Tag: खेल प्रेस

  • आईपिएलको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी

    आईपिएलको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

    विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसिबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरू भएको औपचारिक रूपमा जनाएको छ ।

    युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाइएको पत्रमा आरसिबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भनेका छन् । तथापि, उनले यसलाई ‘हाम्रो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका’ कारण समीक्षा आवश्यक भएको बताए ।

    ‘यो निर्णयले युएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ’, सोमेश्वरले भने, ‘हामी आरसिबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ ।’

    यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड सम्म फैलिने बताइएको छ र आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ ।

    सन् २००८ मा स्थापना भएको यो चर्चित टी–२० क्रिकेट लिगमा आरसिबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आइपिएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्याङ्कन लक्ष्य राखिरहेका छन् ।

    तर विजयको उत्सवपछि आरसिबीमाथि दुःखद क्षण पनि आयो । अहमदाबादमा अन्तिम जित हासिल गरेको एक दिनपछि, बैङ्गलोरको एम. चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जना प्रशंसकको मृत्यु भयो भने ५० भन्दा बढी घाइते भए । हजारौँको भीडले आफ्ना प्रिय नायक विराट कोहली र विजयी टोलीलाई घर फर्किँदा स्वागत गर्न सडकमा उत्रिएका थिए ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई ‘पूर्ण रूपमा हृदयविदारक’ भन्दै गहिरो शोक प्रकट गरेका थिए । कप्तान कोहलीले पनि सामाजिक सञ्जालमार्फत लेख्दै आफू ‘शब्दविहीन र अत्यन्त पीडित’ भएको प्रतिक्रिया दिएका थिए ।

    आरसिबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ ।

  • एसियन आर्चरी च्याम्पियनसिपमा खेल्ने नेपाली टिमको बिदाइ

    एसियन आर्चरी च्याम्पियनसिपमा खेल्ने नेपाली टिमको बिदाइ

    काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधवार २४ औँ एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई बिदाइ गरेका छन् ।

    विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियनसिप बंगलादेशको ढाकामा हुँदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियनसिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।

    राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

    एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

  • युएई सिरिजमा निराशा: कहाँ चुक्यो नेपाल ?

    युएई सिरिजमा निराशा: कहाँ चुक्यो नेपाल ?

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएई सिरिज नेपालका लागि बिर्सनलायक रह्याे । नेपालले सिरिजका ४ वटै खेलमा हार बेहोर्न बाध्य भयाे ।

    लगातार चौथो खेलमा पराजित हुँदा नेपाल लिग–२ को शीर्ष चारमा रहँदै ओडिआई स्टाटस जोगाउने र विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने सम्भावनामा थप चुनौती थपिएको छ ।

    लिग–२ को अंकतालिकामा २० खेल खेलेको नेपाल १२ अंक जोड्दै सातौं स्थानमा छ । २४ खेलबाट ३६ अंक जोड्दै अमेरिका पहिलो र २० खेलबाट १० अंक जोड्दै युएई अन्तिम स्थानमा छन् । यो सिरिजमा नेपाल अमेरिकासँग पहिलो खेलमा १०६ रन र दोस्रो खेलमा ४ विकेटले पराजित भयो । युएईसँग नेपाल ४ र ५ विकेटले हार बेहो¥यो ।

    ४ खेल गुमाउँदा ब्याटिङ, बलिङ र फिल्डिङ तिनै क्षेत्रमा नेपालले सन्ताेषजनक प्रदर्शन गर्न सकेन । ब्याटिङमा कप्तान रोहित पौडेलले एक शतक र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दा अन्य खेलाडीबाट ठूलो स्कोर आउन सकेन । नेपाली ब्याटर केही समय क्रिजमा टिक्ने र गलत समयमा आउट हुने सिलसिला चलिरह्याे ।

    युएईसँगको अन्तिम खेलमा ५ ब्याटरले ३० प्लस रन जोडे । तर, कुनै पनि ब्याटरले त्यसलाई ठूलो स्कोरमा कन्भर्ट गर्न सकेनन् ।
    ओडिआईमा ठूलो स्कोर बनाउन साझेदारी एकदमै महत्वपूर्ण हुन्छ । नेपाली ब्याटरले ४ वटै खेलमा ठूलो साझेदारी गर्न सकेनन् ।

