Tag: गाडी

  • फक्सवागनको कम्प्याक्ट टाइगुन नेपाली बजारमा, मूल्य कति ?

    फक्सवागनको कम्प्याक्ट टाइगुन नेपाली बजारमा, मूल्य कति ?

    काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ कम्प्याक्ट टाइगुन गाडी नेपाली बजारमा ल्याएको छ । जर्मन कार कम्पनी फक्सवागनले भारतमा उत्पादन गरेको नयाँ गाडी नेपाली बजारमा आएको हो ।

    टाइगुन ३ वटा भेरियन्टका गाडी नेपाल भित्रिएका छन् । टाइगुनको सुरूआती मूल्य ५० लाख ९० हजारदेखि ६९ लाख ९० हजारसम्म तोकिएको छ । टाइगुन १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध रहेको छ ।

    टाइगुन कम्फर्ट लाइन भेरियन्टको मूल्य ५० लाख ९० हजार, हाइलाइन अटोमेटिकको ६३ लाख ९० हजार र टप लाइन भेरियन्टको मूल्य ६९ लाख ९० हजार रहेको कम्पनीले बताएको छ ।

  • ६६ दिनपछि काठमाडौंमा सवारी चाप (तस्बिर/भिडियो)

    ६६ दिनपछि काठमाडौंमा सवारी चाप (तस्बिर/भिडियो)

    काठमाडौं । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो भएपछि ६६ दिनपछि सबै सवारीसाधन चलेका छन् । सवारी चापले जडिबुटी, कोटेश्वर, बानेश्वर, कलंकी, जमल क्षेत्रमा जाम बढेको छ ।

    केही नियम फेरबदल गर्दै असार मसान्तसम्मलाई थपिएको निषेधाज्ञा आजदेखि लागू भएको हो ।

    जोरबिजोर हटाएर निजी तथा सबै खालका सार्वजनिक सवारीसाधन खुलेसँगै सवारी चाप बढेको छ । अघिल्लो साता जोरबिजोर प्रणालीमा सवारीसाधन खुला गरिएको थियो । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक सवारी खुलाइएकोमा यातायात व्यवसायीले सबै सवारी खुला गर्न पाउनुपर्ने माग राखेका थिए ।

    कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजर व्यवस्था हुनुपर्ने र सवारीसाधनलाई अनिवार्य रूपमा दैनिक निसंक्रमित गर्नुपर्ने सर्त छ । तर, उपत्यकाबाट लामो दूरीमा सञ्चालन हुने सवारी संचालनमा भने अहिले अनुमति दिइएको छैन ।

    उपत्यकामा छिर्ने मुख्य नाकामा भने सुरक्षा जाँच बढाइएको छ । अतिआवश्यक कामले आउनुपर्ने भए सम्बन्धित जिल्लाको सीडीओको अनुमतिमा प्रवेश गर्न दिइने नियम भने कायमै छ ।