Tag: नेकपा एमाले

  • च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    च्यासलमा महाधिवेशन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ ।

    त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा साथै आसन्न दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

    हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्ने कार्यतालिका रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    त्यस्तै १० बुँदे सहमतिअन्तर्गत कार्यान्वयन हुन बाँकी रहेका बुँदामा आवश्यकताअनुसार निर्णय हुने भएको छ । भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयनमा जोड दिइरहेका छन् ।

    मंसिर १० देखि १२ सम्म चितवनमा हुने निर्णय भएको दशौं राष्ट्रिय महाधिवेशनस्थलबाट फर्केका मूल व्यवस्थापन समहितिका सहसंयोजक सुरेन्द्र पाण्डेले त्यहाँ भइरहेका तयारीबारे आजको बैठकमा ‘ब्रिफिङ’ गर्नेछन् ।

    एमालेको राष्ट्रिय महाधिवेशन चिवतनको नारायणगढस्थित नारायणी किनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र सन्चालन गर्ने तयारी छ ।

  • एमालेलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ, त्यहाँ बस्नेको हरिबिजोग हुनेवाला छ : माधव नेपाल (भिडिओ)

    एमालेलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ, त्यहाँ बस्नेको हरिबिजोग हुनेवाला छ : माधव नेपाल (भिडिओ)

    पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सती जाने टिप्पणी गरेका छन् ।

    ‘एमालेको त भविष्य खत्तम । एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल । जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ,’ उनले भने, ‘एमालेमा बस्नेहरुको हरिबिजोग हुनेवाला छ । त्यसको भविष्य नै छैन । टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले ? केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।’

    नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताए । ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रशंसा दुनियाँले गरेको छ । त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नुभयो । त्यसविरुद्ध पनि उहाँहरु उभिनुभयो,’ नेपालले थपे, ‘विरोध गर्ने केपी ओली र तिनका हनुमान बाहेक अरुले गर्दैन । तिकडम गरेर सबैको राजीनामा माग्ने गलत काम हो । समाजका सबैको हुर्मत लिने, केपी ओलीको कामै त्यही हो ।’

    पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन् । ‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकैपटक गर्नु पर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नी । हामी सल्लाह गर्छौं, मिल्छ भने त्यही बाटोमा किन नजाने ?’

    उनले तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए ।

  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनसम्बन्धी थप निर्णय हुने

    एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनसम्बन्धी थप निर्णय हुने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति वैठक आज बस्दैछ । तुल्सीलााल अमात्य स्मृति भवनमा आज विहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ ।

    त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

    हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्ने कार्यतालिका रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    त्यस्तै १० बूँदे सहमतिअन्तर्गत कार्यान्वयन हुन बाँकी रहेका बूँदाहरुमा आवश्यकताअनुसार निर्णय हुने भएको छ । भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले १० बूँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

    मंसिर १० देखि १२ सम्म चितवनमा हुने निर्णय भएको दशौं राष्ट्रिय महाधिवेशनस्थलबाट फर्केका मूल व्यवस्थापन समहितिका सहसंयोजक सुरेन्द्र पाण्डेले त्यहाँ भइरहेका तयारीबारे आजको बैठकमा ‘ब्रिफिङ’ गर्नेछन् ।

    एमालेको राष्ट्रिय महाधिवेशन चिवतनको नारायणगढस्थित नारायणी किनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र सन्चालन गर्ने तयारी भएको छ ।

    याे पनि पढ्नुस्

    यसरी चुनिनेछन् एमालेका महाधिवेशन प्रतिनिधि,५१ प्रतिशत समावेशी कोटा (सूचीसहित)

  • गुल्मीको रेसुंगा नगर कमिटीमा एमालेको सर्वसम्मत नेतृत्व

    गुल्मीको रेसुंगा नगर कमिटीमा एमालेको सर्वसम्मत नेतृत्व

    रूपन्देही । पाँच दिनअघि एमाले सचिव प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेको गुल्मीको रेसुङ्गा नगर कमिटीले बिहीबार राति सर्वसम्मत नेतृत्व पाएको छ ।

    नेता ज्ञवाली निकट हरि पोखरेल र पदम अर्याल दुवैले नेतृत्व नछाडेपछि यति धेरै समय लागेको एमाले नेताहरूको भनाइ छ ।

    बिहीबार साँझ नगर अध्यक्ष हरि पोखरेललाई सर्वसम्मत चयन गरिएको एमाले गुल्मी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । सोही पदमा आकांक्षा राखेका अर्याललाई अन्यत्र व्यवस्थापन गर्ने सहमति भएको छ ।

    कमिटीको उपाध्यक्ष देवीराम खनाल, सचिव सालिक बस्नेत तथा उपसचिव महेश काउछा र मिठू बोहरा निर्विरोध चयन भएको अध्यक्ष पन्तले बताए ।

    १२ पालिका रहेको गुल्मीमा यसअघि ९ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने धुर्कोट र मदानेमा रोकिएको छ ।

  • च्यासलमा एमाले स्थायी कमिटी बैठक (तस्बिरहरू)

    च्यासलमा एमाले स्थायी कमिटी बैठक (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी छ।

    अपराह्न ४ बजेदेखि सुरू भएको बैठकका मुख्य एजेण्डा एमालेको स्थानीय अधिवेशनको समीक्षा, आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गर्नेलगायतका छन् ।

    बैठकले भोलि बस्ने केन्द्रीय कमिटीका लागि एजेण्डा पनि तय गर्नेछ ।

    तस्बिरहरू : उमेश कार्की/राजन काफ्ले

  • माओवादी प्रभाव क्षेत्र थवाङमा पालिका अधिवेशन गराउन एमालेको शक्ति केन्द्रित

    माओवादी प्रभाव क्षेत्र थवाङमा पालिका अधिवेशन गराउन एमालेको शक्ति केन्द्रित

    रोल्पा । जिल्लाको अधिकांश पालिकामा ९ गते नै अधिवेशन गराएको नेकपा (एमाले) ले माओवादीको प्रभाव क्षेत्र मानिने थवाङ गाउँपालिकामा भने थाती राखेको थियो । अन्तका सबै पालिका अधिवेशन सकाएर नेताहरू थवाङमा जम्मा भएका छन् ।

    एमालेले थवाङमा आज अधिवेशन तयारी गरिरहेको छ । थवाङमा र्‍याली निकाले अधिवेशन गर्न लागेको एमाले रोल्पाकी नेता ईश्वरी जिएमले बताइन् । एमालेले थवाङमा अधिवेशन गराउन जिल्लाभरकै शक्ति केन्द्रित गरेको छ ।

    जिएमले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवीन रोका, चार प्रदेश सदस्यलगायत थवाङमा पुगेको बताइन् । त्यस्तै एमाले जिल्ला कमिटीमा रहेका अरु धेरै नेताहरू पनि थवाङ पुगेका छन् ।

    थवाङलाई तत्कालीन नेकपा माओवादीको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । माओवादीहरू त्यसलाई आफ्नो आधार इलाका भन्थे । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि धेरै समयसम्म त्यहाँ माओवादीबाहेकका पार्टीले आफ्नो संगठन निर्माण गर्न सकेका थिएनन् ।

    प्रतिनिधिसभाको २०७४ सालको चुनावमा साविकको थवाङमा शून्य मतदान भएको थियो ।

  • सुनसरी एमालेमा १० बुँदे विवाद : धरानमा छुट्टाछुट्टै अधिवेशन, आ-आफ्नो गुट जोगाउँदै नेताहरू

    सुनसरी एमालेमा १० बुँदे विवाद : धरानमा छुट्टाछुट्टै अधिवेशन, आ-आफ्नो गुट जोगाउँदै नेताहरू

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेको दुई पक्षको छुट्टाछुट्टै नगर अधिवेशन भएपछि विवाद उत्कर्षमा पुगेको छ । जेठ २ अघिको नगर कमिटी र अध्यक्ष केपी शर्मा ओली पक्षले निर्माण गरेको कमिटीले फरक-फरक कमिटी बनाएका छन् ।

    धरानमा संस्थापन पक्ष र २ जेठअघिको कमिटीका नेताहरूबीच सहमति हुन नसक्दा दुई वटा अधिवेशन भएको हो । यसअघि वडा अधिवेशनको क्रममा पनि यी दुवै पक्षबीच विवाद भएको थियो । यद्यपि, १४ वटा वडाहरूमा मिलेर एकै ठाउँमा अधिवेशन भए पनि ६ वटा वडामा भने अलग-अलग कमिटी गठन भएको छ ।

