
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ गर्ने निर्देशनात्मक निर्णय गरेका हुन् ।


काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ गर्ने निर्देशनात्मक निर्णय गरेका हुन् ।


बाजुरा । गौमुल गाउँपालिकामा पहिलो पटक ‘प्रथम खुला गौमुल कप सेभेन एसाइड फुटबल प्रतियोगिता’ सुरु भएको छ। क्रियटिभ यूथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ३१हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि सम्मान गरिनेछ।
क्लबका अध्यक्ष जीवनकुमार रोकायाको अध्यक्षता तथा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको प्रमुख अतिथिमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष सीता थापा, बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहरा, नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी विक, वडा नं। ६ का अध्यक्ष प्रकाश रोकाया, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली लगायत उपस्थित थिए ।

उद्घाटनको अवसरमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत आयोजना गरिएको थियो।
उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष रोकायाले गाउँपालिकामा आगामी वर्षदेखि “देशभरिकै नमुना कप” आयोजना गर्ने घोषणा गरे। उनले भूगोल र पूर्वाधारका चुनौतीबीच पनि स्थानीय सरकारले योजनाबद्ध रूपमा खेलकुदको विकासमा जोड दिइरहेको उल्लेख गरे।

उनका अनुसार गाउँपालिकाले खेलमैदानको स्तरोन्नति र बृहत्तर खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। ‘हाम्रो उद्देश्य गाउँभित्र लुकेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई अवसर प्रदान गर्नु हो, ’ अध्यक्ष रोकायाले बताए।


काठमाडौं । चितवन राइनोजमा अनुबन्ध भएका पाकिस्तानको राष्ट्रिय टोलीका पूर्व तीव्र गतिका बलर सोहेल तन्विरले यसपटक चितवनले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी जित्ने बताएका छन् ।
दोस्रोपटक चितवनमा अनुबन्ध भएका उनले आफू ट्रफी जित्नका लागि आउन लागेको बताए । ‘साँच्चै यसको लागि उत्सुक छु र हामी सबै ट्रफीको लागि आउँदैछौं,’ उनले भने ।
पहिलो संस्करणको एनपिएल एकदमै विशेष रहेको सोहेलले उल्लेख गरे । उनले भने, ‘पछिल्लो सिजन एकदमै स्पेशल रह्यो । मैले एन्जोइ गरे । ड्रेसिङ रुम, ग्राउण्ड, क्राउड, समर्थक सबै मेरा लागि एकदमै विशेष रह्यो । नयाँ सिजनको एनपिएलमा चितवन राइनोजबाट खेल्न एकदमै उत्साहित छु ।’
सोहेलले पहिलो सिजनको एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी सिजनभर सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा थिए । उनले ८ खेलबाट १४ विकेट लिएका थिए । सोहेलले सन् २००७ देखि २०१७ सम्म पाकिस्तानको राष्ट्रिय टिमबाट खेलेका थिए । पाकिस्तानबाट उनले ६२ टी–२०आई, ५७ ओडिआई र २ टेष्ट खेलेका छन् ।


