Tag: नेकपा एमाले

  • प्रचण्ड-माधवलाई ओलीको चुनौती : हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ, अर्को चुनाव जितेर देखाऊ (भिडिओ)

    प्रचण्ड-माधवलाई ओलीको चुनौती : हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ, अर्को चुनाव जितेर देखाऊ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को चुनाव जित्न नसक्ने दावी गरेका छन् । नेपाललाई अपराधिक तत्व संज्ञा दिँदै उनले अब एमालेमा उनको स्थान नभएको बताए ।

    झापामा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवलाई आफूहरूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।

    ‘संसदमा एक-दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’

    उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ? जनताले भन्नेछन्- जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’

    माधव नेपाललाई अपराधिक तत्वको संज्ञा दिँदै ओलीले उनलाई एमालेमा अब कुनै स्थान नरहने बताए ।

    ‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । यो देश बनाउनेहरुको पार्टी हो । माधव नेपालजस्ता देशी-विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन,’ ओलीले भने ।

    माधव नेपालको पछि लागेका दुई-चार जना अझै अलमलमा परिरहेको देख्दा आफूलाई अचम्म लागेको उनले बताए ।

  • मोहनप्रसादको ‘कन्फिडेन्स’- फागुनपछि मेरै छोरो प्रधानमन्त्री, ५ वर्षलाई एमालेको एकल बहुमत (तस्बिरहरू)

    मोहनप्रसादको ‘कन्फिडेन्स’- फागुनपछि मेरै छोरो प्रधानमन्त्री, ५ वर्षलाई एमालेको एकल बहुमत (तस्बिरहरू)

    झापा । काठमाडौंबाट विशेष कार्यक्रम लिएर गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चन्द्रगढी विमानस्थलबाट सीधै पृथ्वीनगर पुगे ।

    भद्रपुर नगरपालिका-१ पृथ्वीनगरमा ९० वर्षीया बुबा मोहनप्रसाद ओली बस्छन् । बुबालाई भेट्न ओली पुग्दा कार्यकर्ता र समर्थकले पृथ्वीनगरस्थित मोहनप्रसादको घर घेरिसकेका थिए ।

    केहीबेर बुबा र छोराबीच भलाकुसारी चल्यो । घरबाहिरै कुर्सीमा बाबु छोरा बसेर सन्चो बिसन्चोका कुरा गरेपछि ओली कार्यक्रमका लागि विर्तामोडतिर लागे । छोरासँग कुरा गरेपछि मोहनप्रसादले अब चुनावपछि एमालेले एक्लै बहुमत ल्याउने दावी गरे ।

    छोरालाई आफूले आशीर्वाद दिएको भन्दै ओलीले भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

    केपी ओलीलाई षड्यन्त्र गरेर हटाए पनि जनताले फेरि सत्तामा पुर्‍याउने भन्दै उनले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । दुईपटक मिर्गौला फेरेका छोरोलाई अझै २० वर्ष केही नहुने समेत उनले दावी गरे ।

  • गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू)

    गृहजिल्ला झापामा ओलीको भव्य स्वागत (तस्बिरहरू)

    झापा । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता-कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

    ओलीलाई एमाले नेता सुवास नेम्वाङसहित प्रदेश १ का नेता र स्थानीय कार्यकर्ताले स्वागत गरे । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् ।

    यसअघि टीकाको अघिल्लो दिन शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली झापा आएका थिए ।

    यसपाली गृहनगर झापासहित उनी तीन दिन प्रदेश १ मा रहने भएका छन् । आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

    भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम छ । भोलि नै गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने बताइएको छ ।

    भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पार्टी नेताहरूसँग छलफल गरेर ओली मंगलबार काठमाडौं फर्कने कार्यतालिका छ ।

     
     
    
      
     
     
    
    
    
     
    
  • चितवनका स्थानीय तहको एमाले नेतृत्वमा अधिकांश पुरानै आकांक्षी (सूचीसहित)

    चितवनका स्थानीय तहको एमाले नेतृत्वमा अधिकांश पुरानै आकांक्षी (सूचीसहित)

    चितवन । चितवनका सात स्थानीय तहमा नेतृत्वमा पुग्न एमालेका नेताहरू सक्रिय बनेका छन् ।

    चितवन एमालेले कात्तिक ९ गते ६ स्थानीय तह र १३ गते भरतपुर महानगर कमिटीको अधिवेशन गर्दैछ । महानगरमा १ सय १, नगरमा ८५ र गाउँपालिकामा ७५ सदस्यीय पालिकास्तरको कमिटी गठन हुँदैछ । हरेक पालिकामा एक/एक जना अध्यक्ष र सचिव, २ जना उपसचिव चयन हुनेछन । वडाअधिवेशन जस्तै सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूले पहल गरिरहेका छन् ।

    नेतृत्वको दौडमा अधिकाँश पुराना नेता छन् । अन्य आकांक्षीलाई व्यवस्थापन गरेर नेतृत्व लिन उनीहरू सक्रिय भएका हुन् । भरतपुर महानगरबाहेक अन्य सबैमा वर्तमान अध्यक्षहरु नै आकांक्षी देखिएका छन् ।

    महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने जिल्ला अध्यक्षको दौडमा छन् । उनले महानगर कमिटीमा चासो नदेखाएका कारण शंकर थपलिया र प्रल्हाद प्रधानले आकंक्षा देखाएका छन् । थपलिया अहिले महागर कमिटी सचिव र प्रधान जिल्ला सदस्य हुन् ।

    माडीमा वर्तमान कार्यवाहक अध्यक्ष रेशमलाल आचार्य र जिल्ला सदस्य श्रीप्रसाद दवाडी अध्यक्ष बन्ने दौडमा छन् । इच्छाकामना गाउँपालिकामा वर्तमान अध्यक्ष कृष्ण सिलवाल अध्यक्ष बन्दैछन् । यहाँ अन्य अध्यक्षका आकांक्षी देखा परेका छैनन् ।

    पूर्वीचितवनका ४ नगरपालिका मध्ये रत्ननगर, राप्ती र कालिकामा २-२ जनाको नाम चर्चामा छ । खैरहनीमा वर्तमान अध्यक्ष पूर्णप्रसाद डल्लाकोटीमात्र अध्यक्ष पदका लागि चर्चामा छन् ।

    रत्ननगरमा वर्तमान अध्यक्ष इश्वर अर्याल, जिल्ला सदस्य किशोरबाबु पुरीको नाम चर्चामा छ । राप्तीमा वर्तमान अध्यक्ष पूर्ण थापा र पूर्व अध्यक्ष सिताराम बलको नाम चर्चामा छ ।

  • एमाले अधिवेशन : धरानका २२ वडामै सर्वसम्मत (नामावलीसहित)

