Tag: टप न्यूज

  • पुस २६ लाई धकेले विशेष महाधिवेशनको अवस्था आउँछ : महामन्त्री शर्मा

    पुस २६ लाई धकेले विशेष महाधिवेशनको अवस्था आउँछ : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन् । लामो रस्साकस्सीपछि आज सकिएको केन्द्रीय समिति बैठकले पुस २६-२८ मा काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताए ।

    उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव दिएका छन् ।

    शर्माले सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने उनको भनाइ छ ।

    नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्ने भन्दै शर्माले संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सवै तहमा नेतृत्व लिन तयार भएर बस्न आह्वान गरे ।

  • पहिलोपटक नेपाल आएका फाफ डुप्लेसिस भन्छन्- उत्साही दर्शकसामु खेल्न आतुर छु

    पहिलोपटक नेपाल आएका फाफ डुप्लेसिस भन्छन्- उत्साही दर्शकसामु खेल्न आतुर छु

    काठमाडौं । दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुप्लेसिसले आफू नेपाल प्रिमियर लिग खेल्न उत्साहित रहेको बताएका छन् । आज काठमाडौंमा अवतरणपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू नयाँ अनुभव बटुल्न आएको बताए ।

    एनपीएल पहिलो सिजनबाटै आफूले पछ्याएको र हाल विराटनगर किङ्सले उत्कृष्ट प्रदर्शन गरिरहेको उनले टिप्पणी गरे । साथै, नेपाली दर्शक निकै उत्साही रहेको भन्दै उनीहरूका सामुन्ने प्रदर्शन गर्न व्यग्र रहेको बताए ।

    फाफको भनाइ उनकै शब्दमा:

    लामो यात्रा गरेर भर्खर आइपुगेको छु । एकदम फ्रेस छु । स्वागतका लागि सबैलाई धन्यवाद छ । मसित धेरै छोटो समय छ । मैले सोसल मिडियामा देखेको छु, यहाँका फ्यानहरू एकदमै उत्साही छन् । नयाँ ठाउँमा अनुभव बटुल्दैछु । नयाँ संस्कृति देख्न पाउनेछु । सबैभन्दा महत्त्वपूर्ण भनेको उत्साही दर्शकको अगाडि प्रदर्शन गर्नु हो । अबका केही दिनका लागि म एकदमै आतुर छु ।

    मैले गत वर्ष पनि एनपीएल अलिअलि हेरेको थिएँ । यसपालि धेरै म्याचहरू हेरेँ, खासगरि विराटनगर किङ्सको । मेरो टिमले एकदमै राम्रो गरिरहेको छ । ५ मा ४ वटा म्याच जितिसकेको छ । मेरो लागि नयाँ अनुभव हुनेछ । म कहिल्यै नआएको ठाउँमा आएको छु । यो मेरो लागि राम्रो अवसर हुनेछ । धेरै समय छैन । तर प्रभाव पार्न सक्छु भन्ने आशा छ ।

    संसारभरका लिगका लागि चाहिने कुरा भनेको राम्रो फ्यान बेस हो । दर्शकको सपोर्ट चाहिन्छ । बाहिरबाट हेर्दा यहाँ रंगशालामा प्रत्येक खेल भरिभराउ हुन्छ । यो एकदम महत्त्वपूर्ण छ । फ्यानहरू भएमा खेलाडीलाई पनि खेल्न रमाइलो लाग्छ । म फ्यानहरूको अगाडि खेल्न रमाउँछु ।

    हाम्रो टिमका खेलाडीले अहिले राम्रो गरिरहेका छन् । मसित धेरै महान् खेलाडीसँग खेलेको अनुभव छ । म आफ्नो अनुभवहरू सेयर गर्नेछु ।

  • सेनाले मात्र देशको रक्षा गर्न सक्दैन, ३ करोड नेपालीको फौज बनाऔँ : प्रचण्ड

    सेनाले मात्र देशको रक्षा गर्न सक्दैन, ३ करोड नेपालीको फौज बनाऔँ : प्रचण्ड

    विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

    विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेको दाबी गरे । उनले राष्ट्र अहिले पनि सङ्कटमुक्त भइनसकेको अवस्थामा रहेको बताए ।

    दाहालले भने, ‘हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्यविहीनताको अवस्थामा पुग्यो । दुई दिनसम्म नेपाल रहने हो कि होइन भन्ने अवस्थामा पुग्यो । ’

    सेनाले मात्रै देशको रक्षा गर्न सक्ने अवस्था नभएको दाबी गर्दै उनले भने, ‘अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरि पनि त्यस्ता घटना आउन सक्छन् । स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ । यदि ३ करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपालीलाई हराउन सक्दैन ।’

    जनताको तागतले मात्रै साम्राज्यवादीहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो । जेन-जी आन्दोलन पछिको अवस्था सम्झिँदै प्रचण्डले त्यो बेला चारैतिर सन्त्रास भएको बताए ।

    कम्युनिस्ट पार्टीहरूको एकता र विभाजन हुने गरेको इतिहास उल्लेख गर्दै यो पटकको एकता त्यस्तो नभएको दाहालको दाबी छ । १६ वटा नेपाली कम्युनिस्ट पार्टी बनेर एउटा पार्टी बनेको इतिहासमा पहिलो चोटि भएको भन्दै उनले थपे, ‘हामी रूपान्तरण भएका छौँ । अब पुरानो तरिकाले चल्दैनौँ, नयाँ तरिकाले जान्छौँ भन्ने सन्देश हो ।’

    यो एकतालाई हल्का रूपमा नलिन भन्दै प्रचण्डले शान्तिपूर्ण तरिकाले निर्वाचन हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

    ‘हामी त निर्वाचनमा लागि सक्यौँ सरकारले पनि त्यतातिर ध्यान देओस् । यो सरकार पूर्णतया चुनावी सरकार हो । दीर्घकालीन महत्त्वका सन्धि सम्झौतातर्फ नलागोस् ।’

  • यू-१९ प्रिमियर कप : फाइनलमा चुक्यो नेपाल, युएईले जित्यो उपाधि

    यू-१९ प्रिमियर कप : फाइनलमा चुक्यो नेपाल, युएईले जित्यो उपाधि

    काठमाडौं । युएईले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । फाइनलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो ।

    युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १२० रनमा समेटियो ।

  • भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

    भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

    काठमाडौं । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

    सरकारको निर्णयविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्चले बदर गरेको हो ।

    यसअघि सर्वोच्चले उक्त निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

    मन्त्रिपरिषदले गत २३ असोजमा भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेजीको निर्णय लिएको थियो ।

  • एनपीएल खेल्न काठमाडौं ओर्लिए फाफ डुप्लेसीस

    एनपीएल खेल्न काठमाडौं ओर्लिए फाफ डुप्लेसीस

    काठमाडौं । दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो संस्करणमा सहभागी हुन नेपाल आएका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए ।

    डुप्लेसिसलाई विराटनगर किङ्सले अनुवन्धित गरेको छ । उनले विराटनगरका बाँकी म्याचहरू खेल्नेछन् ।

    डुप्लेसिसलाई बिमानस्थलमा क्यानका पदाधिकारी र विराटनगर किङ्सका व्यक्तिहरूले स्वागत गरे । उनलाई ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।

  • बालेनका पिताको निधनमा आफ्नो फोटो प्रयोग गरिएकोप्रति यमबुद्धका पिताद्वारा दु:ख व्यक्त

    बालेनका पिताको निधनमा आफ्नो फोटो प्रयोग गरिएकोप्रति यमबुद्धका पिताद्वारा दु:ख व्यक्त

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पिताको निधनमा आज असम्बन्धित व्यक्तिको तस्बिर भाइरल भयो । थुप्रै सञ्चारमाध्यमले बालेनका पिता डा. रामनारायण साह भन्दै भुलवश अम्बिकाप्रसाद अधिकारीको तस्बिर प्रकाशित गरेका थिए, जो स्वर्गीय र्यापर यमबुद्धका पिता हुन् ।

    घण्टौँपछि मात्रै उक्त तस्बिर मृतक साहको नभएको पुष्टि भएपछि सञ्चारमाध्यमहरूले तस्बिर बदले । मृतक साह भनेर तस्बिर छापिएका अधिकारी भने जीवित छन् । जिउँदैमा मृतक भनेर तस्बिर छापिएपछि उनलाई चोट पर्ने नै भयो । अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो कार्यप्रति आपत्ति जनाएका छन् । आफ्नो फोटोको दुरुपयोग गरिएको भन्दै यस्तो गल्ती नदोहोर्‍याउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