    अमेरिकाविरुद्ध कप्तान रोहित र उपकप्तान दीपेन्द्रले पाचौं विकेटका लागि गरेको ८९ रनको साझेदारी नै नेपाली खेलाडीले सिरिजमा गरेको सबैभन्दा ठूलो साझेदारी हो । ब्याटरबीच ठूलो साझेदारी बन्न नसक्दा नेपालले ठूलो स्कोर खडा गर्न सकेन ।
    यो सिरिजमा नेपालको ओपनिङ पनि सुखद हुन सकेन । पहिलो पावर प्लेमा नेपालले लगातार विकेट गुमाउँदै गयो । नेपालले चार खेलमा ०, २, ४ र २३ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर कुशल भुर्तेलले एक खेलमा ४७ रन बनाउँदा अन्य तिन खेलमा १० रन कटाउन सकेनन् । ३ खेलमा राम्रो सुरुआत पाएका ओपनर आसिफ शेखले पनि ठूलो स्करमा बदल्न सकेनन् ।

    ओडिआइ प्लेयरको रुपमा चिनिने भीम सार्की र आरिफ शेखले औसत प्रदर्शन गरे । तर, ठूलो स्कोर भने उनीहरुले पनि खडा गर्न सकेनन् । आशा गरिएका गुल्सन झाले यो सिरिजमा निराश तुल्याए । कप्तान रोहित र उपकप्तान दीपेन्द्रको प्रदर्शन ठीकठाक रह्यो ।

    बलिङमा पनि नेपाल खासै जम्न सकेन । ४ खेलमा ३९ विकेट गुमाएको नेपालले २३ विकेट मात्रै लिन सक्यो । नेपाललाई चाहिएको बेला कुनै पनि खेलाडीले विकेट निकाल्न सकेनन् । ६८ मा ३ विकेट गुमाएको युएईले चौथो विकेटका लागि १४७ रनको साझेदारी गर्दै जितको बाटो पहिल्यायो ।

    अमेरिकासँगको दोस्रो खेलमा मिलिन्द कुमार र सैतेजा मुक्कामल्लको साझेदारी तोड्न नसक्दा नेपालले हार टार्न सकेन ।
    बलिङमा सन्दीप लामिछानेका बाहेक अन्य बलर चल्न सकेनन् । मुख्य स्पिनर सन्दीपले ४ खेलमा ८ विकेट लिँदा अर्का स्पिनर ललित राजवंशी फ्लप भए । उनी ३ खेलमा विकेटविहिन बन्न पुगे ।

    पेस बलिङ डिपार्टले पनि यो सिरिजमा नेपाललाई निराशा दिलायो । करणले ४ खेलमा ५ विकेट लिँदा नन्दन यादव २, सोमपाल कामी १ र गुल्सन झाले एक विकेट मात्र लिन सके । पहिलो पावर प्लेमा नेपालले मात्र ४ विकेट लिएको छ । पहिलो पावर प्लेमा विकेट लिन नसक्दा विपक्षीलाई ठूलो स्कोरतिर लम्किन सहज भयो ।

  • लिग २ मा नेपालको लगातार चौंथो हार, यूएईले २ अंक टिप्यो

    लिग २ मा नेपालको लगातार चौंथो हार, यूएईले २ अंक टिप्यो

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन बनेको छ । युएईमा भएको ४ वटै खेलमा नेपाल पराजित हुन पुग्यो । बुधबार भएको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित हुन पुग्यो ।

    नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । युएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । शाहदादले मोहम्मद वासिनलाई चौथो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । मोहम्मदले ७३ बलमा ७६ रन बनाएर आउट भए ।

    बलिङमा नेपालका करण केसीले ३, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एकएक विकेट लिए । त्यसअघि आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

    नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रनमा आउट भए । ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे । बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुईदुई विकेट लिए । यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।

  • काभा यु–१९ महिला भलिबलः नेपालको पहिलो जित

    काभा यु–१९ महिला भलिबलः नेपालको पहिलो जित

    काठमाडौं । काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले पहिलो जित निकालेको छ । श्रीलंकामा जारी च्याम्पियनसिपमा बुधबार नेपालले घरेलु टोलीमाथि ३–१ को सेटमा जित निकालेको हो ।

    पहिलो सेट २५–१८ र दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट १९–२५ ले श्रीलंकालाई सुम्पियो । चौथो सेटमा २५–२० ले जित निकाल्दै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्‍यो ।

    च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो । च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानसहित ४ टोलीको सहभागिता छ ।

    राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

  • दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय

    दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय

    काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

  • आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।

    अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन-तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक खेलमा विजयी भएको छ ।

    नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत छन् ।

  • काभा यु–१९ महिला भलिबलः पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

    काभा यु–१९ महिला भलिबलः पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

    काठमाडौं । काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।

    श्रीलंकामा आजदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।

    पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट १४–२५ ले किर्गिस्तानलाई सुम्पिएको थियो । तेस्रो सेटमा पुनः नेपालले २५–१८ ले जित निकालेको नेपालले चौथो र पाँचौं सेटमा पराजित हुँदा खेल किर्गिस्तानलाई सुम्पिनुप¥यो ।

    किर्गिस्तानले चौथो सेट २५–२२ र पाँचौं सेट १५–९ ले जित निकाल्न सफल भयो ।

    च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानसहित ४ टोलीको सहभागिता छ ।

    राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

  • भारतले जित्यो महिला विश्वकपको उपाधि

    भारतले जित्यो महिला विश्वकपको उपाधि

    काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एक दिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।

    भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो ।

    जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन ।

    भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिँदै जितमा मुख्य भूमिका खेलिन् । तिनैको कारण दक्षिण अफ्रिकाको मध्य क्रम एकपछि अर्को गर्दै ढलेको थियो ।

    यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ । यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत टोलीलाई बधाई समेत दिएका छन् ।

  • कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

    कर्णाली याक्सको ट्यालेन्ट हन्ट सोमबार

    काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा।लीले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो ।

    ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी गराएका छन् ।

    बस्नेतका अनुसार अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन् । ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’ प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरुलाई ट्यालेन्ट हन्टमा सहभागी गराउने छौं ।’

    यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ । ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ ।

    २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

    गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन् । उनी पहिलो संस्करणको प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका थिए । सोमबार हुने ट्यालेन्ट हन्टमा सहभागी भएका विपिनले आफूजस्तै अर्को ट्यालेन्ट आउनेमा आशावादी रहेको बताएका छन् ।

    दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

    यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो ।

  • मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेल्ने

    मार्टिन गप्टिलले विराटनगरबाटै एनपीएल खेल्ने

    काठमाडौं । न्युजिल्यान्डका मार्टिन गप्टिलले विराटनगर किङ्सबाटै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

    विराटनगरले सामाजिक सन्जालमार्फत गप्टिललाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको जानकारी दिएको हो ।

    पहिलो संस्करणमा उनले विराटनगरबाट खेलेका थिए । उनले ६ खेलमा १३७ रन बनाएका थिए ।

    उनले न्युजिल्यान्डका लागि ४७ टेष्ट, १९८ ओडिआई र १२२ टी-२०आई खेल खेलेका छन् ।

  • नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सगरमाथा स्विमिङ क्लब

    नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सगरमाथा स्विमिङ क्लब

    रुपन्देही। दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ ।

    नेपालगन्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो ।

    नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए ।

    प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो भएको छ ।

    त्यसैगरी लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक ल्याएको क्षेत्रीले जानकारी दिए ।

    यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जितेका थिए । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भए । उनीहरूलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो ।

    आयोजक नेपालगन्ज स्विमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सकेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने ऊर्जा मिलेको बताए ।

    उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लगायत तीन तहकै सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । क्लबले आगामी दिनमा स्थानीय स्तरमा पौडी प्राविधिक उत्पादन गरेर खेलको विकासमा टेवा पुर्‍याउने बताए ।

    प्रतियोगितामा प्राविधिक सहयोग गरेको नेपाल पौडी संघ केन्द्रीय समितिले आगामी दिनमा नेपालगन्जमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष श्रेष्ठले नेपालगन्ज स्विमिङ क्लबसँग सहकार्य गरेर यस क्षेत्रमा पौडीको विकासमा लाग्ने पनि बताए ।

    राष्ट्रिय पौडीका पदक विजेतालाई पौडी पोखरी निःशुल्क

    नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरी दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ का पदक विजेता खेलाडीका लागि निःशुल्क हुने भएको छ ।

    नेपाल पौडी संघ, नेपालगन्ज स्विमिङ क्लबका पदाधिकारी र सदस्यहरुबीचको छलफलका क्रममा मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यस क्षेत्रमा पौडी खेलको विकासका लागि पदकधारी खेलाडीलाई पोखरी निःशुल्क रूपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।

