Tag: नेकपा एमाले

  • एमालेमा झलक सुवेदीको ‘कमब्याक’, प्रदेश कमिटी बैठकमा अतिथि !

    एमालेमा झलक सुवेदीको ‘कमब्याक’, प्रदेश कमिटी बैठकमा अतिथि !

    पोखरा । लेखक तथा विश्लेषक झलक सुवेदी नेकपा एमालेको राजनीतिमा फर्किएका छन् । करिब दुई दशकदेखि लेखन तथा नागरिक अभियानमा लागेका सुवेदीले यसपटक पार्टी सदस्यता नवीकरण गर्दै पार्टीमा राजनीतिमा क्रियाशील हुन लागेका हुन् ।

    कास्कीका सुवेदी बुधवार पोखरामा आयोजित नेकपा एमालेको गण्डकी प्रदेश कमिटी बैठकमा उपस्थित भएका थिए । उनी कुनै कमिटीको सदस्य नभए पनि पुरानो नेता भएका कारण मञ्चमा राखिएको प्रदेश संयोजक किरण गुरुङले बताए ।

    एमाले बैठकको मञ्चमा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजक किरण गुरुङका पछाडि झलक सुवेदी बसेका थिए । सुवेदीले यसपटक दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्ने चाहना राखेको एमाले स्रोतले जनाएको छ ।

    सुवेदी गत महिना सम्पन्न एमालेको विधान महाधिवेशनमा पनि उपस्थित भएका थिए ।

    एमाले विभाजनपछि तत्कालीन नेकपा मालेमा लागेका सुवेदी पछिल्ला वर्षहरूमा स्वतन्त्र भूमिकामा थिए । उनी पृथ्वीनारायण क्याम्पसको पूर्वस्ववियू सभापति पनि हुन् । सुवेदीकी पत्नी लक्ष्मी कार्की २०४६ सालको जनआन्दोलनकी चर्चित पात्र हुन् ।

    तत्कालीन महारानी ऐश्वर्यालाई कालो झण्डा देखाएवापत जेल परेकी लक्ष्मी पनि लामो समय राजनीतिबाट हराएकी थिइन् । उनी अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ समूहमा छिन् ।

  • खगराजले भने- उपाध्यक्ष मैदानमा आउनु कुन ठूलो कुरा हो ? अध्यक्ष त ओली नै

    खगराजले भने- उपाध्यक्ष मैदानमा आउनु कुन ठूलो कुरा हो ? अध्यक्ष त ओली नै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता खगराज अधिकारीले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मतरूपमा आउने दाबी गरेका छन् ।

    रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले भने, ‘अब पनि अध्यक्ष त ओली नै हो नि, यसमा शंका छ र ? अध्यक्षमात्रै होइन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ ।’

    अधिकारीले उपाध्यक्ष मैदानमा आउँदैमा केही फरक नपर्ने भन्दै अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावललाई कटाक्ष गरे । ‘एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिसककरणको च्याम्पियन हो-एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ?’ उनले प्रश्न गरे ।

    विधान महाधिवेशन पनि सर्वसम्मत गरेको स्मरण गराउँदै अधिकारीले थपे, ‘अहिले नेतृत्वको महाधिवेशन हुँदैछ । नीतिमा कुनै फरक छैन । विधान महाधिवेशनले नीति सार्वजनिक भैसकेको छ, अब नेतृत्व सर्वसम्मत हुन्छ ।’

  • दक्षिण एशियाका सबै सत्तारुढ र प्रमुख प्रतिपक्षी पार्टीलाई एमाले महाधिवेशनको निम्तो

    दक्षिण एशियाका सबै सत्तारुढ र प्रमुख प्रतिपक्षी पार्टीलाई एमाले महाधिवेशनको निम्तो

    काठमाडौं । नेकपा (एमाले) ले १० औं महाधिवेशनमा दक्षिण एशियाका सबै सत्तारुढ र प्रमुख विपक्षी पार्टीलाई आमन्त्रण गर्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विश्वका सबै भाइचारा संगठनहरूलाई महाधिवेशनका लागि निम्तो पठाएको जानकारी दिए ।

    ‘विश्वका विभिन्न देशमा रहेका भाइचारा संगठनहरूलाई महाधिवेशनका लागि निमन्त्रणा पठाएको छ,’ उनले भने, ‘कतिपयबाट उपस्थित हुने सूचना पनि प्राप्त भएको छ ।’ उनले दक्षिण एशियाका सत्तारुढ र प्रमुख प्रतिपक्षी सबै दललाई बोलाउने पनि जानकारी दिए ।

    उनका अनुसार छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ । आफ्नो राष्ट्रिय महाधिवेशनमा शुभकामना प्रदान गराउनका लागि पार्टीहरुले विश्वभरका भाइचारा पार्टीहरूलाई बोलाउने गर्छन् । एमालेले पनि आफ्नो महाधिवेशनमा विदेशी प्रतिनिधि बोलाउने गरेको छ ।

  • एमाले महाधिवेशनमा ८ लाख पार्टी सदस्यबाट एक सयका दरले ८ करोड उठ्ने

    एमाले महाधिवेशनमा ८ लाख पार्टी सदस्यबाट एक सयका दरले ८ करोड उठ्ने

    काठमाडौं । नेकपा (एमाले) ले १०औं महाधिवेशन आयोजना गर्न लाग्ने खर्च उठाउन प्रत्येक पार्टी सदस्यबाट अनिर्वायरूपमा एक सय रुपैयाँ उठाउने भएको छ ।

    करिब ८ लाख संगठित सदस्यबाट उठ्ने कुल रकम झण्डै ८ करोड हुनेछ ।

    एमालेले महाधिवेशन संचालन गर्न लाग्ने खर्च उठाउन चन्दा नलिने घोषणा गरेको छ । बुधबार बसेको महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकले चल्ती खाता खोल्ने र त्यसमा सबै पार्टी सदस्यले जम्मा गनुपर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

    उनका अनुसार मोबाइल एप वा बैंकमै गएर राष्ट्रिय वाणिज्य बैंकको टेकु शाखामा रहेको १७००१००००११५९००१ नम्बरको चल्ती खातामा रकम जम्मा गर्नुपर्नेछ ।

    एमालेले महाधिवेशन प्रतिनिधिबाट पनि रकम उठाउने छ । केन्द्रीय कमिटी सदस्य र केन्द्रीय निकायबाट स्वतः महाधिवेशन प्रतिनिधि बन्नेबाट प्रतिव्यक्ति तीन हजार उठाउने छ ।

    एमालेको १० औं महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि हुनेछ । जसमध्ये २ सय ६२ जना स्वतः प्रतिनिधि हुनेछन् । उनीहरूबाट ७ लाख ८६ हजार रुपैयाँ उठ्नेछ।

    त्यस्तै अन्य निर्वाचित भएर आउने १ हजार ७ सय ३७ महाधिवेशन प्रतिनिधिले प्रतिव्यक्ति दुई हजार शुल्क तिनुपर्ने छ । जसबाट ३४ लाख ७४ हजार रूपैयाँ उठ्नेछ ।

  • एमाले महाधिवेशन: ओलीले उद्‍घाटन गर्ने, ५ लाख कार्यकर्ता उतार्ने

    एमाले महाधिवेशन: ओलीले उद्‍घाटन गर्ने, ५ लाख कार्यकर्ता उतार्ने

    काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनको उद्‍घाटन चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

    बुधबार बसेको महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकले महाधिवेशनको उद्घाटनमा चितवन र त्यस आसपासका जिल्लाबाट ५ लाख कार्यकर्ता उतार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    तीन दिनसम्म चल्ने महाधिवेनको अध्यक्ष ओलीले मंसिर १० गते अपरान्ह १२ बजे उद्घाटन गर्ने भएका छन् । कात्तिक २७ गते देशभरका महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने र ३० गते त्यसको सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा पठाउन पनि बैठकले निर्देशन दिएको भट्टराईले जानकारी दिए ।

    चुनावमा विद्युतीय मतदान मेसिन प्रयोग हुने छ । ११ गते निर्वाचन प्रक्रिया आरम्भ हुने र १२ गते मत परिणाम आउने उनले बताए ।

    एमालेले महाधिवेशनका लागि भित्तेलेखन र पोष्टर नटाँस्ने भएको छ । महाधिवशेनसम्बन्धी एमालेका सबै प्रचार डिजिटल माध्यममा हुने छन् ।

  • एमालेले भन्यो- सत्ता गठबन्धनको समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास

    एमालेले भन्यो- सत्ता गठबन्धनको समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सत्ता गठबन्धनले बनाएको दलीय संयन्त्रलाई पञ्चायतकालीन भूमिगत गिरोहको संज्ञा दिएको छ ।

    एमाले निर्वाचन विभाग प्रमुख समेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संविधानबाहिरको संयन्त्रले राजपाठ चलाउने भूमिगत गिरोहको अभ्यास सत्ता गठबन्धनले थालेको बताए ।

    खरेलले नेपाल प्रेससँग भने, ‘उहाँहरूले अहिले जुन दलीय संयन्त्र बनाउनुभएको छ त्यो के को लागि ? दलहरूसँग समन्वय गर्न त आ- आफ्ना दल छदैछन् । उहाँहरूको यो अभ्यास भनेको संविधान र कानूनविपरीत राजपाठ चलाउने भूमिगत गिरोह हो । यसले राज्यका कर्मचारीतन्त्र, सुरक्षा निकाय र अदालतलाई समेत धम्क्याउने उद्देश्य देखिन्छ ।’

    खरेलले विगतमा केपी ओली नेतृत्वको सरकारका बेला समेत तत्कालीन नेकपाका केही नेताले यस्तै समानान्तर सत्ताको अभ्यास गर्न संयन्त्रको कुरा गरेको र त्यो सम्भव नभएपछि आफ्नै सरकार ढाल्न खेल सुरू गरिएको स्मरण गर्दै अहिले गठित संयन्त्र निर्वाचित निकाय र राज्यका अंगभन्दा बाहिरबाट राजपाठ चलाउने नियतबाट आएको बताए ।

    पञ्चायतकालमा दरबारका केही व्यक्तिले समानान्तर सरकारको अभ्यास गरेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले त्यसलाई भूमिगत गिरोह भनेका थिए । उनको संकेत तत्कालीन महारानी ऐश्वर्या र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलक्षित थियो ।

  • सुनसरी एमालेमा तनाव : बैठकको वैधतामाथि प्रश्न उठाउँदै द्वारिक चौधरीले खोसे माइक

    सुनसरी एमालेमा तनाव : बैठकको वैधतामाथि प्रश्न उठाउँदै द्वारिक चौधरीले खोसे माइक

    इटहरी । सुनसरी नेकपा एमालेमा विवाद झन् बढेको छ । २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर पक्ष र विपक्षबीचको विवादले उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबारको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ।

    २ जेठको विषयमा विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो ।

    कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका छन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ । चौधरीको हातबाट पुन: माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ । माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडेका छन् । उनले बैठक बहिष्कार गरेको बताएका छन् ।

