न नसक्ने अवस्थमा किन पुग्यो ? त्यो विभाजन भएर होइन, अथवा त्यहाँका नेताहरूबीच लडाइँ भएर होइन । एकीकृत थिए, एकताबद्ध थिए तर उनीहरूले जनताको पक्षमा राम्रो नीति ल्याउन सकेनन्, जनताको मनोविज्ञानमा राम्रो प्रभाव पार्न सकेनन् ।
२५/३० वर्ष कम्युनिष्ट शासन सम्हालेको कम्युनिष्ट आन्दोलनलाई टुकी बालेर खोज्नुपर्छ । रसियामा ७१ बर्ष कम्युनिष्ट पार्टीको सरकार चल्यो । त्यहाँ कम्युनिष्ट पार्टी विभाजन भएर विघटन भएको होइन । यति नराम्रोसँग विघटन भयो, ७ करोड पार्टीको संगठित सदस्य थिए । रसियन पार्टी विघटन हुँदा एकजना मान्छे सकडमा आएनन् । सबैले त्यसको सर्मथन गरे । त्यसैले जब नेता बिग्रिन्छ अथवा नेता बेठिक हुन्छ, सिद्धिनलाई विभाजन हुनुपर्दैन ।
नेपालमा पनि एमाले हामी एक ठाउँमा रह्यौं रे । के एमाले एक ठाउँमा रहेर हामीले कम्युनिष्ट आन्दोलन र एमाले जिताउने छौं ? तपाईं लेखेर राख्नुहोस्, हामी एउटा निर्वाचन क्षेत्र जित्न सक्दैनौं । नेकपा एमालेको पक्षमा भोट हाल्ने मान्छे छन्, मान्छे थिए । तर, आज केपी ओलीले जसरी पटक-पटक प्रतिनिधिसभा विघटन गरे र अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे यसको ‘जस्टिफाइ’ त हामी राजनीतिक रूपमा गर्न सक्दैनौं ।
हामीलाई जनताका बीचमा प्रश्न गर्छन् नि । प्रतिनिधिसभा भंग गर्नुपर्ने छ भने किन तपाईंहरूलाई भोट हाल्ने ? दुई तिहाईको कम्युनिष्ट सरकारलाई टिकाउन नसक्ने पार्टीलाई किन भोट हाल्ने ? यो प्रश्न त उठ्छ नि ।
तपाईं मलाई १ सय ६५ निर्वाचन क्षेत्र देखाइदिनुहोस्, हामी कुन क्षेत्रमा जित्छौं ? संसदीय फाँटमा हामी गइसकेपछि हामी प्रतिनिधिसभा जित्न नसक्ने, प्रदेशसभा जित्न नसक्ने, स्थानीय तह जित्न नसक्ने । अनि त्यो कम्युनिष्ट पार्टी जिवित रहन्छ ? बरु हामीले अर्को कम्युनिष्ट पार्टी बनाउने, उपेन्द्र यादवसहितको एकिकृत कम्युनिष्ट पार्टी बनाउने हो भने बरु, हामी फेरि पनि मुलुकमा सबैभन्दा ठूलो पार्टी हुन सक्छौं । फेरि कम्युनिष्ट पार्टीको मान्छेलाई प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री बनाउन सक्छौं । तर, एमालेमा रहेर, ओली अध्यक्ष रहेर एउटा क्षेत्र पनि जित्न सक्दैनौं ।
मुख्य कुरा मुद्दा हो, एजेन्डा हो । लाखौं, करौंडौ मान्छेले समर्थन गर्दा पनि यदि तपाईंसँग राम्रो इस्यू, राम्रो एजेन्डा भएन भने सकिने नै हो ।
– आफैंले हिजो प्रतिगमनकारी भनेका केपी ओली नसच्चिइ, अथवा उनले आफ्नो कदममा आत्मआलोचित नभइ जनतामाझ के भनेर जाने भन्ने तपाईंहरूको संकोच हो ?
हामीले ५० वर्षपछि पनि यसको जवाफ दिनुपर्छ । त्यसैले केपी ओली नेकपा (एमाले) मा रहँदासम्म मिल्ने कुरा हुँदैन । अब हामीले दुईटा काम गर्छौं- कि केपी ओलीलाई १५/२० दिनभित्र संसदीय दलबाट हटाउँछौं, कि केन्द्रीय कमिटीबाट अध्यक्षबाट हटाउँछौं ।
– त्यो कसरी सम्भव हुन्छ, तपाईंहरू त एउटा सानो समूहमा हुनुहुन्छ ?