    उनले नेपालगन्जमा रहेको पौडी पोखरीबाट खेलाडीहरुले बढीभन्दा बढी फाइदा लिनका लागि आफूले सहयोग गर्ने बताए । नेपाल पौडी संघले पनि नेपालगन्जमा पौडी खेलको विकासका लागि प्राविधिकका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ को उपाधि विजेता सगरमाथा स्विमिङ क्लब ललितपुर । फोटो सौजन्य: नेपालगन्ज स्विमिङ क्लब बाँके

  • कोटागढीले जित्यो मैत्रीपूर्ण फुटबलको उपाधि

    कोटागढीले जित्यो मैत्रीपूर्ण फुटबलको उपाधि

    कैलाली । कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो

    निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा कोटागढीका लागी बोधराज भण्डारी, अनिल चौधरी र राजेश सुनारले एक एक गोल गरे । यस्तै बौनियाका लागी नृप साउँद र विकास मल्लले एक एक गोल गरे ।

    कोटागढीले सेमिफाइनल खेलमा सामुदायिक शिक्षकलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भने बौनिया बजारले आयोजक बर्दगोरिया पत्रकार मञ्चलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । विजेता बनेको कोटागढी बजारले ४५ केजीको खसी र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको बौनिया बजारले २५ केजीको बोका र ट्रफी प्राप्त गरेको छ ।

    बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा “पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल” भन्ने मूल नाराका साथ शुक्रवारबाट सुरु भएको प्रतियोगितामा बर्दगोरिया पत्रकार मञ्च, गाउँपालिकाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनिया बजार, प्रस्तावित कोटागढी बजार, पालिकाका सामुदायिक विद्यालय, संस्थागत विद्यालय र बर्दगोरिया यातायात प्रा।ली।गरी ८ टिमको सहभागिता रहेको छ ।

  • श्रीलंका जाने यु–१९ भलिबल टोलीको बिदाइ

    श्रीलंका जाने यु–१९ भलिबल टोलीको बिदाइ

    काठमाडौं । काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाइ गरिएको छ ।

    शनिबार नेपाल भलिवल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाई गरेका हुन् ।

    विदाई कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिवलको राष्ट्रिय कोर्ट नरहेकाले भलिवल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए ।

    त्यस्तै उहाले बिभिन्न खेलमा अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए ।

    खेलकुद विकास कोषमा कम्पनीहरुले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे ।

    त्यस्तै उनले सवै खेलका खेलाडीहरुलाई परिचय पत्र बितरण गर्ने तयारी समेत आफुले गरेको बताए ।

    नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिवल संघले जनाएको छ ।

     

  • विश्वकप लिग-२ : जित्नुपर्ने दबाबका साथ नेपाल अमेरिकासँग भिड्दै

    विश्वकप लिग-२ : जित्नुपर्ने दबाबका साथ नेपाल अमेरिकासँग भिड्दै

    काठमाडौं । यूएईमा जारी आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग खेल्दै छ ।

    दुबईस्थित आईसीसी एकेडेमीमा हुने आजको खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

    जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ ।

    पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

    नेपाललाई अबका दुई खेल जित्नुपर्ने दबाब बढेको छ ।

  • नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

    नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

    अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेका जानकारी दिएको हो ।

    एफसी एसियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुत्त गरिएको एन्फाले जनाएको छ ।

    गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएका म्याट रोसले एक वर्ष नपुग्दै बिहीबार राजीनामा पठाएका थिए ।

  • निलम्बनमा परे एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का

    निलम्बनमा परे एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनका परेका छन् ।

    एन्फाको आज बसेको आपत्कालिन भिडियो कन्फेरेन्स बैठकबाट वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    संघको विधानमा कुनै वैधानिक अधिकार नभएको तर संघको लेटरहेड, छाप, चलानी नम्बर दुरुपयोग गरेको भन्दै खड्कालाई निलम्बन गरिएको प्रवक्ता शाहले बताए ।

    खड्काले गम्भीर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्‍याउने कार्य गरेको एन्फाको ठहर छ ।

    खड्कालाई विधानको धारा ३८ को १४ बमोजिम आगामी साधारणसभा सम्मको लागि निलम्बन गरिएको प्रवक्ता शाहले बताए ।

    अध्यक्ष पंकज नेम्बाङ विदेश भएको समयमा वरिष्ठ उपाध्यक्ष खड्काले महासचिव किरण राईलाई निलम्बन गरेको भन्दै कार्यवाहक अध्यक्षको रूपमा विज्ञप्ति जारी गरेका थिए ।