    उनले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गरेका छन् । चौधरीले माइक खोसे पनि बैठक नरोकिएको एक नेताले बताए । चौधरीले मंगलबार जिल्ला बैठक आफ्नो अध्यक्षतामा हुने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

  • भीम रावललाई कर्ण थापाको आरोप- बैठकमा नआउने, सामाजिक सञ्जालमा नानाथरी लेख्ने ? (भिडिओ)

    भीम रावललाई कर्ण थापाको आरोप- बैठकमा नआउने, सामाजिक सञ्जालमा नानाथरी लेख्ने ? (भिडिओ)

    धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् ।

    आफूले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट पार्टीविरुद्धका गतिविधि पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खोजेको उनको टिप्पणी छ ।

    ‘फोन गरेर प्रदेशस्तरीय बैठकमा आउन आग्रह गर्दा आउँदिन भन्ने रावलले सामाजिक सञ्जालको दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भने, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’ उनले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताए । ‘रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उनले भने, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’

    उनले सामाजिक सन्जालमार्फत नभइ बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गरेका छन् । एमाले लोकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राखन पाउने उनले बताए । ‘तर, पार्टीका गतिविधि मान्दिन भन्ने अनि सामाजिक सन्जालमा नानाथरी लेख्ने काम राम्रो हैन,’ उनले भने,‘त्यो पार्टीविरोधी गतिविधि हो ।’

    एमाले उपाध्यक्ष रावलले समाजिक सञ्जालमा मंगलबार बिहान धनगढीमा बसेको बैठक प्रदेशस्तरीय नभइ गुटको भेला भएको आरोप लगाएका थिए ।

    बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह-इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।

  • उपचुनावमा गठबन्धन भर्सेस एमाले : अर्घाखाँचीमा टोपबहादुर कति सुरक्षित ?

    उपचुनावमा गठबन्धन भर्सेस एमाले : अर्घाखाँचीमा टोपबहादुर कति सुरक्षित ?

    सन्धीखर्क । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उपचुनाव तथा राष्ट्रियसभा चुनावमा एमालेविरुद्ध मिलेर लड्ने निर्णय गरेको छ । निर्वाचन आयोगले उपचुनावको मिति तय गरिसकेको छैन ।

    माओवादीबाट निर्वाचित चारजना प्रतिनिधिसभा सदस्य कैलालीका लेखराज भट्ट र गौरीशंकर चौधरी, रौतहटका प्रभु साह र अर्घाखाँचीका टोपबहादुर रायमाझी नेकपा विभाजनपछि एमालेमा रहेपछि उनीहरूलाई माओवादीले पदमुक्त गरेको थियो ।

    तीसहित विभिन्न प्रदेशसभा सदस्य पदसमेत रिक्त भएकाले ती ठाउँमा उपचुनाव हुँदैछ । जसपाले पदमुक्त गरेको लुम्बिनीका ४ जनाको हकमा मुद्दा चलिरहेकाले अन्य क्षेत्रमा उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

    उपचुनावमा सत्ता गठबन्धनले मिलेर लड्ने घोषणा गरेसँगै चुनावी माहौल बन्न थालेको छ । विशेषगरी माओवादीका प्रभावशाली नेताहरू जो एमाले बने, उनीहरू पुनः सांसद निर्वाचित हुन कति सम्भव छ ? एमाले एकातिर, सत्ता गठबन्धन अर्कोतिर हुँदा आउने चुनाव रोचक हुनेछ ।

    यसै सन्दर्भमा हाल एमालेमा रहेका चर्चित नेता टोपबहादुर रायमाझीको चुनाव क्षेत्रको सामान्य चर्चा गर्न खोजिएको छ ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि भएका तीनवटै आम निर्वाचनमा लगातार अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका टोपबहादुर रायमाझी यसपटक उपचुनावमा नयाँ परिचयका साथ जानुपर्नेछ ।

    तत्कालीन माओवादीको शीर्ष तहका नेता रायमाझीले दुईपटक आफ्नै बलमा र २०७४ सालको निर्वाचनमा एमालेको समेत मत पाएर करीव १८ हजारको भारी मतान्तरमा सांसद निर्वाचित भएका थिए ।

    अब उपचुनावमा उनको नयाँ परिचय हुनेछ-एमाले नेता । २०७० मा माओवादीका धेरै शीर्ष नेताहरूले चुनाव हार्न लाग्दा मतगणनास्थल छाडेर बहिष्कार गरेपनि रायमाझीले अर्घाखाँचीबाटै पार्टी निर्णयलाई चुनौती दिँदै मतगणनास्थलमा बसेर निर्वाचित भएका थिए ।

    यदि उपचुनावमा सत्ता गठबन्धन एकजुट भएर जाँदा रायमाझीको चौथो जित सहज होला ? करिब चार वर्षअघिको गणितले उनको सहज जितमा प्रश्न उठाउँछ तर राजनीतिमा ४ वर्षअघिको मत सर्लक्क तलमाथि भने हुँदैन ।

    जिल्लामा विकासप्रेमी भनेर चिनिएका रायमाझीसँग हिजोको माओवादी पंक्ति पूरै छैन । जिल्लामा करिब ३० प्रतिशत कार्यकर्ता उनीसँगै एमालेमा लागेको अनुमान छ । तर, माओवादी नेताहरू भने रायमाझीसँग १० प्रतिशतमात्रै नेता कार्यकर्ता एमालेमा लागेको बताउँछन् ।

    जिल्लाबाट निर्वाचित रायमाझीसँगै राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काले सांसद पद त्यागेर एमाले रोजेका थिए । खड्काले गठबन्धनसँग उपचुनाव हारिसकेका छन् भने अब गठबन्धनको सामना गर्ने पालो रायमाझीको आउँदैछ ।

    अर्घाखाँचीमा रायमाझीका लागि फाइदा भनेको एमालेको बलियो संगठन र जनाधार नै हो । उनको लागि अर्को फाइदा के हो भने अर्घाखाचीमा एमाले विभाजनको असर तुलनात्मकरूपमा कम परेको छ । नेकपा एसले एमालको जति मत काट्छ त्यो भन्दा बढी माओवादीबाट एमालेमा थपिएको छ ।

    तर, सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा उनको जित सहज छैन । किनकी यहाँ कांग्रेस र एमाले हाराहारीका शक्ति हुन् भने राष्ट्रिय जनमोर्चाको समेत निर्णायक मत छ । अहिले जनमोर्चा पनि सत्ता गठबन्धनमा भएकाले एमाले एकातिर र अन्य दल अर्कोतिर हुँदा गणित विपक्षमा बढी देखिन्छ ।

    २०७४ को आम निर्वाचनमा रायमाझीले वाम गठबन्धनको साझा उम्मेदवार बन्दा ५० हजार ८३७ मत प्राप्त गरेर बिजय हासिल गरेका थिए । प्रतिद्धन्द्धी कांग्रेसका रामबहादुर विसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए । रायमाझीले पाएको ५० हजार ८ सय मतमा राजमोको समेत करिब ४ हजार मत थियो ।

    त्यसो भए अर्घाखाचीमा सिंगल सिंगल कुन पार्टी बलियो छ त ? त्यसका लागि दलहरुले पाएको समानुपातिक मत हेर्नुपर्छ । अर्घाखाँची प्रतिनिधिसभामा एकमात्र क्षेत्र भएकाले जिल्लाभरको समानुपातिक मतले दलीय हैसियत देखाउँछ ।

    चार वर्षअघि अर्घाखाँचीमा एमालेले ३० हजार ४१७ मत प्राप्त गरेर जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले २८ हजार ३६९ मत प्राप्त गरेको थियो भने माओवादीले १४ हजार ९६२ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले ४ हजार ७७१ मत पाएको थियो ।

    अर्घाखाँचीमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले ६९४ मत पाएको थियो समानुपातिकतर्फ । जुन दल अहिले जसपामा रुपान्तरण भइसकेको छ । गठबन्धनलाई यो मत पनि फाइदा हुनेछ ।

    यसबीचमा नयाँ मतदाता पनि थपिएका छन् । तर, चार वर्षअघिको समानुपातिक मत हेर्दा सत्ता गठबन्धन बलियो हुनेछ । माओवादीले पाएको करिब १५ हजार समानुपातिक मतमा रायमाझीसँग गएको माओवादी हिस्साले ५ हजार मत कटाए पनि उनका लागि उपचुनाव फलामको च्यूरा बन्ने देखिन्छ । यद्यपि जिल्लाको शीर्ष नेता भएकाले उनको व्यक्तिगत प्रभावले पनि प्रत्यक्ष चुनावमा अर्थ राख्न सक्छ ।

    यदि रायमाझीसँग कांग्रेस उम्मेदवारले प्रतिस्पर्धा गरेमा माओवादीको मत उनले अझ बढी आफूतिर तान्न सक्छन् । तर, माओवादीकै उम्मेदवार हुँदा कांग्रेसको मत तितरबितर हुनेछ । गणित रायमाझीको अनुकूल नभए पनि चार दिनमै बदलिने मतदाताको मुडलाई ४ वर्षअघिको मतपेटिकाबाट निकालेर जोख्न अवश्य सकिन्न ।

  • भीम रावलको प्रश्न- १० बुँदे सहमति झापामा लागू हुने सुदूरपश्चिममा नहुने किन ?

    भीम रावलको प्रश्न- १० बुँदे सहमति झापामा लागू हुने सुदूरपश्चिममा नहुने किन ?

    काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको आज हुने भनिएको बैठक अवैध र अमान्य रहेको बताएका छन् । रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन् ।

    महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका प्रदेश कमिटी र जिल्ला कमिटी बैठकहरु बसिरहेका छन् । सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज दावी गर्दै आएका रावलले लेखराज भट्टलाई इन्चार्ज मान्न अश्वीकार गरेका छन् ।

    भट्ट इन्चार्ज र कर्ण थापा अध्यक्षको हैसियतमा आज बैठक बस्दैछ । रावलले यसलाई गुटबन्दीको नमूना भन्दै यो बैठकका निर्णयहरु अमान्य हुने चेतावनी दिएका छन् ।

    रावलले भनेका छन्- अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि !

     

  • ओलीको टिप्पणी-परमादेश सेटिङमा थियो भन्ने कुरा आफैं पोल खोलाखोल गर्दैछन्

    ओलीको टिप्पणी-परमादेश सेटिङमा थियो भन्ने कुरा आफैं पोल खोलाखोल गर्दैछन्

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ को सर्वोच्च अदालतको परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङमा आएको थियो भन्ने पुष्टी भएको दाबी गरेका छन् ।

    सोमबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सेटिङमा परमादेश आएको थियो भन्ने कुरा अहिले आफू-आफूमै पोल खोलाखोल गरेर पुष्टी गरिरहेको बताए ।

    ओलीले भने, ‘न्यायाधीशज्यूहरू अहिले आफैं भन्दै हुनुहुनुहुन्छ । सेटिङ रहेछ उहाँहरूबीच । कसका कसलाई मन्त्री बनाइदिने, कसका कसलाई राजदूत बनाइदिने, कसलाई पदक र तक्मा दिने । यो त देखिएको कुरा भयो । नदेखिएको के-के लेनदेन भयो अझै खुल्न बाँकी छ ।’

    ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने नयाँ नजिर स्थापित भएको भन्दै यसको फल भोलि सबैले भोग्नुपर्ने चेतावनी समेत दिए । ओलीले अदालत आफ्नै परमादेशका कारण विवादमा परेको र जनताको नजरमा गिरेको आरोपसमेत लगाए ।

  • कर्णालीका देउसेलाई केपी ओलीको २५ हजार दक्षिणा

    कर्णालीका देउसेलाई केपी ओलीको २५ हजार दक्षिणा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निम्त्याएर देउसी खेल्ने कर्णालीका कार्यकर्ताको टिमलाई २५ हजार रूपैयाँ दक्षिणा दिएका छन् ।

    कर्णाली-काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको देउसी र सांस्कृति कार्यक्रमले नेपाली संस्कृति बोकेको भन्दै ओलीले यसलाई जोगाउने दायित्व नेकपा एमालेको काँधमा रहेको बताए ।

    ओलीले कर्णालीका देउसेलाई आफ्नो तर्फबाट २५ हजार रूपैयाँ पठाउने घोषणा समेत गरे । उनले कर्णालीबाट एमाले कमजोर पार्न खोजिए पनि सबैभन्दा सशक्त भएर उभिने दाबी गरे ।

  • प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् – केपी ओली (लाइभ)

    प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् – केपी ओली (लाइभ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् ।

    एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले नभएको भए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने बताए ।

    ओलीले एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने बताए ।

  • एमालेको सर्लाही जिल्ला कमिटीले पायो पूर्णता, अध्यक्षमा राजनारायण साह (सूचीसहित)

    एमालेको सर्लाही जिल्ला कमिटीले पायो पूर्णता, अध्यक्षमा राजनारायण साह (सूचीसहित)

    सर्लाही । नेकपा एमालेको २ नम्बर प्रदेश कमिटीले लामो समयदेखि रोकिएको सर्लाही जिल्ला कमिटी गठनलाई पूर्णता दिएको छ । प्रदेश कमिटीको पदाधिकारी बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको अध्यक्ष ज्वाला कुमारी शाहले बताएकी छन् ।

    कमिटीको अध्यक्षमा राजनारायण शाह छन् भने उपाध्यक्ष कल्पना कटुवाल,सचिव केदार खत्री र उपसचिव विदुर प्याकुरेल रहेका छन् । १७३ सदस्यीय जिल्ला कमिटी गठनप्रति कतिपय नेता कार्यकर्ताले अशन्तुष्टी सार्वजनिक गरेका छन् ।

    एमालेको सर्लाही जिल्ला कमिटी यस प्रकार छ:

  • थिमीका ऐतिहासिक सम्पदा अब पुस्तकमा, ओलीले गरे विमोचन (तस्बिरहरू)

    थिमीका ऐतिहासिक सम्पदा अब पुस्तकमा, ओलीले गरे विमोचन (तस्बिरहरू)

    भक्तपुर । भक्तपुरको थिमीका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिरपुस्तक प्रकाशन गरिएको छ ।

    मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको ‘गन्तव्य मध्यपुर थिमी’ नाम दिइएको सो तस्बिरपुस्तकको विहीबार एक समारोहका बीच पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका छन् । कार्यक्रममा ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

    पुस्तकमा मध्यपुर थिमीका कला, संस्कृति, पुरातत्व र पर्यटन झल्कने ऐतिहासिक स्थलहरूको तस्बिर समेटिएको छ । कला र सम्पदाका हिसाबले धनी मानिएको थिमीका सम्पदाको जर्गेनामा स्थानीय सरकारले गरेका कामको कार्यक्रममा चर्चा गरिएको छ ।

  • मुलुकलाई अस्थिरतामा धकेल्ने परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ : शंकर पोखरेल

    मुलुकलाई अस्थिरतामा धकेल्ने परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ : शंकर पोखरेल

    घोराही । एमाले नेता तथा लुम्बिनी प्रदेशका ईन्चार्ज शंकर पोखरेलले निर्वाचनका माध्यमबाट जनताले प्रदान गरेको जनादेशलाई बेवास्ता गर्दै सर्वोच्च अदालतको फैसलाबाट जनादेशलाई उल्टाउने काम गलत भएको उनले बताएका छन् ।

    यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरेलले नेकपाभित्रकै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको अन्तरसंघर्षले गुमेको जनादेश नेपालको संसदीय व्यवस्थाका लागि गलत नजिर भएको बताए ।

    पोखरेलले मुलुकलाई अस्थिरतामा लैजाने परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीशले राजीनामा दिनुपर्ने उल्लेख गरे ।

    प्रधानन्यायाधीश राणाको मात्रै राजीनामा माग्नु गलत भएको उनले टिप्पणी गरे ।

    प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीश ‘मतियार’ रहेकोले सबैले राजीनामा दिनुपर्ने भन्दै एमाले नेता पोखरेलले भने परमादेश दिने सबैको राजीनामा मागेका हुन् । संसद, कार्यपालिका र न्यायपालिकामाथिको जनविश्वास गुमेको दाबी पनि उनको थियो ।

    जनादेशको विकल्प नरहेको भन्दै नेता पोखरेलले जति सक्यो चाँडो निर्वाचन हुनु जरुरी रहेको बताए । उनले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) सँग एमालेले एकता नगर्ने पनि बताए ।

    माधव नेपाल, प्रचण्ड जनादेशलाई अपमानित गरेर गएको भन्दै उनले भने, ‘उनीहरूलाई एउटा जनादेशबाट आफ्नो हैसियत महसुस गराउनुपर्छ । त्यतिबेलासम्म एकताको कुनै सम्भावना छैन ।’

    उनले मंसिरमा हुने एमाले महाधिवेशनमा कुन पदमा उठ्ने भन्नेबारे पछि उपयुक्त समयमा उपयुक्त निर्णय गरिने बताए ।

    साथै उनले अध्यादेश र परमादेशमार्फत एमालेलाई फुटाउने काम गरेका न्यायधिसहरु नै विभुषित भएकाले नैतिक जिम्मा बहन गर्न आवश्यक रहेको जिकिर गरे ।

    पोखरेलले वर्तमान सरकारलाई विकासविरोधी सरकार भएको आरोप लगाए भएको छ । वर्तमान गठबन्धनको सरकार विकास विरोधी भएको उनले उल्लेख गरे ।

    केपी शर्मा वली सरकारले ल्याएका १४ सय सडक आयोजना कटौती गरेर विपन्नवर्गलाई प्रतिव्यक्ति १० हजार रूपैयाँ उपलब्ध गराउन थालेको उनले बताए । १४ सय सडक आयोजना सम्पन्न गर्दा विकास निर्माणसँगै श्रममार्फत् जनताको जिवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

  • योगेशले भने- माधव नेपालको पार्टी अवैध हो, महाधिवेशनमा बोलाउँदैनौं

    योगेशले भने- माधव नेपालको पार्टी अवैध हो, महाधिवेशनमा बोलाउँदैनौं

    काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा देशका सबै दलहरूलाई निम्ता दिए पनि हालै आफूबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई भने नबोलाउने भएको छ ।

    महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवैध ढंगले अध्यादेशमार्फत जन्माइएको पार्टीलाई मान्यता नदिएको भन्दै नेकपा एसलाई नबोलाउने बताए ।

    भट्टराईले एकीकृत समाजवादीको पहिचान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको भन्दै राजनीतिक दलहरुको अवैध सम्बन्धमा बनेका समूहलाई एमाले महाधिवेशनमा नबोलाइने बताए ।

  • यसरी हुँदैछ एमाले महाधिवेशन, कसलाई के जिम्मेवारी (पूर्णपाठ)

    यसरी हुँदैछ एमाले महाधिवेशन, कसलाई के जिम्मेवारी (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व र शक्ति स्थापित हुने दावी गरेको छ । केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनपछि एमाले अझ बलियो बन्ने बताए ।

    महाधिवेशनको तयारी चलिरहेको बेला एमालेले हालसम्म भएका कामहरुको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा हालसम्म भएका तयारी र प्रतिनिधि चयनको प्रक्रियाबारे प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिएका थिए ।

    महाधिवेशन सम्बन्धी कामका लागि विभिन्न समितिहरु गठन भएका छन् । महाधिवेशनमा देशभित्रका २२ वटा जनसंगठनबाट पाँच पाँच जना र भारत, अमेरिका, यूरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि बन्न पाउने भएका छन् ।

    हेर्नुस् एमाले महाधिवेशनको तयारीबारे पार्टीले जारी गरेको विज्ञप्ति:

  • कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

    कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व, दुईमा महिला नेतृत्व

    कैलाली । कैलालीका १३ स्थानीय तह मध्ये सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिए।

    उनका अनुसार अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी छ । लम्की चुहा र घोडाघोडी नगरपालिका तथा मोहन्याल, गाउँपालिका सहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । गोदावरी र टीकापुर नगरपालिकामा २२ गते, भजनीमा २३ गते मात्रै बन्दसत्र गरेर नेतृत्व चयन गरिने रानाले जानकारी दिए।

    एमालेले मंगलवारसम्म चयन गरेका सातमध्ये दुई स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन् । गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएको रानाले जानकारी दिए ।

    धनगढीमा रामचन्द्र जोशीको अध्यक्षतामामा ८५ सदस्यीय कमिटी गठन भएको छ । जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जोशीपुर गाउँपालिकामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

    चुरे गाउँपालिकामा चक्र बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको छ । बर्दगोरियामा मधुकर सिजापतिको अध्यक्षतामा ६० सदस्यीय कमिटी गठन भएको छ ।

  • ओलीको टिप्पणी- यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ

    ओलीको टिप्पणी- यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार दिनदिनै खुइलिँदै जाने टिप्पणी गरेका छन् । सोमबार एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरजस्तो खुइँलिदै जान्छ । यिनीहरू आफैं ढले अचम्म नमाने हुन्छ ।’

    तर, सरकार फेरबदल गर्न पनि आफूहरूको रुची नभएको ओलीले बताए । ‘हामी सरकार फेरबदलतिर छैनौं, हामी चुनावको तयारीमा छौं ।’

    अहिलेको सत्ता गठबन्धन दुई-दुई पटक चुनावबाट भागेको भन्दै ओलीले अब भने भाग्न नसक्ने बताए । उनले भने, ‘चुनावबाट कहिलेसम्म भाग्लान यिनीहरू ? दुई पटक भागे तर अब आफैं चुनाव घोषणा गर्नुपर्छ ।’