सानो समूह होइन । केन्द्रीय कमिटीमा हामी हाराहारीकै पोजिसनमा छौं । केपी ओलीले गरेका बेठीक कामको विषयमा धेरै सन्तुष्ट छन् । केन्द्रीय कमिटीका सदस्यहरू सन्तुष्ट छैनन् । सन्तुष्ट नभएपछि हामी बहुमतको आधारमा हटाउन सक्ने पोजिसनमा पुग्छौं ।
– संस्थापन पक्षबाट पनि तपाईंहरूलाई साथ दिन आउँछन् ?
आउँछन् ।
– सांसदहरू पनि बहुमत पुग्नेगरि आउँछन् ?
धेरै सम्भावना छ । अहिले पनि हामी सबै एक ठाउँमा हुँदा ४०/४५ को हाराहारीमा त छौं । हामीलाई चाहिएको संख्या भनेको ४८ हो । अझैं आउन चाहेका २५/३० जना छन् । त्यसैले संसदीय दलमा हाम्रो बहुमत पुग्छ ।
संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाएर ओलीमुक्त एमाले बनायौं भने जनताको बीचमा पुग्न सक्छौं । त्यसपछि जस्टिफाइ हुन्छ- ओलीले बेठीक गरेका थिए, उनलाइ हटाएम । हामी आएका छौं भन्ने ठाउँ त रहन्छ ।
– तपाईंहरू अध्यक्ष ओलीले बोलाएको बैठकमा पनि जानुहुन्न । त्यो काम गर्नलाई पनि त कुनै कमिटी, प्रणालीमा जानुपर्ला ?
ओलीले कसको बैठक बोलाउँछन् ? ओलीले बैठक बोलाउने भनेको बादलसहितको हो । हामी त्यो बैठकमा जानेबित्तिकै ओलीलाई स्वीकार गरेको हुन्छ ।
अहिले सर्वोच्च अदालतले समेत ओलीको पार्टीलाई खारेज गरिसकेको छ । अनि सर्वोच्चले समेत खारेज गरिसकेको, संविधान मान्ने हामी पार्टीका मान्छेहरू खारेज गरिसकेको पार्टी अध्यक्षले बोलाएको बैठकमा जानुहुन्छ ?
-संसदीय दल होस् या केन्द्रीय कमिटी, ओलीलाई हटाउनुपर्छ भन्ने ‘होमवर्क’ तपाईंहरू गरिरहनु भएको छ ?
नहटाई कुनै उपाय नै छैन नि । कि त अर्को पार्टी बनाउनुपर्यो, कि त ओलीलाई हराउनुपर्यो । त्यसैले यसको पनि तयारी भइरहेको छ । अर्को पार्टी निर्माणको पनि तयारी भइरहेको छ । र, एकीकृत कम्युनिष्ट पार्टी, बृहत् कम्युनिष्ट एकीरकरणको पनि तयारी भइरहेको छ ।
– तपाईंको भनाइअनुसार ओलीसँग वा ओलीसहितको एमाले एकता भनेको चाहिँ बेकारको कुरा हो भन्ने सार निकाल्दा हुन्छ ?
एउटामात्रै कुहिएको आलु राख्ने हो भने अरु सबै आलु पनि कुहिन्छ । ओलीलाई नेकपा (एमाले) भित्र राखेर अगाडि बढ्यो भने आउँदो चुनावमा धुलोपिठो हुने नै हो । एमाले धुलोपिठो हुनेबित्तिकै सिंगो कम्युनिष्ट आन्दोलन सक्किने हो । त्यसैले म सिरियसली भन्छु- ओली बाहेकको मात्रै एमाले हुन्छ ।
– त्यसो हो भने तपाईंहरूले एक्सन चाहिँ किन लिन सक्नुभएको छैन । तपाईंहरू अलमलमा रहेको जस्तो देखियो नि ?
होइन, हामी स्पष्ट छौं । फेरि भन्छु- सकिन्छ ओलीलाई दुवै ठाउँ (पार्टी अध्यक्ष र संसदीय दल) बाट हटाउन । त्यसका लागि १५/२० दिन समय लाग्छ । यदि सकिन्न भने अर्को पार्टी बनाउने ।
– त्यो भनेको ४० प्रतिशत पुर्याएर एमाले फुटाउने पनि हो ?
हो, ४० प्रतिशत पुर्याएर अर्को पार्टी बनाउँछौं । त्यसपछि हामी बृहत् एकीकरणको प्रक्रियामा छिर्छौं । एमालेमा रहेर कम्युनिष्ट आन्दोलनलाई कोल्याप्स गर्ने कि बृहत्तर कम्युनिष्ट एकीकरण गरेर फेरि मुलुकको ठूलो पार्टी बनाउने ?