    एमाले अधिवेशन : धरानका २२ वडामै सर्वसम्मत (नामावलीसहित)

    इटहरी । धरान उपमहानगरका २० वडामै एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । यस्तै स्थानीय तहका २० वडा बाहेकका एमालेका दुई शाखा वडामा समेत सर्वसम्मत भएको छ ।

    यी हुन् धरानका एमालेका २२ वार्डअध्यक्षहरु :-

    १. कृष्ण शाह

    २. रमेश राई

    ३. सुयोग पाख्रिन

    ४. दोर्ण कट्‍वाल

    ५. विजय राई

    ६. हरि राई

    ७. राजेशमान मोक्तान

    ८. विश्वराम कार्की

    ९. शिवकुमार राई

    १०. विवेक लिम्बु

    ११. किरण राई

    १२. भोला बराल

    १३. घनश्याम तिम्सिना

    १४. सूर्य पोख्रेल

    १५. ज्ञानेन्द्र बस्नेत

    १६.  दिलकुमार गिरी

    १७.  रेवतबहादुर याख्खा

    १८. उद्धव राई

    १९. लोकेन्द्र राई

    २०.  कर्ण तामाङ

    २१.  गुणराज शर्मा

    २२.  विकेश श्रेष्ठ

  • एमालेको सचिव बनेपछि १९ वर्षीया चौधरी भन्छिन्- अब पढाई र राजनीति सँगसँगै

    एमालेको सचिव बनेपछि १९ वर्षीया चौधरी भन्छिन्- अब पढाई र राजनीति सँगसँगै

    रुपन्देही । नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १९ वर्षीया झरना चौधरी वडा सचिवमा निर्वाचित बनेर चर्चामा आएकी छन् । विद्यालय तहबाटै राजनीतिमा लागेकी झरना वडा नं ६ को सचिवमा निर्विरोध निर्वाचित भएकी हुन् ।

    लुम्बिनी विश्वविद्यालयमा स्नातक पढ्दै गरेकी उनले एमाले नेता खिमलाल भट्टराई, विद्यार्थी नेता बालकृष्ण पाण्डे, सन्दिप गुप्तालगायतका अग्रजबाट प्रेरणा पाएर राजनीतिमा लागेको बताइन् । राजनीतिबाटै समाजका धेरै समस्या समाधान गर्न सकिने र त्यो सपना एमालेबाट पूरा हुने ठानेर आफू राजनीतिमा लागेको उनको भनाइ छ ।

    ‘तराई क्षेत्रमा महिलालाई राजनीतिमा धेरै समस्या भएको सुनेकी छु, शुरुमा मलाई पनि धेरै समस्या भएको थियो । अहिले त परिवारको पूरै सहयोग छ,’ उनले नेपाल प्रेससँगको कुराकानीमा भनिन् ।

    ६ जनाको परिवारमा रहेकी झरना अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिव बनेसकेकी छन् ।‘ हजुरबुवा’आमा, बुवा÷आमा तथा दाई र म गरी ६ जना छौं,’ उनले भनिन्, ‘बुवा बुटवलमा मेकानिकल काम गर्नुहुन्छ, आमा गृहिणी हो, तर पनि मलाई पूरै साथ छ ।’ राजनीतिसँगै अध्ययनलाई अगाडि बढाउने झरनाको भनाइ छ ।

    सोही नगरपालिकाको वडा नं १ बाट २६ वर्षीय सुरज कलबार कम उमेरका वडा अध्यक्ष बनेका छन् । यसले तराईमा युवा शक्ति एमालेको साथमा रहेको पुष्टि भएको एमाले नेता तथा राष्ट्रियसभा सांसद खिमलाल भट्टराईले बताए ।

  • यी हुन् इटहरीका २७ वर्षे वडाध्यक्ष, २२ मध्ये २० वडामा एमालेको सर्वसम्मत नेतृत्व

    यी हुन् इटहरीका २७ वर्षे वडाध्यक्ष, २२ मध्ये २० वडामा एमालेको सर्वसम्मत नेतृत्व

    इटहरी । नेकपा (एमाले)को वडा अधिवेसनबाट इटहरीको एउटा वडामा २७ वर्षे युवाले वडाध्यक्षको जिम्मेबारी पाएका छन् । यो वडामा सुनील कार्की सर्वसम्मत रुपमा वडाध्यक्ष बनेका हुन् ।

    उनी नेकपा एक हुँदा वडा सचिव थिए भने एमाले र माओवादी विभाजनपछि एमालेबाट कार्यवाहक वडा अध्यक्षको जिम्मेबारीमा थिए ।

    इटहरीको चर्चित बगैंचा टोल विकास संस्थाको अध्यक्ष हुँदा लोकप्रिय भएका कार्की सामाजिक कामसँगै राजनीतिमा प्रवेश गरेका हुन । उनी इटहरीमा वडा अध्यक्ष हुने सबैभन्दा कान्छा हुन् ।

    इटहरीको यो वडामा स्थानीय चुनावमा पनि एमालेले प्यानलै जितेको थियो । यो वडाको प्रभाव एमाले इटहरीमा पनि धेरै छ । इटहरीका प्रदेश सांसद सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम लगायतका नेताहरुको गृहवडा हो यो ।

    इटहरीमा शनिबार भएको वडा अधिवेशनबाट २२ मध्ये २० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नम्बर १९ मा महिला अध्यक्ष यमकला राई चुनिएकी छन् । दुई वडा (५ र ७) मा भने आइतबार मात्र नेतृत्व चयन हुने एमाले इटहरीका नेता जिबी गजलले बताए ।

    स्थानीय सरकारका २० वडा बाहेक एमालेको संरचनामा इटहरीमा थप दुई वडा छन् । त्यसैले संख्या २२ पुगेको हो ।

    यी हुन सर्वसम्मत भएका २० वडा अध्यक्षहरुः

    वडा नं. १ दुर्गा तिम्सिना
    वडा नं. २ लोचन पौडेल
    वडा नं. ३ विनोद न्यौपाने
    वडा नं. ४ सुनील कार्की
    वडा नं. ६ योगेन्द्र ढकाल
    वडा नं. ८ देबेन्द्र प्याकुरेल
    वडा नं. ९ कपिल घिमिरे
    वडा नं. १० अब्देश चौधरी
    वडा नं. ११ केशव कोइराला
    वडा नं. १२ कमल कार्की
    वडा नं. १३ नयन्द्र बस्नेत
    वडा नं. १४ रामेश्वर चौधरी
    वडा नं. १५ लालुप्रसाद चौधरी
    वडा नं. १६ तेजनारायण चौधरी
    वडा नं. १७ पदम संजेल
    वडा नं. १८ खेमराज अधिकारी
    वडा नं. १९ यमकला राई
    वडा नं. २० हरि खतिवडा
    वडा नं. २१ भवनाथ घिमिरे
    वडा नं. २२ ढुंडीराज गुरगाईं