  • न्यायाधीशबारे ओलीको टिप्पणी- अमेरिकाबाट आएको इमेल पढ्दापढ्दै रोक्नुपर्ने भएछ

    न्यायाधीशबारे ओलीको टिप्पणी- अमेरिकाबाट आएको इमेल पढ्दापढ्दै रोक्नुपर्ने भएछ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक तरिकाले सर्वोच्चको परमादेशबाट आफ्नो पार्टीलाई सत्ताबाट हटाइएको बताएका छन् । एमालेलाई अगाडिबाट प्रहार गर्न नसकेर पछाडिबाट प्रहार गरिएको र यसमा सर्वोच्चका न्यायाधीशहरू प्रयोग भएको उनले दाबी गरे ।

    अमेरिकामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गरेको इमेल न्यायाधीसहरूको बैठकमा पढ्दापढ्दै रोकिएको प्रसंग ओलीले निकालेका थिए । नेपाल प्रेसमा प्रकाशित समाचारबारे टिप्पणी गर्दै ओलीले संवैधानिक ढंगले अगाडि जान नसकिएकाले असंवैधानिक ढंगले नै अगाडि बढेको स्वीकारोक्ति न्यायाधीशबाट आएको बताए ।

    ‘अमेरिकाबाट पठाएको इमेल पढ्दापढ्दै पढिनसक्नु भएपछि बन्द गर बन्द गर, भनेर रोके छन् । यो सबै बाहिर जाने हो भने त के-के पो निस्किने हो भनेर आधैमा, चौथाइमै रोकिएछ । यस्तो हालत छ । प्रतिक्रियावादीले यस्ता खालका क्रियाकलाप गर्छन्,’ ओलीले भने ।

    यो पनि पढ्नुहोस् :

  • चितवनमा ओलीले भने- झुक्किएर प्रचण्डका लागि दुई-दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ

    चितवनमा ओलीले भने- झुक्किएर प्रचण्डका लागि दुई-दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ

    चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गरे।

    ‘चितवनमा महाधिवेशन गर्ने कुन्‌सा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला जित्ने होइन । महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’

    ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भने, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

    रेणु दाहाललाई लक्षित गर्दै उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

  • प्रचण्ड, माधव नेपाल बुर्जुवाहरूलाई नेता मानेर हिँडेका छन् : बादल

    प्रचण्ड, माधव नेपाल बुर्जुवाहरूलाई नेता मानेर हिँडेका छन् : बादल

    चितवन । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेसलाई बुर्जुवाहरूको पार्टीको संज्ञा दिएका छन् । चितवनको भरतपुरमा सोमबार आयोजित एमाले महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दे बादलले बर्जुवाहरूलाई नै नेता मानेर प्रचण्ड, माधव नेपालहरूअघि बढेको बताए ।

    ‘नेपालका बुर्जुवाहरूलाई नेताका रूपमा स्वागत गरेका छन्,’ प्रचण्डले दक्षिणपन्थी कम्युनिष्ट आन्दोलनको प्रतिधित्व गर्छन् । माधव नेपाल अर्को हुन् उनीहरू दक्षिणपन्थीको प्रतिनिधि गर्छन् ।’

    ‘देशी-विदेशी शक्तिको षड्यन्त्रका कारण परमादेशको सरकार बनेको छ’, उनले भने, “राष्ट्रिय स्वाधीनता रक्षा कसरी गर्ने भन्ने चुनौती आएको छ ।’ देशमा देखिएका चुनौतीको सामना एमालेले गर्न सक्ने उनको दाबी छ । बादलले भने, ‘दक्षिणीपन्थी अवसरवादलाई परास्त नगरि समाजवादको आधार तयार गर्न सकिँदैन ।’

    बादलले प्रचण्डलाई दक्षिणपन्थी अवसरवादी भन्दै त्यसविरुद्ध लड्न आफूहरूले चितवनमा महाधिवेशन आयोजना गर्न लागेको बताए ।

  • एमालेले गुमायो सबै सरकार, केन्द्रदेखि प्रदेशसम्म पूर्ण प्रतिपक्ष

    एमालेले गुमायो सबै सरकार, केन्द्रदेखि प्रदेशसम्म पूर्ण प्रतिपक्ष

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य ६८ दिनमै राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सबै प्रदेश सरकार गुमाएको छ ।

    तत्कालीन वाम गठबन्धनमा चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले तत्कालीन नेकपा र पछिल्लो समय एमालेमै विभाजन आएपछि सबै सरकार छोड्नु परेको हो ।

    प्रदेश १ मा एमाले एकल बहुमतमा रहे पनि पार्टी विभाजित हुँदा १० भदौमा नियुक्त आचार्यले छोटो समयमै सरकार छाड्नु परेको हो ।

    आचार्यअघि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र वागमतीमा अष्टलक्ष्मी शाक्य हटिसकेका छन् ।

    संघीय सरकारको समेत नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २८ असारमा सर्वोच्चको परमादेशका कारण सरकार छाड्नु परेको थियो ।

    संघ र प्रदेशका सबै सरकार गुमाउनु परेपछि अब एमाले ‘पूर्ण प्रतिपक्ष’ बनेको छ ।

  • सडकमार्गबाट चितवन जाँदै ओली, बीच बाटोमा रोकेर स्थानीयले गरे स्वागत (तस्बिरहरू)

    सडकमार्गबाट चितवन जाँदै ओली, बीच बाटोमा रोकेर स्थानीयले गरे स्वागत (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चिवनतर्फ लागेका छन् । दुईदिने चितवन बसाइँका क्रममा आज उनी केही नेताहरूसहित काठमाडौंदेखि सडकमार्ग हुँदै चितवन गएका हुन् । दासढुंगादेखि प्रस्तावित अयोध्याधामसम्म पुग्ने ओलीको कार्यक्रम छ ।

    गाडी यात्राको क्रममा बीच बाटोमा स्थानीयबासीले ओलीलाई रोकेर स्वागत गरेका छन् । ओलीको स्वागतमा वृद्धवृद्धादेखि, महिला, युवा र कार्यकर्ताको भीड लागेको छ । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु साहलगायतका केन्द्रीय नेताहरू छन् ।

    ओलीले नारायणगढ-मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् । २०५० जेठ ३ गते जीप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको थियो ।

    त्यसपछि ओलीले केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्नेछन् । भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि उनले केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रम छ ।

    चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । भरतपुर–१० मदननगरमा एमाले चितवन पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो ।

    एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको दिउँसो ४ बजे निरिक्षण गर्नेछन् ।

    एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार अध्यक्ष ओलीले १६ गते बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनि पानीजहाजको अवलोकन गर्नेछन् ।

    ओली १६ गते नै माडी अयोध्याधाम पुग्नेछन् ।

     

  • सुरेन्द्र पाण्डेको प्रष्टोक्तिः व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन (भिडिओ)

    सुरेन्द्र पाण्डेको प्रष्टोक्तिः व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन (भिडिओ)

    चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कुनै पार्टी वा व्यक्ति विशेषलाई टार्गेट गरेर राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागिएको आरोपको खण्डन गरेका छन् ।

    आज विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले केहि मानिसहरुको डराएको मनको अभिव्यक्तिका रुपमा त्यसलाई लिनसमेत अनुरोध गरेका छन् ।

    ‘विधान महाधिवेशनमै हामीले चितवनमा गर्नेबारे छलफल गरेका थियौं । तर ठाउँको उपलब्धताको ग्यारेन्टी नभएको हुनाले निश्चित गर्न सकिएन । त्यतिबेला अध्यक्षले बुटवल घोषणा गर्दा पनि अन्य सम्भावना कायमै रहने भन्नुभएको थियो,’ नेता पाण्डेले भने, ‘पछि सबै कोणबाट छलफल गर्दा चितवन नै पायक पर्ने देखियो । कुनै पार्टी वा व्यक्तिलाई टार्गेट गरेर आएको हाइन । उहाँहरुको मन डराएको हो, डराएको मनको अभिव्यक्ति हो ।’

    केहि दिनअघि चितवन भ्रमणका क्रममा नेकपा माओवादी अध्यक्ष प्रचण्ड तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले अन्तै तय भएको महाधिवेशन चितवन सारिनुमा आफूहरुलाई टार्गेट गरिएको अभिव्यक्ति दिएका थिए ।

    अध्यक्ष केपी शर्मा ओली पनि आजै चितवन जाँदैछन् । उनले महाधिवेशनको उद्घाटन स्थल नारायणगढको नारायणी किनार र बन्दसत्र स्थल सौराहाको अवलोकन गर्नेछन् । जिल्ला पार्टी कार्यालयमा महाधिवेशन मूल व्यवस्थापन समितिको कार्यालयको उद्घाटन पनि आजै ओलीले गर्नेछन् ।

    नेता पाण्डेले उद्घाटन समारोहमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्यअनुसार सबै प्रदेशबाट सहज आगमनका लागि योजना बनाइसकेको बताए । उनले तिहारलगत्तै पूर्ण क्षमतामा महाधिवेशन तयारीमा जुट्ने जानकारी दिए ।

    ‘बागतमीबाट साढे २ लाख, गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, प्रदेश २ बाट १ लाख जनसंख्या चितवन ल्याइने । अन्य प्रदेशबाट स्वयम्सेवकका रुपमा ल्याइने योजना बनाइएको छ,’ उनले थपे, ‘जिल्लाजिल्लाबाट मानिस ल्याउन योजना बनेका छन् । मूल व्यवस्थापन समितिको मातहतमा १२ वटा समितिहरु बनाइएको छ ।’

    महाधिवेशनमा कुन पदका लागि उम्मेद्वारी दिने तयारी छ ? भनेर सोधिएको प्रश्नमा नेता पाण्डेले पार्टीभित्र कुनै पदमा पनि उम्मेद्वारीबारे छलफल नभएको दावी गरे ।

    ‘कम्युनिस्टहरुको परम्परामा म पहिल्यै यो पदका लागि उठ्छु भन्ने चलन हुँदैन । कतिपय बुर्जुवा पार्टीहरुमा त्यस्तो हुन्छ । तर हामी त्यस्तो अभ्यासबाट आएका होइनौं । हामी सबै सहमतिमा गर्ने प्रयासमा हुनेछौं,’ उनले भने, ‘यसपल्ट इलेक्ट्रोनिक भोटिङ प्रणालीबाट चुनावमा जानेछौं । १०० वटा मेसिन अर्डर गरिसकेका छौं । केहि पदमा चुनाव पनि हुनसक्छ किनभने त्यो मेसिनको प्रयोग पनि त गर्नुप¥यो नि ।’

  • ताप्लेजुङको ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व (सूचीसहित)

    ताप्लेजुङको ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व (सूचीसहित)

    ताप्लेजुङ । ताप्लेजुङको ७ स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । हालै सम्पन्न पालिका अधिवेशनबाट एक नगरपालिका र ६ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो ।

    यी हुन् ताप्लेजुङको पालिकाहरूमा एमालेका नयाँ अध्यक्ष :