    २ जेठअघिको कमिटीको नगर अधिवेशनले नारायण सुवेदीको नेतृत्वमा ८५ सदस्य कमिटी चयन गरेको छ । उपाध्यक्षमा राजमणि निरौला, सचिव पारस काङमाङ भने सहसचिवमा राजेन्द्र राई र दिवस बान्तवा चयन भएको अध्यक्ष सुवेदीले बताए ।

    त्यस्तै संस्थापन पक्षले हर्कजंग एभेङलाई नगर अध्यक्ष बनाएको छ । उपाध्यक्षमा सविता चाम्लिङ, सचिवमा सुदेश चापागाईं, उपसचिवमा जोन राई र सुमन राई सर्वसम्मत चयन भएका छन् ।

    केन्द्रीय सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको क्षेत्रमा नेतृत्व तहले सहमति गर्ने कुनै बाटो नखोज्दा समानान्तर कमिटी बनेको एक नेताले बताए । उनले समयमै शीर्ष नेताले चासो दिएको भए धरानमा एमाले विभाजनको अवस्थामा नपुग्ने उनको भनाइ छ ।

    जिल्ला नै अन्योल

    जिल्लामा २ जेठलाई आधिकारिक मान्ने कि गत पुसमा बनेको नयाँ कमिटीलाई आधिकारिक मान्ने भन्ने विवाद अझैसम्म कायम छ । २ जेठका अध्यक्ष रमेश बस्नेत पार्टी पुरानै लयमा फर्किएकाले आफू नेतृत्व कमिटीले जिल्लामा आधिकारिक पाउनु पर्ने बताउँछन् । उनले पार्टी एक ढिक्का रहेको बताउन पनि आफू अध्यक्ष रहेको कमिटीलाई पूर्णता पाउनुपर्ने बताउँदै आएका छन् ।

    एमालेमै छँदा माधव नेपाल समूहले फरक गतिविधि गर्न थालेपछि अध्यक्ष ओली पक्षले रेवतीरमण भण्डारीलाई अध्यक्ष बनाएर पार्टीको गतिविधि गर्दै आएको थियो । २ जेठका अध्यक्ष बस्नेतले पार्टीप्रति गहिरो क्षति पुर्‍याएकै कारण बस्नेत अध्यक्ष पदमा बस्नु नहुने भण्डारीको भनाइ छ । संकटको घडीमा जिल्ला कमिटीलाई चलायमान बनाउन आफू मातहतको कमिटी रहेको बताउँदै भण्डारी जिल्ला अध्यक्ष छोड्न तयार छैनन् ।

    आफ्नो गुट जोगाउन नेताहरु सक्रिय

    जिल्लाको विवादले नगर कमिटीमा पनि राम्रै प्रभाव पार्‍यो । धरानमा कमिटी विस्तार गर्न तथा पार्टीलाई मिलाउन स्थानीय, प्रदेश र केन्द्रका नेता लाग्नुपर्नेमा उनीहरू आफ्नो गुट कसरी बलियो बनाउन सकिन्छ भन्दै लागेका छन् ।

    नारायण सुवेदी अध्यक्ष रहेको अधिवेशनमा प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेश सांसद सावित्री जोशी, केन्द्रीय सदस्य धर्मराज निरौला सहभागी थिए ।

    त्यस्तै संस्थापन पक्षको अधिवेशनमा प्रदेश सदस्य मोतीराज सुनुवार, राजकुमार कार्की, मुरारी सुवेदी थिए । मुख्यमन्त्री आचार्य भने दुवैतिरको अधिवेशनमा सहभागी भएनन् ।

  • नुवाकोटको लिखुमा एमाले अधिवेशन, जिल्लामा एकमात्र महिला अध्यक्ष सर्वसम्मत

    नुवाकोटको लिखुमा एमाले अधिवेशन, जिल्लामा एकमात्र महिला अध्यक्ष सर्वसम्मत

    विदुर । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा एमालेले महिलालाई अध्यक्ष बनाएको छ । मंगलबार भएको नेकपा एमाले लिखु गाउँपालिकाको अधिवेशनले दुर्गादेवी पुडासैनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

    अध्यक्षमा चारजना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा विभाजन भएको बेला केपी ओली पक्षमा सक्रिय थिइन ।

    गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवार बन्न सिफारिस भए पनि भेगीय सन्तुलत मिलाउँदा पुडासैनीको नाम अन्तिम समयमा काटिएको थियो । नेतृत्व पाएसँगै उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व ३५ वर्षीया पुडासैनीको काँधमा आइपुगेको छ ।

    पुडासैनी विद्यार्थीकलादेखि नै एमालेको राजनीतिमा सक्रिय थिइन् । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजनदूत महेन्द्र बहादुर पाण्डेको गाउँ हो । तर, गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजय भएको थियो । उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।

    नुवाकोटमा दुई नगरपालिका र दश वटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ ।

    अन्यमा तिहारअघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ । नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरे पनि अधिकांशमा पुरुष अध्यक्ष चयन भएका छन् ।

    मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा शोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।

  • रामेछाप एमालेका ७ पालिकामा नेतृत्व सर्वसम्मत, लिखु तामाकोशीमा चुनाव हुने (सूचीसहित)

    रामेछाप एमालेका ७ पालिकामा नेतृत्व सर्वसम्मत, लिखु तामाकोशीमा चुनाव हुने (सूचीसहित)

    रामेछाप । नेकपा एमालेले रामेछाप जिल्लाका ८ मध्ये सात स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । लिखु तामाकोशी गाउँपालिका कमिटीमा भने अध्यक्षसहित पदाधिकारीमा सहमति नभएका कारण कात्तिक २४ गते निर्वाचन तोकिएको जिल्ला कमिटीका पूर्वसचिव पुरुषोत्तम कडरियाले बताए ।

    दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा एमालेले एक नगरपालिकासहित ५ स्थानीय तह जितेको थियो । अधिवेशनबाट अधिकांश पालिकामा नयाँ अनुहार नेतृत्वमा आएका छन् ।

    सबै ठाउँमा सर्वसम्मत भए पनि लिखु तामाकोशीमा केही पदमा सहमति हुन नसकेकाले फेरि पनि सर्वसम्मत नेतृत्व चयनको पहल हुने जिल्ला सचिव आनन्द श्रेष्ठले बताए ।

    मन्थली नगर कमिटीमा सबै पदमा सर्वसम्मत भए पनि सचिवमा चुनाव भएको थियो । लिखु तामाकोशीमा पनि सदस्यहरु सर्वसम्मत भइसकेका छन् । अध्यक्षमा भीम तामाङ, लिला श्रेष्ठ र केशर पौडेलको उम्मेदवारी परेको छ ।

    ७ स्थानीय तहका अध्यक्ष र सचिव यस प्रकार छन् :-

    उमाकुण्ड गाउँपालिका

    अध्यक्ष-रुद्रमणी नेवार

    सचिव-चन्द्र खाती

    गोकुलगंगा गाउँपालिका

    अध्यक्ष-दीपक कार्की

    सचिव-तेम्बा शेर्पा

    मन्थली नगरपालिका

    अध्यक्ष-रामबाबु घिमिरे

    सचिव-राजु कार्की

    रामेछाप नगरपालिका

    अध्यक्ष-रोशन पाख्रिन

    सचिव- सुन्दर घिमिरे

    खाँडादेवी गाउँपालिका

    अध्यक्ष-पुष्करकुमार कार्की

    सचिव-मोतिलाल तामाङ

    सुनापति गाउँपालिका

    अध्यक्ष-ज्ञानकुमार योन्जन

    सचिव-रोज ग्यापक

    दोरम्बा गाउँपालिका

    अध्यक्ष-प्रेम लामा

    सचिव- देउबहादुर थापा मगर

  • एमाले स्थायी समिति बैठक बस्दै, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड बनाइने

    एमाले स्थायी समिति बैठक बस्दै, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड बनाइने

    काठमाडाैं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिवेशन तयारीमै केन्द्रित रहनेछ । महाधिवेशनको प्रक्रिया अनुसार एमालेले देशभर कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन सम्पन्न गरेको छ ।

    ‘आजको बैठकमा वडा र पालिका अधिवेशनहरुबारे समीक्षा र रिपोर्टिङ हुनेछ,’ कार्यालय सचिव तामाङले नेपालप्रेससँग भने, ‘उपाध्यक्ष भीम रावलले चिठ्ठी छोड्नुभएको छ । त्यसलाई जस्ताको तस्तै आज अध्यक्षलाई दिनेछौं ।’