  • प्रभु साह एमालेमा सक्रिय हुने, आजै ओलीसँग झापा जाँदै

    प्रभु साह एमालेमा सक्रिय हुने, आजै ओलीसँग झापा जाँदै

    काठमाडौं । नेकपा (एमाले)मा रहेर पनि असन्तुष्ट भइ निष्क्रिय बसेका बसेका नेता प्रभु साह अब पार्टीमा सक्रिय हुने भएका छन् । शुक्रबार सकिएको एमाले स्थायी कमिटी बैठकले उनीनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएपछि उनी पुनः सक्रिय हुन लागेका हन् ।

    साह एमाले अध्यक्ष केपी शर्मा ओलीले आजदेखि शुरु गर्ने झापा र मोरङ कार्यक्रममा सँगै जानेछन् । नेताहरु सुवास नेम्वाङ, लेखराज भट्टसहित साह पनि कार्यक्रममा सहभागी हुनेछन्।

    ८ बुँदे सर्त राखेर एमालेको विधान महाधिवेशनसमेत बहिस्कार गरेका साह अध्यक्ष ओलीसँगको संवादपछि सकरात्मक भएका हुन्।

    २०७७ पुस ५ मा संसद विघटन हुँदा अघिल्लो दिन विरोध गरेका साह भोलिपल्टै ओलीलाई साथ दिन पुगेका थिए । २०७७ फाग्न २३ मा सर्वोच्चले तत्कालीन नेपाल कम्युसिष्ट पार्टी अलग गरेपछि उनी माओवादी छाडेर एमालेतिर लागेका थिए।

  • एमालेको वडा अधिवेशन- दाङका १०० वडामा निर्विरोध नेतृत्व (सूचिसहित)

    एमालेको वडा अधिवेशन- दाङका १०० वडामा निर्विरोध नेतृत्व (सूचिसहित)

    रूपन्देही । आसन्न राष्ट्रिय महाधिवेशनको प्रक्रिया अनुसार नेकपा एमालेले देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । देशका अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भएका छन् ।

    दाङका दुई उपमहानरपालिकासहित १० वटा स्थानीय तहको वडा अधिवेशन शनिबार सम्पन्न भयो । १ सय वडामा एमालेले निर्विरोध नेतृत्व चयन गरेको छ ।

    दाङ एमालेका सबै स्थानीय तहका नवनिर्वाचित वडाध्यक्षहरु–

    घाेराही उपमहानगरपालिका
    वडा नं. १ टोपा कुमारी पौडेल
    वडा नं. २ विपतराम चौधरी
    वडा नं. ३ रामप्रसाद चौधरी
    वडा नं. ४ लिला गोतामे
    वडा नं. ५ पोषण बहादुर नेपाली
    वडा नं. ६ मोहन खड्का
    वडा नं. ७ अशोक चौधरी
    वडा नं. ९ झग्गुप्रसाद गौतम
    वडा नं. १० तिलक महरा
    वडा न. ११ गोविन्द गौतम
    वडा नं. १२ ओगेन्द्र विष्ट
    वडा नं. १३ चूर्णबहादुर पुन
    वडा नं. १४ खड्क केसी
    वडा नं. १५ राजकुमार अधिकारी
    वडा नं. १६ जगलाल चौधरी
    वडा नं. १७ दुर्गा खत्री
    वडा नं. १८ रामबहादुर घर्ती मगर
    वडा नं. १९ निमकान्त पुरी

    तुलसीपुर उपमहानगरपालिका
    वडा नं. १ तिलक हमाल
    वडा नं. २ टीकाराम कँडेल
    वडा नं. ३ लिलाधर खरेल
    वडा नं. ४ घनबहादुर पुन
    वडा नं. ५ पदम पोख्रेल (जेठुकान्छु)
    वडा नं. ६ यज्ञबहादुर बस्नेत
    वडा नं. ७ खगेश्वर पराजुली
    वडा नं. ८ टोप बहादुर वली
    वडा नं. ९ मुक्ती प्रसाद भट्टराई
    वडा नं. १० आत्माराम धिताल
    वडा नं. ११ भागीराम चौधरी
    वडा नं. १२ मान बहादुर केसी
    वडा न‌ं. १३ खिमकान्त पाण्डे
    वडा नं. १४ कृष्ण बहादुर केसी
    वडा नं. १५ रुपलाल चौधरी
    वडा नं. १६ प्रेम पुन
    वडा नं. १७ कमल बहादुर घर्ती
    वडा नं. १८ मुक्त बहादुर वली मुकेश
    वडा नं. १९ बिमल रेग्मी

    दंगीशरण गाउँपालिका
    वडा नं. १ दिलुकुमारी पुन
    वडा नं. २ मोहन विक
    वडा नं. ३ चेतलाल वली
    वडा नं. ४ कमल चौधरी
    वडा नं. ५ निरज बस्नेत
    वडा नं. ६ ढालबहादुर केसी
    वडा नंं. ७ भुपवहादुर खड्का

    बबई गाउँपालिका
    वडा नं. १ खड्ग कवर,
    वडा नं. २ प्रेमलाल वली
    वडा नं. ३ मानबहादुर केसी
    वडा नं. ४ नारायण परियार
    वडा नं. ५ शिवप्रसाद भण्डारी
    वडा नं. ६ पूर्णबहादुर वली
    वडा नं. ७ रुपा राना

    लमही नगरपालिका
    वडा नं. १ चेतकान्त खनाल,
    वडा नं. २ अतिराम चौधरी,
    वडा नं. ३ पुनाराम केसी,
    वडा नं. ४ सुरेश बुढा,
    वडा नं. ५ जगनारायण चौधरी,
    वडा नं. ६ शेषमणि अधिकारी,
    वडा नं. ७ ओमराज गिरी,
    वडा नं. ८ जनक बुढा,
    वडा नं. ९ खिमबहादुर केसी

    गढवा गाउँपालिका
    वडा नं. १ शिरे पुरी,
    वडा नं. २ देवप्रकाश चौधरी,
    वडा नं. ३ राजेश क्षेत्री,
    वडा नं. ४ कमल खड्का,
    वडा नं. ५ सीता थापा,
    वडा नं. ६ दामोदर ढुंगाना,
    वडा नं. ७ श्याम चौधरी,
    वडा नं. ८ खालिक सिद्धिकी

    राजपुर गाउँपालिका
    वडा नं. १ यमलाल वली,
    वडा नं. २ अयोध्याप्रसाद चौधरी,
    वडा नं. ३ रामवरण यादव,
    वडा नं. ४ लेखराज डाँगी,
    वडा नं. ५ टंकबहादुर विष्ट,
    वडा नं. ६ राजेन्द्र चौधरी,
    वडा नं. ७ राजन वली