कैलाली । २०७६ सालदेखि लगातार छेडेदह कप फुटबल प्रतियोगिता आयोजना गरिरहेको छेडेदह स्पोट्र्स क्लबको पहिलो पटक जिल्लामा छेडेदह क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।
सामान्य फुटबल प्रतियोगिताबाट सुरु भएको छेडेदह कप गोल्डकप सम्म पुगेको थियो । कैलाली र कञ्चनपुरपछि पहाडी सात जिल्लामा पहिलो पटक गोल्डकप आयोजना गरिएको क्षेत्रमा अहिले क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
छिमेकी बुढिनन्दा नगरपालिकाका मेयर जनक बोहराले उद्घाटन गरेको छेडेदह क्रिकेट प्रतियोगिताले सुदूरको पहाडी जिल्लामा क्रिकेटको क्रेज बढाउने अपेक्षा गरिएको छ ।
‘सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि हो । राष्ट्रिय टिममा पनि थुप्रै खेलाडीहरू सुदूरपश्चिमका छन् । क्रिकेटको भूमिमा अझै क्रिकेट खेलाडीहरू उत्पादन गराउन हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ ’ प्रतियोगिता संयोजक कृष्ण ओलीले भने ‘छेडेदहलाई हामी खेलकुदको माध्यमबाट देशभरि चिनाउन चाहन्छौँ ।’
पहिलो पटक व्यवसायीक रूपमा आयोजना गर्न लागिको क्रिकेट प्रतियोगितामा ८ टिम सहभागी छन् । ती मध्ये आधा टिम एउटै पालिका भित्रका छन् ।
आटिचौरमा आयोजना भइरहेको प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले ११ हजार नगद पाउने छन् ।
‘हामीले पहिलो पटक क्रिकेटको क्रेज बढाउन प्रतियोगिता आयोजना गर्न लागेका हौँ यसको सफलतापछि हामी प्रत्येक वर्ष यसलाई अझै भव्य बनाउने छौँ ’ आयोजक क्लबका अध्यक्ष लोकेन्द्र खड्काले भने ‘फुटबल पछि हामीले क्रिकेट गर्दै छौँ । अन्य खेलहरू पनि आयोजना गरेर यो भूमिलाई खेलकुदको हब बनाउने छौँ । ’
छेडेदहमा ताल नजिकै क्रिकेट मैदान बनाउने योजना अघि सारिएको छ । यो मैदान सुदूरपश्चिम प्रदेशका सबैभन्दा रमणीय मैदान बनाइने बताइएको छ ।
आगामी १० गतेसम्म चल्ने क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै बुढिनन्दा नगरपालिका प्रमुख जनक बोहराले प्राकृतिक रूपले अत्यन्त सुन्दर रहेको छेडेदहमा आयोजना हुने साना ठुला प्रतियोगिताहरूले यहाँको पर्यटन प्रवर्द्धनमा निकै ठुलो टेवा पुग्ने बताएका थिए ।
‘बाजुरामा समस्या मात्रै छैन त्यो भन्दा कयौँ धेरै सम्भावनाहरू छन् । अब त्यस्ता सम्भावनाहरूले यस्ता प्रतियोगिताहरूको माध्यमबाट नागरिकहरूले थाहा पाउने छन् मेयर बोहराले भने, छेडेदह पनि आफैमा सुन्दर क्षेत्र हो । अब यसको पनि उजागर हुने छ ।’
आटिचौरमा विभिन्न खेलकुदका गतिविधि बढ्दा छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा यहाँका स्थानीयले गरेका छन् ।


काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले इंग्ल्याण्डका एडम रोसिङ्गटनलाई भित्राएको छ ।
पोखराले सामाजिक सन्जालमार्फत विकेटकिपर ब्याटर एडमलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
३२ वर्षिय एडमले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलिसकेका छन् । एडमसंग पाकिस्तान सुपर लिग,बंगलादेश प्रीमियर लिग, भाईटालिटी ब्लास्ट जस्ता लिग खेलेको अनुभव छ ।


काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.ली.ले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् ।
कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ । जसले कर्णाली प्रदेशको भौगोलिक र साँस्कृतिक महत्व पनि राख्नेछ ।
दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् । विपिनसँगै दीपेन्द्र, अर्जुन र युनिससिंह कर्णाली प्रदेशकै खेलाडी हुन् ।
त्यस्तै, क्लबले पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ । २९ वर्षीय वाटले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् ।


झापा । यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताए । उनले रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको बताए ।
शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताए । झापाको इतिहासमा पहिलोपटक अन्तरराष्ट्रिय गोल्डकप प्रतियोगिता सञ्चालन हुन लागेकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैले सहयोग गरिरहेको उनले बताए।
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, अन्य तीन वटा ए–डिभिजन क्लब र भारत, भूटानलगायतका देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई १० लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५–२५ हजार प्रदान गरिने र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई १५ हजार प्रदान गरिने जनाइएको छ ।


काठमाडौं । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।


भोजपुर । भोजपुरको हतुवागढी-९ हलेदेस्थित कोप्चे खेलमैदानमा ‘प्रथम हलेदे पुरुष भलिबल प्रतियोगिता-२०८२’आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी कार्तिक ९ गतेदेखि १३ गतेसम्म आयोजना हुने बुधबार कोप्चेमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक देवाहाङ राईले जानकारी दिए ।
प्रतियोगितामा आयोजक युँइवा युवा क्लबका दुई टिमसहित सुनसरी, धनकुटा, उदयपुर, भोजपुरलगायतका ३० टिम सहभागी हुने बताइएको छ ।
प्रतियोगिताको विजेताले ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै तेस्रो र चौंथो हुने टिमले समेत ११र११ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताअन्तर्गत बेस्ट प्लेयरले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै विधागत उपाधितर्फ बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट डिफेन्स र बेस्ट ब्लकरले जनही १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
साविक वडास्तरीय प्रतियोगितालाई स्तरोन्नति गर्दै हलेदे पुरुष भलिबल प्रतियोगिता(२०८२ आयोजना गरिएको क्लबका अध्यक्ष टेकनाथ राईले जानकारी दिए ।


काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा।लीले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराए ।
‘पहिलो संस्करणमा झै हामीले दोस्रो संस्करणमा पनि ट्यालेन्ट हन्ट आयोजना गर्दैछौं । यसपटक पनि हामी विपिन शर्मा जस्तै नयाँ स्टार खोज्ने प्रयासमा हुन्छौं,’ निर्देशक घिमिरेले भनेका छन् ।
कर्णाली याक्सले आगामी नोभेम्बर ३ अर्थात कार्तिक १७ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्यालेन्ट हन्ट हुने जानकारी गराएको छ । इच्छुक खेलाडीलाई नाम दर्ता गर्न पनि कर्णाली याक्सले अनुरोध पनि गरेको छ ।
दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।
१६ वर्षीय स्पिनरले ८ खेलाडीमा १३ विकेट लिएका थिए । उनी एनपिएलमा सर्वाधिक धेरै विकेट लिने पाँचौ खेलाडी समेत बनेका थिए । यसपछि उनले नेपालको यु–१९ टिमको कप्तानी गरेका थिए ।


काठमाडौं । स्कटल्यान्डका मार्क वाटले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएको छ । कर्णालीले सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीको रुपमा वाटलाई भित्राएको जानकारी दिएको हो ।
२९ वर्षीय वाट बलिङ अलराउन्डर हुन् । उनले स्कटल्याण्डका लागि ७७ टी-२०आई खेल खेलेका छन् । उक्त खेलमा ८९ विकेट र २९४ रन लिएका छन् ।
वाटले सन् २०१६ बाट स्कटल्याण्डको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् ।


काठमाडौं । विजया दशमी, शुभदिपावली, छठ पर्व २०८२ तथा नेपाल संवत ११४६ को अवसर पारेर आयोजित आठौं पिस फिटनेस सेन्टर ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ।
पिस फिटनेस सेन्टर, पेप्सीकोला टाउन प्लानिङद्वारा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा मेन्स डबल खुल्ला, मेन्स डबल भेट्रान्स र मेन्स डबल सुपर भेट्रान्स तर्फका खेलहरू सम्पन्न भएका हुन्।
काठमाडौँ महानगरपालिका वडा नं. ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६, ७, ८ र ९ का ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको मेन्स डबल फाइनलमा दिनेश केसी र अनुप घिमिरेको जोडीले उमेश धिताल र कुन्दन कडरियाको जोडीलाई तेस्रो सेटमा पराजित गरेका थिए।
प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो सेट २३–२१ ले उमेश–कुन्दन जोडीले जिते पनि दोस्रो र तेस्रो सेट क्रमशः २१–१६ र २१–१८ को नतिजाले दिनेश–अनुप जोडीले उपाधि हात पारेका थिए।
त्यस्तै, मेन्स डबल भेट्रान्स समूहमा गणेश थापा र अशोक उदाशको जोडीले बिष्णु बस्नेत र रामचन्द्र कार्कीको जोडीलाई सोझो सेटमा २१–१६ र २१–१७ को स्कोरमा पराजित गर्दै उपाधि जितेका थिए।
रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरूका बीच सम्पन्न मेन्स डबल सुपर भेट्रान्स समूहमा गोपाल खापुङ मगर र मणी गौतमको जोडीले श्रीराम खड्का र कालीदास देवकोटाको जोडीलाई सोझो सेटमा २१–१८ र २१–१६ को नतिजाले पराजित गरेका थिए।
गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा मेन्स डबल खुल्ला समूहमा ४७ टिम, मेन्स डबल भेट्रान ४५ वर्ष समूहमा ३९ टिम, र मेन्स डबल ५५ वर्ष समूहमा १७ टिम खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता संन्जय कपालीको नेतृत्व र नरेन्द्रराज न्यौपानेको संयोजनमा तथा राष्ट्रिय रेफ्री राजु दउजाको सञ्चालनमा सम्पन्न भएको थियो।
विजयी खेलाडीहरूलाई महालेखा परीक्षक तोयमराज राय, मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमलप्रसाद भट्टराई, सिनामंगल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेल र राष्ट्रिय वाणिज्य बैंकका पूर्व कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठ लगायतका अतिथिहरूले नगद, स्वर्ण, रजत, कांस्य पदक, ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए।
त्यसैगरी, प्रतियोगितामा ईमर्जिङ खेलाडीको रूपमा कुन्दन कडरियालाई पुरस्कृत गरिएको थियो भने ७५ वर्षीय खेलाडी देवराज केसीलाई प्रोत्साहनस्वरूप सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।


काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरेको हो ।
विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दशै र तिहारकाबीचमा पनि सवै खेलाडीहरुले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।
तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरुले राम्रो तयारी गरेको उनको भनाइ छ । त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टीम बनेको उनले बताए । उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फम्र्याट तयार गर्न आफुले काम गरेको उल्लेख गरे ।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताइन् ।
यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टीम मैदानमा उत्रने उनको भनाइ छ ।
नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।


काठमाडौं । होटेल तथा हस्पिटालिटी म्यानेजमेन्ट व्यवसायी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् ।
उनले तेक्वान्दो डोजाङ चलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्रशिक्षित गरेका छन् ।
२०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न सुरु गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा दर्जनौँ पदक हासिल गरेका छन्।
यसअघि उनी संघको केन्द्रीय सदस्य एवं तेक्वान्दो राष्ट्रिय टिमका संयोजक थिए।


सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आयोजित स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करणको विजेता राहुल लिम्बू नै बनेका छन् ।
पहिलो र दोस्रो संस्करणको विजेता बनेका उनले सोमबार आयोजित प्रतियोगितामा १ सय १७ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम पुरस्कार २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता बनेका उनले २७ स्किप गरेका थिए ।
२५ स्किप गरेका भोजपुरका मनिष राई दोस्रो बने । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा वराहक्षेत्रका अधिकलाल चौधरी १९ स्किप गर्दै तेस्रो बने । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

कोशी प्रदेश पर्यटन वर्ष-२०८२ का सहसंयोजक भविशकुमार श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उनले पर्यटनको विकासका लागि नौलो खेल पानी सुल्के प्रतियोगिताले प्रचार प्रसार र प्रवर्धन गरेको बताए । प्रदेश सरकार र पर्यटन व्यवसायीले समेत प्रतियोगिताको प्रवर्धन गर्ने बताए ।
चतरा हाइकिङ समूहको आयोजनामा बर्सेनि हुँदै आएको प्रतियोगिताले स्थानीय पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्द्धन गर्ने साथै नेपालको मौलिक खेललाई देशैभरि स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए ।



कैलाली । कैलालीमा मदन भण्डारी कप जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।
घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्तिराज्य लक्ष्मी माविको खेलमैदानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले गरेका हुन्।
नगरप्रमुख रावतले नेपालको राष्ट्रिय झन्डा र मदन भण्डारी एकेडेमीको झन्डा फहराएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा मदन भण्डारी एकेडेमीका केन्द्रीय सदस्य ज्ञानु चौधरी, कैलाली जिल्ला अध्यक्ष मदन ओझा, नेकपा एमालेकी जिल्ला कमिटी सदस्य करुणा बम, एमालेका स्थानीय नेता कार्यकर्ता, पहलमानपुर बजार व्यवस्थापन समितिका अध्यक्ष करण विष्ट लगायतले मन्तव्य दिएका थिए ।
आइतबार खेलिएको पहिलो उद्घाटन खेलमा सहारा युवा क्लब पहलमानपुरले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा सहारा युवा क्लबले घोडाघोडी नगरपालिका वडा नम्बर १२ लाई ०–१ गोल अन्तरले पराजित गरेको हो।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले ५२ हजार २ सय ५०, उपविजेता टिमले ३२,हजार २ सय ५० तथा उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।


काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । पाल्पाली ढाकाको ढाँचा समेत प्रयोग गरी बनाइएको जर्सीलाई लुम्बिनीको पहिरनको रूपमा चिनाउने लुम्बिनीको लक्ष्य छ ।
जर्सीमा प्रत्येक धागोमा हाम्रो कथा, पहिचान र एकता बनेको लुम्बिनीले जनाएको छ । गर्दनको भागमा रहेको रहेको सुनौलो रङ्गले सांस्कृतिक धरोहरहरू को गजुरलाई प्रतिनिधित्व गर्ने क्लबकी सिइओ भावना घिमिरेले बताइन् ।
‘जर्सीको काँधको भागमा बलिरहेको ज्वालाले लुम्बिनीको शान्तिदीपलाई जनाउँछ । जुन शान्ति र आशाको उज्यालो हो।पाखुराको भागमा रहेका साना रेखाहरूले सिंहको केशलाई जनाउँछन् जुन साहस र शक्तिको प्रतीक हो । जर्सीको बिच भागमा रहेको सिंह सिंहले आफ्नो पहिचान जनाउँछ जुन लुम्बिनीको रक्षक को स्वरूपलाई चिनिन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो जर्सीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूको प्रतिनिधित्व गर्ने लुम्बिनीको विश्वास छ ।