    १. फुङलिङ नगरपालिका : भरत गुरुङ

    २. फक्तालुङ गाउँपालिका : सरोज एभेङ

    ३. सिरिजङ्घा गाउँपालिका : सन्तोष चम्लिङ

    ४. मिक्वाखोला गाउँपालिका : दिवस लिवाङ

    ५. आठराइ त्रिवेणी गाउँपालिका : सूर्यमान याक्सो

    ६. पाथिभरा याङवरक गाउँपालिका : विक्रम मेन्याङबो

    ७. मैवाखोला गाउँपालिका : लालकाजी वनेम

  • भीम रावलको दाबी- १० बुँदे गर्दा माधव नेपाललाई अध्यक्ष बनाउने सहमति बनेको थियो

    भीम रावलको दाबी- १० बुँदे गर्दा माधव नेपाललाई अध्यक्ष बनाउने सहमति बनेको थियो

    काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले १० बुँदे सहमति गर्दा दुईजना अध्यक्ष राख्ने सहमतिसमेत भएको दाबी गरेका छन् । तर, सहमतिको लिखित मस्यौदामा भने त्यसबारे केही उल्लेख गरिएको थिएन ।

    १० बुँदेको कार्यान्वयन गर्न बनेको कार्यदल संयोजकबाट आइतबार लिखित राजीनामा दिँदै रावलले माधवकुमार नेपाललाई एमालेको अर्को अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।

    ‘दस बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलको दावी छ, ‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास वालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

    रावलले पत्रमा हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयन नभएको उल्लेख गरेका छन् । ‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानी-१२ को कार्यान्वयन भएको छैन्,’ उनको भनाइ छ, ‘एक नम्बर प्रदेशका ताप्जेजुङ, सुनसरी, दुई नम्बर प्रदेशका सर्लाही र बारा, वागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिका अन्तर्गत कीर्तिपुर नगर कमिटी लगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायतका जनसंगठनहरूमा अपानी-१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहींबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन् ।’

    १० बुँदे सहमति कार्यान्वयनमा पार्टी अध्यक्षबाट नै अनिच्छा व्यक्त भएपछि कार्यदलमा रहिरहनुको औचित्य नदेखिने भएकाले कार्यदलबाट राजीनामा दिएको उनको भनाइ छ ।

    यस्तो छ दस बुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदल संयोजकबाट रावलले दिएको राजीनामाको पूर्णपाठ :-

     

    कमरेड केपी शर्मा ओली
    अध्यक्ष, केन्द्रीय कमिटी
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
    केन्द्रीय कार्यालय
    थापाथली, काठमाण्डौ ।

    विषयः राजीनामा

    २०७८ साल कार्तिक ५ गते तुलसिलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानि)–१२ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा मैले सहमतिका लागि गरिएका प्रयत्नहरु तथा १० बुँदे सहमतिको अवस्थाबारे यथार्थ चित्रण गर्दै लिखितरुपमा जानकारी गराएको थिएँ । तत्पश्चात् त्यस विषयमा विचार व्यक्त गर्नुहुने स्थायी कमिटीका सबै नेताहरुले सहमतिको शीघ्र कार्यान्वयन र समस्या समाधानमा जोड दिनुभएको थियो । तर उक्त विषयमा पार्टी अध्यक्षबाट निष्कर्ष प्रस्तुत गर्ने सिलसिलामा स्थायी कमिटीका सदस्यहरुको धारणा र सुझाव तथा विगतका अनेकौं छलफल, सहमति र निर्णयको कार्यान्वयनप्रति सकारात्मक धारणा नराखी १० बुँदे सहमति र अपानि–१२ को औचित्य नै नरहेको अर्थ लाग्ने अभिव्यक्ति दिनुभएकाले त्यसप्रति मैले विमति जनाएको थिएँ । साथै पार्टीले विभाजनको विषम स्थितिको सामना गरिरहेकोले सहमति र निर्णयको सम्मान गर्दै पार्टीलाई एकताबद्ध तुल्याउनुपर्नेमा जोड दिएर आफ्नो फरक मत बैठकमा दर्ज गरेको थिएँ ।

    दस बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधान गर्न गठित कार्यदलमा भएका छलफल र निर्णयको कतिपय ठाउँमा कार्यान्वयन नभइरहेको बेला पार्टी अध्यक्षबाट नै उक्त प्रकारको निष्कर्ष आएपछि प्रयोजनहीन हुने कार्यदलमा बसिरहनुको कुनै तात्पर्य नहुने महसुश गरी मैले तत्काल स्थायी कमिटीको बैठकमा नै मौखिकरुपमा कार्यदलबाट राजीनामा दिएको घोषणा गर्दै राजीनामाको लिखत अविलम्ब पेश गर्ने जानकारी गराएको थिएँ । सोही अनुरुप निम्नलिखित कारणसहित यो राजीनामा पेश गरेको छु :

    १) नेपाल कम्युनिष्ट पार्टीमा विगतका विभाजन र फुटका श्रृंखलाको अन्त्य गर्दै त्यसको पुनरावृत्ति नहुने उद्‍घोषका साथ २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा  (माओवादी केन्द्र) का बीच भएको एकीकरण षडयन्त्रको भुमरीमा परेर २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट  भंग भएको थियो । पार्टी एकीकरण कायम राख्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा सम्पर्क गर्न अदालतको फैसलामा भनिए अनुसार के कसो गर्ने भन्नेबारे पार्टीको बैठक नै भएन । विगतका विभाजन र फुटका श्रृखंला पुनः दोहोरिन नदिने बाचा समेत भंग भयो ।

    नेकपा (एमाले) पुनःजीवित भएपछि कसरी अगाडि जाने भनी विधिवत् केन्द्रीय कमिटीको बैठक गरी छलफल गरिएको भए के हुन्थ्यो भन्ने कुराको अहिले कल्पना मात्र गर्न सकिन्छ । त्यसो नभई २०७७ साल फागुन २८ गते म लगायत केन्द्रीय कमिटीका सदस्यहरुको ठूलो संख्यालाई कुनै जानकारी नदिई बालुवाटारमा केन्द्रीय कमिटीको बैठक आयोजना भएको र त्यस बैठकबाट नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको, पार्टी विधान संशोधन भएकोे र महासचिवबाहेक अरु पदाधिकारीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको कुरा बाहिर आयो । ती सबै कार्यहरु पार्टी विधान र नियमावलीसम्मत नभएकाले पुनःजीवित पार्टीमा नौलो किसिमको अन्तरविरोध  उत्पन्न भएको अकाट्य सत्य होे । यसको समाधानका लागि चैत्र २ गते धुम्बाराहीमा भएको वार्ता असफल भएपछि पार्टीमा दुई पक्ष हुने दुःखद् अवस्था सिर्जना भयो ।

    २) उपर्युक्त स्थितिमा पार्टीमा अन्तरविरोध र संघर्ष चल्नथाल्यो । यस्तो अवस्थाको अन्त्यको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालका बीच अनेकौं पटक वार्ता भए । अन्ततः २०७८ साल जेठ १ गते दुईजना नेताहरुका बीच भएको वार्ता र सहमति तथा जेठ २ गते प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा पार्टी अध्यक्ष र वरिष्ठ नेतासहित दुबै पक्षका समेत गरी १२ जना नेताहरुका बीच भएको वार्ता पश्चात् समस्या समाधान गर्न स्थायी कमिटीका १० जना नेताहरु सम्मिलित कार्यदल गठन गर्ने निर्णय भयो । दुईजना नेताहरुको बैठकमा माधवकुमार नेपालले ६ बुँदे सहमतिका बुँदा प्रस्तुत गर्नुभएको र पार्टीलाई २०७५ साल जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन  गरी एकताबद्ध भएर जाने सहमति भएको कुरा सार्वजनिक गरिएको थियो । यो निर्णय पार्टी एकताको लागि निश्चय नै महत्वपूर्ण र गम्भीर निर्णय थियो ।

    कार्यदलले २०७८ साल जेठ ४ गते नै पहिलो बैठक बसेर काम शुरु ग¥यो । कार्यदलको पहिलो बैठकले “पार्टीमा देखिएका समस्याहरुलाई यथोचितरुपमा समाधान गर्दै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन…पार्टीपंक्तिलाई  सहयोग र सद्भावको लागि आग्रह  गर्ने । पार्टीमा एकता र समझदारीलाई बृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टीपंक्तिलाई आव्हान गर्ने” निर्णय ग¥यो । तर जेठ ७ गते आयोजित दोस्रो बैठकमा आइपुग्दा राष्ट्रिय सभाका सदस्यको निर्वाचनका बारेमा भएको मतभेदका कारण कुनै सार्थक छलफल नभई त्यसपछि बैठक अवरुद्ध भयो ।

    त्यही बीचमा पार्टीमा कुनै छलफल नभई प्रधानमन्त्रीले २०७८ साल वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्नुभयो र पार्टीभित्रको चर्को अन्तर द्वन्द्वका कारण विश्वासको मत दिने बेला पार्टीका २८ जना सांसदहरुको अनुपस्थिति तथा २०७८ जेठ ६ गते प्रतिनिधि सभाको दोस्रो पटकको विघटन तथा त्यसको समर्थन र विरोध एवम् वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको एउटा रिक्त स्थानका लागि भएको निर्वाचनको सन्दर्भमा भएको द्वन्द्वले अन्तरविरोध झनै   चर्कियो ।

    अन्तरविरोध र द्वन्द्वको फलस्वरुप नेकपा (एमाले) का विभिन्न तहका अधिवेशनहरूबाट निर्वाचित कमिटीहरु तथा २०७५ साल जेठ २ गते अघिको पार्टी प्रबन्ध विपरीत दुबै पक्षबाट समानान्तर संगठनहरुको निर्माण गर्ने क्रम शुरु भयोे । तरपनि २०७८ साल जेठ २३ गते पार्टी अध्यक्षको तर्फबाट एक वक्तव्य मार्फत ६ बुँदे प्रस्ताव सहित पार्टीलाई सम्पूर्णरुपमा जेठ ३ गते पूर्वको अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्दै एकताको लागि आव्हान भयो । त्यसपछि दुबैतर्फका स्थायी कमिटीका आठजना नेताहरु बीच जेठ ९ गतेदेखि नै पार्टी एकताको लागि अनौपचारिक वार्ता आरम्भ भयो ।

    त्यस्तो वार्ता असारको दोस्रो हप्तासम्म निरन्तर जारी रह्यो । यद्यपि जेठ १० गते म लगायत स्थायी कमिटीका ११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने र १२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको सार्वजनिक भएकोले कार्यदलको औपचारिक बैठक अवरुद्ध भयो । यद्यपि २०७८ साल असार २० गते अध्यक्ष कमरेड केपी शर्मा ओलीले मलाई प्रधानमन्त्री निवासमा कुराकानीका लागि बोलाउनु भयो । लामो कुराकानी पछि तुरुन्त कार्यदललाई क्रियाशील तुल्याई औपचारिक वार्ता आरम्भ गर्ने र त्यसमा उहाँको पूर्ण सहयोग रहने वचन दिनुभयो ।  यसबारे तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श भई उहाँको सहमति प्राप्त भयो । त्यसपछि असार २१ गतेदेखि नै हामीले औपचारिक वार्ता शुरु गर्‍यौं । गहन र घण्टौंका वहस, छलफल र नेताहरुसँगको परामर्श पछि असार २७ गते १० बुँदे सहमति भयो । उक्त सहमतिमा यस्ता कुरा उल्लेखित छन् :