    राप्ती गाउँपालिका
    वडा नं. १ गेमबहादुर खड्का,
    वडा नं. २ हिमानन्द पाण्डे,
    वडा नं. ३ हेमराज भण्डारी,
    वडा नं. ४ प्रेम केसी,
    वडा नं. ५ जीवराज भट्टराई,
    वडा नं. ६ हरिचन्द्र चौधरी,
    वडा नं. ७ सीताराम चौधरी,
    वडा नं. ८ पुरण चौधरी,
    वडा नं. ९ वालाराम बुढा

    शान्तीनगर गाउँपालिका
    वडा नं. १ देविराम केसी
    वडा नं. २ खुमबहादुर वली
    वडा नं. ३ गंगाराम बस्याल
    वडा नं. ४ तिलक केसी
    वडा नं. ५ रेशम वली,
    वडा नं. ६ जीवराज वली
    वडा नं. ७ ओम भण्डारी

    बंगलाचुली गाउँपालिका
    वडा नं. १ काले घर्तीमगर,
    वडा नं. २ झगलाल घर्तीमगर
    वडा नं. ३ डिलबहादुर केसी
    वडा नं. ४ जागेश्वर रावत
    वडा नं. ५ थमन गिरी
    वडा नं. ६ खगुराम डाँगी
    वडा नं. ७ खोविराम मगर
    वडा नं. ८ देविराम घर्तीमगर

  • एमालेको वडा अधिवेशन उद्घाटन, ६ हजार भन्दा बढी वडाले आजै नयाँ नेतृत्व पाउने

    एमालेको वडा अधिवेशन उद्घाटन, ६ हजार भन्दा बढी वडाले आजै नयाँ नेतृत्व पाउने

    काठमाडौं। नेकपा (एमाले)को आज मुलुकभर वडास्तरका अधिवेशन शुरु भएको छ । केन्द्रीय कार्यलमा आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका वडा अधिवेशन उद्घटान गरेका हुन्।

    आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

    अधिवेशन उद्घाटनपछि ओलीले सम्बोधन शुरु गरेका छन् । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने छ।

    आजै ६ हजार भन्दा बढी वडामा एमालेको नयाँ नेतृत्व आउने छ। यद्यपि, बाढीपहिरो प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुनेछैन ।

    एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ । आज अधिवेशन हुन नसकेका वडाहरुको अधिवेशन चाँडै सम्पन्न नगर्न पनि ओलीले निर्देशन दिए । एकै पटक देशभरको यसरी वडा अधिवेशन गर्ने पार्टी एमाले मात्रै रहेको ओलीले दावी गरे।

    तस्वीरहरू: उमेश कार्की/नेपालप्रेस ।

  • एमाले वडा अधिवेशन: खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै

    एमाले वडा अधिवेशन: खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै

    खोटाङ । खोटाङमा नेकपा एमालेका २ हजार ४ सय ४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

    मुलुकभर शनिबार भइरहेको वडा अधिबेशनअन्तर्गत खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व टुंग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिवसहित सदस्य चयन गर्ने छन् । आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन लागेको हो ।

    प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिवेशन शनिबार सम्पन्न हुने एमालेले जनाएको छ । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

  • आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने

    आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने

    काठमाडौं । नेकपा (एमाले)ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

    अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

    यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

    शुक्रबार बसेकाे एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियाे ।

    बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

    राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ ।

    केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ ।

  • एमालेको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरू

    एमालेको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरू

    काठमाडौं । हिजोदेखि जारी नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ ।

    हिजोको बैठकले एमालेको १० औं महाधिवेशन स्थल तोक्दै रामबहादुर थापाको नेतृत्वमा मुल व्यवस्थापन कमिटी गठन गरेको थियो ।

    आजको बैठकमा १० बुँदेलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीपछि सिर्जना भएको विवादमाथि छलफल हुने बताइएको छ ।

    अध्यक्षको टिप्पणीमा ‘१० भाइ नेता’ हरू असन्तुष्ट बनेपछि यसबारे त्यसको कार्यन्वयन सहजीकरण गर्न बनाइएको कार्यदलमा छलफल भएको थियो ।

    उक्त कार्यदलले आजको बैठकमा सुझाव पेस गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

  • एमालेको मेलम्ची नगर अधिवेशन कात्तिक १३ गते

    एमालेको मेलम्ची नगर अधिवेशन कात्तिक १३ गते

    सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कात्तिक १३ गते हुने भएको छ । नगर अधिवेशन आयोजक कमिटीको हिजो मेलम्ची बजारमा बसेको पूर्ण बैठकले सो दिनका लागि अधिवेशन तय गरेको हो ।

    केन्द्रको निर्णय अनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो । नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपद्का कारण अधिवेशन सारिएको हो ।

    उक्त अधिवेशनले नगरमा नेतृत्व चयन गर्ने छ । अधिवेशनलााई व्यवस्थित पार्न सात उप-समिति गठन गरिएको समेत संयोजक अर्यालले जानकारी दिनुभयो ।

  • यसरी हुँदैछ एमालेको वडा अधिवेशन, ‘वार रुम’मा ओलीसँगै २ लाख बढी सदस्य जोडिने (सर्कुलरसहित)

    यसरी हुँदैछ एमालेको वडा अधिवेशन, ‘वार रुम’मा ओलीसँगै २ लाख बढी सदस्य जोडिने (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एमालेले देशभरका करीव ६ हजार वडामा एकैपटक पहिलो अधिवेशन आयोजना गदै २ लाख भन्दा बढी कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको छ ।

    एउटा वडामा मात्र अध्यक्ष भौतिक रुपमा उपस्थित भएर उद्घाटन गर्नुभन्दा देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर केन्द्रीय अध्यक्षले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

    तामाङका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाट वडा अधिवेशनहरुको उद्घाटन र शुभकामना मन्तव्य दिनेछन् । त्यसक्रममा दुईदेखि साढे दुई लाख कार्यकर्ता प्रत्यक्ष रुपमा भर्चुअल माध्यमबाट जोडिने अनुमान गरिएको छ ।

    केन्द्रीय कार्यालयमा वडा अधिवेशनको ब्यानर राखेर अध्यक्ष ओली र केन्द्रीय नेताहरु बस्नेछन् । इन्टरटेन पहुँच भएका सबै वडा अधिवेशनस्थलमा जुम आइडीको लिंक पठाइने तामाङले बताए ।

