Tag: जवरजस्ती

  • सरकारी जग्गामा जबरजस्ती बनाइएका टहरा प्रशासनले भत्कायाे

    सरकारी जग्गामा जबरजस्ती बनाइएका टहरा प्रशासनले भत्कायाे

    मुगु । मुगु सदरमुकाम गमगढी बजारमा सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाईँ गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा भत्काएकाे हो ।

    प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै गत पुस १ मा पत्र जारी गरेको थियो । पत्र पठाएको दुई महिना  सम्म स्थानीयले नभत्काए पछि प्रसाशनले बल प्रयाेग गरेर भत्काएकाे हाे ।

    उनीहरुले करिब २८ महिना सम्म सम्झौताविना सरकारी जग्गामा निजी टहरा निर्माण गरी बसोबास गर्दे आएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए । खाद्य कार्यालयलाई हालसम्म कुनै पनि बक्यौता भाडा पनि नदिएको र उल्टै उनीहरूले अन्य नागरिकबाट टहरा भन्दै भाडा असुल्ने गरेको उनले बताए ।

    हटाइएका टहरामा कार्यालयले घेराबार गर्ने जनाएको छ ।