    फेसबुकमा उनले लेखेका छन्, ‘काठमाडौँका मेयर बालेन शाहाका पिता रहेनन् भन्ने आज प्रकाशित तथा प्रसारित समाचार र प्रयोग गरिएको फोटोबारे हाम्रो ध्यानाकर्षण भएको छ। आज केही व्यक्तिको दुःखद घडीमा एउटा जिम्मेवार हुँ भन्ने पत्रकारले फोटोको यो किसिमले दुरुपयोग गरिनु अत्यन्तै दुःखलाग्दो कुरा हो। यसको जतिसुकै निन्दा गरे पनि पूर्ण हुन सक्दैन । जनतालाई सत्यतथ्य र निष्पक्ष समाचार दिनुपर्नेमा असत्य भ्रमपूर्ण र पक्षपातपूर्ण समाचार प्रसारित हुनुले जनतामा भ्रम पैदा भई अत्यन्तै ठूला घटनाहरू घट्न सक्छन् तसर्थ यो भ्रमपूर्ण समाचारलाई सच्याउन र जनतासँग गरिएको त्रुटि नदोहोर्‍याउन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

    बालेन देशभर प्रख्यात भए पनि उनका पिता भने गुमनाम नै थिए । सार्वजनिक रूपमा कतै पनि नदेखिएकाले उनको तस्बिर पनि सहज उपलब्ध थिएन । केही सञ्चारमाध्यमले केही समयअघि बालेन यमबुद्धका मातापितालाई भेट्न जाँदाको तस्बिरबाट अधिकारीलाई बालेनका पिता ठानेर फोटो क्रप गरी हालेका थिए । अहिले सबैले सच्याइसकेका छन् ।

  • यस्तो छ कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणका ८ बुँदे मापदण्ड

    यस्तो छ कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणका ८ बुँदे मापदण्ड

    काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको लागि ८ बुँदे मापदण्ड तय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पुसको पुस २६-२८ मा महाधिवेशन गर्ने निर्णय गर्दै नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

    उनका अनुसार यस्ता छन् मापदण्ड-

    १. नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१) र (३) बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने । कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।

    २. प्रतिनिधि सभाको क्षेत्रमा पार्टीको १४ औँ महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य सङ्ख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउनेछ ।

    ३. यसका अतिरिक्त वडाको जनसङ्ख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकता अनुसार माग भए बमोजिम सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने ।

    ४. वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिमको जनसङ्ख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिने ।

    ५. नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३५ वर्षका युवाहरूको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिई वितरण गर्नु पर्ने ।

    ६. समाजमा विभिन्न पेशागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनु पर्ने ।

    ७. निर्वाचनका समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरूमा सक्रियतापूर्वक भएका व्यक्तिहरू, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत सामाजिक कार्यमा सक्रिय रहेका व्यक्तिहरूलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक सहभागी भएका व्यक्तिहरू र पार्टी वा भ्रातृ सङ्घको माध्यमबाट विकास निर्माण र अन्य राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने ।

    ८. राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाट नेपाली कांग्रेस प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने।

  • कुलोमा भ्रष्टाचार गरेको आरोपमा नरहरिनाथका पूर्वउपाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

    कुलोमा भ्रष्टाचार गरेको आरोपमा नरहरिनाथका पूर्वउपाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

    काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ स्थित ओगडेनी सिरुपाटा हुँदै उच्छव आडिखोलासम्म सिँचाइ कुलो निर्माण योजनामा भएको १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा बराबरको भ्रष्टाचार काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगको अनुसन्धान प्रतिवेदनले योजना निर्माणमा पहिलो निर्णय तह, अनुमोदन र समन्वयको भूमिकामा रहेकी नरहरिनाथ गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मनसोभा बुढालाई भ्रष्टाचार प्रकरणको मुख्य केन्द्रबिन्दुमा राखेको छ।

    उनीमाथि शर्त, मापदण्ड र वास्तविक काम सम्पन्न नभए पनि झुट्टा कार्यसम्पन्न प्रतिवेदनलाई स्वीकृत र प्रमाणित गरी गैरकानूनी लाभ लिन मतियार बनेको आरोप लगाएको छ ।

    यस्तै वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्माले सम्झौता विपरीत ९३० मिटरको सट्टा ३५४ मिटर मात्र कुलो निर्माण भएको अवस्थामा समेत कागज तथा नापी किताबमा ७३० मिटर काम भएको भनी गलत लिखत प्रमाणित गर्न सघाएको अनुसन्धानले देखाएको छ ।

    आर्थिक वर्ष २०७७/०७८मा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४२ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन र २०७८ असार १० भित्र ९३० मिटर पक्की कुलो निर्माण सम्पन्न गर्ने गरी २०७७ चैत २८ मा गाउँपालिका र उपभोक्ता समिति बीच सम्झौता भएको थियो ।

    निर्माण कार्यको दौरानमा पालिकाका पदाधिकारी, प्राविधिक र उपभोक्ता समितिसमेत आपसी मिलेमतो, जाल-झेल र झुट्टा प्रतिवेदन तयार पारेर वास्तविक फिल्डको कामभन्दा साढे १९ लाख रुपैयाँ बढी मूल्यांकन गरी भुक्तानी निकालेको अख्तियारको प्राविधिक टोलीको स्थलगत नापजाँच र मुचुल्काबाट पुष्टि भएको छ ।

    उक्त प्रकरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सव-इन्जिनियर अनिलकुमार बिष्ट र अमर शाही, उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, कोषाध्यक्ष मधु विश्वकर्मा र सचिव कासी विश्वकर्मालाई प्रतिवादी बनाइएको छ ।

    अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १, ४ र दफा १९ को उपदफा २ बमोजिम कसूर कायम गर्दै साढे १९ लाख बिगो, कैद र बिगो बराबर जरिवानाको सजाय मागदाबी लिएको जनाएको छ ।

    विज्ञप्तिमा श्रमिकलाई सम्झौता अनुसार ज्याला नै नदिई रकम आफैँ उपभोग गरेको उजुरीसमेत अनुसन्धानबाट प्रमाणित हुने तथ्य खुलेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

  • कांग्रेसको निष्कर्ष- अब विशेष महाधिवेशन मागको औचित्य रहँदैन

    कांग्रेसको निष्कर्ष- अब विशेष महाधिवेशन मागको औचित्य रहँदैन

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको कार्यतालिका तोकिएपछि विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय भएको बताएका छन् ।

    केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै हस्ताक्षरकर्ताको आशय समयमा महाधिवेशन हुने नै रहेको बताए ।

    उनले भने, ‘आशंका गर्नुपर्ने कारण त थिएन, तैपनि उहाँहरूले आशंका राख्नुभयो। अब अधिवेशन नै हुने भइसकेपछि विशेष महाधिवेशनको मागको औचित्य रहँदैन ।’

    आम निर्वाचनमा जानुपर्ने बेलामा आपसमा प्रतिस्पर्धा गर्दा नतिजा राम्रो नआउने मत पार्टीभित्र रहेको समेत बताए ।

    उनले थपे, ‘यो मत पार्टीभित्र जबरजस्त छ । त्यसमा सत्यता पनि छ । समय पनि अत्यन्त कम छ । त्यसले सहज रूपमा सुनिश्चित पनि कम हुनसक्छ ।’

  • यस्तो छ कांग्रेसको महाधिवेशन कार्यतालिका

    यस्तो छ कांग्रेसको महाधिवेशन कार्यतालिका

    काठमाडौं । नेपाली कांग्रेसले लामो खिचातानीपछि पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । कांग्रेसको निर्णय अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम सुरू हुने छ ।

    लामो समयदेखि चलिरहेको कांग्रेस केन्द्रीय वैठकमा विशेष महाधिवेशनको माग भएको थियो । तर, पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गर्दै बैठक आज समापन भयो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे ।

    कांग्रेसको महाधिवेशन कार्यतालिका यसप्रकार छः

    –मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने

    –जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।

    –क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।

    –नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

    –विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

    –गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

    –गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

    –प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

    –प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

    –एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

    –प्रदेश अधिवेशन २३ र २४ गते ।

    महाधिवेशन पुस २६, २७ र २८ गते ।

  • कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

    कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए ।

  • कांग्रेस बैठक सुरू : पुसभित्रैको महाधिवेशन तालिका ल्याउने तयारी

    कांग्रेस बैठक सुरू : पुसभित्रैको महाधिवेशन तालिका ल्याउने तयारी

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । असोज २८ देखि जारी बैठक महाधिवेशन मितिको गाँठो नफुक्दा पटक-पटक सर्दै आएको थियो । लामो छलफलपछि संस्थापन पक्ष पनि पुसभित्र नियमित महाधिवेशनको तालिका ल्याउन सहमत भएसँगै आज बैठक बसेको हो ।

    सभापति शेरबहादुर देउवा भेट्न पुगेका असन्तुष्ट नेताहरू पनि सहमत भएपछि आजको बैठकमा महाधिवेशनको तालिका पेस गर्ने तयारी छ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेपछि असन्तुष्ट पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित नेताहरू देउवा भेट्न पुगेका थिए।

    तर, देउवाले नेताहरूले खड्काले ल्याएको प्रस्तावमा सहमति जनाएर जान निर्देशन दिएपछि स्वीकारेर अघि बढ्न तयार भएको एक नेताले बताए ।
  • मेयर साहका पिताको दाहसंस्कार सुरू, को-को पुगे आर्यघाट ?

