Tag: कोभिड

  • मंगलबार थपिए ३१५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    मंगलबार थपिए ३१५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३१५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३८६ पीसीआर र २४२४ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

    सोही अवधीमा थप दुई जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३०४ जना निको भएका छन् ।

    मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ६३५२ जना छन् । गत २४ घण्टामा १ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ ।

    सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा संक्रमण संख्या शून्य छ ।

    काठमाडौं जिल्लामा सोमबार ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ८१ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ८ लाख भन्दा बढी छन् भने निको हुने संख्या ८ लाख ५२ हजार छ ।

    कूल मृत्यु हुने संख्या ११ हजार ५४५ छ ।

  • मंगलबार ६६६ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    मंगलबार ६६६ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २० वटा नमूना ९पीसीआर ९ हजार ७७१ र एन्टीजेन २ हजार २४९० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ६२२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा ७३ हजार ४२७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    दैनिक कोरोनाभाइरस संक्रमणदर ५.५ प्रतिशत रहेको मन्त्रालयदले जनाएको छ । निको हुनेको दर ९७.३ प्रतिशत छ भने १.४ प्रतिशत मृत्युदर छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी कोरोना संक्रमित छन् । यस्तै १० जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । शून्य संक्रमित भएको मुस्ताङमा अहिले संक्रमित भेटिएको छ भने मुगुमा संक्रमण शून्य छ ।

    अहिलेसम्म देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २६९ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ लाख १० हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख ८८ हजार ६३० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३७२ पुगेको छ।

  • काठमाडौं उपत्यकामा सोमबार ६०६ कोभिड बिरामी थपिए

    काठमाडौं उपत्यकामा सोमबार ६०६ कोभिड बिरामी थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सोमबार ६०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४१८ जना, भक्तपुरमा १०१ र ललितपुरमा ८७ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७ हजार ५२३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४,१५८ जना, भक्तपुरमा १,३३९ जना र लललितपुरमा २०२६ जना छन् ।

    कोरोनाभाइरस सुरु भएयता काठमाडौं उपत्यकामा ३१ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

    १८ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २१ वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सोमबार १८ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    सोमबार १८ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा सोमबार १८ सय ९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १५ हजार ९७१ वटा नमूना (पीसीआर ११,६०९ र एन्टीजेन ४,३७०) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ भने १७ सय ४३ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा १ लाख ७ हजार २३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ८५८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५१२ जना, भेन्टिलेटरमा १६३ जना, होम आइसोलेशनमा २८,९११ जना, संस्थागत आइसोलेशनमा २०६२ र क्वारेन्टाइनमा २६० जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ११.८ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

  • सोमबार कोभिड संक्रमणबाट ३२ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

    सोमबार कोभिड संक्रमणबाट ३२ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणको कारण ३२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्युदरमा वृद्धि भएर १.४३ प्रतिशत पुगेको छ ।

    सोमबार २,४४५ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६६४ नमुना (७,८३३ पीसीआर र ३,८३१ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    सोमबारको संक्रमण दर २०.९६ प्रतिशत छ ।

    पछिल्लो २४ घण्टामा थप १२५८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमण प्रतिशत ३.८६ प्रतिशत छ ।

    काठमाडौं जिल्लामा ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा सोमबार ४७४ जना संक्रमित थपिएका छन् ।

    अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ६८ हजार ७५१, मृत्यु ९५८२ र निको हुने संख्या ६ लाख ३३ हजार पुगेको छ ।

    सोमबारसम्म ३० लाख ६७ हजार ११८ जना पहिलो डोज र ११ लाख ३४ हजार ३१७ जना दोस्रो डोज खोप लगाएका छन् ।

  • शनिबार कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए

    शनिबार कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १,८७५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ (६,८५८ पीसीआर र ३,२०८ एन्टीजेन) नमुना परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    शनिबारको संक्रमण दर १८.६२ प्रतिशत छ ।

    शनिबार २,१६४ जना संक्रमणमुक्त भएका छन् । थप २१ जनाको मृत्यु भएको छ ।

    निको हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३.९० प्रतिशत सक्रिय संक्रमित छन् ।

    हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ। संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

  • शुक्रबार २९ सय कोभिड बिरामी थपिए, ४३ जनाको मृत्यु

    शुक्रबार २९ सय कोभिड बिरामी थपिए, ४३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा थप २,९३६ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार १४,१८२ नमुना (९,६१३ पीसीआर र ४,५६९ एन्टिजेन) परीक्षण गर्दा थपिएका हुन् ।

    शुक्रबार २४ घण्टामा ४३ जनाले ज्यान गुमाएका छन् भने १,७७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकोे छ ।

    थपिएका संक्रमित मध्ये काठमाडौंमा ३ सय ४३, मोरङ्गमा २ सय ८४, झापामा १ सय ५१, कास्कीमा १ सय ३८, ललितपुरमा १ सय ३६ तथा भक्तपुरमा ६२ जना छन् ।

    सक्रिय संक्रमित २६ हजार ८ सय २७ पुगेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, सुर्खेत, मोरङ्ग, झापा र सुनसरीमा सक्रिय संक्रमित पाँच सय भन्दा बढी छन् । शुक्रबार १७ सय ७५ जनामात्र संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशत निको भएको छ ।

  • मंगलबार २३ सय कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु

    मंगलबार २३ सय कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,३९८ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार १२ नमुना (पीसीआर ७०५८ र एन्टिजेन ३९५४) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार कोरोना संक्रमणदर २१.७७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् भने २०७८ जना डिस्चार्ज भएका छन् ।

    मंगलबार काठमाडौ उपत्यकामा ५८७ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४१०, ललितपुरमा ९७ र भक्तपुरमा ८० जना छन् ।

    मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र कास्की ८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    मुलुकमा हालसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५८ हजार ७७८ जना रहेको छ भने कुल ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त भएका छन् ।

    अहिलेसम्म मुलुकमा ९,४१२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा मंगलबारसम्म कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप लगाउनेको संख्या २६ लाख ११ हजार ८०७ जना रहेको छ भने ११ लाख ३ हजार १३० जनाले दोस्रो डोज खोप लगाइसककेका छन् ।

     

     

  • शनिबार २३ सय कोभिड बिरामी थपिए, थप १९ जनाको मृत्यु

    शनिबार २३ सय कोभिड बिरामी थपिए, थप १९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,३२८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १,३३,९५,८३७ पीसीआर र ४२९६ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार थप १९ जनाको मृत्यु भएको छ । ३,०६६ जना संक्रमणमुक्त भएका छन् ।

    शनिबार उपत्यकामा ३७६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका छन् ।

    सुनसरीमा १५१, मोरङमा १३५, कास्कीमा १४६ संक्रमित थपिएका छन् । सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्लाको संख्या घटेर ११ मा सीमित भएको छ ।

    २६ जिल्लामा अझै पनि सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । काठमाडौंको सक्रिय संक्रमित संख्या ५,०५१, भक्तपुरको १,२१० र ललितपुरमा १,६९४ रहेको छ ।

    मुलुकमा कूल संक्रमित संख्या ६ लाख ४३ हजार ५८०, निको हुने संख्या ६ लाख ६६ हजार मृत्यु हुने संख्या ९,११८ छ ।

    भारतको अवस्था कस्तो छ ?

    भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ ।

    सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ ।
    संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका संक्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।

    भारतमा अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामा रहेका छन् ।

    भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ । कुल संक्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

  • काठमाडौं उपत्यकाको कोभिड संक्रमणदर १५ प्रतिशतमा झर्‍यो, निषेधाज्ञा २१ गतेसम्म कायम

    काठमाडौं उपत्यकाको कोभिड संक्रमणदर १५ प्रतिशतमा झर्‍यो, निषेधाज्ञा २१ गतेसम्म कायम

    काठमाडौँ । उपत्यकामा कोभिड-१९ को संक्रमण दर १५ प्रतिशतमा झरेको छ । संक्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको संख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् ।

    महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन चार व्यक्तिका दरले दुई टोली बनाएर परीक्षण गरिरहेको छ । एक महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको थियो । अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ ।

    उपत्यकाको कोरोना संक्रमणदर १५ प्रतिशतमा झरेपछि निषेधाज्ञा खुकुलो बनाउँदै असार २१ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमणदर १० प्रतिशतमा झरेमा थप क्षेत्रहरु क्षेत्रहरु खोल्न सकिने र ५ प्रतिशतमा झरेपछि विद्यालयहरु खोल्न सकिने जानकारी नेपाल प्रेसलाई दिए ।

    अघिल्ला हप्तामा अत्यधिक कोरोना संक्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको संख्या घटेको र आउनेमध्येमा पनि थोरैमा मात्र संक्रमण देखिएको छ ।

    परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लग्ने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । उक्त एम्बुलेन्स सेवा कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले महानगरपालिकाको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्ने छ ।

    ६३ हजार संक्रमित निको

    हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति निको भएका छन् । हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन् ।

    महानगरपालिकामा हाल रहेका संक्रमितमध्ये तीन हजार ७२२ होम आइसोलेशनमा छन् भने १३५ संस्थागत आइसोलेशनमा र २२४ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

    कोभिड-१९ को संक्रमणविरुद्ध लड्का लागि महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न सम्झौता गरी सेवा विस्तार गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा आठ हजार ५०८ सक्रिय संक्रमित छन् । त्यसमा काठमाडौँमा चार हजार ३९१, भक्तपुरमा एक हजार ७३२ र ललितपुरमा दुई हजार ३८५ सक्रिय संक्रमित छन् ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ मा झरेको छ । पच्चीस जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको छ ।

  • काठमाडौंमा शुक्रबार थपिए ५०८ कोभिड बिरामी

    काठमाडौंमा शुक्रबार थपिए ५०८ कोभिड बिरामी

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ८ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सबैभन्दा बढी संक्रमण पुष्टि हुने जिल्लामा काठमाडौंमा बढी छ ।

    काठमाडौंमा ३९४ जना, ललितपुरमा ६० जना र भक्तपुरमा ५४ जना छन्।

    काठमाडौं जिल्लामा ६ हजार ७३५, ललितपुरमा २ हजार ९८३ र भक्तपुरमा २ हजार २५० जना सक्रिय संक्रमित छन्।

    आज देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्।

  • कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

    कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

    काठमाडौं । कोभिड-१९ संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन् ।

    नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार पछिल्लो समय नेपालमा पोस्ट-कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको छ । कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने र ती समस्यालाई बेवास्ता गर्दा ज्यानै जानेहरुको संख्या समेत बढ्न थालेको छ । यस्तो अवस्थामा कोभिड संक्रमणबाट मुक्त भएपछि देखिने समस्याहरुको समयमै निदान अत्यावश्यक हुन्छ ।

    के-के हुन् लक्षण ?

    डा. जैसवालका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको चार हप्ताको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ । अर्थात कोभिड ठीक भएपछि अस्पतालबाट डिस्चार्ज भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्ने उनको सुझाव छ ।

    डा. जैसवालका अनुसार थोरै समय हिँड्दा नै स्वाँ–स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षण देखा पर्ने जस्ता लक्षणहरु देखा पर्न थाले भने तत्काल अस्पताल जानुपर्ने हुन्छ ।

    ज्यानै जानसक्छ !

    डा. जैसवालका अनुसार यस्ता लक्षणहरुप्रति बेवास्ता गरिए बिरामीको ज्यानै जानसक्छ । कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगतका थक्काहरु जमेर हृदयघात हुने समस्या देखिएको छ ।

    यस्तै, जसलाई थोरै हिँड्दा नै स्वाँ-स्वाँ हुन्छ, त्यस्ताको समेत हार्ट फेलियर हुने समस्या देखिएको छ । कतिपयलाई क्षारे रोगको जस्तो लक्षण तथा समस्या पनि देखिनसक्छ ।