    आजको बैठकले पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गरिने पनि उनले जानकारी दिए । मंसिरमा एमाले महाधिवेशन हुँदैछ ।

  • एमाले अधिवेशन : पोखरा महानगर अध्यक्षमा ५ जनाको उम्मेदवारी

    एमाले अधिवेशन : पोखरा महानगर अध्यक्षमा ५ जनाको उम्मेदवारी

    पोखरा । दशौं महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी एमालेको पालिका अधिवेशन पोखरामा बल्ल सुरू भएको छ । सुरुमै सर्वसम्मतिको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि मनोनयन दर्ता सुरू भएको छ । महानगरको नेतृत्वका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका अध्यक्ष दीपक पौडेलसहित नेताहरू तेजनारायण अधिकारी, दीलिप न्यौपाने, हरि त्रिपाठी र धनबहादुर नेपालीले मनोनयन दर्ता गराएका हुन् ।

    यस्तै, उपाध्यक्षमा ६ जना र सचिवमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । मोहन गुरुङ, बैनबहादुर गुरुङ, उमा परियार, राजकुमारी भुजेल, यशोधा भट्टराई र चिरन्जिवी पोख्रेल उपाध्यक्षको प्रतिस्पर्धामा छन् । सचिवमा जीवन आचार्य र गोकर्ण अधिकारी मात्रै उम्मेदवार बनेका छन् ।

    उपसचिवमा भने धेरैको मनोनयन परेको छ । सीमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, खड्कबहादुर विश्वकर्मा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुनले उम्मेदवारी दिएका छन् ।

    यस्तै, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुभाष ढुंगाना र सीता विकले पनि उपसचिवमा दावी गरेका छन् ।

    सबै पदाधीकारी एक एक जना तथा उपसचिव दुई जना निर्वाचित हुनेछन् । मनोनयनपछि पनि सर्वसम्मतको प्रयास भइरहेको छ । दीलिप न्यौपाने र दीपक पौडेलबीच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले पदाधिकारीमा उम्मेदवारी दिनेमध्ये अधिकांश महानगरका वडाध्यक्ष छन् ।

  • पश्चिम नवलपरासीको सातै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन (पदाधिकारीको सूचीसहित)

    पश्चिम नवलपरासीको सातै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन (पदाधिकारीको सूचीसहित)

    रूपन्देही । पश्चिम नवलपरासीका सात पालिकाका नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनबाट यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    कुन पालिकाको कमिटीमा को–को ?

    रामग्राम नगरपालिका

    अध्यक्षः हरिलाल यादव
    उपाध्यक्षः सन्तबहादुर चौधरी
    सचिवः दीपककुमार गैरे
    उपसचिवः सुरज यादव र मोति कुमारी श्रेष्ठ

    सुनवल नगरपालिका

    अध्यक्षः दुर्गानारायण सुवेदी
    उपाध्यक्षः सुरज अर्याल
    सचिवः मुरली गौतम
    उपसचिवः धनमाया गौतम र पदमबहादुर क्षेत्री

    बर्दघाट नगरपालिका

    अध्यक्षः रबिन्द्र विक्रम हमाल
    उपाध्यक्षः शिवदेव न्यौपाने
    सचिवः कृष्णप्रसाद गौतम
    उपसचिवः गौमाया पराजुली र देवीदत्त सापकोटा

    पाल्हीनन्दन गाउँपालिका

    अध्यक्षः अशोक राजभर
    उपाध्यक्षः आशिस खातुन
    सचिवः अनिल मिश्रा
    उपसचिवः क्यामुद्धिन अन्सारी र रम्भा हरिजन

    सरावल गाउँपालिका

    अध्यक्षः सुरेश यादव
    उपाध्यक्षः डि भट्टराई
    सचिवः देवराज चौधरी
    उपसचिवः अनुष्का चौधरी राय र अनिल कुमार यादव

    प्रतापपुर गाउँपालिका

    अध्यक्षः अनुग्र कुमार यादव९मुन्ना०
    उपाध्यक्षः राजेश हरिजन
    सचिवः रबिन्द्र सिंह ठकुरी
    उपसचिवः नन्दकिशोर कोईरी,प्रेमकला पाण्डे पोखरेल

    सुस्ता गाउँपालिका

    अध्यक्षः ज्ञानप्रसाद पाठक९सन्तोप०
    उपाध्यक्षः गणेशप्रसाद उपाध्याय
    सचिवः कृष्ण पन्त
    उपसचिवः दिलबहादुर महत्तो

  • नेतृत्वमा हानाथाप भएपछि सिन्धुपाल्चोकका सात पाालिकामा एमाले अधिवेशन स्थगित, पाँचमा नयाँ नेतृत्व

    नेतृत्वमा हानाथाप भएपछि सिन्धुपाल्चोकका सात पाालिकामा एमाले अधिवेशन स्थगित, पाँचमा नयाँ नेतृत्व

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये नेकपा एमालेले मंगलबार राति अबेरसम्म पाँच पालिकाको मात्रै नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । केही पालिकाहरुमा उद्घाटन सत्र सम्पन्न भएपनि नेतृत्व चयनमा विवाद भएपछि अधिवेशन नै स्थगित गरिएको छ ।

    बाह्रविसे नगरपालिका, लिसंखुपाखर, सुनकोशी, इन्द्रावती र हेलम्बु गाउँपालिकामा नेतृत्व छनोट भएको छ । लिसंखुपाखर गाउँपालिकामा सदस्य र अन्य पदाधिकारीहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भए पनि अध्यक्षमा भने मतदान भएको थियो ।

    अध्यक्षमा प्रदिप भण्डारी र कुमार लामाबीच सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानमा प्रदिप भण्डारीले १२९ मत ल्याएका थिए भने लामाले जम्मा ९ मत मात्रै ल्याएका थिए ।

    धेरै प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचनको मध्यमबाट नेतृत्व छनोट गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए ।

    बाह्रविसे नगरपालिकामा ज्ञानेन्द्र राउतलाई अध्यक्ष र राजकुमार सुवेदीलाई सचिवमा निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको छ । सहमतिमा नै नेतृत्व छनोट गरिएको एमाले नेता एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

    त्यस्तै सुनकोशी गाउँपालिकामा अध्यक्ष प्रेमलाल लामा र सचिवमा रामहरी खड्का निर्विरोध निर्वाचित भएका छन् । इन्द्रावती गाउँपालिकामा शशीनाथ आचार्य अध्यक्षमा निर्वाचित भएका छन् भने हेलम्बु गाउँपालिकामा बेनबहादुर पण्डित अध्यक्षमा निर्वाचित भएका छन् ।

    चौतारा, बलेफी, पाँचपोखरी र जुगलमा स्थगित

    उद्घाटन सत्र सम्पन्न भएर पालिका कमिटीका सदस्यहरु समेत चयन भए पनि मुख्य पदाधिकारीहरुमा सहमति हुन नसकेपछि केही पालिकाको अधिवेशन भने स्थगित भएको छ ।

    जुगल, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको अधिवेशन स्थगित भएको हो । तिनै पालिकामा सर्वसम्मत रुपमा सदस्य चयन भएपनि पदाधिकारीमा भने आकांक्षी धेरै भएपछि समस्या भएको एमाले नेता एवम् बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

    पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्षलगायत अन्य पदहरुमा सहमति भएपनि सचिवमा सहमति नभएपछि घोषणा नै नगरी अधिवेशन स्थगित गरिएको छ । ‘सचिवमा सहमति हुन सकेन, अध्यक्ष मण्डललाई नै सबै जिम्मा दिएर हाललाई स्थगित गरिएको छ’, एमाले जिल्ला सदस्य विजय पौडेलले भने ।

    त्रिपुरासुन्दरी गाउँपालिकामा भने त्यहाँका पुराना एमाले नेता जगतबहादुर बोहोराको मंगलबार बिहान निधन भएपछि अधिवेशन स्थगित गरिएको छ । भोटेकोशी गाउँपालिकामा केही दिनपछि अधिवेशन हुनेछ भने मेलम्ची नगरपालिकामा कात्तिक १५ गतेका लागि अधिवेशनको मिति तोकिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए ।

    नेतृत्वमा रस्साकस्सी, गुटको धङधङी बाँकी नै

    १० बुदे सहमतिमार्फत एमाले एकताबद्ध भएको घोषणा भए पनि पालिकाहरुको अधिवेशनको माहौलले अझै एकताबद्ध हुन बाँकी भएको संकेत दिएको छ ।