    मेयर साहका पिताको दाहसंस्कार सुरू, को-को पुगे आर्यघाट ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पिता डा. रामनारायण साहको शवलाई सिभिल अस्पतालबाट पशुपति आर्यघाट लगिएको छ । साहको आज उपचारका क्रममा निधन भएको थियो ।

    मेयर साह, उनकी पत्नी र परिवारका सदस्यहरू सिभिल अस्पतालमा जम्मा भएका थिए । उनीहरु सबै भावविव्हल बनेका छन् । बालेन निकट केही नेताहरू पनि अस्पतालमा देखिए । खेलकुदमन्त्री बब्लु गुप्ता, पूर्वशिक्षामन्त्री सुमना, श्रेष्ठ रास्वपाका नेता गणेश कार्की, विवेकशीलका मिलन पाण्डेलगायत अस्पताल पुगेका थिए । अस्पतालमा बाक्लो संख्यामा शुभेच्छुकको उपस्थिति रहेको थियो ।

    खेलकुदमन्त्री गुप्ता आर्यघाट पनि पुगेका छन् । यस्तै उपसभामुख इन्दिरा रानामगर पनि आइपुगेकी छन् । रास्वपाका पूर्वसांसद गणेश पराजुलीदेखि कलाकार निश्चल बस्नेतसम्मको उपस्थित छ । मातृशोकमा रहेका बस्नेत सेतो लुगामा छन् । आर्यघाटमा सयौं शुभेच्छुकहरूको उपस्थिति रहेको छ ।

  • गोपाल किराती भन्छन्- नेकपाले प्रदेशको ‘कोशी’ नाम खारेजीको लाइन बोक्छ

    गोपाल किराती भन्छन्- नेकपाले प्रदेशको ‘कोशी’ नाम खारेजीको लाइन बोक्छ

    विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल किरातीले कोशी प्रदेशको नाम खारेजीमा लाग्ने बताएका छन् ।

    विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले ‘कोशी’ नाम खारेजीको एजेन्डा पार्टीले बोक्ने बताए ।

    उनले भने, ‘देश बहुभाषिक, बहुसांस्कृतिक भएकाले प्रदेशको नाम पनि एकल जातीय हुनु हुँदैन, बहु जातीय नै हुनुपर्छ । ’

    प्रदेशको नाम खारेजीका लागि कम्युनिष्टहरूको एकता अपरिहार्य भएकाले पार्टी एकता गरिएको उनको भनाइ छ ।

    संविधानसभाले दिएको म्यान्डेट अनुसार प्रदेशको नाम कोशी नराखिएको र यसको विरोधमा आन्दोलन जारी रहेको किरातीले बताए ।

  • चन्द्रदेव जोशीले घनश्याम भुसाललाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी

    चन्द्रदेव जोशीले घनश्याम भुसाललाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी

    काठमाडौं । नेकपा संयुक्तको अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्।

    आज पत्रकार सम्मेलन गरेर आफूले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गराए।

    नेकपा एकीकृत समाजवादीको पुनर्गठन अभियानले नेकपा संयुक्त नाम राखेर संयुक्तकै चुनाव चिन्ह हँसिया राख्ने यसअघि नै सहमति भइसकेको छ।

    आफूहरू एक ठाउँमा उभिएको भन्दै युवापंक्तिले कम्युनिस्ट आन्दोलन अगाडि बढाउनको लागि आफूले नेतृत्व छाडेको जोशीले बताए।

  • अन्ततः पुसमै महाधिवेशन गर्ने गरी तालिका ल्याउन संस्थापन तयार

    अन्ततः पुसमै महाधिवेशन गर्ने गरी तालिका ल्याउन संस्थापन तयार

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्ष पनि पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन सहमत भएको छ।

    सभापति शेरबहादुर देउवा भेट्न पुगेका असन्तुष्ट नेताहरू पनि सहमत भएपछि आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेपछि असन्तुष्ट पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित नेताहरू देउवा भेट्न पुगेका थिए।

    तर देउवाले नेताहरूले खड्काले ल्याएको प्रस्तावमा सहमति जनाएर जान निर्देशन दिएपछि स्वीकारे अघि बढ्न तयार भएको एक नेताले बताए।

  • यू-१९ प्रिमियर कप : उपाधि जित्न नेपाललाई १४८ रनको लक्ष्य

    यू-१९ प्रिमियर कप : उपाधि जित्न नेपाललाई १४८ रनको लक्ष्य

    काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ ।

    युएईमा जारी फाइनल खेलमा नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भयो । युएईलाई सस्तोमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए ।

    उनले ६ ओभर ५ बलमा १७ रन खर्चेर ६ विकेट लिए । अपराजित पौडेल २ तथा नितेज पटेल र अशोक धामीले एक-एक विकेट लिए ।

    ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

  • खड्काले महाधिवेशनको कार्यतालिका ल्याउन खोजेपछि असन्तुष्ट संस्थापन पक्षका नेताहरूले देउवालाई भेटे

    खड्काले महाधिवेशनको कार्यतालिका ल्याउन खोजेपछि असन्तुष्ट संस्थापन पक्षका नेताहरूले देउवालाई भेटे

    काठमाडौं । सभापति शेरबहादुर देउवाकै परामर्शमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याउने तयारी गरेको महाधिवेशनको प्रस्तावमा संस्थापन पक्षका नेताहरूले नै असहमति जनाएका छन्।

    पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित नेताहरूले असन्तुष्टि जनाएका छन्। खड्काले आज बस्ने बैठकमा पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरेका छन्।

    तर, संस्थापन पक्ष नै विभाजित भएपछि खड्कामाथि दबाब बढेको छ। पटक पटक महाधिवेशनको मितिमा कुरा नमिलेपछि सर्दै आएको बैठक आज राख्नुपर्ने दबाब खड्कामाथि छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई समेत सहमतिमा ल्याउनको लागि खड्काले मध्यमार्गी प्रस्ताव ल्याउन खोजिरहेका छन्।

    खड्काले महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेपछि संस्थापन पक्षका असन्तुष्ट नेताहरूले देउवासँग भेटेका छन्। उनीहरूले फागुन २१ को चुनावमा केन्द्रित हुनुपर्ने भन्दै चुनावअघि महाधिवेशन गर्न नहुने अडान राख्दै आइरहेका छन्। तर देउवाले नेताहरूले खड्काले ल्याएको प्रस्तावमा सहमति जनाएर जान निर्देशन दिएको एक नेताले बताए। सभापतिको आग्रहलाई स्वीकारे अघि बढ्न समेत तयार भएको ती नेताले बताए।

  • विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू

    विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू

    विराटनगर । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।

    माओवादी, नेकपा एससहित दर्जनबढी वाम घटक मिलेर बनेको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान चलाएको छ ।

    सभामा संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ सह संयोजक माधव नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडालगायतका नेता आएका छ्न् ।

    एकता सभामा सुनसरी, मोरङ, झापा, धनकुटालगायतका जिल्लाबाट सयौँ नेता-कार्यकर्ता सभास्थलमा आएका छन् ।

  • मेयर बालेन साहलाई पितृशोक

    मेयर बालेन साहलाई पितृशोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो ।

    बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार भइरहेको थियो ।

  • घनश्याम नेतृत्वको नेकपा (संयुक्त)को संकल्प- घुस नखानेहरूको पार्टी बनाउँछौँ

    घनश्याम नेतृत्वको नेकपा (संयुक्त)को संकल्प- घुस नखानेहरूको पार्टी बनाउँछौँ

    काठमाडौं । घनश्याम भुसाल कार्यवाहक अध्यक्ष रहेको नेकपा (संयुक्त) ले आफ्नो पार्टीलाई घुस नखानेहरूको पार्टी बनाउने संकल्प गरेको छ।

    सुशासन र भ्रष्टाचार मुक्त नेपाल बनाउने उद्देश्य, घुस नखानेहरूको पार्टी बनाउन चाहने सबै जेनजी, विभिन्न पार्टीहरूमा रहेका वामपन्थीहरू र देशभक्त आम नागरिकहरूलाई आबद्ध हुन आफूहरूले आह्वान गरेको पार्टी प्रचार विभाग दामोदर अर्यालले बताए।

    संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र नेपाली समाजलाई समाजवादी व्यवस्था निर्माणको आधार तयार गर्न वामपन्थी आन्दोलनलाई बलियो बनाउन आवश्यक रहेको पार्टी बैठकको निष्कर्ष रहेको समेत सुनाए।

    उनले भने, ‘हालको जेनजी आन्दोलनको भावना लाई आत्मसात् गर्दै नेपालका वामपन्थी पार्टीहरूले आ–आफ्ना पार्टीहरूलाई पुनर्गठन र रूपान्तरण अभियान अगाडि बढाउन आग्रह गर्दछौँ।’

    जेनजीको शान्तिपूर्ण आन्दोलनमा दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न समेत माग गरेको छ।