– तपाईंकै साथीहरू त फुट्नेतिर जानुहुँदैन, हाम्रो राजनीतिक भविष्य सकिन्छ भनिरहनु भएको छ नि ?
उहाँहरूले त चुनाव, टिकट र सांसदमात्रै देख्नु भएको छ । यस्ता मान्छेहरू अवसरवादी हुन् । संसारका जति कम्युनिष्ट आन्दोलन सकिएको छ, त्यसको इतिहास उहाँहरूले पढ्नु भएको छैन । उमेरको हिसाबले पहिले जन्मिनुभयो । कोही उपाध्यक्ष हुनु भएको छ, कोही स्थायी कमिटी सदस्य हुनु भएको छ । तर, अध्ययन र विश्लेषण पुग्दो छैन भन्ने मलाई लाग्छ ।
आन्दोलन विभाजन भएर सकिदै सकिन्न, मुख्य नेताहरूका कारण सिद्धिन्छ । यो कुरा उहाँहरूले बुझ्नुपर्छ ।
– कार्यदलमा जो जानु भएको थियो, अब चालिने कदममा उहाँहरू तपाईंहरू सँगसँगै हुनुहुन्छ ?
उहाँहरू सँगै रहनुहुन्छ ।
– माधव नेपाललाई अन्तिम समयमा पनि साथ दिनुहुन्छ ?
साथ दिनुहुन्छ ।
– अर्को पार्टी बनाउने अवस्थामा पनि उहाँहरूले साथ दिनुहुन्छ ?
साथ दिनुहुन्छ, दिनुपर्छ ।
– दिनुपर्छ कि दिनुहुन्छ ?
दिनुहुन्छ । उहाँहरू के स्वार्थले ओली ठीक छ, ओलीसँग मिल्नुपर्छ भनिराख्नु भएको छ । तर, पछि फेरि पनि अलग्गै हुने ठाउँमा, अलग्गै हुने परिस्थितिमा पुगेपछि त उहाँहरू पनि आउनै पर्छ । त्यसको विकल्पै छैन । कित ओलीसँगै नासिनुपर्यो । नभए बाँच्ने, जोगाउने छ भने आउनै पर्छ ।
हामी सरकारमा जान्छौं । किनकी देउवालाई प्रधानमन्त्री बनाउका लागि धेरै मेहनत गर्नुपर्यो । उनी प्रधानमन्त्री बन्ने अवस्था पनि थिएन । उनलाई प्रधानमन्त्री बनाउन हामीले सर्वोच्च अदालतमा समेत हस्ताक्षर गर्यौं । संसदमा विश्वासको मत दियौं । अनि सरकारमा नजाने कुरा हुन्छ ?
– ओली स्वयम् माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको कुरा आइरहेको छ । वास्तविकता के हो ?
दुईटा अध्यक्ष बनाउने व्यवस्था पार्टी विधानमै छैन । कुनै पनि संविधानमा दुईटा अध्यक्ष हुने व्यवस्था नै छैन । कम्युनिष्ट पार्टीको त के, पुँजीवादी राजनीतिक पार्टीमा पनि त्यो हुँदैन । त्यसैले नभएको कुरा गरेर हुन्छ ? यो प्रस्ताव आए पनि माधव नेपाल दोस्रो अध्यक्ष बन्ने अथवा बराबरी हैसियतको अध्यक्ष बन्न जानुहुन्न ।
– त्यो उहाँले स्वीकार गर्नु भएको छैन ?
मान्नै भएन नि । विधानमा नराख्ने, विधानमा नमान्ने । अनि कुनै पनि ठाउँमा त्यसको अभ्यास नुहने । अनि माधव नेपाल फेरि अध्यक्ष बन्न जाने कुरा हुन्छ ? उहाँ जानुहुन्न ।
– माधव नेपालले नै म चाहिँ अध्यक्ष बन्दिनँ, वरिष्ठ नेता झलनाथ खनाललाई बनाए हुन्छ अथवा अध्यक्षमण्डल बनाऊँ भन्नुभएको कुरा आएको छ नि ?