  • विश्वकप लिग-२: कप्तान रोहितको शतकमा नेपालले दियो २३४ रनको लक्ष्य

    विश्वकप लिग-२: कप्तान रोहितको शतकमा नेपालले दियो २३४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । रोहितले १३० बलमा १०९ रनको योगदान दिए । आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा ०, करन केसी १३, ललित राजवंशी ० र सोमपाल कामी ६ रनमा आउट भए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

    बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।

  • विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहितले बनाए शतक

    विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहितले बनाए शतक

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।

    दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरे ।

    ओडिआईमा रोहितको यो दोस्रो शतक हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएर खेलिरहेको छ ।

  • एनपीएल दोस्रो संस्करण: उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सरको मोटरसाइकल

    एनपीएल दोस्रो संस्करण: उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सरको मोटरसाइकल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र इमर्जिङ प्लेअरलाई एक–एक वटा पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए ।

    उनले एनपीएलको दोश्रो संस्करण पूर्वाधारका हिसावले पनि निकै उत्कृष्ट हुने बताए । एनपीएल व्यवस्थित ढंगले आयोजना हुने जानकारी दिँदै उनले क्रिकेट प्रशंसकलाई निराश हुन नदिने उल्लेख गरे। एनपीएलको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

    उनले प्रतियोगिता सुरु हुनु केही दिनअघि पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने बताए । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ ।

     

  • विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

    विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

    दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरे ।

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।

  • नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएकाे एन्फाका महासचिव किरण राईले जानकारी दिए । के कारणले राजीनामा दिएका हुन् भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए।

    आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।

  • विश्वकप लिग-२: युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    विश्वकप लिग-२: युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।

  • गैडाखेडालाई हराउँदै कपिलमुनी बन्यो च्याम्पियन

    गैडाखेडालाई हराउँदै कपिलमुनी बन्यो च्याम्पियन

    कैलाली । चौथो कपिलमुनी खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक कपिलमुनी युवा क्लब लक्ष्मीपुरले हात पारेको छ ।

    कैलालीको घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरमा मङ्गलवार सम्पन्न फाइनल खेलमा आयोजकले सिता कुवा युवा क्लब गैडाखेडालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    विजेता बनेको कपिलमुनी युवा क्लबले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सिता कुवा युवा क्लब गैडाखेडाले २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

    व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

    प्रतियोगिताको समापन समारोहमा क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत गत असोज २४ गते राति घोडाघोडी नगरपालिका–८ जरैमा हत्या गरिएका केशरबहादुर बुढाको परिवारका लागि आर्थिक सहयोग पनि गरेको छ ।

    दर्शकहरूबाट सङ्कलित ५ हजार १ सय रुपैयाँ र क्लबको तर्फबाट थप ५ हजार रुपैयाँ गरी १० हजार १ सय रुपैयाँ स्व। बुढाको परिवारलाई राहतस्वरूप प्रदान गरिएको क्लबले जनाएको छ ।

    समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगर प्रमुख खडकबहादुर रावतले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वाभिमानी बनाउने बताए । उनले खेलाडी जीवनमा अनुशासनको महत्त्व जोड्दै खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर काम गरिरहेको उल्लेख गरे ।

    ‘लागूपदार्थ दुर्व्यसनले धेरै युवाको जीवन बिग्रँदै गएको छ, त्यसको रोकथामका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्न जरुरी छ । खेलकुद नै युवालाई असल नागरिक बनाउने प्रभावकारी माध्यम हो’ नगर प्रमुख रावतले भने ।

    कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मान पत्र र कदर पत्र प्रदान गरिएको थियो ।
    कपिलमुनिका अध्यक्ष जयराज गरीको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रम प्रशान्त थापाले सञ्चालन गरेका थिए ।

  • तेस्रो मदन भण्डारी कपको उपाधि भजनीलाई

    तेस्रो मदन भण्डारी कपको उपाधि भजनीलाई

    कैलाली । कैलालीको घोडाघोडी नगपालिका–१० पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ ।

    फाइनल खेलमा भजनीले घोडाघोडी क्लब सुखडलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    पहिलो हाफमा गोलरहित खेल भए पनि दोस्रो हाफमा भजनीका खेलाडीहरूले लगातार तीन गोल गर्दै जित दर्ता गरे ।विजेता बनेको मदन भण्डारी स्पोट्र्स एकेडेमी भजनीले ५२ हजार २सय ५० रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपैयाँमा प्राप्त गरेको छ ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता भएको थियो । समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत रहेका थिए ।

    विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र शाह लगायतको उपस्थिति थियो ।

    समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदर पत्र वितरण गरिएको थियो ।

  • एन्फा महासचिवलाई खेलकुदमन्त्रीको प्रश्न – हाम्रो राष्ट्रिय खेलाडीले दुःख पाउनु कसको कमजोरी ?

