Tag: धामी

  • झारफूक गर्ने बहानामा श्रीमती र छोरीको टाेकेर हत्या

    झारफूक गर्ने बहानामा श्रीमती र छोरीको टाेकेर हत्या

    इलाम । झारफूक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बेहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भएको थियो ।

    टोकेर श्रीमती र छोरीको मृत्यु भएपछि अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो ।
    घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

     

  • कर्णालीका मुख्यमन्त्रीद्वारा धामी लगाएर सरकारी भवन शिलान्यास, देउताबाट जग्गापासको अनुमति लिइएको दावी (भिडियो)

    कर्णालीका मुख्यमन्त्रीद्वारा धामी लगाएर सरकारी भवन शिलान्यास, देउताबाट जग्गापासको अनुमति लिइएको दावी (भिडियो)

    सुर्खेत । माओवादीबाट निर्वाचित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक भवन निर्माणको शिलान्यास गर्न धामी लगाएका छन् ।

    पचालझरना–तीन पडेथामा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको धामीद्वारा पुजा गराएर शिलान्यास गराइएको हो । संघीय सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको उक्त भवन निर्माणका लागि पाँच करोड ५९ लाखमा निर्माण गर्ने भनेर ठेक्का आव्हान भएको थियो ।

    ठेक्का आव्हान भएपछि तीन करोड ८५ लाखमा पुष्पाञ्जली पीएस जेभी प्रालिले भवन निर्माणका लागि सम्झौता गरिसकेको छ ।मुख्यमन्त्रीले आज ‘पचालो’ देवताका मूल धामी धनसिंह ऐडीको हातबाट चामल लिएर भवन शिलान्यास गरे ।

    दश वर्षे सशस्त्र युद्धको समयमा मन्दिर भत्काउनेदेखि धार्मिक अनुष्ठानहरु विथोल्ने काम गरेको माओवादीका तत्कालीन छैटौं डिभिजन कमाण्डर हुन् शाही । उनी नै धामीझाँक्रीको पछि लागेको भनेर आलोचना हुन थालेको छ ।

    गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश कुमार कठायतले भने देवताको नाममा रहेको जग्गा गाउँपालिकालाई ‘देवताकै अनुमतिमा’ हस्तान्तरण गरी त्यसमा भवन बनाउन लागिएको बताए ।

    ‘८० हजार वर्गमिटर जग्गा हामी २० जनाको नाममा थियो । त्यो जग्गा पचालो देवताको हो,’ उनले नेपालप्रेससँग भने, ‘गाउँपालिकाले भवन निर्माणका लागि जग्गा मागेपछि हामीले देवता हेराएर ४२ हजार वर्गमिटर जग्गा पास गरेका छौं ।’

    ‘देवताको जग्गा’ पास गरेर त्यहाँ भवन निर्माण हुने भएपछि सोही देवताको मूल धामीलाई साक्षी राखेर भवन निर्माणको अनुमति मागिएको र शिलान्यास गरिएको उनको भनाई छ ।

    ‘देवताले भवन बनाउन अनुमति दिएको छ । धामीले फूल जस्तो फूल्ने, सुन जस्तो टल्कने बनाउने’ भन्दै आशिष दिएको उनको भनाई छ ।
    मुख्यमन्त्री शाहीका स्वकीय सचिव रविन्द्र शाहीले भने आफूलाई यसबारेमा जानकारी नभएको बताए । मुख्यमन्त्री कालिकोटमै भएको र आफू मन्त्रालयमा भएको बताउँदै सचिव शाहीले अनभिज्ञता प्रकट गरेका छन् ।