त्यो त उहाँले नपत्याएको कुरा हो । ओलीले गरेको कुरा एक सेकेन्ड पनि टिक्दैन । टिके पनि उनी हैन भनेर भनिदिन्छन् । माने पनि मैले यो कारणले भन्दिएको हुँ भन्छन् । त्यसैले उनको कुरालाई कसैले पत्याएका छैनन् ।
यही कुरा उहाँले झलनाथ खनाल कमरेडलाई पनि प्रस्ताव गर्नुभयो-के तपाईं जानुहुन्छ शक्तिशाली अध्यक्ष हुन । झलनाथ खनालले ठाडै इन्कार गर्नुभयो । ओलीले भनेका कुरा कुनै पनि नेताले स्वीकार गर्ने पक्षमा हुनुहुन्न । किनकी उनले एक दिनमा पाँचवटा त प्रधानमन्त्री बनाउँछन् । यो कुरा सबै नेताले बुझ्नु भएको छ । सबैले बुझेपछि ओलीका कुरालाई सामान्यरूपमा उडाउने कुरा भइरहेको छ, उनको विगतको व्यवहारको कारणले ।
– केपी ओलीले अघि सारेका प्रस्ताव र उनले भनेका कुरामा माधव नेपालको विश्वास छैन ?
विश्वासै छैन ।
– यो सरकार बनाउन तपाईंहरूको पनि महत्वपूर्ण भूमिका थियो । अहिले तपाईंहरूलाई नै पर्खिएका कारण मन्त्रिपरिषद् विस्तार गर्ने कुरा पनि रोकिएको छ । तपाईंहरू सरकारमा जानुहुन्छ कि हुन्न ?
हामी सरकारमा जान्छौं । किनकी देउवालाई प्रधानमन्त्री बनाउका लागि धेरै मेहनत गर्नुपर्यो । उनी प्रधानमन्त्री बन्ने अवस्था पनि थिएन । उनलाई प्रधानमन्त्री बनाउन हामीले सर्वोच्च अदालतमा समेत हस्ताक्षर गर्यौं । संसदमा विश्वासको मत दियौं । अनि सरकारमा नजाने कुरा हुन्छ ?
सरकारमा किन जानुपर्छ भने प्रतिनिधिसभालाई पूरै कार्यकाल टिकाउनुपर्छ । यदि हामी सरकारमा गएनौं भने फेरि अर्को प्रधानमन्त्री अथवा सरकार फेरिने चक्रमा मुलुक फस्छ । त्यसैले प्रतिनिधिसभालाई पुरै कार्यकाल टिकाउनका लागि सरकारमा हाम्रो सहभागिता हुनुपर्छ ।
यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने, त्यसपछि हाम्रो उपस्थिति हुने अनि जनतालाई हाम्रो सरकार छ, सर्वोच्चले गरेको पुन:स्थापना ठीकै छ भन्ने सन्देश मनोवैज्ञानिकरूपमा दिनुपर्छ ।
– तपाईंहरू सरकारमा सहभागी हुन कसरी मिल्छ ? कि एमालेले निर्णय गर्नुपर्यो, कि तपाईंहरूले छुट्टै दल बनाउनुपर्यो । कानुनी रूपमा त तपाईंहरू सरकारमा जान मिल्दैन नि ?
कानूनीरूपमा मिल्दैन । कानूनीरूपमा केही व्यवधान छन् । यसलाई हामीले कसरी सम्बोधन गर्ने भनेर सल्लाह गर्दैछौं ।
– तपाईंले सरकारमा जानुपर्छ भनिरहँदा तपाईंहरूकै साथीहरू (जो देउवालाई विश्वासको मत दिँदा अनुपस्थित भए) ले तपाईंहरू सरकारमा जानलाई मरिहत्ते गर्नुभएको छ, त्यसैले पार्टी फुटको पनि प्रवाह नगरी ‘हार्डलाइनर’ बन्नु भएको छ भनेर आरोप लगाइरहनु भएको छ नि ?
हार्डलाइनर र सफ्टलाइनर म भन्दिनँ । तर, कुरा के हो भने एउटा गन्तव्य प्राप्तिका लागि हिँडियो भने त्यो ठाउँसम्म पुग्नुपर्छ । बीचमै हराउने, बीचमै तुहाउने जत्तिको राजनीतिक अपराधी अरु कोही हुन सक्दैन । सर्वोच्चमा गएर देउवालाई प्रधानमन्त्री बनाउन सिग्नेचर गर्ने, अनि विश्वासको मत दिने बेला भाग्ने कुरा हुन्छ ? यो भगुवा, राजनीतिक अपराधीबाहेक केही हुन सक्दैन । हामी त २२ जना छौं ।
हामीले बन्ने मन्त्री भनेको ४/५ जना न हो । २२ जना सबै त हामी मन्त्री बन्दैनौं । फेरि पनि हामी के भनिरहेका छौं भने माधव कमरेडलाई-तपाईंलाई अनुकूल हुने जोसुकैलाई मन्त्री बनाउनुहोस् हाम्रो कुनै दुःखमनाउ हुँदैन । गुनासो हुँदैन ।
– अब १७ महिनापछि हुने चुनावमा तपाईंहरू एमाले भएर चुनावमा जानु होला या छुट्टै दलका रूपमा जानुहोला या कुनै गठबन्धनमा सहभागी हुनुहोला ?