    केन्द्रीय कार्यालयको तर्फबाट तामाङले विहीवारै सबै जिल्ला कमिटीहरुलाई वडा अधिवेशनको विधिबारे मापदण्ड पठाइसकेका छन् । प्रत्येक वडामा जिल्ला कमिटीले खटाएका एकजना सदस्य अनिवार्य उपस्थित हुनेछन् ।

    सकेसम्म सर्वसममत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ । राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहका अधिवेशन हुन लागेकाले एमालेले अधिवेशनको संख्या पहिलो भन्न निर्देशन दिएको छ ।

    यसअघि एमालेका वडा कमिटी,गाउँ कमिटी,इलाका कमिटी र नगर कमिटीहरुका अधिवेशन भएका थिए । तर ती अब इतिहासमा रहने र नयाँ संरचनाका आधारमा पहिलो अधिवेशन मानिने तामाङले बताए ।

    एमालेको वडा अधिवेशनसम्बन्धी सर्कुलर यस्तो छ-

  • महाधिवेशनस्थलमा एमालेको पत्रकार सम्मेलन, उदघाटन समारोहमा ५ लाख जनता उतार्ने

    महाधिवेशनस्थलमा एमालेको पत्रकार सम्मेलन, उदघाटन समारोहमा ५ लाख जनता उतार्ने

    चितवन । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय भएलगत्तै स्थान छनोट कार्य तीव्र पारिएको छ । एमाले चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए ।

    ‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी बन्नेछन्,’ उनले भने, ‘उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको छ ।’

    उनका अनुसार महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुनेछन् । ‘वागमती कमिटीले ३ गते चितवनमै गर्न सिफारिस गरेका थियौं, ४ गते स्थायी कमिटीले निर्णय ग¥यो,’ उनले भने, ‘बागमती प्रदेश र चितवनको सम्मान भएको छ, हामी महाधिवेशन सफल पार्न लाग्ने छौं ।’

    उनले एमालेले एक्लै संसदीय चुनावमा बहुमत ल्याउने दावीसमेत गरे । ‘सत्ताधारी ५ दलीय गठबन्धनसँगै चुनावमा जाने कुरा सुनेका छौं, उहाँहरु नै एमाले कमजोर छैन भनिरहनुभएको छ,’ उनले भने, ‘भविष्यको राजनीति र सरकारको नेतृत्व गर्ने गरी बहुमत ल्याउनेछौं ।’

    सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी अलग बनेकाले अब एमाले एक्लै चुनावमा जाने उनले बताए । ‘२०७४ मा संयुक्त वामगठबन्धनले जुन नतिजा ल्याएको थियो, अब एमालेले एक्लै त्यो भन्दा बढीको हैसियतका साथ निर्वाचनमा उपस्थिति जनाउने छ,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन जोगाउने कामको नेतृत्व पनि हामिले लिनेछौं ।’

    एमालेको महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का, विश्वासघात बाबजुत पनि एमाले शशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए । देश बनाउने र समाजवादको यात्रामा जाने सामार्थ्य एमालेसँग मात्रै भएकाले जनताको विश्वास जित्ने दावी गरे ।

    एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनका ९८ वडामा यहि ६ गते र ७ स्थानीय तहमा ९ गते पालिकास्तरको नेतृत्व सर्वसम्मत चयन गर्न लागिएको बताइन् । एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेलले महाधिवेशन सफल पार्न जिल्ला कमिटी प्रतिवद्ध रहेको बताए ।

  • एमालेको निर्वाचन आयोगका पदाधिकारीले लिए सपथ

    एमालेको निर्वाचन आयोगका पदाधिकारीले लिए सपथ

    काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीले सपथ लिएका छन् । विहीबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी समिति बैठकमा आयोगका अध्यक्ष र सदस्यहरूले सपथ लिएका हुन् ।

    असोज १५ देखि १७ गतेसम्म चलेको विधान महाधिवेशनले विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो । आयोग सदस्यहरूमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे छन् ।

    सुब्बा नेतृत्वको आयोगले एमालेको १० औं महाधिवेशनमा निर्वाचन संचालन गर्नेछ ।

  • एमाले सहभागी हुने गरी प्रदेशसभा बैठक सार्ने सहमति, मतदान आज नहुने

    एमाले सहभागी हुने गरी प्रदेशसभा बैठक सार्ने सहमति, मतदान आज नहुने

    काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको वागमती प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

    यसअघि १ बजे बोलाइएको बैठकमा सत्तारुढ एमालेले अनुपस्थित हुने चेतावनी दिएपछि बैठक केही समयलाई सारिएको हो । प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने गरि सूचना टाँस गरिएको र अब कार्यसूची पनि सार्वजनिक गरिने नेपाल प्रेसलाई जानकारी दिए ।

    पार्टी स्थानीय अधिवेशनमा व्यस्त हुनु परेको भन्दै एमालेले कार्तिक ११ यता बैठक नराख्न सभामुखलाई आग्रह गरेको थियो । त्यसलाई विपक्षी गठबन्धनले सत्ता लम्बयाउने चाल भन्दै विरोध जनाएका थिए ।

    सभामुख सानुकुमार श्रेष्ठले छलफल गरेर ३ बजेलाई बैठक सारेपछि बैठकमा सहभागी हुन एमाले तयार भएको हो । वागमती प्रदेशकी आर्थिक योजना मन्त्री एवम् एमाले सांसद रचना खड्काले बैठकमा एमाले पनि सहभागी हुने जानकारी दिइन् ।

    अनावश्यक सत्ता लम्ब्याउने र असंवैधानिकरूपमा आफूहरू एक मिनेट पनि सरकारमा नबस्ने भन्दै खड्काले एमाले बैठकमा सहभागी हुने बताइन् । ‘समान्यतया पार्टी कार्यक्रम र संसद बैठक नजुधाउने प्रचलन हो,’ नेपाल प्रेससँग उनले भनिन्, ‘६ गते वडा र ९ गते पालिका अधिवेशन भएकाले हामीले त्यसै अनुसार बैठक बोलाउन आग्रह गरेका मात्रै हौं । त्यसमा अन्यथा केही होइन् ।’

    आज बैठक बसे पनि विश्वासको प्रस्तावमाथि मतदान भने नहुने भएको छ । वडा र पालिका अधिवेनशनका लागि एमाले सांसदहरू गाउँ-गाउँमा पुगेकाले मतदानका लागि केही समय लम्ब्याउनुपर्ने एमाले मागमा सभामुख पनि सकारात्मक देखिएका छन् ।

    आज मुख्यमन्त्रीले जवाफ दिएपछि अनुकूल समयमा मतदान हुनेछ ।

  • १० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

    १० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

    काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद समाधनका लागि गरिएको १० बुँदे सहमतिबारे नेताहरूबीच विवाद सुरू भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमै राख्ने सन्दर्भमा १० बुँदे गरिएको भए पनि अहिले त्यो असान्दर्भिक भइसकेको भन्दै त्यसको एकतर्फी बाजा नबजाउन आग्रह गरेका छन् ।

    बुधबार एमाले वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए । ओलीकै शैलीमा उपाध्यक्ष भीम रावलले पनि जवाफ फर्काएका छन् ।

    उनले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् । ट्वीटरमार्फत ओलीलाई जवाफ फर्काएका रावलले स्वास्थ्यका लागि ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक भनेका छन् ।

    ओलीले के भनेका थिए ?

