Tag: गोदावरी

  • गोदावरीकाे मेयरका लागि एमालेबाट प्रदेश सांसदसहित ८ उम्मेदवार सिफारिस

    गोदावरीकाे मेयरका लागि एमालेबाट प्रदेश सांसदसहित ८ उम्मेदवार सिफारिस

    ललितपुर । स्थानीय निर्वाचनका लागि एमालेको ललितपुरस्थित गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्य मिठाराम केसी, जिल्ला कमिटी सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटी सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटी अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहेका छन् ।

    उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ ।

    उपमेयरको सिफरिस हुनेहरुमा अनेमसंकी जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत, जिल्ला कमिटी सदस्य प्रेमदेवी देशार, अनेमसंकी गोदावरी अध्यक्ष गौरी अधिकारी केसी, अनेमसं नगर कमिटी उपाध्यक्ष सबिना महर्जन नगर कमिटी सहसचिव रमी प्रधानाङ्ग र नगर सचिवालय सदस्य संगीता नापित छन् ।

    नगर कमिटी अध्यक्ष थापाका अनुसार जिल्ला कमिटीले नाम छाँटकाँट गरेर प्रदेशलाई सिफरिस गर्ने र प्रदेशले उम्मेदवार उठाउने बताए । उनले भने, ‘वैशाखको पहिलो हप्तासम्म उम्मेदवार छनौंट गर्ने योजना छ ।’

  • ललितपुरको फुल्चोकी जंगलमा हराएका २ जनाको उद्धार

    ललितपुरको फुल्चोकी जंगलमा हराएका २ जनाको उद्धार

    ललितपुर । गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडाको जंगलमा हराएका २ युवालाई प्रहरीले उद्धार गरेको छ ।

    काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ का १९ वर्षीय सुरेश केसीलाई आइतबार उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    घुम्न गएका उनीहरू जंगलमा हराएको सूचनाको आधारमा प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको टोलीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो ।