Tag: खोप खरीद

  • विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद नगर्न आग्रह

    विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद नगर्न आग्रह

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।

    सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड-१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ ।

    ‘मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ । यो पक्कै पनि चिन्ताको बिषय हो । यसप्रति विश्वास स्वास्थ्य संगठनको ध्यानाकर्षण भएको छ ।’ औषधि तथा स्वास्थ्य सामग्री पहुँचका लागि सहायक निर्देशक औषधि पहुँच प्रत्याभूत गर्न बनेको संगठनको समितिका महानिदेशकले मारियान्गेला बटिस्टा गलभाओ सिमाओले पत्रकार सम्मेलनमा भने ।

    खोप किन्नका लागि मध्यस्थको भूमिकाको बिषयलाई संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

    सिमाओले कुनै पनि मसुलुकले खोप तथा स्वास्थ्य सामग्रीको खारीद गर्दा कि त कम्पनीमा सिधै सम्पर्क गर्ने वा मध्यस्थकर्ता वैध हो वा होइन प्रष्ट भएर मात्रै काम गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

    कोभिड खोप र स्वास्थ्य सामग्रीसँग जोडिएका यी बिषयमा धेरै भ्रम सिर्जना भएको अनेकौँ सामग्रीले स्वास्थ्य मापदण्ड अनुसार अनुसन्धान पूरा गरे नगरेको निश्चित गर्नको लागि निर्मातालाई सम्पर्क गर्नु बाञ्छनीय हुने उनले बताए। उनले प्रमाणित खोप तथा स्वास्थ्य सामग्रीको प्रयोग संक्रमणविरूद्धको अभियानमा आवश्यक भएको पनि उनले बताए ।

    नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन प्रयोग सूचीलाई उल्लेख गर्दै उनले भने, ‘कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्छ ।’

    हालसम्म कोभिड–१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले आठ खोपलाई मान्यता दिएको छ । सिनोफार्म र सिनोभ्याक विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् ।

  • खोप खरीदमा भ्रष्टाचारको आरोप निराधार : प्रधानमन्त्री ओली (भिडियो)

    खोप खरीदमा भ्रष्टाचारको आरोप निराधार : प्रधानमन्त्री ओली (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा जुटिरहेको सरकारविरुद्ध ‘भ्रष्टाचारको झुठो आरोप’ लगाउने काम भएको बताएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले सरकारका असल प्रयासविरुद्ध तल्लोस्तरमा झरेर बदनाम गर्न खोजिएको बताए । कोरोनाविरुद्धको खोप खरीमा भ्रष्टाचार भएको भनी लगाइएको आरोप निराधार भएको दावी गरे ।

    सरकार भ्रष्टाचारविरुद्ध खरो उत्रिएको भन्दै प्रधानमन्त्री ओली यदि कसैले गलत गरेको भए क्षम्य नहुने बताए । ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो’ ओलीले भने ।