    यस्तै, कतिपयलाई पार्किन्सन्स हुँदाको लक्षण पनि देखिनसक्छ । यस्ता लक्षणहरुले ब्रेनमा समेत दीर्घकालीन समस्या ल्याइदिनसक्छ ।
    डा. जैसवालका अनुसार कोभिडको उपचारका लागि धेरै दिनसम्म आइसीयू र सीसीयूमा बसेर बाहिर निस्किएकाहरुलाई ट्रमाबाट निस्किएजस्तो समस्या देखिने गरेको छ । यस्ता समस्यालाई पनि बेवास्ता गर्नुहुन्न । यस्तो समस्या बढ्दै गए स्ट्रोक र प्यारालाइसिस हुनेसम्मका खतरा हुन्छन् ।

    कसरी रोकथाम गर्ने ?

    डा. जैसवालकाअनुसार शरीरमा तागत नै नभएजस्तो महसुस भयो, दमको जस्तो समस्या भयो र माथि उल्लेख गरिएका लक्षणहरु देखिए तत्काल अस्पताल जानुपर्छ र विशेषज्ञबाट उचित परामर्श लिन आवश्यक छ ।

    उनले नर्भिक अस्पतालमा समेत कोभिडपछि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर ‘पोस्ट कोभिड क्लिनिक’ सुरुवात भएको उल्लेख गर्दै त्यहाँ आएर समेत सेवा लिन सकिने बताएका छन् ।

    नर्भिकले यसअघि नै पोस्ट कोभिडको उपचारका लागि २ खालको प्याकेजको घोषणा गरिसकेको छ ।

    पोस्टकोभिड क्लिनिकमा आउने बिरामीहरुको छातिको सिटी स्क्यान वा एक्स-रे गरेर फोक्सो वा संभावित निमोनियाको अवस्था हेर्ने काम गरिने डा. जैसवाल बताउँछन् । त्यस्ता बिरामीहरुको शरीरमा रोगप्रतिरोधी क्षमता कति छ भन्ने कुरा समेत एन्टीबडी जाँचबाट हेरिन्छ । रगत बाक्लो भएको छ कि छैन भन्नेजस्ता समस्या समेत विशेष जाँचबाट हेरिन्छ । यस्तै, हेमाटोलोजी प्रोफाइल, सीआरपी लगायतका जाँच पनि गरिन्छ।

    जाँचहरुबाट आएको रिजल्टका आधारमा उचित परामर्श दिई आवश्यक औषधि र अन्य विषयमा चिकित्सकहरुले परामर्श सेवा उपलब्ध गराउनेछन् ।

    डा. जैसवाल भन्छन्- ‘पोस्ट कोभिडपछि देखिने समस्याहरुको बेवास्ता नगर्नुहोस् । यसले ज्यानै जानसक्छ । समयमै अस्पताल आएर विज्ञले सुझाएको जाँच गरी परामर्शका आधारमा औषधि लिन थाले ज्यान जोगिनसक्छ ।’

  • बिहीबार ६,८२५ संक्रमित थपिए, ५९०४ जना संक्रमणमुक्त

    बिहीबार ६,८२५ संक्रमित थपिए, ५९०४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६,८२५ जना कोभिड बिरामी थपिएका छन् ।

    १८ हजार ५६२ वटा पीसीआर र ३,२११ वटा एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    ७५ जनाको मृत्यु भएको छ । ५,९०४ जना संक्रमणमुक्त भएका छन् ।

    कूल संक्रमित संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । कूल मृतक संख्या ७६३० पुगेको छ ।

    सक्रिय संक्रमित संख्या १ लाख ८३९ पुगेको छ ।

  • कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

    कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

    काठमाडौं । कोभिड-१९ को संक्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।

    अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।

    महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन् ।

    महानगरले शुक्रबार यी अस्पतासँग कोभिड संक्रमणसँग लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने भन्दै सम्झौता गरेको हो । यसअघि महानगरपालिकाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

    त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकिएको छ । सबै सम्झौता महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालका तर्फबाट सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन् ।