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन् ।
साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काले आइतबार महासचिव राईलाई निलम्बन गरेका हुन् ।
राईलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै कार्यवाहक अध्यक्ष खड्काले अर्को कार्यसमिति बैठकसम्मका लागि राईलाई निलम्बन गरेका हुन् ।
उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिव संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ ।



पोखरा । नेपालले सन् २०२६ को फेब्रुअरीमा श्रीलंका र भारतमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा आफ्नो स्थान पक्का गरिसकेको छ। ओमानमा भएको टी-२० विश्वकप एसिया छनोटको सुपर-सिक्समा शीर्ष स्थानमा रहँदै नेपालले विश्वकपमा स्थान बनाएको हो। उक्त छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो । नेपालले अन्तिम खेलमा बिहीबार सामोआमाथि सहज जित दर्ता गर्यो ।
नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो। सन् २००७ देखि सुरु भएको टी-२० विश्वकपमा नेपालले सुरुदेखि नै छनोट खेल खेल्दै आए पनि सन् २०१४, २०२४ र २०२६ बाहेकका संस्करणमा छनोट चरणबाटै बाहिरिएको छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसपछि दोस्रो पटक विश्वकप खेल्न एक दशक लाग्यो । नेपालले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा भएको टी-२० विश्वकप खेल्यो।
सन् २०२२ को विश्वकप छनोटमा यूएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपनामा तुषारापात भएको थियो। सन् २०२४ को विश्वकप छनोटमा यूएईलाई नै हराउँदै नेपालले दोस्रो पटक टी-२० विश्वकपको टिकट काटेको थियो। दोस्रोपछि तेस्रो पटक टी-२० विश्वकप खेल्न भने नेपाललाई धेरै समय लागेन । सन् २०२६ मा हुने टी-२० विश्वकपमा नेपाल छनोट मात्र भएन, आफूलाई एक सशक्त हिस्सेदारका रूपमा उभ्याउन सफल भयो ।
सन् २०२२ मा विश्वकप छनोटबाट बाहिरिँदा, सन् २०२४ को विश्वकप खेल्दा र २०२६ को विश्वकपमा छनोट हुँदा टोलीका अधिकांश खेलाडी उही छन्। तर, लगानी, मिहिनेत र आत्मबलका कारण खेलाडीको स्तर वृद्धि भयो र नेपालले विश्वकपमा स्थान पक्का गर्यो।
सन् २०२२ यता नेपाली क्रिकेटमा खेलाडीको सेवा-सुविधादेखि खेल्ने प्रतिस्पर्धीसमेत फेरिएका छन्। राष्ट्रिय टोलीमा रहेका खेलाडीले मासिक एक लाख रुपैयाँसम्म पारिश्रमिक पाउँछन्। ‘क्रिकेट खेलेर के हुन्छ र?’ भन्ने खेलाडीको सोचमा परिवर्तन आई अहिले ‘क्रिकेटमै भविष्य छ’ भन्ने भएको छ। विभिन्न व्यापारिक घराना पनि क्रिकेट खेलाडीमा लगानी गर्न उत्साहित देखिन्छन्। साथै, क्यान पनि खेलाडीलाई स्तरीय खेल खेलाउन कुनै कसर बाँकी राखेको देखिँदैन।
नेपालले विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलियामा ‘टप एन्ड टी-२०’ सिरिजदेखि टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिजसम्म खेल्यो। विश्वकप छनोटका लागि पहिलो पटक गत भदौमा भएको ‘टप एन्ड टी-२०’ सिरिजमा नेपाली टोली सहभागी भयो । उक्त सिरिजमा पाकिस्तान र बंगलादेशका ‘ए’ टीम तथा बिग ब्यास लिग खेलिसकेका अनुभवी टोलीसँग नेपालले प्रतिस्पर्धा गर्ने अवसर पायो।
यस्तै, उक्त सिरिजपछि नेपालले अस्ट्रेलियामै थप पाँच अभ्यास खेल खेल्यो, जसले नेपाली खेलाडीलाई थप अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्यो। क्यानले बन्द प्रशिक्षणमा रहेका केही खेलाडीलाई प्रशिक्षणका लागि भारतमा पनि पठायो। केहीले नेपालमै प्रशिक्षण गरे । त्यससँगै नेपाल ‘ए’ टिमलाई भारतको आसाम टिमसँग टी-२० सिरिज खेलाइयो । उक्त सिरिजमा नेपाल ‘ए’ टीमबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडी आदिल अन्सारी र सन्दीप जोरा विश्वकप छनोटका लागि टोलीमा परे ।
नेपालले विश्वकप छनोटको केही दिनअघि मात्रै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज खेल्यो। घरेलु मैदानमा आवश्यक संरचना नहुँदा क्यानले यूएईमै गएर भए पनि ऐतिहासिक सिरिज आयोजना गर्न सफल भयो। उक्त सिरिजमा नेपालले वेस्ट इन्डिजमाथि २-१ को ऐतिहासिक जितसमेत दर्ता गर्यो। यो खेलले नेपाली खेलाडीको स्तर परीक्षण त भयो नै, विश्वकप छनोटअघि खेलाडीको आत्मबल उच्च बनाउन पनि मद्दत पुग्यो ।
सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका शक्ति गौचन क्रिकेटको बढ्दो क्रेज र खेलाडीको मिहिनेतका कारण नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न सम्भव भएको बताउँछन् ।
उनी भन्छन्, ‘खेलाडीको सुविधा, स्तरवृद्धि सबै ठीक बाटोमा हुँदा नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो
नेपालले चाँडै नै एकदिवसीय विश्वकपसमेत खेल्ने शक्तिमा विश्वास छ । ‘नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्दैछ। चाँडै नै नेपालले एकदिवसीय विश्वकप खेल्नेछ। त्यसका लागि ग्रासरुटदेखि नै काम हुन जरुरी छ,’ उनले भने ।
सन् २०२४ को विश्वकपमा उपविजेता बनेको दक्षिण अफ्रिकासँगको एक रनको हार नेपाली समर्थकले पक्कै बिर्सिएका छैनन्। भर्खरै सकिएको विश्वकप छनोटमा त्यस्तै एक रनको हारको चोट नेपालले यूएईलाई दिएको छ, जुन उनीहरूका समर्थकले पनि बिर्सन सक्ने छैनन् । नेपाल अन्तिम ओभरमा गएर हारेका धेरै उदाहरण छन्। दबाबमा नेपाली खेलाडी खेल्न सक्दैनन् भन्ने भाष्य नेपाली क्रिकेटमा थियो । तर, यस पटकको छनोटमा उक्त भाष्यलाई नेपाली खेलाडीले गलत साबित गरिदिएका छन्। जस्तोसुकै परिस्थितिमा पनि नेपालले जित निकाल्न सक्छ भन्ने खेलाडीले देखाएका छन् ।
नेपाल लगातार विश्वकपमा छनोट हुनुमा नेपाली समर्थकको पनि उत्तिकै योगदान छ । समर्थककै कारण आईसीसी र अन्य बलिया टोलीले नेपाली क्रिकेटलाई हेर्ने दृष्टिकोण फरक छ । आईसीसीले लगातार दुई पटक नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ दिइसकेको छ ।
नेपालले पहिलो पटक सन् १९९६ मा अन्तर्राष्ट्रिय खेल खेल्दा टोलीका सदस्य रहेका सञ्जय गुरुङ खेलाडीको मानसिकता र स्तरीय खेलका कारण नेपालले यो उपलब्धि हासिल गरेको बताउँछन् ।
‘क्रिकेटसँगै घरेलु लिगहरू पनि भइराखेका छन्। खेलाडीहरूको मानसिकता बलियो छ। उनीहरूले स्तरीय खेल खेलिरहेका छन्। जुन हिसाबले तयारी गरिएको थियो, यो त्यसैको प्रतिफल हो,’ उनले भने, ‘खेलाडीमा विश्वास छ। यसअघि अन्तिममा आएर हारिरहेका खेलाडीले अहिले जितिरहेका छन्। उनीहरू मानसिक रूपमा तयार छन् ।’
खेलाडीहरूमा हरेक दुई वर्षमा नेपालले विश्वकप खेल्नुपर्छ भन्ने मानसिकता बनिसकेको गुरुङको अनुभव छ। अब नेपाल एकदिवसीय विश्वकप र टेस्ट राष्ट्रको मान्यताको बाटोमा अघि बढेकाले संरचना निर्माण र ग्रासरुट विकासमा लाग्नुपर्नेमा गुरुङले जोड दिए ।
‘अब ५० ओभरको विश्वकप खेल्ने मानसिकता राख्नुपर्छ। अन्तर्राष्ट्रिय खेल हुँदा घरेलु लिग पनि हुनुपर्छ। संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्छ। ग्रासरुटबिना एकदिवसीय विश्वकप र टेस्ट राष्ट्रको मान्यता सम्भव हुँदैन,’ उनले भने ।
नेपालले पहिलो पटक विश्वकप खेल्दा कप्तानी गरेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ (क्यान) का सचिव छन्। उनकै नेतृत्वमा गत मंसिर-पुसमा नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न भयो । उक्त लिगमा विश्वका उत्कृष्ट क्रिकेटर आएर खेल्दा नेपाली खेलाडीका लागि सिकाइको माध्यम बन्यो, जसले उनीहरूको टी-२० खेल खेल्ने आत्मविश्वाससमेत बढायो ।
विश्वकप छनोटका लागि क्यानले सक्दो लगानी गरेको सचिव खड्का बताउँछन् । ‘विश्वकप छनोटको तयारीका लागि क्यानले आफ्नो स्रोत र साधनभन्दा पनि माथि उठेर लगानी गरेको थियो,’ उनले भने, ‘राष्ट्रिय टोलीमा पर्ने खेलाडीहरूका लागि क्रिकेट खेलमै लागेर भविष्यलाई राम्रो र सुनिश्चित गर्ने आधार बनेको छ ।’
घरेलु संरचना विकास भएमा नेपाल छोटो समयमै बलियो राष्ट्र बन्ने पारसको विश्वास छ।
‘पछिल्ला ४-५ वर्षदेखि नै युवा टोलीले जुन एउटा जोश, जाँगर, आशा र भरोसा हामी सबैलाई दिएको छ,’ उनी भन्छन्, ‘आशा गरौँ कि आगामी दिनमा विश्वकपमा राम्रो प्रदर्शन गर्दै जाँदा हाम्रो घरेलु संरचना र पूर्वाधारहरूमा परिवर्तन ल्याउने हो भने एउटा बलियो राष्ट्र बन्न धेरै लामो समय कुर्नुपर्दैन ।’