    अहिलेसम्म राज्यको उच्च तहमा जिम्मेवारीमा रहेका नेता, न्यायालय, सुरक्षा निकाय र निजामती कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारीलाई कारबाही गर्न गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको समेत बताए।

    नेकपा संयुक्तले फागुन २१ गतेको निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित हुने कुराको प्रत्याभूत गराउन सरकारसँग माग गरेको छ।

    यस्तै, समसामयिक राष्ट्रिय राजनीतिका बारेमा पार्टीका धारणाहरू राख्न कार्यवाहक अध्यक्ष भुसालले आज पत्रकार सम्मेलन राखेको अर्यालले बताए। उनका अनुसार पत्रकार सम्मेलन २ बजे मैतिदेवीमा हुनेछ।

  • यी हुन् जेन-जी आन्दोलनपछिका २५ नयाँ दल (सूचीसहित)

    यी हुन् जेन-जी आन्दोलनपछिका २५ नयाँ दल (सूचीसहित)

    काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि २५ वटा नयाँ दल अस्तित्वमा आएका छन् । ती दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार जेन-जी आन्दोलनपछि दल दर्ताका लागि निवेदन दिएका ३७ दलमध्ये आइतबारसम्म २५ वटा नयाँ दल दर्ता भएका हुन् ।

    पहिलो नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी छ । यो दल गत असोज ७ गते ३०४ नम्बरमा दर्ता भएको हो । यस्तै अन्तिम नम्बरमा शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टी रहेको छ । यसको दर्ता नम्बर ३४० रहेको छ । यो दल मंसिर १४ गते दर्ता भएको हो ।

    आयोगमा दल दर्ताका लागि निवेदन दिएका तर प्रक्रिया नपुर्‍याएका दलको सङ्‍ख्या १२ रहेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने उद्देश्यले मंसिर १४ गतेसम्म निवेदन दिइसक्नुपर्ने व्यवस्था छ । दर्ता प्रक्रियामा रहेका ती १२ दलले आगामी निर्वाचनमा भाग लिन पाउने छैनन् । यद्यपि यसपछि दर्ता प्रक्रिया पूरा गरेको अवस्थामा आगामी फागुन २१ पछिका निर्वाचनमा भने भाग लिन सक्नेछन् । पुराना र नयाँ दल गरेर आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १२० दल दर्ता भइसकेका छन् । जसमा २५ वटा दल नयाँ छन् ।

    यी हुन् जेन-जी आन्दोलनपछि दर्ता भएका २५ वटा नयाँ दल

    • श्रमसंस्कृति पार्टी – अध्यक्ष, हर्कराज राई
    • गतिशील लोकतान्त्रिक पार्टी – अध्यक्ष, दिनेशराज प्रसाई (बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत)
    • नागरिक उन्मुक्ति पार्टी नेपाल – अध्यक्ष कबिर सोब (संरक्षक रेशम चौधरी)
    • राष्ट्रिय परिवर्तन पार्टी – अध्यक्ष, राजेश पोर्तेल (जेन-जी आन्दोलनमा एउटा खुट्टा गुमाएका)
    • राष्ट्रिय जनमत पार्टी – अध्यक्ष, रियाज अहमद शेष (जनमत पार्टीबाट फुटेर गठन भएको)
    • नेकपा (माओवादी) – महासचिव, नेत्रबहादुर चन्द
    • राष्ट्र निर्माण दल नेपाल – अध्यक्ष, अकबर खान
    • राष्ट्रिय उर्जाशील पार्टी नेपाल – अध्यक्ष, योगेन्द्र मण्डल
    • पिपुल फर्स्ट पार्टी – अध्यक्ष, प्रशान्त सिंह
    • उज्यालो नेपाल पार्टी – अध्यक्ष, अनुपकुमार उपाध्याय
    • स्वभिमान पार्टी – अध्यक्ष, सत्यवानकुमार कर्ण
    • हाम्रो पार्टी नेपाल – सभापति, खगेन्द्र सुनार
    • नागरिक सर्वोच्चता पार्टी नेपाल – अध्यक्ष, रत्नप्रसाद श्रेष्ठ
    • जनादेश पार्टी नेपाल – अध्यक्ष, रमणकुमार कर्ण
    • सार्वभौम नागरिक पार्टी – अध्यक्ष, गणेशकुमार मण्डल
    • नागरिक सेवा पार्टी – अध्यक्ष, श्रेया केसी
    • प्रगतिशील नागरिक पार्टी – अध्यक्ष, सविन सिग्देल
    • सर्वोदय पार्टी – अध्यक्ष, दिपककुमार साह
    • सम्मुनत पार्टी नेपाल – अध्यक्ष, सर्वेन्द्र खनाल
    • नागरिक बचाउ दल नेपाल – अध्यक्ष माधवप्रसाद खतिवडा
    • नेपाल जनसेवा पार्टी – अध्यक्ष, प्रकाश खड्का
    • समावेशी समाजवादी पार्टी – अध्यक्ष, नुमा लिम्बू
    • आवाज पार्टी – अध्यक्ष, सुन्दरराम बोहोरा
    • जनता लोकतान्त्रिक पार्टी नेपाल – अध्यक्ष, अशोककुमार यादव
    • जनअधिकार पार्टी – अध्यक्ष, शरदसिंह यादव
  • कांग्रेस केन्द्रीय समिति बैठकअघि सानेपामा पदाधिकारी जुट्दै

    कांग्रेस केन्द्रीय समिति बैठकअघि सानेपामा पदाधिकारी जुट्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका छन् ।

    आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । लामो रस्साकस्सीपछि पुसभित्र नियमित महाधिवेशन ल्याउने सहमति कांग्रेसमा जुटेको छ ।

    महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरू सहमत भएपनि पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्ण सिटौलालगायतका केही नेताहरूले असहमति राख्दै आएका छन् ।

  • बलिया भ्रष्टाचारी, बलियो सरकार र बलियै अख्तियार

    बलिया भ्रष्टाचारी, बलियो सरकार र बलियै अख्तियार

    जेन–जी विद्रोहको जगमा निर्मित ‘नागरिक सरकार’ सामु आजका मितिमा केवल दुई म्यान्डेट छन् । पहिलो, निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउँदै सुशासन कायम गर्नु ।

    हुन त, सरकारसामु भदौ २३–२४ को आन्दोलन दबाउनेउपर छानबिन गरी कारबाही गर्ने सवालमा पनि दबाब उत्तिकै छ । निर्वाचन, सुशासन कायमसँगै जेन–जी विद्रोहको समयमा भएको नरसंहारको समेत निष्पक्ष छानबिनसँगै निर्मम कारबाहीले मात्र नागरिक सरकारले आफ्नो दायित्व पूरा गरेको ठहरिनेछ ।

    तर, उल्लिखित कतिपय सवालमा नागरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीले उच्च मनोबल देखाए पनि सुशासन र निर्वाचन, दुवै विषयमा भने राजनीतिक दल र नागरिक स्तरबाट सहयोग प्राप्त नगरी निर्वाचन सम्भव छैन ।

    राजनीतिक अस्थिरता र सुशासन

    २०६२–०६३ को दोस्रो जनआन्दोलन र उक्त आन्दोलनको बलमा प्राप्त गणतन्त्रपश्चात् मुलुकले राजतन्त्रको अन्त्य त गर्यो नै, तर दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ मा जारी संविधानले मुलुकलाई राजनीतिक स्थिरता भने दिन सकेन । दोस्रो संविधानसभापछि मुलुकले एक थान संविधान त पायो, तर उक्त संविधानले परिकल्पना गरेको व्यवस्थाभित्रबाट एउटै राजनीतिक दलले बहुमत ल्याएर पाँच वर्ष एउटै सरकारले शासन व्यवस्था चलाउने अवस्था रहनै सकेन ।

    जसका कारण पटक–पटक दलहरूले जनतासामु संविधान संशोधनको विषय त उठाए, तर त्यसका निम्ति एउटा कार्यदलसम्म पनि गठन नगरी संविधान संशोधनको विषयलाई सत्तापलटको हतियारमात्र बनाए । नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन विद्रोही माओवादी, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, मधेशवादी र पहिचानवादी दलले सुशासनको विषयलाई आफ्नो मुख्य राजनीतिक आधार बताइरहे ।

    हिजो अख्तियारलाई नियतिले साथ दिएको थिएन । आज सुशासन कायमका सन्दर्भमा आयोग र त्यसका प्रमुख प्रेमकुमार राईसमेत सिंगो टिमलाई काम गरेर देखाउने सुवर्ण अवसर प्राप्त भएको छ ।

    तर, उनीहरूको प्रतिबद्धताविपरीत उनीहरूकै कालखण्डमा अर्बौंका चर्चित भ्रष्टाचारका काण्ड एकपछि अर्को गर्दै हुँदै गए । चर्चित भ्रष्टाचारका घटनामा अख्तियार पुगेका फाइल, उजुरी र मिडियाले उठाएका विषयमा पनि उल्टै अख्तियारलाई नै प्रभावित पार्ने गरी दल र तिनका तर्फबाट सरकारमा पुगेका प्रधानमन्त्रीहरूले भ्रष्टाचार भएको भनिएको विषयमा आफूले नैछानबिन गरिसकेकाले अख्तियारले छानबिन गर्नै नपर्ने हवाई तर्क दिएर अनियमितताकै पक्षमा प्रधानमन्त्रीहरू उभिन पुगे ।