    ‘सानासाना युनिटमा आइसोलेशन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ, यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन्, यहाँ कसैलाई जटिल समस्या भयो भने लानुपर्ने अस्पताल नै हो, त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक तथा सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिइएको छ’, प्रमुख शाक्यले भने ।

    शुक्रबार सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पतालले महानगरपालिकाको नामबाट अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन गर्नेछ । आजदेखि ६ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम शुरु गर्न पहिलो किस्तास्वरुप दुई करोड उपलब्ध गराइनेछ ।

    क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीब ३० लाख रुयैयाँ र ३५ श्ययाको कोभिड विशेष अस्पतालको समग्र व्यवस्थापन, आवश्यक जनशक्तिका लागि महानगरले मासिक झण्डै ४८ लाख रुपैयाँ व्यहोर्नेछ । यो सम्झौता कोभिडको महामारीका विषयमा कामपाले अर्को निर्णय नगरेसम्मका लागि हो ।

    त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ भेन्टिलेटर र ५० थान मोनिटर खरीद गर्ने रकम महानगरपालिकाले उपलब्ध गराउनेछ । यसरी नै अन्य सम्झौता भएका अस्पतालले पनि आफूलाई कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने सामग्री माग गरेकाले सोही अनुरुप महानगरले अनुदान रकम दिने छ । महानगरले अनुदान दिएका अस्पतालले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनु पर्ने बताइएको छ । खर्च र लेखा परीक्षण प्रचलित कानूनले दिएको अधिकारबमोजिम रहनुपर्ने छ ।

    (रासस)

  • कोभिडबाट शंखरापुरका वडाध्यक्ष तामाङको निधन

    कोभिडबाट शंखरापुरका वडाध्यक्ष तामाङको निधन

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) का कारण शंखरापुर नगरपालिका वडा नं-४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि शंखरापुर नगरपालिका वडा नं-८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

    वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

    नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं-७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ४३ वर्षीय तामाङ मधुमेह रोगबाट पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । साविकको लप्सेफेदी गाविसको वडा नं-३ निवासी तामाङ वि.सं २०७४ को निर्वाचनमा हालको शंखरापुर वडा नं-४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसको वडा सभापतिसमेत थिए ।

    नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना संक्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।

  • रुपन्देहीका ४ सय होटल आइसोलेशन र क्वारेन्टिन बनाउनका दिने

    रुपन्देहीका ४ सय होटल आइसोलेशन र क्वारेन्टिन बनाउनका दिने

    रुपन्देही । कोरोना संक्रमितको संख्या बढ्दै गएको रुपन्देहीमा व्यवसायीहरुले ४ सय होटल आइसोलेसन बनाउन दिने भएका छन् । उनीहरुले कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर १ हजारभन्दा बढी कोभिड संक्रमितहरुलाई राख्न सक्ने गरी तयारी गरेको जानकारी दिएका छन् ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कोभिडको दोस्रो चरणको माहामारी फैलँदै गएसंगै जिल्लाका ४ सय होटलहरुलाई आइसोलेशन र क्वारेन्टाइन बनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको अध्यक्ष रामप्रसाद गौतमले बताए ।

    उनले महामारीको संकटमा राज्यलाई थप आर्थिक संकटमा नपार्नका लागि संघले संस्थागत निर्णय गरेको बताए । गौतमले कोभिडको महामारीमा व्यवसायीहरुलाई राहात प्रदान गर्न सरकारले गतवर्ष नै घोषणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्डको चार्ज मिनाह गर्ने निर्णय गरेतापनि विद्युत प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यान जान जरुरी रहेको औल्याए ।

    संघले कोभिडको माहामारीको अग्रभागमा खटिने होटल व्यवसायी र कर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । सरकार र स्थानीय तहसंग सहकार्य गरि कोभिड विरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ ।

    संघले कोभिड संक्रमित भएका १ हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा न्युनतम शुल्कमा राख्न सक्ने गरि तयारी गरिएको संघ महासचिव माधवकुमार खनालले बताए ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र करिव ४० अर्व भन्दा बढी लगानी रहेको छ ।