    हिजो कताको के-को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर .. गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे यो पनि धेरै गरिरहनु आवश्यक छैन ।

    एकठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो।

    रावलको जवाफ

    १० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे बिगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।

  • वागमती प्रदेशसभा बैठकमा एमाले नजाने, बैठक रोकिए बहुमत सांसदको हस्ताक्षरको तयारीमा गठबन्धन

    वागमती प्रदेशसभा बैठकमा एमाले नजाने, बैठक रोकिए बहुमत सांसदको हस्ताक्षरको तयारीमा गठबन्धन

    मकवानपुर । वागमती प्रदेश सरकार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भनिए पनि प्रदेशसभाको बैठकको एजेण्डा अन्योल बनेको छ ।

    आजका लागि आह्वान गरिएको बैठक सार्न एमाले वागमती प्रदेश कमिटीले सभामुखलाई पत्र पठाएर आग्रह गरेको छ । अन्तिम समयमा आएर बैठक स्थगित गर्न खोज्नु अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यको सरकारको आयु बढाउन खोजिएको भन्दै टिप्पणीसमेत बढेको छ ।

    अपरान्ह ३ बजेका लागि आह्वान गरिएको बैठक सारेर यही ११ कात्तिकका लागि संसद बोलाउन सत्तारुढ एमालेका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभा सचिवालयमा प्रस्ताव पठाएका छन् ।

    पार्टीको वडा र पालिका अधिवेशनका कारण व्यस्तताले बैठकमा उपस्थित हुन नसक्ने भएकाले समय सार्न एमालेले आग्रह गरेको हो । आजको बैठक सभामुखले राखे पनि एमालेका सांसदहरू उपस्थित नहुने निरौलाले बताए ।

    उनले भने, ‘हामीले प्रदेशसमा विहीबारका लागि बोलाइएको बैठक सार्नका लागि भनेका छौं । सभामुखले बैठक सार्नुभएन भने पनि आजको बैठकमा हामी उपस्थित हुन सक्दैनौं ।’

    विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) भने विहीबारका लागि आह्वान गरिएको बैठक नसर्नेमा ढुक्क छन् । सभामुखले यदि बैठक सार्ने प्रयत्न गरेको खन्डमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा जाने उनीहरूको भनाइ छ ।

    नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी एमालेले सरकारको आयु लम्ब्याउन खोजे पनि अल्पमतमा परिसकेको सरकार अब टिक्न नसक्ने बताउँछन् ।

    एकीकृत समाजवादी बाग्मती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देल केन्द्रीय सहमतिअनुसार वागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने सहमति भएकाले एमालेले बैठक सार्न माग राखे पनि उसको योजना सफल नहुने बताउँछिन् ।

  • सुर्खेत एमालेको वडा अधिवेशन ९ गते, पालिकामा १५ गते

    सुर्खेत एमालेको वडा अधिवेशन ९ गते, पालिकामा १५ गते

    सुर्खेत । नेकपा एमाले सुर्खेतले  आफ्नो वडा अधिवेशन र पालिका अधिवेशनको कार्यतालिकामा फेरबदल गरेको छ ।

    एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीका अनुसार एमाले सुर्खेतको वैठकले वडा अधिवेशन कात्तिक ९ गते र पालिका अधिवेशन १५ गते गर्ने निर्णय गरेको हो ।
    ‘वडा अविधेशन र पालिका अधिवेशन प्राविधिक कारणले तोकिएको समयमा गर्न नसकिने भएकोले सो मिति परिवर्तन गरी यही २०७८ कार्तिक ९ गते वडा र कार्तिक १५ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ अध्यक्ष शाहीले भने, ‘पालिका स्तरको बैठक २०७८ कार्तिक ५ गते भित्र बसिसक्ने र जिल्ला कमिटीको बैठक २०७८ कार्तिक ६ गते बस्ने निर्णय भएको छ ।’

    उनका अनुसार वडा अविधेशन सम्पन्न गर्नका लागि समन्वय र सहजिकरण गर्ने प्रतिनिधि तोक्न पालिका कमिटीलाई जिम्मेवारी दिने र पालिका अधिवेशन सम्पन्न गर्न समन्वय र सहजीकरण गर्ने प्रतिनिधि जिल्ला कमिटीले तोकि पठाउने निर्णयसमेत भएको हो ।

  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बस्न लागेको बैठकले असोज १६ र १७ गतेको विधान महाधिवेशनको समीक्षासँगै आसन्न राष्ट्रिय महाधिवेशनबारे छलफल गर्नेछ ।

    नेकपा एमालेको राष्ट्रिय महाधिवेशन मंसीरमा गर्ने तयारी छ । त्यसका लागि कात्तिक ६ गते शनिबार वडा अधिवेशन हुँदैछ । कात्तिक ९ गते मंगलबार पालिका अधिवेशन हुँदैछ । आजको बैठकले त्यसको तयारीबारे पनि छलफल गर्ने बताइएको छ ।

    बैठकमा हालै बेमौसमी वर्षापछि देशभर बाढी र पहिरोले पु¥याएको जनधनको क्षतिसँगै राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराउनेबारे पनि छलफल हुनेछ ।

  • ओलीको दावी- एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

    ओलीको दावी- एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेको अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए ।

    ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उनले भने,‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’

    आफ्नो अभिष्ट भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छ । ‘तर हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । हामी जित्ने, सरकार बनाउने कुरा किन गरिराखेका छौं भने जित्नका लागि । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं ।’

  • कार्यकर्तालाई ओलीको निर्देशन- नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ, अन्त हाले बिटुलिन्छ

    कार्यकर्तालाई ओलीको निर्देशन- नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ, अन्त हाले बिटुलिन्छ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउने गरी लाग्न नेता/कार्यकतालाई निर्देशन दिएका छन् ।

    बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले ती नयाँ मतदाताले पहिलोपटक अन्त भोट हाले हात बिटुलिने बताए ।

    उनले भने, ‘नयाँ भोटरको पंक्तिलाई आकर्षित गर्नुपर्छ । उनीहरूलाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने बिटुलिन्छ । पहिलोपटक बिटुलियो भने फेरि वर्षौं लाग्छ ।’

