Tag: कोसेली मेला

  • हस्तकला कोसेली मेला आजदेखि शुरु (भिडिओ)

    हस्तकला कोसेली मेला आजदेखि शुरु (भिडिओ)

    काठमाडौं । सोमबारबाट हस्तकला कोसेली मेला शुरु भएको छ । नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो ।

    मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ । आजदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुने छ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिए ।

    २५ वटा स्टल रहने मेलाको मुख्य उद्देश्य हस्तकला सामाग्रीको आन्तरिक बजारमा विस्तार एवं प्रवर्धन रहेको महर्जनले बताए । कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

  • कार्तिक ९ देखि हस्तकला कोसेली मेला आयोजना

    कार्तिक ९ देखि हस्तकला कोसेली मेला आयोजना

    काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो ।

    महासंघले आउँदो कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्शाल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताए । उनले मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको बताए ।

    मेला संयोजक महर्जनले भने,‘नक्शालमा ८,९, १०, ठिमी ११, १२, १३ र ललितपुर कृष्ण गल्ली, १४, १५, १६ मा हुन्छ, यस मेलामा २५ वटा स्टल रहनेछ, ३० देखि ३५ लाखको कारोवार हुने हाम्रो अनुमान छ ।’

    मेला संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमकता महासंघको सदस्यलाई दिने बताए । गैर सदस्यहरुलाई स्टलको रेन्ट लिने र त्यसमा छुट नदिएको बताए । कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र बिस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने महासंघले बताएको छ ।