    जसका कारण दलहरूको मनोवैज्ञानिक दबाबमा आयोगलाई पुर्‍याइयो । यो अवस्थाको मुख्य कारक भनेकै राजनीतिक अस्थिरता थियो । दुई वा दुईभन्दा बढी दल मिलेर सँगै अंकगणितसमेत मिलाएर सरकार निर्माण गर्न परेकैले प्रजातन्त्र प्राप्ति यताका सरकारहरूको प्राथमिकतामा सुशासन पर्नै सकेन ।

    चर्चित भ्रष्टाचार प्रकरण

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्रै राज्यको ६० अर्ब लगानी भएको छ । उक्त परियोजनामा व्यापक भ्रष्टाचार भएको निष्कर्ष छ तत्कालीन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको । उक्त समितिले उक्त परियोजनामा १० अर्बभन्दा ज्यादा आर्थिक अनियमितता भएको निष्कर्षसहित तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ८ कर्मचारीलाई निलम्बनसहित कारबाही गर्न सिफारिस गरेको थियो । लामै समयदेखि आर्थिक अनियमितताको विषयमा चर्चामा रहेको प्रकरण हो- उक्त दुई विमानस्थल निर्माण प्रकरण ।

    पछिल्लो समय निकै चर्चामा रहेको माथि उल्लिखित दुई विमानस्थल प्रकरणबाहेक आर्थिक अनियमितताको अर्को प्रकरण हो, स्वास्थ्य सेवा ऐन संशोधनपछि उपचारका नाममा राज्यबाट आर्थिक लाभ लिनै नपाइने प्रावधानविपरीत पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७८ असार ७ को मन्त्रिपरिषद्बाट निर्णय गराई ठूलै धनराशी प्राप्त गरेको विषय ।

    सँगै भिजिट भिसा प्रकरणले राजनीतिक बजारमै तरंग ल्याएको थियो । तर, उक्त प्रकरण जेन–जी विद्रोहपछि सेलाएझैँ देखिएको छ । बीमा प्राधिकरणका प्रमुख नियुक्ति पाएका शरद ओझाको योग्यता छानबिन प्रकरण नटुंगिँदै अदालतको आदेशले ओझा पुनः प्राधिकरणमा फर्किएका छन् । यी र यस्ता प्रकरणले सुशासनलाई ठाडै चुनौती दिएको देखिन्छ ।

    बहुचर्चित कर फर्स्योट प्रकरणमा दोषी देखिएका चूडामणि शर्मा र सर्लाहीको भरतताल प्रकरणमा दोषी देखिएका बागमती नगरपालिकाका मेयर भरत थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूरक अभियोग लगेझैँ ललिता निवास, टीकापुर जग्गा प्रकरण, सुडान घोटाला प्रकरणजस्ता चर्चित विषयमा पूरक अभियोग लैजाने मनोबल आयोगले देखाउनै पर्दछ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई मन्त्रिपरिषद्को नीतिगत निर्णयको आडमा जोगाइएको आरोप आयोगमाथि लाग्दै आएको छ ।

    जनशक्ति र विगतका सरकारको उल्लेख्य सहयोग नपाएको आयोगले यी र यस्ता विषय समेतलाई केलाएर टुंगोमा पुर्याउनैपर्ने दबाबमा आज आयोग छ । हुँदाहुँदा तादीको उक्त पुलको त पूर्वनिर्धारित क्षतिपूर्ति लगाइसकेको पुलको ठेक्कामा भेरिएसन गरी ‘रिभर ट्रेनिङ’ बनाएकोसम्म देखिन्छ ।

    उता, टीकापुर जग्गा प्रकरणमा डा. आरजु राणा र रेशमलाल चौधरीको संलग्नता बताइए पनि कारबाहीको दायरामा उनीहरू परेको खबर बाहिरिएको छैन । सुडान र नेपाल ट्रष्ट जग्गा लिज प्रकरणमा दुई पूर्वगृहमन्त्रीको संलग्नता बताइए पनि कारबाहीको विषयले भने मूर्तता पाउन सकेन ।

    छानबिनलाई तीव्रता दिनैपर्ने विषयहरू एकपछि अर्को बाहिर आएका छन् । महालेखा परीक्षकको एक दशकयताका प्रतिवेदनलाई मात्रै केलाउने हो भने पनि दर्जनौँ यस्ता घटना भेटिन्छन्, जुन घटनामा अख्तियार निरपेक्ष रहनै सक्दैन । तर, हिजोका मितिको मनोवैज्ञानिक दबाब र जनशक्ति अभावकै कारण हुनुपर्दछ, यसअघि आयोगलाई ठूला प्रकरणमा निश्चित प्रकरणबाहेक उल्लेख्य सफलता हात लागेन ।

    त्यसरी सफलता हात नलाग्नुका पछाडि विशेष अदालतको भूमिका पनि विवादरहित बन्न सकेन । महालेखाले उठाएको र पछिल्लो समय चर्चामा रहेको विषय हो, कमला नदी पुल निर्माण प्रकरण । महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले डिजाइनमै त्रुटि देखाएको उक्त पुलको लम्बाई, माटो परीक्षण र पुल निर्माण गर्दा गरिनुपर्ने मुख्य कार्य ‘पाइल लोड टेस्ट’ नै नगरेको विषय गम्भीरतापूर्वक उठाएको छ । उक्त पुल निर्माणमा गम्भीर त्रुटि निर्माण कम्पनीको त छँदैछ, सरकारी अधिकारीको पनि गम्भीर त्रुटि कहाँनेर देखिन्छ भन्दा, उक्त पुल निर्माणकै क्रममा निर्माण कम्पनीले खोलाको ‘नेचर चेन्ज’ हेरेर निर्माण अवधि नै पुलको लम्बाई अवधि बढाउन प्रस्ताव पेस गर्दा विभागका अधिकारीले उक्त प्रस्तावलाई अस्वीकार गरेको महालेखाले आफ्नो प्रतिवेदनमा औँल्याएको छ ।

    हुलाकी राजमार्गअन्तर्गतको कमला पुल, डिजाइन सिफारिस, हालका सडक विभागका महानिर्देशक डा. विजय जैसीले आयोजनाको तत्कालीन इन्जिनियरका हैसियतले सिफारिस गरेका थिए । पुल निर्माणमा संलग्न कम्पनी भने तत्कालीन सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सन कम्पनी र विष्णुप्रसाद शर्माको लुम्बिनी बिल्डर्स प्रालिले जिम्मा लिएको थियो ।

    यहाँ स्मरणीय तथा संयोग पनि कस्तो देखिन्छ भन्दा, सिराहा र धनुषा जोड्ने कमला नदीको उक्त १४ वर्षसम्म पनि सम्पन्न हुन नसकेको पुल निरीक्षण गर्न मंसिर ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग तत्कालीन अवस्थामा डिजाइन पेस गर्ने तिनै आयोजनाका इन्जिनियर डा. जैसी सडक विभागको महानिर्देशकको हैसियतले पुलको स्थलगत अनुगमन गर्न पुगेका थिए ।

    पुल एकातिर, खोला अर्कैतिर

    तराई मधेसको लाइफलाइन मानिएको हुलाकी राजमार्गमा पर्ने उक्त पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड १९ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल २०७१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । हुँदाहुँदा आठौँपटक थपिएको म्यादसमेत गत असारमै समाप्त भएको छ । तर, पुलको अवस्था भने ज्युँकात्युँ, धनुषा र सिराहाका बासिन्दा जोखिमयुक्त डुंगा चढ्न बाध्य छन् । सोही नियति भोग्दैछन्, नुवाकोटमा निर्माणाधीन तादीखोला आसपासका बासिन्दाले पनि । उक्त पुल निर्माणको रमाइलो पक्ष भनेकै पुल एकातिर, खोला अर्कैतिर ।

    २०७३ असार २९ मा शर्मा वाइवा जेभी नामक कम्पनीले ठेक्का सम्झौता गरेको पुल निर्माणमा समेत भएको अनियमितताका बारे महालेखाले पटक–पटक प्रश्न उठाएको छ । जनशक्ति र विगतका सरकारको उल्लेख्य सहयोग नपाएको आयोगले यी र यस्ता विषय समेतलाई केलाएर टुंगोमा पुर्याउनैपर्ने दबाबमा आज आयोग छ । हुँदाहुँदा तादीको उक्त पुलको त पूर्वनिर्धारित क्षतिपूर्ति लगाइसकेको पुलको ठेक्कामा भेरिएसन गरी ‘रिभर ट्रेनिङ’ बनाएकोसम्म देखिन्छ ।