    अधिवेशन उद्घाटनमा सहभागी हुने प्रमुख अतिथिदेखि अतिथिहरुमा समेत यसअघिका गुटको चलखेल देखिएको थियो । एमाले कार्यालय सचिव समेत रहेका शेरबहादुर तामाङ दुई पालिकाको अधिवेशन उद्घाटन गर्न हतार हतार पुगेका थिए । वागमती प्रदेशस्तरका नेतादेखि जिल्ला अध्यक्ष समेत भएपनि गुटगत भागभण्डाको आधारमा तामाङ अधिवेशन उद्घाटनको हतारोमा थिए ।

    अन्य पालिकाहरुमा समेत प्रमुख अतिथिदेखि अतिधिहरुमा गुटको प्रभाव देखियो । विगतमा भएको दोहोरो कमिटीगत अभ्यास पनि कतिपय पालिकाहरुको अधिवेशनमा देखिएको थियो ।

    नेताहरु बीच एकआपसमा घोचेपेच समेत चलेको थियो । नेतृत्वमा समेत यसअघि नेपाल समूहमा रहेका र ओली समूहमा रहेकाहरु बीचको रस्साकस्सीले गर्दा नेतृत्व छनोटमा समस्या भएको थियो ।

    सबै पालिकाहरुमा दुवै पक्षकाले पछि हट्न नमानेपछि अधिवेशन नै स्थगितसमेत गर्नुपरेको नेताहरुले समेत बताएका छन् ।

    नेताहरुले भने– हामीबीचमा समस्या छैन

    पालिकाहरुको अधिवेशनमा उद्घाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बाह्रविसे पुगेका थिए । त्यहाँ उनले विगतमा जे भएपनि अहिले एमाले एकताबद्ध भएको बताए । ‘हामीबीचमा समस्या छैन, अब एमाले एकताबद्ध भएर अघि बढेको छ’, नेता पाण्डेले भने ।

    त्यसैगरी एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा बलेफी र सुनकोशी गाउँपालिकाको अधिवेशनमा पुगेका थिए । बोहराले पनि विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।

    त्यस्तै एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल बाह्रविसे र सुनकोशीको कार्यक्रममा सहभागी भएका थिए भने अर्का नेता सरेश नेपाल पनि बलेफी र सुनकोशीको कार्यक्रममा सहभागी भएका थिए ।

  • लुम्बिनीका ४ वटै उपमहानगरमा एमालेको युवा नेतृत्व

    लुम्बिनीका ४ वटै उपमहानगरमा एमालेको युवा नेतृत्व

    रुपन्देही । नेकपा एमालेको मंगलबार सम्पन्न पालिका अधिवेशनबाट लुम्बिनी प्रदेशमा रहेका ४ वटा उपमहानगरपालिकाको नेतृत्वमा युवाहरू आएका छन् ।

    राजनीतिमा युवा पुस्ताको प्रवेशको बहस चलिरहेका बेला प्रदेशका महत्वपूर्ण ४ वटै उपमहानगरपालिकामा युवाहरूले नेतृत्व पाएका छन् भने अधिकांश अन्य पालिकामा पनि युवाको वर्चश्व रहेको छ ।

    बुटवल उपमहानगरपालिकाको नगर अध्यक्षमा किसन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । अनेरास्ववियुबाट विद्यार्थी राजनीति गरेका ३८ वर्षीय उनी रुपन्देही जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । एमालेको बलियो क्षेत्र मानिएको रुपन्देहीको बुटवलमा आधा दर्जन अन्य आकांक्षीका बीच उनी सर्वसम्मत नेतृत्वमा आएका हुन् ।

    तुल्सीपुर उपमहानगरपालिकाको अध्यक्षमा ३४ वर्षका माधव वली निर्वाचित भएका छन् । यो भन्दा अघि सचिव थिए । उनी उपमहानगरको कान्छो वडाअध्यक्षका रुपमा जनप्रतिनिधि बनेका थिए । २१ वर्षबाट राजनीति सुरू गरेका वली तुल्सीपुर उपमहानगरपालिकाको १८ नं वडाको वडाध्यक्ष हुन् । राजनीतिशास्त्रमा एमए गरेका वली स्नातक तहमा अंग्रेजी पढेका थिए । आम्दानीको स्रोत बुवा र भाइको सामान्य व्यापार भएको र परिवारको पूरा साथ रहेको उनको भनाइ छ ।

    यसैगरी घोराही उपमहानगरपालिकाको अध्यक्षमा भुवन चौधरी निर्वाचित भएका छन् । जेएनयुबाट अध्ययन गरेका चौधरीले एमफील गरेका छन् । थारुबाट राम्रो अध्ययन गरेका ४० वर्षका चौधरी त्यहाँको थारु कल्याणकारी समाजको अध्यक्ष हुन् । उनी पुस ५ गतेपछि घोराहीमा एमालेको जिम्मेवारीमा रहेका थिए ।

    बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा दत्तप्रसाद आचार्य निर्वाचित भएका छन् । उनी ४५ वर्षका हुन् । नेपालगन्ज उपमहानगर नबन्दै उनी अध्यक्ष बनेका थिए भने उपमहानगर र नेकपाको समय सचिवको जिम्मेवारीमा काम गरेका थिए । जुम्लाबाट नेपालगन्ज आएका आचार्य व्यवसायी हुन् ।

  • बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

    बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

    रूपन्देही । मंगलबार भएको नेकपा एमालेको गाउँ नगर अधिवेशनमा बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अधिकतम छलफलबाट नेतृत्वमा सर्वसम्मत गरिएको जानकारी दिए ।

    कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । पदाधिकारीका अझै छलफल आवश्यक देखिएकाले बुधवार टुंगो लगाइने गरी अधिवेशन स्थगित गरिएको एमाले नेता देवराज भारले बताए । उनका अनुसार अधिकांश ठाउँमा युवाहरुले जिम्मेवारी सम्हालिरहेका छन् ।

    कोहलपुरमा खिल प्रसाद भुसाल, नम प्रसाद शर्मा र कुल बहादुर भट्टराईले नेतृत्व दावी गरेका छन् । बैजनाथमा प्रेम सुवेदी र इन्द्र थापाले दावी गरेका छन् ।

    नेपालगन्ज उपमहानगरमा दत्त प्रसाद आचार्यको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटी बनाइएको छ । उपाध्यक्षमा हाजी अब्दूल हकिम, सचिवमा मोहित शाह, उपसचिव दिग्वीजय ढुंगाना र उषा थापा भण्डारी लगायत छन् ।

    खजुरामा गेहेन्द्र दाहाल अध्यक्षमा चुनिएका छन् । सर्वसम्मत दाहालको नेतृत्वमा ७५ सदस्यीय नेकपा एमाले खजुरा गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको जिल्ला उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार, उपाध्यक्ष झगबहादुर पौडेल, सचिव देउमाया थापा तथा उपसचिवमा लल्लन यादव र साविर जोलाहा चुनिएका छन् ।

    डुडुवामा शकील खानको अध्यक्षतमा ७३ सदस्यीय डुडुवा गाउँपालिका कमिटि चयन भएको छ । उपाध्यक्षमा विष्णु भण्डारी, सचिव विनयराज त्रिपाठी तथा उपसचिव लल्लन प्र पाण्डे र ध्रुव कुमार चौधरी बर्मा छन् ।

    नरैनापुरमा नेकपा एमालेको प्रथम नरैनापुर गाउँपालिका अधिबेशनबाट पन्चराम यादवको अध्यक्षतामा ५९ सदस्यीय कमिटी चयन भएको छ । उपाध्यक्षमा प्रमोद मिश्रा, सचिव सुनैना मिश्रा तथा उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चुनिएका छन् ।

    राप्ती सोनारीमा मनोज केसीको नेतृत्वमा मदन ओली उपाध्यक्ष र सुधा चौधरी सचिव रहेको पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

    जानकीमा बिसराम बर्माको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी बनेको छ । पार्टी इञ्चार्ज डिल्ली बिसीका अनुसार रामरुप मौर्य उपाध्यक्ष, राजीतराम यादव सचिव तथा अशोक राना र यज्ञलक्ष्मी शाह उपसचिव चुनिएका छन् ।

  • यस्ता छन् एमाले अर्घाखाँचीमा स्थानीय तहकाे नेतृत्व (सूचिसहित)

    यस्ता छन् एमाले अर्घाखाँचीमा स्थानीय तहकाे नेतृत्व (सूचिसहित)

    रुपन्देही । नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको मंगलवार सम्पन्न प्रथम अधिवेशनले जिल्लाका ६ वटै पालिकामा सहमतिमा नेतृत्व चयन गरेको हो ।

    नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बिकले सबै स्थानीय तहमा सर्वसम्म कमिटी चयन गरिएको जानकारी दिए ।

    सन्धिखर्क नगरपालिका
    अध्यक्ष- श्रीकृष्ण भुसाल
    उपाध्यक्ष- शिव अधिकारी
    सचिव- कुशल भुसाल

    भूमिकास्थान नगरपालिका
    अध्यक्ष- मणिराम पौडेल
    उपाध्यक्ष- चिरञ्जीवी खनाल
    सचिव- टामलाल भट्टराई

    शीतगंगा नगरपालिका
    अध्यक्ष- वसन्त श्रेष्ठ
    उपाध्यक्ष- सञ्जय राना
    सचिव- ऋषि घिमिरे

    पाणिनी गाउँपालिका
    अध्यक्षमा- कमलप्रसाद घिमिरे
    उपाध्यक्ष- जीवलाल घिमिरे
    सचिव- गुनाखर अधिकारी

    छत्रदेव गाउँपालिका
    अध्यक्ष- रामजी प्रसाद पाण्डे
    उपाध्यक्ष- रूपा प्रधान
    सचिव- तेजप्रसाद खनाल

    मालारानी गाउँपालिका
    अध्यक्षमा- शालिकराम आचार्य
    उपाध्यक्ष- विष्णुप्रसाद मिश्र
    सचिव- नारायणप्रसाद अर्याल

  • दाङका १० मध्ये ९ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व

    दाङका १० मध्ये ९ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व

    रूपन्देही । दाङमा नेकपा एमालेले १०औं महाधिबेशन अन्तरगत मंगलबार रातिसम्म जिल्लाका दशमध्ये ९ वटा पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।

    एमाले दाङका अध्यक्ष टिकाराम खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली, घोराहीमा भुवन चौधरी, लमहीमा दण्डिराम चौधरी चयन भएका छन् ।

    त्यस्तै दंगीशरणमा रेशम वली, शान्तिनगरमा झकबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्ती मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएको जिल्ला अध्यक्ष खड्काले बताए ।

    दाङको पालिकास्तरको अधिबेशनमाबाट एमालेमा पनि एकजना महिला नेतृत्वमा आएका छैनन् ।

  • सल्यानका बनगाड कुपिन्डेबाहेक ९ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न (सूचिसहित)

    सल्यानका बनगाड कुपिन्डेबाहेक ९ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न (सूचिसहित)

    सुर्खेत । नेकपा एमाले सल्यानले जिल्लाका १० मध्ये ९ स्थानीय तहमा पालिका अधिवेशन मंगलबार सम्पन्न गरेको छ ।

    बनगाड कुपिन्डे नगरपालिकाको अधिवेशन भने स्थगित भएको छ । नगरप्रमुखसमेत रहेका एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द पुन विरामी भएर नेपालगन्जमा उपचाररत रहेकाले त्यहाँको अधिवेशन स्थगित गरिएको हो ।

    ९ मध्ये सिद्धकुमाख गाउँपालिकामा महिला अध्यक्ष चयन गरिएको छ । यो गाउँपालिकामा पुष्पाकुमारी बोहोरा अध्यक्ष बनेकी छन् ।

    जिल्ला इन्चार्ज गुलावजंग शाहका अनुसार दश पालिका मध्ये नौ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    सबै पालिकामा नवनिर्वाचित पदाधिकारीको यस्तो छ सूचि:

    १. कालिमाटी गापा
    केशर बुढा– अध्यक्ष
    वीर ब वली– उपाध्यक्ष
    वेल ब चन्द – सचिव
    ७३ सदस्यीय कमिटी

    २. बागचौर नगरपालिका
    घनश्याम शर्मा – अध्यक्ष
    उपेन्द्र वलि– उपाध्यक्ष
    मोहन चन्द – सचिव
    ७५ सदस्यीय कमिटी

    ३. शारदा नगरपालिका
    मधुसूदन शर्मा – अध्यक्ष
    राम ब भण्डारी – उपाध्यक्ष
    महेश देवकोटा – सचिव
    ७५ सदस्यीय कमिटी

    ४. कपुरकोट गापा
    दोर्णबहादुर केसी – अध्यक्ष
    ललिता गिरी– उपाध्यक्ष
    रुपक बुढा – सचिव
    ६१ सदस्यीय कमिटी

    ५. त्रिवेणी गापा
    लोकेन्द्र खडका – अध्यक्ष
    शोभाराम डांगी– उपाध्यक्ष
    धनराज तुफान – सचिव
    ६१ सदस्यीय कमिटी

    ६. छत्रेश्वरी गाँउपालिका
    ज्ञानबहादुर खडका– अध्यक्ष
    डुमबहादुर केसी – उपाध्यक्ष
    देवराज घर्ती – सचिव
    ६७ सदस्यीय कमिटी

    ७. कुमाख गापा
    भैरवबहादुर शाह – अध्यक्ष
    पम्फा खत्री– उपाध्यक्ष
    तारा ब योगी – सचिव
    ७० सदस्यीय कमिटी

    ८. सिद्दकुमाख गाउँपालिका
    पुष्पा कुमारी बोहरा – अध्यक्ष
    गोविन्द रेउले– उपाध्यक्ष
    लिलबहादुर रोका – सचिव
    ६९ सदस्यीय कमिटी

    ९. दार्मा गाउँपालिका
    बलबहादुर वली– अध्यक्ष
    गणेश बुढाथोकी – उपाध्यक्ष
    दीपक रोका – सचिव
    ६५ सदस्यीय कमिटी

  • रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न, बाँकीमा सहमतिको प्रयास जारी

    रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न, बाँकीमा सहमतिको प्रयास जारी

    रूपन्देही । रूपन्देहीमा एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकासहित १६ स्थानीय तह रहेकामध्ये १२ वटामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ।

    रुपन्देहीका तीनवटा नगरपालिका र एउटा गाउँपालिका बाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।

    तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका तथा सियारी गाउँपालिकामा अझै सहमति जुट्न सकेको छैन । अरु पालिकामा भने अध्यक्ष लगायत सबै पदहरुमा सहमतिमा नेतृत्व चयन गरिएको एमाले रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले जानकारी दिए।

    अध्यक्षका लागि ६ जनाले आकांक्षा देखाएको बुटवलमा अन्ततः किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शोभाखर पोखरेल उपाध्यक्षमा चयन चएका छन् । सचिव र उपसचिब भने कस्लाई बनाउने विषयमा अहिलेपनि छलफल भइरहेको केसीले जानकारी दिए ।

    सैनामैना नगरपालिकामा पनि चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

    त्यस्तै शुद्दोधन गाउँपालिका कमिटीमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको एमालेले जनाएको छ।

    एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन। अध्यक्षको लागि चारजना आकांक्षी देखिएपछि नेतृत्वलाई मिलाउन सकस परेको छ । तिलोत्तमामा मिनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ।

    उता देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन।

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको अध्यक्षमा आकांक्षा देखाएका वीरेन्द्र मिश्राले जानकारी दिए।

    गैडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको विद्यार्थी नेता सन्दीप गुप्ताले जानकारी दिए। गैडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दिनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।

    कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनीलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले जानकारी दिए।

    मर्चवारीमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

    रुपन्देहीमा प्रमुख पदहरु अध्यक्ष, उपाध्यक्ष तथा सचिव पदमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आउन सकेन।

  • एमाले पाल्पाको पालिका अधिवेशन- सबैमा सर्वसम्मत नेतृत्व चयन (सूचिसहित)

    एमाले पाल्पाको पालिका अधिवेशन- सबैमा सर्वसम्मत नेतृत्व चयन (सूचिसहित)

    रूपन्देही । आसन्न राष्ट्रिय महाधिवेशनको तयारीअनुसार वडा हुँदै पालिकास्तरको अधिवेशन देशभर मंगलबार सम्पन्न भयो । केहि स्थानीय तहबाहेक देशका अधिकांश पालिकाहरुमा अधिवेशन सम्पन्न भएका छन् ।

    २ नगर पालिका र ८ गाउँपालिकासहित १० वटा स्थानीय तह भएको पाल्पामा नेकपा एमालेले सबैमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ ।

    यस्तो छ सूचि

    १. तानसेन नगरपालिका
    अध्यक्ष– गुराँस आत्रेय
    उपाध्यक्ष– शशी श्रेष्ठ
    सचिव– महेशलाल शाक्य