काठमाडौं। अष्ट्रेलियाविरुद्धको एकदिवसीयमा भारतले लज्जास्पद हार व्यहोरेको छ । वर्षाका कारण २६ ओभरमा घटाइएको खेलमा भारतले दिएको १३१ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेट र २९ बल बाँकी छँदै भेट्यो ।
दुई अनुभवी ब्याट्सम्यानमा रोहित शर्मा र बिराट कोहली फ्लप हुँदा भारतको इनिङ सुरुमै लड्खडाएका थिए । रोहितले ८ रन जोडेर आउट भए भने ८ बलको सामना गरेका कोहलीले एक रन पनि बनाउन सकेनन् । उनी अष्ट्रेलियामा पहिलोपटक डकआउट भएका थिए ।
अक्षर पटेलले ३१ र केएल राहुलले ४८ रन बनाएर भारतलाई अलिकति सान्वना दिए । अगट्रेलियाका जोश हेजलउड, मिचेल ओवेन र म्याथ्यु कुहनमनले २–२ विकेट लिए । कसिलो बलिङ गरेका मिचेल स्टाकको खातामा एक विकेट रह्यो ।
डीएल मेथड अनुसार अष्ट्रलियाले २६ ओभरमा १३१ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । अष्ट्रेलियाका कप्तान मिचेल मार्सले ५२ बलमा ४६ रन बनाउँदै भारतलाई निराश पारे । ट्राभिस हेड (८रन) र म्याथु सर्ट (८रन) सस्तैमा आउट भए पनि जोस फिलिपले ३७ र म्याथ रेनशउले २१ रन बनाउँदै अष्ट्रेलियालाई आरामदायी जित दिलए ।
यससँगै ३ म्याचको एक दिवसीय श्रृंखलामा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।


काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो ।


काठमाडौं । हरिहजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि थापालई कप्तान जिम्मेवारी प्रदान गरेको हो ।
२०८० सालमा भएको ७औं प्रधानमन्त्री कप एनभीए लिगको खेलमा क्रममा गण्डकी प्रदेश त्रिभुवन आर्मी क्लबबिचको खेलमा क्रममा गलत आचरण गरेको भन्दै थापाको कप्तानी खोसिएको थियो । पुनः २ वर्षपछि जिम्मेवारीमा फर्किएका हुन् ।
यस्तै जेनिशा विकलाई श्रीलंकामा हुने काभा यू(१९ महिला भलिबलका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको छ ।


काठमाडौं । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ ।
शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो ।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।
समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।
आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने च्याम्पियन बन्नेछ । नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेका छन् ।