    अन्त भोट हाले युवाको मत खेर जाने उनको भनाइ छ । ओलीले एमालेमा जित्छौं भन्ने आत्म विश्वास भएकाले आसन्न चुनावमा एमाले नै ठूलो दल हुने दावी गरे।

  • नेकपा एसका तीन केन्द्रीय सदस्य एमालेको प्रदेश कमिटीमा फर्किए

    नेकपा एसका तीन केन्द्रीय सदस्य एमालेको प्रदेश कमिटीमा फर्किए

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुईजना केन्द्रीय सदस्य एमालेमै फर्किएका छन् ।

    रामेछापका झम्क कडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसीलाई नेकपा एसले हालैमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन समेत गरेको थियो । केसी भने सल्लाहकार सदस्यमा थिए ।

    तीनैजना बुधवार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएको अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनीहरू एमालेको प्रदेश कमिटी सदस्यमा थिए ।

    पाँच दिनमै उनीहरू नेकपा एसको जिम्मेवारी छाडेर एमालेको प्रदेश कमिटीमा सक्रिय भएका हुन् ।

  • ओलीको टिप्पणीः एमाले-कांग्रेस प्रतिस्पर्धी हुन्, प्रचण्ड-माधव चुनावपछि च्याँखेबाट फालिन्छन् (भिडिओ)

    ओलीको टिप्पणीः एमाले-कांग्रेस प्रतिस्पर्धी हुन्, प्रचण्ड-माधव चुनावपछि च्याँखेबाट फालिन्छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँगै रहेको र आउने चुनावमा कांग्रेसले वैशाखी खोजिरहेको टिप्पणी गरेका छन् ।

    वागमती प्रदेश कमिटीको बैठकलाई बुधबार सभागृहमा सम्बोधन गर्दै ओलीले कांग्रेससँगको गठबन्धनलाई चुनावसम्म लैजान प्रचण्ड-माधवले प्राण लगाएको बताए ।

    ओलीले एक्लै चुनाव लड्दा एउटा वडा जित्न पनि नसक्ने भएकाले उनीहरूका लागि अहिलेको गठबन्धन चुनावमा लैजानुपर्ने बाध्यता रहेको र कांग्रेस कार्यकर्ताहरू कुन चिन्हमा भोट हाल्नुपर्ने हो भनेर अन्यौलमा रहेको बताए । उनले माओवादी र नेकपा एस कांग्रेस एमालेको जुवाखालमा च्याँखे थापेर बसेको आरोप लगाए ।

    अध्यक्ष ओलीले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँगका छ । राजनीतिक,वैचारिक र सांगठानिक तथा चुनावी प्रतिस्पर्धा छ । तर, यी च्याँखे थापेर बसेका छन् । अबको चुनावबाट यी च्याँखेहरुलाई पन्छाउनुपर्छ ।’

    ओलीले अहिलेको सरकार नायबीद्वारा चलाइएको निमित्त सरकार हो भन्दै नायबी भने पर्दा पछाडि रहेको बताए ।

  • कांग्रेसप्रति ओलीको कटाक्ष- विचराहरू भोट कुन चिन्हमा हाल्नुपर्ने हो भनेर पुर्पुरोमा हात राख्या छन् (भिडिओ)

    कांग्रेसप्रति ओलीको कटाक्ष- विचराहरू भोट कुन चिन्हमा हाल्नुपर्ने हो भनेर पुर्पुरोमा हात राख्या छन् (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको टिप्पणी गरेका छन् । यही कारण कांग्रेसका कार्यकर्ता कहाँ कसलाई भोट हाल्ने भनेर अलमलमा परेको उनको कटाक्ष छ ।

    ‘सरकारको ग्रास घटेको छ,’ बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ । अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर।’

    ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै कांग्रेसभित्रै छोरीलाई जितेर के पाइयो, बाउलाई जिताएर के पाइयो भन्दै असन्तुष्टि बढेको बताए ।

    एमालेको चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि जनतामा जान कांग्रेसको एजेन्डा नै नभएको बताए ।

  • एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दैछन् : ओली (लाइभ)

    एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दैछन् : ओली (लाइभ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब महाधिवेशनमा जुटेको बताएका छन् । यो महाधिवेशनले कार्यकर्तामात्र होइन जनतालाई समेत परिचालन गर्नुपर्ने बताए ।

    ओलीले माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर प्रचण्डले बोलेको भन्दै आफूले त्यो ठीकै कुरा हो भन्दिएपछि अब देशकै ठूलो पार्टी बन्ने गफ दिन थालेको बताए ।

    वागमती प्रदेश कमिटीको बैठकलाई अहिले ओलीले सम्बोधन गरिरहेका छन् ।

     

  • वागमती प्रदेश : मुख्यमन्त्रीमाथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

    वागमती प्रदेश : मुख्यमन्त्रीमाथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि विश्वासको मतमा मतदान गर्ने समय केही दिन पर सार्न नेकपा (एमाले) ले आग्रह गर्ने भएको छ ।

    एमाले वागमती प्रदेश संसदीय दलले पार्टीको वडा अधिवेशनका कारण नेता, कार्यकर्ता व्यस्त हुने भएकाले भोलि लिने भनिएको विश्वासको मतदानलाई केही दिन सार्न प्रदेश संसद सचिवालयलाई पत्रसमेत लेख्ने निर्णय गरेको छ।

    उक्त पत्र लिएर एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौला सभामुख सानुकुमार श्रेष्ठलाई भेट्न गएका छन् । पत्रमा ११ गते मतदानको समय तोक्न आग्रह गरिएको छ ।

    मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया दसैँअघि नै सुरू भएको भए पनि मतदान भने दसैँपछि गर्ने निर्णय भएको थियो । उक्त सहमतिअनुसार विश्वासको मतका लागि भोलि मतदान गर्ने समय निर्धारण गरिएको थियो ।

    एमाले विभाजन भइ नेकपा एस बनेपछि शाक्य अल्पमतमा परेकी छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । यस्तो अवस्थामा शाक्यले विश्वासको मत पाउन कठिन हुने देखिएको छ।

  • यस्तो छ एमालेको संशोधित विधान, के-के प्रावधान थपिए (पूर्णपाठ)

    यस्तो छ एमालेको संशोधित विधान, के-के प्रावधान थपिए (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेको नयाँ विधान प्रकाशनमा गएको छ । यही असोज १५-१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार अन्तिम टुंगो लगाएपछि संशोधित विधान प्रकाशनका लागि पठाइएको हो ।

    २०७१ मा भएको नवौं महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू यस विधानमा संशोधन गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरू पनि हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ ।

    अर्को पाँच वर्षसम्मको लागि पारित भएको संशोधित विधान र त्यसमा भएका प्रावधानहरू यस्ता छन् :-