    २. रामपुर नगरपालिका
    अध्यक्ष- विष्णु रेग्मी
    उपाध्यक्ष- तोयानाथ सारु
    सचिव- कृतिनाथ श्रेष्ठ

    ३. तिनाउ गाउँपालिका
    अध्यक्ष- प्रेम श्रेष्ठ
    उपाध्यक्ष- रोम बहादुर लम्तरी
    सचिव- यादव अर्याल

    ४. रम्भा गाउँपालिका
    अध्यक्ष- योगेन्द्रप्रसाद गैरे
    उपाध्यक्ष- उमानसिंह सारु
    सचिव- विजय रानाभाट

    ५. रैनादेवी छहरा गाउँपालिका
    अध्यक्ष- रामप्रसाद ज्ञवाली
    उपाध्यक्ष- दानबहादुर थामी
    सचिव- मानबहादुर थामी

    ६. रिब्दीकोट गाउँपालिका
    अध्यक्ष- आशिष विश्वकर्मा
    उपाध्यक्ष- भीम सारु
    सचिव- दान बहादुर कुवँर

    ७. बगनासकाली गाउँपालिका
    अध्यक्ष- हरि पाठक
    उपाध्यक्ष- सरस्वती चिदी
    सचिव- ओमप्रकाश गैरे

    ८. माथागढी गाउँपालिका
    अध्यक्ष- तेज घर्तीमगर
    उपाध्यक्ष- शेरबहादुर विक
    सचिव- शंकर दर्लामी

    ९. पूर्वखोला गाउँपालिका
    अध्यक्ष स् जीवन आचार्य
    उपाध्यक्ष स् मान बहादुर सारु
    सचिव तिर्थ सारु

    १० निस्दी गाउँपालिका
    अध्यक्ष- नरेश सुनारी
    उपाध्यक्ष- किरण श्रेष्ठ
    सचिव- मेख सुनारी

  • सुर्खेत एमालेको वडा अधिवेशन सम्पन्न, ४ वडामा महिला नेतृत्व (सूचिसहित)

    सुर्खेत एमालेको वडा अधिवेशन सम्पन्न, ४ वडामा महिला नेतृत्व (सूचिसहित)

    सुर्खेत । नेकपा एमाले सुर्खेतमा मंगलबार अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ । केन्द्रको निर्देशनअनुसार कात्तिक ६ गते नै अधिवेशन हुनुपर्ने भए पनि प्राविधिक कारणले तीन दिन ढिला भएको हो ।

    कर्णाली प्रदेशको राजधानी जिल्लासमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, पन्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका र चिंगाड गाउँपालिकाका सबै वडाको अधिवेशन सम्पन्न भएको छ । बाँकी स्थानीय तहका सर्वसम्मत हुन नसकेका केहि वडामा अधिवेशन हुन बाँकी छ ।

    सुर्खेतका ९ स्थानीय तहका ९९ वडामध्ये चार वडामा महिला नेतृत्व चयन भएका छन् । वीरेन्द्रनगर नगरपालिकाका २ तथा पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका १–१ वडामा महिला नेतृत्व चुनिएका हुन् ।
    सुर्खेतका सबै वडाहरुको नेतृत्व यसप्रकार छः

    पञ्चपुरी नगरपालिका
    वडा नम्बर १ हिक्मत बहादुर बुढा
    वडा नम्बर २ भीमबहादुर बुढा
    वडा नम्बर ३ रामु चपाई
    वडा नम्बर ४ राम प्रसाद अधिकारी
    वडा नम्बर ५ पदमराज रिमाल
    वडा नम्बर ६ शेरबहादुर सार्की
    वडा नम्बर ७ मानबहादुर साउद
    वडा नम्बर ८ पञ्चासिंह थापा
    वडा नम्बर ९ पूर्णप्रसाद खराल
    वडा नम्बर १० सुरेश शर्मा
    वडा नम्बर ११ दिलु सुनार

    वीरेन्द्रनगर नगरपालिका
    वडा नम्बर १ हरि पौडेल
    वडा नम्बर २ लालसिंह सुनार
    वडा नम्बर ३ विनोदसिंह विष्ट
    वडा नम्बर ४ नवराज कंडेल
    वडा नम्बर ५ बासु आचार्य
    वडा नम्बर ६ चक्र खड्का
    वडा नम्बर ७ खड्क बहादुर दर्लामी
    वडा नम्बर ८ देवी पौडेल
    वडा नम्बर ९ धनबहादुर सलामी
    वडा नम्बर १० लक्ष्मी शाही
    वडा नम्बर ११ रविन्द्र रेग्मी
    वडा नम्बर १२ चुडामणि चपाई
    वडा नम्बर १३ बासुदेव पौडेल
    वडा नम्बर १४ नवराज रोकाय
    वडा नम्बर १५ हिक्मत वली
    वडा नम्बर १६ भुपेन्द्र ज्ञवाली

    चौकुने गाउँपालिकामा
    वडा नम्बर १ दिनेश थापा,
    वडा नम्बर २ दिनेश कठायत
    वडा नम्बर ३ गणेश राना
    वडा नम्बर ४ तुलाराम मस्र्यांनी
    वडा नम्बर ५ तुलाराम हिस्की
    वडा नम्बर ६ हरिकला विसी
    वडा नम्बर ७ कासीराम देवकोटा
    वडा नम्बर ८ पर्शुराम वास्तोला,
    वडा नम्बर १० कलम शाही
    वडा नम्बर १० मा अधिवेशन हुन बाँकी

    बराहताल गाउँपालिका
    वडा नम्बर ४ जगमल बुढा,
    वडा नम्बर ५ कमल थापा,
    वडा नम्बर ८ पदम कुमार नेपाली,
    वडा नम्बर ९ दानबहादुर गाहा,
    वडा नम्बर १० दीपक
    बाँकी ५ वडामा अधिवेशन हुन बाँकी

    लेकबेशी नगरपालिकामा
    वडा नम्बर १ हस्त बहादुर पुन
    वडा नम्बर २ मोतिसिंह गुरुङ
    वडा नम्बर ३ थीरबहादुर चलाउने
    वडा नम्बर ४ कर्णबहादुर राना
    वडा नम्बर ५ हरिलाल घर्ती
    वडा नम्बर ६ कृष्णबहादुर थापा,
    वडा नम्बर ७ दीपक पौडेल,
    वडा नम्बर ८ हरि कंडेल,
    वडा नम्बर ९ राजु पौडेल,
    वडा नम्बर १० यामप्रसाद आचार्य

    सिम्ता गाउँपालिकामा
    वडा नम्बर १ सुकलाल शर्मा
    वडा नम्बर २ खगेन्द्र सिंह
    वडा नम्बर ४ शंकर खड्का
    वडा नम्बर ५ वालकृष्ण शाही
    वडा नम्बर ६ ललितसिंह ठकुरी
    वडा नम्बर ७ नवीन केसी
    वडा नम्बर ८ हस्तबहादुर चन्द
    वडा नम्बर ९ नरबहादुर राना
    वडा नम्बर ३ मा १३ गते अधिवेशन हुने

    गुर्भाकोट नगरपालिका
    वडा नम्बर १ गौतम थापा,
    वडा नम्बर २ युबराज कडेल,
    वडा नम्बर ३ तुलाराम बिस्ट,
    वडा नम्बर ४ राम बहादुर ओलि,
    वडा नम्बर ५ बेल बहादुर डागी,
    वडा नम्बर ६ कुल बहदुर ओलि,
    वडा नम्बर ७ बालाराम शर्मा,
    वडा नम्बर ८ तुलसिन्ह बिक,
    वडा नम्बर ९ पहलमान घर्ती,
    वडा नम्बर १० रुद्र खत्री,
    वडा नम्बर १३ इन्द्रदेब गिरि
    वडा नम्बर १४ बेल बहादुर बिक
    वडा नम्बर ११ मा अधिवेशन हुन बाँकी

    भेरीगंगा नगरपालिका
    वडा नम्बर १ पदम वली
    वडा नम्बर २ गोरख बुढा,
    वडा नम्बर ३ विशाल पुन,
    वडा नम्बर ४ गङग खत्री,
    वडा नम्बर ५ जापेन्द्र महरा,
    वडा नम्बर ६ बिजय बाह्रघरे,
    वडा नम्बर ७ दिलिप बस्याल
    वडा नम्बर ८ काशी शर्मा,
    वडा नम्बर ९ बिरजित बस्याल,
    वडा नम्बर १० मोहन केसी,
    वडा नम्बर १२ मेघ बहादुर बिक
    वडा नम्बर १३ तीर्थ बहादुर बुढा
    वडा नम्बर ११ मा अधिवेशन हुन बाँकी

