Tag: दान सिंह जोगी

  • पराजित भएको भन्दै घर गएका जोगीले जितेको खबर सुनेपछि (भिडिओ)

    पराजित भएको भन्दै घर गएका जोगीले जितेको खबर सुनेपछि (भिडिओ)

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ११ मा जसपाका दान सिंह जोगी विजयी भएका छन् । नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् ।

    कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका थिए ।

    भएको के थियो ?

    मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा काङ्ग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।

    मतगणना सकिँदासम्म काङ्ग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता काङ्ग्रेसका नेता कार्यकर्ताहरु विजय उत्सब मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेब जोशीले बताए ।

    उता पराजित भएको भन्दै घर पुगेका जोगिले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म त हारेको भन्दै घर गएको थिएँ । जितेको कुरा फेसबुकबाट थाहा पाएँ’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर आएँ ।’

    निर्वाचन समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताएको छ ।