    एन्फा महासचिवलाई खेलकुदमन्त्रीको प्रश्न – हाम्रो राष्ट्रिय खेलाडीले दुःख पाउनु कसको कमजोरी ?

    काठमाडौं ।नेपाली महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भोकै यात्रा गराएको विषयमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईलाई फोन गरेका छन् ।

    उक्त खेलाडीले दुख पाएको विषयमा कसको कमजोरी हो भन्दै महासचिव राईले प्रश्न गरे ।

    महासचिव राई खेलाडीले दुख पाएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘अगाडि समस्या भएको थियो । अहिले सल्भ भइसक्यो ।’

    भारतीय फुटबल संघले नै म्यानेज गर्ने भन्दै महासचिव राई उम्किन खोजेका छन् ।

    ‘कतिबेला खाजा खुवाउने, खाना कहाँ खुवाउने रु त्यो कार्यविधि नलिइकन कसरी हाम्रो राष्ट्रिय खेलाडीलाई छोडिराखेका छौँ रु,’ खेलकुद मन्त्रीले प्रश्न गरे । महासचिव राई केहीबेर रोकिए । त्यसपछि खेलकुद मन्त्री गुप्ताले यो विषयमा बसेरै कुरा गर्ने बताए ।

  • गौमुल कपको उपाधि ‘केपी बा’ लाई

    गौमुल कपको उपाधि ‘केपी बा’ लाई

    बाजुरा । गौमुल गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम खुला गौमुल कप सेभन ए–साइड फुटबल प्रतियोगिता–२०८२’ को उपाधि केपी बा स्पोर्टस् क्लब बाजुराले हात पारेको छ ।

    राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटलाई हराउँदै केपी बा स्पोर्टस् क्लबले उपाधि जितेको हो । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।पेनाल्टी सुटआउटमार्फत उपाधिको छिनोफानो भएको हो । ।

    May be an image of soccer, football and text

    उपाधि जित्दै केपी बा स्पोर्टस् क्लबले ५१,००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटले ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।

    गत शनिवारदेखि सुरु भएको प्रतियोगितामा १३ टिम सहभागी थिए ।

    २०७७ सालमा केपी ओलीको सम्मानमा बाजुरामा केपी बा स्पोर्टस् क्लब स्थापना गरिएको हो । हाल प्रेस चौतारी केन्द्रीय सदस्य रहेको कृष्ण ओली त्यसका संस्थापक अध्यक्ष हुन् ।

    ‘नेकपा अवस्थामा केपी ओलीमाथि सङ्कट पैदा हुँदा खेलकुदको माध्यमबाट उहाँ (केपी ओली) को पक्षमा समर्थन बढाउन यो क्लब स्थापना गरिएको हो’ संस्थापक अध्यक्ष ओलीले भने , ‘जिल्लामा हुने साना ठुला फुटबल ,भलिबल, क्रिकेट लगायतका खेलहरूमा क्लबले सहभागिता जनाउनले गरेको छ ।’

    उनका अनुसार हालसम्म जिल्लामा आयोजना भएका एक दर्जन प्रतियोगितामा क्लबले सहभागिता जनाएको छ । तीन खेलमा विजयी भएको छ ।

    अध्यक्ष लक्ष्मण रोकायाले क्लबले जिल्लाबाहिरका प्रतियोगितामा पनि सहभागी हुँदै आएको भन्दै क्लबमा आबद्ध हुनेहरूको सङ्ख्या बढ्दै गएको बताए ।

    मङ्गलवार जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए भने, गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलकबहादुर सिंहले उपविजेतालाई सम्मान गरेका थिए । क्रियटिभ यूथ क्लब को आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

  • लुम्बिनी लायन्स र शाइन रेसुङ्गा विकास बैंकबीच सम्झौता

    लुम्बिनी लायन्स र शाइन रेसुङ्गा विकास बैंकबीच सम्झौता

    रुपन्देही । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टीम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ ।

    ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।

    टीम म्यानेजर आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भई प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएकाले साझेदार बनाएको बताए ।

    बैंकसंगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टीमकै हौसला बढेको आचार्यले बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टीमसंग सहकार्य गरेको बताए ।

    बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टीम लुम्बिनी लायन्ससंग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए ।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको दोस्रो संस्करण सुरु हुँदैछ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

    शाइन रेसुंगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ ।

    बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि हालसम्म १६ हजार विरुवा रोपेको छ भने डिजिटल वित्तीय साक्षरता समुदायसम्म पु¥याउन अभियान नै सञ्चालन गरेको छ । यस्तै पत्रकारिता, सामाजिक र धार्मिक क्षेत्रमा समेत योगदान गर्दै आएको बैंकले जनाएको छ ।

  • महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भाेकै यात्रा गराइएकाे भन्दै संघकाे आपत्ति

    महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भाेकै यात्रा गराइएकाे भन्दै संघकाे आपत्ति

    काठमाडौं । नेपाली खेलाडीलाई अपुग निन्द्रासँगै भाेकै यात्रा गराएकोप्रति नेपाल फुटबल खेलाडी संघले आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै अपुग निन्द्रामाथि खेलाडीलाई भोक्कै राखेर यात्रा गराउनुले एन्फाको खराब व्यवस्थापन पुनः एकपटक उदांगो भएको जनाएको छ ।

    सोमबार साँझ भारतसँग खेलेको नेपाली टोली सिक्किममा मैत्रीपूर्ण खेल खेल्न जानका लागि मंगलबार बिहान ३ बजे नै विमानस्थल पुगेको थियो । खेलाडी संघले दुई खेलबीच ७२ घण्टा विश्राम राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा आपत्ति जनाएको छ ।

    ‘खेलाडीको स्वास्थ्यभन्दा ठूलो कुनै खेल हुँदैन । एक त फिफाले नै दुई खेलबीच ७२ घण्टा विश्राम राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा हाम्रो आपत्ति छ,’ विज्ञप्तीमा भनिएको छ ।

    बागडोग्राबाट अझै ६ घण्टा गाडीमा यात्रा गरेर भोलिपल्ट नै खेल खेल्न लगाउनु मानवीय हिसाबले पनि सहि नभएको संघको तर्क छ । ‘शिलोंगमा खेल खेल्न जाँदाको व्यवस्थापनमाथि प्रशिक्षकले नै प्रश्न उठाउँदा समेत एन्फाले कुनै कदम नचाल्नुले हामीलाई अचम्मित तुल्याएको थियो । तर यसपटक एन्फा आफ्नै नियन्त्रणमा भएको पक्षमा समेत अव्यवस्थित यात्रा गराउनु गम्भीर विषय हो,’ विज्ञप्तीमा उल्लेख छ ।

    खेल बिहीबार भनिएपछि बुधबारका लागि सारिएपछि खेलाडी हतारहतार त्यसतर्फ लागेका हुन् ।

  • गण्डकीमा आफ्नै एकेडेमी खोल्ने पोखरा एभेन्जर्सको योजना

    गण्डकीमा आफ्नै एकेडेमी खोल्ने पोखरा एभेन्जर्सको योजना

    पोखरा । ट्रफी टुरअन्तर्गत नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी पोखरा आइपुगेको छ । सात वटै प्रदेशमा ट्रफी टुर गर्ने कार्यक्रम अन्तर्गत एनपिएलको ट्रफी गण्डकी प्रदेशको पोखरामा आइपुगेको हो । पोखरा एभेन्जर्सले पोखरा रंगशालामा एक कार्यक्रम गर्दै एनपिएलको ट्रफी सार्वजनिक गरेको हो ।

    उक्त कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले गण्डकीमा पोखरा एभेन्सर्जले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरे । ‘हामीले गण्डकीमा एउटा एकेडेमी खोल्छौं । स्कुलस्कुलबाट एकेडेमी ल्याएर क्रिकेट सिकाएर एनपिएल हुँदै राष्ट्रिय टिममा सहभागी भएर विश्वकप जित्ने अवस्थासम्म पुर्‍याउन चाहन्छौं,’ उनले भने । ग्रासरुढबाट क्रिकेटर ल्याएर विकास गर्ने योजना रहेको त्रिपाठीले सुनाए ।

    पहिलो संस्करणको एनपिएलमा पोखरा एभेन्जर्स सातौं भएको थियो । ७ खेलमा पोखराले दुई खेलमा मात्रै जित निकाल्न सक्यो । अध्यक्ष त्रिपाठीले यसपटक पहिलो संस्करणको कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्न प्रतिवद्धता जनाए । उनले भने, ‘के चिज राम्रो गर्न सकियो । कहाँ हाम्रो कमजोरी रह्यो भन्ने कुराहरुलाई हाम्रो टेक्निकल टिमहरुसँग बसेर त्यसलाई एनलाइज गरेका छौं ।’