    चिङाड गाउँपालिका
    वडा नम्बर १ चेत बहादुर घले,
    वडा नम्बर २ गगन राना,
    वडा नम्बर ३ नहकुल डिसि,
    वडा नम्बर ४ टेक बहदुर राना,
    वडा नम्बर ५ मोहन राना
    वडा नम्बर ६ छबिलाल राना

  • एमाले अधिवेशन : रोल्पाको सुनिलस्मृति गाउँपालिकामा महिला नेतृत्व, तारा सेन बनिन् अध्यक्ष

    एमाले अधिवेशन : रोल्पाको सुनिलस्मृति गाउँपालिकामा महिला नेतृत्व, तारा सेन बनिन् अध्यक्ष

    रोल्पा । नेकपा (एमाले) सुनिलस्मृति गाउँपालिका कमिटी महिला नेतृत्वमा चयन भएको छ । मंगलबार भएको प्रथम अधिवेशनबाट तारा सेन सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी छन् ।

    सेन अनेमसंघकी केन्द्रीय सदस्य र एमालेको रोल्पा जिल्ला कमिटी सदस्य हुन् ।

    पहिलो बैठकबाट सेनको नेतृत्वमा १८ सदस्य मनोनीत गर्ने निर्णय समेत भएको छ । त्यस्तै उपाध्यक्षमा शशिराम कुबर, सचिवमा दिनेश थापा र दुई उपसचिवमा पुस्कर थापा र रविना घर्ती चयन भएका छन् ।

    ७३ जनाको पालिका कमिटी बनाउनुपर्ने भए पनि अन्य सदस्य पछि थप गर्ने गरी हाललाई ५३ जनाको कमिटी बनाइएको छ ।

  • प्रदीप ज्ञवालीको आरोप- प्रचण्ड अस्थिरताको खेलाडी हुन्

    प्रदीप ज्ञवालीको आरोप- प्रचण्ड अस्थिरताको खेलाडी हुन्

    गुल्मी । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रूपमा व्यंग्य गरेका छन् ।

    एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जनजस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाए । ‘प्रचण्डले जनताको रगत र शरीरमा रहेका छर्रा बिर्सेर सत्ताको लागि जे पनि गर्छन् । अहिले कांग्रेसको पाहुना बनेका छन्,’ उनले भने, ‘अपवित्र गठबन्धनप्रति जनताको केही आश छैन ।’

    त्यस्तै उनले एमालेको भोट लगेर कांग्रेसलाई चढाउने माधव नेपालसहितका नेताको कारण पार्टीको आन्तरिक जीवनमा केही असहजता आएपछि आफूहरू प्रतिपक्षमा बसेर पनि जनताकै पक्षमा काम गरिरहेको बताए ।

    उनले उच्चस्तरीय समझदारीसहितको सर्वसम्मत कमिटी चयन गर्न शुभकामना व्यक्त गरे । अहिले दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाबाटसमेत घेराबन्दीमा परेकाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

    देशमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने पार्टी एमाले भएको दाबी गर्दै उनले विधान महाधिवेशनसहित देशभर वडा र पालिकाको अधिवेशन एकै साथ सम्पन्न गरिरहेको बताए ।

    उनले आज नै मुसिकोट नगर कमिटीको अधिवेशन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गुल्मीका १० गाउँ कमिटी र २ नगर कमिटीको प्रथम अधिवेशन एकैसाथ सुरू भएका छन् ।

  • तस्बिरमा एमाले कागेश्वरी मनोहराको अधिवेशन

    तस्बिरमा एमाले कागेश्वरी मनोहराको अधिवेशन

    काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्लाअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको अधिवेशन जारी छ । देशभरका ७५३ वटा स्थानीय तहमा एकैपटक एमाले अधिवेशन सुरू भएबमोजिम यहाँको अधिवेशन सुरू भएको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअलरूपमा अधिवेशनको उद्घाटन गरेका छन् ।

    आसन्न १० औं महाधिवेशनअन्तर्गत भइरहेको अधिवेशनले नयाँ नगर कमिटी चयन गर्नेछ ।

  • ओलीको सुझाव- परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न ! (भिडिओ)

    ओलीको सुझाव- परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा गर्नुस् न ! (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे ।

    एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले भने, ‘न्यायाधीशहरू आफैं कसले के-के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा दिने ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’

    अदालतलाई मर्यादित र निर्विवाद बनाउन ओलीले सुझाव दिए । अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन उनको आग्रह छ ।

    ओलीले थपे, ‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने । यो राखे आफू नबस्ने भन्ने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गर्ने । पोल खोलाखोल गर्दै गर्ने । यो ठीक भएन ।’

  • देशका ७५३ पालिकामा एमाले अधिवेशन सुरू, ओलीको भर्चुअल सम्बोधन (लाइभ)

    देशका ७५३ पालिकामा एमाले अधिवेशन सुरू, ओलीको भर्चुअल सम्बोधन (लाइभ)

    काठमाडौं । देशभरका ७५३ वटै पालिकामा नेकपा एमालेको अधिवेशन सुरू भएको छ । तीन दिनअघि वार्ड अधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पालिकास्तरको नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हो ।

    पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

  • विराटनगरमा पनि सुरू भयो एमाले अधिवेशन

    विराटनगरमा पनि सुरू भयो एमाले अधिवेशन

    काठमाडौं । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अधिवेशन सुरू भएको छ । एमाले नेता शंकर पोखरेललगायतले अधिवेशन उद्घाटन गरेका छन् ।

    आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दैछन् ।

    पालिका अधिवेशनबाट चयन हुने नेतृत्व आगामी चैतमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धी पनि हुने भएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • एमाले टोखा नगर कमिटी अधिवेशन जारी

    एमाले टोखा नगर कमिटी अधिवेशन जारी

    काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्लाअन्तर्गत टोखा नगर कमिटीको अधिवेशन पनि सुरू भएको छ । अधिवेशनको उद्घाटन एमाले महासचिव ईश्वर पोखरेलले गरे ।

    आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट गर्ने भए पनि काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू भएको हो ।

    अधिवेशन उद्घाटनपछि पोखरेलले ‘पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ गर्ने यो महाअभियानमा उत्साहपूर्वक जुट्न’ अनुरोध गरेका छन् ।

    पालिका अधिवेशनबाट चयन हुने नेतृत्व आगामी चैतमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी पनि हुने भएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • एमाले काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू (तस्बिरहरू)

    एमाले काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू (तस्बिरहरू)

    काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीको अधिवेशन सुरू भएको छ ।

    आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दैछन् ।

    राष्ट्रियसभा गृहमा जारी महानगरको अधिवेशनमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।

    हेर्नुस् अधिवेशनका केही झलक :

  • दैलेखमा एमालेमा फर्कनेको लहर- समाजवादी युवा संघका केन्द्रीय सचिव एमालेमै फर्किए

    दैलेखमा एमालेमा फर्कनेको लहर- समाजवादी युवा संघका केन्द्रीय सचिव एमालेमै फर्किए

    सुर्खेत । कर्णाली प्रदेशमा एमालेको सबैभन्दा राम्रो पकड भएको जिल्ला हो– दैलेख । माधवकुमार नेपालले एमाले परित्याग गरी नयाँ पार्टी गठन गरेसँगै दैलेखबाट धेरै एमाले कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा पुगेका थिए ।

    तर, पछिल्ला केहि दिनयता दैलेखमा नेकपा एस रोजेका नेता कार्यकर्ता एमालेमै फर्किन थालेका छन् ।

    नेकपा एस निकट युवा संघका केन्द्रीय सचिवको रुपमा कार्यरत दुल्लु नगरपालिका-१० का उपेन्द्र शाही एमालेमा फर्किएका छन् । पार्टी विभाजनको समयमा हुलमुलमा परेका कारण अर्को पार्टीमा लागे पनि भित्री राजनीति बुझेपछि मूल पार्टीमा फर्किएको र संगठित सदस्यता नवीकरण गरेको उनको प्रष्टोक्ति छ ।

