Tag: धनगढी उपमहानगरपालिका

  • धनगढीको मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

    धनगढीको मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

    कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

    प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।

    उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

    मतगणना सकिएको छ । आधिकारिक घोषणा केही समयपछि गरिने बताइएको छ ।

  • धनगढी उपमहानगरपालिकामा एमालेबाट मेयरमा चन्द र उपमेयरमा रानाको उम्मेदवारी दर्ता

    धनगढी उपमहानगरपालिकामा एमालेबाट मेयरमा चन्द र उपमेयरमा रानाको उम्मेदवारी दर्ता

    कैलाली । धनगढी उपमहानगरपालिकामा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य रणबहादुर चन्दले प्रमुख र महिला नेत्री कन्दकला रानाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

    सोमबार दिउँसो कैलालीको पार्टी कार्यालयबाट बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्द र रानाले उम्मेदवारी दर्ता गरेका हुन् ।

    १९ वटै वडाध्यक्ष र सदस्यले पनि उम्मेदवारी दर्ता गरेका छन्  । एमालेबाट उपमहानगरपालिकाको–१ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा ईश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार रानाले एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै, एमालेबाट ११ नम्बर वडामा रूपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदीश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दीपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गराएका छन् ।