    अख्तियारको नियत र नियति

    जेन-जी विद्रोहको जगमा निर्मित बलियो सरकार र हिजो संवैधानिक नियुक्तिसम्बन्धी अदालतमा मुद्दा भएकै कारण कमजोर बनाइएको भए तापनि मुद्दा र मनोवैज्ञानिक दबाब दिने सरकार दुवै आज नभएका कारण बलियै अख्तियार आज रहेकैले सुशासनमा आशा गर्ने ठाउँ पर्याप्त छ । हिजो सरकारभन्दा भ्रष्टाचारी बलिया थिए । भ्रष्ट तथा बिचौलियालाई बेडरुमसम्मै प्रवेश दिएकै कारण प्रजातन्त्र प्राप्ति यताका सरकारहरू बदनामीबाट किसुनजी र मनमोहनबाहेक कोही अछूतो रहेनन् ।

    तर, आज अख्तियारका पदाधिकारीको न त विचाराधीन कुनै मुद्दा छ, न त महाभियोग लगाउँछौँ भन्ने कांग्रेस, माओवादी नै । हुँदाहुँदा महाभियोग लैजाने निकाय संसद्‍समेत यतिबेला जीवित छैन । यो समय अख्तियारका लागि अभूतपूर्व रूपमा काम गरेर देखाउने समय हो । हिजो अख्तियारको नियत ठीक थियो । ठूला र बहुचर्चित केसमा हात हाल्दा नै उसको नियतमाथि उल्टै भ्रष्ट तथा बिचौलियाले प्रश्न उठाएर महाभियोग लगाउने खतरा थियो । सोही कारण नियत ठीक हुँदा पनि हिजो नियतिले साथ दिएन । आज नियत र नियति दुवैले साथ दिएको अवस्था छ ।

    दलहरूको मनोवैज्ञानिक दबाबमा आयोगलाई पुर्‍याइयो । यो अवस्थाको मुख्य कारक भनेकै राजनीतिक अस्थिरता थियो । दुई वा दुईभन्दा बढी दल मिलेर सँगै अंकगणितसमेत मिलाएर सरकार निर्माण गर्न परेकैले प्रजातन्त्र प्राप्ति यताका सरकारहरूको प्राथमिकतामा सुशासन पर्नै सकेन ।

    ललिता निवास, गोकर्ण भिलेज रिसोर्ट, टीकापुर जग्गा, बीमा संस्थान, झलनाथ खनाल उपचार, गिरीबन्धु टी स्टेट, सुडान घोटाला, भरत ताल, कमलामाई पुल, तादी पुल, नेपाल ट्रष्ट, पोखरा–भैरहवा विमानस्थल, त्रियुगा पुल, भिजिट भिसालगायतका अनियमितता प्रकरणमा नयाँ तथा पूरक अभियोजन तयार गरी न्यायालयसम्म पुर्‍याउन नागरिक सरकार पक्कै पनि बाधक देखिन्न ।

    हिजो अख्तियारलाई नियतिले साथ दिएको थिएन । आज सुशासन कायमका सन्दर्भमा आयोग र त्यसका प्रमुख प्रेमकुमार राईसमेत सिंगो टिमलाई काम गरेर देखाउने सुवर्ण अवसर प्राप्त भएको छ । हिजोको प्रतिकूल अवस्थामा पनि राई नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतञ्जलीदेखि टेरामक्स, वाइडबडी, ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणसहित नाम चलेका दर्जनौँ मुद्दाको अभियोजन तयार गरी अदालतसम्म पुर्‍याउन सफल अख्तियारले आजका मितिमा झनै आफूलाई बलियो साबित गर्दै चर्चित मुद्दाको छानबिन गर्ने समय हो यो । किनकि, यतिबेला दल, सरकार, नागरिक समाज, जेन–जी, प्रेसलगायत सबै तह सुशासन कायम गर्ने सन्दर्भमा बलियो अख्तियारकै पक्षमा छन् ।

  • मौद्रिक नीति समीक्षा- घट्यो स्थायी तरलता सुविधा र नीतिगत दर, व्यक्तिगत कर्जा सीमा एक करोड पुर्‍याइयो

    मौद्रिक नीति समीक्षा- घट्यो स्थायी तरलता सुविधा र नीतिगत दर, व्यक्तिगत कर्जा सीमा एक करोड पुर्‍याइयो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ ।

    मौद्रिक नीति समीक्षा मार्फत राष्ट्र बैंकले स्थायी तरलता सुविधा दर र नीतिगत दरलाई घटाएको छ । व्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ ।

    त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएको छ । विद्यमान यस्तो सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ कायम गरिएको छ ।

    मौद्रिक नीति समीक्षा मार्फत संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज छ ।

    ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

    हेर्नुहोस् मौद्रिक नीति समीक्षाको पूर्णपाठ

  • प्रतिनिधिसभा चुनावका लागि १२० दल दर्ता (सूचीसहित)

    प्रतिनिधिसभा चुनावका लागि १२० दल दर्ता (सूचीसहित)

    काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा चुनावमा भाग लिन १२० राजनीतिक दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ को निर्वाचनमा भाग लिनका लागि यही मंसिर १ गतेदेखि १४ गतेसम्म ती दलले दर्ताको निवेदन पेश गरेका हुन् ।

    आयोगमा दर्ता भएका १४३ वटा दलमध्ये २३ वटाले भने निवेदन दिएनन् । जेन-जी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएकोमा २० हाराहारीले निवेदन दिएका छन् । ११ वटा जति नयाँ दल दर्ताको प्रक्रियामा रहे पनि आवश्यक कागजात पुर्‍याउन नसकेकाले उनीहरू चुनावमा भाग लिनबाट वञ्चित हुने छन् ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी), धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति लगायतका दल छन् । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् ।

    १२ दलले दिएको निवेदन दर्ता प्रक्रियामा

    यी हुन् चुनावका लागि दर्ता भएका १२० दल

    देश विकास पार्टी

    प्रगतिशील लोकतान्त्रिक पार्टी

    देश भक्त समाज

    नेपाल लोकतान्त्रिक पार्टी

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)

    राष्ट्रिय स्वतन्त्र पार्टी

    आम जनता पार्टी

    मंगोल नेशनल अर्गनाईजेशन

    बहुजन शक्ति पार्टी

    नेपाल सद्भावना पार्टी

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

    नेपाल मानवतावादी पार्टी

    नेपाल जनता संरक्षण पार्टी

    नेपाल कम्युनिष्ट पार्टी (माले)

    जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)

    नेपाल जनता पार्टी

    राष्ट्रिय समता पार्टी नेपाल

    संयुक्त नागरिक पार्टी

    नेपाल जनमुक्ति पार्टी

    नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

    राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

    नेपाल परिवार दल

    राष्ट्रिय जनता पार्टी नेपाल

    राष्ट्रिय जनमोर्चा

    समावेशी समाजवादी पार्टी नेपाल

    जनप्रजातान्त्रिक पार्टी नेपाल

    विकासशील जनता पार्टी

    राष्ट्रिय नागरिक पार्टी

    जनता समाजवादी पार्टी (जसपा)

    राष्ट्रिय परिवर्तन पार्टी

    नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)

    संघीय लवकतान्त्रिक राष्ट्रिय मञ्च

    राष्ट्रिय एकता दल

    संघीय नेपाल पार्टी

    जनमत पार्टी

    गतिशील लोकतान्त्रिक पार्टी

    नेपाली जनश्रमदान संस्कृति पार्टी

    नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल)

    राष्ट्रिय साझा पार्टी

    परिवर्तन पार्टी

    नेपाल समावेशी पार्टी

    नेपाली कांग्रेस

    खम्बुवान राष्ट्रिय मोर्चा

    नेपालका लागि नेपाली पार्टी

    सचेत नेपाली पार्टी

    जनप्रिय लोकतान्त्रिक पार्टी

    राष्ट्रिय विकास पार्टी

    नेशनल रिपब्लिक नेपाल

    युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टी

    जय मातृभूमि पार्टी

    नेपाल नौलो जनवादी पार्टी

    श्रम संस्कृति पार्टी

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

    स्वाभिमान पार्टी

    जन प्रजातान्त्रिक पार्टी

    जनता प्रगतिशिल पार्टी नेपाल

    नागरिक शक्ति नेपाल

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)

    मितेरी पार्टी नेपाल

    प्रगतिशील समाजवादी पार्टी

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

    तराई–मधेश लोकतान्त्रिक पार्टी

    राष्ट्रिय समुन्नति पार्टी

    जनादेश पार्टी नेपाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    नेकपा (एमाले)

    सार्वोदय नागरिक पार्टी

    राष्ट्रवादी केन्द्र नेपाल

    राष्ट्रिय जनमुक्ति पार्टी

    राष्ट्रिय उर्जाशील पार्टी नेपाल

    उज्यालो नेपाल पार्टी

    नेपाली जनता दल

    नागरिक सर्वोच्चता पार्टी नेपाल

    आमुल परिवर्तन रिपब्लिकन पार्टी

    जनजागरण पार्टी नेपाल

    त्रिमुल नेपाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)