  • देशभरका सबै वडामा एकसाथ एमालेको अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

    देशभरका सबै वडामा एकसाथ एमालेको अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

    काठमाडौं । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ ।

    मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।

    कात्तिक ६ गते एकसाथ वडा अधिवेशन हुने र अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट सामन्य मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

    एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरि तयारी गरिरहेको छ ।

    एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् ।

    वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

  • गृहजिल्लामा ओलीको आकर्षण- बच्चादेखि बुढाबुढी यसरी झुम्मिए (तस्बिरहरू)

    गृहजिल्लामा ओलीको आकर्षण- बच्चादेखि बुढाबुढी यसरी झुम्मिए (तस्बिरहरू)

    झापा । एमाले अध्यक्ष केपी शर्मा ओली आज छोटो समयका लागि गृहजिल्ला झापा आए । उनी एउटा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर आजै काठमाडौं फर्किँदैछन् ।

    चाडबाडका बेला ओली झापा पुग्दा एमाले नेता-कार्यकर्ता उत्साहित भएका थिए । उनलाई स्वागत गर्न भद्रपुर विमानस्थलमा घुइँचो थियो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यसहितका नेता-कार्यकर्ताले उनलाई स्वागत गरे । त्यहाँबाट ओली आफन्तसँग भेटघाटमा केहीबेर व्यस्त भए । अनि ढिला गरी शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएका थिए ।

    ओलीको आगमनसँगै कार्यक्रमका सहभागीले ताली र नारावाजी गर्दै उनको स्वागत गरे । केही वृद्धवृद्धा र बालबालिकाले उनलाई मञ्चमै उक्लेर भेटे ।

    हेर्नुस् केही तस्बिर :-

  • ‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)

    ‘स्वप्नद्रष्टा पिता’ भन्दै केपी ओलीमाथि कोमल वलीको कविता र गीत (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेर एउटा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा भाग लिन पुगेकी थिइन् एमालेकी समानुपातिक सांसद तथा लोकगायिका कोमल वली ।

    कार्यक्रममा भाषणसँगै सांस्कृति प्रस्तुति पनि समावेश गरिएका थिए । कोमलले पनि कार्यक्रममा छोटो भाषण गर्दै केपी ओलीमाथि कविता र गीत सुनाइन् । आफ्नो छोटो कवितामा कोमलले ओलीलाई ‘स्वप्नद्रष्टा पिता’ को संज्ञा दिएकी थिइन् ।

    कोमलले सार्दूलविकृडित छन्दमा सुनाएको कविताका चार पंति यस्ता छन्-

    यस्ता घोर कठोर कालहरुमा सत्कर्मका सञ्चिता

    नेपालीजनका अपूर्व सुखका हे स्वप्नद्रस्टा पिता,

    नेपाली मुटुभित्र बास अहिले बस्ने छ कोही त्यो भने

    केपी बा हुनुहुन्छ एक युगका भन्छन् सबै भन्छन् सबैका मन ।

    कोमलले आफ्नो भाषणमा देशलाई फेरि एकपटक केपी ओली चाहिएको बताइन् ।

    उनले भनिन्, ‘देशको दूरगामी विकासका लागि हामीलाई फेरि केपी ओली चाहिएको छ ।’

    त्यसपछि उनले ओलीमाथि नै रचिएको गीत पनि सुनाइन् ।

    गीतको बोल थियो :

    फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई

    देशका लागि आज अनि चाहियो भोलिलाई

    आजभन्दा झन्‌झन् खाँचो भयो भोलिलाई ।

  • गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

    गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको अवसरमा गृहजिल्ला झापा पुगेर दसैँको शुभकामना साटेका छन् । पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अघिल्ला भाषणहरूमा जस्तो अरु दल र नेतालाई गालीगलौज गरेनन् ।

    भाषणको सुरूआतमा नै ओलीले आफू आज शुभकामनामात्र दिन उपस्थित भएको भन्दै कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

    ‘करिब तीन हप्तादेखि रुघाखोकीका कारण बाहिर निस्कन सकेको थिइनँ,’ ओलीले भाषण सुरू गर्दै भनेका थिए, ‘महाधिवेशनमा दुई दिन देखा परेँ, त्यसपछि कतै गएको छैन । आज म दसैँको शुभकामना साट्न आएको हुँ । कसैलाई कटाक्ष र आलोचना गर्न उचित ठान्दिनँ ।’

    नभन्दै उनले अदालत र सरकारबीच ‘बार्टर’ को आशंकाबाहेक अरु कुनै आलोचनात्मक टिप्पणी गरेनन् । न त सहभागीलाई हँसाए नै । उनको भाषण पूर्णरूपमा ‘शाकाहारी’ थियो ।

    ओलीले भने, ‘केही वर्ष अघिसम्म नेपालीलाई लाग्ने गरेको थियो देश विकास गर्न सकिँदैन कि क्याहो ? तर, अहिले वितेका केही वर्षमा हामीले जे उपलब्धी हाँसिल गरेका छौं, त्यसले विश्वास उत्पन्न गरेको छ कि हामी सक्छौं । हामीले निराश हुनुपर्ने अवस्था छैन अहिले ।’

    ओलीको भाषण उनको शैलीविपरीत निकै छोटो पनि थियो । प्राय एक-डेढ घन्टा भाषण गर्ने ओली आज २० मिनटमै भाषण टुंग्यायाए ।

    भाषण सकेर ओली आजै काठमाडौं फर्किँदैछन् ।

  • जेठान-मन्त्रीबारे ओलीको आरोप- सरकार र अदालतबीच ‘बार्टर’ भएको देखियो (भिडिओ)

    जेठान-मन्त्रीबारे ओलीको आरोप- सरकार र अदालतबीच ‘बार्टर’ भएको देखियो (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा पछिल्लो सत्ता परिवर्तन भएको आरोप लगाएका छन् । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले सो आरोप लगाएका हुन् ।

    गृहजिल्ला झापा पुगेका ओलीले दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भने, ‘तीन महिनापछि बल्लतल्ल सरकारले पूर्णता पायो, त्यो पनि जेठानलाई मन्त्री बनाएर । अहिले आएर थाहा भयो यो सरकार कसरी बनेको रहेछ । पहिले व्यापारमा पैसाको कारोबार हुन्नथ्यो । बार्टर सिस्टमबाट चल्थ्यो । अहिले सरकार परिवर्तन पनि बार्टर सिस्टममा भएको देखियो ।’

    उनले थपे, ‘पैसाको कारोबार भयो भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो ।’

    ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सुमति दिने कामना गरे । आफ्नो भाषणको सुरूआतमा उनले आज दसैँको शुभकामनामात्रै दिने र कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।