    आउँदो नोभेम्बर ३ देखि भारतमा क्याम्प सुरु हुने अध्यक्ष सुबोध त्रिपाठीले बताए । एनपिएलका खेलहरु फ्लड लाइटमा हुने भएकाले भारतमा फ्लड लाइटमा क्याम्प गरिने उनले बताए । कार्यक्रममा पोखरा एभेन्जर्सले सामाजिक कार्यमा योगदान गरेवापत झरना नेपाली र सम्राट थापामगरलाई रियल लाइफ हिरोको रुपमा सम्मान गर्‍यो ।

  • कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता

    कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता

    काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

    निर्देशक घिमिरेलेपेन्ट्ससङ जिडिदा जोदिदा खुसी भएको बताउदै दोस्रो सस्करणको तयार रहेको बताए । “एसियन पेन्ट्सलाई जोड्न पाउँद खुसी छौँ । दोस्रो सिजनको लागि हामी तयार छौ ।’

    एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो । एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ ।

    यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौंको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ ।

    कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।

    २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

    दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

    यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

  • नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्समा अनुबन्ध

    नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्समा अनुबन्ध

    काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा।लीले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ ।

    कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो नेपाल प्रिमियर लिग ९एनपिएल० को लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर अनुबन्ध गरेको जानकारी गराएका छन् ।

    यसअघि कर्णाली याक्सले पहिलो विदेशीमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र दोस्रो विदेशीको रुपमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो ।

    ‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ ।’

    कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

    ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन् । जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन् । उनले एक सतकसहित १६ अर्धसतक बनाएका छन् ।

    कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक एक सय ३३ रन बनाएका थिए । उनले नेदरल्यान्ड्सको लागि ६५ एकदिवसीय खेलमा दुई हजार १५३ रन बनाइसकेका छन् ।

    दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।

    २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

    दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

    कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

  • घरेलु मैदानमा नेपालसँग भारत पराजित

    घरेलु मैदानमा नेपालसँग भारत पराजित

    काठमाडौं । भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ ।

    भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो ।

    नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरिन् । साम्बाले खेलको दोस्रो र ६३औ मिनेटमा गोल गरिन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्कायो ।

  • मदन भण्डारी कप : घोडाघोडी र भजनी फाइनलमा, उपाधि भिडन्त भोली

    मदन भण्डारी कप : घोडाघोडी र भजनी फाइनलमा, उपाधि भिडन्त भोली

    कैलाली — घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा जारी मदन भण्डारी कप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि घोडाघोडी रातो क्लब र मदन भण्डारी स्पोट्र्स एकेडेमी भजनी भिड्ने भएका छन्

    कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न सेमिफाइनल खेलमा घोडाघोडीले गैंडाखेडालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै भजनी गौरीगङ्गालाई हराउँदै फाइनल पुगेको हो ।

    गोलरहित बराबरीमा सकिएको दुवै टिमको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो ।

    उपाधिका लागि सोमबार प्रतिस्पर्धा हुने छ ।

    मदन भण्डारी स्पोट्र्स एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले ५२ हजार २ सय ५०, उपविजेता टिमले ३२,हजार २ सय ५० तथा उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

     

  • मलेसिया अन्तर प्रदेश च्याम्पियनसिपः सीता सर्वोत्कृष्ट, दुई कविता उत्कृष्ट

    मलेसिया अन्तर प्रदेश च्याम्पियनसिपः सीता सर्वोत्कृष्ट, दुई कविता उत्कृष्ट

    काठमाडौं । मलेसियाको अन्तर प्रदेश टी–२० च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

    सेलान्गोरलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेपाली क्रिकेटर सीता रानामगर प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले एक सय १८ रन र ७ विकेट लिइन् ।

    सीताकै टोलीबाट कविता जोशी १३ विकेट लिँदै प्रतियोगिताकी उत्कृष्ट बलर बनिन् । यस्तै उपविजेता बनेको सारावकबाट खेलेकी कविता कुँवर उत्कृष्ट ब्याटर बनिन् ।

    उनले एक सय ९४ रन बनाइन् । सीता र दुई कवितासँग रुविना क्षेत्री, पूजा महतो र राजमती ऐरीले उक्त च्याम्पियनसिप खेलेका थिए ।