    पार्टी अध्यक्ष र वरिष्ठ नेतासंग परामर्श गरेर तुरुन्त स्थायी कमिटीको बैठक बोलाएर सहमतिको अनुमोदन गर्ने, अन्तरविरोधहरुलाई पार्टीभित्रै विधिसम्मत किसिमले समाधान गर्ने, सहमतिको कार्यान्वनयमा उत्पन्न हुनसक्ने समस्या समाधान गर्न तथा सदस्यता नविकरण र महाधिवेशन एवम् विभिन्न तहका अधिवेशनबारे सुझाव दिन कार्यदल गठन गर्ने, पार्टी र जनसंगठनका सबै कमिटी र निकायहरु २०७५ साल जेठ २ गते पूर्वको अवस्थामा क्रियाशील हुने (जेठ ३ गते केन्द्रीय कमिटीमा मनोनयन गरिएकाहरु समेत), फागुन २३ गते पार्टी पुनःजीवित भएपछि पार्टीको वैधानिक व्यवस्था र एकतासँग मेल नखाने कुनैपनि तर्फका राजनीतिक र संगठनात्मक निर्णयहरु बदर गर्ने, पार्टी एकीकरण अगाडि नेकपा (माओवादी केन्द्र)मा रहनु भएका तर दुई पार्टी अलग भएपछि नेकपा (एमाले) मै रहनुहुनेहरु स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यको हकमा सोही कमिटीमा रहने र अन्य व्यक्तिहरुको हकमा सम्बन्धित कमिटीमा संगठित गर्ने, केन्द्रीय कमिटीका सदस्यको १० प्रतिशत केन्द्रीय कमिटीमा सदस्य मनोनय गर्ने, पार्टी, संसदीय दल र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशिलता र मर्यादाको अभिवृद्धि गर्ने, प्रतिनिधि सभाको विघटन र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय गर्ने, तत्काल स्थायी कमिटीको बैठक बोलाउन पार्टी अध्यक्ष र महासचिवलाई अनुरोध गर्ने र निर्णयहरुको अनुमोदनका लागि यथाशीघ्र महाधिवेशन गर्ने ।

    ३) दसजना कार्यदलका सदस्य र एकजना आमन्त्रित सदस्यद्वारा हस्ताक्षरित दस बुँदे सहमति भोलिपल्ट अर्थात् असार २८ गते नै औपचारिकरुपमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाइएको थियो । यसरी बुझाउनेमा स्थायी कमिटी एवम् कार्यदलका सदस्य सुवास नेम्वाङ र म थियौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पार्टी अध्यक्षलाई सहमतिको प्रतिवेदन बुझाउने क्रममा दुईजना नेताहरुको बीचमा कुराकानीका लागि सोही दिन दिनको ३ बजे बैठक गर्ने तयसमेत भएको थियो । तर उक्त दिन सर्वोच्च अदालतबाट प्रतिनिधि सभाको विघटनसम्बन्धी मुद्दामा फैसला भएकोले कुराकानी हुने वातावरण बन्न सकेन । त्यसपछिका दुई दिन भएका कामकुराबाट उक्त प्रकारले दुईजना नेताहरुको बीचमा हुनेभनिएको कुराकानी तत्काल हुननसक्ने स्थिति सिर्जना भयो । तरपनि यसका लागि मलगायत कार्यदलका सदस्यहरुबाट निरन्तर प्रयत्न भइनै रह्यो ।

    ४) दस बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो । यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुुनुका साथै साउन ६ गते अध्यक्षको निवास वालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रुपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो । उक्त सहमतिबारे माधवकुमार नेपाललाई जानकारी गराउने तथा भोलिपल्टै दुईजना नेताहरुको बीचमा कुराकानीका लागि स्थान निर्धारण गर्ने जिम्मेवारी मलाई नै दिइएको थियो । सोही अनुसार मैले उक्त निर्णयबारे माधवकुमार नेपाललाई जानकारी गराउनुका साथै कुराकानीका लागि स्थानको बारेमा कुरा गरेको थिएँ । तर भोलिपल्ट पुष्पलाल स्मृति दिवस परेकाले दुवैजना नेताहरु कार्यक्रममा व्यस्त रहने स्थिति हुँदा कुराकानी हुनसकेन । त्यसपछि सार्वजनिकरुपमा भएका कटु शब्दबाणहरुको आदानप्रदानको कारण स्थिति विथोलियो । तर त्यसपछि पनि पूर्व सहमतिको कार्यान्वयन गर्न र दुईजना नेताहरुका बीच कुराकानीको वातावरण बनाउन मसमेतका स्थायी कमिटीका नेताहरुबाट भरमग्दूर प्रयास भएको तथ्य पार्टी अध्यक्ष कमरेडलाई अवगत नै छ । पार्टी एकताको लागि त्यतिसम्म सहमति र प्रयास भएको कुरा यतिखेर स्मरण गरिनुपर्छ । उपर्युक्त प्रयास र सहमतिको अवमूल्यन गरिएमा राजनीतिक नैतिकताको दृष्टिबाट समेत अनुचित हुन्छ ।

    ५) पार्टीलाई विभाजनबाट बचाएर एकता कायम राख्नको लागि गरिएका उपर्युक्त गम्भीर, कष्टसाध्य र इमान्दार प्रयत्न तथा महत्वपूर्ण सहमतिको अवमूल्यन हुने र अझ त्यसको कार्यान्वयन नगर्ने तहका कुनैपनि कुरा नेकपा (एमाले) लाई एकताबद्ध बनाएर देश र जनताको हितमा काम गरिरहने मार्गमा तगारो ठहरिन्छन् भन्ने कुरा स्वयंसिद्ध छ । मतभेद र अन्तरविरोधका कारण माथि चर्चा गरिएझैं पार्टी र जनसंगठनका देशव्यापीरुपमा समानान्तर संगठनहरु बनेको यथार्थप्रति गम्भीर नभई दश बुँदे सहमति केवल माधव कुमार नेपाललाई  नेकपा (एमाले) मा थाम्नको लागि मात्र गरिएको थियो भन्ने तर्क गलत र तथ्यसम्मत हुँदैन । पार्टी एकताको लागि भएका माथि उल्लेखित गम्भीर प्रयास र सहमति अनुरुप नै विभाजनलाई अस्वीकार गर्दै पार्टीमा रहेर सही विचार, सिद्धान्त, नीति र पद्धतिको पृष्ठपोषण गर्नुपर्छ भन्ने अडान राखिएको हो । अलग पार्टी खोल्नको लागि भदौं १० गते कतिपय केन्द्रीय कमिटी र संघीय संसदका सदस्यहरु निर्वाचनमा आयोगमा सनाखतका लागि उपस्थित हुने कुरा सार्वजनिक भएपछि भदौं ७ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको निवास वालकोटमा उहाँ लगायत कमरेडहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, शंकर पोखरेल समेतका नेताहरुका बीच गहन र लामो छलफल भई १० बुँदे सहमतिको कार्यान्वयन गरी अघि बढ्ने सहमति भएको थियो ।

    उक्त छलफलमा पार्टी अध्यक्षले भन्नुभएको थियो, “कमी कमजोरी भए, ती छोडि दिऔं । धाँजा फाटेका टालौं । एकजुट भएर लागौं । पार्टीमा एकमना एकता कायम गरौं । परस्पर सम्मान गरौं । पार्टी दर्ता गर्ने काममा जानुभएन धेरै–धेरै धन्यवाद । आफु जोगिनु भयो, पार्टीलाई धेरै क्षतिबाट जोगाउनु भयो । मैले स्थायी कमिटी र केन्द्रीय कमिटीमा अनुमोदन गरिसकेपछि त्यसको कार्यान्वयन गर्ने कुरामा कुनै धुकचुक छैन । यो कार्यान्वयन गर्ने कुरामा कुनै द्विविधा छैन । यसको कार्यान्वयनले सनाखत पछि गति लिन्छ । यता रहेकोमा पक्षपात हुँदैन । हिजोको कुराको आधारमा कसैलाई लखेट्ने र पाखा गर्ने काम हुँदैन । आग्रहहीन ढंगले काम गर्नुपर्छ । यति भइसकेपछि समस्या कहीं पनि देख्दिन । भोली बैठक बसेर निर्णय गरौं ।”

    अध्यक्षको कुरामा सहमति जानाउँदै अरु नेताहरुबाट १० बुँदे सहमतिको निशंकोच कार्यान्वनय हुने र पक्षपात नहुने कुरा भएकोप्रति समर्थन जनाइएको थियो र पार्टीलाई विभाजनको क्षतिबाट जोगाउने कुरा भएको  थियो । यस सन्दर्भमा महासचिव कमरेड ईश्वर पोखरेलको विचार यस्तो थियो,“अध्यक्ष कमरेडको भनाईलाई सबै कमरेडहरुले सकारात्मकरुपमा लिनुभएको छ । त्यही अनुसार जाने हो । दस बुँदे कार्यान्वयन गर्न कमिटीले विधिवत् अन (ग्रहण) गरिसकेको छ । पार्टीको पक्षमा र विभाजनको विपक्षमा उभिनेहरुलाई एकताबद्ध गर्ने भनेपछि  कुरा सिद्धियो । आधार त्यही हो ।”

    अन्तमा पार्टी अध्यक्षले भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेललाई उक्त सहमतिको कार्यान्वयनका लागि स्थायी कमिटीमा पेश गर्नुपर्ने प्रस्ताव तयार गर्न जिम्मेवारी दिनु भयो । भदौ ८ गते हामी तीनजनाले महासचिव कमरेड ईश्वर पोखरेलको निवासमा बैठक गरेर प्रस्ताव तयार ग¥यौं । सोही दिन पार्टी अध्यक्षको निवास, बालकोटमा गएर उहाँलाई प्रस्तावबारे जानकारी गराई उहाँको सहमति प्राप्त भयो । सोही दिन सम्पन्न स्थायी कमिटीको बैठकबाट उक्त प्रस्ताव पारित भयो । भदौ १० गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले त्यसको पुनःपुष्टि ग¥यो । सोही अनुरुप अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–१२,  भदौ १३ गते जारी भयो ।
    उक्त अपानिको शुरुमा नै भनिएको छ, “ नेकपा (एमाले) भित्र प्रकट भएको पार्टी विरोधी गतिविधि, गुटबन्दी र विभाजनकारी क्रियाकलापको अन्त्य गरी पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने प्रयत्नस्वरुप गठित कार्यदलले प्रस्तुत गरेको प्रस्तावमा उल्लिखित सुझावहरुको कार्यान्वयन समेतको सन्दर्भमा आयोजना भएका यी बैठकहरुको विशेष महत्व छ ।