१७ महिना पछाडि उपेन्द्र यादवसहितको कम्युनिष्ट पार्टी बनिसक्छ ।
– माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा र तपाईंहरूसहितको कम्युनिष्ट पार्टी हो ?
उहाँहरू मात्रै होइन, विप्लव, मोहन वैद्यलगायत पनि ।
– ए, विप्लव पनि आनुहुन्छ ?
सबै आउनुहुन्छ । सबैको एउटा कम्युनिष्ट पार्टी बन्छ ।
– पार्टी बन्छ कि मोर्चा ?
पार्टी नै बन्छ । त्यसपछि हामीले शेरबहादुर देउवालाई जुन-जुन प्रत्यक्ष निर्वाचित सांसदले भोट गरेका छौं, त्यो ठाउँमा कांग्रेसको उम्मेदवार हुँदैन ।
– त्यो भनेको कांग्रेससँग पनि एलाइन्स बन्छ ?
त्यो ठाउँमा कांग्रेसले सहयोग गर्न सक्छ । उम्मेदवार नउठाउन सक्छ । र, फेरि हामी दुई नम्बर प्रदेशमा सतप्रतिशत जित्छौं । लुम्बिनी प्रदेश र त्यस पश्चिमका एउटा निर्वाचन क्षेत्र पनि ओलीवालाले जित्नैनन् । सतप्रतिशत हामी जित्छौं । केही ठाउँ कांग्रेस जित्ला ।
त्यसपछि पूर्वी पहाड पनि हामी जित्छौं । हार्ने अथवा कमजोर हुने भनेको वागमतीको केही ठाउँ होला, केही ठाउँ गण्डकीमा होला । त्यहाँ नजित्ने भनेपछि ओलीवाला नजित्ने होइन, कांग्रेसले जित्ने हो । यी सबै हेर्दा फेरि हामी मुलुकको सबैभन्दा ठूलो दल बन्छौं । फेरि मुलुकमा कम्युनिष्ट पार्टीले देश चलाउने ठाउँमा हामी पुर्याउँछौं । र, ओली धुलोपिठो हुन्छन् ।
काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनका एक सूत्रधार एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।
प्रायः दैनिकजसो प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भइरहेका छन् र सधैँ प्रचण्ड नेपाल निवास पुग्ने गरेका छन् । एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको वार्तालाई अर्थपूर्णरूपमा लिइएको छ । शुक्रबार पनि प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
शनिवार देउवा र प्रचण्डबीचको छलफलमा पनि माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको नेताहरूले बताएका छन्
माधव पक्षको सहभागिता नटुंगिएकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । नेपालले आज निर्णय गरेमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने र नेपाल पक्षलाई कम्तीमा ६ मन्त्रालय दिने समझदारी समेत बनेको छ ।
काठमाडौं । दुई अध्यक्षको अन्तरिम व्यवस्था गरेर भए पनि एमालेको एकता कायमै राख्ने दोस्रो तहका नेताहरूको प्रयास लगभग असफल भएको छ । केपी ओली र माधव नेपालबीच वार्ता गराउन निरन्तर लागेका नेताहरूले यस्तो निष्कर्ष सुनाएका छन् ।
विघटित कार्यदलका सदस्यहरूबीच शनिवार सिंंहदरवारमा भएको छलफलमा माधव नेपालको बटमलाइनको ब्रिफिङ भएपछि नेपालसहितको एमाले एकताको अध्याय लगभग समाप्त भएको छ ।
दुवै पक्षका नेताहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गरिरहँदा केपी ओली काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै थिए भने माधव नेपाल अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै थिए ।
कार्यदलमा भीम रावल, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको बटमलाइन सुनाइरहँदा नयाँ बजारबाट ओलीको घोषणा आयो- माधव नेपाल जस्ता आन्दोलनविरोधी, देशद्रोहीलाई एमालेमा कुनै स्थान छैन । उता माधव नेपालले पनि ओलीलाई फेरि प्रधानमन्त्री बन्न सक्छु भन्ने जालझेल नगर्न चुनौती दिँदै थिए ।
सिंहदरबारमा त्यो ब्रिफिङ
अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएपछि त्यसअघि एकताको उपाय खोज्न विघटित कार्यदलका नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए । १० बुँदे सहमति र दुई अध्यक्ष मानेर एमाले एकता कायम गर्नेबारे छलफल भएको एमाले सचिव गोकर्ण विष्टले बताए ।
तर, विष्टले बताए जस्तो ब्रिफिङ अनौपचारिक छलफलमा भने भएन । विघटित कार्यदलका एक सदस्यका अनुसार माधव नेपालले दश बुँदेमा आफ्नो सहमति नरहेको प्रष्ट पारेका छन् । उनले यो कुरा आफू पक्षधर वार्ता टोली संयोजक भीम रावल र केपी ओली पक्षधर संयोजक सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रष्ट रुपमा बताएका छन् ।
‘माधव कमरेडले दश बुँदे सहमति मैले भने अनुसार छैन त्यसलाई म मान्दिन भन्नुभयो । उहाँले म मिल्न तयार छु र अलग हुन पनि तयार छु । मिल्ने हो भने केपी ओलीले अध्यक्ष छाड्नुपर्छ भन्नुभयो । यो भनेको लगभग माधव नेपालसहितको एकताको च्याप्टर क्लोज हो’ छलफलमा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।
अनौपचारिक छलफलमा ओली पक्षका नेताहरूले माधव नेपालको बटमलाइन आइसकेको भन्दै ‘अब तपाई हामी के गर्ने हो ?’ भन्ने प्रश्न गरेका छन् । नेपाल पक्षका नेताहरूले अझै जवाफ दिएका छैनन् । उनीहरू दुई अध्यक्षमा माधव नेपाललाई मनाउन सकिन्छ भन्नेमा अझै लागेकाले एमालेको वारपार हुन एक दुई दिन थप लाग्ने देखिएको छ ।
यसबीचमा केपी ओलीले भीम रावललाई बोलाएर माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको भन्दै चाँडो टुंगो लगाउन आग्रह गरे । ओलीसँग भेटेपछि रावलले नेपाललाई भेटेर अर्को अध्यक्षमा सहमत हुन आग्रह गरे पनि नेपालले उल्टै रावलमाथि ओलीसँग मिलेमतो गरेको आरोप लगाएको चर्चा चलेको छ ।
माधव नेपालले भने- ओली भन्दा तल बन्दिनँ
नेपाललाई यसबीचमा सुवास नेम्वाङ र विष्णु पौडेलले पनि भेट गरेर अध्यक्ष ओलीसँग संवाद गर्न सुझाए । तर दुवै नेतालाई वरिष्ठ नेता नेपालले आफू ओलीलाई अध्यक्ष मानेर एमालेमा नफर्किने बताएका छन् । उनले अर्को अध्यक्ष पनि आफू नबन्ने प्रष्ट पारेका छन् । यहि कुरा उनले रावललाई पनि बताइसकेका थिए ।
रावलले माधव नेपालको बटमलाइन बुझे पनि नेपाल पक्षकै कतिपय नेताले अझै पनि अर्को अध्यक्षमा मनाउन सकिने आशा राखेका कारण एमाले एकताको नामका वार्ता अझै केही दिन चल्ने सम्भावना छ । ओली पक्षले भने माधव नेपालसहितको एकताको सम्भावना देखेको छैन ।
वार्तामा संलग्न एक नेताले भने-माधव कमरेडले म केपी ओलीको अन्तर्गत बस्दिनँ, दोस्रो अध्यक्ष पनि खान्नँ र म आउदिनँ भन्नुभयो । उहाँले १० बुँदे पनि मान्दिन भन्नुभयो । उहाँ आफ्नो अडानमा प्रष्ट हुनुहुन्छ तर उहाँसँग जोडिएका केही नेताहरू अझै अन्योलमा भएका कारण आज भोलिमै वारपार नहोला ।
माधव नेपाललाई तपाईकै सहमतिमा बनेको कार्यदलले तयार पारेको १० बुँदे मान्दिनँ मिल्छ ? भन्न प्रश्न यसबीचमा केही नेताले गरेका छन् । तर नेपालले जवाफमा भनेका थिए- म किन मान्छु ? मैले यो यो कुरा सच्यानु र यो थप्नु भनेको थिएँ खै सच्याएको ? तिनीहरू (कार्यदलका आफ्ना सदस्य) केपी ओलीको जालमा परे ।
आफ्नैप्रति अविश्वास
वरिष्ठ नेता नेपाल पछिल्लो समय कार्यदलमा पठाएका आफ्नै सदस्यहरूप्रति समेत सन्तुष्ट छैनन् । त्यसैले उनले तेस्रो र चौथो तहका नेता कार्यकर्ताको भर पर्न थालेका छन् । शनिबारको अखिल फोर्सको भेलामा पनि नेपाल र रामकुमारी झाँक्रीले सम्बोधन गरे तर दोस्रो तहका नेतालाई बोलाइएन ।