    यस्तै, समाजवादीको आठबीस नगर कमिटिका अध्यक्ष छत्र माझी एमालेमै फर्केका छन् । विज्ञप्ती जारी गर्दै उनले समाजवादी पार्टीको नेतृत्वमा वर्गीय आन्दोलन सफल नहुने भएकाले मूल घरमै फर्किएको उनले बताएका छन् । उनले आगामी दिनमा एमालेमा निष्ठावान रहँदै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    भैरवी गाउँ कमिटिको सचिव पदमा मनोनित भएका तिलक प्रसाद जैसीले पनि साजवादी त्यागेर एमालेमा समाहित भएको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै उनले आफू राजनीतिक कारणले पार्टी विभाजनको समयमा समाजवादीमा लागेको बताउँदै आगामी दिनमा एमालेको पूर्ववत जिम्मेवारीमा फर्कदै काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    साविक भैरवी गाविस वडा नं. एकबाट एमालेको उम्मेदवार बनेर २०५४ सालमा वडाध्यक्ष जितेका राजाराम जैसीले पनि मूलघरै फर्किएको भनेर विज्ञप्ती जारी गरेका छन् ।

    नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखमा एमाले एक ढिक्का रहने दावी गरे । ‘अब केहि दिनमा पालिका र जिल्ला अधिवेशनहरु हुँदैछन् । हामी सबै एमाले एक ढिक्का बनाएर लैजान लागेका छौं,’ उनी भन्छन्, ‘एमालेलाई थप कमजोर बनाई आफ्नो स्वार्थ सिद्ध गर्ने कांग्रेस/माओवादीको व्यवहार कार्यकर्ताले बुझिसक्नु भएको छ । सोही कारण अहिले गाउँमा एमालेमा फर्किनेको लहर लागेको छ ।’

    उनले एमालेमा समाजवादीमा गएका मात्रै नभएर माओवादी र जनमोर्चाबाट पनि एमालेमा प्रवेश गर्नेहरुको ठूूलो संख्या रहेको उनले जानकारी दिए ।

  • एमालेले भन्यो- मन्त्री र तक्मामा परमादेश साट्ने अपवित्र गठबन्धनको परिणाम सर्वोच्चमा देखियो

    एमालेले भन्यो- मन्त्री र तक्मामा परमादेश साट्ने अपवित्र गठबन्धनको परिणाम सर्वोच्चमा देखियो

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा देखा परेको गुटबन्दी, विग्रह र चरम अराजकताको कारक असार २८ को परमादेश नै रहेको टिप्पणी गरेको छ ।

    प्रधानन्यायाधीशविरुद्ध अदालतभित्र र बाहिरबाट भइरहेको बहिर्गमनको दबाबप्रति मुख खोल्दै एमालेले सत्ता गठबन्धन र अदालतको अपवित्र गठबन्धनको परिणाम देखिएको दावी गरेको हो ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक रुपमा आफ्नो वक्तव्यमार्फत एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य अदालतका विकृति अन्त्य गर्ने नभएर झनै संस्थागत गर्ने र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नुमात्र रहेको बताएका छन् ।

    ज्ञवालीले भनेका छन्, ‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर्‍यो। निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने । यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’

    प्रवक्ता ज्ञवालीले ‘युज एण्ड थ्रो’ अभियानले भोलि अरुलाई पनि चोलेन्द्रशमसेर जबरालाई जस्तै शिकार बनाउने बताएका छन् । अदालतले सत्ता गठबन्धनको अनुकुल फैसला गरिदिने र सट्टामा गठबन्धनले कसैलाई मन्त्री र कसैलाई तक्मा दिने गरेको परिणाम अहिले देखिएको आरोप लगाएका छन् ।

  • आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

    आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

    काठमाडौं । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो ।

    एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभर वडा अधिवेशन सम्पन्न भएको थियो ।

    प्राविधिक र भौगोलिक कारणबस केहि स्थानीय तहमा सम्भव नभए पनि आज अधिकांश गाउँपालिका र नगरपालिकामा अधिवेशन हुँदैछ ।

    सिरहाको लहान नगरपालिकामा भने आइतबार नै नगर अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

  • भोजपुरको अरुण गाउँपालिकामा यी हुन् एमालेका नयाँ वडा अध्यक्ष (सूचीसहित)

    भोजपुरको अरुण गाउँपालिकामा यी हुन् एमालेका नयाँ वडा अध्यक्ष (सूचीसहित)

    भोजपुर । अरुण गाउँपालिकाको सबै वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । हालै सम्पन्न वडा अधिवेशनले गाउँपालिकाअन्तर्गतको ७ वटा वडामा नेतृत्व छानिएको हो ।

    हेर्नुस् अरुण गाउँपालिकाका नवनिर्वाचित एमाले वडाध्यक्षहरूको सूची :-

    वडा नं. १ याङपाङ

    अध्यक्ष – मोहन तामाङ

    वडा नं. २ चम्पे

    अध्यक्ष – चन्द्र ब.खत्री

    वडा नं. ३ प्याउली

    अध्यक्ष – राजकुमार खत्री

    वडा नं. ४ चरम्बी

    अध्यक्ष – रमेशकुमार मगर

    वडा नं.५ याकु

    अध्यक्ष -निरनकुमार राई

    वडा नं. ६ जरायोटार

    अध्यक्ष – देवकुमार राई

    वडा नं. ७ सिक्रेटार

    अध्यक्ष – डम्बर खड्का

  • खोटाङमा एमालेको नयाँ प्रयोग, वडा कमिटीका पदाधिकारी र सदस्य सबै महिला

    खोटाङमा एमालेको नयाँ प्रयोग, वडा कमिटीका पदाधिकारी र सदस्य सबै महिला

    खोटाङ । विधानमा पार्टीका सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गराएको एमालेले खोटाङको एउटा वडामा भने सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित गरेको छ ।

    हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको हो । च्यास्मिटारमा भएको अधिवेशनको प्रमुख अतिथी पनि महिला नै थिइन्, रुपाकोट मझुवागढीकी उपमेयर विणादेवी राई ।

    अधिवेशनले टारमिला राईलाई अध्यक्ष, कमलकुमारी राई उपाध्यक्ष, सम्झना राई सचिव र अस्तिा राई तथा प्रेमकुमारी विकलाई उपसचिव चयन गरेको छ । महिलामात्रै कमिटीमा निर्वाचित भएको सम्भवतः यो एकमात्र वडा हो ।

    एमाले प्रदेश कमिटी सदस्य समेत रहेकी उपमेयर राइले खोटाङका सबै वडामा कम्तिमा ३३ प्रतिशत र एउटामा शतप्रतिशत महिला चयन भएको जानकारी दिइन् ।

  • लहानमा २ दिनअघि नै एमाले अधिवेशन, यस्तो बन्यो नवनिर्वाचित नगर कमिटी

    लहानमा २ दिनअघि नै एमाले अधिवेशन, यस्तो बन्यो नवनिर्वाचित नगर कमिटी

    सिरहा । नेकपा एमालेले गाउँपालिका र नगरपालिकाहरुको अधिवेशनको मिति मंगलवार तोके पनि सिरहाको लहान नगरपालिकामा भने आइतवार नै अधिवेशन सम्पन्न भएको छ ।

    लहान नगरको प्रथम अधिवेशनले राजकुमार साहको अध्यक्षतामा सर्वसम्मत रुपमा नगर कमिटी चयन गरेको छ ।

    कमिटीको उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिव वीरेन्द्र प्रसाद चौधरी उपसचिवमा राम अधीन यादव र प्रथमलाल चौधरी चयन भएका छन् ।

    कमिटीका सदस्यमा ललित नारायण चौधरी, जितेन्द्र यादव, रामसेवक ठाकुर, मोहम्मद जब्बारुल मिया, जनार्दन प्रसाद साह, भरतकुमार साहनी, जागेश्वर पसमान, राम कुमार मण्डल, राजकुमार मल्ल, महेश राम, नथुनी पसमान्, झौली राम, राम नारायण महतो, देव नारायण यादव, अशोक प्रसाद ढुंगाना, चतुर नारायण सिंह, मो। हफेजुल, सिमिल महतो, भोगेन्द्र साह, महावीर साह, रसलाल मोचि, मुसहरु यादव, रमु यादव, मो। समशेर, आशा कुमारी साह, कञ्चन देवी चौधरी, मन्टुन चौधरी, निर्मला मोते, सहनाज खातुन, भोलबती चौधरी, पदमा चौधरी, सुनिता चौधरी, सोमवती राम, भिखनी चौधरी, विना थापा मगर, शिव कुमार पसमन्, पुनम महतो, हृदय नारायण यादव छन् ।

    नगर अधिवेशनमा केन्द्रीय सदस्य गंगा यादव, रामरती राम, राजेन्द्र चौधरी, लहान नगरपालिकाका मेयर मुनी साह, उपमेयर सरियारकुमारी चौधरी लगायतले सम्बोधन गरेका थिए ।