काठमाडौं । आउँदो वर्ष भारत र श्रीलंकामा हुने टी २० विश्वकप खेल्ने सबै २० टीमको टुंगो लागेको छ । ओमानमा जारी पूर्वी एसिया प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा टप ३ टिम निश्चित भएसँगै विश्वकपमा कोटा पूरा भएको हो ।
आज भएको म्याचमा यूएईले जापानलाई हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । नेपाल र ओमानपछि यूएईले स्थान बनाएको हो ।
आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्वकपमा आयोजकको रुपमा भारत र पाकिस्तानले स्थान बनाएका हुन् । सन् २०२४ मा भएको टी–२० विश्वकपमा शीर्ष–७ मा रहेका टोलीले पनि स्वत स्थान बनाइसकेका छन् ।
जसमा दक्षिण अफ्रिका, अष्टे«लिया, इग्ल्याण्ड, अफगानिस्तान, बंगलादेश, वेष्ट इन्डिज र अमेरिका छन् ।
आईसीसीको टी–२० को शीर्ष वरियतामा रहेका तीन देश पाकिस्तान, न्यूजिल्याण्ड र आयरल्याण्डले पनि विश्वकपको टिकट काटिसकेका छन् । बाँकी ८ टोलीले भने विभिन्न छनोट पार गरी विश्वकपमा स्थान पक्का गरेका हुन् ।
अमेरिका क्षेत्र छनोटबाट क्यानडा, युरोप क्षेत्र छनोटबाट इटाली र नेदरल्यान्डस्, अफ्रीका क्षेत्र छनोटबाट नामिबिया र जिम्बाब्बे विश्वकपमा पुग्दा एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमन र युएईले विश्वकपमा स्थान पक्का गरेका हुन् ।


काठमाडौं। कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ ।
बिहीबार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए ।
कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपीएल हुन लागेकोमा खुसी व्यक्त गरे । यस्तै घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए ।
नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउदै यो सहकार्यले व्यवसायीक यात्रा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि भएको हो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ । नेबिको गुल्कोज, कोकोनट बिस्कुट लगातयका उत्पादन चर्चित छन् ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ ।
एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।


काठमाडौं । अष्ट्रेलियाका डार्शी शर्टले लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । लायन्सले आज सामाजिक सन्जालमार्फत डार्शीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
बाँयाहाते ओपनिङ ब्याटर डार्शी अष्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका छन् । डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टी–२०आई र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले अष्ट्रेलियाका लागि २३ टी–२०आईमा ६४२ र ८ ओडिआईमा २११ रन बनाएका छन् ।
डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ ।


काठमाडौं । नेपालले ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताए ।
नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ । हिजो भएको म्याचमा घरेलु टिम ओमानलाई पराजित गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएको हो । अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ ।
घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो । कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख छ ।
नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।
विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।
छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
नेपालले अब अन्तिम खेल सामोआसँग खेल्नेछ । उक्त खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हार्यो र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हार्यो भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हार्यो र ओमानले जित्यो भने चाहिँ रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्नेछन् ।


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत ओमनमाथी जित निकाल्दा उत्कृष्ट ब्याटिङ गरेका कुशल भुर्तेल प्लेयर अफ द म्याच बनेका छन् ।
ओमनविरुद्ध ओपनर कुशलले ५१ बलमा ६८ रन बनाएका थिए ।


काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।
ओमनका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा नेपालका गुल्सन झाले ३, सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए । नेपालले अब अन्तिम खेल सोमाआसंग खेल्नेछ ।


काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले ओमनलाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए ।


काठमाडाै । नेपाली ब्याटर कुशल मल्लले टी-२०आई क्रिकेटमा १००० रन पूरा गरेका छन् । ५९ खेलमा एक हजार रन पूरा गरेका हुन् । उनी एक हजार रन पूरा गर्ने पाँचौ नेपाली खेलाडी हुन् ।


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत खेलमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनमा जारी छनोटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुई खेलअगावै नेपाल र ओमनले टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।


काठमाडौं । नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीमले विश्वकपको टिकट काटेका हुन् । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।
अहिले भर्खर सकिएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो । प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् ।
नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा । अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।
२०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरुलाई कडा टक्कर दिएको थियो ।


टी–२० विश्वकप छनोट सुपर सिक्समा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।रोहितले ३५ बलमा काठमाडौं ।अर्धशतक पूरा गरेका हुन् ।


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत कतारविरुद्ध नेपालका मोहम्मद आदिल आलम प्लेइङ-११ मा अटाएका छन् ।
युएईसँगको खेलको प्लेइङ-११ मा एक परिवर्तन गरिएको छ । स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै आदिललाई प्लेइङ-११ मा समावेश गरिएको छ ।
कतारविरुद्ध नेपालको प्लेइङ-११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, आदिल आलम र सोमपाल कामी ।