झाँक्रीले त माधव नेपाललाई धोखा दिएर दोस्रो तहका नेताहरू अर्कैतिर मिल्न गएको आशंका समेत व्यक्त गरिन् । कार्यदलको बैठकमा पनि सुवास नेम्वाङ लगायतका नेताहरूले माधव नेपाल पक्षधर नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न सुझाव दिएको दिएका छन् ।
सम्भवत: शनिवारबाटै एमालेले अब आफ्नो निर्णय गरेर अघि बढ्नेछ । तर नेपाल पक्षधर नेताहरूलाई अझै केही दिन पर्खिने सोचमा ओली छन् । उनले यसबीचमा माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरूलाई व्यक्तिगत रूपमा बोलाएर भेटघाट गरिरहेका छन् ।
आफूले विश्वास गरेका दोस्रो तहका नेताहरूप्रति उनको भरोसा टुटेको छ । पछिल्लो भेला र छलफलहरूमा माधव नेपालले भन्दा सांसद र केन्द्रीय सदस्यहरूले ती नेताहरूको चर्को विरोध गरिरहेका छन् । भीम रावल र सुरेन्द्र पाण्डे जस्ता नेताहरूले अन्तिममा घोखा दिएको निष्कर्ष नेपाल पक्षको छ ।
उनले केही नेताहरूसँगको छलफलमा अब नयाँ पार्टीमा बरु डा. विजय पौडेललाई महासचिव बनाउने तर दोस्रो तहका भनिएका नेताहरूको विश्वास नगर्ने बताएका छन् । पौडेल पछिल्लो समय माधव नेपालको प्रतिनिधित्व गर्दै सत्तारुढ गठबन्धनका बैठकमा जाने गरेका छन् ।
नेपालले भने आफू निकट स्थायी कमिटी सदस्यहरूसँगको छलफल पातलो बनाएका छन् । बरु उनी आफूलाई विश्वासको मतका बेला साथ दिने २२ सांसदसँग नजिक छन् । नेपालमाथि सरकारमा जान पनि दबाब छ । सम्भवत: नेपाल पक्षका केही मन्त्रीले चाँडै सपथग्रहण समेत गर्नेछन् ।
यदि नेपालले सरकारमा मन्त्री पठाएमा एमाले एकताका लागि भन्दै विश्वासको मतका बेला संसद छाडेका नेता र सांसदहरूले औपचारिक रूपमा माधव समूहबाट आफ्नो आबद्धता तोड्नेछन् । नेपाल निकट सांसद झपट रावलले माधव नेपालले त्यस्तो कदम नचाल्ने अपेक्षा व्यक्त गरे ।
रावलले भने- हामीले संसद जोगाउन अदालत गयौं र हाम्रै कारण संसद जोगियो । अब हाम्रो प्राथमिकता भनेको एमाले जोगाउने हो । एमाले जोगाउनका लागि माधव नेपाल र केपी ओलीबीच संवाद हुनुपर्छ । तर, माधव नेपालले सरकारमा सहभागी हुने कुरा एमाले एकताको बाधक हुनेछ, यो कुरा हामीले भनेका छौं ।
तर, मन्त्रिपरिषद् विस्तार रोकिएकै माधव नेपालले अन्तिम निर्णय नगरेर मात्र हो । अब लगभग त्यो बेला आएको छ । उनले केपी ओली निकट नेताहरूसँग प्रष्ट शब्दमा ‘एमाले मिल्ने हो भने ओलीले अध्यक्ष छाड्नुपर्छ’ भनेका छन् । तर त्यो सम्भावना छैन । त्यही विन्दूबाटै माधव नेपालको बाटो अलग भएको छ ।
काठमाडौं । कहिले केपी ओलीको बैठकमा जाने त कहिले माधव नेपालको अभियानलाई साथ दिने गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम शनिबार तुलसीलाल स्मृति प्रष्ठिानको कार्यालयमा पुगे ।
अपरान्ह ३ बजे बोलाइएको स्थायी कमिटी बैठकमा भाग लिन गएका गौतम पछिल्ला केही बैठकमा सहभागी थिएनन् । एमाले एकताको अन्तिम प्रयास गर्ने भन्दै शनिबारको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएपछि नेताहरू बीचमै फर्किएका थिए ।
काठमाडौं । नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले एमालेमा दुईटा अध्यक्ष बनाउने प्रस्ताव माधव नेपाललाई ‘डिफेम’ गर्न ल्याइएको दाबी गरेकी छिन्। शनिबार राजधानीमा आयोजित अखिल भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव ल्याएर माधव नेपाललाई पद लोलुप देखाउन खोजिएको बताइन्।