    उक्त बैठकहरुले गरेका निर्णयहरु निकालेका निष्कर्षहरु मातहत कमिटी र पार्टी सदस्यहरु समक्ष जानकारी एवं कार्यान्वयनका लागि यो अन्तरपार्टी निर्देशन जारी गरिएको छ ।” अपानिको पृष्ठ २ (क) मा १० बुँदे सहमतिको कार्यान्वयनका लागि यस्तो भनिएको छ, “पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका स्थानीय पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई पार्टी एकता र जीवन्ततालाई ध्यान दिदै एकीकरणको महान कार्य र भावनामा चोट नपर्ने गरी एकीकरण पूर्वको स्थिति अर्थात् जेठ २ गतेको अवस्थामा फर्किको यथार्थलाई समेत ध्यानमा राखी कार्य गर्न निर्देशन दिने।”

    सोही अपानिको पृष्ठ ३ (ख) मा भनिएको छ, “नेकपा (एमाले) मा विद्यमान समस्या समाधानसम्बन्धी दस बुँदे प्रस्तावमा आधारित निर्णयहरु कार्यान्वयनका क्रममा उत्पन्न हनसक्ने समस्याको समाधान गर्न, केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्न, केन्द्रीय निकाय तथा विभागहरुलाई पूर्णता दिने विषयमा आवश्यक गृहकार्य गर्न कमरेडहरु भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, धनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई जिम्मेवारी दिने। (सन्दर्भका लागि दस बुँदे प्रस्ताव यही अपानिका साथ संलग्न गरिएको छ) ।” केन्द्रीय कमिटीको निर्णयअनुरुप भएको यस्तो निर्देशनको पालना नहुने हो भने पार्टीको संस्थागत निर्णय प्रणालीमाथि नै प्रश्न उठ्नसक्नेतर्फ विचार पु र्‍याउनु बुद्धिमानी हुन्छ ।

    ६) उपर्युक्त किसिमले भएका गहन श्रृंखलाबद्ध छलफल, पार्टीको निर्णय र निर्देशनले १० बृुँदे सहमति कुनै एक–दुई जना व्यक्तिको लागि कुनै एक–दुईजनाले मात्र गरेको नभई समग्रतामा पार्टीलाई विभाजन हुनबाट जोगाउन र विभाजनबट हुनसक्ने क्षति न्यून गर्नको लागि सामुहिकरुपमा गरिएको पुष्टि हुन्छ । यस्तो सहमति र त्यसको आधारमा केन्द्रीय कमिटीमा निर्णय भई जारी गरिएको अपानि–१२ को कार्यान्वयन नगरिनु वा त्यसको अवमूल्यन गरिनु भनेको पार्टी एकताका लागि भएका माथि उल्लेखित गहन छलफल, निष्कर्ष, सहमति र निर्णयको उल्लंघन ठहरिन्छ । त्यसो गरिने हो भने पार्टीलाई गम्भीर क्षति पुग्नसक्छ । यसरी पार्टीलाई क्षति पु¥याउने र अन्ततः राष्ट्रिय राजनीतिमा नै प्रतिकूल प्रभाव उत्पन्न हुने काम कुरा कहीं कतैबाट हुनुहँुदैन । यसतर्फ सबभन्दा गम्भीर र जिम्मेवार पार्टी अध्यक्ष कमरेडले हुनु सामान्य संगठनात्मक प्रणाली हो । त्यसकारण मैले स्थायी कमिटीको बैठकमा स्थायी कमिटीका अरु नेताहरु झैं १० बुँदे सहमतिका लागि जारी अपानि–१२ को पालनामा जोड दिएको थिएँ ।

    ७) पार्टीको निर्णय र सहमतिको कार्यान्वयन गर्दा कुनैपनि किसिमले दोहोरो मापदण्ड अप्नाउन मिल्दैन भन्ने स्थापित मान्यता हो । २०७५ साल जेठ २ गते अघिको स्थितिमा पार्टी र जनसंगठनलाई फर्काउने र पार्टी एकीकरण हँुदा त्यहाँ हुनुभएका र नेकपा (एमाले) पुनःजीवित भएपछि यही पार्टीमा रहनुभएका कमरेडहरुलाई १० बुँदे सहमतिको बुँदा नम्बर २ र ४ मा उल्लेख भएबमोजिम गर्नेमा कुनै विमति हुनसक्दैन । तर कहीं एकीकरणको बेला जस्को जे जिम्मेवारी थियो सोही गर्ने भन्ने र कहीं त्यसलाई नमान्ने कुरा पार्टी पद्धतिको दृष्टिकोणबाट नै गलत हुन्छ । उदाहरणको लागि म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम प्रदेश समन्वय कमिटी (जसलाई अपानि–१२ले  स्पष्टरुपमा स्वीकार गरिसकेको छ) को संयोजक  थिएँ । पछि पार्टी एकीकरण भएको बेला त्यस प्रदेशको इञ्चार्ज थिएँ ।

    मेरो हकमा ती दुबै प्रावधान लागु नहुने तर्क कसरी र केको आधारमा गर्न मिल्छ ? त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक–पटक, विशेषतः पार्टीका बैठकहरु र भदौ ७ गते आफ्नै निवासमा, “पक्षपात गरिने छैन” भनी सबैका सामु गर्नुभएको वाचा विपरीत हुन्छ । त्यस्तो गर्दा पार्टीमा पुनः अविश्वास र मतभेद सिर्जना हुने मात्र होइन नेतृत्वले भन्ने र दिने वचनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा हुन्छ । भएका सहमति, गरिएका बाचा र निर्णयहरु अनुरुप काम नहुँदा त्यसले पार्टी र राष्ट्रिय राजनीतिमा पर्नसक्ने दूरगामी कुप्रभावको हेक्का राख्नु जिम्मेवार नेताहरुको कर्तब्य हो ।

    ८) दस बुँदे सहमति र अपानि–१२ अनुसार कार्यदलमा पटक–पटक गम्भीर छलफल र सहमति पनि गरिए । सुदूरपश्चिम प्रदेशको हकमा समेत १० बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनका लागि सहजकर्ताका बीच बैठक र छलफल भए । कार्यदलका तीनवटा औचपारिक र एक अनौपचारिक बैठक भए । कार्यदलको बैठकमा अपानि–१२ को कार्यान्वयनमा देखिएका समस्याहरु समाधान हुनपर्छ र १० बुँदे सहमति लागु हुनुपर्छ भन्ने निर्णय पनि भए । तर ती निर्णयको कार्यान्वयन भएन । सुदूरपश्चिम प्रदेशको हकमा सहजकर्ता स्तरमा पनि पटक–पटक बैठक र छलफल भए । तर समस्याको समाधान भएन । समस्याको समाधानका लागि सम्बन्धित व्यक्तिहरुसंग अनौपचारिक राय–परामर्श गरी समाधान खोज्ने सहमति पनि कार्यदलमा भयो । तर त्यसको कार्यान्वयन नहुने स्थिति कायमै रह्यो ।

    हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानि–१२ को कार्यान्वयन भएको छैन । एक नम्बर प्रदेशका ताप्जेजुङ्ग, सुनसरी, दुई नम्बर प्रदेशका सर्लाही र बारा, वागमती प्रदेशका चितवन तथा काठमाण्डौ महानगरपालिका अन्तर्गत कीर्तिपुर नगर कमिटी लगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायतका जनसंगठनहरुमा अपानि–१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहींबाट मौखिक र कहीबाट लिखित गुनासा प्राप्त भएका छन् । यस समस्याको अपानि–१२ बमोजिम तुरुन्त सम्बोधन हुनुपर्ने हो । यस्ता समस्याको समाधानका लागि मैले कार्यदलमा भएका छलफल र सहमतिसमेतका आधारमा स्थायी कमिटीको बैठकमा पनि निम्नलिखत सुझावहरु प्रस्तावित गरेको थिएँ :

    ड्ड    पार्टी एकीकरणको बेला कमिटीको सदस्य पदमा रहनु भएका पूर्व नेकपा (माओवादी केन्द्र)संग सम्बद्ध कमरेडहरुलाई सोही स्तरको कमिटीको सदस्य बनाउने र एकीकरणको समयमा पदाधिकारीमा रहनुभएका र पछि नेकपा (एमाले) मै रहनुभएका कमरेडहरुलाई सम्बन्धित जिल्ला कमिटीको सहमति अनुसार पदाधिकारीको जिम्मेवारी दिने, पार्टीमा अन्तरविरोध चर्किएको बेला पक्षधरताको आधारमा बनेका समानान्तर कमिटीहरुमा रहेका तर अधिवेशनबाट निर्वाचित कमिटीमा नरहेका कमरेडहरुको हकमा निजहरुको योग्यता, क्षमता, वरियता र सक्रियता हेरी सम्बन्धित जिल्लाका नेताहरुबीच छलफल गरी पार्टी कमिटीमा राख्ने ।
    –  नेकपा (एमाले) मा लामो समयसम्म सदस्यको रुपमा रहनुभएका तर मतभेद र अन्तरविरोधका कारण हालसम्म सदस्यता नविकरण हुननसकेका कमरेडहरुको सदस्यता अविलम्ब नविकरण गर्ने ।

    – पहिले माओवादी केन्द्रमा रहनु भएका तर पछि नेकपा (एमाले) मा रहनुहुने कमरेडहरुले पार्टी निर्णय बमोजिम तोकिएको शुल्क तिरेर तथा अरु सदस्य सरह आवश्यक विवरण र जानकारी दिएर सदस्यता नविकरण गर्ने ।

    – गम्भीर मतभेदका कारण समस्या समाधान नभएका र हालैको अविरल बर्षा, बाढी, पहिरो र डुबानका कारण गम्भीर समस्या झेल्नुपरेका वडा र पालिकाहरुका हकमा अधिवेशन यही कार्तिक ६ र ९ गते नगरी ती वडा र पालिकाको अनुकूल समयमा गर्नेगरी नीतिगत निर्णय गर्ने ।

    –  सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको बैठक तत्काल बसी अपानि–१२ को कार्यान्वयनको लागि सबै    जिल्लालाई निर्देशन दिने ।

    ९) पार्टीको एकता कायम राख्दै  विधि र पद्धतिसम्मत् किसिमले प्रभावकारी सञ्चालनका लागि स्थायी कमिटीमा म लगायत सबैजसो धारणा राख्ने नेताहरुद्वारा १० बुँदे सहमति र त्यसको कार्यान्वयनमा दिइएको जोडप्रति पार्टी अध्यक्षले सकारात्मक दृष्टिकोण राख्नुको साँटो त्यसको विपरीत निष्कर्षको रुपमा आफ्नो धारणा राख्नुभएकोले त्यस्तो धारणाप्रति सहमत हुनसक्ने अवस्था रहेन । मैले तत्काल आफ्नो फरक मत बैठकमा नै जानकारी गराएँको थिएँ । त्यस्तै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानी–१२ मा उल्लेखित केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्यहरुको मनोनयनका लागि कार्यदलले गृहकार्य गर्ने भनी गरिएको निर्णय अनुरुप हुनुपर्छ भन्दा “महाधिवेशन नै एक महिनापछि हुने भएकाले त्यसरी मनोनयन गर्नुको औचित्य नहुने” तर्क दिने तर अमुक व्यक्तिलाई खुशी तुल्याउन कुनै दुईजनालाई केन्द्रीय कमिटीको सदस्यमा मनोयन गर्ने निर्णय सुनाउने कुरा पार्टी पद्धति र मान्यता अनुकूल नहुने भएकोले त्यसप्रति पनि मैले फरक मत राखेको थिएँ ।