    इतिहासिक जनता पार्टी

    राष्ट्रिय कम्युनिष्ट पार्टी

    प्रजातान्त्रिक पार्टी नेपाल

    सामाजिक लोकतान्त्रिक पार्टी

    नेपाल कम्युनिष्ट पार्टी

    नेपाल नागरिक पार्टी

    राष्ट्रिय सद्भावना पार्टी

    गान्धिबादी पार्टी नेपाल

    राष्ट्रबादी युवा मोर्चा

    नेपाल मातृभूमि पार्टी

    नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी (एकल चुनाव चिन्ह)

    नागरिक सेवा पार्टी

    हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टी (एकल निर्वाचन चिन्ह)

    राष्ट्रिय गौरब पार्टी साविकको नेपाल राष्ट्रिय जनएकता पार्टी

    उज्जवल भविष्य पार्टी

    नेपाली काँग्रेस (बिपी)

    अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

    राष्ट्रिय मूक्ति आन्दोलन नेपाल

    समाजवादी पार्टी नेपाल

    संघीय विकासवादी पार्टी नेपाल

    राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)

    नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)

    प्रगतिशिल नागरिक पार्टी

    राष्ट्र निर्माण दल नेपाल

    राष्ट्रिय जनमत पार्टी

    लोक दल

    सम्मुनत नेपाल पार्टी

    राष्ट्रबादी एकता पार्टी

    विवेकशिल साझा पार्टी

    नागरिक बचाउ दल नेपाल

    नेपाल जनसेवा पार्टी

    उन्नत लोकतन्त्र पार्टी

    देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल

    आवाज पार्टी

    समावेशी समाजवादी पार्टी

    हाम्रो पार्टी नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी), नेकपा कम्युनिष्ट पार्टी (एकल चूनाव चिन्ह)

    आम जनता पार्टी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह)

    सर्वोदय पार्टी

    पिपुल फस्र्ट पार्टी

    सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी (एकल चूनाव चिन्ह)

    जन अधिकार पार्टी

    जनता लोकतान्त्रिक पार्टी नेपाल

  • कुलमानलाई बालेनको प्रस्तावः रास्वपा-उज्यालोसहित वैकल्पिक शक्तिहरू मिले बाहिरैबाट समर्थन गर्ने

    कुलमानलाई बालेनको प्रस्तावः रास्वपा-उज्यालोसहित वैकल्पिक शक्तिहरू मिले बाहिरैबाट समर्थन गर्ने

    काठमाडौं । वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरण प्रयास तुहिँदै गएको बेला हिजो ऊर्जामन्त्री कुलमान घिसिङको फेसबुकबाट अर्थपूर्णरूपमा एउटा तस्बिर पोस्ट भयो । तस्बिर थियो, घिसिङ र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साहबीचको भेटघाटको ।

    खासमा यो भेटघाट हिजोको नभएर अस्तिको हो । बालेन्द्रलाई भेट्न ऊर्जामन्त्री घिसिङ उनको निवासमा पुगेका थिए । भेटवार्तामा वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरणकै विषयमा कुराकानी केन्द्रित भएको बुझिएको छ ।

    आगामी निर्वाचनमा भाग लिने उद्देश्यसहित ‘उज्यालो नेपाल’ पार्टी स्थापना गरेका कुलमान बालेनको साथ र समर्थन लिन चाहन्छन् । यही सन्दर्भमा उनी बालेनलाई भेट्न गएको स्रोतले बताएको छ ।

    स्रोतका अनुसार बालेनले भेटवार्तामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आएमा आफूले बाहिरै बसेर समर्थन गर्न सक्ने जनाउ दिएका थिए । उनले रास्वपा र उज्यालो नेपाल पार्टी एक हुनुपर्ने राय समेत प्रस्तुत गरेको स्रोतको भनाइ छ ।

    ‘यदि रास्वपा र उज्यालो नेपाल मिल्ने हो भने आफू निकट व्यक्तिहरू त्यसमा सहभागी हुन सक्ने र आफूले बाहिर बसेर समर्थन गर्ने आशय उहाँको छ,’ स्रोतले भन्यो ।

    बालेनले निर्वाचन प्रयोजनका लागि कुनै पनि दल दर्ता गरेनन् । त्यसैले भएका दलमध्ये एउटालाई समर्थन गर्ने वा तटस्थ बस्ने उनको रणनीति छ । विवेकशील साझा पार्टीलाई मर्ज गरेपछि रास्वपा उत्साहित देखिन्छ । अन्य नयाँ पार्टी र समूहलाई पनि ल्याउने रास्वपाको प्रयास छ ।

    रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भरमग्दुर पहल भए पनि कुनै टुंगोमा पुग्न सकेको छैन । हिजो दल दर्ता गर्ने अन्तिम दिनसम्म सहमति जुटाउने प्रयास जारी थियो । तर, त्यो सफल भएन । तर, निर्वाचन आयोगले दुई पार्टीहरू एकता भएमा २० गतेसम्म विवरण अद्यावधिक गर्न सकिने भनेपछि फेरि अर्को चरणको प्रयासमा केही नेताहरू जुटेका छन् ।

    दुई पार्टीबीच सैद्धान्तिकरूपमा खासै समस्या नरहे पनि पदीय बाँडफाँटमा कुरा नमिलेको हो । कुलमानले रवि कारगारमै रहँदाको अवस्थासम्म आफूले पार्टी कमाण्ड लिन चाहेका छन् । रास्वपा नेताहरू यसमा तयार छैनन् । उनीहरूले कुलमानलाई उपसभापति बन्न प्रस्ताव गरेका छन् ।

  • एसीसी यू-१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

    एसीसी यू-१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । एसीसी यू-१९ प्रिमियरको ग्राण्ड फाइनलमा नेपाल आज यूएईसँग उपाधिका लागि भिड्दै छ । नेपालका कप्तान अशोक धामीले टस जितेर पहिले फिल्डिङ रोजे ।

    प्रतियोगितामा अपराजित नेपालले सेमिफाइनलमा मलेसियालाई जितेर फाइनलमा स्थान बनाएको थियो । यस्तै यूएईले ओमानलाई सेमिफाइनलमा ८ विकेटले हराएर फाइनमा पुगेको हो ।

    आजको म्याचमा नेपालले सुशील रावल, सिब्रिन श्रेष्ठ र दिलसाद अलीलाई बाहिर राखेको छ ।

    नेपालको प्लेइङ ११ मा कप्तान अशोक सहित निश्चल क्षेत्री, आशिष लोहार, दर्श सोनार, दयानन्द मण्डल, नितेश पटेल, चन्दन राम, रोशन विके, अपराजित पौडेल, वंश क्षेत्री, र निरज यादव रहेका छन् ।

  • चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    काठमाडौँ । नेपाली कांग्रेसमा करिब ३ महिनादेखि जारी विवाद तत्कालका लागि समाधान उन्मुख छ । तत्कालका लागि पुसभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने शीर्ष सहमति बनेको छ । यद्यपि कांग्रेस केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुरले प्रस्तुत गर्ने भनिएको कार्यतालिकामा सबैको सहमति जुटिसकेको छैन ।

    कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । जसलाई नेता डा.शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन थियो । नियमित महाधिवेशन पुसभित्र भएमात्रै विशेष महाधिवेशन जरुरी नपर्ने उनीहरुको निष्कर्ष थियो । लगातार चलेको बैठकले निकास दिन नसकेपछि कांग्रेस केन्द्रीय समिति बैठक निरन्तर सर्दै आइरहेको छ ।

    सभापति शेरबहादुर देउवाले पछिल्लो साता सहमति निर्माणका लागि आफैँ अग्रसरतासमेत लिए । कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले आफ्नो अडान कडा ढंगले राख्दै आएको थियो । विशेषको माग यथावत रहने गरी नियमित महाधिवेशनमा सहमति जुट्न सजिलो मानिएको थिएन । तर कांग्रेस नेताहरु फागुनमा निर्वाचन नहुने मनोविज्ञानले सहमति निर्माणमा योगदान गरेको बताउँछन् ।

    ‘संसद विघटनबारे अदालतलको निर्णय आउनै बाँकी छ । तयारी र वातावरण हेर्दा फागुन २१ मै चुनाव हुने स्थिति पनि छैन । त्यसैले तत्कालका लागि पुसको कार्यतालिका ल्याएर अगाडि बढ्न सहमति बनेको हो,’ कांग्रेसका पदाधिकारीले भने ।

    यथास्थितिमा पार्टी विभाजनको खतरा बढेकोले नियमित महाधिवेशनको काम शुरु गर्दै जाने र महाधिवेशन हुने अवस्थामा थप केही समय लिन सकिने गरी सहमति बनेको ती नेताको दावी छ । ‘महाधिवेशन हुने भनेको दिनसम्म वडा वा क्षेत्रसम्मको अधिवेशन सकियो भनेपनि धेरै उपलब्धि हो । त्यसपछि त २ हप्ता समय लिदा पनि हुन्छ । मुख्य कुरा फागुनको चुनाव हो, फागुनमा चुनाव नहुने भयो भने महाधिवेशन चै फागुनमा हुने सम्भावना छ,’ ती नेताले भने ।