‘आज पनि एमाले हो हामी,’ उनले भनिन्, ‘तर, एमाले एकीकरणका लागि माफी मागेर आज भएको पदबाट ‘स्टेपडाउन’ गर्नुपर्छ । दुईटा अध्यक्षको प्रस्ताव माधव नेपाललाई डिफेम गर्नका लागि ल्याइएको हो, पदलोलुप देखाउनलाई ।’
कार्यदलमार्फत् एमाले मिलाउन लागेकाा आफ्नै समूहका नेताहरुप्रति पनि उनले कटाक्ष गरिन् । उनीहरू लाग्दैमा पार्टी नमिल्ने उनले दाबी गरिन् ।
‘आज वार्ता समितिमा रहेका साथीहरुले आज मिलाउने, भोलि मिलाउने, टुनाइट मिलाउने भन्दै हुनुहुन्छ,’ झाँक्रीको भनाइ छ, ‘१० बुँदे लगायतका थुप्रै प्रस्ताव हामीले मिडियामा देखिरहेका छौं । हामी पार्टी एकता त गरौंला । फलाना- तिलाना कमरेडहरु त्यता लाग्नुभयो अनि पार्टी एकता भन्ने कुरा त्यति सहज होला र ?’
केपी शर्मा ओलीले अध्यक्ष पद छाडेपछि मात्रै पार्टी एकता हुने उनको भनाइ छ। ‘पार्टी एकता हुन्छ, कहिले हुन्छ ?,’ उनको जवाफ छ, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ।’
उनले प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम मिलाएर कम्युनिष्ट आन्दोलन सुदृढीकरण नुहने समेत दाबी गरिन्। ‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ ?,’ उनको प्रश्न छ, ‘ चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’
काठमाडौं । माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह ३ बजेका लागि बैठक बोलाएका थिए ।
यसअघि माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूसँग ओली निकट नेताहरुको छलफल भएको थियो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गरेका थिए ।
भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए ।
उनका अनुसार बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको हो । आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने नेताहरूले बताएका छन् ।
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालले फेरि पनि प्रधानमन्त्री बन्न बन्छु कि भन्ने ठानेर जालझेल नगर्न चेतावनी दिएका छन्।
‘यो प्रतिनिधिसभालाई विघटन गर्ने फेरि दुस्साहस अब कसैले नगरोस्,’ शनिबार राजधानीमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि पनि फर्केर प्रधानमन्त्री बन्छु कि भन्ने ठानेर जालझेल, षड्यन्त्र कसैले नगरोस् । जे गर्नु छ, पारदर्शी तरिकाले हुनेछ ।’
नेता नेपालले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको र सांसदहरूले पनि आफूलाई जोगाउन संघर्ष गरेको बताए।
‘भर्खरै सर्वोच्च अदालतले जुन फैसला गरेको छ, त्यसले लामो समय संवैधानिक बाटोमा गएको देशलाई, लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याउने काम गरेको छ,’ उनले भने, ‘संविधानको संरक्षण गरेको छ, सहि व्याख्या गरेको छ। र, ती सबै सांसदहरू, प्रतिनिधिसभाका सदस्यहरू जसले संविधानको रक्षा गर्न, प्रतिनिधिसभाको रक्षा गर्न र आफैलाई जोगाउन रोकेका छन् भोट खसालेर।’
फेरि राजतन्त्र कसैले फर्काउन चाहे त्यो आफूलाई सह्य नहुने उनको चेतावनी छ। ‘राजतन्त्र फर्केर फेरि आउने छैन पनि। ल्याउन कसैले कोसिस गर्छ भने गर्तमा फ्याकिने,’ उनले भने, ‘हामीले रगत बगाएर ल्याएको संविधानको रक्षा गर्छौं हामी । यो संविधान कसैले कुल्चने कोसिस गर्छ भने त्यो हामीलाई सह्य छैन् ।’