    ९) पार्टीको सुसञ्चालनका लागि संगठन सिद्धान्त, विधि र पद्धतिको अनुशरण गर्नुका साथै त्यसअनुरुपका सहमति र समझदारीको पनि सम्मान आवश्यक हुन्छ भन्ने सबैले जानेबुझेकै कुरा हो । यी मान्यताहरु नै खण्डित हुने स्थिति उत्पन्न भएमा तत्काल जतिसुकै शक्तिशाली लाग्ने व्यक्ति, व्यक्ति समूह र संगठन पनि क्रमशः क्षय हुँदै कमजोर र असान्दर्भिक भएर गएका अनेकौं उदाहरण छन् । नेकपा (एमाले) को नियति र भविष्य त्यस्तो हुनुहन्न भन्ने मान्यताका साथ १० बुँदे सहमति र अपानि–१२ पूर्णरुपमा कार्यान्वयन गरी पार्टीमा स्वच्छ वातावरण र एकता कायम गरिनुपर्छ भन्नेमा मेरो जोड  छ । यसतर्फ म पार्टी अध्यक्ष लगायत सम्बन्धित सबैको ध्यान आकर्षित गराउन  चाहन्छु ।

    १०) उपर्युक्त वस्तुतथ्य र पृष्ठभूमिमा पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउने तर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा  देखिने र बुझिने गरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिँदा स्थायी कमिटीको बैठकमा गरेको घोषणा अनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेश गरेको छु ।  हार्दिक अभिवादन सहित !

    भीम रावल

     संयोजक

    दस बुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदल तथा

    उपाध्यक्ष, केन्द्रीय कमिटी

     

  • एमाले अध्यक्ष ओली चितवन आउँदै, अयोध्याधामको अवलोकन गर्ने

    एमाले अध्यक्ष ओली चितवन आउँदै, अयोध्याधामको अवलोकन गर्ने

    चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने भएका छन् । उनी पर्सि मंगलबार पहिलोपटक अयोध्याधाम आउने भएका हुन् ।

    २०७७ असार २९ भानुजयन्तीका दिन बालुवाटारमै आयोजित कार्यक्रममा ओलीले राम भारतीय हुँदै नभएको भन्दै नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो । अयोध्याधाममा वागमती प्रदेश सरकारको करिब ३० लाख लगानीमा मन्दिर, सत्तल, सुरक्षा गार्ड बस्ने भवन र शौचालय बनेको छ । ओली नेतृत्वको सरकारले अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । पुरातत्व विभागमार्फत देशभरका पुरात्विक स्थलको संरक्षण गर्न ४८ करोड बजेट विनियोजन भएको थियो ।

    माडी नगरपालिकाले अयोध्याधामका लागि १०० बिघा जमिन प्रस्ताव गरेको थियो । ओलीकै निर्देशनमा बालुवाटारमै राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदको मूर्ति बनाएर गत वैशाखमा काठमाडौंदेखि रथयात्रा गरेर मूर्ति राखिएको थियो । ओलीले माडीमा अयोध्याधाम निर्माण गर्ने कार्यलाई सफल पार्ने अडान लिँदै आइरहेका छन् । प्रमाण र अनुसन्धानबिना अयोध्याधाम बनाउन लागेको भनेर उनको आलोचना पनि हुँदै आएको छ ।

    माडी नगरपालिका-९ मा पर्ने अयोध्याधाम भरतपुरदेखि करिब ५० किलोमिटर दूरिमा छ । यहाँ रामायणसँग जोडिएका अयोध्यापुरी, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्डलगायतका धार्मिक क्षेत्रहरू छन् । एमाले माडीका नेता श्रीप्रसाद दवाडीले अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्ने बताए ।

    त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन् । ‘कात्तिक १५ गते ११ बजे चितवन आउँनुहुनेछ, अधिवेशन उद्घाटन र सम्बोधन गर्नुहुनेछ’, एमाले भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपानेले भने, ‘केन्द्रीय महाधिवेशनको तयारीबारे जानकारी र महाधिवेशनस्थल निरीक्षण गर्नुहुनेछ ।’

    ओलीको चितवन भ्रमणबारे एमाले भरतपुर महानगर कमिटीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछ ।

  • एमाले महाधिवेशन प्रतिनिधिको संख्या बढाइयो, अब १ हजार ९ सय ९९

    एमाले महाधिवेशन प्रतिनिधिको संख्या बढाइयो, अब १ हजार ९ सय ९९

    काठमाडौं । नेकपा (एमाले) ले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएको छ । केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले प्रतिनिधि बढाउन सुझाव दिएपछि करिब चार सय संख्या बढाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    यसअघि स्थायी कमिटीले १ हजार ५ सय ३६ हुने निर्णय स्थायी कमिटीले गरेको भए पनि अब चार सय थपिँदा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छन् ।

    एमालेले प्रतिनिधि छनोट २७ गते गर्ने भएको छ। साथै बैठकले बाँकी रहेका वडा र पालिका अधिवेशन चाँडै गर्न निर्देशन समेत दिएको छ ।

    यो पनि पढ्नुस् :-

    यसरी चुनिनेछन् एमालेका महाधिवेशन प्रतिनिधि,५१ प्रतिशत समावेशी कोटा (सूचीसहित)

  • प्रभु साह एमालेमा सक्रिय, केन्द्रीय कमिटी बैठकमा पहिलोपटक सहभागी

    प्रभु साह एमालेमा सक्रिय, केन्द्रीय कमिटी बैठकमा पहिलोपटक सहभागी

    काठमाडौं । सर्वोच्च अदालतबाट नेकपा एकता बदरपछि एक प्रकारले स्वतन्त्र गतिविधि गर्दै आएका पूर्वमन्त्री प्रभु साह एमालेमा सक्रिय भएका छन् ।

    साह शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएसँगै अब उनी माओवादीमा फर्किने वा अलग पार्टी बनाउने भनेर चलाइएका हल्ला गलत भएको केन्द्रीय सदस्य रामचन्द्र मण्डलले बताए ।

    साहले नेकपा विभाजनमा बेला तत्कालीन अध्यक्ष केपी ओलीलाई साथ दिएका थिए । उनले एमाले ब्युँतिएपछि आफूहरू नेकपा एकताकै निरन्तरता मान्ने सर्तमा मात्र सक्रिय हुने भन्दै ८ बुँदे माग राखेका थिए ।

    साहसँग अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायतका नेताले निरन्तर छलफल गरेपछि उनी पार्टीमा सक्रिय भएका हुन् । उनीनिकट दुई नेताले शुक्रबारै केन्द्रीय सदस्यको सपथ लिएका छन् ।

  • एकलौटी अधिवेशन भएको भन्दै एमाले बैठकमा झपट रावलको लिखित ध्यानाकर्षण

    एकलौटी अधिवेशन भएको भन्दै एमाले बैठकमा झपट रावलको लिखित ध्यानाकर्षण

    काठमाडौं । कैलालीलगायत सुदूरपश्चिमका जिल्लामा नेकपा एमालेको वडा अधिवेशन एकलौटी ढंगले भइरहेको भन्दै भीम रावल पक्षले केन्द्रीय कमिटी बैठकमा लिखितरूपमै ध्यानाकर्षण गराएको छ ।

    १० बुँदे सहमति सुदूरपश्चिम प्रदेश कमिटीमा कार्यान्वयन नभएको भनेर उपाध्यक्ष रावलले कार्यदल संयोजकबाटै राजीनामा दिइसकेका छन् । शुक्रबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य झपट रावलले मनपरी सदस्यता वितरण गरेर भद्रगोल मच्चाउँदै अधिवेशन भएको बताएका छन् ।

    रावलले लिखितरूपमा नेतृत्वको ध्यानाकर्षण गराएको बताए । रावलको ध्यानाकर्षणमाथि पछि छलफल हुने जानकारी नेताहरूले गराएका छन् । कैलालीमा आजबाटै वडा कमिटीका अधिवेशन भइरहेका छन् ।

  • एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन : ओली

    एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पार्टी कमजोर छ भन्ने भ्रम पर्न दिन नहुने बताएका छन् । शुक्रबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जनताको भरोसा एमालेप्रति नै रहेको दावी गरे ।

    ‘आम जनताको हामीप्रति माया, विश्वास र भरोसा छ,’ ओलीको जोड छ, ‘नेकपा एमालेले केही गर्छ र अरुले केही गर्दैनन् भन्ने विश्वास आम जनतामा छ । जनतामा एमाले कमजोर भयो कि भन्ने भ्रम पर्न दिनु हुँदैन ।’

    विपक्षीले भ्रम पार्न खोजेको भए पनि त्यसलाई चिर्ने गरी अगाडि बढ्न ओलीले निर्देशन दिए । उनले भने, ‘विपक्षीहरूमा पनि कुनै भ्रम छ भने, भ्रममा पार्न खोजेको छ भने ती प्रयासहरुलाई पनि पराजित गर्ने गरी बढ्न जरुरी छ ।

  • विद्युतीय भोटिङ मेसिनमा एमाले नेताले गरे मतदानको पूर्वाभ्यास (भिडिओ)

    विद्युतीय भोटिङ मेसिनमा एमाले नेताले गरे मतदानको पूर्वाभ्यास (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विद्युतीय मेसिनमार्फत नमुना मतदान भएको छ । मंसिर १०-१२ मा तय गरिएको १०औं महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने एमालेले निर्णय गरिसकेको छ ।

    शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय बैठकअघि नेताहरुले मेसिनमा मतदानको नमूना अभ्यास गरेका हुन् ।

    युवा वैज्ञानिकद्वय राम-लक्ष्मणले बनाएको विद्युतीय मतदान मेसिन प्रयोग गर्नेबारे निर्णय लिन नमूना मतदान गरिएको हो ।

  • एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले लिए सपथ

    एमालेका नवनियुक्त दुई केन्द्रीय सदस्यले लिए सपथ

    काठमाडौं । नेकपा (एमाले) का नवनियुक्त दुई केन्द्रीय सदस्यले सपथ लिएका छन् ।

    कुन्दन कुशवाह र मोहम्मद समीरले पद तथा गोपनीयताको सपथ लिएका हुन् । दुवैजना प्रभु साहनिकट हुन् । उनीहरूलाई एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य नियुक्त गरेको थियो ।

    शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।