    निर्वाचन कार्यतालिकाअनुसार दलहरुले पुस १४ र १५ मा समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउनुपर्नेछ । पुस २३ मा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । चुनाव हुने नै अवस्थामा पनि समानुपातिक र राष्ट्रियसभाको उम्मेदवार टुंग्याइसक्दा पार्टी महाधिवेशनका लागि थप समय लिन बाधा नहुने संस्थापन पक्षको बुझाई छ । ‘राष्ट्रियसभा र समानुपातिकको उम्मेदवार टुंग्याउँदासम्म पार्टीमा अहिले भएको विवाद मत्थर भइसक्छ । थप केही समय लागेपनि थप्न सकिन्छ,’ संस्थापन पक्षका एक नेताले भने । उनले निर्वाचन हुँदैन र थप केही समय लिन सकिन्छ भन्ने आँकलन गरेरै कांग्रेसभित्र समाधानको सूत्र खोजिएको बताए ।

    ‘चुनावअघि महाधिवेशन गरौँ भन्ने हो । फागुनमा चुनाव भए पुसमा गरौँ, जेठमा चुनाव भए फागुनमा गरौँ भन्ने पनि त अस्वाभाविक भएन नि,’ ती नेताको भनाई छ । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

  • चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    काठमाडौँ । नेपाली कांग्रेसमा करिब ३ महिनादेखि जारी विवाद तत्कालका लागि समाधान उन्मुख छ । तत्कालका लागि पुसभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने शीर्ष सहमति बनेको छ । यद्यपि कांग्रेस केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुरले प्रस्तुत गर्ने भनिएको कार्यतालिकामा सबैको सहमति जुटिसकेको छैन ।

    कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । जसलाई नेता डा.शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन थियो । नियमित महाधिवेशन पुसभित्र भएमात्रै विशेष महाधिवेशन जरुरी नपर्ने उनीहरुको निष्कर्ष थियो । लगातार चलेको बैठकले निकास दिन नसकेपछि कांग्रेस केन्द्रीय समिति बैठक निरन्तर सर्दै आइरहेको छ ।

    सभापति शेरबहादुर देउवाले पछिल्लो साता सहमति निर्माणका लागि आफैँ अग्रसरतासमेत लिए । कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले आफ्नो अडान कडा ढंगले राख्दै आएको थियो । विशेषको माग यथावत रहने गरी नियमित महाधिवेशनमा सहमति जुट्न सजिलो मानिएको थिएन । तर कांग्रेस नेताहरु फागुनमा निर्वाचन नहुने मनोविज्ञानले सहमति निर्माणमा योगदान गरेको बताउँछन् ।

    ‘संसद विघटनबारे अदालतलको निर्णय आउनै बाँकी छ । तयारी र वातावरण हेर्दा फागुन २१ मै चुनाव हुने स्थिति पनि छैन । त्यसैले तत्कालका लागि पुसको कार्यतालिका ल्याएर अगाडि बढ्न सहमति बनेको हो,’ कांग्रेसका पदाधिकारीले भने ।

    यथास्थितिमा पार्टी विभाजनको खतरा बढेकोले नियमित महाधिवेशनको काम शुरु गर्दै जाने र महाधिवेशन हुने अवस्थामा थप केही समय लिन सकिने गरी सहमति बनेको ती नेताको दावी छ । ‘महाधिवेशन हुने भनेको दिनसम्म वडा वा क्षेत्रसम्मको अधिवेशन सकियो भनेपनि धेरै उपलब्धि हो । त्यसपछि त २ हप्ता समय लिदा पनि हुन्छ । मुख्य कुरा फागुनको चुनाव हो, फागुनमा चुनाव नहुने भयो भने महाधिवेशन चै फागुनमा हुने सम्भावना छ,’ ती नेताले भने ।

    निर्वाचन कार्यतालिकाअनुसार दलहरुले पुस १४ र १५ मा समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउनुपर्नेछ । पुस २३ मा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । चुनाव हुने नै अवस्थामा पनि समानुपातिक र राष्ट्रियसभाको उम्मेदवार टुंग्याइसक्दा पार्टी महाधिवेशनका लागि थप समय लिन बाधा नहुने संस्थापन पक्षको बुझाई छ । ‘राष्ट्रियसभा र समानुपातिकको उम्मेदवार टुंग्याउँदासम्म पार्टीमा अहिले भएको विवाद मत्थर भइसक्छ । थप केही समय लागेपनि थप्न सकिन्छ,’ संस्थापन पक्षका एक नेताले भने । उनले निर्वाचन हुँदैन र थप केही समय लिन सकिन्छ भन्ने आँकलन गरेरै कांग्रेसभित्र समाधानको सूत्र खोजिएको बताए ।

    ‘चुनावअघि महाधिवेशन गरौँ भन्ने हो । फागुनमा चुनाव भए पुसमा गरौँ, जेठमा चुनाव भए फागुनमा गरौँ भन्ने पनि त अस्वाभाविक भएन नि,’ ती नेताको भनाई छ । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

  • सरकारी सम्पत्ति आगजनी र तोडफोड आरोपमा अमनलाल मोदीका स्वकीय पक्राउ

    सरकारी सम्पत्ति आगजनी र तोडफोड आरोपमा अमनलाल मोदीका स्वकीय पक्राउ

    विराटनगर । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ । पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका स्वकीय हुन् । उनीसँगै पक्राउ पर्नेमा महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेको प्रहरीले जनाएको छ ।

    जेन्जी आन्दोलनक्रममा अन्सारी आफैँले आगजनी र तोडफोड गरेको घटनाको भिडियो टिकटकमा सेयर गरेका थिए । त्यसपछि उनले भिडियो हटाएर केहीदिन बेपत्ता भएका थिए । माओवादीसहित अन्य दलका बीचमा एकता भएपछि उनी सार्वजनिक भएका थिए । नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनी मोदीकै अघिपछि देखिँदै आएका थिए ।

    अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडक्रममा नेपाली प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियोसमेत सार्वजनिक भएको थियो । पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ ।

    अन्सारीलगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवालाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ । यसअघि मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेका छन् । सरकारी भवन र व्यक्तिका घरमा आगजनी तथा लुटपाट गर्ने कोही पनि नछुट्ने प्रहरीको दाबी छ ।

    नेपाली कम्युनिष्ट पार्टीमा रहेका अन्सारी सोमबार विराटनगरमा हुने पार्टीको सभाका लागि आर्थिक संकलनको जिम्मेवारीमा समेत रहेको स्रोतको दाबी छ । उनले विराटनगरका विभिन्न निजी शैक्षिक संस्थामा चन्दा माग्दै पत्र बुझाउँदै हिँडेका थिए । मोदीले भने अन्सारी आफ्नो स्वकीयबाट हटिसकेको बताए । उनले नेपाल प्रेससँग भने, ‘प्रमाणका आधारमा घटनामा सम्लग्न भएको भए प्रहरीले अनुसन्धान गरोस् ।’

  • राप्रपाद्वारा कञ्चन बिच्छाको सांसद पद खारेज गर्न प्रदेश सभामा पत्राचार

    राप्रपाद्वारा कञ्चन बिच्छाको सांसद पद खारेज गर्न प्रदेश सभामा पत्राचार

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्देशन विपरीत मधेश प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन मधेश प्रदेश सभामा पत्राचार गरेको छ ।

    राप्रपाबाट एक मात्र प्रदेशसभा सदस्य रहेकी समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

    राप्रपाले बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टिकरण समेत सोधिएको थियो । पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याए राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।

    राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पत्र पठाइएको छ । पत्र आइतबार नै प्रदेश सभा सचिवालयमा प्राप्त भएपछि उपसभामुख बबिता राउत ईशरलाई बुझाइएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । उपसभामुख ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानून विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताइन् ।

  • आज नेपाली कांग्रेसको बैठकः महाधिवेशनको नयाँ मितिमा सहमति खोजिने

    आज नेपाली कांग्रेसको बैठकः महाधिवेशनको नयाँ मितिमा सहमति खोजिने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने बताइएको छ ।

    कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा निष्कर्ष ननिस्किएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । सभापति देउवा आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशनका पक्षमा देखिएका छन् ।

    कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको थिएन । कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमागी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ ।

    यसका लागि सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहानै निर्देशन दिएका छन् ।

    विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री गगन थापा पनि सभापति, कार्यबाहक सभापतिसहितका सबै नेता इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने पक्षमा सहमत छन् ।

    असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता भएकाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । पुस २७ गतेदेखि महाधिवेशन गर्नसकिने तालिकाबारे कांग्रेसमा गृहकार्य भइरहेको र आजको बैठकमा प्रस्ताव हुनसक्ने एक नेताले बताए ।

  • एसिसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

    एसिसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

    काठमाडौँ . संयुक्त अरब इमिरेट्स -यूएई_ मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।

    उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो ।

    नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

    सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।

    तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।